02.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अरू सङ्ग तोडेर एकसँग जोड , भाइ भाइको दृष्टिले हेर्यौ भने देह देख्ने छैनौ , दृष्टि बिग्रिँदैन , वाणीमा तागत हुनेछ।”

प्रश्न:–
बाबा बच्चाहरूको ऋणी हुनुहुन्छ वा बच्चाहरू बाबाको?

उत्तर:–
तिमी बच्चाहरू त अधिकारी हौ, बाबा तिम्रो ऋणी हुनुहुन्छ। तिमी बच्चाहरूले दान दियौ भने एकको सयगुणा बाबाले दिनुपर्ने हुन्छ। ईश्वर अर्थ तिमीले जे दिन्छौ, त्यसको फल अर्को जन्ममा मिल्छ। तिमी चामल मुट्ठी दिएर विश्वको मालिक बन्छौ, त्यसैले तिमी कति विशालदिल हुनुपर्छ। मैले बाबालाई दिएँ, यो ख्याल कहिल्यै पनि आउनु हुँदैन।

ओम् शान्ति ।
म्युजियम, प्रदर्शनीमा सम्झाउनु छ– यो हो पुरुषोत्तम सङ्गमयुग। समझदार त मात्र तिमी नै छौ, त्यसैले सबैलाई कति सम्झाउनुपर्छ– यो पुरुषोत्तम सङ्गमयुग हो। सबै भन्दा धेरै ठुलो सेवास्थान हो सङ्ग्रहालय। त्यहाँ धेरै आउँछन्, राम्रो सेवाधारी बच्चाहरू थोरै छन्। सबै सेन्टरहरू सर्भिस स्टेसन हुन्। दिल्लीमा लेखिएको छ आध्यात्मिक सङ्ग्रहालय। यसको पनि ठीक अर्थ निस्किँदैन। धेरै मानिसहरूले प्रश्न सोध्छन् तिमीहरूले विश्वको के सेवा गरिरहेका छौ? भगवानुवाच छ नि– यो हो जङ्गल। तिमी यस समयमा सङ्गममा छौ। न जङ्गलका हौ, न बगैँचाका हौ। अब बगैँचामा जाने पुरुषार्थ गरिरहेका छौ। तिमीले यस रावणराज्यलाई रामराज्य बनाइरहेका छौ। तिमीसँग प्रश्न सोध्छन्– यत्रो खर्च कहाँबाट ब्यहोर्छौ? भन, हामी बी. के.ले नै सेवा गर्छौं। रामराज्यको स्थापना भइरहेको छ। तपाई केही दिन आएर बुझ्नुहोस्– हामीले के गरिरहेका छौं, हाम्रो लक्ष्य उद्देश्य के हो? उनीहरूले राज्यसत्तालाई मान्दैनन्, त्यसैले राजाहरूको रजाइँ समाप्त गरिदिएका छन्। यस समयमा उनीहरू पनि तमोप्रधान बनेका छन्, त्यसैले तिनीहरूलाई राम्रो मान्दैनन्। ड्रामा अनुसार उनीहरूको पनि दोष छैन। जे ड्रामामा छ त्यो पार्ट हामीले खेल्छौं। कल्प कल्प बाबाद्वारा स्थापनाको यो पार्ट चल्छ। खर्च पनि तिमी बच्चाहरूले नै गर्छौ, आफ्नो लागि। श्रीमत अनुसार आफैले खर्च गरेर आफ्नै लागि सत्ययुगी राजधानी बनाइरहेका छौ, यो कुरा अरू कसैलाई पनि थाहा छैन। तिम्रो नाम अज्ञात योद्धा प्रसिद्ध छ । वास्तवमा त्यस सेनामा अज्ञात योद्धा कोही हुँदैनन्। सिपाहीहरूको रजिस्टर हुन्छ। कसैको नाम नम्बर रजिस्टरमा नहुने, यस्तो हुन सक्दैन। वास्तवमा अज्ञात योद्धा तिमी हौ। तिम्रो कुनै रजिष्टरमा नाम छैन। तिमीसँग कुनै हतियार आदि छैन। यसमा शारीरिक हिँसा त हुँदैन। योगबलबाट तिमीले विश्वमाथि विजय पाउँछौ। ईश्वर सर्वशक्तिमान् हुनुहुन्छ नि। यादबाट तिमीले शक्ति लिइरहेका छौ। सतोप्रधान बन्नको लागि तिमीले बाबासँग योग लगाइरहेका छौ। तिमी सतोप्रधान बन्यौ भने राज्य पनि सतोप्रधान हुनुपर्छ। त्यो तिमीले श्रीमतमा स्थापना गर्छौ। गुप्त उनीहरूलाई भनिन्छ, जो भएर पनि देखिँदैनन्। तिमीले शिवबाबालाई पनि यी आँखाले देख्न सक्दैनौ। तिमी पनि गुप्त छौ भने शक्ति पनि तिमीले गुप्त रूपमा लिइरहेका छौ। तिमीले जान्दछौ– हामी पतितबाट पावन बनिरहेका छौं र पावनमा नै शक्ति हुन्छ। तिमीहरू सबै सत्ययुगमा पावन हुन्छौ। तिमीहरूलाई नै तिम्रो ८४ जन्मको कहानी बाबाले बताउनु हुन्छ। तिमीले बाबासँग शक्ति लिएर, पवित्र बनेर फेरि पवित्र दुनियाँमा राज्य-भाग्य लिनेछौ। बाहुबलबाट कहिल्यै कसैले विश्वमाथि विजय पाउन सक्दैन। यो हो योगबलको कुरा। उनीहरू लड्छन्, राज्य तिम्रो हातमा आउँछ। बाबा सर्वशक्तिमान् हुनुहुन्छ भने उहाँबाट शक्ति मिल्नुपर्छ। तिमीले बाबालाई र रचनाको आदि-मध्य-अन्त्यलाई पनि जानेका छौ। तिमीले जानेका छौ– हामी नै स्वदर्शन चक्रधारी हौं। सबैलाई यसको स्मृति हुँदैन। तिमी बच्चाहरूलाई स्मृति हुनुपर्छ किनकि तिमी बच्चाहरूलाई नै यो ज्ञान मिल्छ। बाहिरका त कसैले पनि बुझ्न सक्दैनन् त्यसैले सभामा बसाइँदैन। पतित-पावन बाबालाई सबैले बोलाउँछन्, तर आफूलाई पतित कसैले सम्झदैनन्, यत्तिकै गायन गरिरहन्छन्– पतित-पावन सीताराम। तिमी सबै हौ प्रियतमाहरू, बाबा हुनुहुन्छ प्रियतम। उहाँ आउनु हुन्छ नै सबैको सद्गति गर्न। तिमी बच्चाहरूको श्रृङ्गार गराउनु हुन्छ। तिमीलाई डबल इन्जिन मिलेको छ। रोल्स रायसमा (एक प्रकारको महङ्गो कार) इन्जिन धेरै राम्रो हुन्छ। बाबा पनि त्यस्तै हुनुहुन्छ। भन्छन् पतित-पावन आउनुहोस्, हामीलाई पावन बनाएर साथमा लैजानुहोस्। तिमी सबै शान्तिमा बसेका छौ। कुनै मुजुरा आदि बजाउँदैनौ। मेहनतको कुरा छैन। हिँड्दा डुल्दा बाबालाई याद गरिराख, जो मिल्छन् उनीहरूलाई मार्ग बताइराख। बाबा भन्नुहुन्छ– मेरा वा लक्ष्मी-नारायण, राधा-कृष्ण आदिका जो भक्त छन्, उनीहरूलाई यो दान दिनु छ, व्यर्थ गुमाउनु छैन। पात्रलाई नै दान दिइन्छ। पतित मनुष्यहरूले पतितलाई नै दान दिइरहन्छन्। बाबा हुनुहुन्छ सर्वशक्तिमान्, उहाँबाट तिमीले शक्ति लिएर उत्तम बन्छौ। रावण जब आउँछ त्यो समयमा पनि सङ्गम हुन्छ– त्रेता र द्वापरको। यो सङ्गम हो कलियुग र सत्ययुगको। ज्ञान कति समय र भक्ति कति समय चल्छ– यो सबै कुरा तिमीले बुझेर अरूलाई बुझाउनु छ। मुख्य कुरा हो बेहदका बाबालाई याद गर्नु। जब बेहदका बाबा आउनु हुन्छ तब विनाश पनि हुन्छ। महाभारत लडाइँ कहिले भएको थियो? जब भगवानले राजयोग सिकाउनु भएको थियो। समझमा आउँछ नयाँ दुनियाँको आदि, पुरानो दुनियाँको अन्त्य अर्थात् विनाश हुनु छ। दुनियाँ घोर अन्धकारमा छ, अब उनीहरूलाई जगाउनु छ। आधाकल्पदेखि सुतिरहेका छन्। बाबा सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झेर भाइ भाइको दृष्टिले हेर। तिमीले कसैलाई ज्ञान दियौ भने तिम्रो वाणीमा तागत आउँछ। आत्मा नै पावन र पतित बन्छ। आत्मा पावन बन्यो भने शरीर पनि पावन मिल्छ। अहिले त मिल्न सक्दैन। पावन सबै बन्नु छ। कोही योगबलबाट, कोही सजायबाट। मेहनत छ यादको यात्राको। बाबाले अभ्यास पनि गराइरहनुहुन्छ। जहाँ जाँदा पनि बाबाको यादमा जाऊ। जसरी पादरीहरू शान्तिमा क्राइस्टको यादमा जान्छन् र क्राइस्टलाई याद गर्छन्। हिन्दुहरूले त अनेकौंलाई याद गर्छन्। बाबा भन्नुहुन्छ– एक बाबा सिवाय अरू कसैलाई याद नगर। बेहदका बाबाबाट हामी मुक्ति र जीवन मुक्तिको हकदार बन्छौं। सेकेन्डमा जीवनमुक्ति मिल्छ। सत्ययुगमा सबै जीवनमुक्तिमा थिए, कलियुगमा सबै जीवनबन्धमा छन्। यो कसैलाई पनि थाहा छैन, यी सबै कुरा बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूले फेरि बाबाको प्रत्यक्षता गर्छन्। सबैतर्फ चक्कर लगाउँछन्। तिम्रो कर्तव्य हो मनुष्य मात्रलाई यो सन्देश दिनु– यो पुरुषोत्तम सङ्गमयुग हो। बेहदका बाबा बेहदको वर्सा दिन आउनु भएको छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। पाप काटिनेछ। यो हो सच्चा गीता, जुन बाबाले सिकाउनु हुन्छ। मनुष्य मतबाट गिरेका हौ, भगवानको मतबाट तिमीले वर्सा लिइरहेका छौ। मूल कुरा हो– उठ्दा बस्दा, हिँड्दा डुल्दा बाबालाई याद गरिराख र परिचय दिइराख। ब्याज त तिम्रो पासमा छ, फ्री दिँदा हर्जा छैन, तर पात्र हेरेर। बाबाले बच्चाहरूलाई उल्हना दिनुहुन्छ– तिमीले लौकिक पितालाई याद गर्छौ तर म पारलौकिक पितालाई चाहिँ भुल्छौ। लाज लाग्दैन! तिमी नै पवित्र प्रवृत्ति मार्गको गृहस्थ व्यवहारमा थियौ, फेरि अब बन्नु छ। तिमी हौ भगवानका सौदागर। आफूभित्र हेर– बुद्धि कहीँ भट्किन त भट्किन्न? बाबालाई कति समय याद गरेँ? बाबा भन्नुहुन्छ– अरू सङ्ग तोडेर एकसँग सङ्ग जोड। भुल गर्नु हुँदैन। यो पनि सम्झाइएको छ– भाइ भाइको दृष्टिले हेर्यौ भने देह देख्ने छैनौ। दृष्टि खराब हुने छैन। लक्ष्य उच्च छ नि। यो ज्ञान अहिले नै तिमीलाई मिल्छ। भाइ भाइ त सबैले भन्छन्, मनुष्यहरूले भन्छन्– ब्रदरहुड। यो त ठीक छ। परमपिता परमात्माका हामी सन्तान हौं। फेरि यहाँ किन बसेका छौं? बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ, त्यसैले यसरी यसरी सम्झाउँदै उन्नति गर्दै जाऊ। बाबालाई सेवाधारी धेरै बच्चीहरू चाहिएका छन्। सेवा केन्द्रहरू खुल्दै जान्छन्। बच्चाहरूलाई सोख छ, सम्झन्छन्– धेरैको कल्याण हुन्छ। तर सम्हाल्ने टिचर पनि राम्रो महारथी चाहिन्छ। टीचरहरू पनि नम्बरवार छन्। बाबा भन्नुहुन्छ– जहाँ लक्ष्मी-नारायणको मन्दिर होस्, शिवको मन्दिर होस्, गङ्गाको किनार होस्, जहाँ धेरै भीड हुन्छ त्यहाँ सेवा गर्नुपर्छ। सम्झाऊ– भगवान भन्नुहुन्छ काम महाशत्रु हो। तिमीले श्रीमत अनुसार सेवा गरिराख। यो तिम्रो ईश्वरीय परिवार हो, यहाँ ७ दिन भट्ठीमा आएर परिवारसँग रहन्छौ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। बेहदका बाबा, जसबाट तिमी पदमापदम भाग्यशाली बन्छौ। दुनियाँलाई थाहा छैन– भगवानले पनि पढाउन सक्नुहुन्छ। यहाँ तिमीले पढ्यौ भने तिमीलाई कति खुसी हुनुपर्छ। हामी उच्च भन्दा उच्च जानको लागि पढिरहेका छौं। कति विशाल दिल हुनुपर्छ। बाबा माथि तिमीले ऋण चढाउँछौ। ईश्वर अर्थ जे दिन्छौ, त्यसको रिटर्न अर्को जन्ममा लिन्छौ नि। बाबालाई तिमीले सबैथोक दियौ भने बाबाले पनि सबैथोक दिनुपर्छ। मैले बाबालाई दिएँ, यो कहिल्यै पनि ख्याल आउनु हुँदैन। धेरैको मनमा चल्छ– हामीले यत्रो दियौं, हाम्रो खातिरी किन भएन? तिमीले चामल मुट्ठी दिएर विश्वको बादसाही लिन्छौ। बाबा त दाता हुनुहुन्छ नि। राजाहरू रोयल हुन्छन्, पहिलो पटक भेट गर्दा उनीहरूलाई नजराना (उपहार) दिन्छन्, तर उनीहरूले कहिल्यै हातमा लिँदैनन्। सचिव तर्फ इसारा गर्छन्। त्यसैले शिवबाबा जो दाता हुनुहुन्छ उहाँले कसरी लिनुहुन्छ? उहाँ बेहदका बाबा हुनुहुन्छ नि। उहाँको अगाडि तिमीले नजराना राख्छौ। तर बाबाले त रिटर्नमा सयगुणा दिनुहुन्छ। त्यसैले मैले दिएँ– यो ख्याल कहिल्यै पनि आउनु हुँदैन। सदैव सम्झ हामीले त लिन्छौं। त्यहाँ तिमी पदमपति बन्छौ। तिमी यथार्थमा पदमापदम भाग्यशाली बन्छौ। धेरै बच्चाहरू विशालदिल पनि छन् भने कति कन्जुस पनि छन्। बुझ्दै बुझ्दैनन् कि हामी पदमापदमपति बन्नेछौं, हामी धेरै सुखी बन्छौं। जब परमात्मा बाबा गैर हाजिर हुनुहुन्छ तब इनडाइरेक्ट अल्पकालको लागि फल दिनुहुन्छ। हाजिर हुनुहुन्छ भने २१ जन्मको लागि दिनुहुन्छ। गायन पनि छ– शिवबाबाको भण्डारा भरपुर। हेर, धेरै बच्चाहरू छन्, कसैलाई पनि यो थाहा छैन कि कसले के दिन्छ? बाबाले जान्नुहुन्छ वा बाबाको गोथरी (ब्रह्मा)ले जान्नुहुन्छ, जसमा बाबा रहनुहुन्छ– एकदम साधारण। यसकारण बच्चाहरू यहाँबाट बाहिर निस्किएपछि त्यो नसा गुम हुन्छ। ज्ञान योग छैन भने खिटपिट चलिरहन्छ। राम्रो राम्रो बच्चाहरूलाई पनि मायाले हराइदिन्छ। मायाले बेमुख पारिदिन्छ। शिवबाबा, जसको पासमा तिमी आउँछौ, उहाँलाई तिमीले याद गर्न सक्दैनौ! भित्र अथाह खुसी हुनुपर्छ। त्यो दिन आयो आज, जसको लागि भन्ने गर्थ्यौं– हजुर आउनुभयो भने हामी हजुरकै बन्नेछौं। भगवानले आएर गोद लिनुभयो भने कति भाग्यमानी भनिन्छ। कति खुसीमा रहनुपर्छ। तर मायाले खुसी गुमाइदिन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) भगवानले हामीलाई गोद लिनु भएको छ, उहाँ नै टिचर बनेर हामीलाई पढाइरहनु भएको छ– आफ्नो पदमापदम भाग्यको स्मरण गरेर खुसीमा रहनु छ।

२) हामी आत्मा भाइ भाइ हौं, यो दृष्टि पक्का गर्नु छ। देहलाई हेर्नु छैन। भगवानसँग सौदा गरे पछि फेरि बुद्धिलाई भट्काउनु छैन।

वरदान:–
यस अलौकिक जीवनमा तिम्रो सम्बन्धको शक्तिद्वारा अविनाशी स्नेह र सहयोग प्राप्त गर्ने श्रेष्ठ आत्मा भव

यस अलौकिक जीवनमा सम्बन्धको शक्ति तिमी बच्चाहरूलाई डबल रूपमा प्राप्त छ। एक बाबाद्वारा सर्व सम्बन्ध, अर्को दैवी परिवारद्वारा सम्बन्ध। यस सम्बन्धले सदा निःस्वार्थ स्नेह, अविनाशी स्नेह र सहयोग प्राप्त भइरहन्छ। त्यसैले तिमीसँग सम्बन्धको पनि शक्ति छ। यस्तो श्रेष्ठ अलौकिक जीवनवाला शक्ति सम्पन्न वरदानी आत्माहरू हौ, त्यसैले गुनासो गर्नेवाला होइन, सदा राजी रहनेवाला बन।

स्लोगन:–
कुनै पनि प्लान (योजना) विदेही र साक्षी बनेर सोच अनि सेकेन्डमा प्लेन (सरल) स्थिति बनाउँदै जाऊ।