02.05.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– ज्ञानको बुलबुल (जुरेली चरो) बनेर आफूसमान बनाउने सेवा गर । जाँच गर– कतिलाई आफूसमान बनाएको छु , यादको चार्ट कस्तो छ ?”

प्रश्न:–
भगवानले आफ्ना बच्चाहरूसँग कुनचाहिँ प्रतिज्ञा गर्नुहुन्छ, जुन अरू कुनै मनुष्यले गर्न सक्दैन?

उत्तर:–
भगवान प्रतिज्ञा गर्नुहुन्छ– प्यारा बच्चाहरू! मैले तिमीहरूलाई आफ्नो घर अवश्य लिएर जान्छु। तिमीहरू श्रीमतमा चलेर पावन बन्यौ भने मुक्ति र जीवनमुक्तिमा जान्छौ। मुक्तिमा त हरेकलाई जानु नै छ। कसैले चाहोस् वा नचाहोस् जबरजस्ती हिसाब-किताब चुक्ता गराएर लिएर जान्छु। बाबा भन्नुहुन्छ– जब म आउँछु तब तिमीहरू सबैको वानप्रस्थ अवस्था हुन्छ अनि मैले सबैलाई लिएर जान्छु।

ओम् शान्ति ।
बच्चाहरूले अब पढाइमा ध्यान दिनुपर्छ। जुन गायन छ, सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... यी सबै गुण धारण गर्नु छ। जाँच गर्नु छ, ममा यी गुण छन्? किनकि जो बन्छन् त्यहाँ नै तिमी बच्चाहरूको ध्यान जान्छ। अब यो पढ्नु र पढाउनुमा आधारित छ। आफ्नो दिलसँग सोध्नु छ– मैले कतिलाई पढाएँ? सम्पूर्ण देवता त कोही बनेको छैन। चन्द्रमा जब सम्पूर्ण बन्छ, तब कति धेरै प्रकाश दिन्छ। यहाँ पनि नम्बरवार पुरुषार्थ अनुसार देखिन्छ। यो बच्चाहरूले पनि जान्न सक्छन्। टिचरले पनि बुझ्न सक्छन्। एक एक बच्चाले के गरिरहेका छन् भनेर नजर जान्छ। मेरो लागि के सेवा गरिरहेका छन्? सबै फूलहरूलाई हेर्नुहुन्छ। फूल त सबै हुन्। बगैँचा हो नि। हर एकले आफ्नो अवस्थालाई जान्दछन्। आफ्नो खुसीलाई जान्दछन्। हर एकलाई आ-आफ्नो अतीन्द्रिय सुखमय जीवन अनुभव हुन्छ। एक त बाबालाई धेरै याद गर्नु छ। याद गरेपछि नै फेरि त्यसको रिटर्न मिल्छ। तमोप्रधानबाट सतोप्रधान बन्नको लागि तिमी बच्चाहरूलाई धेरै सहज उपाय बताउँछु– यादको यात्रा। हरेकले आफ्नो दिलसँग सोध्नुछ– मेरो यादको चार्ट ठीक छ? कसैलाई आफूसमान बनाएको छु? किनकि तिमी ज्ञान बुलबुल हौ नि। कोही सुगा छन्, कोही के छन्! तिमी परेवा होइन, सुगा बन्नु छ। आफ्नै मनलाई सोध्दा धेरै मजा आउँछ– कतिसम्म मैले बाबालाई याद गर्छु? कहाँसम्म अतीन्द्रिय सुखमा रहन्छु? मनुष्यबाट देवता बन्नु छ नि। मनुष्य त मनुष्य नै हुन्। पुरुष अथवा स्त्री दुवै देखिन त मनुष्य नै देखिन्छन्। फेरि दैवी गुण धारण गरेर तिमी देवता बन्छौ। तिमीहरू सिवाय अरू कोही देवता बन्न सक्दैन। यहाँ आउँछन् दैवी घरानाको बन्न। त्यहाँ पनि तिमीहरू दैवी घरानाको हुन्छौ। त्यहाँ तिमीहरूमा कुनै राग द्वेषको आवाज पनि हुने छैन। यस्तो दैवी परिवारको बन्नको लागि खुब पुरुषार्थ गर्नुपर्छ। पढ्नु पनि काइदा अनुसार पर्छ, कहिल्यै मिस गर्नु हुँदैन। धेरै बिरामी भए पनि बुद्धिमा शिवबाबाको याद होस्। यसमा त मुख चलाउने कुरा छैन। आत्माले जान्दछ, म शिवबाबाको बच्चा हुँ। बाबा हामीलाई लिएर जानको लागि आउनु भएको छ। यो अभ्यास धेरै राम्रो हुनुपर्छ। जहाँ भए पनि बाबाको यादमा रहनु छ। बाबा आउनु भएको छ नै शान्तिधाम सुखधाममा लिएर जान। कति सहज छ। धेरै छन् जसले धेरै धारणा गर्न सक्दैनन्। राम्ररी याद गर। यहाँ सबै बच्चाहरू बसेका छन्, यिनमा पनि नम्बरवार छन्। हो, बन्नु अवश्य छ। शिवबाबालाई याद अवश्य गर्छन्। अरू सबै सङ्गत तोडेर एकसँग जोड्नेवाला त सबै हुन्। अरू कसैको याद हुँदैन होला। तर यसमा अन्त्यसम्म पुरुषार्थ गर्नुपर्छ। मेहनत गर्नुपर्छ। भित्र सदैव एक शिवबाबाको नै याद रहोस्। कहीँ घुम्नफिर्न जाँदा पनि भित्र याद बाबाको नै रहोस्। मुख चलाउने पनि आवश्यकता छैन। यो पढाइ सहज छ। पढाएर तिमीलाई आफूसमान बनाउनु हुन्छ। तिमी बच्चाहरू यस्तै अवस्थामा पुग्नु छ। जस्तो सतोप्रधान अवस्थाबाट आएका हौ, त्यस अवस्थामा फेरि जानु छ। यो सम्झाउन कति सहज छ। घरको कामकाज गर्दा, हिँड्दा डुल्दा आफूलाई फूल बनाउनु छ। जाँच गर्नु छ ममा कुनै गडबडी त छैन? हीराको दृष्टान्त पनि धेरै राम्रो छ, आफ्नो जाँच गर्नु छ। तिमी स्वयं नै मेग्निफाइङ्ग ग्लास (ठुलो देखाउने सिसा) हौ। त्यसैले आफ्नो जाँच गर्नु छ, ममा अलिकति पनि देह अभिमान त छैन? हुन त अहिले सबै पुरुषार्थी हौ, तर लक्ष्य त सामुन्ने छ नि। तिमीहरूले सबैलाई सन्देश दिनु छ। बाबाले भन्नु भएको थियो अखबारमा खर्च भए पनि यो सन्देश सबैलाई मिलोस्। भन, एक बाबालाई याद गर्नुभयो भने विकर्म विनाश हुन्छ अनि पवित्र बन्नुहुन्छ। अहिले कोही पवित्र छैन। बाबाले सम्झाउनु भएको छ– पवित्र आत्माहरू हुन्छन् नै नयाँ दुनियाँमा। यो पुरानो दुनियाँ अपवित्र छ। एक जना पनि पवित्र हुन सक्दैन। आत्मा पवित्र बनिसके पछि पुरानो शरीर छोडिदिन्छ। छोड्नु नै छ। याद गर्दै गर्दै तिम्रो आत्मा एकदम पवित्र बन्छ। शान्तिधामबाट हामी एकदम पवित्र आत्मा आएका थियौं, गर्भ महलमा बसेका थियौं। फेरि यति धेरै पार्ट खेल्यौं। अब चक्र पूरा गर्यौ फेरि तिमी आत्माहरू जान्छौ आफ्नो घर। त्यहाँबाट फेरि सुखधाममा आउँछौ। त्यहाँ गर्भ महल हुन्छ। फेरि पनि पुरुषार्थ गर्नु छ उच्च पद पाउनको लागि, यो पढाइ हो। अहिले नर्क वेश्यालय विनाश भएर शिवालय स्थापन भइरहेको छ। अब त सबै फर्केर जानु छ।

तिमीले पनि जान्दछौ– हामी यो शरीर छोडेर गएर नयाँ दुनियाँमा राजकुमार राजकुमारी बन्नेछौं। कसैले सम्झन्छन्, हामी प्रजामा जानेछौं, यसमा बिलकुल लाइन क्लियर हुनुपर्छ। एक बाबाको नै याद रहोस्, अरू केही पनि याद नआओस्। यसलाई भनिन्छ पवित्र भिखारी। शरीर पनि याद नरहोस्। यो त पुरानो फोहोरी शरीर हो नि। यहाँ जीवन छँदै मर्नु छ, यो कुरा बुद्धिमा राख्नु छ। अब हामी फर्केर घर जानु छ। आफ्नो घरलाई भुल्दै गएका थियौ। अहिले फेरि बाबाले याद दिलाउनुभयो। अब यो नाटक पूरा हुन्छ। बाबा सम्झाउनु हुन्छ तिमीहरू सबै वानप्रस्थी हौ। सारा विश्वमा जति पनि मनुष्य मात्र छन्, ती सबैको अहिले वानप्रस्थ अवस्था छ। म आएको छु, सबै आत्माहरूलाई वाणी भन्दा पर लिएर जान। बाबा भन्नुहुन्छ– अहिले तिमीहरू साना ठुला सबैको वानप्रस्थ अवस्था हो। वानप्रस्थ केलाई भनिन्छ, यो पनि तिमीले जान्दैनथ्यौ। यत्तिकै गएर गुरु बनाउँथ्यौ। तिमीले लौकिक गुरुहरूद्वारा आधाकल्प पुरुषार्थ गर्दै आएका छौ, तर ज्ञान कसैलाई पनि छैन। अहिले बाबा स्वयं भन्नुहुन्छ– तिमी साना ठुला सबैको वानप्रस्थ अवस्था हो। मुक्ति त सबैलाई मिल्नु छ। साना ठुला सबै खतम भएर जान्छन्। बाबा आउनु भएको छ सबैलाई घर लिएर जान। यसमा त बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। यहाँ दु:ख अनुभव हुन्छ, त्यसैले आफ्नो घर स्वीट होमलाई याद गर्छौ। घर जान चाहन्छौ तर तिमीहरूमा अक्कल छैन। भन्छन्– हामी आत्माहरूलाई अब शान्ति चाहिएको छ। बाबा भन्नुहुन्छ– कति समयको लागि चाहियो? यहाँ त हरेकले आ-आफ्नो पार्ट खेल्नु छ। यहाँ कोही शान्त कहाँ रहन सक्छ र? आधाकल्प यी गुरु आदिले धेरै मेहनत गराए, मेहनत गर्दा, भट्ड्किँदा भट्किँदा अशान्त बनेका छौ। अब जो शान्तिधामको मालिक हुनुहुन्छ, उहाँ आएर सबैलाई फर्काएर लैजानुहुन्छ। बाबाले पढाइ पनि रहनुहुन्छ। भक्ति गर्छन् नै निर्वाणधाममा जानको लागि, मुक्तिको लागि। यो कहिल्यै पनि कसैको दिलमा आउँदैन– हामी सुखधाममा जानेछौं। सबैले वानप्रस्थमा जानको लागि पुरुषार्थ गर्छन्। तिमीले त पुरुषार्थ गर्छौ सुखधाममा जानको लागि। जान्दछौ, पहिला वाणी भन्दा परको अवस्था अवश्य हुनुपर्छ। भगवानले पनि बच्चाहरूसँग प्रतिज्ञा गर्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई आफ्नो घर अवश्य लिएर जान्छु, जसको लागि तिमीले आधाकल्प भक्ति गर्यौ। अब श्रीमतमा चल्यौ भने मुक्ति जीवनमुक्तिमा जान्छौ। नत्र शान्तिधाम त सबैलाई जानु नै छ। कोही जान चाहोस् वा नचाहोस्, ड्रामा अनुसार सबै अवश्य जानु छ । इच्छा भए पनि, नभए पनि म आएको छु सबैलाई फिर्ता लिएर जान। जबरजस्ती हिसाब-किताब चुक्ता गराएर भए पनि लिएर जानेछु। तिमी सत्ययुगमा जान्छौ, बाँकी सबै वाणी भन्दा पर शान्तिधाममा रहन्छन्। कसैलाई पनि छोड्ने छैन। गएनौ भने पनि सजाय दिएर कुटपिट गरेर पनि लिएर जान्छु। ड्रामामा पार्ट नै यस्तो छ, त्यसैले आफ्नो कमाइ गरेर गयौ भने पद पनि राम्रो मिल्छ। अन्त्यमा आउनेहरूले के सुख पाउनेछन्। बाबा सबैलाई भन्नुहुन्छ, अवश्य जानु छ। शरीरलाई आगो लगाएर सबै आत्माहरूलाई लिएर जानेछु। आत्माहरू नै म सँगसँगै जानु छ। मेरो मतमा सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण बन्यौ भने पद पनि राम्रो मिल्छ। तिमीहरूले बोलाएका हौ नि– आएर हामी सबैलाई मृत्यु दिनुहोस्। अब त मृत्यु आइ नै सक्यो। बाँच्नु कसैलाई पनि छैन। फोहोरी शरीर रहने छैन। बोलाएका हौ नै फर्काएर लिएर जानुहोस् भनेर। त्यसैले अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यस फोहोरी दुनियाँबाट तिमीलाई फर्काएर लैजान्छु। तिम्रो यादगार पनि सम्मुख छ। देलवाडा मन्दिर छ नि– दिल लिनेवालाको मन्दिर, आदिदेव बसेका छन्। शिवबाबा पनि हुनुहुन्छ, बापदादा दुवै हुनुहुन्छ, यिनको शरीरमा बाबा विराजमान हुनुहुन्छ। तिमी त्यहाँ गयौ भने आदिदेवलाई देख्छौ। तिम्रो आत्माले जान्दछ– यहाँ त बापदादा बस्नु भएको छ।

अहिले तिमीले जे पार्ट खेलिरहेका छौ त्यसको निसानी यादगार खडा छ। महारथी, घोडसवार, पैदल यात्री पनि छन्। त्यो हो जड, यो हो चैतन्य। माथि वैकुण्ठ पनि छ। तिमीले मोडेल देखेर आउँछौ, देलवाडा मन्दिर कस्तो छ, तिमीलाई त थाहा छ, कल्प कल्प यो मन्दिर यस्तै बन्छ, जसलाई तिमी गएर देख्नेछौ। कोही-कोही अलमलिन्छन्। यी सबै पहाड आदि टुट्ने-फुट्नेछन् फेरि बन्छन्! कसरी? यो विचार गर्नु छैन। अहिले त स्वर्ग पनि होइन, फेरि त्यो कसरी आउँछ! पुरुषार्थद्वारा सबै बन्छ नि। तिमीले अहिले तयारी गरिरहेका छौ, स्वर्गमा जानको लागि। कसै कसैले अलमलिएर पढाइ नै छोडिदिन्छन्। बाबा भन्नुहुन्छ– यसमा अलमलिने कुनै आवश्यकता छैन। त्यहाँ सबै कुरा हामीले बनाउनेछौं। त्यो दुनियाँ नै सतोप्रधान हुन्छ। त्यहाँका फलफूल आदि सबै देखेर आउँछन्, शूबीरस पिउँछन्। सूक्ष्मवतन, मूलवतनमा त यो कुरा नै हुँदैन। बाँकी यो सबै हो वैकुण्ठको। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। यो निश्चय त पक्का हुनुपर्छ। बाँकी कसैको तकदिरमा छैन भने भन्नेछन् यो कसरी हुन सक्छ! हीरा जुहारत जुन अहिले देखिएको नै छैन, ती फेरि कसरी हुन्छन्! पूज्य कसरी बन्छन्? बाबा भन्नुहुन्छ– यो खेल पूज्य र पुजारीको बनेको छ। हम सो ब्राह्मण, देवता, क्षत्रिय.... यो सृष्टि चक्रलाई जान्नाले तिमी चक्रवर्ती राजा बन्छौ। तिमीले जान्दछौ, त्यसैले त भन्छौ– बाबा! कल्प पहिला पनि हजुरसँग मिलेको थिएँ। हाम्रै यादगार मन्दिर सामुन्ने खडा छ। यसपछि नै स्वर्गको स्थापना हुन्छ। यी जो तिम्रा चित्र छन् यिनीहरूमा कमाल छ, कति रुचिले हेर्छन्। सारा दुनियाँमा कसैले पनि कहीँ देखेका छैनन्। न कसैले यस्तो चित्र बनाएर ज्ञान दिन सक्छ। नक्कल गर्न सक्दैनन्। यी चित्र त खजाना हुन्। जसद्वारा तिमी पदमापदम भाग्यशाली बन्छौ। तिमीले जान्दछौ, हाम्रो कदम कदममा पदम छ। पढाइको कदम। जति योग गर्छौ जति पढ्छौ त्यति पदम पाउनेछौ। एकातिर माया पनि सम्पूर्ण पूरा शक्तिसहित आउँछ। तिमी अहिले नै श्याम-सुन्दर बन्छौ। सत्ययुगमा तिमी सुन्दर थियौ, गोल्डन एजेड, कलियुगमा श्याम छौ, आइरन एजेड। हर एक चीज यस्ता हुन्छन्। यहाँ त धरती पनि बाँझो छ। त्यहाँ त धरती पनि फस्टक्लास हुन्छ। हर चीज सतोप्रधान हुन्छ। तिमी यस्तो राजधानीको मालिक बनिरहेका छौ। अनेक पटक बनेका हौ। फेरि पनि यस्तो राजधानीको मालिक बन्ने पूरा पुरुषार्थ गर्नुपर्छ। पुरुषार्थ विना प्रारब्ध कसरी पाउने? यसमा कुनै कष्ट छैन।

मुरली छापिन्छ, पछि गएर लाखौं करोडौंको सङ्ख्यामा छापिनेछ। बच्चाहरूले भन्छन्– जति पनि पैसा छ त्यो सबै यज्ञमा लगाऊँ? राखेर के गर्ने? पछि गएर हेर के के हुन्छ। विनाशको तयारी पनि देखिरहने छौ। रिहर्सल भइरहनेछ। फेरि शान्ति हुँदै जान्छ। बच्चाहरूको बुद्धिमा सारा ज्ञान छ। धेरै सहज छ। केवल बाबालाई याद गर्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस शरीरलाई पनि भुलेर पूरा पवित्र भिखारी बन्नु छ। लाइन क्लियर राख्नु छ। बुद्धिमा रहोस्– अब नाटक पूरा भयो, हामी आफ्नो प्यारो घर जानु छ।

२) पढाइको हर कदममा पदम छ, त्यसैले दिनहुँ राम्रोसँग पढ्नु छ। देवता घरानाको सदस्य बन्ने पुरुषार्थ गर्नु छ। आफूले आफैलाई सोध्नु छ– मलाई अतीन्द्रिय सुख कहाँसम्म महसुस हुन्छ? म खुसी रहन्छु?

वरदान:–
बुद्धिको साथ र सहयोगको हातद्वारा मौजको अनुभव गर्ने भाग्यवान् आत्मा भव

जसरी सहयोगको निसानी हातमा हात देखाउँछन्। त्यसैगरी बाबाको सदा सहयोगी बन्नु– यो हो हातमा हात अनि सदा बुद्धिद्वारा साथ रहनु अर्थात् मनको लगन एकमा हुनु। सदा यही स्मृति रहोस्– हातमा हात दिएर भगवानको बगैँचामा साथसाथै चलिरहेको छु। यस स्मृतिबाट सदा मनोरञ्जनमा रहनेछौ, सदा खुसी र सम्पन्न रहनेछौ। यस्ता भाग्यवान् आत्माहरूले नै सदा मौजको अनुभव गरिरहन्छन्।

स्लोगन:–
आशीर्वादको खाता जम्मा गर्ने साधन हो– सन्तुष्ट रहनु र सन्तुष्ट पार्नु।