03.05.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यस दु:खधामबाट जीवन छँदै सम्बन्ध विच्छेद गरिदेऊ किनकि तिमी सुखधाममा जानु छ।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई कुनचाहिँ एउटा सानो मेहनत दिनुहुन्छ?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर। तिमीलाई यही अलिकति मेहनत गराउँछु। तिमी सम्पूर्ण पावन बन्नु छ। पतितबाट पावन अर्थात् पारस बन्नु छ। पारस बन्ने पत्थर बन्न सक्दैन। तिमी बच्चाहरू अहिले फूल जस्तो बन्यौ भने बाबाले तिमीलाई आँखामा राखेर साथै लैजानुहुन्छ।

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। यो त बच्चाहरूले अवश्य बुझेका छन्– हामी नै ब्राह्मण हौं, जो फेरि देवता बन्नेछौं। यो पक्का निश्चय छ नि? टिचरले जसलाई पढाउँछन्, अवश्य पनि उनलाई आफू समान बनाइदिन्छन्। यो त निश्चयको कुरा हो। कल्प कल्प बाबा आएर सम्झाउनु हुन्छ, हामी नर्कवासीलाई स्वर्गवासी बनाउनु हुन्छ। सारा दुनियाँ बनाउने कोही त हुनुहुन्छ नि। बाबाले स्वर्गवासी बनाउनु हुन्छ, रावणले नर्कवासी बनाउँछ। यतिबेला छ रावण राज्य, सत्ययुगमा हुन्छ रामराज्य। रामराज्यको स्थापना गर्नेवाला हुनुहुन्छ भने अवश्य पनि रावण राज्यको स्थापना गर्ने पनि कोही हुनुपर्छ। राम भगवानलाई भनिन्छ, भगवानले नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। ज्ञान त धेरै सहज छ, कुनै ठुलो कुरा होइन। तर यस्ता पत्थरबुद्धि छन् जसले पारसबुद्धि हुन असम्भव सम्झन्छन्। नर्कवासीबाट स्वर्गवासी बन्नमा धेरै मेहनत लाग्छ किनकि मायाको प्रभाव छ। ५० तला, १०० तलाका कति ठुला ठुला भवनहरू बनाउँछन्। स्वर्गमा कुनै यति तला हुँदैनन्। आजकाल यहाँ नै यस्ता भवन बनाइरहन्छन्। तिमीले जान्दछौ जस्तो यहाँ बनाउँछन् त्यस्तो भवन सत्ययुगमा हुँदैनन्। बाबा स्वयं सम्झाउनु हुन्छ– सारा विश्वमा यति सानो वंशवृक्ष (झाड) हुन्छ जसले गर्दा त्यहाँ तला आदि बनाउने आवश्यकता नै हुँदैन। अनगिन्ती जमिन हुन्छ। यहाँ त जमिनै पुग्दैन, त्यसैले जमिनको मूल्य कति बढेको छ। त्यहाँ त जमिनको मूल्य पर्दैन, न नगरपालिकाको कर आदि लाग्छ। जसलाई जति जमिन चाहियो त्यति लिन सक्छ। केवल एक बाबाको यो ज्ञानबाट त्यहाँ तिमीलाई सबै सुख प्राप्त हुन्छ। मनुष्यले जुन १०० तला आदि बनाउँछन्, त्यसमा पनि पैसा आदि त पर्छ नि। त्यहाँ पैसा आदि पर्दैन। अथाह धन हुन्छ। पैसाको मूल्य हुँदैन। धेरै पैसा भएर पनि के गर्ने? सुन, हीरा, मोतीका महल आदि बनाउँछन्। अहिले तिमी बच्चाहरूलाई कति समझ प्राप्त भएको छ। समझ र बेसमझको नै कुरा हो। सतो बुद्धि र तमो बुद्धि। सतोप्रधान स्वर्गको मालिक, तमोप्रधान बुद्धि नर्कको मालिक। यो त स्वर्ग होइन। यो हो रौरव नर्क। धेरै नै दु:खी छन् त्यसैले भगवानलाई पुकार्छन्, फेरि बिर्सिन्छन्। कति मेहनत गर्छन्, एकता होस् भनेर सम्मेलन आदि गर्छन्। तर तिमी बच्चाहरूले जान्दछौ– यिनीहरू आपसमा मिल्न सक्दैनन्। यो सारा सृष्टिरूपी वृक्ष जीर्ण भएको छ, फेरि नयाँ बन्छ। तिमीलाई थाहा छ– कलियुगबाट सत्ययुग कसरी बन्छ। यो ज्ञान बाबाले तिमीलाई अहिले नै सम्झाउनु हुन्छ। सत्ययुगवासी नै फेरि कलियुगवासी बन्छौ फेरि तिमी सङ्गमवासी बनेर सत्ययुगवासी बन्छौ। भन्छन् यतिका सबै सत्ययुगमा जान्छन्? होइन, जसले सच्चा सत्य नारायणको कथा सुन्छन् तिनै स्वर्गमा जान्छन्। अरू सबै शान्तिधाममा जान्छन्। दु:खधाम त हुँदैहुँदैन। त्यसैले यस दु:खधामबाट जीवन छँदै सम्बन्ध बिच्छेद गर्नु छ। बाबाले युक्ति त बताउनु हुन्छ, कसरी तिमीले सम्बन्ध बिच्छेद गर्न सक्छौ। यो सारा सृष्टि माथि देवी-देवताहरूको राज्य थियो। अहिले फेरि बाबा आउनु भएको छ स्थापना गर्न। हामीले उहाँ बाबाबाट नै विश्वको राज्य लिइरहेका छौं। ड्रामा योजना अनुसार परिवर्तन अवश्य पनि हुनु नै छ। यो हो पुरानो दुनियाँ। यसलाई सत्ययुग कसरी भन्न मिल्छ? तर मनुष्यले सत्ययुग के हो भन्ने बिल्कुलै बुझ्दैनन्। बाबाले सम्झाउनु भएको छ– यस ज्ञानको लागि लायक त्यही हुन्छ जसले धेरै भक्ति गरेको छ। उनीहरूलाई नै सम्झाउनु पर्छ। बाँकी जो यस कुलका होइनन्, उनीहरूले बुझ्दैनन्। त्यसैले त्यत्तिकै समय किन खेर फाल्नु पर्यो। हाम्रो घरानाको नै होइन भने केही पनि मान्दैन। भन्नेछ आत्मा के हो, परमात्मा के हो– यो मैले बुझ्नै चाहन्न। त्यसैले त्यस्ताको लागि किन मेहनत गर्नु पर्यो। बाबाले सम्झाउनु भएको छ, माथि लेखिएको छ– भगवानुवाच, म आउँछु नै कल्प कल्प पुरुषोत्तम सङ्गमयुगमा साधारण मनुष्य तनमा। जसले आफ्नो जन्मलाई जान्दैनन्, उनलाई मैले बताउँछु। पूरा ५ हजार वर्षको पार्ट कसको हुन्छ, मैले बताउँछु। जो पहिलो नम्बरमा आएको हो उसैको पार्ट हुन्छ नि। श्रीकृष्ण को महिमा पनि गाउँछन् सत्ययुगका प्रथम राजकुमार। उनै ८४ जन्म पछि के हुन्छन्? नम्बरवन भिखारी। भिखारीबाट राजकुमार। फेरि राजकुमारबाट भिखारी। तिमीले बुझेका छौ– भिखारीबाट राजकुमार कसरी बनिन्छ। फेरि बाबा आएर कौडीबाट हीरा जस्तो बनाउनु हुन्छ। जो हीरा जस्तो छ उही फेरि कौडी जस्तो बन्छ। पुनर्जन्म त लिन्छन् नि। सबै भन्दा धेरै जन्म कसले लिन्छ, यो तिमीले बुझेका छौ। सबै भन्दा पहिला त श्रीकृष्ण लाई नै मान्छन्। उनको राजधानी हुन्छ। धेरै जन्म पनि उनैको हुन्छ। यो त धेरै सहज कुरा हो। तर मनुष्यले यी कुरामा ध्यान दिँदैनन्। बाबाले सम्झाएपछि आश्चर्यमा पर्छन्। बाबाले यथार्थ बताउनु हुन्छ, फस्ट सो लास्टमा आउँछन्। पहिलो नम्बर हीरा जस्तो, अन्त्यमा कौडी जस्तो। फेरि हीरा जस्तो बन्नु छ, पावन बन्नु छ, यसमा के मेहनत छ र! पारलौकिक बाबाले आदेश गर्नुहुन्छ– काम महाशत्रु हो। तिमी पतित केबाट बनेका हौ? विकारमा जानाले, त्यसैले बोलाउँछन् पनि पतित-पावन आउनुहोस् किनकि बाबा त सदा पारसबुद्धि हुनुहुन्छ, उहाँ कहिल्यै पनि पत्थरबुद्धि बन्नु हुन्न, सम्बन्ध नै उहाँको र पहिलो नम्बरमा जन्म लिनेको भयो। देवताहरू त धेरै हुन्छन् तर मनुष्यले केही पनि बुझ्दैनन्।

क्रिश्चियनहरूले भन्छन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला स्वर्ग थियो। उनीहरू फेरि पनि पछाडि आएका हुनाले उनीहरूमा केही तागत छ। सबै उनीहरूसँग नै सिक्न जान्छन् किनकि उनीहरूको फ्रेस बुद्धि छ। उन्नति पनि उनीहरूकै हुन्छ। सतो, रजो, तमोमा आउँछन् नि। तिमीलाई थाहा छ– सबै कुरा बेलायतबाटै सिक्छन्। यो पनि तिमीलाई थाहा छ– सत्ययुगमा महल आदि बन्नमा कुनै समय लाग्दैन। एक जनाको बुद्धिमा आउँछ अनि फेरि वृद्धि हुँदै जान्छ। एउटा बनाएर फेरि धेरै बनाउँछन्। बुद्धिमा आउँछ नि। त्यहाँ तिमीसँग वैज्ञानिकहरूको बुद्धि उच्च हुन्छ। तुरुन्तै महल बनाइरहन्छन्। यहाँ भवन वा मन्दिर बनाउन १२ महिना लाग्छ, त्यहाँ त इन्जिनियर आदि सबै होसियार हुन्छन्। त्यो हो नै गोल्डेन एज। पत्थर आदि त हुँदैन। अहिले तिमी बसेका छौ त्यसैले विचार गर्छौ, हामीले यो पुरानो शरीर छोड्छौं, फेरि घरमा जानेछौं, त्यहाँबाट फेरि योगबलबाट सत्ययुगमा जन्म लिनेछौं। बच्चाहरूलाई किन खुसी हुँदैन! चिन्तन किन चल्दैन! धेरै सेवाधारी बच्चाहरू छन् उनीहरूको अवश्य पनि चिन्तन चल्छ। जसरी बेरिस्टरी पास भएपछि बुद्धिमा चल्छ नि– मैले यो गर्छु, यो गर्छु। तिमीले पनि अहिले जान्दछौ मैले यो शरीर छोडेर गएर यो बन्नेछु। यादबाटै तिम्रो आयु बढ्छ। अहिले त बेहदको बाबाका बच्चा हौ, यो ग्रेड धेरै उच्च छ। तिमी ईश्वरीय परिवारका हौ। उनीहरूको अरू कुनै सम्बन्ध छैन। भाइ-बहिनी भन्दा पनि माथि चढाइदिएको छु। सबैलाई भाइ भाइ सम्झ, यसको धेरै अभ्यास गर्नु छ। भाइको निवास कहाँ हो? यो तख्तमा अकाल आत्मा रहन्छ। सबै आत्माहरूको यो तख्त जीर्ण भएको छ। सबै भन्दा धेरै तिम्रो तख्त जीर्ण छ। आत्मा यो तख्तमा विराजमान हुन्छ। भृकुटीको बीचमा के छ? यो बुद्धिले बुझ्ने कुरा हो। आत्मा बिल्कुलै सूक्ष्म छ, तारा जस्तै। बाबा पनि भन्नुहुन्छ– म पनि बिन्दु हुँ। म पनि तिमी भन्दा ठुलो कहाँ छु र! तिमीलाई थाहा छ– हामी शिवबाबाका सन्तान हौं। अहिले बाबाबाट वर्सा लिनु छ, त्यसैले आफूलाई आत्मा भाइ भाइ सम्झ। बाबाले तिमीलाई सम्मुख पढाइरहनु भएको छ। पछि गएर अझै आकर्षण हुँदै जान्छ। यो विघ्न पनि ड्रामा अनुसार परिरहन्छ।

अहिले बाबा भन्नुहुन्छ– तिमी पतित हुनु छैन, यो आदेश हो। अहिले त अझै तमोप्रधान बनेका छन्। विकार विना रहनै सक्दैनन्। जसरी सरकारले भन्छ मद्यपान नगर तर मदिरा विना रहनै सक्दैनन्। फेरि उनीहरूलाई नै मदिरा पिलाएर निर्देशन दिन्छन्– फलाना ठाउँमा गएर बम पड्काउनु। कति धेरै नोक्सान हुन्छ। तिमी यहाँ बसी बसी विश्वको मालिक बन्छौ। उनीहरूले फेरि त्यहाँ बसी बसी बमहरू छोड्छन्– सारा विश्वको विनाशको लागि। कस्तो विडम्बना छ। तिमी यहाँ बसी बसी बाबालाई याद गर्छौ अनि विश्वको मालिक बन्छौ। जसरी भए पनि बाबाको याद अवश्य गर्नु छ। यसमा हठयोग गर्ने वा आसन आदि गर्ने कुरा पनि छैन। बाबाले कुनै कष्ट दिनुहुन्न। जसरी बसे पनि तिमीले केवल याद गर– हामी बाबाका अति प्यारा बच्चा हौं। तिमीलाई बादसाही यसरी प्राप्त हुन्छ जसरी मख्खनमा बाल। गायन पनि गर्छन् सेकेन्डमा जीवनमुक्ति। जहाँसुकै बस, घुमफिर गर तर बाबालाई याद गर। पवित्र नबनी कसरी जान्छौ? नत्र सजाय खानु पर्ने छ। जब धर्मराजसँग जान्छौ अनि सबैको हिसाब-किताब चुक्ता हुन्छ। जति पवित्र बन्छौ त्यत्ति उच्च पद पाउनेछौ। अपवित्र बन्यौ भने सुख्खा रोटी खानेछौ। जति बाबालाई याद गर्छौ, त्यति पाप काटिन्छ। यसमा खर्च आदिको कुनै कुरा छैन। बस्न त घरमै बसेका छौ, बाबाबाट पनि मन्त्र लेऊ। मायालाई बस गर्ने मन्त्र हो– मनमनाभव। यो मन्त्र मिलेपछि ठिकै छ फेरि घर जाऊ। मुखबाट केही नबोल। अल्फ र बे, बादसाहीलाई याद गर। तिमीले जान्दछौ– बाबालाई याद गर्नाले पाप काटिन्छ र हामी सतोप्रधान बन्छौं। बाबाले आफ्नो अनुभव पनि सुनाउँछन्– भोजन गर्न बस्छु, मैले बाबालाई याद गर्दै खान्छु, फेरि तुरुन्तै बिर्सिन्छु किनकि गायन पनि गरिन्छ– जिनके मत्थे मामला... कतिको ख्याल गर्नुपर्छ– फलानाको आत्माले धेरै सेवा गर्छ, उसलाई याद गर्नु छ। सेवाधारी बच्चालाई धेरै प्यार गर्छन्। तिमीलाई पनि भन्नुहुन्छ– यस शरीरमा जुन आत्मा विराजमान हुनुहुन्छ, उहाँलाई याद गर। यहाँ तिमी आउँछौ नै शिवबाबाको पासमा। बाबा त्यहाँबाट तल आउनु हुन्छ। तिमीले सबैलाई भन्छौ पनि– भगवान आउनु भएको छ। तर बुझ्दैनन्। युक्तिले बताउनु पर्छ। हद र बेहदका दुइटा पिता छन्। अहिले बेहदका पिताले रजाइँ दिइरहनु भएको छ। पुरानो दुनियाँको विनाश पनि सामुन्ने खडा छ। एक धर्मको स्थापना, अनेक धर्मको विनाश हुन्छ। बाबा भन्नुहुन्छ म एकलाई याद गर्यौ भने तिम्रो पाप भस्म हुन्छ। यो योग अग्नि हो, जसबाट तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो तरिका बाबाले नै बताउनु भएको हो। तिमी बच्चाहरूले जानेका छौ– बाबाले सबैलाई फूलजस्तो बनाएर, नयनमा राखेर लैजानुहुन्छ। कुनचाहिँ नयन? ज्ञानको। आत्माहरूलाई लैजानु हुन्छ। सम्झन्छौ जानु त अवश्य पनि पर्छ, त्यो भन्दा पहिला किन बाबाबाट वर्सा नलिऔं। कमाइ पनि धेरै ठुलो छ। बाबालाई बिर्सिनाले फेरि धेरै घाटा छ। पक्का व्यापारी बन। बाबालाई याद गर्नाले नै आत्मा पवित्र बन्छ। फेरि एक शरीर छोडेर अर्को लिन्छ। बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! देहीअभिमानी बन। यो आदत राम्ररी बसाल्नु छ। आफूलाई आत्मा सम्झेर बाबासँग पढिरह्यौ भने बेडा पार हुन्छ, शिवालयमा जान्छौ। चन्द्रकान्त वेदान्तमा पनि यो कथा छ। डुङ्गा कसरी चल्छ, बीचैमा उत्रिन्छन्, कुनै चीजमा मन लाग्छ। जहाज फेरि चलिहाल्छ। यी भक्तिमार्गका शास्त्रहरू फेरि पनि बन्छन्, तिमीले पढ्नेछौ। फेरि जब बाबा आउनु हुन्छ तब यी सबै छोड्नेछौ। बाबा आउनु हुन्छ सबैलाई लैजान। सृष्टिको उत्थान एवं पतन कसरी हुन्छ, कति स्पष्ट छ। यी श्याम र सुन्दर बन्छन्। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा। एक मात्र त बन्दैनन् नि। यो सारा ज्ञान हो। श्रीकृष्ण को पनि ज्ञान छ– सुन्दर एवं श्याम। स्वर्गमा जाँदै छन् त्यसैले नर्कलाई लात हान्छन्। यो चित्रमा स्पष्ट छ। तिम्रो रजाइँको चित्र पनि बनाएको थिएँ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबाको आज्ञा पालन गर्नको लागि हामी आत्मा भाइ-भाइ हौं, भृकुटीको बीचमा हाम्रो निवास छ, हामी बेहदको बाबाका बच्चा हौं, हाम्रो यो ईश्वरीय परिवार हो– यही स्मृतिमा रहनु छ। देहीअभिमानी बन्ने आदत बसाल्नु छ।

२) धर्मराजको सजायबाट छुट्नको लागि आफ्नो सबै हिसाब-किताब चुक्ता गर्नु छ। मायालाई वश पार्ने जुन मन्त्र मिलेको छ, त्यसलाई याद गर्दै सतोप्रधान बन्नु छ।

वरदान:–
बिन्दु रूपमा स्थिति भएर अरूलाई पनि ड्रामाको स्मृति दिलाउने विघ्न विनाशक भव

जुन बच्चाले कुनै पनि कुरामा प्रश्न गर्दैन, उसले सदा बिन्दु रूपमा स्थित रहेर हरेक कार्यमा अरूलाई पनि ड्रामाको बिन्दु याद दिलाउँछ, उसलाई नै विघ्न विनाशक भनिन्छ। उसले अरूलाई पनि समर्थ बनाएर सफलताको गन्तव्यको समीप लिएर जान्छ। ऊ हदको सफलताका प्राप्तिहरूलाई हेरेर खुसी हुँदैन, बरु बेहदको सफलतामूर्त हुन्छ। सदा एकरस, एक श्रेष्ठ स्थितिमा स्थित रहन्छ। आफ्नो सफलताको स्व-स्थितिद्वारा असफलतालाई पनि परिवर्तन गरिदिन्छ।

स्लोगन:–
आशीर्वाद लियौ र आशीर्वाद दियौ भने छिट्टै मायाजित बन्छौ।