04.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– गृहस्थ व्यवहारमा रहेर पनि पारलौकिक बाबासँग पूरा वर्सा लिनु छ , त्यसैले आफ्नो सबै कुरा एक्सचेन्ज गरिदेऊ , यो धेरै ठुलो व्यापार हो।”

प्रश्न:–
ड्रामाको ज्ञानले कुन कुरामा तिमी बच्चाहरूलाई धेरै मदत गर्छ?

उत्तर:–
जब शरीरमा कुनै बिमारी आउँछ त्यतिबेला ड्रामाको ज्ञानले धेरै मदत गर्छ किनकि तिमीले जानेका छौ– यो ड्रामा जस्ताको तस्तै दोहोरिन्छ। यसमा रुने कराउने कुनै कुरा छैन। कर्मको हिसाब-किताब चुक्ता हुने हो। २१ जन्मको सुखको तुलनामा यो दु:ख केहीजस्तो पनि लाग्दैन। पूरा ज्ञान नभएमा तड्पन्छन्।

ओम् शान्ति ।
भगवानुवाच। भगवान उहाँलाई भनिन्छ जसको आफ्नो शरीर हुँदैन। यस्तो होइन भगवानको नाम, रूप, देश काल नै हुँदैन। होइन, भगवानको शरीर छैन। तर सबै आत्माहरूको आ-आफ्नो शरीर हुन्छ। अहिले बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर बस। सुन्न त आत्माले नै सुन्छ, अभिनय गर्छ, शरीरद्वारा कर्म गर्छ। संस्कार आत्माले लैजान्छ। राम्रो नराम्रो कर्मको फल पनि आत्माले नै भोग्छ, शरीरका साथमा। शरीर बिना त कुनै कर्मभोग भोग्न सकिँदैन। त्यसैले बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बस। बाबाले हामीलाई सुनाउनु हुन्छ, हामी आत्माले सुनिरहेका छौं– यो शरीरद्वारा। भगवानुवाच मनमनाभव। देहसहित देहका सबै धर्मलाई त्यागेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो एउटै बाबाले भन्नुहुन्छ जो गीताका भगवान हुनुहुन्छ। भगवान जन्ममरण रहित हुनुहुन्छ। बाबाले सम्झाउनु हुन्छ– मेरो जन्म अलौकिक छ। अरू कसैले यस्तो जन्म लिँदैन, जसरी म यिनमा प्रवेश गर्छु। यो त राम्रोसँग याद गर्नुपर्छ। यस्तो होइन, सबै कुरा भगवानले गर्नुहुन्छ, पूज्य पुजारी, ढुङ्गा माटो सबै परमात्मा हुनुहुन्छ। २४ अवतार, कछुवा माछा अवतार, परशुराम अवतार देखाउँछन्। अहिले समझमा आउँछ– कहीँ भगवान बसेर परशुराम अवतार लिनुहुन्छ र? बन्चरो लिएर हिँसा गर्न सक्नुहुन्छ र! यो गलत हो। जसरी परमात्मालाई सर्वव्यापी भनिदिन्छन्, त्यसैगरी कल्पको अवधि लाखौं वर्ष लेखि दिएका छन्, यसलाई भनिन्छ घोर अन्धकार अर्थात् ज्ञान न भएको। ज्ञानबाट हुन्छ उज्यालो। अहिले अज्ञानको घोर अन्धकार छ। तर अहिले तिमी बच्चाहरू सम्पूर्ण उज्यालोमा छौ। तिमीले सबैलाई राम्ररी चिनेका छौ। जसले चिन्दैनन् उनीहरूले पूजा आदि गरिरहन्छन्। तिमीले सबैलाई चिनेका छौ त्यसैले तिमीले पूजा गर्न आवश्यक छैन। तिमी अहिले पुजारीपनाबाट मुक्त भयौ। पूज्य देवीदेवता बन्नको लागि तिमीले पुरुषार्थ गरिरहेका छौ। तिमी नै पूज्य देवीदेवता थियौ फेरि पुजारी मनुष्य बनेका छौ। मनुष्यमा आसुरी गुण हुन्छ त्यसैले गायन गरिन्छ– मनुष्यलाई देवता बनाए। मनुष्यलाई देवता बनाउन भगवानलाई धेरै समय लाग्दैन... एक सेकेन्डमा देवता बनाइ दिनुहुन्छ। बाबालाई पहिचान गरेपछि शिवबाबा भन्न थाल्यौ। बाबा भन्नेबित्तिकै दिलमा आउँछ– म विश्वको, स्वर्गको मालिक बन्नेछु। उहाँ हुनुहुन्छ बेहदका पिता। अहिले तिमी आएर तुरुन्तै बेहदका बाबाको बनेका छौ। फेरि बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर पारलौकिक बाबाबाट वर्सा लेऊ। लौकिक वर्सा त तिमीले प्राप्त गर्दै आएका हौ, अब लौकिक वर्सालाई पारलौकिक वर्सासँग एक्सचेन्ज गर। यो कति राम्रो व्यापार हो! लौकिक वर्सा के हो? यो हो बेहदको वर्सा, त्यसमा पनि गरिबले तुरुन्तै लिन्छन्। गरिबलाई गोदमा लिनुहुन्छ। बाबा पनि गरिब निवाज हुनुहुन्छ। गायन छ म गरिब निवाज हुँ। भारतखण्ड सबै भन्दा गरिब छ। म आउँछु नै भारतखण्डमा, आएर धनवान बनाउँछु। भारतखण्डको महिमा अत्यन्तै महान् छ। यो सबै भन्दा ठुलो तीर्थ हो। तर कल्पको अवधि लामो बनाइदिनाले बिल्कुलै बिर्सिएका छन्। सम्झन्छन्– भारतखण्ड धेरै धनवान थियो, अहिले गरिब भएको छ। पहिला अनाज आदि सबै यहाँबाट वेलायतमा जान्थ्यो। अहिले सम्झन्छन् भारतखण्ड धेरै गरिब छ त्यसैले मदत दिन्छन्। यस्तो हुन्छ– जब कुनै ठुलो आसामी असफल भयो भने आपसमा छलफल गरेर उसलाई मदत दिन्छन्। यो भारतवर्ष हो सबै भन्दा प्राचीन। यहाँ नै स्वर्ग थियो। सबै भन्दा पहिला आदि सनातन देवीदेवता धर्म थियो। केवल समय लामो बनाइदिएका छन् त्यसैले अल्मलिन्छन्। भारतखण्डलाई कति मदत पनि दिन्छन्। बाबालाई पनि भारतखण्डमा नै आउनुपर्छ। तिमी बच्चाहरूले जानेका छौ– हामीले बाबाबाट वर्सा लिइरहेका छौं। लौकिक बाबाको वर्सालाई साटफेर गर्छौं पारलौकिकसँग। जसरी यिनले गरे। देखे, पारलौकिक बाबाबाट त ताज तख्त प्राप्त हुन्छ। कहाँ त्यो बादसाही, कहाँ यो गदाई। भनिन्छ पनि फलो फादर। भोकै मर्ने त कुरै हुँदैन। बाबा भन्नुहुन्छ– ट्रस्टी भएर सम्हाल। बाबा आएर सहज मार्ग बताउनु हुन्छ। प्यारा बच्चाहरूले धेरै दु:ख देखेका छन् त्यसैले त बाबालाई बोलाउँछन्– हे परमपिता परमात्मा दया गर्नुहोस्! सुखमा कसैले पनि बाबालाई याद गर्दैनन्, दु:खमा सबैले स्मरण गर्छन्। अब बाबाले बताउनु हुन्छ– कसरी स्मरण गर्नुपर्छ। तिमीलाई त स्मरण गर्न पनि आउँदैन। म नै आएर तिमीलाई बताउँछु। प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर पारलौकिक बाबालाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। सिमर-सिमर सुख पाओ, कलह क्लेष मिटे तन के। जति पनि शरीरको दु:ख छ, त्यो सबै मेटिन्छ। तिम्रो आत्मा र शरीर दुवै पवित्र बन्छन्। तिमी यस्ता कञ्चन थियौ। फेरि पुनर्जन्म लिँदा लिँदा आत्मामा खिया पर्छ अनि शरीर पनि पुरानो मिल्छ। जसरी सुनमा रसायन हालिन्छ। पवित्र सुनका गहना पनि पवित्र हुन्छन्। त्यसमा चमक हुन्छ। रसायन हालेका गहना कालो हुन्छन्। बाबा भन्नुहुन्छ– तिमीमा पनि खाद परेको छ, त्यसलाई अब निकाल्नु छ। कसरी निस्कन्छ? बाबासँग योग लगाऊ। पढाउनेवालासँग योग लगाउनु पर्छ नि। यहाँ त बाबा, शिक्षक, गुरु सबै हुनुहुन्छ। उहाँलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ र उहाँले तिमीलाई पढाउनु पनि हुन्छ। तिमीले मलाई नै पतित-पावन सर्वशक्तिमान् भन्छौ। कल्प कल्प बाबाले यसरी नै सम्झाउनु हुन्छ। मीठे-मीठे सिकीलधे बच्चे, ५ हजार वर्ष पछि आएर तिमी भेट भएका छौ। त्यसैले तिमीलाई सिकीलधे भनिन्छ। अब यो देहको अहङ्कार छोडेर आत्म अभिमानी बन। आत्माको ज्ञान दिइएको छ, जो बाबा बाहेक अरू कसैले दिन सक्दैन। कुनै मनुष्य छैन, जसलाई आत्माको ज्ञान होस्। संन्यासी, उदासी, गुरु, गोसाईं कसैले पनि जान्दैनन्। अहिले त्यो तागत रहेको छैन। सबैको तागत कम भएको छ। सारा वृक्ष जीर्ण अवस्थामा पुगेको छ। अब फेरि नयाँ स्थापना हुन्छ। बाबा आएर वृक्षको भेराइटी रहस्य सम्झाउनु हुन्छ। भन्नुहुन्छ– पहिला तिमी रामराज्यमा थियौ, पछि जब तिमी वाममार्गमा गयौ अनि रावणराज्य सुरुहुन्छ फेरि अरू-अरू धर्महरू आउँछन्। भक्तिमार्ग सुरु हुन्छ। पहिला तिमीले जानेका थिएनौ। कसैलाई पनि गएर सोध– तपाईले रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई जान्नु भएको छ? कसैले पनि बताउने छैन। बाबाले भक्तहरूलाई भन्नुहुन्छ– अब तिमीले निर्णय गर। बोर्डमा लेख– कलाकार भएर नाटकका निर्देशक, रचयिता, प्रमुख कलाकारलाई नै जानिदैन भने यस्ता कलाकारलाई के भन्ने? हामी यहाँ भिन्न-भिन्न शरीर लिएर पार्ट खेल्न आउँछौं भने अवश्य पनि यो नाटक हो नि! गीता हुन् माता, पिता हुनुहुन्छ शिव। अरू सबै रचना हुन्। गीताले नयाँ दुनियाँको रचना गर्छ। यो पनि कसैलाई थाहा छैन– नयाँ दुनियाँको रचना कसरी गर्नुहुन्छ? नयाँ दुनियाँमा सबै भन्दा पहिला तिमी नै हुन्छौ। अहिले यो हो पुरुषोत्तम सङ्गमयुगी दुनियाँ। यो पुरानो दुनियाँ पनि होइन नयाँ दुनियाँ पनि होइन। यो हो नै सङ्गम। ब्राह्मणहरूको चोटी हो। विराट रूपमा पनि न शिवबाबालाई देखाउँछन् न ब्राह्मणहरूको चोटी देखाउँछन्। तिमीले त चोटी पनि माथिपट्टि देखाएका छौ। तिमी ब्राह्मण बसेका छौ। देवताहरूको पछि छन् क्षत्रिय। द्वापरमा पेटका पुजारी, फेरि शूद्र बन्छन्। यो बाजोली हो। तिमीले केवल बाजोलीलाई याद गर। यही तिम्रो लागि ८४ जन्मको यात्रा हो। सेकेन्डमा सबै याद आउँछ। हामीले यसरी चक्कर लगाउँछौं। यो सही चित्र हो, यो गलत हो। बाबा बाहेक अरू कसैले पनि सही चित्र बनाउन सक्दैन। यिनीद्वारा बाबाले सम्झाउनु हुन्छ। तिमी यसरी यसरी बाजोली खेल्छौ। सेकेन्डमा तिम्रो यात्रा हुन्छ। कुनै गाह्रो कुरा छैन। रुहानी बच्चाहरूले जान्दछन्, हामीलाई बाबाले पढाउनु हुन्छ। यो सतसङ्ग हो सत्य बाबासँग। त्यो हो झुटो सङ्गत। सत्य खण्ड बाबाले स्थापना गर्नुहुन्छ। मनुष्यमा त्यो तागत छैन। भगवानले नै गर्न सक्नुहुन्छ। भगवानलाई नै ज्ञानको सागर भनिन्छ। साधु संन्यासीहरूले यो परमात्माको महिमा हो भन्ने जान्दैनन्। उहाँ शान्तिका सागरले तिमीलाई शान्ति दिइरहनु भएको छ। बिहान पनि तिमीले अभ्यास गर्छौ। शरीरबाट अलग भएर बाबाको यादमा रहन्छौ। यहाँ तिमी आएका हौ जीवन छँदै मर्न। बाबामा बलिहार हुन्छौ। यो त पुरानो दुनियाँ, पुरानो चोला हो, यसबाट मानौं घृणा आउँछ, यसलाई छोडेर जाऊँ। केही पनि याद नआओस्। सबै कुरा बिर्सिएको होस्। तिमीले भन्ने पनि गर्छौ– भगवानले सबै कुरा दिनु भएको हो, त्यसैले अब उहाँलाई नै देऊ। भगवानले फेरि तिमीलाई भन्नुहुन्छ, निमित्त (ट्रस्टी) बन। भगवान निमित्त बन्नुहुन्न। निमित्त तिमी बन्छौ। फेरि पाप त गर्दैनौ। पहिला पाप आत्माहरूको पाप आत्माहरूसँग लेनदेन हुँदै आएको हो। अहिले सङ्गमयुगमा तिम्रो पाप आत्माहरूसँग लेनदेन हुँदैन। पाप आत्माहरूलाई दान गर्यौ भने पाप शिरमा चढ्छ। गर्छौ ईश्वरको लागि, दिन्छौ पाप आत्मालाई। बाबाले कहाँ लिनुहुन्छ र। बाबा त भन्नुहुन्छ– गएर सेवा केन्द्र खोल्यौ भने धेरैको कल्याण हुन्छ। बाबाले सम्झाउनु हुन्छ– जे भइरहेको छ त्यो जस्ताको तस्तै ड्रामा अनुसार दोहोरिइरहन्छ। अनि यसमा रूने, कराउने, दु:ख मान्ने कुरा हुँदैन। कर्मको हिसाबकिताब चुक्ता हुनु त राम्रै हो। वैद्यहरूले भन्छन्– सबै बिमारी उल्टिन्छ। बाबा पनि भन्नुहुन्छ– रहेको हिसाबकिताब चुक्ता गर्नु छ। या त योगबाट या फेरि सजायबाट चुक्ता गर्नुपर्छ। सजाय त धेरै कडा हुन्छ। बिमारी आदिबाट चुक्ता भयो भने त धेरै राम्रो। त्यो दु:ख २१ जन्मको सुखका तुलनामा केही पनि होइन किनकि स्वर्गमा धेरै सुख हुन्छ। ज्ञान पूरा भएन भने बिमारी परेर तड्पिइरहन्छन्। बिमारी परेका बेलामा भगवानलाई धेरै याद गर्छन्। त्यो पनि राम्रै हो। उहाँ एकलाई नै याद गर्नु छ। त्यो पनि सम्झाइएको छ। उनीहरूले गुरुहरूलाई याद गर्छन्, अनेक गुरु हुन्छन्। एक मात्र सतगुरुलाई त तिमीले नै चिनेका छौ। उहाँ सर्वशक्तिमान् अधिकारी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले यी वेद, ग्रन्थ आदिलाई जान्दछु। यी भक्तिका सामाग्री हुन्, यसबाट कसैले मलाई प्राप्त गर्दैन। बाबा आउनु हुन्छ नै पाप आत्माहरूको दुनियाँमा। यहाँ पुण्य आत्मा कहाँबाट आए। जसले पूरा ८४ जन्म लिएका छन्, उनैको शरीरमा म आउँछु। सबै भन्दा पहिला यिनैले सुन्छन्। बाबा भन्नुहुन्छ– यहाँ तिम्रो यादको यात्रा राम्रो हुन्छ। यहाँ पनि आउन त तुफान पनि आउँछ तर बाबाले सम्झाइरहनु हुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। कल्प पहिला पनि तिमीले यसरी नै ज्ञान सुनेका थियौ। दिनप्रतिदिन तिमीले सुनि रहनेछौ। राजधानी स्थापना भइरहन्छ। पुरानो दुनियाँको विनाश पनि हुनु नै छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बिहान सबेरै उठेर शरीरबाट अलग हुने ड्रिल गर्नु छ। पुरानो दुनियाँ, पुरानो चोला केही पनि याद नआओस्। सबै कुरा बिर्सिएको होस्।

२) सङ्गमयुगमा पाप आत्माहरूसँग लेनदेन गर्नु छैन। कर्मको हिसाबकिताब खुसी खुसीसँग चुक्ता गर्नु छ। रुनु कराउनु छैन। सबै कुरा बाबामा समर्पण गरेर फेरि ट्रस्टी बनेर सम्हाल्नु छ।

वरदान:–
महसुसताको शक्तिद्वारा स्व - परिवर्तन गर्ने तीव्र पुरुषार्थी भव

कुनै पनि परिवर्तनको सहज आधार महसुसताको शक्ति हो। जबसम्म महसुसताको शक्ति आउँदैन तबसम्म अनुभूति हुँदैन र जबसम्म अनुभूति हुँदैन तबसम्म ब्राह्मण जीवनको विशेषताको आधार बलियो हुँदैन। उमङ्ग-उत्साहको चाल हुँदैन। जब महसुसताको शक्तिले हरेक कुरामा अनुभवी बनाउँछ तब तीव्र पुरुषार्थी बन्न पुग्छौ। महसुसताको शक्तिले सदाकालको लागि सहजै परिवर्तन गराइदिन्छ।

स्लोगन:–
स्नेहको स्वरूपलाई साकारमा इमर्ज गरेर ब्रह्माबाबा समान बन।