04.05.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाले
जे सुनाउनु हुन्छ त्यो तिम्रो दिलमा छापिनु पर्छ , तिमी यहाँ आएका हौ सूर्यवंशी
घरानामा उच्च पद पाउन , त्यसैले धारणा पनि गर्नुपर्छ।”
प्रश्न:–
सदा रिफ्रेस
रहने साधन के हो?
उत्तर:–
जसरी गर्मीमा पङ्खा चल्दा रिफ्रेस बनाउँछ, त्यसैगरी सदा स्वदर्शन चक्र घुमाइरह्यौ
भने रिफ्रेस रहने छौ। बच्चाहरूले सोध्छन्– स्वदर्शन चक्रधारी बन्न कति समय लाग्छ?
बाबा भन्नुहुन्छ– एक सेकेन्ड। तिमी बच्चाहरू स्वदर्शन चक्रधारी अवश्य बन्नु पर्छ
किनकि यसबाट नै तिमी चक्रवर्ती राजा बन्छौ। स्वदर्शन चक्र घुमाउनेहरू सूर्यवंशी
बन्छन्।
ओम् शान्ति ।
पङ्खा घुमेपछि
सबैलाई रिफ्रेस बनाउँछ। त्यस्तै तिमी पनि स्वदर्शन चक्रधारी बनेर बस्यौ भने धेरै
रिफ्रेस हुनेछौ। स्वदर्शन चक्रधारीको अर्थ पनि कसैले जान्दैनन्, त्यसैले उनीहरूलाई
बुझाउनु पर्छ। बुझेनन् भने चक्रवर्ती राजा बन्दैनन्। स्वदर्शन चक्रधारीलाई निश्चय
हुन्छ– हामी चक्रवर्ती राजा बन्नको लागि स्वदर्शन चक्रधारी बनेका हौं। श्रीकृष्णको
पनि चक्र देखाउँछन्। लक्ष्मी-नारायण कम्बाइन्डलाई पनि दिन्छन्, एक्लैलाई पनि दिन्छन्।
स्वदर्शन चक्रलाई पनि जान्नु छ, तब चक्रवर्ती राजा बन्छौ। कुरा त धेरै सजिलो छ।
बच्चाहरूले सोध्छन्– बाबा स्वदर्शन चक्रधारी बन्नमा कति समय लाग्छ? प्यारा बच्चाहरू!
एक सेकेन्ड। अनि तिमी बन्छौ विष्णुवंशी। देवताहरूलाई विष्णुवंशी नै भनिन्छ।
विष्णुवंशी बन्नको लागि पहिला त शिववंशी बन्नुपर्छ फेरि बाबा बसेर सूर्यवंशी बनाउनु
हुन्छ। यी शब्दहरू त धेरै सहज छन्। हामी नयाँ विश्वमा सूर्यवंशी बन्छौं। हामी नयाँ
दुनियाँको मालिक चक्रवर्ती बन्छौं। स्वदर्शन चक्रधारी सो विष्णुवंशी बन्नमा एक
सेकेन्ड लाग्छ। बनाउनेवाला हुनुहुन्छ शिवबाबा। शिवबाबाले विष्णुवंशी बनाउनु हुन्छ
अरू कसैले त पनि बनाउन सक्दैन। यो त बच्चाहरूले जान्दछौ– विष्णुवंशी सत्ययुगमा
हुन्छन्, यहाँ हुँदैनन्। यो हो विष्णुवंशी बन्ने युग। तिमी यहाँ आउँछौ नै
विष्णुवंशीमा आउनको लागि, जसलाई सूर्यवंशी भन्छौ। ज्ञान सूर्यवंशी शब्द धेरै राम्रो
छ। विष्णु थिए सत्ययुगको मालिक। उनमा लक्ष्मी-नारायण दुवै छन्। यहाँ बच्चाहरू आएका
छन् लक्ष्मी-नारायण अथवा विष्णुवंशी बन्नको लागि। यसमा धेरै खुसी पनि हुन्छ। नयाँ
दुनियाँ, नयाँ विश्वमा स्वर्णिम युग विश्वमा विष्णुवंशी बन्नु छ। यो भन्दा उच्च पद
अरू छैन, यसमा त धेरै खुसी हुनुपर्छ।
प्रदर्शनीमा तिमीले
सम्झाउँछौ। तिम्रो लक्ष्य-उद्देश्य नै यो हो। भन, यो धेरै ठुलो विश्व विद्यालय हो।
यसलाई भनिन्छ रुहानी आध्यात्मिक विश्व विद्यालय। लक्ष्य-उद्देश्य यस चित्रमा छ।
बच्चाहरूले यसलाई बुद्धिमा राख्नुपर्छ। कसरी लेख्दा बच्चाहरूलाई सम्झाउनमा एक
सेकेन्ड लाग्छ। तिमीले नै सम्झाउन सक्छौ। चित्रमा पनि लेखिएको छ हामी अवश्य
विष्णुवंशी देवी-देवता थियौं अर्थात् देवी-देवता कुलका थियौं। स्वर्गको मालिक थियौं।
बाबाले सम्झाउनु हुन्छ– मीठा प्यारा बच्चाहरू! यहाँ नै तिमी आज भन्दा ५ हजार वर्ष
पहिला सूर्यवंशी देवी-देवता थियौ। बच्चाहरूलाई अब बुद्धिमा आएको छ। शिवबाबा
बच्चाहरूलाई भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! तिमी सत्ययुगमा सूर्यवंशी थियौ।
शिवबाबा आउनु भएको थियो सूर्यवंशी घराना स्थापना गर्न। अवश्य भारतखण्ड स्वर्ग थियो।
उनै पूज्य थिए, पुजारी कोही पनि थिएनन्। पूजाको कुनै सामग्री थिएन। यी शास्त्रहरूमा
नै पूजाको रीतिरिवाज आदि लेखिएको छ। यो हो सामग्री। त्यसैले बेहदका बाबा शिवबाबा
बसेर सम्झाउनु हुन्छ। उहाँ हुनुहुन्छ ज्ञानका सागर, मनुष्य सृष्टिका बीजरूप।
उहाँलाई वृक्षपति अथवा बृहस्पति पनि भनिन्छ। बृहस्पतिको दशा सर्वोच्च हुन्छ।
बृहस्पतिले तिमीलाई सम्झाइरहनु भएको छ– तिमी पूज्य देवी-देवता थियौ फेरि पुजारी
बनेका हौ। जो देवताहरू निर्विकारी थिए फेरि ती कहाँ गए? अवश्य पुनर्जन्म लिँदा लिँदा
तल उत्रिन्छन्। त्यसैले एक एक शब्द नोट गर्नुपर्छ। दिलमा वा कागजमा? यो कसले
सम्झाउनु हुन्छ? शिवबाबाले। उहाँले नै स्वर्ग रच्नुहुन्छ। शिवबाबाले नै बच्चाहरूलाई
स्वर्गको वर्सा दिनुहुन्छ। बाबा बाहेक अरू कसैले यो वर्सा दिन सक्दैन। लौकिक पिता त
देहधारी हुन्छन्। तिमीले आफूलाई आत्मा सम्झेर पारलौकिक बाबालाई याद गर्छौ– मेरो बाबा!
त्यसैले त बाबा पनि भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! त्यसैले बेहदका बाबा हुनुभयो
नि। प्यारा बच्चाहरू! तिमी सूर्यवंशी देवी-देवता पूज्य थियौ फेरि तिमी पुजारी बन्यौ।
यो हो रावणको राज्य। प्रति वर्ष रावणलाई जलाउँछन्, तैपनि मर्दैन। १२ महिना पछि फेरि
रावणलाई जलाउँछन्। अर्थात् सिद्ध गरेर देखाउँछन् हामी रावण सम्प्रदायका हौं। रावण
अर्थात् ५ विकारको राज्य कायम छ। सत्ययुगमा सबै श्रेष्ठाचारी थिए, अहिले कलियुग
पुरानो भ्रष्टाचारी दुनियाँ हो, यो चक्र घुमिरहन्छ। अहिले तिमी प्रजापिता
ब्रह्मावंशी सङ्गमयुगमा बसेका छौ। तिम्रो बुद्धिमा छ– हामी ब्राह्मण हौं। अहिले
शूद्र कुलका होइनौं। यस समयमा छ नै आसुरी राज्य। बाबालाई भनिन्छ– हे दु:खहर्ता,
सुखकर्ता! अब सुख कहाँ छ? सत्ययुगमा। दु:ख कहाँ छ? दु:ख त कलियुगमा छ। दु:खहर्ता,
सुखकर्ता हुनुहुन्छ नै शिवबाबा। उहाँले वर्सा दिनुहुन्छ नै सुखको। सत्ययुगलाई
सुखधाम भनिन्छ, त्यहाँ दु:खको नाम नै हुँदैन। तिम्रो आयु पनि लामो हुन्छ, रूनुपर्ने
आवश्यकता नै हुँदैन। समय अनुसार पुरानो शरीर छोडेर अर्को लिन्छन्। सम्झिन्छन् अब
शरीर वृद्ध भएको छ। पहिला बच्चा सतोगुणी हुन्छ त्यसैले बच्चाहरूलाई ब्रह्म ज्ञानी
भन्दा उच्च सम्झिन्छन् किनकि ती त फेरि पनि विकारी गृहस्थीबाट संन्यासी बन्छन्,
त्यसैले उनलाई सबै विकारको थाहा छ। साना बच्चाहरूलाई यो थाहा हुँदैन। यस समयमा सारा
दुनियाँमा रावण राज्य, भ्रष्टाचारी राज्य छ। श्रेष्ठाचारी देवी-देवताहरूको राज्य
सत्ययुगमा थियो, अहिले छैन। फेरि इतिहास दोहोरिन्छ। श्रेष्ठाचारी कसले बनाउँछ? यहाँ
त एक पनि श्रेष्ठाचारी छैनन्। यसमा ठुलो बुद्धि चाहिन्छ। यो हो नै पारसबुद्धि बन्ने
युग। बाबा आएर पत्थरबुद्धिबाट पारसबुद्धि बनाउनु हुन्छ।
भनिन्छ सङ्गले तार्छ,
कुसङ्गले डुबाउँछ। सत्य बाबा बाहेक अरू दुनियाँमा छ नै कुसङ्ग। बाबा भन्नुहुन्छ– म
सम्पूर्ण निर्विकारी बनाएर जान्छु। फेरि सम्पूर्ण विकारी कसले बनाउँछ? भन्छन् हामीले
के जानौं! अरे, निर्विकारी कसले बनाउनु हुन्छ? अवश्य बाबाले नै बनाउनु हुन्छ। विकारी
कसले बनाउँछ? यो कसैलाई थाहा छैन। बाबा बसेर सम्झाउनु हुन्छ, मनुष्यले त केही पनि
जान्दैनन्। रावण राज्य हो नि। कसैको पिता मरे भने सोध कहाँ गए? भन्छन् स्वर्गवासी
भए। ठीक छ, यसको अर्थ नर्कमा थिए नि। त्यसैले तिमी पनि नर्कवासी ठहरियौ। सम्झाउनको
लागि कति सहज कुरा छ। आफूलाई कसैले पनि नर्कवासी सम्झदैनन्। नर्कलाई वेश्यालय,
स्वर्गलाई शिवालय भनिन्छ। आज भन्दा ५ हजार वर्ष पहिला यी देवी-देवताहरूको राज्य थियो।
तिमी विश्वको मालिक महाराजा-महारानी थियौ फेरि पुनर्जन्म लिनुपर्छ। पुनर्जन्म सबै
भन्दा धेरै तिमीहरूले लिएका छौ। यिनको लागि नै गायन छ– आत्मा परमात्मा अलग रहे
बहुकाल। तिमीलाई याद छ– तिमी सुरुमा आदि सनातन देवी-देवता धर्मका नै आयौ फेरि ८४
जन्म लिएर पतित बनेका हौ, अब फेरि पावन बन्नु छ। पुकार पनि गर्छन् पतित-पावन आऊ,
त्यसैले सर्टिफिकेट दिन्छन्-एउटै सतगुरु सुप्रिम आएर पावन बनाउनु हुन्छ। स्वयं
भन्नुहुन्छ यिनमा बसेर मैले तिमीलाई पावन बनाउँछु। बाँकी ८४ लाख योनिहरू आदि
छँदैछैनन्। ८४ जन्म छन्। सत्ययुगमा यी लक्ष्मी-नारायणका प्रजा थिए, अहिले छैनन्, कहाँ
गए? उनले पनि ८४ जन्म लिनुपर्छ। जो पहिला नम्बरमा आउँछन् उनले पूरा ८४ जन्म लिन्छन्।
त्यसैले फेरि पहिला उनैले जानुपर्छ। देवी-देवताहरूको विश्वको इतिहास दोहरिन्छ।
सूर्यवंशी चन्द्रवंशी राज्य अवश्य दोहरिन्छ। बाबाले तिमीलाई लायक बनाउँदै हुनुहुन्छ।
तिमीले भन्छौ हामी आएका छौं यस पाठशाला वा विश्व विद्यालयमा, जहाँ हामी नरबाट
नारायण बन्छौं। हाम्रो लक्ष्य-उद्देश्य यो हो। जसले राम्रोसँग पुरुषार्थ गर्छ उही
पास हुन्छ। जसले पुरुषार्थ गर्दैनन् उनी प्रजामा कोही धेरै धनवान् बन्छन् कोही कम।
यो राजधानी बनिरहेको छ। तिमीलाई थाहा छ– हामी श्रीमतमा श्रेष्ठ बनिरहेका छौं। श्री
श्री शिवबाबाको मतमा श्रीलक्ष्मी-नारायण वा देवी-देवता बन्छौ। श्री अर्थात् श्रेष्ठ।
अहिले कसैलाई पनि श्री भन्न सकिँदैन। तर यहाँ त जो आउँछन् सबैलाई श्री भनिदिन्छन्।
श्री फलानो.... अब श्रेष्ठ त देवी-देवता बाहेक कोही बन्न सक्दैनन्। भारतखण्ड
श्रेष्ठ भन्दा श्रेष्ठ थियो। रावण राज्यमा भारतवर्षको महिमा नै खतम पारिदिएका छन्।
यसको महिमा पनि धेरै छ भने निन्दा पनि धेरै छ। पहिला बिलकुल धनवान् थियो, अहिले
बिलकुल कङ्गाल बनेको छ। देवताहरूको अगाडि गएर उनको महिमाको गायन गर्छन्– हम निर्गुण
हारे में कोई गुण नाही। देवताहरूलाई भन्छन् तर ती रहम दिल कहाँ थिए र! रहमदिल त
एकलाई नै भनिन्छ जसले मनुष्यबाट देवता बनाउनु हुन्छ। अहिले उहाँ तिम्रो बाबा पनि
हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सतगुरु पनि हुनुहुन्छ। ग्यारेन्टी गर्नुहुन्छ– मलाई
याद गर्नाले तिम्रो जन्मजन्मान्तरको पाप भस्म हुनेछ र साथ लिएर जानेछु। फेरि तिमी
नयाँ दुनियाँमा जानु छ। यो ५ हजार वर्षको चक्र हो। नयाँ दुनियाँ थियो त्यो फेरि
अवश्य बन्छ। दुनियाँ पतित हुन्छ र बाबा आएर पावन बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ
पतित रावणले बनाउँछ, पावन मैले बनाउँछु। बाँकी यो त मानौं गुडियाको पूजा गरिरहन्छन्।
उनीहरूलाई यो थाहा छैन रावणका १० शिर किन देखाइन्छ? विष्णुका पनि ४ हात देखाइन्छ।
तर कोही यस्ता मनुष्य कहिल्यै कहाँ हुन्छन् र! यदि ४ हात भएको मनुष्य भए त उसबाट
जुन बच्चा जन्मिन्छ त्यो पनि त्यस्तै हुनुपर्थ्यो। यहाँ त सबैका २ हात छन्। केही पनि
जान्दैनन्। भक्तिमार्गको शास्त्र कण्ठ गर्छन्, तिनीहरूका पनि कति अनुयायी बन्छन्।
कमाल छ! यहाँ बाबा त ज्ञानका अधिकारी हुनुहुन्छ। कोही मनुष्य ज्ञानका अधिकारी हुन
सक्दैनन्। तिमीले मलाई ज्ञानको सागर, सर्वशक्तिमान भन्छौ... यो बाबाको महिमा हो।
तिमीले बाबालाई याद गर्यौ भने बाबाबाट तागत लिन्छौ, जसबाट विश्वको मालिक बन्छौ।
तिमीले जान्दछौ हामीमा धेरै तागत थियो, हामी निर्विकारी थियौं। सारा विश्व माथि
एक्लैले राज्य गर्दथ्यौ भने सर्वशक्तिमान भनिन्छ हैन? यी लक्ष्मी-नारायण सारा
विश्वका मालिक थिए। यो शक्ति उनीहरूलाई कहाँबाट मिल्यो? बाबाबाट। उच्च भन्दा, उच्च
भगवान हुनुहुन्छ। कति सहजै सम्झाउनु हुन्छ। यो ८४ को चक्रलाई जान्न त सहज छ। जसबाट
तिमीलाई बादसाही मिल्छ। पतितलाई विश्वको बादसाही मिल्न सक्दैन। पतित त उनका अगाडि
झुक्छन्। सम्झिन्छन् हामी भक्त हौं। पावनको अगाडि शिर झुकाउँछन्। भक्तिमार्ग पनि आधा
कल्प चल्छ। अहिले तिमीलाई भगवान मिल्नु भएको छ। भगवानुवाच– मैले तिमीलाई राजयोग
सिकाउँछु, भक्तिको फल दिन आएको छु। गायन पनि गर्छन् भगवान कुनै न कुनै रूपमा आउनु
हुन्छ। बाबा भन्नुहुन्छ म कुनै बयलगाडा आदिमा कहाँ आउँछु र! जो सबै भन्दा उच्च थिए
फेरि ८४ जन्म पूरा गरेका छन्, उनमा नै आउँछु। उत्तम पुरुष हुन्छन् सत्ययुगमा।
कलियुगमा छन् कनिष्ठ, तमोप्रधान। अहिले तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा
आएर तमोप्रधानबाट सतोप्रधान बनाउनु हुन्छ। यो खेल हो। यसलाई यदि बुझ्दैनन् भने
स्वर्गमा कहिल्यै पनि आउँदैनन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाको सङ्गबाट स्वयंलाई पारसबुद्धि बनाउनु छ। सम्पूर्ण निर्विकारी बन्नु छ।
कुसङ्गबाट टाढा रहनु छ।
२) सदा यसै खुसीमा
रहनु छ– हामी स्वदर्शन चक्रधारीबाट नयाँ दुनियाँको मालिक चक्रवर्ती बन्छौं। शिवबाबा
आउनु भएको छ हामीलाई ज्ञान सूर्यवंशी बनाउन। हाम्रो लक्ष्य नै यही हो।
वरदान:–
विघ्नहरूलाई
मनोरञ्जनको खेल सम्झेर पार गर्ने निर्विघ्न , विजयी भव
विघ्न आउनु, यो राम्रो
कुरा हो, तर विघ्नले हार नखुवाओस्। विघ्न आउँछ नै मजबुत बनाउनको लागि, त्यसैले
विघ्नहरूदेखि आत्तिनुको सट्टा त्यसलाई मनोरञ्जनको खेल सम्झेर पार गर, तब भनिन्छ
निर्विघ्न विजयी। सर्वशक्तिमान बाबा साथमा हुनुहुन्छ भने आत्तिनु पर्ने कुनै कुरा
छैन। केवल बाबाको याद र सेवामा बिजी रह्यौ भने निर्विघ्न रहनेछौ। जब बुद्धि फ्री
हुन्छ, तब विघ्न वा माया आउँछ, बिजी रह्यौ भने माया वा विघ्न किनारा लाग्छ।
स्लोगन:–
सुखको खाता
बढाउनको लागि मर्यादापूर्वक दिलैदेखि सबैलाई सुख देऊ।