05.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबालाई प्यारले याद गर्यौ भने तिमी निहाल हुनेछौ। नजरबाट निहाल हुनु अर्थात् विश्वको मालिक बन्नु।”

प्रश्न:–
नजरबाट निहाल, किंदा स्वामी सतगुरु... यसको वास्तविक अर्थ के हो?

उत्तर:–
आत्मालाई बाबाबाट जब तेस्रो नेत्र मिल्छ र त्यस नेत्रद्वारा बाबालाई चिन्छ तब निहाल हुन्छ अर्थात् सद्गति मिल्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी बनेर तिमीले मसँग नजर लगाऊ अर्थात् मलाई याद गर। अरू सङ्ग तोडेर एक मसँग जोड, तब बेहाल अर्थात् कङ्गालबाट निहाल अर्थात् धनवान् बन्ने छौ।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरू कसको पासमा आउँछौ? रुहानी बाबाको पासमा। सम्झन्छौ– हामी शिवबाबाको पास जाँदैछौं। यो पनि जानेका छौ– शिवबाबा सबै आत्माहरूको बाबा हुनुहुन्छ। उहाँ सुप्रिम टीचर पनि हुनुहुन्छ भने सुप्रिम गुरु पनि हुनुहुन्छ, यो पनि बच्चाहरूलाई निश्चय हुनुपर्छ। सुप्रिमलाई परम भनिन्छ। उहाँ एकलाई नै याद गर्नु छ। नजरमा नजर मिलाउँछन्। गायन पनि छ– नजर से निहाल कींदा स्वामी सतगुरु। यसको अर्थ हुनुपर्छ। नजरबाट निहाल कसको? अवश्य सारा दुनियाँको लागि भनिन्छ किनकि सर्वका सद्गतिदाता हुनुहुन्छ। सबैलाई यस पतित दुनियाँबाट लैजानुहुन्छ। अब नजर कसको? के यी आँखाको लागि भनिएको हो र? होइन, तेस्रो आँखा मिल्छ ज्ञानको, जसबाट आत्माले जान्दछ– उहाँ हामी सबै आत्माहरूको बाबा हुनुहुन्छ। बाबाले आत्माहरूलाई सल्लाह दिनुहुन्छ– मलाई याद गर। बाबाले आत्माहरूलाई सम्झाउनु हुन्छ। आत्माहरू नै पतित तमोप्रधान बनेका छन्। अहिले यो तिम्रो ८४ औं जन्म हो, यो नाटक पूरा हुन्छ। पूरा हुनु पनि पर्छ अवश्य। हर कल्प पुरानो दुनियाँबाट नयाँ बन्छ। नयाँबाट फेरि पुरानो हुन्छ। नाम पनि अलग छ। नयाँ दुनियाँको नाम हो सत्ययुग। बाबाले सम्झाउनु भएको छ– पहिला तिमी सत्ययुगमा थियौ, फेरि पुनर्जन्म लिँदा लिँदा ८४ जन्म बितायौ। अब तिम्रो आत्मा तमोप्रधान बनिसकेको छ। बाबालाई याद गर्यौ भने निहाल हुनेछौ। बाबा सम्मुख भन्नुहुन्छ– मलाई याद गर, म को हुँ? परमपिता परमात्मा। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी बन, देह अभिमानी नबन। आत्म अभिमानी बनेर तिमीले मसँग नजर लगाऊ तब तिमी तृप्त हुनेछौ। बाबालाई याद गरिराख, यसमा कुनै कष्ट छैन। आत्माले नै पढ्छ, पार्ट खेल्छ। आत्मा कति सानो छ। जब यहाँ आउँछौ तब ८४ जन्मको पार्ट खेल्छौ। फेरि त्यही पार्ट दोहोरिने छ। ८४ जन्मको पार्ट खेलेर आत्मा पतित बनेको छ। अब आत्मामा पनि कुनै दम रहेको छैन। अब आत्मा निहाल होइन बेहाल अर्थात् कङ्गाल छ। फेरि निहाल कसरी बन्छ? यो शब्द भक्तिमार्गको हो, जसमा बाबाले सम्झाउनु हुन्छ। वेद, शास्त्र, चित्र आदिमा पनि सम्झाउनु हुन्छ। तिमीले यो चित्र श्रीमतको आधारमा बनाएका हौ। आसुरी मतमा त अनेक चित्र छन्। ती हुन् ढुङ्गा माटोका। उनको कुनै कर्तव्य छैन। यहाँ त बाबा आएर बच्चाहरूलाई पढाउनु हुन्छ। भगवानुवाच छ भने उहाँको ज्ञान नै भयो। लौकिकमा विद्यार्थीहरूले जान्दछन्– यी फलाना शिक्षक हुन्। यहाँ तिमी बच्चाहरूले जानेका छौ– बेहदका बाबा एकैपटक आएर यस्तो अनौठो पढाइ पढाउनु हुन्छ। यस पढाइ र त्यस पढाइमा रातदिनको फरक छ। त्यो पढाइ पढ्दा पढ्दा रात पर्छ, यस पढाइबाट दिनमा जान्छौ। त्यो पढाइ त जन्मजन्मान्तर पढ्दै आयौ। यसमा त बाबाले स्पष्ट भन्नुहुन्छ– आत्मा जब पवित्र हुन्छ तब धारणा हुन्छ। भनिन्छ– शेरनीको दुध सुनको बर्तनमा अडिन सक्छ। तिमी बच्चाहरूले जान्दछौ– हामी अब सुनको बर्तन बनिरहेका छौं। मनुष्य त मनुष्य हुन्छन् तर आत्मालाई सम्पूर्ण पवित्र बन्नु छ। २४ क्यारेट थियो अहिले ९ क्यारेट भएको छ। आत्माको ज्योति जुन जागेको थियो त्यो अहिले निभेको छ। बलेको र निभेको ज्योतिमा पनि फरक हुन्छ। ज्योति कसरी जाग्यो अनि पद कसरी पाए– यो बाबाले नै सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ मलाई याद गर। जसले मलाई राम्ररी याद गर्छन् मैले पनि उनलाई राम्ररी याद गर्नेछु। यो पनि बच्चाहरूले जानेका छन्– नजरबाट निहाल गर्नेवाला एक बाबा नै स्वामी हुनुहुन्छ। यिनको आत्मा पनि निहाल हुन्छ। तिमी सबै पुतली हौ, उहाँलाई शमा (ज्योति) भनिन्छ। कुनै पुतली केवल चक्कर लगाउन आउँछन्। कसैले राम्ररी चिन्छन्, त्यसैले जिउँदै मर्छन्। कोही चक्कर लगाएर जान्छन्, फेरि कहिलेकाहीँ आउँछन् फेरि जान्छन्। यस सङ्गमको नै सारा गायन छ। यस समयमा जुन कुरा चल्छ त्यसको नै शास्त्र बन्छ। बाबा एकैपटक आएर वर्सा दिएर जानुहुन्छ। बेहदका बाबाले अवश्य बेहदको वर्सा दिनुहुन्छ। गायन पनि छ २१ पिँढी। सत्ययुगमा वर्सा कसले दिनुहुन्छ? भगवान रचयिताले नै आधाकल्पको लागि वर्सा दिनुहुन्छ रचनालाई। याद पनि सबैले उहाँलाई नै गर्छन्। उहाँ बाबा पनि हुनुहुन्छ भने शिक्षक पनि हुनुहुन्छ, स्वामी सतगुरू पनि हुनुहुन्छ। हुन त तिमीले अरू कसैलाई स्वामी सतगुरु भन्छौ होला। तर सत्य एउटै बाबा हुनुहुन्छ। सत्य सदा बाबालाई भनिन्छ। उहाँ आएर के सत्य गर्नुहुन्छ? उहाँले नै पुरानो दुनियाँलाई सत्यखण्ड बनाउनु हुन्छ। सत्यखण्डको लागि हामीले पुरुषार्थ गरिरहेका छौं। सत्यखण्ड भएको बेला अरू कुनै खण्ड थिएनन्। यी सबै पछि आउँछन्। सत्यखण्डको बारेमा कसैलाई पनि थाहा छैन। बाँकी अहिले जुन खण्डहरू छन् तिनको बारेमा त सबैलाई थाहा छ। आ-आफ्ना धर्म स्थापकलाई जानेका छन्। बाँकी सूर्यवंशी, चन्द्रवंशी र यस सङ्गमयुगी ब्राह्मणकुललाई कसैले जान्दैनन्। प्रजापिता ब्रह्मालाई मान्छन्, भन्छन्– हामी ब्राह्मण ब्रह्माका सन्तान हौं तर ती हुन् कोख वंशावली, तिमी हौ मुख वंशावली। ती हुन् अपवित्र तिमी मुख वंशावली हौ पवित्र। तिमी मुख वंशावली बनेर फेरि छि: छि: दुनियाँ रावणराज्यबाट जान्छौ। त्यहाँ रावणराज्य हुँदैन। अब तिमी जाँदैछौ नयाँ दुनियाँमा। त्यसलाई भनिन्छ निर्विकारी दुनियाँ। विश्व नै नयाँ र पुरानो हुन्छ। कसरी हुन्छ यो पनि तिमीले जानिसकेका छौ। अरू त कसैको बुद्धिमा छैन। लाखौं वर्षको कुरालाई कसैले जान्न सक्दैनन्। यो त थोरै समयको कुरा हो। यो कुरा बाबाले बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ– म आउँछु नै तब, जब खास गरी यहाँ धर्म ग्लानि हुन्छ। अरू ठाउँमा त कसैलाई थाहै छैन निराकार परमात्मा के चीज हुनुहुन्छ। ठुला ठुला लिङ्ग बनाएर राखेका छन्। बच्चाहरूलाई सम्झाइएको छ– आत्माको आकार कहिल्यै सानो ठुलो हुँदैन। जसरी आत्मा अविनाशी छ त्यसैगरी बाबा पनि अविनाशी हुनुहुन्छ। उहाँ हुनुहुन्छ परम आत्मा। सुप्रिम अर्थात् उहाँ सदा पवित्र र निर्विकारी हुनुहुन्छ। तिमी आत्माहरू पनि निर्विकारी थियौ, दुनियाँ पनि निर्विकारी थियो। त्यसलाई भनिन्छ नै सम्पूर्ण निर्विकारी, नयाँ दुनियाँ फेरि अवश्य पुरानो हुन्छ। कला कम हुँदै जान्छन्। दुई कला कम चन्द्रवंशी राज्य थियो फेरि दुनियाँ पुरानो बन्दै जान्छ। पछि अरू अरू खण्ड आउँदै जान्छन्। तिनीहरूलाई भनिन्छ बाइप्लट (उपकथा), तर मिक्स अप हुन्छन्। ड्रामा प्लान अनुसार जुन कुरा हुन्छ त्यो फेरि दोहोरिन्छ। जसरी बौद्ध धर्मको कुनै ठुला आए, कतिलाई बौद्ध धर्ममा लिएर गए। धर्मलाई परिवर्तन गरिदिए। हिन्दुहरूले आफ्नो धर्म आफै परिवर्तन गरेका हुन् किनकि कर्म भ्रष्ट हुनाले धर्म भ्रष्ट पनि भए। वाम मार्गमा गए। जगन्नाथको मन्दिरमा पनि गएका हौला, तर कसैको कुनै ख्याल चल्दैन। स्वयं विकारी छन् त्यसैले उनलाई पनि विकारी देखाइ दिए। यो सम्झँदैनन् देवताहरू जब वाममार्गमा गए तब नै यस्ता बने। त्यस बेलाको नै चित्र हो। देवता नाम त धेरै राम्रो छ। हिन्दु त हिन्दुस्तानको नाम हो। फेरि आफूलाई हिन्दु बताइदिए। कति ठुलो भुल हो। त्यसैले बाबा भन्नुहुन्छ यदा यदाहि धर्मस्य.... बाबा भारतखण्डमा आउनु हुन्छ। यस्तो त भन्नुहुन्न– म हिन्दुस्तानमा आउँछु। यो हो भारतखण्ड, हिन्दुस्तान वा हिन्दु धर्म होइन। मुसलमानहरूले हिन्दुस्तान नाम राखेका हुन्। यो पनि ड्रामामा निश्चित छ। राम्ररी सम्झनुपर्छ। यो पनि ज्ञान हो। पुनर्जन्म लिँदा लिँदा, वाममार्गमा आउँदा आउँदा भ्रष्टाचारी बने, फेरि उनीहरूको अगाडि गएर भन्छन्– हजुर सम्पूर्ण निर्विकारी हुनुहुन्छ। हामी विकार पापी हौ। अरू कुनै खण्डमा रहनेले यस्तो भन्दैनन्। हामी नीच हौं अथवा हामीमा कुनै गुण छैन। यस्तो भनेको कहिल्यै सुनेका छैनौ होला। सिक्खहरू पनि ग्रन्थको अगाडि बस्छन् तर यस्तो कहिल्यै भन्दैनन्– नानक, हजुर निर्विकारी हामी विकारी। नानक पन्थीले कङ्गन (बाला) लगाउँछन्, त्यो हो निर्विकारीपनको निसानी। तर विकार विना रहन सक्दैनन्। झुटो निसानी राखेका छन्। जसरी हिन्दुहरूले जनै लगाउँछन्, पवित्रताको निसानी हो। आजकाल त धर्मलाई नै मान्दैनन्। यस समयमा भक्तिमार्ग चलिरहेको छ। यसलाई भनिन्छ भक्ति सम्प्रदाय। ज्ञान सम्प्रदाय सत्ययुगमा हुन्छ। सत्ययुगमा देवताहरू हुन्छन् सम्पूर्ण निर्विकारी। कलियुगमा सम्पूर्ण निर्विकारी कोही हुन सक्दैनन्। प्रवृत्ति मार्गवालाको स्थापना त बाबाले नै गर्नुहुन्छ। बाँकी सबै गुरु हुन् निवृत्ति मार्गवाला, उनीहरू भन्दा प्रवृत्ति मार्गवालाको तागत धेरै भएको छ। बाबा भन्नुहुन्छ यो जे कुरा तिमीले पढेका छौ, त्यसबाट म मिल्न सक्दिन। म जब आउँछु तब सबैलाई नजरबाट निहाल गरिदिन्छु। गायन पनि छ नजर से निहाल कींदा स्वामी सदगुरु... यहाँ तिमी किन आएका हौ? निहाल बन्न। विश्वको मालिक बन्न। बाबालाई याद गर्यौ भने निहाल बन्छौ। यस्तो कहिल्यै कसैले भन्न सक्दैनन् यस्तो गर्नाले तिमी यो बन्ने छौ। बाबाले नै भन्नुहुन्छ। तिमी यो बन्नु छ। यी लक्ष्मी-नारायण कसरी बने? कसैलाई थाहा छैन। तिमी बच्चाहरूलाई बाबाले सबै कुरा बताउनु हुन्छ, यिनै ८४ जन्म लिएर पतित बने फेरि तिमीलाई यस्तै बनाउन आएको छु। बाबाले आफ्नो परिचय पनि दिनुहुन्छ भने नजरबाट निहाल पनि गर्नुहुन्छ। यो कसको लागि भनिन्छ? एक सदगुरुको लागि। ती गुरुहरू त धेरै छन् अनि अवला माताहरू छन् भोला। तिमी सबै पनि भोलानाथका बच्चाहरू हौ। शङ्करको लागि भनिन्छ आँखा खोल्नासाथ विनाश भयो। यो पनि पाप हुन जान्छ। बाबाले कहिल्यै यस्तो कामको लागि निर्देशन दिनुहुन्न। विनाश त कुनै अरू चीजबाट हुन्छ नि। बाबाले यस्तो निर्देशन दिनुहुन्न। यो त सबै वैज्ञानिकहरूले निकालि रहन्छन्, सम्झन्छन्– हामीले आफ्नो कुलको आफै विनाश गर्छौं। तिनीहरू पनि नियममा बाँधिएका छन्। छोड्न सक्दैनन्। नाम कति हुन्छ। चन्द्रमामा जान्छन् तर फाइदा केही छैन। मीठा-प्यारा बच्चाहरू! तिमीले पनि बाबासँग नजर लगाऊ अथवा हे आत्माहरू! आफ्नो बाबालाई याद गर्यौ भने निहाल हुनेछौ। बाबा भन्नुहुन्छ– जसले मलाई याद गर्छन्, मैले पनि उनलाई याद गर्छु। जसले मेरो लागि सेवा गर्छन् मैले पनि उनलाई याद गर्छु त्यसैले उनलाई बल मिल्छ। तिमी सबै यहाँ बसेका छौ। जो निहाल हुन्छन् उनै राजा बन्छन्। गायन पनि छ अरू सङ्ग तोडेर एकसँग जोड। एक हुनुहुन्छ निराकार। आत्मा पनि निराकार हो। बाबा भन्नुहुन्छ मलाई याद गर। तिमीले स्वयं भन्छौ– हे पतित-पावन... यो कसलाई भनेका हुन्? ब्रह्मालाई, विष्णुलाई वा शङ्करलाई? होइन। पतित-पावन त एक हुनुहुन्छ, उहाँ सदा पावन नै हुनुहुन्छ। उहाँलाई भनिन्छ सर्वशक्तिमान्। बाबाले नै सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनु हुन्छ, सबै शास्त्रलाई जान्नुहुन्छ। ती संन्यासीहरूले शास्त्र आदि पढेर पदवी लिन्छन्। बाबालाई त पहिला नै पदवी मिलेको छ। उहाँले पढेर कहाँ लिनु हुन्छ र! अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) शमामाथि जीवन छँदै मर्ने परवाना बन्नु छ, केवल चक्कर लगाउनेवाला होइन। ईश्वरीय पढाइलाई धारण गर्नको लागि बुद्धिलाई सम्पूर्ण पावन बनाउनु छ।

२) अरू सबै सङ्ग तोडर एक बाबाको सङ्गमा रहनु छ। एकको यादबाट स्वयंलाई निहाल गर्नु छ।

वरदान:–
दिलको महसुसताद्वारा दिलारामको आशीर्वाद प्राप्त गर्ने स्व परिवर्तक भव

स्वलाई परिवर्तन गर्नको लागि सच्चा दिलबाट दुई कुराको महसुसता चाहिन्छ १) आफ्नो कमजोरीको महसुसता २) जुन परिस्थिति वा व्यक्ति निमित्त बन्छन्, उनको इच्छा वा उनको मनको भावनाको महसुसता। परिस्थितिको पेपरको कारणलाई जानेर स्वयम् पास हुनको लागि श्रेष्ठ स्वरूपको महसुसता होस्। स्वस्थिति श्रेष्ठ होस्, परिस्थिति परीक्षा हो– यो महसुसताले सहजै परिवर्तन गरिदिन्छ र सच्चा दिलबाट महसुस गरेमा दिलारामको आशीर्वाद प्राप्त हुन्छ।

स्लोगन:–
वारिस ऊ नै हो, जो सदा एभररेडी बनेर हरेक कार्यमा हुन्छ हजुर, हाजिर छु भन्छ।