05.05.24 Avyakt Bapdada Nepali Murli 15.11.99 Om Shanti Madhuban
बाबा समान बन्ने सहज
पुरुषार्थ – “आज्ञाकारी बन्नु”
आज बापदादाले आफ्ना
होलीहंस मण्डलीलाई देखिरहनु भएको छ। हरेक बच्चा होलीहंस हौ। सदा मनमा ज्ञान
रत्नहरूको मनन गरिरहन्छौ। होलीहंसको काम नै हो व्यर्थको गिट्टी छोड्नु र ज्ञान
रत्नहरूको मनन गर्नु। एक एक रत्न कति अमूल्य छ। हरेक बच्चा ज्ञान रत्नहरूको खानी
बनिसकेका छौ। ज्ञान रत्नहरूको खजानाले सदा भरपुर रहन्छौ।
आज बापदादाले
बच्चाहरूमा एक विशेष कुरा चेक गरिरहनु भएको थियो। त्यो के थियो? ज्ञान वा योगको सहज
धारणाको सहज साधन हो बाबा र दादाको आज्ञाकारी बनेर चल्नु। बाबाको रूपमा पनि
आज्ञाकारी‚ शिक्षकको रूपमा पनि र सतगुरुको रूपमा पनि। तीनै रूपमा आज्ञाकारी बन्नु
अर्थात् सहज पुरुषार्थी बन्नु किनकि तीनै रूपले बच्चाहरूलाई आज्ञा मिलेको छ।
अमृतवेलादेखि रातिसम्म हर समय‚ हर कर्तव्यको आज्ञा मिलेको छ। आज्ञा अनुसार चलिरहेमा
कुनै पनि प्रकारको मेहनत वा मुस्किल अनुभव हुँदैन। हर समयको मनसा सङ्कल्प‚ वाणी र
कर्म तीनै प्रकारको आज्ञा स्पष्ट मिलेको छ। यो गरूँ वा नगरूँ, यो सोच्ने पनि
आवश्यकता छैन। यो सही हो वा गलत हो। सोच्ने पनि मेहनत छैन। परमात्म आज्ञा हो नै सदा
श्रेष्ठ। त्यसैले जति पनि सबै कुमारहरू आएका छौ‚ यो धेरै राम्रो सङ्गठन हो। हरेकले
बाबाको बन्नासाथ बाबासँग प्रतिज्ञा गरेका छौ? बाबाका बन्यौ भने सबै भन्दा पहिला
कुनचाहिँ प्रतिज्ञा गर्यौ? बाबा तन-मन-धन जे पनि छ‚ कुमारहरूसँग धन त धेरै हुँदैन
तैपनि जे छ‚ सबै हजुरको हो। यो प्रतिज्ञा गरेका छौ? तन पनि‚ मन पनि‚ धन पनि र
सम्बन्ध पनि सबै हजुरसँग– यो प्रतिज्ञा पनि पक्का गरेका छौ? जब तन-मन-धन‚ सम्बन्ध
सबै हजुरको हो भने मेरो के रह्यो! फेरि केही मेरोपन छ? हुन्छ नै के? तन‚ मन‚ धन‚ जन..
सबै बाबालाई जिम्मा लगाइदियौ। प्रवृत्तिवालाले गरेका छौ? मधुवनवालाले गरेका छौ?
पक्का हो नि! जब मन पनि बाबाको भयो‚ मेरो मन त छैन नि! वा मन मेरो हो? मेरो सम्झेर
प्रयोग गर्न हुन्छ? मन बाबालाई दिइसक्यौ भने यो पनि तिमीसँग अमानत (नासो)हो। फेरि
युद्ध केमा गर्छौ? मेरो मन परेसान छ‚ मेरो मनमा व्यर्थ सङ्कल्प आउँछन्‚ मेरो मन
विचलित हुन्छ... जब मेरो होइन‚ अमानत हो भने फेरि अमानतलाई मेरो सम्झेर प्रयोग गर्नु‚
के यो अमानतमा खयानत (बेइमानी) होइन? मायाका ढोका हुन्– “म र मेरो”। तन पनि तिम्रो
होइन‚ फेरि देह अभिमानको म कहाँबाट आयो! मन पनि तिम्रो होइन भने मेरो मेरो कहाँबाट
आयो? तेरो हो वा मेरो हो? बाबाको हो वा केवल भन्नु छ‚ गर्नु छैन? भन्नु बाबाको र
मान्नु मेरो! केवल पहिलो प्रतिज्ञा याद गर– न देह अभिमानको म होस्‚ न मेरो। जे
बाबाको आज्ञा हो‚ तनलाई पनि अमानत सम्झ। मनलाई पनि अमानत सम्झ। फेरि मेहनतको
आवश्यकता हुन्छ र? कुनै पनि कमजोरी आयो भने यी दुई शब्दहरूबाट आउँछ– “म र मेरो”। न
तन तिम्रो हो‚ न देह अभिमानको म। मनमा पनि जुन पनि सङ्कल्प चल्छन् यदि आज्ञाकारी हौ
भने बाबाको आज्ञा के हो? सकारात्मक सोच‚ शुभभावनाको सङ्कल्प गर। फाल्तु सङ्कल्प गर–
यो बाबाको आज्ञा हो र? होइन। जब तिम्रो मन होइन तैपनि व्यर्थ सङ्कल्प गर्यौ भने
बाबाको आज्ञालाई प्राक्टिकलमा ल्याएनौ नि! एक शब्द याद गर– म परमात्म आज्ञाकारी
बच्चा हुँ। बाबाको यो आज्ञा हो वा होइन‚ त्यो सोच। जो आज्ञाकारी बच्चा हुन्छन् ती
सदा बाबालाई स्वतः नै याद हुन्छ। स्वतः नै प्यारा हुन्छन्। स्वतः नै बाबाको समीप
हुन्छन्। त्यसैले चेक गर म बाबाको समीप‚ बाबाको आज्ञाकारी हुँ? एक शब्द त अमृतवेला
याद गर्न सक्छौ– “म को हुँ?” आज्ञाकारी हुँ वा कहिले आज्ञाकारी र कहिले आज्ञालाई
किनारा गर्नेवाला?
बापदादा सदा
भन्नुहुन्छ– कुनै पनि रूपमा यदि एक बाबाको सम्बन्ध मात्रै याद रह्यो‚ दिलबाट
निस्कियो बाबा! तब समीपताको अनुभव गर्नेछौ। मन्त्र जस्तै “बाबा बाबा” नभन‚ तिनीहरूले
राम राम भन्छन् तिमीले बाबा बाबा भन्छौ‚ तर दिलबाट निस्कियोस् बाबा। हर कर्म गर्नु
भन्दा पहिला चेक गर– मनको लागि‚ तनको लागि वा धनको लागि बाबाको आज्ञा के छ?
कुमारहरूसँग चाहे जतिसुकै थोरै पनि धन होस् तर जसरी बाबाले आज्ञा दिनु भएको छ धनको
पोतामेल (हिसाब)कुन प्रकारले राख्ने‚ त्यसैगरी राखेका छौ? वा जसरी आउँछ त्यसैगरी
चलाउँछौ? हरेक कुमारले धनको पनि हिसाब राख्नु पर्छ। धनलाई कहाँ र कसरी प्रयोग गर्नु
छ‚ मनलाई पनि कहाँ र कसरी प्रयोग गर्नु छ‚ तनलाई पनि कहाँ लगाउनु छ‚ यो सबै हिसाब
हुनुपर्छ। तिमी दादीहरूले धारणाको क्लास गराउँदा सम्झाउँछौ हैन– धनलाई कसरी प्रयोग
गर्ने! के हिसाब राख्ने! कुमारहरूलाई थाहा छ हिसाब कसरी राख्नु छ‚ कहाँ लगाउनु छ‚
यो थाहा छ? थोरैले हात उठाइरहेका छन्‚ नयाँ नयाँ पनि छन्‚ यिनीहरूलाई थाहा छैन।
यिनीहरूलाई यो अवश्य बताउनु– के के गर्नु छ! निश्चिन्त हुनेछन्‚ बोझ लाग्ने छैन
किनकि यो तिमीहरू सबैको लक्ष्य हो‚ कुमार मतलब लाइट। डबल लाइट। कुमारहरूको लक्ष्य
हो नि हामी नम्बरवन आउनु छ? लक्ष्यको साथै लक्षण पनि चाहिन्छ। लक्ष्य धेरै उच्च भयो
र लक्षण भएन भने लक्ष्यसम्म पुग्न मुस्किल हुन्छ, त्यसैले जुन बाबाको आज्ञा हो
त्यसलाई सदा बुद्धिमा राखेर फेरि कार्यमा आऊ।
बापदादाले पहिला पनि
सम्झाउनु भएको छ– ब्राह्मण जीवनको मुख्य खजाना हो– सङ्कल्प‚ समय र श्वास। तिम्रो
श्वास पनि धेरै अमूल्य छ। एक श्वास पनि साधारण नहोस्‚ व्यर्थ नहोस्। भक्तिमा भन्छन्
श्वास श्वासमा आफ्नो इष्टलाई याद गर। श्वास पनि व्यर्थ नजाओस्। ज्ञानका खजाना‚
शक्तिहरूका खजाना... यो त छँदै छ। तर मुख्य यी तीनै खजाना सङ्कल्प‚ समय र श्वास–
आज्ञा अनुसार सफल हुन्छन्? व्यर्थ त जाँदैनन्? किनकि व्यर्थ जानाले जम्मा हुँदैन।
जम्माको खाता यो सङ्गममा नै जम्मा गर्नु छ। चाहे सत्ययुग‚ त्रेतामा श्रेष्ठ पद
प्राप्त गर्नु छ‚ चाहे द्वापर‚ कलियुगमा पूज्य पद पाउनु छ तर दुवैको जम्मा यही
सङ्गममा गर्नु छ। यस हिसाबले सोच– सङ्गम समयको जीवनको‚ छोटो जन्मका सङ्कल्प‚ समय‚
श्वास कति अमूल्य छन्? यसमा लापरबाह नबन्नु। जसरी आयो त्यसैगरी दिन बित्यो, दिन
बित्यो होइन बरू एक दिनमा धेरै धेरै गुमायौ। जहिले पनि कुनै सङ्कल्प‚ समय फाल्तु गयो
भने यस्तो नसम्झ– ठीकैछ, ५ मिनेट गयो। बचाऊ। समय अनुसार हेर प्रकृति आफ्नो कार्यमा
कति तीव्र छ। केही न केही खेल देखाइरहन्छ। कहीँ न कहीँ खेल देखाइरहन्छ। तर
प्रकृतिपति ब्राह्मण बच्चाहरूको खेल एउटै हो– उड्ती कलाको। प्रकृतिले त खेल देखाउँछ
तर ब्राह्मणहरूले आफ्नो उड्ती कलाको खेल देखाइरहेका छौ?
कुनै बच्चाले
बापदादालाई उडिसाको समुद्री तुफानको रिजल्ट लेखेर दिए‚ यो भयो‚ यो भयो...। त्यो
प्रकृतिको खेल त देखिहाल्यौ। तर बापदादा सोध्नुहुन्छ– तिमीहरूले केवल प्रकृतिको खेल
देख्यौ वा आफ्नो उड्ती कलाको खेलमा व्यस्त रह्यौ? वा केवल समाचार सुनिरह्यौ? समाचार
त सबै सुन्नु नै पर्छ‚ तर जति समाचार सुन्न रुचि हुन्छ, त्यति आफ्नो उड्ती कलाको
बाजीमा रहने रुचि रह्यो? कति बच्चा गुप्त योगी पनि छन्‚ यस्ता गुप्त योगी
बच्चाहरूलाई बापदादाको मदत पनि धेरै मिलेको छ र यस्ता बच्चा स्वयं पनि अचल‚ साक्षी
रहे र वायुमण्डलमा पनि समयमा सहयोग दिए। जसरी स्थूल सहयोग दिनेहरू‚ चाहे सरकार‚ चाहे
वरिपरिका मानिसहरू सहयोग दिनको लागि तयार हुन्छन्‚ त्यसैगरी ब्राह्मण आत्माहरूले पनि
आफ्नो सहयोग– शक्ति‚ शान्ति दिने‚ सुख दिने जुन ईश्वरीय श्रेष्ठ कार्य हो‚ त्यो
गर्यौ? जसरी त्यो सरकारले यो गर्यो‚ फलानो देशले यो गर्यो... तुरुन्तै उद्घोष गर्न
थाल्छन्‚ बापदादाले सोध्नुहुन्छ– तिमी ब्राह्मणहरूले पनि आफ्नो कार्य गर्यौ? तिमी
पनि सतर्क हुनुपर्छ। स्थूल सहयोग दिनु, त्यो पनि आवश्यक हुन्छ‚ यसमा बापदादाले मनाही
गर्नुहुन्न तर जुन ब्राह्मण आत्माहरूको विशेष कार्य हो‚ जुन अरू कसैले सहयोग दिन
सक्दैन‚ तिमीहरूले सतर्क भएर त्यस्तो सहयोग दियौ? दिनु छ नि! वा केवल उनीहरूलाई
वस्त्र चाहियो‚ अन्न चाहियो? तर पहिला त मनमा शान्ति चाहियो‚ सामना गर्ने शक्ति
चाहियो। त्यसैले स्थूलको साथै सूक्ष्म सहयोग ब्राह्मणहरूले नै दिन सक्छन् अरू कसैले
दिन सक्दैनन्। यो त केही पनि होइन‚ यो त रिहर्सल हो। रियल त आउनेवाला छ। त्यसको
रिहर्सल तिमीलाई पनि बाबा वा समयले गराइरहेको छ। त्यसैले जुन शक्तिहरू‚ जुन खजानाहरू
तिमीसँग छन्‚ तिनलाई समयमा प्रयोग गर्न आउँछ?
कुमारहरूले के गर्नेछौ?
शक्तिहरू जम्मा छन्? शान्ति जम्मा छ? प्रयोग गर्न आउँछ? हात त धेरै राम्रो उठाउँछन्‚
अब प्राक्टिकलमा देखाउनु। साक्षी भएर देख्नु पनि छ‚ सुन्नु पनि छ र सहयोग पनि दिनु
छ। आखिरमा वास्तवमा जब खेल चल्नेछ‚ त्यसमा तिमीहरू साक्षी र निर्भय भएर हेर्नु पनि
छ र पार्ट खेल्नु पनि छ। कुनचाहिँ पार्ट? दाताको बच्चा‚ दाता बनेर आत्माहरूलाई जे
चाहिएको छ दिँदै जानु छ। मास्टर दाता हौ नि? स्टक जम्मा गर‚ आफूसँग जति स्टक हुन्छ
त्यति नै दाता बन्न सक्नेछौ। अन्त्यसम्म आफ्नो लागि नै जम्मा गरिरह्यौ भने दाता
बन्न सक्दैनौ। अनेक जन्म जुन श्रेष्ठ पद पाउनु छ‚ त्यो प्राप्त गर्न सक्दैनौ‚
त्यसैले एउटा कुराको स्टक त आफूसँग जम्मा गर। शुभभावना‚ श्रेष्ठ कामनाको भण्डार सदा
भरपुर होस्। अर्को– जुन विशेष शक्तिहरू छन्‚ ती शक्तिहरू जुन समय‚ जसलाई जे चाहिन्छ
त्यो दिन सक्नु छ। अहिले समय अनुसार केवल आफ्नो पुरुषार्थमा सङ्कल्प र समय नदेऊ‚
साथसाथै दाता बनेर विश्वलाई पनि सहयोग देऊ। आफ्नो पुरुषार्थ त सुनायौ। अमृतवेला नै
यो सोच– म आज्ञाकारी बच्चा हुँ! हर कर्मको लागि आज्ञा मिलेको छ। उठ्ने‚ सुत्ने‚ खाने‚
कर्मयोगी बन्ने। हर कर्मको आज्ञा मिलेको छ। आज्ञाकारी बन्नु, यही बाबा समान बन्नु
हो। बस, श्रीमतमा चल्नु छ, न मनमत, न परमतमा। अरू नथपियोस्। कहिले मनमतमा, कहिले
परमतमा चलेमा मेहनत गर्नु पर्नेछ। सहज हुनेछैन किनकि मनमत, परमतले उड्न दिँदैन।
मनमत, परमत बोझ हो र बोझले उड्न दिँदैन। श्रीमतले डबल लाइट बनाउँछ। श्रीमतमा चल्नु
अर्थात् सहजै बाबा समान बन्नु। श्रीमतमा चल्नेलाई कुनै पनि परिस्थितिले तल ल्याउन
सक्दैन। त्यसोभए श्रीमतमा चल्न आउँछ?
अच्छा, त्यसोभए
कुमारहरूले अब के गर्नेछौ? निमन्त्रण मिल्यो। स्पेसल खातिरी भयो। हेर, कति प्रिय
भइसक्यौ। अब यसपछि के गर्नेछौ? जवाफ दिनेछौ वा त्यहाँ गएपछि त्यहाँको, यहाँ आउँदा
यहाँको? यस्तो त होइन हैन? यहाँ त धेरै मौजमा छौ। मायाको वारबाट बचेका छौ, यस्तो
कोही छ जसलाई यहाँ मधुवनमा पनि माया आएको छ? यस्तो कोही छ जसलाई मधुवनमा पनि मेहनत
गर्नु परेको छ? सुरक्षित छौ, राम्रो छ। बापदादा पनि खुसी हुनुहुन्छ। समय आउनेछ, युवा
ग्रुपमाथि सरकारको पनि अटेन्सन जानेछ तर तब जानेछ जब तिमीहरू विघ्न विनाशक बन्छौ।
विघ्न विनाशक कसको नाम हो? तिमीहरूको नै हो नि! विघ्नहरूको हिम्मत छैन, जसले कुनै
कुमारको सामना गरुन्, तब भनिन्छ विघ्न विनाशक। विघ्नको हार ठीकैछ होस्, तर वार
नगरोस्। विघ्न विनाशक बन्ने हिम्मत छ? वा त्यहाँ गएर पत्र लेख्नेछौ दादी त्यहाँ धेरै
राम्रो थियो तर थाहा छैन के हुन गयो! यस्तो त लेख्ने छैनौ? यही खुसीको खबर लेख– ओ.के.,
धेरै राम्रो, विघ्न विनाशक हुँ। बस्, एक शब्द लेख। धेरै लामो पत्र नलेख। ओ.के.।
अच्छा।
मधुवनको विशेषता पनि
बापदादाको पासमा पुगिसकेको छ। मधुवन निवासीले आफ्नो चार्ट पठाएका छन्। बापदादाको
पासमा पुगेको छ। बापदादाले सबै बच्चाहरूलाई, आज्ञा मान्ने आज्ञाकारी बच्चाहरूको
नजरले हेर्नुहुन्छ। विशेष कार्य मिल्यो र एवररेडी बनेर गरेका छन्, यसको विशेष बधाई
दिइरहनु भएको छ। हरेकले आफ्नो कुरा स्पष्ट लेखेका छन्। (दादीजीसँग) तिमीले पनि
रिजल्ट हेरेर क्लास गराउनु। आफ्नो अवस्थाको चार्ट राम्रो लेखेका छन्। बापदादाले त
बधाई दिइरहनु भएको छ। सच्चा दिलमा सच्चा साहेब राजी हुनुहुन्छ। अच्छा!
चारैतिरका बापदादाका
आज्ञाकारी बच्चाहरूलाई, सदा विघ्न विनाशक बच्चाहरूलाई, सदा श्रीमतमा सहजै चल्ने,
मेहनतबाट मुक्त रहने, सदा मौजमा उड्ने र उडाउने, सर्व खजानाहरूको भण्डारले भरपुर
रहने– यस्ता बाबाको समीप र समान रहने बच्चाहरूलाई धेरै धेरै यादप्यार एवं नमस्ते।
कुमारहरूलाई पनि जो विशेष अथक र एवररेडी छन्, सदा उड्ती कलामा उड्नेहरूलाई बापदादाको
विशेष यादप्यार। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
(बापदादाले डाइमण्ड
हलमा बसेका सबै भाइ-बहिनीहरूलाई दृष्टि दिनको लागि हलमा चक्कर लगाउनु भयो)
बापदादाको हरेक
बच्चासँग धेरै-धेरै-धेरै प्यार छ। यस्तो नसम्झ– हामीसँग बापदादाको प्यार कम छ।
तिमीले चाहे बिर्स, तर बाबाले निरन्तर हर बच्चाको माला जपिरहनु हुन्छ किनकि हर
बच्चाको विशेषता सदा बापदादाको सम्मुख हुन्छ। कुनै पनि बच्चा विशेष नहोस्, यो होइन।
हर बच्चा विशेष छन्। बाबाले कहिल्यै एक बच्चालाई पनि बिर्सिनुहुन्न, त्यसैले सबैले
आफूलाई, विशेष आत्मा हौं र विशेष कार्यको लागि निमित्त हौं, यस्तो सम्झेर अगाडि
बढ्दै जाऊ। अच्छा।
वरदान:–
सदा रुहानी
स्थितिमा रहेर अरूलाई पनि रुह देख्ने रुहानी रुहे गुलाफ भव
रुहे गुलाफ अर्थात्
जसमा सदा रुहानी सुगन्ध हुन्छ। रुहानी सुगन्ध भएकाले जहाँ पनि देख्छन्, जसलाई पनि
देख्दा रुहलाई देख्छन्, शरीरलाई होइन। त्यसैले स्वयं पनि सदा रुहानी स्थितिमा बस र
अरूलाई पनि रुह नै देख। जसरी बाबा उच्च भन्दा उच्च हुनुहुन्छ, त्यसैगरी उहाँको
बगैँचा पनि सर्वोच्च होस्, जुन बगैँचाको विशेष शृङ्गार रुहे गुलाफ तिमी बच्चाहरू
हौ। तिम्रो रुहानी सुगन्ध अनेक आत्माहरूको कल्याण गर्नेवाला होस्।
स्लोगन:–
मर्यादा तोडेर
कसैलाई सुख दिएमा त्यो पनि दु:खको खातामा जम्मा हुन्छ।