06.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– श्रीमतमा राम्रो सेवा गर्नेहरूलाई नै रजाइँको पुरस्कार मिल्छ , तिमी बच्चाहरू अहिले बाबाको मदतगार बनेका छौ , त्यसैले तिमीलाई धेरै ठुलो पुरस्कार मिल्छ।”

प्रश्न:–
बाबाको ज्ञान डान्स कुन बच्चाहरूको सम्मुख धेरै राम्रो हुन्छ?

उत्तर:–
जो ज्ञानका सोखिन छन्, जसलाई योगको नसा छ, उनीहरूको सम्मुख बाबाको ज्ञान डान्स धेरै राम्रो हुन्छ। विद्यार्थीहरू नम्बरवार छन्। तर यो विद्यालय अनौठो छ। कति बच्चाहरूमा अलिकति पनि ज्ञान छैन, केवल भावना बसेको छ, त्यस भावनाको आधारमा पनि वर्साको अधिकारी बन्छन्।

ओम् शान्ति ।
रुहानी बच्चाहरूलाई रुहानी बाबाले सम्झाउनु हुन्छ, यसलाई भनिन्छ रुहानी ज्ञान वा स्प्रिचुअल नलेज। स्प्रिचुअल नलेज केवल एक बाबामा नै छ, अरू कुनै पनि मनुष्यमा रुहानी ज्ञान हुँदैन। रुहानी ज्ञान दिनेवाला एक हुनुहुन्छ, जसलाई ज्ञानको सागर भनिन्छ। हरेक मनुष्यमा आ-आफ्नो खुबी हुन्छ नि। बेरिस्टर, बेरिस्टर हो। डाक्टर, डाक्टर हो। हरेकको ड्युटी, पार्ट अलग अलग छ। हरेक आत्मालाई आ-आफ्नो पार्ट मिलेको छ र यो पार्ट अविनाशी छ। आत्मा कति सानो छ। आश्चर्य छ नि। गायन पनि छ– चम्किन्छ भृकुटीको बीचमा... यो पनि गाइन्छ निराकार आत्माको यो शरीर तख्त हो। छ धेरै सानो बिन्दी। अरू सबै आत्माहरू पात्र हुन्। एक जन्मको अनुहार अर्कोसँग मिल्दैन, एक जन्मको पार्ट अर्कोसँग मिल्दैन। हामी पहिला के थियौं र फेरि भविष्यमा के हुनेछौं भन्ने कुरा कसैलाई पनि थाहा छैन। यो कुरा बाबाले नै बसेर सङ्गममा सम्झाउनु हुन्छ। बिहान तिमी बच्चाहरू यादको यात्रामा बस्छौ भने निभ्न लागेका आत्माहरू प्रज्ज्वलित हुन्छन् किनकि आत्मामा धेरै खिया लागेको छ। बाबाले सुनारको पनि काम गर्नुहुन्छ। पतित आत्माहरू जसमा मैला पर्छ, उनीहरूलाई पावन बनाउनु हुन्छ। मैला त हुन्छ नि। चाँदी, तामा, फलाम नाम पनि यसरी राखिएको छ। गोल्डन एज, सिल्वर एज... सतोप्रधान, सतो, रजो, तमो... यी कुरालाई अरू कुनै मनुष्य गुरुले बुझ्न सक्दैनन्। एक सतगुरुले नै सम्झाउनु हुन्छ। सतगुरुको अकाल तख्त पनि भन्छन् नि। उहाँ सतगुरुलाई पनि तख्त चाहिन्छ नि। जसरी तिमी आत्माहरूको आ-आफ्नो तख्त हुन्छ, उहाँले पनि तख्त लिनुपर्छ। भन्नुहुन्छ मैले कुनचाहिँ तख्त लिन्छु– यो दुनियाँमा कसैलाई पनि थाहा छैन। उनीहरूले त नेति-नेति भन्दै आएका छन् अर्थात् हामीले जान्दैनौं। तिमी बच्चाहरूले पनि जान्दछौ पहिला हामीले केही पनि जानेका थिएनौं। जसले केही पनि सम्झदैन उसलाई बेसमझ भनिन्छ। भारतवर्ष निवासीले सम्झन्छन् हामी धेरै समझदार थियौं। विश्वको राज्य-भाग्य हाम्रो थियो, अहिले बेसमझ बनेका छौं। बाबा भन्नुहुन्छ– तिमीले शास्त्र आदि जे जति पढेका छौ, त्यो सबै अब भुल। केवल एक बाबालाई याद गर। गृहस्थ व्यवहारमा पनि रहन सक्छौ। संन्यासीहरूका अनुयायीहरू पनि आ-आफ्नो घरमा रहन्छन्। कुनै कुनै सच्चा अनुयायी छन् भने उनको साथमा रहन्छन्। अरू कोही कतै, कोही कतै रहन्छन्। त्यसैले यी सबै कुरा बाबा बसेर सम्झाउनु हुन्छ। यसलाई भनिन्छ ज्ञानको डान्स। योग त हो साइलेन्स। ज्ञानको हुन्छ डान्स। योगमा त विल्कुलै शान्त रहनुपर्छ। डेड साइलेन्स भनिन्छ नि। तीन मिनट डेड साइलेन्स। तर त्यसको पनि अर्थ कसैले जान्दैन। संन्यासीहरू शान्तिको लागि जङ्गलमा जान्छन् तर त्यहाँ शान्ति कहाँ मिल्छ र। एक कहानी पनि छ– रानीको हार गलामा... शान्तिको लागि यो एउटा उदाहरण हो। बाबाले यस समयमा जुन कुरा बताउनु हुन्छ त्यो दृष्टान्त फेरि भक्तिमार्गमा चल्दै आउँछ। बाबाले यस समयमा पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँ बनाउनु हुन्छ। तमोप्रधानबाट सतोप्रधान बनाउनु हुन्छ। यो त तिमीले बुझ्न सक्छौ। बाँकी यो दुनियाँ नै तमोप्रधान पतित छ किनकि सबै विकारबाट पैदा भएका छन्। देवताहरू त विकारबाट पैदा हुँदैनन्। त्यसलाई भनिन्छ सम्पूर्ण निर्विकारी दुनियाँ। निर्विकारी दुनियाँ शब्द भन्छन् तर त्यसको अर्थ जान्दैनन्। तिमी नै पूज्यबाट पुजारी बनेका छौ। बाबाको लागि कहिल्यै पनि यसरी भनिदैन। बाबा कहिल्यै पुजारी बन्नुहुन्न। मनुष्यले त कण-कणमा परमात्मा भन्छन्। त्यसैले बाबा भन्नुहुन्छ–भारतवर्षमा जब जब यस्तो धर्मग्लानि हुन्छ...। उनीहरूले त केवल त्यसै श्लोक पढिरहन्छन्, अर्थ केही पनि बुझ्दैनन्। उनीहरूले सम्झन्छन् शरीर पतित बन्छ, आत्मा बन्दैन। बाबा भन्नुहुन्छ– पहिला आत्मा पतित बन्छ फेरि शरीर पनि पतित बन्छ। सुनमा मैला परेपछि फेरि गहना पनि त्यस्तै बन्छ। तर यो सबै भक्तिमार्गमा हुन्छ। बाबाले सम्झाउनु हुन्छ– हरेकमा आत्मा विराजमान छ, भनिन्छ पनि जीवात्मा। जीव परमात्मा भनिदैन। महान आत्मा भनिन्छ, महान् परमात्मा भनिदैन। आत्माले नै भिन्न भिन्न शरीर लिएर पार्ट खेल्छ। त्यसैले योग हो विल्कुल साइलेन्स। यो फेरि हो ज्ञान डान्स। बाबाको ज्ञान डान्स पनि उनीहरूकै सम्मुख हुन्छ जो सौखिन हुन्छन्। बाबाले जान्नुहुन्छ– कसमा कति ज्ञान छ, कति उनीहरूमा योगको पनि नसा छ। टीचरले त जान्दछ नि। बाबाले पनि जान्नुहुन्छ– कुन कुन राम्रो गुणवान बच्चाहरू छन्। राम्रो राम्रो बच्चाहरूको नै जहाँतहीँ माग हुन्छ। बच्चाहरू पनि नम्बरवार छन्। प्रजा पनि नम्बरवार पुरुषार्थ अनुसार नै बन्छन्। यो स्कुल अथवा पाठशाला हो नि। पाठशालामा सधैं नम्बरवार बस्छन्। बुझ्न सकिन्छ– फलानो होसियार छ, यो मध्यम छ। यहाँ त यो बेहदको क्लास हो, यसमा कसैलाई नम्बरवार बसाउन सकिँदैन। बाबाले जान्नुहुन्छ– मेरो सामुन्ने जो बसेका छन् यिनमा केही पनि ज्ञान छैन। केवल भावना छ। बाँकी न ज्ञान छ, न याद छ। यति निश्चय छ– उहाँ बाबा हुनुहुन्छ, उहाँबाट हामीलाई वर्सा लिनु छ। वर्सा त सबैलाई मिल्नु छ। तर रजाइँमा त नम्बरवार पद हुन्छ। जसले धेरै राम्रो सेवा गर्छन् उनीहरूलाई त धेरै राम्रो पुरस्कार मिल्छ। यहाँ त सबैलाई पुरस्कार दिइरहन्छन्, जसले राय दिन्छ, परिश्रम गर्छ, उसलाई पुरस्कार मिल्छ। विश्वमा कसरी शान्ति हुन्छ भन्ने कुरा अहिले तिमीले जानेका छौ। बाबाले भन्नुभएको छ, उनीहरूलाई सोध– विश्वमा शान्ति कहिले थियो? कहिल्यै सुन्नुभएको छ वा देख्नुभएको छ? कुन प्रकारको शान्ति माग्नुभएको हो? कहिले थियो? तिमीले प्रश्न सोध्न सक्छौ किनकि तिमीले जानेका छौ। जसले प्रश्न सोध्छ र स्वयं जान्दैन भने त्यस्तोलाई के भन्ने? तिमीले अखबारद्वारा सोध– कुन प्रकारको शान्ति माग्नु भएको हो? शान्तिधाम त छ, जहाँ हामी सबै आत्माहरू रहन्छौं। बाबा भन्नुहुन्छ– एक त शान्तिधामलाई याद गर, अर्को सुखधामलाई याद गर। सृष्टिचक्रको पूरा ज्ञान नहुनाको कारण कति गफ लगाउँछन्। तिमी बच्चाहरूले जानेका छौ– हामी डबल सिरताज बन्छौं। हामी देवता थियौं, अहिले फेरि मनुष्य बनेका छौं। देवताहरूलाई देवता भनिन्छ, मनुष्य होइन किनकि दैवी गुणवाला थिए नि। जसमा अवगुण हुन्छ उसले भन्छ– म निर्गुण हारामा कुनै गुण छैन। शास्त्रहरूमा जे कुरा सुनेका छन् त्यसलाई केवल गाइरहन्छन्– अच्यूतम् केशवम्...। जसरी सुगालाई सिकाइन्छ। भन्छन्– बाबा हामी सबैलाई आएर पावन बनाउनुहोस्। ब्रह्मलोकलाई वास्तवमा दुनियाँ भनिदैन। त्यहाँ तिमी आत्माहरू रहन्छौ। वास्तवमा पार्ट खेल्ने दुनियाँ यही हो। त्यो हो शान्तिधाम। बाबाले बसेर सम्झाउनु हुन्छ– म बसेर तिमी बच्चाहरूलाई आफ्नो परिचय दिन्छु। म आउँछु नै उसैमा जसले आफ्नो जन्मलाई जान्दैन। यिनले पनि अहिले सुन्छन्। म यिनमा प्रवेश गर्छु। पुरानो पतित दुनियाँ, रावणको दुनियाँ हो। जो नम्बरवन पावन थिए उनी नै फेरि नम्बर लास्ट पतित बनेका छन्। उनैलाई आफ्नो रथ बनाउँछु। फस्ट नै लास्टमा आउँछन्। फेरि फस्टमा जानु छ। चित्रमा पनि सम्झाइएको छ– ब्रह्माद्वारा मैले आदि सनातन देवीदेवता धर्मको स्थापना गर्छु। यस्तो त भन्नुहुन्न कि म देवीदेवता धर्ममा आउँछ। जुन शरीरमा आएर बस्नुहुन्छ उनी नै फेरि गएर नारायण बन्छन्। विष्णु अरू कोही होइनन्। लक्ष्मी-नारायण अथवा राधा-कृष्णको जोडी भन्न सकिन्छ। विष्णु को हुन्– यो पनि कसैले जान्दैन। बाबा भन्नुहुन्छ– मैले तिमीलाई वेद शास्त्र, सबै चित्र आदिको रहस्य सम्झाउँछु। म जसमा प्रवेश गर्छु उनी नै नारायण बन्छन्। प्रवृत्तिमार्ग हो नि। यी ब्रह्मा, सरस्वती, फेरि उनै लक्ष्मी-नारायण बन्छन्। यिनमा म प्रवेश गरेर ब्राह्मणहरूलाई ज्ञान दिन्छु। त्यसैले यी ब्रह्माले पनि सुन्छन्। यिनले फस्ट नम्बरमा सुन्छन्। यी हुन् ठुलो नदी ब्रह्मपुत्रा। मेला पनि सागर र ब्रह्मपुत्रामा लाग्छ। ठुलो मेला लाग्छ, जहाँ सागर र नदीको सङ्गम हुन्छ। म यिनमा प्रवेश गर्छु। यिनी यस्तो बन्छन्। यिनलाई त्यो बन्नमा एक सेकेन्ड लाग्छ। साक्षात्कार हुनासाथ निश्चय हुन्छ– म यो बन्नेवाला छु। विश्वको मालिक बन्नेवाला छु। त्यसैले यो गदाई के गर्ने? सबै छोडिदिए। तिमीलाई पनि पहिला थाहा भयो– बाबा आउनु भएको छ, यो दुनियाँ खतम हुनेवाला छ अनि तुरुन्तै दौड्यौ। बाबाले भगाउनु भएको होइन। हो, भट्ठी बन्नेवाला थियो। भन्ने गर्छन् कृष्णले भगाउनुभयो। ठीकै छ, कृष्णले भगाउनुभयो अनि पटरानी पनि त बनाउनुभयो नि। त्यसैले यो ज्ञानबाट विश्वको महाराजा-महारानी बन्छौ। यो त राम्रै हो। यसमा गाली खानुपर्ने आवश्यकता छैन। फेरि भन्नुहुन्छ– जब कलङ्क लाग्छ तब मात्र कलङ्कीधर बनिन्छ। कलङ्क लाग्छ शिवबाबामाथि। कति ग्लानि गर्छन्। भन्छन्– हामी आत्माहरू नै परमात्मा हौं, परमात्मा नै हामी आत्माहरू हौ। अब बाबाले सम्झाउनु हुन्छ– यस्तो होइन। हामी आत्माहरू अहिले ब्राह्मण छौं। ब्राह्मण नै सबै भन्दा उच्च कुल हो। यसलाई राजवंश भनिदैन। डिनायस्टी अर्थात् जसमा रजाइँ हुन्छ। यो तिम्रो कुल हो। छ धेरै सहज, हामी ब्राह्मणहरू नै देवता बन्नेवाला हौं। त्यसैले दैवीगुण अवश्य धारण गर्नु छ। सिग्रेट, बिँडी आदिको देवताहरूलाई भोग लगाइन्छ र? श्रीनाथ द्वारेमा घिउको माल बन्छन्। यति धेरै भोग लगाउँछन् कि दोकान नै लाग्छ। यात्रीहरूले गएर लिन्छन्। मनुष्यहरूको धेरै भावना हुन्छ। सत्ययुगमा त यी कुरा हुँदैनन्। यस्ता झिङ्गा आदि हुने छैनन् जसले कुनै चीजलाई बिगारिदिन्छन्। यस्तो बिमारी त्यहाँ हुँदैन। ठुला मानिसहरूकहाँ सफाई पनि धेरै हुन्छ। त्यहाँ त यस्ता कुरा नै हुँदैनन्। रोग आदि हुँदैनन्। यी सबै बिमारीहरू द्वापरदेखि निस्किन्छन्। बाबा आएर तिमीलाई एवरहेल्दी बनाउनु हुन्छ। तिमीले पुरुषार्थ गर्छौ बाबालाई याद गर्ने, जसकारण तिमी सदा निरोगी बन्छौ। आयु पनि लामो हुन्छ। हिजोको कुरा हो। १५० वर्ष आयु थियो नि। अहिले त औसत ४०-५० वर्ष छ, किनकि उनीहरू योगी थिए, यी भोगी हुन्। तिमी राजयोगी, राजऋषि हौ त्यसैले तिमी पवित्र छौ। तर यो हो पुरुषोत्तम सङ्गमयुग। महिना या वर्ष होइन। बाबा भन्नुहुन्छ– म कल्प-कल्प पुरुषोत्तम सङ्गम युगे-युगे आउँछु। बाबाले दिनहुँ सम्झाइरहनु हुन्छ। फेरि पनि भन्नुहुन्छ– एउटा कुरा कहिल्यै पनि न भुल्नु– पावन बन्नु छ भने मलाई याद गर। आफूलाई आत्मा सम्झ। देहका सबै धर्मलाई त्याग गर। अब तिमी फर्केर जानु छ। म आएको छु तिमी आत्मालाई सफा गर्न, जसबाट फेरि शरीर पनि पवित्र मिल्छ। यहाँ त विकारबाट पैदा हुन्छन्। आत्मा जब सम्पूर्ण पवित्र बन्छ तब तिमीले पुरानो जुत्तालाई छोड्छौ। फेरि नयाँ मिल्छ। तिम्रो गायन छ– वन्दे मातरम्। तिमीले धरतीलाई पनि पवित्र बनाउँछौ। तिमी माताहरूले स्वर्गको द्वार खोल्छौ। तर यो कसैले पनि जान्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आत्मारूपी ज्योतिलाई प्रज्ज्वलित गर्नको लागि बिहान सबेरै यादको यात्रामा बस्नु छ। यादले नै खिया निस्किन्छ। आत्मामा जुन मैला चढेको छ, त्यसलाई यादबाट निकालेर सच्चा सुन बन्नु छ।

२) बाबाबाट उच्च पदको पुरस्कार लिनको लागि भावनाको साथसाथै ज्ञानवान र गुणवान पनि बन्नु छ। सेवा गरेर देखाउनु छ।

वरदान:–
चालचलन र चेहरा बाट पवित्रताको शृङ्गारको झलक देखाउने शृङ्गारमूर्त भव

पवित्रता ब्राह्मण जीवनको शृङ्गार हो। अरूलाई हरपल चेहरा र चालचलनबाट पवित्रताको शृङ्गारको अनुभूति होस्। दृष्टिमा, मुखमा, हातमा, पाउमा सदा पवित्रताको शृङ्गार प्रत्यक्ष होस्। सबैले वर्णन गरुन्– यिनको अनुहारमा पवित्रता देखिन्छ। नयनमा पवित्रताको झलक छ, मुखमा पवित्रताको मुस्कुराहट छ। उसको दृष्टिमा अरू कुनै कुरा नआओस्– यसैलाई भनिन्छ– पवित्रताको शृङ्गारबाट सिँगारिएको व्यक्तित्व।

स्लोगन:–
व्यर्थ सम्बन्ध-सम्पर्कले पनि खातालाई खाली बनाइदिन्छ त्यसैले व्यर्थलाई समाप्त गर।