07.04.24    Avyakt Bapdada     Nepali Murli    01.03.99     Om Shanti     Madhuban


सम्पूर्ण पवित्र बनेर संस्कार मिलन मनाउनु– यही सच्चा होली हो


आज बापदादाले चारैतर्फका आफ्ना होलिएस्ट र हाइएस्ट बच्चाहरूलाई देखिरहनु भएको छ। विश्वमा सबै भन्दा श्रेष्ठ र सर्वोच्च श्रेष्ठ आत्मा तिमी बच्चाहरू सिवाए अरू कोही छ? किनकि तिमीहरू सबै सर्वोच्च बाबाका बच्चा हौ। सारा कल्पमा चक्कर लगाएर हेरेमा सबै भन्दा उच्च पदवाला अरू कोही देखिन्छ? राज्य अधिकारी स्वरूपमा पनि तिमीहरू भन्दा कोही उच्च राज्य अधिकारी बनेका छन्? फेरि पुजन र गायनमा हेर जति विधिपूर्वक तिमी आत्माहरूको पूजा हुन्छ त्यो भन्दा धेरै पूजा अरू कसैको हुन्छ? ड्रामाको आश्चर्यजनक रहस्य कति श्रेष्ठ छ, जसमा तिमी स्वयंले चैतन्य स्वरूपमा, यस समयमा आफ्नो पूज्य स्वरूपलाई ज्ञानद्वारा जानेका पनि छौ र देखेका पनि छौ। एकातर्फ तिमी चैतन्य आत्माहरू छौ र अर्कातर्फ तिम्रा जड चित्र पूज्य रूपमा छन्। आफ्नो पूज्य स्वरूपलाई देखिरहेका छौ नि? जड रूपमा पनि छौ र चैतन्य रूपमा पनि छौ। त्यसैले गजबको खेल छ नि! राज्यको हिसाबले पनि सारा कल्पमा निर्विघ्न‚ अखण्ड-अटल राज्य एक तिमी आत्माहरूको नै चल्छ। राजाहरू त धेरै बन्छन् तर तिमी विश्वराजन वा विश्वराजनको रोयल परिवार सबै भन्दा श्रेष्ठ छ। यसरी राज्यमा पनि हाइएस्ट‚ पूज्य रूपमा पनि हाइएस्ट र अहिले सङ्गममा परमात्म वर्साका अधिकारी‚ परमात्म मिलनका अधिकारी‚ परमात्म प्यारका अधिकारी‚ परमात्म परिवारका आत्माहरू अरू कोही बन्छन् र? तिमी नै बन्छौ नि? बनिसकेका छौ वा बनिरहेका छौ? बनि पनि सकेका छौ र अब त वर्सा लिएर सम्पन्न बनेर बाबाको साथसाथै आफ्नो घरमा पनि जाँदैछौ। सङ्गमको सुख‚ सङ्गयुगका प्राप्तिहरू‚ सङ्गमयुगको समय सुन्दर लाग्छ हैन! धेरै प्रिय लाग्छ। राज्यको समय भन्दा पनि सङ्गमको समय प्रिय लाग्छ हैन? प्रिय छ वा चाँडो जान चाहन्छौ? फेरि सोध्छौ किन– बाबा विनाश कहिले होला भनेर? सोच्छौ नि– थाहा छैन विनाश कहिले होला? के होला? हामी कहाँ हुन्छौं? बापदादा भन्नुहुन्छ जहाँ पनि हुनेछौ– यादमा हुनेछौ‚ बाबाको साथमा हुनेछौ। साकारमा वा आकारमा साथ भएमा केही पनि हुनेछैन। साकारमा कथा सुनाइएको छ नि। बिरालोका बच्चाहरू भट्ठीमा परेर पनि सुरक्षित रहन पुगे नि! वा जले? सबै सुरक्षित भए। तिमी परमात्मका बच्चाहरू जो साथ हुनेछौ, तिमीहरू सबै सुरक्षित रहनेछौ। यदि अन्त कहीँ बुद्धि भएमा केही न केही राप लाग्नेछ‚ केही न केही प्रभाव पर्नेछ। साथमा कम्बाइण्ड हुन्छौ‚ एक सेकेण्ड पनि एक्लै भएनौ भने सुरक्षित रहनेछौ। कहिलेकाहीँ कामकाजमा वा सेवामा एक्लै अनुभव गर्छौ र? के गरूँ एक्लै छु‚ धेरै काम छ! फेरि थाकि पनि हाल्छौ। त्यसोभए बाबालाई किन साथी बनाउँदैनौ! दुई भुजा भएकोलाई साथी बनाइदिन्छौ‚ हजार भुजा भएकोलाई किन साथी बनाउँदैनौ। कसले धेरै सहयोग दिन्छ? हजार भुजा भएकाले वा दुई भुजा भएकाले?

सङ्गमयुगमा ब्रह्माकुमार वा ब्रह्माकुमारी एक्लै हुन सक्दैनन्। केवल जब सेवामा‚ कर्मयोगमा धेरै व्यस्त हुन्छौ तब साथ पनि बिर्सिन्छौ र फेरि थाक्छौ। त्यसपछि भन्छौ थाकेँ‚ अब के गर्ने! नथाक‚ बापदादा तिमीलाई सदा साथ दिनको लागि आउनु भएको छ‚ परमधाम छोडेर किन आउनु भएको छ? सुत्दा‚ जाग्दा‚ कर्म गर्दा‚ सेवा गर्दा‚ साथ दिनको लागि त आउनु भएको छ। ब्रह्माबाबा पनि तिमीहरू सबैलाई सहयोग दिनको लागि अव्यक्त बन्नुभयो। व्यक्त रूपले भन्दा अव्यक्त रूपमा सहयोग दिने गति धेरै तीव्र हुन्छ‚ त्यसैले ब्रह्माबाबाले पनि आफ्नो वतन परिवर्तन गरिदिनुभयो। त्यसैले शिवबाबा र ब्रह्माबाबा दुवै हर समय तिमीहरू सबैलाई सहयोग दिनको लागि सदा हाजिर हुनुहुन्छ। तिमीले सोच्यौ मेरो बाबा र सहयोग अनुभव गर्नेछौ। यदि त्यही सेवा‚ सेवा‚ सेवा मात्र याद छ‚ बाबालाई छेउमा बसेर हेर्नको लागि छुट्याइदिन्छौ‚ तब बाबा पनि साक्षी भएर हेर्नुहुन्छ‚ हेरौं कहाँसम्म एक्लै गर्छन्। फेरि पनि आउनु त यहाँ नै पर्छ। त्यसैले बाबाको साथ नछोड। आफ्नो अधिकार र प्रेमको सूक्ष्म धागोले बाँधेर राख। लुज छोडिदिन्छौ। स्नेहलाई लुज बनाइदिन्छौ‚ अधिकारलाई थोरै स्मृतिबाट किनारा गरिदिन्छौ। त्यसैले यस्तो नगर्नु। सर्वशक्तिमानले साथको प्रस्ताव गरिरहनु भएको छ भने यस्तो अफर सारा कल्पमा मिल्छ? मिल्नेछैन नि? त्यसैले बापदादाले पनि साक्षी भएर हेर्नुहुन्छ‚ ठीकै छ हेरौं कहाँसम्म एक्लै गर्छन्!

त्यसैले सङ्गमयुगको सुख र आनन्दलाई इमर्ज गरिराख। बुद्धि व्यस्त रहन्छ हैन, त्यसैले व्यस्त हुनाले स्मृति मर्ज हुनपुग्छ। तिमीले सोच, सारा दिनमा कसैसँग पनि सोधियो- बाबाको याद रहन्छ वा बाबाको याद भुलिन्छ? तब के भन्नेछौ? भुल्दैनौं। यो त सही हो– याद रहन्छ तर इमर्ज रूपमा रहन्छ वा मर्ज रहन्छ? स्थिति के हुन्छ? इमर्ज रूपको स्थिति वा मर्ज रूपको स्थिति‚ यसमा के अन्तर छ? किन इमर्ज रूपमा याद राख्दैनौ? इमर्ज रूपको नसा, शक्ति‚ सहयोग‚ सफलता धेरै ठुलो छ। याद त भुल्न सक्दैनौ किनकि एक जन्मको नाता होइन‚ चाहे शिवबाबा सत्ययुगमा साथमा हुनुहुन्न तर नाता त यही रहन्छ नि! भुल्न सक्दैनौ‚ यो सही हो। हो, कुनै विघ्नको वश भएर भुलि पनि हाल्छौ तर जब नेचुरल रूपमा रहन्छौ त्यतिबेला भुल्दैनौ तर मर्ज रहन्छ त्यसैले बापदादा भन्नुहुन्छ– बारम्बार चेक गर– साथको अनुभव मर्ज रूपमा छ वा इमर्ज रूपमा? प्यार त छँदै छ। प्यार टुट्न सक्छ र? टुट्न सक्दैन हैन? प्यार टुट्न सक्दैन भने प्यारको फाइदा त उठाऊ। फाइदा उठाउने तरिका सिक।

बापदादा देख्नुहुन्छ प्यारले नै बाबाको बनाएको हो। प्यारले नै मधुवन निवासी बनाउँछ। चाहे आफ्नो ठाउँमा जसरी पनि बस्छौ‚ जतिसुकै मेहनत गर्छौ तर फेरि पनि मधुवनमा पुगिहाल्छौ। बापदादाले जान्नुहुन्छ‚ देख्नुहुन्छ‚ कति बच्चाहरूलाई कलियुगी परिस्थितिहरू हुनाले टिकट लिन पनि मुस्किल छ तर प्यारले पुर्याई नै दिन्छ। यस्तो हो नि? प्यारमा पुगिहाल्छन् तर परिस्थितिहरू त दिनप्रतिदिन बढ्दै नै जान्छन्। सच्चा दिलमा साहेब राजी त हुनुहुन्छ नै। स्थूल सहयोग पनि कहीँ न कहीँ जसरी पनि मिलिहाल्छ। चाहे डबल विदेशीहरू हुन्‚ चाहे भारतवासी, यो बाबाको प्यारले सबैको परिस्थितिहरूको पर्खाल पार गराइदिन्छ। यस्तै हो नि? आ-आफ्नो सेवाकेन्द्रमा हेर, यस्ता बच्चा पनि छन् जो यहाँबाट जान्छन्‚ सोच्छन्– थाहा छैन अर्को वर्ष आउन सक्नेछु वा सक्दिन तर फेरि पनि पुगिहाल्छन्। यो हो प्यारको सबुत। अच्छा।

आज होली मनायौ? मनायौ होली? बापदादाले त होली मनाउने होलीहंसहरूलाई देखिरहनु भएको छ। सबै बच्चाहरूको एउटै टाइटल छ होलिएस्ट। द्वापरदेखि लिएर कुनै पनि धर्मात्मा वा महात्माले सबैलाई होलिएस्ट बनाएका छैनन्। स्वयं बन्छन् तर आफ्ना शिष्यहरूलाई‚ साथीहरूलाई होलिएस्ट‚ पवित्र बनाउँदैनन् र यहाँ पवित्रता ब्राह्मण जीवनको मुख्य आधार हो। पढाई पनि के हो? तिम्रो स्लोगन पनि छ “पवित्र बनौं, योगी बनौं”। स्लोगन छ नि? पवित्रता नै महानता हो। पवित्रता नै योगी जीवनको आधार हो। कहिलेकाहीँ बच्चाहरूले अनुभव गर्छन्– यदि चल्दाचल्दै मनसामा पनि अपवित्रता अर्थात् व्यर्थ वा नकारात्मक‚ परचिन्तनका सङ्कल्प चल्छन् भने जति शक्तिशाली योग चाहन्छौ‚ त्यो हुँदैन किनकि अलिकति अंश मात्र पनि सङ्कल्पमा कुनै प्रकारको अपवित्रता छ भने जहाँ अपवित्रताको अंश छ, त्यहाँ पवित्र बाबाको याद जो हुनुहुन्छ‚ जस्तो हुनुहुन्छ त्यसरी आउन सक्दैन। जसरी दिन र रात एकैपटक हुँदैन‚ त्यसैले बापदादाले वर्तमान समयमा पवित्रतामाथि बारम्बार अटेन्सन दिलाउनु हुन्छ। केही समय पहिला बापदादाले केवल कर्ममा अपवित्रताको लागि इसारा दिनुहुन्थ्यो तर अहिले समय सम्पूर्णताको नजिक आइरहेको छ त्यसैले मनसामा पनि अपवित्रताको अंशले धोका दिन्छ। त्यसैले मनसा‚ वाचा‚ कर्मणा‚ सम्बन्ध-सम्पर्क सबैमा पवित्रता अति आवश्यक छ। मनसालाई हल्का नबनाउनु किनकि मनसा बाहिरबाट देखिँदैन तर मनसाले धेरै धोखा दिन्छ। ब्राह्मण जीवनको जुन आन्तरिक वर्सा सदा सुखस्वरूप‚ शान्तस्वरूप‚ मनको सन्तुष्टता हो‚ त्यसको अनुभव गर्नको लागि मनसाको पवित्रता हुनुपर्छ। बाहिरका साधनहरूद्वारा वा सेवाद्वारा आफूले आफैलाई खुसी बनाउनु– यो पनि आफैलाई धोका दिनु हो।

बापदादा देख्नुहुन्छ– कहिलेकाहीँ बच्चाहरूले आफूलाई यही आधारमा राम्रो सम्झेर‚ खुसी सम्झेर धोका दिन्छन्‚ दिइ पनि रहेका छन्। दिन्छन् र दिइ पनि रहेका छन्। यो पनि एक गुह्य रहस्य हो। के हुन्छ भने नि– बाबा दाता हुनुहुन्छ‚ दाताका बच्चा हुन्‚ सेवा युक्तियुक्त छैन भने पनि‚ मिक्स छ‚ केही याद र केही बाहिरका साधनहरू वा खुसीको आधारमा छ‚ दिलको आधारमा होइन, दिमागको आधारमा सेवा गर्छन् भने सेवाको प्रत्यक्षफल उनीहरूलाई पनि मिल्छ‚ किनकि बाबा दाता हुनुहुन्छ र ती त्यसैमा नै खुसी हुन्छन्– वाह, मलाई त फल मिल्यो‚ मेरो सेवा राम्रो छ। तर त्यसबाट सदाकाल मनको सन्तुष्टता रहँदैन र आत्माले योगयुक्त पावरफुल यादको अनुभव गर्न सक्दैन‚ त्यसबाट बञ्चित रहन पुग्छ। बाँकी केही पनि मिल्दैन‚ यस्तो होइन। केही न केही मिल्छ तर जम्मा हुँदैन। कमायो‚ खायो र खतम‚ त्यसैले यसमा पनि अटेन्सन राख्नु। सेवा धेरै राम्रो गरिरहेका छौ‚ फल पनि मिल्यो‚ तर जम्मा हुँदैन‚ त्यसैले जम्मा गर्ने विधि हो– मनसा‚ वाचा‚ कर्मणा पवित्रता। फाउण्डेसन पवित्रता हो। सेवामा पनि फाउण्डेसन पवित्रता हो। स्वच्छ होस्‚ सफा होस्। अरू कुनै पनि भाव नमिसियोस्। भावमा पनि पवित्रता‚ भावनामा पनि पवित्रता। होलीको अर्थ नै हो– पवित्रता। अपवित्रतालाई जलाउनु‚ त्यसैले पहिला जलाउँछन् फेरि मनाउँछन् र फेरि पवित्र बनेर संस्कार मिलन मनाउँछन्। यसरी होलीको अर्थ नै हो– जलाउनु‚ मनाउनु। बाहिरकाहरूले त गला मिलाउँछन् तर यहाँ संस्कार मिलन‚ यही मङ्गल मिलन हुन्छ। यस्तो होली मनायौ वा केवल नाच्यौ? गुलाफजल छर्कियौ? त्यो पनि राम्रो हो, खुब मनाऊ। बपादादा खुसी हुनुहुन्छ ठीकैछ गुलाफजल लगाऊ‚ नाच पनि तर सदा नाच। केवल ५-१० मिनेटको नाच होइन। एक आपसमा गुणहरूको भाइब्रेशन फैलाउनु– यो गुलाफजल छर्किनु हो। जलाउने कुरालाई त तिमीहरूले जानेका छौ नै, के जलाउनु छ! अहिलेसम्म पनि जलाइरहन्छौ? हर वर्ष हात उठाएर जान्छौ‚ मान्छन् दृढ सङ्कल्प भयो। बापदादा खुसी हुनुहुन्छ‚ हिम्मत त राख्छन्। त्यसैले हिम्मतमा बापदादाले बधाई पनि दिनुहुन्छ। हिम्मत राख्नु पनि पहिलो कदम हो। तर बापदादाको शुभ आशा के छ? समयको मिति नहेर। २ हजारमा होला‚ २००१ मा होला‚ २००५ मा होला‚ यो नसोच। ठीकैछ एवररेडी नबन, यसलाई पनि बापदादाले छोडिदिनुहुन्छ‚ तर सोच– धेरै समयको संस्कार त चाहियो नि! तिमीहरूले नै सुनाउँछौ– लामो समयको पुरुषार्थले लामो समयको राज्य अधिकारी बनाउँछ। यदि समय आएपछि दृढ सङ्कल्प गर्यौ‚ तब त्यो लामो समय भयो– अल्पकाल भयो? केमा गणना होला? अल्पकालमा नै होला नि! त्यसोभए अविनाशी बाबासँग के वर्सा लियौ? अल्पकालको। यो राम्रो लाग्छ र? लाग्दैन नि! त्यसैले लामो समयको अभ्यास चाहिन्छ‚ कति समय छ त्यो नसोच‚ जति धेरै समयको अभ्यास हुन्छ‚ त्यति अन्त्यमा पनि धोका खानेछैनौ। लामो समयको अभ्यास छैन भने अहिलेको धेरै समयको सुख‚ धेरै समयको श्रेष्ठ स्थितिको अनुभवबाट पनि बञ्चित हुनेछौ। त्यसैले के गर्नु छ? लामो समय अभ्यास गर्नु छ? यदि कसैको पनि बुद्धिमा मितिको प्रतीक्षा छ भने प्रतीक्षा होइन‚ प्रबन्ध गर। लामो समयको प्रबन्ध गर। मितिलाई पनि तिमीले ल्याउनु छ। समय त अहिले पनि एवररेडी छ‚ भोलि पनि हुनसक्छ तर समय तिम्रो लागि रोकिएको छ। तिमी सम्पन्न बनेमा समयको पर्दा अवश्य हट्नु नै छ। तिमी रोकिएकाले रोकिएको छ। राज्य अधिकारी त तयार होउन् न! तख्त त खाली रहनु भएन नि! के एक्लै विश्वराजन तख्तमा बस्नेछन्! यसबाट शोभा हुन्छ र? रोयल परिवार चाहियो‚ प्रजा चाहियो‚ सबै चाहियो। केवल विश्वराजन तख्तमा बसुन्‚ हेरिरहुन् कहाँ गए मेरा रोयल परिवार! त्यसैले बापदादाको एउटै शुभ आशा छ– सबै बच्चाहरू चाहे नयाँ हुन्‚ चाहे पुराना हुन्‚ जसले पनि आफूलाई ब्रह्माकुमार वा ब्रह्माकुमारी भन्छौ‚ चाहे मधुवनका‚ चाहे विदेशका‚ चाहे भारतवर्षका– हरेक बच्चा लामो समयको अभ्यासले लामो समयका अधिकारी बनुन्। कहिलेकाहीँको होइन। ठीक लाग्यो नि? एक हातको ताली बजाऊ। पछाडि बस्ने होसियार छन्‚ ध्यान दिएर सुनिरहेका छन्। बापदादाले पछाडि बस्नेहरूलाई आफ्नै अगाडि देखिरहनु भएको छ। अगाडि बसेका त छन् नै अगाडि। (मेडिटेसन हलमा बसेर मुरली सुनिरहेका छन्) तल बसेका बापदादाका शिरको ताज भएर बसेका छन्। उनीहरूले पनि ताली बजाइरहेका छन्। तल बसेकालाई त्यागको भाग्य त मिल्नु नै छ। तिमीलाई सम्मुख बसेको भाग्य छ र उनीहरूलाई त्यागको भाग्य जम्मा भइरहेको छ। ठीक छ, बापदादाको एक आशा सुन्यौ! मन पर्यो हैन! अब अर्को वर्ष के देखिनेछ? यसरी नै फेरि पनि हात उठाउनेछौ! हात ठीकैछ उठाऊ‚ दुई-दुई उठाऊ तर मनको हात पनि उठाऊ। दृढ सङ्कल्पको हात सदाको लागि उठाऊ।

बापदादा एक-एक बच्चाको मस्तकमा सम्पूर्ण पवित्रताको चम्किरहेको मणि देख्न चाहनुहुन्छ। नयनमा पवित्रताको झलक‚ दुवै नयनका पवित्रताका तारा‚ रूहानियतले चम्किरहेको देख्न चाहनुहुन्छ। बोलीमा मधुरता‚ विशेषता‚ अमूल्य बोली सुन्न चाहनुहुन्छ। सदा कर्ममा सन्तुष्टता‚ निर्माणता देख्न चाहनुहुन्छ। भावनामा– सदा शुभ भावना र भावमा सदा आत्मिक भाव‚ भाइ भाइको भाव। सदा तिम्रो मस्तकबाट लाइटको‚ फरिस्तापनको ताज देखियोस्। देखिनुको मतलब हो अनुभव हुनु। यस्तो सजिसजाऊ मूर्ति देख्न चाहनुहुन्छ। यस्ता मूर्ति नै श्रेष्ठ पूज्य बन्नेछन्। उनीहरूले त तिम्रा जड चित्र बनाउँछन् तर बाबाले चैतन्य चित्र देख्न चाहनुहुन्छ। अच्छा!

चारैतिरका सदा बापदादाको साथमा रहने‚ समीप सदाका साथी‚ सदा लामो समयको पुरुषार्थद्वारा लामो समयको सङ्गमयुगी अधिकार र भविष्य राज्य अधिकार प्राप्त गर्ने अति समझदार आत्माहरू‚ सदा आफूलाई शक्तिहरू‚ गुणहरूले सजिसजाउ राख्ने‚ बाबाको आशाका दीपक आत्माहरू‚ सदा स्वयंलाई होलिएस्ट र हाइएस्ट स्थितिमा स्थित राख्ने बाबासमान अति स्नेही आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। सर्व विदेश वा देशमा टाढा बसेर पनि सम्मुख अनुभव गर्नेहरूलाई बापदादाको धेरै-धेरै-धेरै यादप्यार। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
समयलाई शिक्षक बनाउनुको सट्टा बाबालाई शिक्षक बनाउने मास्टर रचयिता भव

कति बच्चाहरूलाई सेवाको उमङ्ग त हुन्छ तर वैराग्य वृत्तिमा ध्यान जाँदैन। यसमा अलबेलापन छ। चलिहाल्छ... हुन्छ... भइहाल्छ... समय आएपछि ठीक भइहाल्छ... यस्तो सोच्नु अर्थात् समयलाई आफ्नो शिक्षक बनाउनु। बच्चाहरूले बाबालाई दिलासा दिन्छन्– चिन्ता नगर्नुहोस्, समयमा ठीक भइहाल्छ, गरिहाल्छौं। अगाडि बढ्नेछौं। तर तिमी मास्टर रचयिता हौ, समय तिम्रो रचना हो। रचना मास्टर रचयिताको शिक्षक बनोस्, यसले शोभा दिँदैन।

स्लोगन:–
बाबाको पालनाको रिटर्न हो– स्व र सबैलाई परिवर्तन गर्नमा सहयोगी बन्नु।