08.04.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यी
आँखाले जे जति देख्छौ , यो सबै समाप्त हुनु छ। त्यसैले यसबाट बेहदको वैराग्य राख ,
बाबा ले तिम्रो लागि नयाँ दुनियाँ बनाइरहनु भएको छ।”
प्रश्न:–
तिमी
बच्चाहरूको साइलेन्स (मौनता)मा कुनचाहिँ रहस्य समाहित छ?
उत्तर:–
तिमी साइलेन्समा बस्दा शान्तिधामलाई याद गर्छौ। तिमीलाई थाहा छ– साइलेन्स अर्थात्
जीवन छँदै मर्नु। यहाँ बाबाले सतगुरुको रूपमा तिमीलाई साइलेन्समा बस्न सिकाउनु
हुन्छ। तिमीले साइलेन्समा बसेर आफ्ना विकर्महरूलाई दग्ध गर्छौ। तिमीलाई ज्ञान छ– अब
घर जानु छ। अरू सतसङ्गमा शान्तिमा बस्छन् तर उनलाई शान्तिधामको ज्ञान हुँदैन।
ओम् शान्ति ।
मीठा प्यारा
सिकीलधे रुहानी बच्चाहरूप्रति शिवबाबाले भनिरहनु भएको छ। गीतामा छ– श्रीकृष्णले
भन्नुभयो, तर हो शिवबाबाले भन्नु भएको, कृष्णलाई बाबा भन्न सकिँदैन। तिमीलाई थाहा
छ– पिता दुइटा हुनुहुन्छ, लौकिक र पारलौकिक। पारलौकिकलाई परमपिता भनिन्छ। लौकिकलाई
परमपिता भन्न सकिँदैन। तिमीलाई कुनै लौकिक पिताले सम्झाउनु हुन्न। पारलौकिक बाबाले
पारलौकिक बच्चाहरूलाई सम्झाउनु हुन्छ। पहिला तिमी जान्छौ शान्तिधाममा, जसलाई तिमीले
मुक्तिधाम, निर्वाणधाम वा वानप्रस्थ पनि भनिन्छ। अब बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! अब जानु छ शान्तिधाम। केवल त्यसलाई नै भनिन्छ शान्तिको टावर। यहाँ बस्दा
पहिला शान्तिमा बस्नुपर्छ। कुनै पनि सतसङ्गमा सुरुमा शान्तिमा बस्छन्। तर उनीहरूलाई
शान्तिधामको ज्ञान हुँदैन। बच्चाहरूले जानेका छौ– हामी आत्माहरू यस पुरानो शरीरलाई
छोडेर घर जानु छ। जतिबेला पनि शरीर छुट्न सक्छ, त्यसैले अब बाबाले जे पढाउनु हुन्छ,
त्यो राम्रोसँग पढ्नुपर्छ। उहाँ परम शिक्षक पनि हुनुहुन्छ। सद्गतिदाता, गुरु पनि
हुनुहुन्छ, उहाँसँग योग लगाउनु छ। उहाँ एकले नै तीन सेवा गर्नु हुन्छ। यस्तो अरू
कसैले एउटैले तीन सेवा गर्न सक्दैन। यो कुरा एकै बाबाले शान्ति पनि सिकाउनु हुन्छ।
जीवन छँदै मर्नुलाई साइलेन्स भनिन्छ। तिमीलाई थाहा छ– हामीलाई अब शान्तिधाम घरमा
जानु छ। जबसम्म पवित्र आत्मा बन्दैनौ, तबसम्म फर्केर घर कोही जान सकिदैन। जानु त
सबैलाई छ। पछि गएर पाप कर्महरूको सजाय मिल्छ, पद पनि भ्रष्ट हुन्छ। सजाय पनि
खानुपर्ने हुन्छ किनकि मायाबाट हार्छन्। बाबा आउनु हुन्छ नै मायामाथि विजयी बनाउन।
तर लापरवाहीको कारण बाबालाई याद गर्दैनन्। यहाँ त एक बाबालाई नै याद गर्नुपर्छ।
भक्तिमार्गमा पनि धेरै भट्किन्छन्, जसको अगाडि शिर झुकाउँछन्, उनलाई नै चिन्दैनन्
बाबा आएर भट्किनबाट छुटाइदिनु हुन्छ। सम्झाइन्छ– ज्ञान हो दिन, भक्ति हो रात। रातमा
नै धक्का खाइन्छ। ज्ञानबाट दिन अर्थात् सत्ययुग त्रेता। भक्ति अर्थात् रात, द्वापर
कलियुग। यो हो सारा ड्रामाको अवधि। आधा समय दिन, आधा समय रात। प्रजापिता
ब्रह्माकुमार कुमारीहरूको दिन र रात। यो बेहदको कुरा हो। बेहदका बाबा बेहदको सङ्गममा
आउनु हुन्छ, त्यसैले भनिन्छ शिवरात्रि। मानिसहरूले यो बुझ्दैनन्– शिवरात्रि केलाई
भनिन्छ? तिमीहरू सिवाय अरू कसैलाई पनि शिवरात्रिको महत्त्व थाहा छैन किनकि यो हो
बीचको समय। जब रात पूरा भएर दिन सुरु हुन्छ, यसैलाई भनिन्छ पुरुषोत्तम सङ्गमयुग।
पुरानो दुनियाँ र नयाँ दुनियाँको बीच। बाबा आउनु हुन्छ नै पुरुषोत्तम सङ्गम
युगे-युगे। यस्तो होइन, युगे-युगे। सत्ययुग-त्रेताको सङ्गम, त्यसलाई पनि सङ्गमयुग
भनिदिन्छन्। बाबा भन्नुहुन्छ– यो गल्ती हो।
शिवबाबा भन्नुहुन्छ–
मलाई याद गरेमा पाप नाश हुन्छ, यसलाई योग अग्नि भनिन्छ। तिमीहरू सबै ब्राह्मण हौ।
योग सिकाउँछौ पवित्र हुनको लागि। ती ब्राह्मणहरूले काम चितामा चढाउँछन्। ती
ब्राह्मण र तिमी ब्राह्मणहरूमा रात दिनको फरक छ। ती हुन् कोख वंशावली, तिमी हौ मुख
वंशावली। हरेक कुरा राम्रोसँग बुझ्नुपर्ने छन्। हुन त जो आए पनि उनलाई सम्झाइन्छ,
बेहदका बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ, अनि बेहदका बाबाको वर्सा मिल्छ। फेरि
जति जति दैवीगुण धारण गरिन्छ र गराइन्छ त्यति उच्च पद प्राप्त हुन्छ। बाबा आउनु
हुन्छ नै पतितहरूलाई पावन बनाउन। त्यसैले तिमीले पनि यो सेवा गर्नु छ। पतित त सबै
छन्। गुरुहरूले कसैलाई पावन बनाउन सक्दैनन्। पतित-पावन नाम शिवबाबाको हो। उहाँ यहाँ
नै आउनु हुन्छ। जब सबै पूरै पतित बन्छन्, ड्रामा प्लान अनुसार, तब बाबा आउनु हुन्छ।
सुरुमा त बच्चाहरूलाई एक बाबाको बारेमा सम्झाइन्छ, मलाई याद गर। तिमीले भन्छौ नि–
उहाँ पतित-पावन हुनुहुन्छ। रुहानी बाबालाई भनिन्छ पतित-पावन। भन्ने गर्छन्– हे
भगवान अथवा हे बाबा! तर परिचय कसैलाई छैन। अहिले तिमी सङ्गमवासीहरूलाई परिचय मिलेको
छ। तिनीहरू हुन् नर्कवासी। तिमी नर्कवासी होइनौ। हो, यदि कसैले हार खान्छ भने त
एकदम गिर्न पुग्छ। गरेको कमाइ समाप्त हुन्छ। पतितबाट पावन हुनु नै मूल कुरा हो । यो
हो नै विकारी दुनियाँ। त्यो हो निर्विकारी दुनियाँ, नयाँ दुनियाँ, जहाँ देवताहरूले
राज्य गर्छन्। अब तिमी बच्चाहरूलाई थाहा भएको छ। पहिला आउने देवताहरूले नै सबै भन्दा
धेरै जन्म लिन्छन्। त्यसमा पनि जो पहिला सूर्यवंशी हुन्छन् ती पहिला आउँछन्, २१
पिँढी वर्सा पाउँछन्। पवित्रता, सुख, शान्तिको यो कति बेहदको वर्सा हो। सत्ययुगलाई
पूरा सुखधाम भनिन्छ। त्रेता हो आधा किनकि दुई कला कम हुन्छ। कला कम भएपछि प्रकाश पनि
कम हुन पुग्छ। चन्द्रमाको पनि कला कम भएपछि प्रकाश कम हुन पुग्छ। आखिरमा गएर रेखा
मात्रै रहन्छ। शून्य (निल) हुँदैन। तिम्रो पनि त्यस्तै हो– शून्य हुँदैन। यसैलाई
भनिन्छ आँटामा नुन।
बाबा बसेर
आत्माहरूलाई सम्झाउनु हुन्छ। यो हो आत्मा र परमात्माको मेला। यसमा बुद्धिबाट काम
लिइन्छ। परमात्मा कहिले आउनु हुन्छ? जब धेरै आत्माहरू अथवा धेरै मानिस हुन्छन् तब
परमात्मा मेलामा आउनु हुन्छ। आत्मा र परमात्माको मेला केको लागि लाग्छ? ती मेला त
मैला हुनको लागि हुन्। यस समयमा तिमी बागवानद्वारा काँडाबाट फूल बनिरहेका छौ। कसरी
बन्दैछौ? यादको बलद्वारा। बाबालाई भनिन्छ सर्वशक्तिमान। जसरी बाबा सर्वशक्तिमान
हुनुहुन्छ, त्यसैगरी रावण पनि कम शक्तिमान छैन। बाबा स्वयं भन्नुहुन्छ– माया धेरै
बलवान् छ, दुस्मन हो। भन्छन्– बाबा हामीले हजुरलाई याद गर्छौं, मायाले हाम्रो
यादलाई नै भुलाइदिन्छ। एक अर्काका दुस्मन भए नि। बाबा आएर मायामाथि विजय प्राप्त
गराउनु हुन्छ, मायाले फेरि हराइदिन्छ। देवता र असुरहरूको युद्ध देखाएका छन्। तर
यस्तो कुनै कुरा हुँदैन। युद्ध त यो हो। तिमीले बाबालाई याद गरेर देवता बन्छौ।
मायाले यादमा विघ्न पार्छ, पढाइमा विघ्न पार्दैन। यादमा नै विघ्न पर्छ। घरी घरी
मायाले भुलाइदिन्छ। देह अभिमानी बनेपछि मायाको थप्पड लाग्छ। जो कामी (विकारी) छन्,
उनको लागि एकदम कडा शब्द भन्ने गर्छन्। यो हो नै रावणराज्य। यहाँ पनि सम्झाइन्छ–
पावन बन, तैपनि बन्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! विकारमा नजाऊ, कालो
मुख नपार। फेरि पनि लेख्छन्– बाबा मायाले हराइदियो अर्थात् कालो मुख पारेर बस्छन्।
गोरो र कालो हुन्छन् नि। विकारी कालो र निर्विकारी गोरो हुन्छन्। श्याम-सुन्दरको पनि
अर्थ तिमीहरू सिवाय दुनियाँमा अरू कसैले जान्दैनन्। कृष्णलाई पनि श्याम-सुन्दर भन्ने
गर्छन्। बाबाले उनीहरूकै नामको अर्थ सम्झाउनु हुन्छ। स्वर्गको एक नम्बर राजकुमार
थिए। सुन्दरतामा नम्बरवन यी पास हुन्छन्। फेरि पुनर्जन्म लिँदा लिँदा तल उत्रिँदै
कालो बन्न पुग्छन्। त्यसैले नाम राखिएको छ श्याम-सुन्दर। यो अर्थ पनि बाबाले
सम्झाउनु हुन्छ। शिवबाबा त हुनुहुन्छ नै सदा सुन्दर। उहाँ आएर तिमी बच्चाहरूलाई
सुन्दर बनाउनु हुन्छ। पतित कालो, पावन सुन्दर हुन्छन्। स्वाभाविक सुन्दरता हुन्छ।
तिमी बच्चाहरू आएका छौ स्वर्गको मालिक बन्नको लागि। गायन पनि छ– शिव भगवानुवाच,
माताहरूले स्वर्गको द्वार खोल्छन्। त्यसैले वन्दे मातरम् गायन गरिन्छ। वन्दे मातरम्
भएपछि पिता पनि अवश्य हुने भए। बाबाले माताहरूको महिमालाई बढाउनु हुन्छ। पहिला
लक्ष्मी, पछि नारायण। यहाँ फेरि पहिला श्रीमान, पछि श्रीमती। ड्रामाको रहस्य यसरी
बनेको छ। बाबा रचयिताले पहिला आफ्नो परिचय दिनुहुन्छ। एक हदको लौकिक पिता, अर्को
बेहदका पारलौकिक पिता हुनुहुन्छ। बेहदको बाबालाई याद गर्छन् किनकि उहाँबाट बेहदको
वर्सा मिल्छ। हदको वर्सा मिलेर पनि बेहदको बाबालाई याद गर्छन्। बाबा हजुर आउनुभयो
भने हामीले अरू सङ्गत छोडेर एक हजुरसँग नै जोड्नेछौं। यो कसले भन्यो? आत्माले।
आत्माले नै यी अङ्गहरूद्वारा पार्ट खेल्छ। हर एक आत्माले जस्तो जस्तो कर्म गर्छ,
त्यस्तै त्यस्तै जन्म लिन्छ। धनवान नै गरिब बन्छ। कर्म हो नि। यी लक्ष्मी-नारायण
विश्वका मालिक हुन्। यिनीहरूले के गरे, यो त तिमीहरूले जान्दछौ, अरूलाई सम्झाउन
सक्छौ।
बाबा भन्नुहुन्छ– यी
आँखाद्वारा तिमीले जे जति देख्छौ, त्यसबाट वैराग्य हुनुपर्छ। यो त सबै विनाश भएर
जानु छ। नयाँ घर बनाए पछि फेरि पुरानोबाट वैराग्य आउँछ। बच्चाहरूले भन्छन्– बाबाले
नयाँ घर बनाउनु भएको छ, हामी त्यसमा जानेछौं। त्यो पुरानो घर त टुटफुट हुन्छ। यो हो
बेहदको कुरा। बच्चाहरूले जानेका छन्– बाबा आउनु भएको छ स्वर्गको स्थापना गर्नको लागि।
यो पुरानो फोहोरी दुनियाँ हो।
तिमी बच्चाहरू अहिले
त्रिमूर्ति शिवको अगाडि बसेका छौ। तिमीले विजय प्राप्त गर्छौ। वास्तवमा तिम्रो यो
त्रिमूर्ति कोर्ट अफ आर्म्स (राष्ट्रिय प्रतीक छाप) हो। तिमी ब्राह्मणहरूको यो कुल
सबै भन्दा उच्च हो। चोटी हो। यो रजाइँ स्थापना भइरहेको छ। यस कोट अफ आर्म्सलाई तिमी
ब्राह्मणहरूले जान्दछौ। शिवबाबाले हामीलाई ब्रह्माद्वारा पढाउनु हुन्छ, देवी देवता
बनाउनको लागि। विनाश त हुन नै छ। दुनियाँ तमोप्रधान बनेपछि प्राकृतिक प्रकोपले पनि
मदत गर्नेछ। बुद्धिबाट कति साइन्सका आविष्कार गरिरहन्छन्। पेटबाट कुनै मुसल
निकाल्दैनन्। यस्तो साइन्स निस्केको छ, जसबाट सारा कुललाई विनाश गरिदिन्छन्।
बच्चाहरूलाई सम्झाइएको छ– सबै भन्दा उच्च हुनुहुन्छ शिवबाबा। पूजा पनि गर्नुपर्छ–
एक शिवबाबाको अनि देवताहरूको। ब्राह्मणहरूको पूजा हुन सक्दैन किनकि तिम्रो आत्मा
पवित्र भए पनि शरीर त पवित्र हुँदैन, त्यसैले पूजन लायक हुन सक्दैनौ। महिमा लायक
हुन सक्छौ। जब फेरि तिमी देवता बन्छौ तब आत्मा पनि पवित्र, शरीर पनि नयाँ पवित्र
मिल्छ। यस समयमा तिमी महिमा लायक छौ। वन्दे मातरम् गायन गरिन्छ। माताहरूको सेनाले
के गरे? माताहरूले नै श्रीमत अनुसार ज्ञान दिएका हुन्। माताहरूले सबैलाई श्रीमत
अनुसार ज्ञान दिन्छन्। माताहरूले सबैलाई ज्ञान अमृत पिलाउँछन्। यथार्थ रीतिले तिमीले
बुझ्छौ। शास्त्रहरूमा त धेरै कहानीहरू लेखिएका छन्, त्यो बसेर सुनाउँछन्। तिमीले
सत्य कुरा भनिरहेका छौ। तिमीले बसेर यो सुनायौ भने सत्य सत्य भन्नेछन्। अब त तिमीले
सत्य सत्य भन्दैनौ। मानिसहरू त यस्ता पत्थरबुद्धि छन्, जसकारण सत्य सत्य भनिरहन्छन्।
गायन पनि छ– पत्थरबुद्धि र पारसबुद्धि। पारसबुद्धि अर्थात् पारसनाथ। नेपालमा
पारसनाथको मन्दिर छ। पारसपुरीका नाथ यी लक्ष्मी-नारायण हुन्। उनीहरूको डिनायस्टी
हुन्छ। अब मूल कुरा हो– रचयिता र रचनाको रहस्यलाई जान्नु, जसको लागि ऋषिमुनिहरूले
पनि नेति नेति भन्दै आए। अहिले तिमीले बाबाद्वारा सबै कुरा जान्दछौ अर्थात् आस्तिक
बन्छौ। माया रावणले नास्तिक बनाउँछ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदैव स्मृति रहोस्– हामी ब्रह्मा मुख वंशावली ब्राह्मण हौं, हाम्रो कुल सबै भन्दा
उच्च हो। हामी पवित्र बन्नु र बनाउनु छ। पतित-पावन बाबाको सहयोगी बन्नु छ।
२) यादमा कहिल्यै
लापर्बाही गर्नु हुँदैन। देह अभिमानको कारण नै मायाले यादमा विघ्न पार्छ। त्यसैले
पहिला देह अभिमानलाई छोड्नु छ। योग अग्निद्वारा पाप नाश गर्नु छ।
वरदान:–
साधनको
प्रवृत्तिमा रहँदा रहँदै कमल फूल समान न्यारा र प्यारा रहने बेहदको वैरागी भव
साधन मिलेका छन् भने
तिनलाई विशाल दिलले प्रयोग गर, यी साधन तिम्रै लागि हुन्, तर साधनालाई कम (मर्ज)
नगर। पूरा सन्तुलन होस्। साधन खराब होइन, साधन त तिम्रो कर्मको, योगको फल हो। तर
साधनको प्रवृत्तिमा रहँदा कमलपुष्प समान न्यारा र बाबाको प्यारा बन। प्रयोग गर्दा
तिनीहरूको प्रभावमा नआऊ। साधनहरूमा बेहदको वैराग्यवृत्ति कम (मर्ज) नहोस्। पहिला
स्वयंमा यसलाई प्रत्यक्ष (इमर्ज) गर फेरि विश्वमा वायुमण्डल बनाऊ।
स्लोगन:–
परेसानलाई
आफ्नो सानमा स्थित गर्नु नै सबै भन्दा राम्रो सेवा हो।