09.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अब सबै तिरबाट तिम्रो लगाव टुट्नुपर्छ किनकि घर जानु छ। कुनै यस्तो विकर्म नहोस् जसले गर्दा ब्राह्मण कुलको नाम बदनाम हुन्छ ।”

प्रश्न:–
बाबा कुन बच्चाहरूलाई देखेर धेरै हर्षित हुनुहुन्छ? कुनचाहिं बच्चा बाबाको आँखामा रहन्छन्?

उत्तर:–
जुन बच्चाहरूले धेरैलाई सुखदायी बनाउँछन्, सेवाधारी छन्, उनीहरूलाई देखेर बाबा पनि हर्षित हुनुहुन्छ। जुन बच्चाहरूको बुद्धिमा हुन्छ– एक बाबासँग नै बोलौं, बाबासँग नै कुरा गरौं.... यस्ता बच्चाहरू बाबाको आँखामा रहन्छन्। बाबा भन्नुहुन्छ– मेरो सेवा गर्ने बच्चा मलाई अति प्रिय छन्। यस्ता बच्चाहरूलाई मैले याद गर्छु।

ओम् शान्ति ।
मिठा प्यारा रुहानी बच्चाहरूले यो त जान्दछौ कि हामी बाबाको सामुन्ने बसेका छौं, उहाँ बाबा फेरि शिक्षकको रूपमा पढाउनेवाला पनि हुनुहुन्छ। उहाँ बाबा नै पतित-पावन सद्गतिदाता पनि हुनुहुन्छ। साथमा लैजानेवाला पनि हुनुहुन्छ र मार्ग पनि धेरै सहज बताउनु हुन्छ। पतितबाट पावन बनाउनको लागि कुनै मेहनत गराउनुहुन्न। कहीँ पनि जाऊ घुम्दा फिर्दा, वेलायतमा जाँदा, केवल आफूलाई आत्मा सम्झ। त्यो त जान्दछौ। तर फेरि पनि भन्नुहुन्छ– आफूलाई आत्मा निश्चय गर, देह अभिमानलाई छोडेर आत्म अभिमानी बन। हामी आत्मा हौं, शरीर लिन्छौं पार्ट खेल्नको लागि। एउटा शरीरबाट पार्ट खेलेर फेरि अर्को लिन्छौं। कसैको पार्ट १०० वर्षको, कसैको ८० वर्षको, कसैको २ वर्षको, कसैको ६ महिनाको। कोही त जन्मने बित्तिकै मर्छन्। कोही जन्म लिनु भन्दा पहिला गर्भमा नै खतम हुन्छन्। अब यहाँको पुनर्जन्म र सत्ययुगको पुनर्जन्ममा रातदिनको फरक छ। यहाँ गर्भबाट जन्म लिन्छन् भने यसलाई गर्भ जेल भनिन्छ। सत्ययुगमा गर्भ जेल हुँदैन। त्यहाँ विकर्म नै हुँदैन, रावण राज्य नै हुँदैन। बाबाले सबै कुरा सम्झाउनु हुन्छ। बेहदका बाबा बसेर यस शरीरद्वारा सम्झाउनु हुन्छ। यस शरीरको आत्माले पनि सुन्छ। सुनाउनेवाला ज्ञानसागर बाबा हुनुहुन्छ, जसको आफ्नो शरीर छैन। उहाँ सदैव शिव नै कहलाउनु हुन्छ। जसरी उहाँ पुनर्जन्म रहित हुनुहुन्छ, त्यसैगरी नाम रूप लिनबाट पनि रहित हुनुहुन्छ। उहाँलाई भनिन्छ सदा शिव। सदैव शिव नै हुनुहुन्छ, शरीरको कुनै नाम हुँदैन। यिनमा प्रवेश गर्नुहुन्छ तैपनि यिनको शरीरको नाम उहाँको नामबाट राखिदैन। तिम्रो यो हो बेहदको संन्यास, तिनीहरू हदका संन्यासी हुन्छन्। तिनीहरूको पनि नाम फेरिन्छ। तिम्रो नाम पनि बाबाले कति राम्रो राम्रो राख्नुभयो। ड्रामा अनुसार जसलाई नाम दिनुभयो उनीहरू मध्ये कति गायब भए। बाबाले सम्झिनुभयो– मेरा बनेका हुन् भने अवश्य कायम रहनेछन्, सम्बन्ध तोड्ने छैनन्, तर तोडिदिए। त्यसैले फेरि नाम राखेर मात्रै के फाइदा? संन्यासी पनि फेरि घर फर्किएर आए भने फेरि पुरानो नाम नै चल्छ। घरमा फर्किन्छन् नि। यस्तो होइन– संन्यास गर्छन् त्यसैले उनीहरूलाई मित्र सम्बन्धी आदि याद हुँदैन। कसैलाई त सबै मित्र सम्बन्धी आदि याद आइरहन्छ। मोहमा फसेर मर्छन्। धागो जुटि रहन्छ। कसैको त तुरून्त कनेक्सन टुट्छ। तोड्नु त छ नै। बाबाले सम्झाउनु भएको छ– अब फर्केर घर जानु छ। बाबा स्वयं बसेर बताउनु हुन्छ, बिहान पनि बाबाले बताइरहनु भएको थियो नि। हेर्दा हेर्दै मनमा सुख हुन्छ... किन? आँखामा बच्चाहरू रहेका हुन्छन्। आत्मा त नूर (ज्योति) हो नै। बाबा पनि बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ नि। कोही त धेरै राम्रो बच्चा हुन्छन्, सेन्टर सम्हाल्छन् र कोही ब्राह्मण बनेर फेरि विकारमा गए भने उनीहरू अवज्ञाकारी हुन्छन्। यहाँ बाबा पनि सेवाधारी बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। बेहदका बाबा भन्नुहुन्छ यो त कुल कलङ्कित निस्कियो। ब्राह्मण कुलको नाम बदनाम गर्छन्। बच्चाहरूलाई सम्झाइरहनु हुन्छ, कसैको पनि नाम रूपमा फस्नु हुँदैन, उनीहरूलाई पनि सेमी कुल कलङ्कित भनिन्छ। सेमीबाट फेरि फाइनल पनि हुन जान्छन्। स्वयं लेख्छन् बाबा म गिरेँ, मैले कालो मुख पारिदिएँ। मायाले धोका दियो। मायाको तुफान धेरै आउँछ। बाबा भन्नुहुन्छ– काम कटारी चलायौ भने यो पनि एक अर्कालाई दु:ख दियौ त्यसैले प्रतिज्ञा गराउनु हुन्छ, रगत निकालेर पनि त्यसबाट ठुलो पत्र लेख्छन्। आज उनीहरू छैनन्। बाबा भन्नुहुन्छ ओहो माया! तिमी धेरै जबरजस्त छौ। यस्ता यस्ता बच्चाहरू जसले रगतले पनि लेखेर दिए, माया तिमीले उनीहरूलाई पनि खाइदिन्छौ। जसरी बाबा समर्थ हुनुहुन्छ, त्यसैगरी माया पनि समर्थ छ। आधाकल्प बाबाको सामर्थ्यको वर्सा मिल्छ, आधाकल्प फेरि मायाले त्यो सामर्थ्य गुमाइदिन्छ। यो हो यहाँको कुरा। देवीदेवता धर्मका नै सम्पन्नबाट विपन्न बन्छन्। अहिले तिमी लक्ष्मी-नारायणको मन्दिरमा गयौ भने आश्चर्य मान्छौ, हामी त यस घरानाका थियौं, अहिले हामीले पढिरहेका छौं। यिनको आत्माले पनि बाबासँग पढिरहेको छ। पहिला त जहाँतहिँ तिमीले ढोग्थ्यौ। अहिले ज्ञान छ, हरेकको सारा ८४ जन्मको बायोग्राफी तिमीलाई थाहा छ। हरेकले आफ्नो पार्ट खेल्छन्।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सदैव हर्षित रहनु छ। यहाँको हर्षितपनको संस्कार फेरि साथमा लैजान्छौ। तिमीलाई थाहा छ– हामी के बन्छौं? बेहदका बाबाले हामीलाई यो वर्सा दिइरहनु भएको छ, अरू कसैले दिन सक्दैन। एउटा पनि मनुष्य छैन जसलाई थाहा हुन्छ कि यी लक्ष्मी-नारायण कहाँ गए। सम्झन्छन् जहाँबाट आएका हुन् त्यहीँ गए। बाबा भन्नुहुन्छ– अब बुद्धिले निर्णय गर भक्तिमार्गमा पनि तिमीले वेद शास्त्र पढ्छौ, अहिले मैले तिमीलाई ज्ञान सुनाउँछु। तिमीले निर्णय गर– भक्ति राइट हो कि हामी राइट छौं? बाबा, राम हुनुहुन्छ राइटियस, रावण छ अनराइटियस। हरेक कुरामा असत्य बोल्छन्। यो ज्ञानको कुराको लागि भनिन्छ। तिमीले बुझ्छौ पहिला हामी सबै असत्य बोल्थ्यौं। दानपुण्य आदि गरेर पनि सिँढी तल नै झर्छन्। तिमीले दिन्छौ पनि आत्माहरूलाई। पापात्माले पापात्मालाई दिने हो भने फेरि पुण्य आत्मा कसरी बन्छन्? त्यहाँ आत्माहरूको लेनदेन हुँदै हुँदैन। यहाँ त लाखौ रुपैयाँको कर्जा लिन्छन्। यस रावणराज्यमा कदम कदममा मनुष्यहरूलाई दु:ख छ। अहिले तिमी सङ्गममा छौ। तिम्रो त कदम कदममा पदम छ। देवताहरू पदमपति कसरी बने? यो कसैलाई पनि थाहा छैन। स्वर्ग त अवश्य थियो। निसानीहरू छन्। बाँकी उनीहरूलाई यो थाहा हुँदैन– अघिल्लो जन्ममा कुन चाहिँ कर्म गरेका थियौं, जसले गर्दा अहिले राज्य मिलेको छ। त्यो त हो नै नयाँ सृष्टि। फालतु ख्याल नै हुँदैन। त्यसलाई भनिन्छ नै सुखधाम। ५ हजार वर्षको कुरा हो। तिमीले पढ्छौ सुखको लागि, पावन बन्नको लागि। अथाह युक्तिहरू निस्कन्छन्। बाबाले कति राम्रो रीतिले सम्झाउनु हुन्छ, शान्तिधाम आत्माहरूको निवासस्थान हो, त्यसलाई स्वीट होम भनिन्छ। जसरी वेलायतबाट आउँदा सम्झन्छन् अब हामी आफ्नो स्वीट होममा जान्छौं। तिम्रो स्वीट होम हो शान्तिधाम। बाबा पनि शान्तिका सागर हुनुहुन्छ नि, कसैको पार्ट नै अन्त्यमा हुन्छ भने कति समय शान्तिमा रहन्छन् होला। बाबाको धेरै कम पार्ट छ भनिन्छ। यस ड्रामामा तिम्रो छ हिरो हिरोइनको पार्ट। तिमी विश्वको मालिक बन्छौ। यो नसा कहिल्यै अरू कसैमा हुन सक्दैन। अरू कसैको तकदीरमा स्वर्गको सुख छँदै छैन। यो त तिमी बच्चाहरूलाई नै मिल्छ। जुन बच्चाहरूलाई बाबाले देख्नुहुन्छ, भन्छन् बाबा तिमीसँग नै बोलौँ, तिमीसँग नै कुरा गरौँ.... बाबा पनि भन्नुहुन्छ म तिमी बच्चाहरूलाई हेरी हेरी धेरै हर्षित हुन्छु। म ५ हजार वर्ष पछि आएको छु, बच्चाहरूलाई दु:खधामबाट सुखधाममा लैजान्छु किनकि काम चितामा चढ्दा चढ्दा जलेर भस्म भएका छन्। अब उनीहरूलाई गएर चिहानबाट निकाल्नु छ। आत्माहरू त सबै हाजिर छन् नि। उनीहरूलाई पावन बनाउनु छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! बुद्धिले एक सतगुरुलाई याद गर र अरू सबैलाई भुल। एकसँग नै सम्बन्ध राख्नु छ। तिम्रो भनाइ पनि थियो तपाई आउनु भयो भने तपाई सिवाए अरू कसैको हुने छैनौँ। तपाईको नै मतमा चल्नेछौं। श्रेष्ठ बन्नेछौँ। महिमा पनि गाउँछन्– उच्च भन्दा उच्च भगवान हुनुहुन्छ। उहाँको मत पनि उच्च भन्दा उच्च छ। बाबा स्वयं भन्नुहुन्छ यो ज्ञान जुन अब तिमीलाई दिन्छु त्यो फेरि प्राय: लोप हुन्छ। भक्तिमार्गको शास्त्र त परम्परा देखि चलि आउँछ। भन्छन् रावण पनि चल्दै आउँछ। तिमीले सोध रावणलाई कहिले देखि जलाउनु भएको हो, किन जलाउनु हुन्छ? केही पनि थाहा छैन। अर्थ नबुझ्नाको कारण कति उत्सव गर्छन्। धेरै मानिसलाई बोलाउँछन्। मानौँ उत्सव गर्छन्, रावणलाई जलाउने। तपाईले बुझ्न सक्नुहुन्न रावणलाई कहिले देखि बनाउँदै आएका हुन्? दिनप्रतिदिन ठुलो बनाउँदै जान्छन्, भन्छन्– यो परम्परादेखि चलि आएको हो। तर यस्तो त हुन सक्दैन। आखिर रावणलाई कहिलेसम्म जलाउँदै जानेछन्? तिमीले त जानेका छौ– बाँकी थोरै समय छ त्यसपछि त यिनको राज्य नै हुने छैन। बाबा भन्नुहुन्छ– यो रावण सबै भन्दा ठुलो दुस्मन हो, यसमाथि विजय प्राप्त गर्नु छ। मनुष्यहरूको बुद्धिमा धेरै कुरा छ। तिमीलाई थाहा छ– यस ड्रामामा सेकेन्ड बाई सेकेन्ड जे पनि चल्दै आयो, त्यो सबै निश्चित छ। तिमीले तिथि मिति सारा हिसाब निकाल्न सक्छौ– कति घण्टा, कति वर्ष, कति महिना हाम्रो पार्ट चल्छ। यो सारा ज्ञान बुद्धिमा हुनुपर्छ। बाबाले हामीलाई यो कुरा सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ– म पतित-पावन हुँ। तिमीले मलाई बोलाउँछौ– आएर पावन बनाउनुहोस्। पावन दुनियाँ हुन्छ शान्तिधाम र सुखधाम। अहिले त सबै पतित छन्। हरहमेसा बाबा बाबा भनिराख। यो भुल्नु छैन तब सदैव शिवबाबाको याद आउँछ। उहाँ हाम्रो बाबा हुनुहुन्छ। पहिला त उहाँ बेहदको बाबा हुनुहुन्छ। बाबा भन्नासाथ वर्साको खुसीमा आउँछन्। केवल भगवान वा ईश्वर भन्नाले कहिल्यै यस्तो विचार आउने छैन। सबैलाई भन– बेहदको बाबाले सम्झाउनु हुन्छ ब्रह्माद्वारा। यो उहाँको रथ हो। यिनीद्वारा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई यस्तो बनाउँछु। यस ब्याजमा सारा ज्ञान भरिएको छ। पछाडि गएर तिमीलाई यही शान्तिधाम, सुखधाम याद रहनेछ। दु:खधामलाई त भुल्दै जान्छौ। यो पनि जान्दछौ, फेरि नम्बरवार सबै आ-आफ्नो टाइममा आउँछन्। इस्लामी, बौद्धी, क्रिस्चियन आदि कति धेरै छन्। अनेक भाषाहरू छन्। पहिला थियो एक धर्म फेरि त्यसबाट कति निस्किएका छन्। कति लडाइँ आदि भएको छ। लड्न त सबै लड्छन् किनकि अनाथ बन्छन् नि। अब बाबा भन्नुहुन्छ– मैले तिमीलाई जुन राज्य दिन्छु त्यो कहिल्यै कसैले तिमीसँग खोस्न सक्दैन। बाबाले स्वर्गको वर्सा दिनुहुन्छ, जुन कसैले छिन्न सक्दैन। यसमा अखण्ड, अटल, अडोल रहनु छ। मायाको तुफान त अवश्य आउँछ। पहिला जो अगाडि हुन्छ उसले त सबै अनुभव गर्नु पर्छ नि। रोग आदि सबै सधैँको लागि खतम हुनु छ, त्यसैले कर्मको हिसाबकिताब, रोग आदि धेरै आयो भने यसमा डराउनु हुँदैन। यो सबै पछाडिको कुरा हो, फेरि हुने छैन। अहिले सबै बाहिर निस्किन्छ। बुढाहरूलाई पनि मायाले जवान बनाइदिन्छ। मनुष्यहरूले वानप्रस्थ लिन्छन्, तर त्यहाँ महिला हुँदैनन्। संन्यासीहरू पनि जङ्गलमा जान्छन्। त्यहाँ पनि महिला हुँदैनन्। कसैतिर हेर्दा पनि हेर्दैनन्। भिक्षा लिए, हिँडे। पहिला त कत्ति पनि स्त्रीतर्फ हेर्दा पनि हेर्दैनथे। सम्झन्थे– अवश्य बुद्धि जान्छ। बहिनी भाइको सम्बन्धमा पनि बुद्धि जान्छ, त्यसैले बाबा भन्नुहुन्छ– भाइ भाइलाई देख। शरीरको नाम पनि होइन। यो धेरै उच्च लक्ष्य हो। एकदम शिखरमा जानु छ। यो राजधानी स्थापना भइरहेको छ। यसमा धेरै मेहनत छ। भन्छन्– हामी त लक्ष्मी-नारायण बन्छौं। बाबा भन्नुहुन्छ– बन। श्रीमतमा चल। मायाको तुफान त आउँछ, कर्मेन्द्रियहरूबाट केही पनि गर्नु छैन। दिवालिया आदि त यसै पनि परिरहन्छ। यस्तो होइन, ज्ञानमा आएका छन् त्यसैले दिवालाया भयो। यो त चलिरहन्छ। बाबा त भन्नुहुन्छ– म आएको हुँ नै तिमीलाई पतितबाट पावन बनाउन। कहिले धेरै राम्रो सेवा गर्छन्, अरूलाई सम्झाउँछन् फेरि देवाला मारन्ती... माया धेरै जबरजस्त छ। राम्रो राम्रो पनि गिर्न पुग्छन्। बाबा बसेर सम्झाउनु हुन्छ, मेरो सेवा गर्ने बच्चा नै मलाई प्रिय लाग्छ। धेरैलाई सुखदायी बनाउँछन्, यस्ता बच्चाहरूलाई याद गरिरहन्छु। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मात-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कसैको पनि नाम रूपमा फसेर कुल कलङ्कित बन्नु छैन। मायाको धोकामा आएर एक अर्कालाई दु:ख दिनु छैन। बाबाबाट सामर्थ्यको वर्सा लिनु छ।

२) सदैव हर्षित रहने संस्कार यहाँबाट नै भर्नु छ। अब पाप आत्माहरूसँग कुनै पनि लेनदेन गर्नु छैन। रोग आदिसँग डराउनु छैन, सबै हिसाबकिताब अहिले नै चुक्ता गर्नु छ।

वरदान:–
इच्छाशक्तिद्वारा सेकेन्डमा व्यर्थलाई फुलस्टप लगाउने अशरीरी भव

सेकेन्डमा अशरीरी बन्ने आधार हो– बेहदको वैराग्यवृत्ति। यो वैराग्य यस्तो योग्य धरनी हो त्यसमा जे रोपे पनि त्यसको फल तुरुन्त निस्किन्छ। त्यसैले अब यस्तो इच्छाशक्ति राख, जुन सङ्कल्प गर्यो– व्यर्थ समाप्त, सेकेन्डमा समाप्त हुन सकोस्। जब चाह्यो, जहाँ चाह्यो, जुन स्थितिमा चाह्यो सेकण्डमा सेट गर्ने गर, सेवाले नखिचोस्। सेकेन्डमा पूर्णविराम लाग्न सकोस् तब सहज अशरीरी बन्न सक्नेछौ।

स्लोगन:–
बाबा समान बन्नु छ भने बिग्रेकालाई बनाउनेवाला बन।