10.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा सँग तिमी रिफ्रेस हुन आउँछौ , यहाँ तिमीलाई दुनियाँको भाइब्रेसन भन्दा टाढा सत्यको सच्चा सङ्ग मिल्छ।”

प्रश्न:–
बाबाले बच्चाहरूको उन्नतिको लागि सदा कुनचाहिँ एउटा सल्लाह दिनुहुन्छ?

उत्तर:–
मीठा-प्यारा बच्चाहरू! कहिल्यै आपसमा सांसारिक परचिन्तनका कुरा नगर। कसैले सुनाउँछ भने सुनेको नसुन्यै गरिदेऊ। राम्रो बच्चाहरू आफ्नो सेवाको ड्युटी पूरा गरेर बाबाको यादमा मस्त रहन्छन्। तर कुनै बच्चाहरू फाल्तु व्यर्थ कुरा धेरै खुसीले सुन्छन् र सुनाउँछन्, यसमा धेरै समय बर्बाद हुन्छ, अनि उन्नति हुँदैन।

ओम् शान्ति ।
डबल ओम् शान्ति भने पनि ठीकै हुन्छ। बच्चाहरूलाई अर्थ त सम्झाइएको छ। म हुँ शान्त स्वरूप आत्मा। जब मेरो धर्म हो नै शान्त भने फेरि जङ्गल आदिमा भट्किनाले शान्ति मिल्न सक्दैन। बाबा भन्नुहुन्छ– म पनि शान्त स्वरूप हुँ। यो त धेरै सहज छ तर मायाको लडाइँ हुनाको कारण अलिकति अप्ठ्यारो हुन्छ। यी सबै कुरा बच्चाहरूले जान्दछन्– बेहदका बाबा सिवाय यो ज्ञान अरू कसैले दिन सक्दैन। ज्ञानसागर एउटै बाबा हुनुहुन्छ। देहधारीहरूलाई ज्ञानको सागर कहिल्यै भन्न सकिँदैन। रचयिताले नै रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। त्यो तिमी बच्चाहरूलाई मिलिरहेको छ। कुनै राम्रो अनन्य बच्चाहरूले पनि भुल्छन् किनकि बाबाको याद पारो जस्तै छ। स्कुलमा त अवश्य नम्बरवार हुन्छन् नि। नम्बर सदैव स्कुलमा हुन्छ। सत्ययुगमा कहिल्यै नम्बर हुँदैन। यो स्कुल हो, यसलाई बुझ्नमा पनि धेरै बुद्धि चाहिन्छ। आधाकल्प हुन्छ भक्ति, फेरि भक्तिपछि ज्ञान दिन ज्ञानसागर आउनु हुन्छ । भक्तहरूले कहिल्यै ज्ञान दिन सक्दैनन् किनकि सबै देहधारी छन्। यस्तो भनिदैन– शिवबाबाले भक्ति गर्नुहुन्छ। उहाँले कसको भक्ति गर्ने! एउटै बाबा हुनुहुन्छ, जसको देह छैन। उहाँले कसैको भक्ति गर्नुहुन्न। बाँकी जति देहधारी छन्, उनीहरू सबैले भक्ति गर्छन् किनकि रचना हुन् नि। रचयिता हुनुहुन्छ एक बाबा। बाँकी यी आँखाले जति पनि देखिन्छ, चित्र आदि, ती सबै हुन् रचना। यी कुरा घरी घरी भुलिन्छ।

बाबा सम्झाउनु हुन्छ– तिमीलाई बाबा बाहेक अरूबाट बेहदको वर्सा मिल्न सक्दैन। वैकुण्ठको बादसाही त तिमीलाई मिल्छ। ५ हजार वर्ष पहिला संसारमा यिनीहरूको राज्य थियो। २५०० वर्ष सूर्यवंशी-चन्द्रवंशीहरूको राजधानी चल्यो। तिमी बच्चाहरूले नै जान्दछौ, यो त हिजोको कुरा हो। बाबा सिवाय अरू कसैले बताउन सक्दैन। पतित-पावन बाबा नै हुनुहुन्छ। सम्झाउनमा पनि धेरै मेहनत लाग्छ। बाबा स्वयं भन्नुहुन्छ– करोडौंमा कसैले बुझ्छन्। यो चक्रको बारेमा पनि सम्झाइएको छ। यो सारा दुनियाँको लागि ज्ञान हो। सिँढी पनि धेरै राम्रो छ, तैपनि कोही रिसले ङुर्र ङुर्र गर्छन्। बाबाले सम्झाउनु भएको छ– विवाहको लागि हल बनाउँछन्, उनीहरूलाई पनि सम्झाएर दृष्टि देऊ। पछि गएर सबैलाई यो कुरा मनपर्ने छ। तिमी बच्चाहरूले सम्झाउनु छ। बाबा त कसैको पासमा जानुहुन्न। भगवानुवाच– जो पुजारी छन् उनीहरूलाई कहिल्यै पूज्य भन्न सकिँदैन। कलियुगमा कोही पनि पवित्र हुन सक्दैन। पूज्य देवीदेवता धर्मको स्थापना पनि सबै भन्दा उच्च जो पूज्य हुनुहुन्छ उहाँले नै गर्नुहुन्छ। आधाकल्प पूज्य फेरि आधाकल्प पुजारी हुन्छन्। यी बाबाले धेरै गुरु बनाएका छन्, अहिले सम्झन्छन्– गुरु बनाउनु त भक्ति मार्ग थियो। अहिले सद्गुरु मिल्नु भएको छ, जसले पूज्य बनाउनु हुन्छ। केवल एकलाई होइन, सबैलाई बनाउनु हुन्छ। सबैका आत्मा पूज्य सतोप्रधान बन्छन्। अहिले त तमोप्रधान, पुजारी छन्। यी बुझ्नुपर्ने कुरा हुन्। बाबा भन्नुहुन्छ– कलियुगमा एकजना पनि पवित्र पूज्य हुन सक्दैन। सबैले विकारबाट जन्म लिन्छन्। रावण राज्य हो। यी लक्ष्मी-नारायणले पनि पुनर्जन्म लिन्छन् तर उनीहरू हुन् पूज्य किनकि त्यहाँ रावण हुँदैन। रावणराज्य रामराज्य शब्द भन्छन् तर रामराज्य कहिले र रावणराज्य कहिले हुन्छ, यो केही पनि थाहा छैन। अहिले हेर कति सभाहरू हुन्छन्। फलानो सभा, फलानो सभा। कहीँबाट केही मिल्यो भने एउटालाई छोडेर अर्कातर्फ जान्छन्। तिमी अहिले पारसबुद्धि बनिरहेका छौ। फेरि त्यसमा पनि कोही २० प्रतिशत बनेका छन्, कोही ५० प्रतिशत बनेका छन्। बाबाले सम्झाउनु भएको छ– यो राजधानी स्थापना भइरहेको छ। अहिले माथिबाट पनि बाँकी रहेका आत्माहरू आइरहेका छन्। सर्कसमा कोही राम्रो-राम्रो कलाकारहरू पनि हुन्छन् भने कोही केही कम पनि हुन्छन्। यो हो बेहदको कुरा। बच्चाहरूलाई कति राम्रोसँग सम्झाइन्छ। यहाँ तिमी बच्चाहरू आउँछौ रिफ्रेस हुनको लागि, न कि हावा खानको लागि। कोही पत्थरबुद्धिलाई लिएर आयौ भने उनीहरू सांसारिक वायुमण्डलमा रहन्छन्। अहिले तिमी बच्चाहरूले बाबाको श्रीमतद्वारा मायामाथि विजय प्राप्त गर्छौ। मायाले घरी घरी तिम्रो बुद्धिलाई हराइदिन्छ। यहाँ त बाबाले आकर्षित गर्नुहुन्छ। बाबाले कहिल्यै कुनै उल्टो कुरा गर्नुहुन्न। बाबा त सत्य हुनुहुन्छ नि। तिमी यहाँ सत्यको सङ्गतमा छौ। अरू सबै असत्यको सङ्गतमा छन्। तिनलाई सत्सङ्ग भन्नु पनि ठुलो भुल हो। तिमीलाई थाहा छ– सत्य एउटै बाबा हुनुहुन्छ। मनुष्यले सत्य परमात्माको पूजा गर्छन् तर यो थाहा छैन– हामीले कसको पूजा गर्दैछौं। त्यसैले त्यसलाई अन्धश्रद्धा भनिन्छ। आगाखाँका हेर कति धेरै अनुयायी छन्। उनी कहीँ जाँदा त्यहाँ उनलाई धेरै उपहार मिल्छन्। हीरामा तौलिन्छन्। अरूलाई त हीरामा तौलिन कहिल्यै सकिँदैन। सत्ययुगमा हीरा जुहारत त तिम्रो लागि पत्थरजस्तै हुन्छन् जुन भवनमा लगाइन्छ। यहाँ कोही यस्तो छैन, जसलाई हीराको दान मिल्छ। मनुष्यसँग धेरै पैसा छ त्यसैले दान गर्छन्। तर त्यो दान पाप आत्माहरूलाई गरेको कारण दिनेमाथि पनि चढ्छ। अजामिल जस्ता पाप आत्मा बन्छन्। यो कुरा भगवान बसेर सम्झाउनु हुन्छ, मनुष्यले होइन। त्यसैले बाबाले भन्नुभएको थियो– तिम्रा जुन चित्र छन् तिनीहरूमा सदैव लेखिएको होस्– भगवानुवाच। सदैव लेख– त्रिमूर्ति शिव भगवानुवाच। केवल भगवान भन्दा पनि मानिसहरू अलमलिन्छन्। भगवान त हुनुहुन्छ निराकार, त्यसैले त्रिमूर्ति अवश्य लेख्नुपर्छ। त्यसमा केवल शिवबाबा हुनुहुन्न। ब्रह्मा, विष्णु, शङ्कर तीनै नाम छन्। ब्रह्मा देवताय नम:, फेरि उनलाई गुरु पनि भन्छन्। शिव-शङ्कर एउटै हुनुहुन्छ भनिदिन्छन्। अब शङ्करले कसरी दान गर्छन्। अमरकथा पनि छ। तिमी सबै पार्वती हौ। बाबाले तिमी सबै बच्चाहरूलाई आत्मा सम्झिएर ज्ञान दिनुहुन्छ। भक्तिको फल भगवानले नै दिनुहुन्छ। एक शिवबाबा हुनुहुन्छ, ईश्वर भगवान आदि पनि होइन। शिवबाबा शब्द धेरै मीठो छ। बाबा स्वयं भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! त्यसैले उहाँ बाबा हुनुभयो नि।

बाबा सम्झाउनु हुन्छ– आत्माहरूमा नै संस्कार भरिन्छ। आत्मा निर्लेप छैन। निर्लेप हुने भए त पतित किन बन्थ्यो! अवश्य लेप छेप लाग्छ त्यसैले त पतित बन्छ। भन्छन् पनि भ्रष्टाचारी। देवताहरू हुन् श्रेष्ठाचारी। उनीहरूको महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ, हामी नीच पापी हौं त्यसैले आफूलाई देवता भन्न सक्दैनन्। अब बाबा बसेर मनुष्यलाई देवता बनाउनु हुन्छ। गुरुनानकको पनि ग्रन्थमा महिमा छ। सिक्खहरूले भन्छन्– सत श्री अकाल। जो अकालमूर्त हुनुहुन्छ, उहाँ नै सच्चा सद्गुरु हुनुहुन्छ। त्यसैले उहाँ एकलाई नै मान्नुपर्छ। भन्ने गर्छन्– एक हुनुहुन्छ, फेरि गर्छन् अर्कै। अर्थ केही पनि जान्दैनन्। अब बाबा जो सद्गुरु हुनुहुन्छ, अकाल हुनुहुन्छ, उहाँ स्वयं बसेर सम्झाउनु हुन्छ। तिमीहरूमा पनि नम्बरवार छौ। सम्मुख बसेर पनि केही बुझ्दैनन्। कोही त यहाँबाट निस्किएपछि सबै भुल्छन्। बाबाले मनाही गर्नुहुन्छ– प्यारा बच्चाहरू! कहिल्यै सांसारिक व्यर्थ कुरा नसुन। कोही धेरै खुसी हुन्छन्। यस्ता कुरा सुन्छन् र सुनाउँछन्। बाबाका महावाक्यलाई भुल्छन्। वास्तवमा जो राम्रो बच्चाहरू छन्, उनीहरू आफ्नो सेवाको ड्युटी सकेर फेरि मस्तीमा रहन्छन्। बाबाले सम्झाउनु भएको छ– कृष्ण र क्रिस्चियनको धेरै राम्रो सम्बन्ध छ। कृष्णको रजाइँ हुन्छ नि। लक्ष्मी-नारायण नाम पछि रहन्छ। वैकुण्ठ भन्दा झट्ट कृष्ण याद आउँछ। लक्ष्मी-नारायण पनि आउँदैन किनकि कृष्ण सानो बालक हुन्। सानो बच्चा पवित्र हुन्छ। तिमीले यो पनि साक्षात्कार गरेका छौ, बच्चाले कसरी जन्म लिन्छ, नर्स खडा हुन्छिन्, झट्ट उठायो सम्हाल गर्यो। बाल्यकाल, युवा, वृद्ध अलग अलग पार्ट हुन्छ, जे भयो त्यो ड्रामा। त्यसमा केही सङ्कल्प चल्दैन। यो ड्रामा त पहिल्यै बनेको हो नि। हाम्रो पार्ट चलिरहेको छ ड्रामाको प्लान अनुसार। मायाको पनि प्रवेशता हुन्छ र बाबाको पनि प्रवेशता हुन्छ। कोही बाबाको मतमा चल्छन्, कोही रावणको मतमा। रावण के चीज हो? कहिल्यै देखेका छौ र? केवल चित्र देख्छौ। शिवबाबाको त यस्तो रूप छ। रावणको कस्तो रूप छ! ५ विकाररूपी भूत आएर प्रवेश गरेपछि रावण भनिन्छ। यो हो भूतहरूको दुनियाँ, असुरहरूको दुनियाँ। तिमीलाई थाहा छ– हाम्रो आत्मा अब सुध्रिँदै गइरहेको छ। यहाँ त शरीर पनि आसुरी छ। आत्मा सुध्रिँद सुध्रिँदा पावन भएर जान्छ। त्यसपछि यो शरीर उतारिदिनेछ। फेरि तिमीलाई सतोप्रधान शरीर मिल्छ। कञ्चन काया मिल्छ। सो तब जब आत्मा पनि कञ्चन हुन्छ। सुन कञ्चन भयो भने गहना पनि कञ्चन बन्छन्। सुनमा मिसावट पनि गर्छन्। अब तिमी बच्चाहरूको बुद्धिमा आदि-मध्य-अन्त्यको ज्ञानले चक्कर लगाइरहन्छ। मनुष्यले केही पनि जान्दैनन्। भन्छन्– ऋषिमुनि सबैले नेति नेति भन्दै गए। म भन्छु, यी लक्ष्मी-नारायणलाई सोध्यौ भने यिनले पनि नेति नेति भन्नेछन्। तर यिनीहरूसँग सोध्ने कुरा भएन। कसले सोध्ने? सोधिन्छ गुरुहरूसँग। तिमीले उनीहरूसँग यो प्रश्न सोध्न सक्छौ। तिमीले सम्झाउनको लागि, कति टाउको दुखाउँछौ। घाँटी नै दुख्छ। बाबाले त जसले बुझेका छन् ती बच्चाहरूलाई नै सुनाउनु हुन्छ नि, अरूसँग व्यर्थमा टाउको कहाँ दुखाउनु हुन्छ र? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मात-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सेवाको ड्युटी पूरा गरेपछि आफ्नो मस्तीमा रहनु छ। व्यर्थ कुरा सुन्नु वा सुनाउनु छैन। एक बाबाको महावाक्य नै स्मृतिमा राख्नु छ। त्यसलाई भुल्नु छैन।

२) सदा खुसीमा रहनको लागि रचयिता र रचनाको ज्ञान बुद्धिमा घुमिरहोस् अर्थात् त्यसको नै स्मरण भइरहोस्। कुनै पनि कुरामा सङ्कल्प नचलोस्, यसको लागि ड्रामालाई राम्रोसँग बुझेर पार्ट खेल्नु छ।

वरदान:–
म ेरो पनलाई “बाबा” मा समाहित गर्ने निरन्तर योगी , सहजयोगी भव

जुन बच्चाहरूको बाबासँग हरेक श्वासमा प्यार छ, हरेक श्वासमा बाबा बाबा छ उनीहरूलाई योगको मेहनत गर्नु पर्दैन। यादको प्रमाण हो– कहिल्यै मुखबाट “म” शब्द निस्कन सक्दैन। बाबा बाबा नै निस्कनेछ। “मेरोपन” बाबामा समाहित होस्। बाबा मेरुदण्ड (ब्याकबोन) हुनुहुन्छ, बाबाले गराउनुभयो, बाबा सदा साथ हुनुहुन्छ, तिम्रै साथमा बस्छु, खान्छु, घुम्छु, फिर्छु... यो प्रत्यक्ष रूपमा स्मृतिमा रहोस् तब भनिनेछ सहजयोगी।

स्लोगन:–
“म” “म” भन्नु भनेको मायारूपी बिरालोलाई आह्वान गर्नु हो।