12.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा ले त सबै बच्चाहरू लाई प्यार गर्नुहुन् छ तर जसले बाबाको सुझावलाई तुरुन्त मान्छ न् , बाबा को उ न ीहरूतिर आकर्षण हुन्छ। गुणवान् बच्चाहरूले बाबाको प्यार खिच्छन्।”

प्रश्न:–
बाबाले कुनचाहिँ ठेक्का लिनु भएको छ?

उत्तर:–
सबैलाई फूल बनाएर फर्काएर लैजाने ठेक्का एक बाबाको नै हो। बाबा जस्तो ठेकेदार दुनियाँमा अरू कोही छैनन्। उहाँ नै सबैको सद्गति गर्न आउनु हुन्छ। बाबा सेवा विना रहन सक्नुहुन्न। त्यसैले बच्चाहरूले पनि सेवाको प्रमाण दिनु छ। सुनेर पनि नसुने जस्तो गर्नु हुँदैन।

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर बस। यो कुरा एक बाबाले मात्र सम्झाउनु हुन्छ अरू कुनै मनुष्यले कसैलाई सम्झाउन सक्दैनन्। आफूलाई आत्मा सम्झ– यो कुरा पनि ५ हजार वर्षपछि बाबा नै आएर सिकाउनु हुन्छ। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ। कसैलाई पनि थाहा छैन– यो पुरुषोत्तम सङ्गमयुग हो। तिमी बच्चाहरूलाई याद हुन्छ– हामी पुरुषोत्तम सङ्गमयुगमा छौं, यो पनि मनमनाभव नै हो। बाबा भन्नुहुन्छ– मलाई याद गर किनकि अब फर्केर जानु छ। ८४ जन्म अब पूरा भएका छन्, अब सतोप्रधान बनेर फर्केर जानु छ। कसैले त बिलकुलै याद गर्दैनन्। बाबाले त हरेकको पुरुषार्थलाई राम्ररी जान्नुहुन्छ। त्यसमा पनि खास कोही यहाँ छन् अथवा कोही बाहिर छन्। बाबाले जान्नुहुन्छ– हुन त यहाँ बसेर देख्छु तर मीठा प्यारा जो सेवाधारी बच्चाहरू छन्, याद उनीहरूलाई गर्छु। देख्छु पनि उनीहरूलाई नै, यो कुन प्रकारको फूल हो, यसमा के के गुण छन्? कोही त यस्ता पनि छन्, जसमा कुनै गुण छैन। अब यस्तालाई बाबाले देखेर के गर्नुहुन्छ। बाबा त चुम्बक पवित्र आत्मा हुनुहुन्छ त्यसैले अवश्य आकर्षण गर्नुहुन्छ। तर बाबाले भित्रबाट जान्नुहुन्छ। बाबाले आफ्नो सारा पोतामेल बताउँछन् भने बच्चाहरूले पनि बताउनु छ। बाबा बताउनु हुन्छ– म तिमीलाई विश्वको मालिक बनाउन आएको छु। फेरि जसले जस्तो पुरुषार्थ गर्छ। जेसुकै पनि पुरुषार्थ गरे त्यो पनि थाहा हुनुपर्छ। बाबा लेख्नुहुन्छ सबैको कर्तव्य लेखेर पठाऊ अथवा उनीहरूबाट लेखाएर पठाऊ। जो चुस्त, समझदार ब्राह्मणी छन् उनले सबै लेखाएर पठाउँछिन्– के कारोबार गर्छन्, कति आम्दानी छ? बाबाले आफ्नो सबै कुरा बताउनु हुन्छ र सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनु हुन्छ। सबैको अवस्थालाई जान्नुहुन्छ। किसिम किसिमका विभिन्न फूलहरू छन् नि। (एक एक फूल देखाएर) हेर, यो कस्तो रोयल फूल छ। अहिले यस्तो सुगन्ध छ, फेरि जब पूरा फक्रिनेछ तब फस्टक्लास शोभा हुन्छ। तिमी पनि यी लक्ष्मी-नारायण जस्तै लायक बन्ने छौ। जसलाई बाबाले हेरिरहनुहुन्छ, यस्तो होइन सबैलाई सर्चलाइट दिनुहुन्छ। जो जस्ता छन् त्यस्तै आकर्षण गर्छन्, जसमा कुनै गुण छैन उसले के आकर्षण गर्छ। त्यस्ताले त्यहाँ गएर पाई पैसाको पद पाउँछ। बाबाले हरेकको गुणलाई हेर्नुहुन्छ र प्यार गर्नुहुन्छ। प्यारमा नयन रसाउँछ यो सेवाधारीले कति सेवा गर्छ। यिनलाई सेवा विना आराम आउँदैन। कसैले त सेवा गर्न नै जान्दैनन्। योगमा बस्दैनन्। ज्ञानको धारणा हुँदैन। बाबा सम्झाउनु हुन्छ– यसले के पद पाउँछ। कोही पनि छिप्न सक्दैन। बच्चाहरू जो राम्रो बुद्धिमान छन्, सेन्टर सम्हाल्छन्, उनीहरूले एक एकको हिसाब पठाउनु पर्छ, तब बाबाले सम्झिनुहुन्छ को कतिसम्म पुरुषार्थी छ। बाबा त ज्ञानका सागर हुनुहुन्छ। बच्चाहरूलाई ज्ञान दिनुहुन्छ। कसले कति ज्ञान लिन्छन् गुणवान् बन्छन्– यो छिट्टै थाहा हुन्छ। बाबाको प्यार सबैमाथि छ। यसमा एक गीत छ– तेरे कांटो से भी प्यार, तेरे फूलों से भी प्यार। नम्बरवार त छन् नै। त्यसैले बाबासँग कति धेरै प्यार हुनुपर्छ। बाबा जे भन्नुहुन्छ– त्यो तुरून्त गरेर देखाऊ तब बाबाले पनि सम्झिनुहुन्छ बाबासँग प्यार छ। उनलाई आकर्षण हुन्छ। बाबामा यस्तो हुन्छ आकर्षण जसबाट एकदम टाँसिइरहन्छन्। तर जबसम्म खिया निस्किदैन तबसम्म आकर्षण पनि हुँदैन। मैले एक एकलाई हेर्छु।

बाबालाई सेवाधारी बच्चाहरू चाहिन्छ। बाबा त सेवाको लागि नै आउनु हुन्छ। पतितहरूलाई पावन बनाउनु हुन्छ। यो तिमीलाई थाहा छ, दुनियाँकाले जान्दैनन् किनकि अहिले तिमी थोरै छौ। जबसम्म योग हुँदैन तबसम्म आकर्षण हुँदैन। त्यो मेहनत धेरै कमले गर्छन्। कुनै न कुनै कुरामा अल्झिन्छन्। यो त्यो सत्सङ्ग होइन, जे सुन्यो त्यो सत्य सत्य भनिन्छ। सर्व शास्त्रमयी शिरोमणि हो एक गीता। गीतामा नै राजयोग छ। विश्वको मालिक त बाबा नै हुनुहुन्छ। बच्चाहरूलाई भनिरहन्छु गीताबाट नै प्रभाव निस्कनेछ। तर यति तागत पनि हुनुपर्यो नि। योगबलको धार राम्रो हुनुपर्छ, जसमा धेरै कमजोर छन्। अहिले थोरै समय छ। भनिन्छ– मिठरा घुर त घुराय... मलाई प्यार गर्यौ भने मैले पनि गर्छु। यो हो आत्माको प्यार। एक बाबाको यादमा रहनु छ, यस यादबाट नै विकर्म विनाश हुन्छ। कसैले त बिलकुल याद गर्दैनन्। बाबा सम्झाउनु हुन्छ– यहाँ भक्तिको कुरा छैन। यो बाबाको रथ हो, यिनीद्वारा शिवबाबाले पढाउनु हुन्छ। शिवबाबाले भन्नुहुन्न– मेरो पाउ धोएर पिऊ। बाबाले त हात लगाउन पनि दिनुहुन्न। यो त पढाइ हो। हात लगाउनाले के हुन्छ। बाबा त हुनुहुन्छ सबैको सद्गतिदाता। करोडमा कसैले यो कुरा सम्झिन्छ। जो कल्प पहिलाका छन् उनले नै सम्झिनेछन्। भोलानाथ बाबा आएर भोली भोली माताहरूलाई ज्ञान दिएर उठाउनु हुन्छ। बाबाले बिलकुल चढाइदिनुहुन्छ– मुक्ति जीवनमुक्तिमा। बाबा केवल भन्नुहुन्छ– विकारलाई छोड। यसैमा हङ्गामा हुन्छ। बाबा सम्झाउनु हुन्छ– आफूमा हेर– ममा के के अवगुण छन्? व्यापारीहरूले सधैँ आफ्नो फाइदा घाटाको पोतामेल निकाल्छन्। तिमीले पनि पोतामेल राख– कति समय अति प्यारा बाबा, जसले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ, उहाँलाई याद गरेँ? हेर्छन्, कम याद गरेका छन् भने आफैलाई लाज लाग्छ, यो के यस्ता बाबालाई मैले याद गरिनँ। हाम्रो बाबा सबै भन्दा अनौठो हुनुहुन्छ। स्वर्ग पनि छ, सारा सृष्टिमा सबै भन्दा आश्चर्य। तिनीहरूले त स्वर्गलाई लाखौं वर्ष भनिदिन्छन् तर तिमीले भन्छौ ५ हजार वर्ष। कति रात दिनको फरक छ। जो धेरै पुराना भक्त छन् उनीहरूमाथि बाबा पनि बलिहार हुन्छन्। अति भक्ति गरेका छन् नि। बाबाले यस जन्ममा पनि गीता पढ्थे, नारायणको चित्र पनि राख्थे। लक्ष्मीलाई दासीपनबाट मुक्त गरे तब कति खुसी भयो। जसरी हामी यो शरीर छोडेर गएर सत्ययुगमा अर्को लिनेछौ। बाबालाई पनि खुसी हुन्छ, म गएर राजकुमार गोरो बन्नेछु। पुरुषार्थ पनि गराउँदै जानुहुन्छ। पुरुषार्थ विना कसरी बन्ने छौ। तिमीले पनि राम्रोसँग बाबालाई याद गर्यौ भने स्वर्गको वर्सा पाउने छौ। कसैले त पढ्दैनन् न त दैवीगुण धारण गर्छन्। पोतामेल नै राख्दैनन्। पोतामेल सधैं उनैले राख्छन् जो उच्च बन्नेवाला छन्। नत्र केवल सो गर्छन्। १५-२० दिनपछि लेख्न छोडिदिन्छन्। यहाँ त परीक्षाहरू आदि आउँछन् सबै गुप्त। हरेकको योग्यतालाई बाबाले जान्नुहुन्छ। बाबाले भन्नु भएको कुरा तुरुन्तै मानेमा भनिन्छ आज्ञाकारी, फरमानबरदार छन्। बाबा भन्नुहुन्छ– अब बच्चाहरूले धेरै काम गर्नु छ। कति राम्रो राम्रो बच्चाहरू पनि छोडपत्र दिएर जान्छन्। यिनले त कहिल्यै कसैलाई छोडपत्र वा डाइभोर्स दिँदैनन्। उहाँ त ड्रामा अनुसार आउनु भएको छ ठुलो ठेक्का लिन। म सबै भन्दा ठुलो ठेकेदार हुँ। सबैलाई फूल बनाएर फर्काएर लिएर जान्छु। तिमी बच्चाहरूले जान्दछौ– पतितहरूलाई पावन बनाउने ठेकेदार एउटै हुनुहुन्छ। उहाँ तिम्रो सामुन्ने बस्नु भएको छ। कसैलाई कति धेरै निश्चय छ, कसैलाई बिलकुल छैन। आज यहाँ छन् भोलि गइहाल्छन्, चालचलन नै यस्तो छ। भित्रतिर अवश्य खान्छ– म बाबाको पासमा रहेर, बाबाको बनेर के गर्दैछु। सेवा केही पनि गरेन भने के मिल्छ। रोटी पकाउनु, सब्जी बनाउनु यो त पहिला पनि गर्थ्यौ। नयाँ कुरा के गर्यौ? सेवाको प्रमाण दिनु छ। यतिलाई बाटो बताएँ।

यो ड्रामा धेरै आश्चर्यजनक बनेको छ। जे जस्तो हुन्छ तिमीले प्राक्टिकलमा देखिरहेका छौ। शास्त्रमा त कृष्णको चरित्र लेखिएको छ, तर चरित्र हो एक बाबाको। उहाँ नै सबैको सद्गतिदाता हुनुहुन्छ। उहाँको जस्तो चरित्र अरू कसैको हुन सक्दैन। चरित्र त कुनै राम्रो हुनुपर्छ। तर भगाउनु, गर्नु– यो कुनै चरित्र होइन। सर्वको सद्गतिदाता एक बाबा नै हुनुहुन्छ। कल्प कल्प यहाँ आएर स्वर्गको स्थापना गर्नुहुन्छ। लाखौं वर्षको त कुनै कुरा छैन।

बच्चाहरूले फोहोरी आदत छोड्नु पर्छ। नत्र के पद मिल्छ? प्रेमीले पनि तिम्रा गुण देखेर प्रेम गर्नुहुन्छ नि। प्रेम उनैलाई गर्नुहुन्छ जसले उहाँको सेवा गर्छन्। जसले सेवा गर्दैनन् ती के कामका। यो कुरा धेरै सम्झिनु पर्ने हुन्छ। बाबा सम्झाउनु हुन्छ तिमी महान् भाग्यशाली हौ, तिमी जस्तो भाग्यशाली कोही छैन। हुन त तिमी स्वर्गमा जान्छौ, तर प्रारब्ध उच्च बनाउनु पर्छ। कल्प कल्पान्तरको कुरा हो। पद सानो हुन जान्छ। यसमा खुसी हुनु हुँदैन– जे मिल्यो त्यो ठीक छ। पुरुषार्थ धेरै राम्रो गर्नुपर्छ। सेवाको प्रमाण चाहिन्छ– कतिलाई आफू समान बनाएको छु? तिम्रा प्रजा कहाँ छन्? बाबा टिचरले सबैलाई पुरुषार्थ गराउनु हुन्छ। तर कसैको तकदिरमा पनि हुनुपर्यो नि। सबै भन्दा ठुलो आशीर्वाद त यो हो जुन बाबा आफ्नो शान्तिधाम छोडेर पतित दुनियाँ र पतित शरीरमा आउनु हुन्छ। नत्र तिमीहरूलाई रचयिता र रचनाको ज्ञान कसले सुनाउने? यो पनि कसैको बुद्धिमा बस्दैन– सत्ययुगमा रामराज्य र कलियुगमा रावणराज्य हुन्छ। रामराज्यमा एउटै राज्य थियो रावणराज्यमा अनेक राज्य छन् त्यसैले तिमीले सोध्छौ नर्कवासी हौ वा स्वर्गवासी हौ? तर मनुष्यले यो बुझ्दैनन्– हामी कहाँ छौं? यो हो काँडाको जङ्गल त्यो हो फूलको बगैँचा। त्यसैले अब अनुसरण माता पिता र विशेष बच्चाहरूलाई गर्नु छ तबमात्र उच्च बन्छौ। बाबाले त धेरै सम्झाउनु हुन्छ। तर कोही सम्झिनेवालाले सम्झिनेछन्। कसैले त सुनेर राम्ररी विचारसागर मन्थन गर्छन्। कसैले त सुने नसुने जस्तो गर्छन्। जहाँ तहीँ लेखिएको छ– शिवबाबाको याद छ? त्यसैले वर्सा पनि अवश्य याद आउँछ। दैवी गुण भयो भने देवता बन्छौ। यदि क्रोध छ, आसुरी अवगुण छ भने उच्च पद पाउन सक्दैनौ। त्यहाँ कुनै भूत हुँदैन। रावण नै छैन भने रावणको भूत कहाँबाट आउने? देह अभिमान, काम, क्रोध... यी हुन् ठुला भूत। यिनलाई निकाल्ने एउटै उपाय छ– बाबाको याद। बाबाको यादबाट नै सबै भूत भाग्नेछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास:–
धेरै बच्चाहरूको दिल हुन्छ– हामीले पनि अरूलाई आफू समान बनाउने सेवा गरौं। आफ्ना प्रजा बनाऔं। जसरी अरू हाम्रा भाइले सेवा गर्छन् त्यसैगरी हामीले पनि गरौं। माताहरू धेरै छन्। कलश पनि माताहरू माथि राखिएको छ। बाँकी यो त हो प्रवृत्तिमार्ग। दुवै चाहिन्छ नि। बाबा सोध्नुहुन्छ– तिम्रा कति बच्चाहरू छन्? हेर्नुहुन्छ– ठीक उत्तर दिन्छन्। ५ त आफ्ना छन् एउटा थप हुनुहुन्छ शिवबाबा। कतिले त भन्न मात्र भन्छन्। कतिले साच्चिकै बनाउँछन्। जसले वारिस बनाउँछन् उनीहरू विजय मालामा गाँसिन्छन्। जसले सच्चा सच्चा बच्चा बनाउँछन् उनीहरू स्वयं पनि बच्चा बन्छन्। सच्चा दिलमाथि साहेब राजी... बाँकी अरू सबैले त भन्न मात्र भन्छन्। यस समयमा पारलौकिक बाबा नै हुनुहुन्छ जसले सबैलाई वर्सा दिनुहुन्छ त्यसैले याद पनि उहाँलाई नै गर्नु छ जसबाट २१ जन्मको वर्सा मिल्छ। बुद्धिमा ज्ञान छ– यो त सबै रहने छैन। बाबाले हरेकको अवस्था हेर्नुहुन्छ– सच्चा सच्चा बच्चा बनाएका छन् वा बनाउने ख्याल गर्छन्। वारिस बनाउनुको अर्थ बुझ्छन्। धेरै छन् जसले बुझेर पनि बनाउन सक्दैनन् किनकि मायाको वशमा छन्। यस समयमा कि त ईश्वरको वशमा कि मायाको वशमा छन्। ईश्वरको वशमा जो हुन्छन् उनीहरूले नै वारिस बनाउने छन्। माला ८ को पनि हुन्छ, १०८ को पनि हुन्छ। आठले त अवश्य कमाल गर्छन्। वास्तवमा बच्चा (वारिस) बनाएर नै छोड्छन् होला। वारिस बनाए पनि वर्सा त लिन्छन् नै। फेरि पनि यस्ता उच्च वारिस बनाउनेवालाको कर्म पनि त्यस्तै उच्च हुन्छ। कुनै विकर्म हुँदैन। विकार जति पनि छन् सबै विकर्म हुन् नि। बाबालाई छोडेर अरू कसैलाई याद गर्नु– यो पनि विकर्म हो। बाबा अर्थात् बाबा। बाबा मुखबाट भन्नुहुन्छ– म एकलाई याद गर। निर्देशन मिलेको छ नि। त्यसैले एकदम याद गर्नु– यसमा छ धेरै मेहनत। एक बाबालाई याद गर्यौ भने मायाले त्यति हैरान पार्दैन। तर माया पनि धेरै जबरजस्त छ। समझमा आउँछ, मायाले धेरै विकर्म गराउँछ। ठुला ठुला महारथीहरूलाई गिराएर खतम गरिदिन्छ। दिनप्रतिदिन सेन्टर वृद्धि भइरहनेछन्। गीतापाठशाला वा सङ्ग्रहालय खुल्दै जान्छन्। सारा दुनियाँका मनुष्यले बाबालाई पनि मान्नेछन्, ब्रह्मालाई पनि मान्नेछन्। ब्रह्मालाई नै प्रजापिता भनिन्छ। आत्माहरूलाई त प्रजा भनिदैन। मनुष्य सृष्टि कसले रच्नुहुन्छ? प्रजापिता ब्रह्माको नाम आउँछ भने उनी साकार, उहाँ निराकार हुनुभयो। उहाँ त अनादि हुनुहुन्छ। यिनलाई पनि अनादि भनिन्छ। दुवैको नाम सर्वोच्च छ। उहाँ रुहानी बाबा, उनी प्रजापिता दुवै बसेर तिमीलाई पढाउनु हुन्छ। कति हाइएस्ट भयौ! बच्चाहरूलाई कति नसा चढ्नुपर्छ! खुसी कति हुनुपर्छ! तर मायाले खुसी वा नसामा रहन दिँदैन। यस्ता विद्यार्थीले यदि विचारसागर मन्थन गरिरहे भने सेवा पनि गर्न सक्छन्। खुसी पनि रहन सक्छ तर सायद अझै समय छ। जब कर्मातीत अवस्था हुन्छ तब खुसी पनि रहन सक्छ। अच्छा!

रुहानी बच्चाहरूप्रति रुहानी बापदादाको याद-प्यार एवं गुडनाइट।

धारणाको लागि मुख्य सारः–
१) सधैं रातमा हिसाबकिताब हेर्नु छ– परमप्रिय बाबालाई सारा दिनमा कति याद गरेँ? आफ्नो सो गर्नको लागि चार्ट राख्ने होइन, गुप्त पुरुषार्थ गर्नु छ।

२) बाबाले जे सुनाउनु हुन्छ, त्यसमाथि विचारसागर मन्थन गर्नु छ, सेवाको सबुत दिनु छ। सुनेर पनि नसुने जस्तो गर्नु छैन। भित्र कुनै पनि आसुरी अवगुण छन् भने त्यसलाई जाँच गरेर निकाल्नु छ।

वरदान:–
वैराग्य वृत्तिद्वारा यस असार संसारबाट लगावमुक्त रहने सच्चा राजऋषि भव

राजऋषि अर्थात् राज्य भएर पनि बेहदको वैरागी, देह र देहको पुरानो दुनियाँमा अलिकति पनि लगाव नहोस् किनकि जान्दछौ यो पुरानो दुनियाँ हो नै असार संसार, यसमा कुनै सार छैन। असार संसारमा ब्राह्मणहरूको श्रेष्ठ संसार मिल्यो त्यसैले त्यस संसारदेखि बेहदको वैराग्य अर्थात् कुनै पनि लगाव छैन। जब कसैमा पनि लगाव वा झुकाव हुँदैन तब भनिन्छ राजऋषि वा तपस्वी।

स्लोगन:–
युक्तियुक्त बोली त्यो हो, जुन मधुर र शुभभावना सम्पन्न होस्।