13.04.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाले
२१ जन्मको लागि तिम्रो दिल यसरी बहलाउनु हुन्छ जसले गर्दा तिमीलाई दिल बहलाउनको लागि
मेला , जात्रा आदिमा जाने आवश्यक ता हुँदैन।”
प्रश्न:–
जुन बच्चाहरू
अहिले बाबाको सहयोगी बन्छन् उनीहरूको लागि कुनचाहिँ ग्यारेन्टी छ?
उत्तर:–
श्रीमत अनुसार राजधानी स्थापना गर्न सहयोगी बन्ने बच्चाहरूको लागि ग्यारेन्टी छ–
उनीहरूलाई कालले कहिल्यै खान सक्दैन। सत्ययुगी राजधानीमा कहिल्यै अकालमा मृत्यु हुन
सक्दैन। सहयोगी बच्चाहरूलाई बाबाद्वारा यस्तो प्राइज मिल्छ जसले गर्दा २१ पिँढीसम्म
अमर बन्न पुग्छन्।
ओम् शान्ति ।
बनिबनाऊ
सृष्टिचक्र अनुसार कल्प पहिला मुताबिक शिव भगवानुवाच। अब आफ्नो परिचय त बच्चाहरूलाई
मिल्यो। बाबाको पनि परिचय मिल्यो। बेहदका बाबालाई त चिनिसक्यौ र बेहदको सृष्टिको
आदि-मध्य-अन्त्यलाई पनि जान्यौ। नम्बरवार पुरुषार्थ अनुसार कसैले राम्रोसँग जान्दछन्
जसले फेरि सम्झाउन पनि सक्छन्। कसैले अपुरो र कसैले कम। जस्तै लडाइँमा पनि कोही
कमाण्डर चीफ, कोही क्याप्टेन, कोही के बन्छन्। रजाइँको मालामा पनि कोही धनी प्रजा,
कोही गरिब प्रजा, नम्बरवार हुन्छन्। बच्चाहरूले जान्दछौ– वास्तवमा हामीले स्वयं
श्रीमत अनुसार सृष्टिमा श्रेष्ठ राजधानी स्थापना गरिराखेका छौं। जति जति जसले मेहनत
गर्छन् त्यति त्यति बाबाबाट प्राइज मिल्छ। आजकाल शान्तिको लागि राय दिनेहरूलाई पनि
प्राइज मिल्छ। तिमी बच्चाहरूलाई पनि प्राइज मिल्छ। त्यो उनीहरूलाई मिल्न सक्दैन।
उनीहरूलाई हरेक कुरा अल्पकालको लागि मिल्छ। तिमीले बाबाको श्रीमत अनुसार आफ्नो
राजधानी स्थापना गरिरहेका छौ। त्यो पनि २१ जन्म, २१ पिँढीको लागि ग्यारेन्टी छ।
त्यहाँ बाल्यकाल वा जवानीमा कालले खाँदैन। यो पनि जान्दछौ न मन, न चित्तमा थियो,
हामी यस्तो ठाउँमा आएर बसेका छौं, जहाँ तिम्रो यादगार पनि खडा छ। जहाँ ५ हजार वर्ष
पहिला पनि सेवा गरेका थियौ। दिलवाडा मन्दिर, अचलघर, गुरु शिखर छन्। सर्वोच्च सतगुरु
पनि तिमीलाई मिल्नु भएको छ, जसको यादगार बनाएका छन्। अचलघरको पनि रहस्य तिमीले
बुझेका छौ। त्यो भयो घरको महिमा। तिमीले आफ्नो पुरुषार्थले सर्वोच्च पद पाउँछौ। यो
हो तिम्रो वन्डरफुल यादगार। त्यहीँ नै तिमी चैतन्यमा आएर बसेका छौ। यो सबै हो रुहानी
कारोबार जुन कल्प पहिला चलेको थियो। तिनको पूरा यादगार यहाँ छ। नम्बरवन यादगार छ।
जसरी कसैले ठुलो परीक्षा पास गर्छन् भने उनीहरू भित्र खुसी, रौनक आउँछ। उनका
फर्निचर, पोसाक कति राम्रो हुन्छन्। तिमी त विश्वको मालिक बन्छौ। तिमीसँग कसैको
तुलना हुन सक्दैन। यो पनि स्कुल हो। पढाउनेवालालाई पनि तिमीले चिनिसकेका छौ।
भगवानुवाच भक्तिमार्गमा जसलाई याद गर्छौ, पूजा गर्छौ उनको विषयमा केही पनि थाहा
हुँदैन। बाबाले नै सम्मुख आएर सबै रहस्य बुझाउनु हुन्छ किनकि यी यादगारहरू सबै
तिम्रो पछाडिको अवस्थाका हुन्। अहिले रिजल्ट निस्केको छैन। तिम्रो अवस्था सम्पूर्ण
बनिसकेपछि त्यसको फेरि भक्तिमार्गमा यादगार बन्छ। जसरी रक्षाबन्धनको यादगार हुन्छ।
जब पूरा पक्का रक्षा बाँधेर हामीले आफ्नो राज्य लिन्छौं, त्यसपछि फेरि यादगार
मनाइदैन। यस समयमा तिमीलाई सबै मन्त्रहरूको अर्थ सम्झाइएको छ। ओम्को अर्थ सम्झाइएको
छ। ओम्को अर्थ कुनै लामो छैन। ओम्को अर्थ हो अहम् आत्मा, मम शरीर। अज्ञान कालमा पनि
तिमी देह अभिमानमा रह्यौ त्यसैले आफूलाई शरीर सम्झन्थ्यौ। दिनप्रतिदिन भक्तिमार्ग
तल गिर्दै जान्छ। तमोप्रधान बन्दै जान्छ। हरेक चीज पहिला सतोप्रधान हुन्छ। जब एक
सत्य शिव बाबालाई याद गर्थ्यौ त्यतिबेला भक्ति पनि पहिला सतोप्रधान थियो। थियौ पनि
धेरै कम। दिनप्रतिदिन वृद्धि धेरै हुनु छ। बेलायतमा धेरै बच्चा पाउनेलाई इनाम मिल्छ।
बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। सृष्टिको धेरै वृद्धि भइसकेको छ, अब पवित्र बन।
तिमी बच्चाहरूले अहिले
बाबाद्वारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जानिसकेका छौ। सत्ययुगमा भक्तिको नाम निसान
हुँदैन। अहिले कति धुमधाम छ, मेला जात्रा धेरै लाग्छन्। मनुष्य त्यहाँ गएर दिल
बहलाउँछन्। तिम्रो दिल त बाबाले आएर २१ जन्मको लागि बहलाउनु हुन्छ जसलेगर्दा तिमी
सदैव बहलिरहन्छौ। तिमीलाई कहिल्यै मेला आदिमा जाने ख्याल पनि आउँदैन। मनुष्य जहाँ
गए पनि सुखको लागि जान्छन्। तिमीलाई कहीँ पहाडमा जाने आवश्यकता छैन। यहाँ हेर कसरी
मनुष्य मर्छन्। मनुष्यहरूले त सत्ययुग-कलियुग, स्वर्ग-नर्कलाई पनि जान्दैनन्। तिमी
बच्चाहरूलाई त पूरा ज्ञान मिलेको छ। तिमीलाई मसँग रहनु छ भनेर बाबाले भन्नुहुन्न।
तिमीले घरबार पनि सम्हाल्नु छ। बच्चाहरू अलग तब हुन्छन् जब कुनै खटपट हुन्छ। फेरि
पनि तिमी बाबासँग रहन सक्दैनौ। सबै सतोप्रधान बन्न सक्दैनन्। कोही सतो, कोही रजो,
कोही तमो अवस्थामा पनि छन्। सबै एकैठाउँमा रहन सक्दैनन्। यो राजधानी बनिरहेको छ।
जसले जति जति बाबालाई याद गर्नेछन्, त्यस अनुसार राजधानीमा पद पाउनेछन्। मुख्य कुरा
हो नै बाबालाई याद गर्ने। बाबाले स्वयं बसेर ड्रिल सिकाउनु हुन्छ। यो हो डेड
साइलेन्स। तिमीले यहाँ जे जति देख्छौ, त्यसलाई देख्नु छैन। देहसहित सबैको त्याग
गर्नु छ। तिमीले के देख्छौ? एक त आफ्नो घरलाई र पढाइ अनुसार जे पद पाउँछौ, त्यस
सत्ययुगी राजधानीलाई पनि तिमीले नै जान्दछौ। सत्ययुग हुँदा त्रेता हुँदैन, त्रेता
हुँदा द्वापर हुँदैन, द्वापर हुँदा कलियुग हुँदैन। अहिले कलियुग पनि छ, सङ्गमयुग पनि
छ। हुन त तिमी बसेका छौ पुरानो दुनियाँमा तर बुद्धिले सम्झन्छौ हामी सङ्गमयुगी हौं।
सङ्गमयुग केलाई भनिन्छ– यो पनि तिमीलाई थाहा छ। पुरुषोत्तम वर्ष, पुरुषोत्तम मास,
पुरुषोत्तम दिन पनि यस पुरुषोत्तम सङ्गममा नै हुन्छ। पुरुषोत्तम बन्ने घडी पनि यस
पुरुषोत्तम युगमा नै हुन्छ। यो धेरै सानो लीप युग हो। तिमीहरू बाजोली खेल्छौ जसबाट
तिमी स्वर्गमा जान्छौ। बाबाले देख्नु भएको छ– कसरी साधुहरू अथवा कोही कोही बाजोली
खेल्दाखेल्दै यात्रामा जान्छन्। ठुला कठिनाइ उठाउँछन्। अब यसमा कठिनाइको कुरा छैन।
यो हो योगबलको कुरा। के यादको यात्रा तिमी बच्चाहरूलाई कठिन लाग्छ? नाम त धेरै सहज
राखिएको छ। कतै सुनेर नडराऊन्। भन्छन्– बाबा हामी योगमा रहन सक्दैनौँ। बाबाले फेरि
हल्का बनाइदिनुहुन्छ। यो हो बाबाको याद। याद त सबै चीजहरूलाई गरिन्छ। बाबा
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। तिमी बच्चा हौ नि। तिम्रो बुबा पनि हुनुहुन्छ
प्रियतम पनि हुनुहुन्छ। सबै प्रियतमाहरूले उहाँलाई याद गर्छन्, एक बाबा शब्द पनि
पर्याप्त छ। भक्तिमार्गमा तिमीले मित्र सम्बन्धीहरूलाई याद गर्दै, फेरि पनि हे प्रभु,
हे ईश्वर अवश्य भन्छौ। केवल त्यो के चीज हो भन्ने कुरा चाहिँ थाहा हुँदैन।
आत्माहरूको पिता त परमात्मा हुनुहुन्छ। यस शरीरको पिता त देहधारी हुनुहुन्छ।
आत्माहरूको पिता अशरीरी हुनुहुन्छ। उहाँ कहिल्यै पुनर्जन्ममा आउनुहुन्न। अरू सबै
पुनर्जन्ममा आउँछन्, त्यसैले बाबालाई नै याद गर्छन्। अवश्य कुनै समयमा सुख दिनु भएको
हुनुपर्छ। उहाँलाई भनिन्छ दु:खहर्ता, सुखकर्ता, तर उहाँको नाम, रूप, देश, काललाई
जान्दैनन्। जति मनुष्य त्यति कुरा, अनेकौँ मत छन्।
बाबाले कति प्रेमले
पढाउनु हुन्छ। उहाँ हुनुहुन्छ ईश्वर, शान्तिदाता। उहाँबाट कति सुख मिल्छ। एउटै गीता
सुनाएर पतितहरूलाई पावन बनाइदिनुहुन्छ। प्रवृत्तिमार्ग पनि चाहिन्छ नि। मनुष्यहरूले
कल्पको अवधि लाखौं वर्ष भनिदिएका छन्, त्यसो हो भने त अनगिन्ती मनुष्य हुन जान्छन्।
कति भुल गरेका छन्। यो ज्ञान तिमीलाई अहिले मिल्छ फेरि प्राय: लोप हुनजान्छ। चित्र
त छन्, जसको पूजा हुन्छ। तर आफूलाई देवता धर्मको सम्झदैनन्। जसले जसको पूजा गर्छन्,
उनीहरू त्यही धर्मका हुन् नि। हामी आदि सनातन देवीदेवता धर्मका हौं भन्ने कुरा
बुझ्न सक्दैनन्। उनीहरूको नै वंशावली हो। यो कुरा बाबाले नै सम्झाउनु हुन्छ। बाबा
भन्नुहुन्छ– तिमी पावन थियौ, फेरि तमोप्रधान बनेका छौ, अब पावन सतोप्रधान बन्नु छ।
के गङ्गा स्नानले बन्छौ? पतित-पावन त बाबा हुनुहुन्छ। उहाँले जब बाटो देखाउनु हुन्छ
तब मात्रै पावन बन्न सकिन्छ। पुकारिरहन्छन् तर केही पनि जान्दैनन्। आत्माले
अङ्गहरूद्वारा पुकार्छ– हे पतित-पावन बाबा आएर हामीलाई पावन बनाउनुहोस्! सबै पतित
छन्, काम चितामा जलिरहन्छन्। यो खेल नै यस्तो बनेको छ। फेरि बाबा आएर सबैलाई पावन
बनाउनु हुन्छ। यो कुरा बाबाले सङ्गममा नै सम्झाउनु हुन्छ। सत्ययुगमा हुन्छ एक धर्म,
बाँकी सबै फर्केर जान्छन्। तिमीले ड्रामालाई बुझेका छौ, जसलाई अरू कसैले जान्दैन।
यो रचनाको आदि-मध्य-अन्त्य के हो, अवधि कति हो, यो तिमीलाई नै थाहा छ। उनीहरू सबै
शूद्र हुन्, तिमी हौ ब्राह्मण। तिमीले पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। कसैले
व्यर्थमा समय गुमाएको छ भने उसले थोरै पढेको कुरा उसको रजिस्टरबाट थाहा हुन्छ।
चरित्रको रजिस्टर हुन्छ। यहाँ पनि रजिस्टर हुनुपर्छ। यो हो यादको यात्रा, जसको
बारेमा कसैलाई पनि थाहा छैन। सबै भन्दा मुख्य विषय हो यादको यात्रा। आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर्नु छ। आत्माले मुखले भन्छ– मैले एउटा शरीर छोडेर अर्को लिन्छु।
यी सबै कुरा यी ब्रह्माबाबाले सम्झाउँदैनन्। तर ज्ञानसागर परमपिता परमात्माले यस
रथमा बसेर सुनाउनु हुन्छ। गोमुख भनिन्छ। मन्दिर पनि यहाँ बनेको छ, जहाँ तिमी बसेका
छौ। जसरी तिम्रो सिँढी छ, त्यसैगरी त्यहाँ पनि सिँढी हुन्छ। तिमीलाई चढ्नमा थकावट
हुँदैन।
तिमी यहाँ आएका छौ
बाबाबाट पढेर रिफ्रेस हुनको लागि। त्यहाँ कामकाज धेरै हुन्छ। शान्तिले सुन्न पनि
सक्दैनौ। सङ्कल्प चलिरहन्छ– कसैले देख्छ कि, चाँडै घर जाऊँ। कति चिन्ता हुन्छ। यहाँ
कुनै पनि चिन्ता छैन, मानौँ होस्टेलमा बसेका छौ। यहाँ ईश्वरीय परिवार छ। शान्तिधाममा
भाइ भाइ रहन्छन्। यहाँ छन् भाइ बहिनी किनकि यहाँ पार्ट खेल्न भाइ बहिनी चाहिन्छ।
सत्ययुगमा पनि तिमी नै आपसमा भाइ बहिनी थियौ। त्यसलाई भनिन्छ अद्वैत राजधानी। त्यहाँ
लडाइँ झगडा केही पनि हुँदैन। तिमी बच्चाहरूलाई हामीले ८४ जन्म लिन्छौं भन्ने कुराको
पूरा ज्ञान मिलेको छ। जसले धेरै भक्ति गरेको छ, त्यसको हिसाब पनि बाबाले बताउनु भएको
छ। तिमीले नै शिवको अव्यभिचारी भक्ति गर्न सुरु गर्छौ। फेरि वृद्धि हुँदै जान्छ।
त्यो हो सबै भक्ति। ज्ञान त एउटै हुन्छ। हामीलाई शिवबाबाले पढाउनु हुन्छ भन्ने कुरा
तिमीलाई थाहा छ। यी ब्रह्माले त केही पनि जान्दैनथे। जो ग्रेट-ग्रेट ग्रेन्ड फादर (आदि
पिता) थिए उनी यस समयमा यी बनेका छन्, फेरि मालिक बन्छन्, तत् त्वम्। मालिक एउटै त
बन्दैन नि। तिमीले पनि पुरुषार्थ गर्छौ। यो हो बेहदको स्कुल। यसका शाखाहरू धेरै
हुन्छन्। गल्ली गल्लीमा, घरघरमा हुन्छन्। भन्छन्– हामीले आफ्नो घरमा चित्र राखेका
छौं, मित्र सम्बन्धी आए भने उनीहरूलाई सम्झाउँछौं। जो यस वृक्षका पातहरू होलान्
उनीहरू आउँछन्। उनीहरूको कल्याणको लागि तिमीले गर्छौ। चित्रहरूमा सम्झाउन सजिलो
हुन्छ। शास्त्र त धेरै पढेका छन्, अब सबै भुल्नु छ। बाबा हुनुहुन्छ पढाउनेवाला,
उहाँले नै सच्चा ज्ञान सुनाउनु हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) डेड साइलेन्सको ड्रिल गर्नको लागि यहाँ जे जति यी आँखाले देखिन्छ, त्यसलाई देख्नु
छैन। देहसहित बुद्धिद्वारा सबैको त्याग गरेर आफ्नो घर र राजधानीको स्मृतिमा रहनु छ।
२) आफ्नो चरित्रको
रजिस्टर राख्नु छ। पढाइमा कुनै लापर्बाही गर्नु हुँदैन। यस पुरुषोत्तम सङ्गमयुगमा
पुरुषोत्तम बन्नु र बनाउनु छ।
वरदान:–
सदा सर्व
प्राप्तिहरूले भरिपूर्ण रहने हर्षितमुख , हर्षितचित्त भव
कुनै देवी वा देवताको
मूर्ति बनाउँदा उसमा अनुहार सदा हर्षित देखाउँछन्। त्यसैले तिम्रो यस समयको
हर्षितमुख रहेको यादगार चित्रहरूमा पनि देखाउँछन्। हर्षितमुख अर्थात् सदा सर्व
प्राप्तिहरूले भरिपूर्ण। जो भरिपूर्ण हुन्छ ऊ नै हर्षित रहन सक्छ। यदि कुनै पनि
अप्राप्ति हुन्छ भने हर्षित रहन सक्दैनन्। कसैले जतिसुकै हर्षित रहने कोसिस गरे
तापनि बाहिरबाट हाँस्छ दिलबाट होइन। तिमी त दिलबाट मुस्कुराउँछौ किनकि सर्व
प्राप्तिहरूले भरिपूर्ण हर्षितचित्त छौ।
स्लोगन:–
सम्मान सहित
पास हुनु छ भने हरेक खजानाको जम्माको खाता भरिपूर्ण होस्।