14.04.24    Avyakt Bapdada     Nepali Murli    15.03.99     Om Shanti     Madhuban


कर्मातीत अवस्थासम्म पुग्नको लागि कन्ट्रोलिङ्ग पावर बढाऊ‚ स्वराज्य अधिकारी बन


आज बापदादाले चारैतिरका आफ्ना राजदुलारे परमात्म प्रिय बच्चाहरूलाई देखिरहनु भएको छ। यो परमात्म दुलार वा परमात्म प्यार धेरै कम बच्चाहरूलाई प्राप्त हुन्छ। धेरै कम यस्तो भाग्यका अधिकारी बन्छन्। यस्ता भाग्यवान बच्चाहरूलाई देखेर बापदादा पनि हर्षित हुनुहुन्छ। राजदुलारे अर्थात् राजा बच्चा। के आफूलाई राजा सम्झन्छौ? नाम नै छ राजयोगी। राजयोगी अर्थात् राजा बच्चा। वर्तमान समयमा पनि राजा हौ र भविष्यमा पनि राजा हौ। आफ्नो डबल राज्य पद अनुभव गर्छौ हैन? अब आफूले आफैलाई हेर– म राजा हुँ? स्वराज्य अधिकारी हुँ? हरेक राज्य कारोबारीले तिम्रो आदेशमा कार्य गरिरहेका छन्? राजाको विशेषता के हुन्छ‚ त्यो त जानेका छौ हैन? रूलिङ्ग पावर र कन्ट्रोलिङ्ग पावर, दुवै पावर तिमीसँग छन्? आफूले आफैलाई सोध– राज्य कारोबारी सदा कन्ट्रोलमा चलिरहेका छन्?

बापदादाले आज बच्चाहरूको कन्ट्रोलिङ्ग पावर‚ रूलिङ्ग पावर चेक गरिरहनु भएको थियो‚ अब बताऊ के देखियो होला? हरेकले जानेका त छौ। बापदादाले देख्नुभयो– अहिले पनि सबैको अखण्ड राज्य अधिकार छैन। अखण्ड बीच बीचमा खण्डित हुन्छ। किन? सदा स्वराज्यको सट्टामा राज्य पनि खण्डित गरिदिन्छ। पर राज्यको निसानी हो– यी कर्मेन्द्रियहरू पर-अधीन (अरूको अधीनमा) हुन पुग्छन्। मायाको राज्यको प्रभाव अर्थात् पर-अधीन बन्नु। वर्तमान समयमा अल्प संख्यामा त ठीक छन् तर अधिकांश मायाको वर्तमान समयको विशेष प्रभावमा आउँछन्। जुन आदि अनादि संस्कार छन्, त्यसको बीच बीचमा मध्यको अर्थात् द्वापरदेखि अहिले अन्त्यसम्मको संस्कारको प्रभावमा आउँछन्। स्वको संस्कारले नै स्वराज्यलाई खण्डित गरिदिन्छ। त्यसमा पनि विशेष संस्कार व्यर्थ सोच्नु‚ व्यर्थ समय गुमाउनु र व्यर्थ बोलीचालीमा आउनु‚ चाहे सुन्नु‚ चाहे सुनाउनु हुन्। एकातर्फ व्यर्थको संस्कार‚ अर्कोतर्फ अलबेलापनको संस्कारले भिन्न-भिन्न रोयल रूपमा स्वराज्यलाई खण्डित गरिदिन्छ। कति बच्चाहरूले भन्छन्– समय समीप आइरहेको छ तर जुन संस्कार सुरुमा इमर्ज थिएनन्‚ ती अहिले कहीँ न कहीँ इमर्ज भइरहेका छन्। वायुमण्डलमा संस्कार अझै इमर्ज भइरहेका छन्‚ यसको कारण के हो? यो मायाको आक्रमणको एक साधन हो। मायाले यसैबाट आफ्नो बनाएर परमात्म मार्गबाट निराश बनाइदिन्छ। सोच्छन्– अहिलेसम्म यस्तै हो भने थाहा छैन समानताको सफलता मिल्छ वा मिल्दैन! कुनै न कुनै कुरामा जहाँ कमजोरी छ‚ त्यही कमजोरीको रूपमा मायाले निराश बनाउने कोसिस गर्छ। धेरै राम्रो चल्दाचल्दै कुनै न कुनै कुरामा मायाले संस्कारमा आक्रमण गरेर‚ पुरानो संस्कार इमर्ज गर्ने रूप देखाएर निराश पार्ने कोसिस गर्छ। अन्तिममा सबै संस्कार समाप्त हुनु छ त्यसैले कहिलेकाहीँ बाँकी रहेका संस्कार इमर्ज हुन पुग्छन्। तर बापदादाले तिमीहरू सबै भाग्यवान बच्चाहरूलाई इशारा दिइरहनु भएको छ– नआत्तिऊ‚ मायाको चाललाई बुझ। आलस्य र व्यर्थ– यसमा यो नकारात्मकता पनि आउँछ– यी दुई कुराहरूमा विशेष ध्यान देऊ। यो मायाको वर्तमान समय आक्रमण गर्ने साधन हो भन्ने बुझ।

बाबाको साथको अनुभव‚ कम्बाइण्ड रूपको अनुभव इमर्ज गर। यस्तो होइन– बाबा त हुनुहुन्छ नै मेरो‚ उहाँको साथ छँदै छ। साथको प्राक्टिकल अनुभव इमर्ज होस्। तब यो मायाको आक्रमण (वार) ‚ आक्रमण हुँदैन‚ बरू मायाले हार खानेछ। यो मायाको हार हो‚ आक्रमण होइन। केवल नआत्तिऊ‚ के भयो‚ किन भयो! हिम्मत राख‚ बाबाको साथलाई स्मृतिमा राख। चेक गर– बाबाको साथ छ? साथको अनुभव मर्ज रूपमा त छैन? नलेज छ– बाबा साथमा हुनुहुन्छ‚ नलेजको साथसाथै बाबाको पावर के हो? बाबा अलमाइटी अथोरिटी हुनुहुन्छ त्यसैले सर्व शक्तिहरूको पावर इमर्ज रूपमा अनुभव गर। यसलाई भनिन्छ बाबाको साथको अनुभव हुनु। लापरबाह नबन– बाबा सिवाए अरू छ नै को र‚ बाबा नै त हुनुहुन्छ। जब बाबा नै त्यहाँ हुनुहुन्छ भने उहाँको त्यो पावर तिमीसँग छ? जसरी दुनियाँका मानिसलाई भन्छौ– यदि परमात्मा व्यापक हुनुहुन्छ भने परमात्म गुण अनुभव हुनुपर्छ‚ देखिनुपर्छ। त्यसोभए बापदादाले पनि तिमीसँग सोध्नुहुन्छ– यदि बाबा साथमा हुनुहुन्छ‚ कम्बाइण्ड हुनुहुन्छ भने बाबाको त्यो पावर हर कर्ममा अनुभव हुन्छ? अरूलाई पनि अनुभव हुन्छ? के सम्झन्छौ? डबल विदेशीहरूले के सम्झन्छौ? पावर छ? पहिलो प्रश्नमा त सबैले छ भनिदिन्छन्। फेरि जब दोस्रो प्रश्न आउँछ‚ सदा छ? अनि सोचमा पर्छन्। यसरी त अखण्ड भएन नि! तिमीले के चुनौती दिन्छौ? अखण्ड राज्य स्थापना गरिरहेका छौ वा खण्डित राज्य स्थापना गरिरहेका छौ? के गरिरहेका छौ? अखण्ड हो नि! टिचरहरूले भन अखण्ड हो? अब चेक गर अखण्ड स्वराज्य छ? राज्य अर्थात् सदाको प्रारब्ध लिनु छ वा बीच बीचमा काटिए पनि कुनै हर्जा छैन? यस्तो चाहन्छौ र? लिनमा त सदा चाहिन्छ र पुरुषार्थमा कहिलेकाहीँ चल्छ‚ यस्तो हो? विदेशीहरूलाई भनेको थिएँ नि– आफ्नो जीवनको डिक्सनरीबाट समटाइम (कहिलेकाहीँ) र समथिङ्ग (केही) शब्द निकालिदेऊ। अब समटाइम खतम भयो? जयन्तीले भन। रिजल्ट दिन्छ्यौ नि। त्यसोभए समटाइम खतम भयो? जसले सम्झन्छौ‚ समटाइम शब्द सदाको लागि समाप्त भइसक्यो‚ तिनीहरूले हात उठाऊ। खतम भइसक्यो वा खतम हुनेछ? लामो हात उठाऊ। वतनको टि.भी. मा त तिम्रो हात आइसक्यो‚ यहाँको टि.भी. मा सबैको आउँदैन। यो कलियुगी टि.भी. हो नि‚ त्यहाँ जादुको टि.भी. छ त्यसैले आइहाल्छ। धेरै राम्रो। फेरि पनि धेरैले उठाएका छन्‚ उनीहरूलाई सदाकालको बधाई छ। अच्छा। अब भारतवासी जसको प्राक्टिकल सदाकाल स्वराज्य छ‚ सर्व कर्मेन्द्रियहरू ल र अर्डरमा छन्‚ उनीहरूले हात उठाऊ। पक्का हात उठाउनु‚ कच्चा होइन। सदा याद राख्नु– सभामा हात उठाएको छु। फेरि बापदादालाई कुराहरू धेरै मीठा-मीठा सुनाउँछन्। भन्छन् बाबा हजुरले त जान्नु नै हुन्छ‚ कहिलेकाहीँ माया आइहाल्छ नि! आफ्नो हातको लाज राख्नु। राम्रो छ। फेरि पनि हिम्मत राखेका छौ त्यसैले हिम्मत नहार्नु। हिम्मतमा बापदादाको मदत छँदै छ।

आज बापदादाले देख्नुभयो– वर्तमान समय अनुसार आफूमाथि‚ हर कर्मेन्द्रिहरू माथि अर्थात् स्वयंको स्वयं प्रति जुन कन्ट्रोलिङ्ग पावर हुनुपर्छ त्यो कम छ‚ त्यो अझ धेरै चाहिन्छ। बापदादा बच्चाहरूको रूहरिहान सुनेर मुस्कुराइरहनु भएको थियो‚ बच्चाहरूले भन्छन्– चार घण्टासम्म पावरफुल याद हुँदैन। बापदादाले आठ घण्टाबाट चार घण्टा बनाइदिनु भयो तर बच्चाहरूले भन्छन् दुई घण्टा ठीक छ। अब भन कन्ट्रोलिङ्ग पावर भयो? अहिलेदेखि यदि यो अभ्यास भएन भने समयमा पास विद अनर‚ राज्य अधिकारी कसरी बन्न सक्छौ! बन्नु त छ हैन? बच्चाहरू हाँस्छन्। आज बापदादाले बच्चाहरूको कुरा धेरै सुन्नुभयो। बापदादालाई पनि हसाउँछन्‚ भन्छन्– ३ मिनेट ट्राफिक कन्ट्रोल पनि हुँदैन‚ शरीरको कन्ट्रोल हुन्छ‚ उभिन्छौ‚ नाम हो मनको कन्ट्रोलको तर मनको कन्ट्रोल कहिले हुन्छ‚ कहिले हुँदैन पनि। कारण के हो? कन्ट्रोलिङ्ग पावरको कमी। यसलाई अब अरू बढाउनु छ। अर्डर गर‚ जसरी हातलाई माथि उठाउन चाहेमा उठाउन सक्छौ। भाँचिएको छैन भने उठाउँछौ नि! त्यस्तै मन‚ यो सूक्ष्म शक्ति कन्ट्रोलमा आउनु पर्छ। ल्याउनै पर्छ। अर्डर गर्यौ– स्टप, अनि स्टप भइहालोस्। सेवाको विषयमा सोच्यौ‚ सेवामा लागिहालोस्। परमधाममा जाऊ भन्यौ‚ तब परमधाममा गइहालोस्। सूक्ष्मवतनमा जाऊ भन्यौ, सेकेण्डमा गइहालोस्। जे सोच्छौ त्यो अर्डरमा होस्। अब यो शक्तिलाई बढाऊ। स-साना संस्कारहरूमा‚ युद्धमा समय नगुमाऊ‚ आज यस संस्कारलाई भगायो‚ भोलि त्यसलाई भगायो। कन्ट्रोलिङ्ग पावर धारण गरेमा अलग-अलग संस्कारमा समय लगाउनु पर्दैन। जब मनलाई भन्छौ यो कुरा सोच्नु छैन‚ गर्नु छैन‚ बोल्नु छैन। स्टप। तब स्टप भइहालोस्। यो हो कर्मातीत अवस्थासम्म पुग्ने विधि। कर्मातीत बन्नु छ नि? बापदादाले पनि भन्नुहुन्छ तिमी नै बन्नु छ। अरू कोही आउनेछैन‚ तिमी नै हौ। तिमीलाई नै साथमा लैजान्छु तर कर्मातीतलाई लैजाने छु नि। साथै जानेछौ वा पछि पछि आउनेछौ? (साथै जानेछौं) यो त धेरै राम्रो भन्यौ। साथै जानेछौ‚ हिसाब चुक्ता गर्छौ? यसमा हुन्छ हजुर भनेनन्। कर्मातीत बनेर साथ चल्नेछौ नि। साथै जानु अर्थात् साथी बनेर जानु। जोडी त राम्रो चाहियो कि अग्लो र होचो? बराबर हुनुपर्छ नि! त्यसोभए कर्मातीत बन्नु नै छ। त्यसको लागि के गर्नेछौ? अब आफ्नो राज्य राम्रोसँग सम्हाल। दिनहुँ आफ्नो दरबार लगाऊ। राज्य अधिकारी हौ नि! त्यसोभए आफ्नो दरबार लगाऊ‚ कर्मचारीहरूको हालचाल सोध। चेक गर अर्डरमा छन्? ब्रह्माबाबाले दिनहुँ दरबार लगाउनु भयो। कपी छ नि। यिनीहरूलाई बताउनु‚ देखाउनु। ब्रह्माबाबाले पनि मेहनत गर्नुभयो‚ दिनहुँ दरबार लगाउनुभयो तब कर्मातीत बन्नुभयो। त्यसोभए अब कति समय चाहिन्छ? वा एवररेडी छौ? यस अवस्थाले सेवा पनि फास्ट हुनेछ। किन? एकै समयमा मनसा शक्तिशाली‚ वाचा शक्तिशाली‚ सम्बन्ध सम्पर्कमा चालचलन र चेहरा शक्तिशाली। एकै समयमा तीनै सेवाले धेरै फास्ट रिजल्ट निकाल्नेछ। यस्तो नसम्झ– यो साधनामा सेवा कम हुनेछ‚ हुँदैन। सफलता सहज अनुभव हुनेछ। अरू सबै जति पनि सेवाको निमित्त छन् यदि सङ्गठित रूपमा यस्तो अवस्था बनाउँछौ भने मेहनत कम र सफलता धेरै मिल्नेछ। त्यसैले विशेष अटेन्सन दिएर कन्ट्रोलिङ्ग पावर बढाऊ। सङ्कल्प‚ समय‚ संस्कार सबैमाथि कन्ट्रोल होस्। धेरै पटक बापदादाले भन्नुभएको छ तिमीहरू सबै राजा हौ। जब चाह्यो‚ जसरी चाह्यो‚ जहाँ चाह्यो‚ जति समय चाह्यो त्यसैगरी मन बुद्धि ल र अर्डरमा होस्। तिमीले भन्यौ गर्नु छैन‚ तर फेरि पनि भइरहेको छ‚ गरिरहेका छौ भने यो ल र अर्डर भएन। त्यसैले स्वराज्य अधिकारीले आफ्नो राज्यलाई सदा प्रत्यक्ष स्वरूपमा ल्याऊ। ल्याउनु छ नि? ल्याइ पनि रहेका छौ तर बापदादाले भन्नुभयो नि ‘सदा’ शब्द थप गर। बापदादा अब लास्टमा आउनु हुनेछ‚ अझै एक टर्न छ। एक टर्नमा रिजल्ट सोध्नेछु। १५ दिन हुन्छन् हैन। त्यसोभए १५ दिनमा केही त देखाउने छौ कि देखाउँदैनौ? टिचरहरूले भन‚ १५ दिनमा रिजल्ट होला?

अच्छा‚ मधुवन निवासीहरूले १५ दिनमा रिजल्ट देखाउनेछौ। भन देखाउने छौ नि! अब हात उठाऊ। (सबैले हात उठाए) आफ्नो हातको लाज राख्नु। जसले सम्झन्छन् कोसिस गर्नेछु‚ यस्तो कोसिस गर्नेले हात उठाऊ। ज्ञान सरोवर‚ शान्तिवन निवासीहरू उठ। (बापदादाले मधुवन‚ ज्ञानसरोवर‚ शान्तिवनका मुख्य निमित्त भाइ बहिनीहरूलाई साम्मुन्ने बोलाउनु भयो)

बापदादाले त तिमीहरू सबैको साक्षात्कार गराउनको लागि बोलाउनु भएको हो। तिमीहरूलाई देखेर सबै खुसी हुन्छन्। अब बापदादाले के चाहनुहुन्छ‚ त्यो भनिरहनु भएको छ। चाहे पाण्डव भवन‚ चाहे शान्तिवन‚ चाहे ज्ञान सरोवर‚ चाहे हस्पिटल चार धाम त छन्। पाँचौ सानो छ। चारैमा बापदादको एक आशा छ– बापदादा तीन महिनाका लगि चारै धाममा अखण्ड‚ निर्विघ्न‚ अटल स्वराज्य अधिकारी‚ राजाहरूको रिजल्ट हेर्न चाहनुहुन्छ। तीन महिना यता, त्यताबाट कुनै पनि अरू कुरा सुन्नमा नआओस्। सबै स्वराज्य अधिकारी नम्बरवन‚ के तीन महिनामा यस्तो रिजल्ट हुन सक्छ? (निर्वैर भाइजीसँग)– पाण्डवहरूको तर्फबाट तिमी हौ। हुन सक्छ? दादीहरू त छन् तर साथमा यी जो सम्मुख बसेका छन्‚ सबै छन्। के हुन सक्छ? (दादीले भन्नुभयो हुन सक्छ) जुन पाण्डव भवन निवासीहरू बसेका छौ, तिनीहरूले हात उठाऊ‚ हुन सक्छ? अच्छा, मानौं कोही कमजोर छ‚ उसलाई केही भयो भने फेरि तिमीहरूले के गर्छौ? तिमीहरूले सम्झन्छौ– साथीलाई पनि साथ दिँदै रिजल्ट निकाल्नेछौं‚ यति हिम्मत राख्छौ? हुन सक्छ वा केवल आफ्नो हिम्मत छ? अरूको कुरालाई पनि समाहित गर्न सक्छौ? उसको गल्ती समाहित गर्न सक्छौ? वायुमण्डलमा नफैलाऊ‚ समाहित गरिदेऊ‚ यति गर्न सक्छौ? जोडले भन सक्छौं। बधाई छ। ३ महिना पछि रिपोर्ट हेर्नेछु। कुनै पनि स्थानबाट कुनै पनि रिपोर्ट आउनु हुँदैन। एक अर्कालाई भाइब्रेशन दिएर समाहित गरिदिनु र प्यारले भाइब्रेशन दिनु। झगडा नहोस्।

त्यसैगरी डबल विदेशीहरूले पनि रिजल्ट दिन्छौ नि। सबैलाई बन्नु छ नि। डबल विदेशीहरू, जसले सम्झन्छौ आफ्नो सेन्टरमा‚ साथीहरूको साथमा ३ महिनाको रिजल्ट निकाल्नेछौं‚ तिनीहरूले हात उठाऊ। जसले सम्झन्छन् कोसिस गर्नेछौं‚ भन्न सक्दैनौं‚ त्यस्ता कोही छन् भने हात उठाऊ। सफा दिलका छन्‚ सफा दिल हुनेलाई मदत मिल्छ। अच्छा। (फेरि बापदादाले सबै जोनका भाइ बहिनीहरूलाई पनि हात उठाउन लगाउनु भयो तथा आफ्नो स्थानमा उभ्याउनुभयो। पहिला महाराष्ट्र‚ दिल्ली‚ कर्नाटकका भाइ बहिनीहरूलाई उभ्याउनु भयो र प्रतिज्ञा गराउनुभयो। फेरि यू.पी. कालाई सेवाको बधाई दिनुभयो।) अच्छा!

चारैतिरका सर्व स्वराज्य अधिकारी आत्माहरूलाई‚ सदा अखण्ड राज्यको पात्र आत्माहरूलाई‚ सदा बाबा समान कर्मातीत स्थितिमा पुग्ने‚ बाबालाई फलो गर्ने तीव्र पुरुषार्थी आत्माहरूलाई‚ सदा एक अर्कालाई शुभभावना‚ शुभकामनाको सहयोग दिने शुभचिन्तक बच्चाहरूलाई यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
विघ्नकारी आत्मालाई शिक्षक मानेर तिनीहरूबाट पाठ पढ्ने अनुभवीमूर्त भव

जुन आत्माहरू विघ्न पार्नमा निमित्त बन्छन्, तिनीहरूलाई विघ्नकारी आत्माको रूपमा नहेर, तिनीहरूलाई सदा पाठ पढाउने, अघि बढाउने निमित्त आत्मा सम्झ। अनुभवी बनाउने शिक्षक सम्झ। जब भन्छौ– निन्दा गर्नेहरू मित्र हुन्, त्यसोभए तिनीहरू विघ्नहरूलाई पास गराएर अनुभवी बनाउने शिक्षक भए। त्यसैले विघ्नकारी आत्मालाई त्यस दृष्टिले हेर्नुको सट्टा सदाको लागि विघ्नहरूबाट पार गराउने निमित्त, अचल बनाउने निमित्त सम्झ, यसबाट अझै अनुभवको अथोरिटी (शक्ति) बढ्दै जानेछ।

स्लोगन:–
गुनासोका फाइललाई समाप्त गरेर फाइन र रिफाइन बन।