16.04.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
सतोप्रधान बन्नु छ , त्यसैले बाबालाई प्रेमले याद गर। पारसनाथ शिवबाबा तिमीलाई
पारसपुरीको मालिक बनाउन आउनु भएको छ।”
प्रश्न:–
तिमी बच्चाहरू
कुन एउटा कुराको धारणाबाट नै महिमा योग्य बन्छौ?
उत्तर:–
जब तिमी धेरै निर्मानचित्त बन्छौ। कुनै पनि कुराको अहङ्कार हुनु हुँदैन। अति मीठो
बन्नु छ। अहङ्कार आयो भने दुस्मन बन्न पुग्छन्। उच्च वा नीच पवित्रताको आधारमा
बनिन्छ। पवित्र हुँदा मान हुन्छ, अपवित्र भएपछि सबैलाई ढोग्छन्।
ओम् शान्ति ।
रुहानी बाबा
बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बाबाले पनि सम्झनुहुन्छ– मैले यी बच्चाहरूलाई
सम्झाउँछु। यो पनि बच्चाहरूलाई सम्झाइएको छ– भक्तिमार्गमा भिन्न भिन्न नामले अनेकौं
चित्रहरू बनाउँछन्। जस्तै नेपालमा पारसनाथलाई मान्छन्। उनको धेरै ठुलो मन्दिर छ।
वास्तवमा केही पनि छैन। ४ वटा ढोका छन्, ४ वटा मूर्तिहरू छन्। चौथोमा कृष्णलाई
राखिएको छ। अब सायद केही परिवर्तन गरिएको हुन सक्छ। अब पारसनाथ त अवश्य पनि
शिवबाबालाई नै भनिन्छ। मनुष्यहरूलाई पारसबुद्धि पनि उहाँले नै बनाउनु हुन्छ। त्यसैले
सुरुमा उनीहरूलाई यो सम्झाउनु पर्छ– सर्वोच्च हुनुहुन्छ भगवान, त्यसपछि हो सारा
दुनियाँ। सूक्ष्मवतनको सृष्टि त कुनै छैन। पछि हुन्छन् लक्ष्मी-नारायण वा विष्णु।
वास्तवमा विष्णुको मन्दिर पनि गलत छ। विष्णु चतुर्भुज, चार भुजावाला मनुष्य त कोही
हुँदैन। बाबाले सम्झाउनु हुन्छ– यी लक्ष्मी-नारायण हुन्, जसलाई एउटै विष्णुको रूपमा
देखाएका छन्। लक्ष्मी-नारायण त दुवै अलग अलग हुन्। सूक्ष्मवतनमा विष्णुका ४ भुजा
देखाउँछन् अर्थात् दुवैलाई मिलाएर चतुर्भुज बनाएका छन्, तर यस्तो कोही हुँदैन।
मन्दिरमा जसलाई चतुर्भुज देखाउँछन् त्यो हो सूक्ष्मवतनको। चतुर्भुजलाई शङ्ख, चक्र,
गदा, पद्म आदि लिएको देखाउँछन्। यस्तो केही होइन। चक्र त तिमी बच्चाहरूसँग छ।
नेपालमा विष्णुको ठुलो मूर्ति क्षीरसागरमा देखाइएको छ (बुढा नीलकण्ठमा)। पूजाका
दिनहरूमा अलिकति दुध हालिदिन्छन्। बाबाले एक एक कुरा धेरै राम्रोसँग सम्झाउनु हुन्छ।
यसरी कसैले पनि विष्णुको अर्थ सम्झाउन सक्दैन। जानेकै छैनन्। यो त भगवानले स्वयं
सम्झाउनु हुन्छ। भगवान भनिन्छ शिवबाबालाई। हुन त एक हुनुहुन्छ तर भक्ति
मार्गवालाहरूले अनेक नाम राखिदिएका छन्। तिमीले अब अनेक नाम लिँदैनौ। भक्तिमार्गमा
धेरै धक्का खान्छन्। तिमीले पनि खायौ। अहिले तिमीले कुनै मन्दिर आदि देख्यौ भने
सम्झाउँछौ– सबै भन्दा उच्च हुनुहुन्छ भगवान, सुप्रिम सोल, निराकार परमपिता परमात्मा।
आत्माले शरीरद्वारा भन्छ– हे परमपिता! उहाँको महिमा पनि छ ज्ञानका सागर, सुखका सागर।
भक्तिमार्गमा एकका अनेक चित्र छन्। ज्ञानमार्गमा त ज्ञानसागर एउटै हुनुहुन्छ। उहाँ
नै पतित-पावन, सर्वका सद्गतिदाता हुनुहुन्छ। तिम्रो बुद्धिमा सारा चक्र छ। सर्वोच्च
हुनुहुन्छ परमात्मा। उहाँ कै लागि गायन छ– सिमर-सिमर सुख पाओ अर्थात् एक बाबालाई नै
याद गर अथवा स्मरण गरिरह्यौ भने तनका कलह क्लेष जति सबै मेटिनेछन्, फेरि जीवनमुक्ति
पाउने छौ। यो जीवनमुक्ति हो नि। बाबाबाट यो सुखको वर्सा मिल्छ। एक्लै यिनलाई मात्र
मिल्दैन। अवश्य राजधानी हुन्छ अर्थात् बाबाले राजधानी स्थापना गरिरहनु भएको छ।
सत्ययुगमा राजा, रानी, प्रजा सबै हुन्छन्। तिमीले ज्ञान प्राप्त गरिरहेका छौ,
त्यसैले गएर ठुलो कुलमा जन्म लिनेछौ। धेरै सुख मिल्छ। जब त्यसको स्थापना हुन्छ तब
फोहोरी आत्माहरू सजाय खाएर फर्केर जान्छन्। आ-आफ्नो सेक्सनमा गएर बस्नेछन्। यति सबै
आत्माहरू आइरहन्छन् फेरि वृद्धि हुँदै जान्छ। माथिबाट कसरी आउँछन् भन्ने कुरा
बुद्धिमा हुनु पर्छ। यस्तो त होइन दुई पातको सट्टा दश पातहरू एकैचोटी आउनु पर्छ।
होइन, क्रमैसँग पातहरू निस्कन्छन्। यो धेरै ठुलो वृक्ष हो। एक दिनमा लाखौँको वृद्धि
भएको देखाउँछन्। पहिला सम्झनु छ– सर्वोच्च भगवान हुनुहुन्छ, पतित-पावन, दु:खहर्ता,
सुखकर्ता पनि उहाँ नै हुनुहुन्छ। जति पनि दु:खी आत्माहरू छन्, उनीहरू सबैलाई आएर
सुख दिनुहुन्छ। दु:ख दिनेवाला हो रावण। बाबा आउनु भएको छ, त्यसैले आएर सम्झनु छ– यो
कुरा मनुष्यहरूलाई थाहै छैन। धेरै त बुझेर पनि फेरि बाहिर निस्कन्छन्। जसरी स्नान
गर्दागर्दै गोडा चिप्लियो भने पानीभित्र गइन्छ। बाबा त अनुभवी छन् नि। यो त विषय
सागर हो। बाबाले तिमीलाई क्षीर सागरतर्फ लैजानुहुन्छ। तर मायारूपी गोहीले राम्रा
राम्रा महारथीहरूलाई पनि खाइदिन्छ। जीवन छँदै बाबाको गोदबाट मरेर रावणको गोदमा
जान्छन् अर्थात् मर्छन्। तिमी बच्चाहरूको बुद्धिमा छ– सर्वोच्च बाबाले फेरि रचना
रच्नुहुन्छ। सूक्ष्मवतनको त इतिहास भूगोल हुँदैन। जान त तिमी सूक्ष्मवतनमा जान्छौ,
साक्षात्कार गर्छौ। त्यहाँ चतुर्भुज पनि देख्छौ। चित्रमा छ नि। त्यो बुद्धिमा बसेको
छ, त्यसैले अवश्य साक्षात्कार हुन्छ। तर यस्तो कुनै कुरा होइन। यी भक्तिमार्गका
चित्रहरू हुन्। अहिलेसम्म भक्तिमार्ग चलिरहेको छ। भक्तिमार्ग पूरा भएपछि यी चित्रहरू
रहनेछैनन्। स्वर्गमा यी सबै कुरा भुल्नेछौ। यी लक्ष्मी-नारायण चतुर्भुजका दुई रूप
हुन्, यो कुरा अब बुद्धिमा बसेको छ। लक्ष्मी-नारायणको पूजा अर्थात् चतुर्भुजको पूजा।
लक्ष्मी-नारायणको मन्दिर वा चतुर्भुजको मन्दिर कुरा एउटै हो। यी दुबैको ज्ञान अरू
कसैलाई पनि छैन। यी लक्ष्मी-नारायणको राज्य हुन्छ, यो कुरा तिमीले मात्रै जानेका
छौ। विष्णुको राज्य त भनिदैन। यिनले पालना पनि गर्छन्। सारा विश्वको मालिक हुन्,
त्यसैले पालना पनि विश्वको गर्छन्।
शिव भगवानुवाच– मैले
तिमीलाई राजयोग सिकाउँछु। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने यस योग अग्निले
विकर्म विनाश हुन्छन्। विस्तारमा सम्झाउनु पर्छ। भन, यो पनि गीता हो। केवल गीतामा
श्रीकृष्णको नाम राखिदिएका छन्। यो त गलत हो, सबैको ग्लानि गरिदिएका छन् त्यसैले
दुनियाँ तमोप्रधान बनेको छ। अहिले कलियुगी दुनियाँको अन्त्य भएको छ, यसलाई भनिन्छ
तमोप्रधान आइरन एज। जो सतोप्रधान थिए, उनीहरूले नै ८४ जन्म लिएका छन्। जन्ममरणमा त
अवश्य आउनु छ। जब पूरै ८४ जन्म लिन्छन् तब बाबालाई पहिलो नम्बर आत्माको तनमा आउनु
पर्छ। एउटाको मात्र कुरा होइन। यिनको त सारा राजधानी थियो नि फेरि हुनु छ। बाबाले
सबैको लागि भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने योग अग्निले पाप
काटिनेछ। काम चितामा बसेर सबै काला भएका छन्। अब कालोबाट गोरो कसरी बन्ने? त्यो त
बाबाले नै सिकाउनु हुन्छ। कृष्णको आत्मा अवश्य भिन्न भिन्न नाम रूप लिएर आउँछ। जो
लक्ष्मी-नारायण थिए, उनलाई नै फेरि ८४ जन्मपछि त्यही बन्नु छ। त्यसैले तिनको धेरै
जन्मको अन्त्यमा बाबा आएर प्रवेश गर्नुहुन्छ। फेरि उनी सतोप्रधान विश्वको मालिक
बन्छन्। पारसनाथलाई पुज्छन्, शिवलाई पनि पुज्छन्। अवश्य पनि उनलाई शिवले नै यस्ता
पारसनाथ बनाउनु भएको हुनुपर्छ। टीचर त चाहिन्छ नि। उहाँ हुनुहुन्छ ज्ञानसागर। अब
सतोप्रधान पारसनाथ बन्नु छ भने बाबालाई धेरै प्यारले याद गर। उहाँ नै सबैको
दु:खहर्ता हुनुहुन्छ। बाबा त सुखदाता हुनुहुन्छ। यो हो काँडाको जङ्गल। बाबा आउनु
भएको छ फूलको बगैँचा बनाउन। बाबाले आफ्नो परिचय दिनुहुन्छ। म यिनको साधारण वृद्ध
तनमा प्रवेश गर्छु, जसले आफ्ना जन्महरूलाई जान्दैनन्। भगवानुवाच– मैले तिमीलाई
राजयोग सिकाउँछु। त्यसैले यो ईश्वरीय विश्व विद्यालय हो। यसको लक्ष्य नै छ राजारानी
बन्ने, त्यस्तै अवश्य प्रजा पनि बन्छन्। मनुष्यहरूले योग योग धेरै भन्छन्। निवृत्त
मार्गवालाहरूले त अनेक हठयोग गर्छन्। उनीहरूले राजयोग सिकाउन सक्दैनन्। बाबाको हो
नै एक प्रकारको मात्र योग। केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर।
८४ जन्म पूरा भएका छन्, अब घर फर्केर जानु छ। अब पावन बन्नु छ। एक बाबालाई याद गर,
बाँकी सबैलाई छोड। भक्तिमार्गमा तिमीले महिमा गर्थ्यौ– हजुर आउनुभयो भने हामी हजुरकै
साथ रहने छौं। उहाँबाट अवश्य वर्सा मिलेको थियो नि। आधा कल्प हुन्छ स्वर्ग फेरि
हुन्छ नर्क। रावणराज्य सुरु हुन्छ। यसरी सम्झनु पर्छ। आफूलाई देह नसम्झ। आत्मा
अविनाशी हो। आत्मामा नै सारा पार्ट भरिएको छ, जुन तिमीले खेल्छौ। अब शिवबाबालाई याद
गर्यौ भने जीवन बेडा पार हुन्छ। संन्यासीहरू पवित्र बन्छन् त्यसैले उनीहरूको कति
मान हुन्छ। सबैले शिर झुकाउँछन्। पवित्रताको आधारमा नै उच्च नीच बन्छन्। देवताहरू
हुन्छन् बिलकुलै उच्च। संन्यासीहरू एक जन्म पवित्र बन्छन्, फेरि अर्को जन्म त
विकारबाटै लिन्छन्। देवताहरू हुन्छन् नै सत्ययुगमा। अब तिमीले पढ्छौ र पढाउँछौ पनि।
कसैले पढ्छन् तर अरूलाई सम्झाउन सक्दैनन् किनकि धारणा भएको हुँदैन। बाबा भन्नुहुन्छ–
तिम्रो तकदिरमा छैन भने बाबाले के गर्ने? बाबाले यदि सबैलाई बसेर आशीर्वाद दिनुभयो
भने सबैले छात्रवृत्ति लिनेछन्। त्यसो त भक्तिमार्गमा आशीर्वाद दिन्छन्।
संन्यासीहरूले पनि यस्तो गर्छन्। गएर उनीहरूसँग माग्छन्– मलाई पुत्र प्राप्त होस्,
आशीर्वाद दिनुहोस्। ठीक छ, तिमीलाई पुत्र मिल्छ। छोरी जन्मियो भने भन्नेछन् भावी।
छोरा भयो भने वाह वाह गरेर चरणमा पर्छन्, अनि फेरि मर्यो भने रूँदै कराउँदै गुरुलाई
गाली गर्न थाल्छन्। गुरुले भन्नेछन् यो भावी थियो। भन्नेछन्– पहिला किन बताउनुभएन।
मरेको कोही बाँच्यो भने पनि भन्नेछन् भावी। सबै ड्रामामा निश्चित छ। आत्मा कहाँ
लुक्छ। डाक्टरले पनि जान्दछन् यो मरिसकेको थियो, फेरि पनि बाँच्यो। चितामा चढिसकेका
पनि उठ्छन्। कुनै एकले कसैलाई मान्यो भने उसको पछाडि धेरै पर्छन्।
तिमी बच्चाहरू त धेरै
निर्मानचित्त भएर चल्नु छ। अहङ्कार कत्ति पनि नरहोस्। आजकाल कसैलाई अलिकति पनि
अहङ्कार देखाए भने दुस्मनी बढ्छ। धेरै मीठो भएर चल्नु छ। नेपालमा पनि आवाज फैलिने
छ। अहिले तिमी बच्चाहरूको महिमाको समय भएको छैन। नत्र उनीहरूका आश्रम (अखाडा)
उड्नेछन्। ठुलाबडाले बुझेर सभामा सुनाए भने त उनीहरूको पछि धेरै आउँछन्। कुनै पनि
सांसदले प्राचीन भारतखण्डको राजयोग यी ब्रह्माकुमार ब्रह्माकुमारी बाहेक अरू कसैले
सिकाउन सक्दैनन्, यस्तो अहिलेसम्म कोही निस्केको छैन। बच्चाहरू धेरै होसियार,
चमत्कारी बन्नु छ। फलाना-फलानाले भाषण कसरी गर्छन् सिक्नुपर्छ। बाबाले जुन मुरली
चलाउनुभयो, कल्प कल्प ठीक यस्तै चलाउनु भएको थियो। ड्रामामा निश्चित छ। प्रश्न उठ्न
सक्दैन– यस्तो किन? ड्रामा अनुसार जे सम्झाउनु थियो त्यो सम्झाएँ। सम्झाइरहने छु।
मानिसहरूले त अथाह प्रश्नहरू गर्नेछन्। भन, पहिला मनमनाभव हुनुहोस्। बाबालाई चिनेपछि
तपाईंहरूले सबै कुरा बुझ्नुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सेवाको युक्ति सिकेर धेरै होसियार अनि चमत्कारी बन्नु छ। धारण गरेर फेरि अरूलाई
गराउनु छ। पढाइबाट आफ्नो तकदिर आफैले बनाउनु छ।
२) कुनै पनि कुरामा
अलिकति पनि अहङ्कार देखाउनु हुँदैन, अति मीठो र निर्मानचित्त बन्नु छ। मायारूपी
गोहीबाट आफ्नो सम्हाल गर्नु छ।
वरदान:–
बितेकोलाई
श्रेष्ठ विधिद्वारा बित्यो भनेर यादगार स्वरुप बनाउने पास विद अनर भव
“पास्ट इज पास्ट” (जे
हुनु थियो भैसक्यो) त हुनु नै छ। समय र दृश्य सबै पास भएर जान्छन् तर पास विद अनर
भएर हर सङ्कल्प वा समयलाई पास गर अर्थात् बितेकोलाई यसरी श्रेष्ठ विधिद्वारा बितेको
सम्झ, जसद्वारा बितेको कुरालाई स्मृतिमा ल्याउने बित्तिकै वाह, वाहको बोली दिलबाट
निस्कियोस्। अन्य आत्माहरूले तिम्रो बितेको कहानीबाट पाठ पढुन्। तिम्रा बितेका
दिनहरू, यादगारस्वरुप बनुन् अनि कीर्तन अर्थात् कीर्ति गाइरहने छन्।
स्लोगन:–
स्व कल्याणको
श्रेष्ठ योजना बनाऊ तब विश्व सेवामा सकाश मिल्छ।