20.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– योगबलबाट यो नुनिलो सागर पार गरेर घर जानु छ त्यसैले जहाँ जानु छ , त्यसको याद गर। यसै खुसीमा रहने गर– हामी अहिले फकीरबाट अमीर बनिरहेका छौं।”

प्रश्न:–
दैवी गुणको विषयमा जुन बच्चाको ध्यान हुन्छ, उसको लक्षण कस्तो हुन्छ?

उत्तर:–
उसको बुद्धिमा हुन्छ– जस्तो कर्म मैले गर्छु मलाई देखेर अरूले पनि त्यस्तै गर्नेछन्। कहिल्यै पनि कसैलाई दु:ख दिँदैन। उसको मुखबाट कहिल्यै उल्टोसुल्टो शब्द निस्किदैन। मन-वचन-कर्मबाट कसैलाई पनि दु:ख दिँदैन। बाबा समान सुख दिने लक्ष्य होस् तब भनिन्छ दैवीगुणको विषयमा ध्यान छ।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई रुहानी बाबाले सम्झाइरहनु भएको छ। यादको यात्रा पनि सिकाइरहनु भएको छ। यादको यात्राको अर्थ पनि प्यारा बच्चाहरूले बुझेका होलान्। भक्तिमार्गमा पनि सबैले देवताहरूलाई र शिवबाबालाई याद गर्छन्। तर यादबाटै विकर्म विनाश हुन्छ, यो थाहा थिएन। बच्चाहरूलाई थाहा छ– बाबा पतित-पावन हुनुहुन्छ, उहाँले नै पावन बनाउने युक्ति बताउनु हुन्छ। आत्मा नै पावन बन्छ, आत्मा नै पतित बन्छ। बच्चाहरूलाई थाहा छ– यहाँ नै बाबा आएर यादको यात्रा सिकाउनु हुन्छ, अन्त कहीँ पनि सिकाउनु हुन्न। जिस्मानी यात्राहरू त तिमी बच्चाहरूले धेरै गरेका छौ। यो यात्रा त केवल एक बाबाले नै सिकाउन सक्नुहुन्छ। अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ तर मायाको कारण सबैमा बेसमझको ताला लागेको छ। अहिले बाबाद्वारा तिमीलाई थाहा भएको छ– हामी कति समझदार, धनवान् र पवित्र थियौं। हामी सारा विश्वको मालिक थियौं। अहिले हामी फेरि त्यही बनिरहेका छौं। बाबाले कति ठुलो बेहदको बादशाही दिनुहुन्छ। लौकिक बाबाले बढीमा लाख, करोड दिन्छन्। यहाँ त मीठा बेहदको बाबा बेहदको बादशाही दिन आउनु भएको छ, त्यसैले तिमी यहाँ पढ्न आएका छौ। कोसँग? बेहदको बाबासँग। बाबा शब्द मम्मा भन्दा पनि मीठो लाग्छ। गर्न त मम्माले पालना गर्नुहुन्छ तर बाबा फेरि पनि बाबा हुनुहुन्छ, जसबाट बेहदको वर्सा प्राप्त हुन्छ। तिमी सदा सुखी र सदा सौभाग्यवान् बनिरहेका छौ। बाबाले हामीलाई फेरि के बनाउनु हुन्छ! यो कुनै नयाँ कुरा होइन। गायन पनि छ– बिहान अमीर थियो, रातमा फकीर भयो। तिमी पनि बिहान अमीर हुन्छौ, फेरि बेहद रातमा फकीर बन्छौ। बाबाले दिनदिनै स्मृति दिलाउनु हुन्छ– प्यारा बच्चाहरू! हिजो तिमी विश्वको मालिक, अमीर थियौ, आज तिमी फकीर बनेका छौ। अब फेरि बिहान हुने बित्तिकै तिमी अमीर बन्छौ। कति सहज कुरा छ। तिमी बच्चाहरू अमीर बन्नमा एकदम खुसी हुनुपर्छ। ब्राह्मणहरूको दिन अनि ब्राह्मणहरूको रात। अहिले दिनमा तिमी अमीर बनिरहेका छौ र बन्छौ पनि अवश्य। तर नम्बरवार पुरुषार्थ अनुसार। बाबा भन्नुहुन्छ– यो त्यही नुनिलो सागर हो, जसलाई तिमीले नै योगबलबाट पार गर्छौ। जहाँ जाने हो त्यसको याद हुनुपर्छ। हामी अब घर जानु छ। बाबा स्वयं आउनु भएको छ हामीलाई लिन। एकदम प्यारसँग सम्झाउनु हुन्छ– मीठे बच्चे, तिमी नै पावन थियौ, ८४ जन्म लिँदालिँदा पतित बनेका छौ, फेरि पावन बन्नु छ। पावन बन्ने अरू कुनै उपाय छैन। तिमीलाई थाहा छ– पतित-पावन आउनु हुन्छ। तिमी उहाँको मतमा चलेर पावन बन्छौ। हामीले यो पद पाउँछौं भनी तिमी बच्चाहरूलाई खुसी हुन्छ। बाबा भन्नुहुन्छ– तिमी २१ जन्मको लागि सदा सुखी बन्छौ। बाबाले सुखधामको वर्सा दिनुहुन्छ, रावणले दु:खधामको वर्सा दिन्छ। तिमी बच्चाहरूले अहिले जानेका छौ– रावण तिम्रो पुरानो दुस्मन हो, जसले तिमीलाई ५ विकार रूपी पिँजडामा राखिदिएको छ। बाबा आएर निकाल्नुहुन्छ। जति जसले बाबालाई याद गर्छ, त्यति अरूलाई पनि परिचय दिन सक्छ। याद नगर्नेहरू देह अभिमानमा हुन्छन्। तिनीहरूले न बाबालाई याद गर्न सक्छन्, न बाबाको परिचय दिन सक्छन्। हामी आत्माहरू भाइ भाइ हौं, घरबाट यहाँ आएका छौं– भिन्न भिन्न पार्ट खेल्न। सबै पार्ट कसरी खेलिन्छ, त्यो पनि तिम्रो बुद्धिमा छ। जसलाई पक्का निश्चय छ, ऊ यहाँ आएर रिफ्रेश हुन्छ। यो कुनै त्यस्तो पढाइ होइन जहाँ तिमीलाई शिक्षकको साथमै रहनु पर्छ। होइन, आफ्नो घरमा रहेर पनि पढाइ पढ्न सक्छौ। केवल एक हप्ता राम्रोसँग पढ, त्यसपछि ब्राह्मणीहरूले (टिचरहरूले) कसैलाई एक महिनामा, कसैलाई ६ महिनामा, कसैलाई १२ महिनापछि ल्याउँछन्। बाबा भन्नुहुन्छ– निश्चय भयो त्यसैले आए।

म विकारमा जान्न भनेर राखी पनि बाँध्नु छ। हामीले शिवबाबासँग प्रतिज्ञा गर्छौं। शिवबाबाले पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू निर्विकारी अवश्य बन्नुपर्छ। यदि विकारमा गयौ भने कमाइ समाप्त हुन्छ, सयगुणा दण्ड खानुपर्छ। ६३ जन्म तिमीले गोता खायौ। अब बाबा भन्नुहुन्छ पवित्र बन। मलाई याद गर्यौ भने तिम्रो पाप भस्म हुन्छ। आत्मा भाइ भाइ हुन्। कसैको नाम रूपमा फस्नु हुँदैन। यदि कसैले नियमित रूपमा पढ्दैन भने हतार गरेर ल्याउनु हुँदैन। बाबाले त भन्नुहुन्छ– एक दिनमा पनि तीर लाग्न सक्छ तर बुद्धिबाट पनि काम लिनुपर्छ। तिमी ब्राह्मण हौ सबै भन्दा उत्तम। यो तिम्रो धेरै उच्च कुल हो। त्यहाँ स्वर्गमा कुनै सत्सङ्ग आदि हुँदैन। सत्सङ्ग भक्तिमार्गमा हुन्छ। तिमीलाई थाहा छ– सत्यको सङ्गतले तार्छ, सत्यको सङ्गत मिल्छ नै सत्ययुगको स्थापना भएपछि मात्र। यो कसैको बुद्धिमा आउँदैन किनकि बुद्धिमा ताला लागेको छ। अब सत्ययुगमा जानु छ। सत्यको सङ्गत मिल्छ नै पुरुषोत्तम सङ्गमयुगमा। ती गुरुहरू त सङ्गमयुगी होइनन्। जब बाबा आउनु हुन्छ तब “बच्चे, बच्चे” भनेर बोलाउनु हुन्छ। ती गुरुहरूलाई कहाँ तिमीले बाबा भन्छौ र! बुद्धिमा एकदम गोदरेजको ताला लागेको छ। बाबा आएर ताला खोल्नुहुन्छ। हेर, मनुष्यहरूले हीरा जस्तो जीवन बनाऊन् भनेर बाबाले कति युक्तिहरू रच्नुहुन्छ। पत्रपत्रिका, किताब आदि छपाइरहन्छन्। धेरैको कल्याण भयो भने धेरैको आशीर्वाद पनि प्राप्त हुन्छ। प्रजा बनाउने पुरुषार्थ गर्नुपर्छ। आफूलाई बन्धनबाट छुटाउनु पर्छ। शरीर निर्वाहको लागि नोकरी त गर्नै पर्छ। ईश्वरीय सेवा हुन्छ केवल बिहान र बेलुका। त्यतिबेला सबैलाई फुर्सद हुन्छ, जोसँग तिमीले लौकिक सेवा गर्छौ उनीहरूलाई पनि हाम्रा दुई पिता हुनुहुन्छ भन्ने परिचय दिँदै गर।

लौकिक पिता सबैका अलग अलग हुन्छन्। पारलौकिक पिता सबैको एउटै हुनुहुन्छ। उहाँ परम हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो पनि पार्ट छ। अहिले तिमी बच्चाहरूले मेरो परिचय जानेका छौ। आत्माको बारेमा पनि तिमीलाई थाहा छ। आत्माको लागि भनिन्छ भृकुटीको बीचमा चम्कन्छ अजब सितारा....। त्यो अकाल तख्त पनि हो। आत्मालाई कहिल्यै कालले खाँदैन। त्यो केवल मैलो र सफा हुन्छ, आत्माको तख्त पनि भृकुटीको बिचमा नै शोभायमान हुन्छ। तिलकको निसानी पनि यहीँ दिन्छन्। बाबा भन्नुहुन्छ– तिमीले आफूले आफैलाई राजतिलक दिने लायक बनाऊ। यस्तो होइन– मैले सबैलाई राजतिलक दिन्छु। तिमीले आफैलाई दिलाऊ। बाबाले जान्नुहुन्छ– कसले धेरै सेवा गर्छ। पत्रिकामा पनि धेरै राम्रा लेख आउँछन्। साथसाथै योगमा मेहनत पनि गर्नु छ, जसबाट विकर्म विनाश हुन्छ। दिनदिनै तिमी श्रेष्ठ राजयोगी बन्दै जान्छौ। सम्झनेछौ– यो शरीर छुट्नेछ, हामी जानेछौं। सूक्ष्मवतनसम्म त बच्चाहरू जान्छन्, मूलवतनलाई पनि राम्रोसँग जान्दछन्– त्यो हामी आत्माहरूको घर हो। मनुष्यहरूले शान्तिधाम जानको लागि नै भक्ति गर्छन्। सुखधामको बारेमा त उनीहरूलाई थाहै छैन। स्वर्गमा जाने शिक्षा त बाबा सिवाय अरू कसैले पनि दिन सक्दैन। यो हो प्रवृत्ति मार्ग। दुवैलाई मुक्तिधाममा जानु छ। उनीहरूले उल्टो मार्ग बताउँछन्, जान चाहिँ कोही पनि जाँदैन। अन्त्यमा सबैलाई बाबाले लैजानुहुन्छ। यो उहाँको कर्तव्य हो। कसैले राम्ररी पढेर राज्यभाग्य लिन्छन्। सबैले कसरी पढ्छन् र। उनीहरू जसरी नम्बरवार आउँछन् त्यसैगरी नम्बरवार जान्छन्। यी कुरामा समय खेर नफाल।

भन्छौ– बाबालाई याद गर्ने पनि फुर्सद मिल्दैन फेरि यसमा समय किन खेर फाल्छौ? यो त निश्चय छ– बेहदका बाबा, शिक्षक, सतगुरु पनि हुनुहुन्छ। फेरि अरू कसैलाई याद गर्ने आवश्यकता नै छैन। तिमीलाई थाहा छ– कल्प पहिला पनि श्रीमत अनुसार चलेर पावन बनेका थियौ। घरी घरी चक्र पनि घुमाइराख। तिम्रो नाम हो स्वदर्शन चक्रधारी। ज्ञान सागरबाट तिमीलाई भरिन धेरै समय लाग्दैन, खाली हुनमा धेरै समय लाग्छ। तिमी हौ मीठा सिकीलधे बच्चा किनकि कल्पपछि आएर भेट भएका छौ। यो कुरामा पक्का निश्चय हुनुपर्छ। हामी ८४ जन्मपछि फेरि आएर बाबासँग भेट भएका छौं। बाबा भन्नुहुन्छ– जसले पहिला भक्ति गरेको छ ऊ नै पहिला ज्ञान लिनको लागि लायक पनि बन्छ किनकि भक्तिको फल पनि पाउनुपर्छ। त्यसैले सदा आफ्नो फल अथवा वर्सालाई याद गरिराख। फल शब्द पनि भक्तिमार्गको हो। वर्सा शब्द ठीक छ। बेहदका बाबालाई याद गर्नाले वर्सा प्राप्त हुन्छ अरू कुनै उपाय छैन। भारतवर्षको प्राचीन योग प्रख्यात छ। उनीहरूले सम्झन्छन्– हामीले भारतवर्षको प्राचीन योग सिक्छौं। बाबाले सम्झाउनु हुन्छ– तिनीहरू ड्रामा अनुसार हठयोगी बन्छन्। राजयोग अहिले तिमीले सिक्छौ किनकि अहिले सङ्गमयुग हो। उनीहरूको धर्म अलग छ। वास्तवमा उनीहरूले गुरु बनाउनु पर्दैन। तर यो पनि ड्रामा अनुसार फेरि पनि गुरु बनाउने नै छन्। तिमी बच्चाहरू अब सदाचारी बन्नु छ। धर्ममा नै तागत छ। तिमीलाई मैले जुन देवीदेवता बनाउँछु, यो धर्म धेरै सुखदायक छ। मेरो तागत पनि उनैलाई प्राप्त हुन्छ जसले मसँग योग लगाउँछन्। त्यसैले बाबा जसले स्वयं धर्म स्थापन गर्नुहुन्छ, त्यसमा धेरै तागत छ। तिमी सारा विश्वको मालिक बन्छौ। बाबाले यसै धर्मको महिमा गर्नुहुन्छ– यसमा धेरै शक्ति छ। सर्वशक्तिमान बाबाबाट धेरैलाई शक्ति प्राप्त हुन्छ। वास्तवमा शक्ति सबैलाई प्राप्त हुन्छ तर नम्बरवार। तिमीलाई जति शक्ति चाहिन्छ त्यति बाबाबाट लेऊ अनि दैवीगुण पनि चाहिन्छ। कसैलाई सताउनु हुँदैन, दु:ख दिनु हुँदैन। यिनले कहिल्यै कसैलाई उल्टोसुल्टो कुरा गर्दैनन्। जानेका छन् जस्तो कर्म मैले गर्छु, मलाई देखेर अरूले पनि त्यस्तै गर्नेछन्। आसुरी गुणबाट दैवीगुणमा आउनु छ। हेर्नु पर्छ मैले कसैलाई दु:ख त दिएको छैन? यस्तो कोही पनि छैन जसले कसैलाई पनि दु:ख नदिएको होस्। केही न केही गल्ती अवश्य हुन्छ। मन-वचन-कर्मबाट कसैलाई पनि दु:ख नहोस्, त्यो अवस्था त अन्त्यमा आउँछ। यतिबेला हामी पुरुषार्थी अवस्थामा छौं। हरेक कुरा नम्बरवार पुरुषार्थ अनुसार हुन्छ। सबैले सुखको लागि नै पुरुषार्थ गर्छन्। तर बाबा बाहेक अरू कसैले पनि सुख दिन सक्दैन। देखिएको थियो सोमनाथको मन्दिरमा कति धेरै हिरा जुहारत थियो। त्यो सबै कहाँबाट आयो, कसरी धनवान् बने। सारा दिन यही पढाइको चिन्तनमा रहनु पर्छ। गृहस्थ व्यवहारमा रहेर कमल पुष्प समान पवित्र बन्नु छ। तिमीले यो पुरुषार्थ गरेका छौ तब त माला बनेको छ। कल्प कल्प बनिरहन्छ। माला कसको यादगार हो– यो पनि तिमीलाई थाहा छ। उनीहरू त माला जपेर धेरै मस्तीमा हुन्छन्। भक्तिमा के हुन्छ र ज्ञानमा के हुन्छ– यो पनि तिमीलाई थाहा छ। तिमीले जसलाई पनि सम्झाउन सक्छौ। पुरुषार्थ गर्दागर्दै आखिरमा रिजल्ट कल्प पहिला जस्तै आउँछ। हरेकले आफ्नो जाँच गरिरहनु पर्छ। तिमीले जान्दछौ– म यो बन्नु छ। पुरुषार्थको लागि समय मिलेको छ। नम्बरवार पुरुषार्थ अनुसार बाबाले पनि तिम्रो स्वागत गर्नुहुन्छ। तिमी बच्चाहरूले जति स्वागत गर्छौ, त्यो भन्दा धेरै बाबाले तिम्रो स्वागत गर्नुहुन्छ। बाबाको धन्दा नै हो– तिम्रो स्वागत गर्नु। स्वागत अर्थात् सद्गति। यो सबै भन्दा उच्च स्वागत हो। तिमी सबैलाई स्वागत गर्न बाबा आउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) धेरैको आशीर्वाद लिनको लागि कल्याणकारी बन्नु छ। शरीर निर्वाहको लागि कर्म गर्दा पनि आफूलाई बन्धनबाट मुक्त गरेर बिहान बेलुका ईश्वरीय सेवा अवश्य गर्नु छ।

२) अन्य कुरामा आफ्नो समय खेर नफाली बाबालाई याद गरेर शक्ति लिनु छ। सत्यको सङ्गमा रहनु छ। मन-वचन-कर्मले सबैलाई सुख दिने पुरुषार्थ गर्नु छ।

वरदान:–
पवित्रताको वरदानलाई निजी संस्कार बनाएर पवित्र जीवन बनाउने मेहनतमुक्त भव

कतिपय बच्चाहरूलाई पवित्रतामा मेहनत लाग्छ, यसबाट सिद्ध हुन्छ वरदाता बाबाबाट जन्मैदेखिको वरदान लिएको छैन। वरदानमा मेहनत हुँदैन। हरेक ब्राह्मण आत्माको जन्मैदेखिको पहिलो वरदान हो “पवित्र भव, योगी भव”। जसरी जन्मैदेखिका संस्कार धेरै पक्का हुन्छन्, त्यसैगरी पवित्रता ब्राह्मण जन्मको आदि संस्कार, निजी संस्कार हो। यसै स्मृतिले पवित्र जीवन बनाऊ। मेहनतबाट मुक्त बन।

स्लोगन:–
जसमा सेवाको शुद्ध भावना हुन्छ, ऊ नै ट्रस्टी हो।