22.04.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– सर्वका
सद्गतिदाता एक बाबा हुनुहुन्छ , बाबाले जस्तो निष्काम सेवा अरू कसैले पनि गर्न
सक्दैन ।”
प्रश्न:–
नयाँ संसार
स्थापना गर्न बाबाले कुनचाहिँ मेहनत गर्नुपर्छ?
उत्तर:–
एकदम अजामिल जस्ता पापीहरूलाई फेरि लक्ष्मी-नारायण जस्ता पूज्य देवता बनाउने मेहनत
बाबाले नै गर्नुपर्छ। बाबाले तिमी बच्चाहरूलाई देवता बनाउने मेहनत गर्नुहुन्छ। बाँकी
रहेका सबै आत्माहरू फर्केर शान्तिधाम जान्छन्। हरेकले आफ्नो हिसाबकिताब चुक्ता गरेर
लायक बनेर फर्केर घर जानु छ।
गीत:–
इस पाप की
दुनियाँ से...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ। प्यारा बच्चाहरू जानेका छौ– यो हो पापको दुनियाँ। नयाँ
दुनियाँ हो पुण्यको दुनियाँ। त्यहाँ पाप हुँदैन। त्यो हो रामराज्य, यो हो रावण
राज्य। यस रावण राज्यमा सबै पतित दु:खी छन् तब त पुकार्छन्– हे पतित-पावन आएर
हामीलाई पावन बनाउनुहोस्। सबै धर्मकाले पुकार्छन्– ओ गड फादर! आएर हामीलाई मुक्त
गर्नुहोस्, गाइड बन्नुहोस् अर्थात् जब बाबा आउनु हुन्छ तब सारा सृष्टिमा जति पनि
धर्म छन्, ती सबैलाई लिएर जानुहुन्छ। यस समयमा सबै रावण राज्यमा छन्। सबै
धर्मावलम्बीहरूलाई फर्काएर शान्तिधाम लिएर जानुहुन्छ । विनाश त सबैको हुनु नै छ।
बाबा यहाँ आएर बच्चाहरूलाई सुखधामका लायक बनाउनु हुन्छ। सबैको कल्याण गर्नुहुन्छ,
त्यसैले एकलाई नै सर्वका सद्गतिदाता, सर्वका कल्याण गर्नेवाला भनिन्छ। बाबा
भन्नुहुन्छ– अब तिमीले फर्केर जानु छ। सबै धर्मावलम्बीहरू शान्तिधाम, निर्वाणधाम
जानु छ, जहाँ सबै आत्माहरू शान्तिमा रहन्छन्। बेहदका बाबा जो रचयिता हुनुहुन्छ, उहाँ
नै आएर सबैलाई मुक्ति र जीवनमुक्ति दिनुहुन्छ। त्यसैले महिमा पनि उहाँ एक परमपिताको
नै गर्नुपर्छ जसले आएर सर्वको सेवा गर्नुहुन्छ, उहाँलाई याद गर्नुपर्छ। बाबा स्वयंले
बताउनु हुन्छ– म दूर देश परमधामको निवासी हुँ। सबै भन्दा पहिला जुन आदि सनातन
देवीदेवता धर्म थियो, त्यो छैन त्यसैले मलाई पुकार्छन्। म आएर सबै बच्चाहरूलाई
फर्काएर लिएर जान्छु। हिन्दु त कुनै धर्म होइन। वास्तवमा हो देवीदेवता धर्म। तर
पवित्र नहुनाको कारण आफूलाई देवताको सट्टा हिन्दु भने। हिन्दु धर्म स्थापक त कोही
छैन। गीता हो नै सर्वशास्त्र शिरोमणि। त्यो भगवानद्वारा गायन गरिएको हो। भगवान
एकलाई नै भनिन्छ– गड फादर। श्रीकृष्ण वा लक्ष्मी-नारायणलाई गड फादर वा पतित-पावन
भनिदैन। उनीहरू त राजा रानी हुन्। उनीहरूलाई यस्ता कसले बनाए? बाबाले। बाबाले पहिला
नयाँ दुनियाँ रच्नुहुन्छ जसका यी मालिक बन्छन्। कसरी बने यो कुनै मनुष्यले जान्दैनन्।
ठुला ठुला लखपतिले मन्दिर आदि बनाउँछन्। उनीहरूसँग सोध्नुपर्छ– यिनीहरूले यो विश्वको
राज्य कसरी पाए? कसरी मालिक बने? कहिल्यै कसैले भन्न सक्दैनन्। के कर्म गरे जसले
गर्दा यति ठुलो फल पाए? अहिले बाबाले सम्झाउनु हुन्छ– तिमीले आफ्नो धर्मलाई
भुलिसकेका छौ। आदि सनातन देवीदेवता धर्मलाई नजान्नाको कारण सबै अरू अरू धर्ममा
परिवर्तन भएका छन्। ती फेरि आ-आफ्नो धर्ममा फर्किने छन् । जो आदि सनातन देवीदेवता
धर्मका हुन्, ती फेरि आफ्नो धर्ममा आउँछन्। क्रिश्चियन धर्मको छ भने फेरि
क्रिश्चियन धर्ममा आउने छ। यो आदि सनातन देवीदेवता धर्मको कलमी लागिरहेको छ। जो जो
जुन धर्मका छन्, उनलाई आ-आफ्नो धर्ममा आउनु पर्ने हुन्छ। यो वृक्ष हो, यसका तीन शाखा
छन् फेरि त्यसबाट वृद्धि हुँदै जान्छ। अरू कसैले पनि यो ज्ञान दिन सक्दैनन्। अब बाबा
भन्नुहुन्छ– तिमी आफ्नो धर्ममा आऊ। कसैले भन्छन्, म संन्यास धर्ममा जान्छु,
रामकृष्ण परमहंस संन्यासीका अनुयायी हुँ। अब ती हुन् निवृत्ति मार्गका, तिमी हौ
प्रवृत्ति मार्गका। गृहस्थ मार्गका निवृत्ति मार्गकाको अनुयायी कसरी बन्न सक्छन्?
तिमी पहिला प्रवृत्ति मार्गमा पवित्र थियौ। फेरि रावणद्वारा तिमी अपवित्र बनेका हौ।
यी कुरा बाबाले सम्झाउनु हुन्छ। तिमी हौ गृहस्थ आश्रमका, भक्ति पनि तिमीले गर्नु छ।
बाबा आएर भक्तिको फल सद्गति दिनुहुन्छ। भनिन्छ– धर्ममा शक्ति छ। बाबाले धर्म स्थापना
गर्नुहुन्छ। तिमी सारा विश्वको मालिक बन्छौ। बाबाबाट तिमीलाई कति शक्ति मिल्छ। एक
सर्वशक्तिमान् बाबा नै आएर सबैको सद्गति गर्नुहुन्छ अरू कसैले सद्गति गर्न सक्दैनन्
न त पाउन सक्छन्। यहाँ नै वृद्धि हुँदै जान्छ। फर्केर कोही पनि जान सक्दैनन् बाबा
भन्नुहुन्छ– म सबै धर्महरूको सेवक हुँ, आएर सबैलाई सद्गति दिन्छु। सद्गति भनिन्छ
सत्ययुगलाई। मुक्ति हुन्छ शान्तिधाममा। अब सबै भन्दा ठुलो को भयो त? बाबा
भन्नुहुन्छ– हे आत्माहरू! तिमी सबै भाइ भाइ हौ, सबैलाई बाबाबाट वर्सा मिल्छ। सबैलाई
आएर आ-आफ्नो सेक्सनमा पठाउन लायक बनाउँछु। लायक बन्दैनन् भने सजाय खानुपर्छ।
हिसाबकिताब चुक्ता गरेर फेरि फर्केर जान्छन्। त्यो हो शान्तिधाम अनि त्यो हो सुखधाम।
बाबा भन्नुहुन्छ– म आएर नयाँ दुनियाँ स्थापना गर्छु, यसमा मेहनत गर्नुपर्छ। एकदम
अजामिल जस्ता पापीहरूलाई आएर यस्ता देवीदेवता बनाउँछ। जबदेखि तिमी बाम मार्गमा गयौ
तबदेखि सिँढी तल उत्रिदै आयौ। यो ८४ जन्मको सिँढी हो नै तल उत्रिने। सतोप्रधानबाट
सतो, रजो, तमो। अहिले यो हो सङ्गम। बाबा भन्नुहुन्छ– म आउँछु नै एक पटक। म कोही
इब्राहम-बुद्धको तनमा आउँदिन। म पुरुषोत्तम सङ्गम युगमा नै आउँछु। अहिले भनिन्छ
बाबालाई अनुसरण गर। बाबा भन्नुहुन्छ– तिमी सबै आत्माहरूले मलाई नै फलो गर्नु छ। एक
मलाई याद गर्यौ भने तिम्रा पाप योग अग्निमा भस्म हुन्छन्। यसलाई भनिन्छ योग अग्नि।
तिमी हौ सच्चा सच्चा ब्राह्मण। तिमी काम चिताबाट उत्रेर ज्ञान चितामा बसेका छौ। यो
कुरा एउटै बाबाले सम्झाउनु हुन्छ। क्राइष्ट, बुद्ध आदि सबैले एकलाई नै याद गर्छन्।
तर उहाँलाई यथार्थ रूपमा कसैले चिन्दैनन्। अहिले तिमी आस्तिक बनेका छौ। रचयिता र
रचनालाई तिमीले बाबाद्वारा चिनेका छौ। ऋषिमुनि सबै नेति नेति भन्थे अर्थात् हामीले
जान्दैनौं। स्वर्ग हो सचखण्ड, दु:खको नाम हुँदैन। यहाँ कति धेरै दु:ख छ। आयु पनि
धेरै छोटो छ। देवताहरूको आयु कति लामो हुन्छ। उनीहरू हुन् पवित्र योगी। यहाँ छन्
अपवित्र भोगी। सिँढी उत्रिँदा उत्रिँदा आयु कम हुँदै जान्छ। अकालमा मृत्यु पनि
भइरहन्छ। बाबाले तिमीलाई यस्तो बनाउनु हुन्छ जसकारण तिमी २१ जन्म कहिल्यै रोगी
बन्दैनौ। त्यसैले यस्तो बाबाद्वारा वर्सा लिनुपर्छ। आत्मा कति समझदार बन्नुपर्छ।
बाबाले यस्तो वर्सा दिनुहुन्छ जसले गर्दा त्यहाँ कुनै दु:ख हुँदैन। तिम्रो रूनु
कराउनु सबै बन्द हुन्छ। सबै पार्टधारी हुन्। आत्माले एक शरीर छोडेर अर्को लिन्छ। यो
पनि ड्रामा। बाबाले कर्म, अकर्म, विकर्मको गति पनि सम्झाउनु हुन्छ। कृष्णको आत्माले
८४ जन्म भोगेर अब अन्त्यमा त्यही ज्ञान सुनिरहेको छ। ब्रह्माको दिन र रातको गायन छ।
ब्रह्माको दिन रात नै ब्राह्मणहरूको। अब तिम्रो दिन हुनेवाला छ। महाशिवरात्रि
भनिन्छ। अब भक्तिको रात पूरा भएर ज्ञानको उदय हुन्छ। अहिले हो सङ्गम। तिमी अब फेरि
स्वर्गवासी बनिरहेका छौ। अँध्यारो रातमा धक्का पनि खायौ शिर पनि खियायौ, पैसा पनि
खतम गर्यौ। अब बाबा भन्नुहुन्छ– म आएको छु तिमीलाई शान्तिधाम र सुखधाममा लैजानको
लागि। तिमी सुखधामका निवासी थियौ। ८४ जन्मपछि दु:खधाममा आइपुगेका छौ। त्यसैले
पुकार्छौ– बाबा आउनुहोस्, यस पुरानो दुनियाँमा। यो तिम्रो दुनियाँ होइन। तिमीले
अहिले योगबलबाट आफ्नो दुनियाँ स्थापना गरिरहेका छौ। तिमी अब डबल अहिँसक बन्नु छ। न
काम कटारी चलाउनु छ, न लडाइँ झगडा गर्नु छ। बाबा भन्नुहुन्छ– म हर ५ हजार वर्षपछि
आउँछु। यो कल्प ५ हजार वर्षको हो, न कि लाखौं वर्षको। यदि लाखौं वर्षको भएको भए यहाँ
धेरै जनसङ्ख्या हुन्थ्यो। गफ लगाइरहन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– म कल्प-कल्प
आउँछु, मेरो पनि ड्रामामा पार्ट छ। पार्ट विना मैले केही पनि गर्न सक्दिन। म पनि
ड्रामाको बन्धनमा छु। समय पूरा भएपछि आउँछु, मनमनाभव। तर यसको अर्थ कसैले जान्दैनन्।
बाबा भन्नुहुन्छ– देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गरेमा सबै पावन बन्छन्।
बच्चाहरूले बाबालाई याद गर्ने मेहनत गरिरहन्छन्। यो हो ईश्वरीय विश्व विद्यालय।
यस्तो विद्यालय अरू हुन सक्दैन। यहाँ ईश्वर पिता आएर सारा विश्वलाई परिवर्तन
गर्नुहुन्छ। नर्कबाट स्वर्ग बनाइदिनुहुन्छ, जसमा तिमीले राज्य गछौ। अहिले बाबा
भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो हो बाबाको
भाग्यशाली रथ, जसमा बाबा आएर प्रवेश गर्नुहुन्छ। शिवजयन्तीलाई कसैले जान्दैनन्।
उनीहरूले त भन्ने गर्छन्– परमात्मा नाम रूपबाट अलग हुनुहुन्छ। अरे, नाम रूपबाट अलग
त कुनै चीज हुँदैन। भन्छन् यो आकाश हो, यो पनि त नाम भयो नि। हुन त पोलार हो तर पनि
नाम छ। त्यस्तै बाबाको पनि नाम हो कल्याणकारी। फेरि भक्तिमार्गमा धेरै नाम राखेका
छन्। बाबुरीनाथ पनि भन्छन्। उहाँ आएर काम कटारीबाट छुटाएर पावन बनाउनु हुन्छ।
निवृत्ति मार्गकाले ब्रह्मलाई नै परमात्मा मान्छन्, त्यसलाई नै याद गर्छन्।
ब्रह्मयोगी तत्त्वयोगी कहलाउँछन्। तर त्यो भयो बस्ने स्थान, जसलाई ब्रह्माण्ड
भनिन्छ। उनीहरूले फेरि ब्रह्मलाई भगवान सम्झन्छन्। सम्झन्छन् हामी लीन हुनेछौं
अर्थात् आत्मालाई विनाशी बनाइदिन्छन्। बाबा भन्नुहुन्छ– म नै आएर सबैलाई सद्गति
गर्छु त्यसैले एक शिवबाबाको जयन्ती हीरा तुल्य हो। बाँकी सबै जयन्ती कौडी तुल्य हुन्।
शिवबाबाले नै सबैको सद्गति गर्नुहुन्छ। त्यसैले उहाँ हुनुहुन्छ हीरा जस्ता। उहाँले
नै तिमीहरूलाई स्वर्णिमयुगमा लिएर जानुहुन्छ। यो ज्ञान तिमीलाई बाबा नै आएर पढाउनु
हुन्छ, जसबाट तिमी देवी-देवता बन्छौ। फेरि यो ज्ञान प्राय: लोप हुन जान्छ। यी
लक्ष्मी-नारायणमा रचयिता र रचनाको ज्ञान छैन। बच्चाहरूले गीत सुन्यौ– भन्छन्, यस्तो
स्थानमा लैजानुहोस् जहाँ शान्ति र चैन होस्। त्यो हो शान्तिधाम, फेरि सुखधाम। त्यहाँ
अकालमा मृत्यु हुँदैन। त्यसैले बाबा आउनु भएको छ बच्चाहरूलाई त्यस सुख चैनको
दुनियाँमा लैजानको लागि। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
रात्रि क्लास:–
अहिले तिम्रो
सूर्यवंशी, चन्द्रवंशी दुवै राज्य बन्छ। जति तिमीले जानेका छौ र पवित्र बन्छौ त्यति
अरू कसैले पनि जान्न सक्दैनन् न त पवित्र बन्न सक्छन्। जब सुन्नेछन् बाबा आउनु भएको
छ तब बाबालाई याद गर्न थाल्नेछन्। त्यो पनि तिमीले पछि गएर देख्नेछौ– लाखौं करोडौंले
बुझ्दै जान्छन्। वायुमण्डल नै यस्तो हुन्छ। अन्तिमको लडाइँमा सबै निराश (होपलेस)
हुन्छन्। सबैलाई टच हुन्छ। तिम्रो नाम पनि प्रसिद्ध हुन्छ। स्वर्गको स्थापना भइरहेको
छ। सबैको मृत्यु तयार छ। तर त्यो समय यस्तो हुन्छ, निस्सासिने समय पनि रहँदैन। पछि
गएर धेरैले बुझ्नेछन्। यस्तो पनि होइन– यो सबै त्यस समयमा हुन्छ। कोही मर्ने पनि छन्।
तिनै रहनेछन् जो कल्प कल्प रहेका थिए। त्यस समयमा एक बाबाको यादमा हुन्छन्। आवाज पनि
कम हुन्छ। फेरि आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्न थाल्नेछन्। तिमी सबै साक्षी
भएर हेर्नेछौ। धेरै दर्दनाक घटना भइरहनेछन्। सबैलाई थाहा हुन्छ, अब विनाश हुनु छ।
दुनियाँ परिवर्तन हुनु छ। विवेकले भन्छ– विनाश तब हुन्छ जब बमहरू खस्नेछन्। अहिले
आपसमा भनिरहन्छन् सर्त गर, वचन देऊ हामीले बम छोड्दैनौं। तर यी सबै चीज बनेका छन्
विनाशको लागि। तिमी बच्चाहरू पनि धेरै खुसी हुनुपर्छ। तिमीले जानेका छौ– नयाँ दुनियाँ
बनिरहेको छ। सम्झन्छौ– बाबाले नै नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। त्यहाँ दु:खको
नाम हुँदैन। त्यसको नाम नै हो स्वर्ग (प्याराडाइज)। जसरी तिमीलाई निश्चय छ त्यसैगरी
पछि गएर धेरैलाई हुन्छ। जसले अनुभव पाउनु छ उनीहरू पछि गएर धेरै पाउने छन्। अन्तिम
समयमा यादको यात्रामा पनि धेरै रहनेछन्। अहिले समय बाँकी छ, पुरुषार्थ पूरा गरेनौ
भने पद कम हुन्छ। पुरुषार्थ गरेपछि पद पनि राम्रो मिल्छ। त्यस समयमा तिम्रो अवस्था
पनि धेरै राम्रो हुन्छ। साक्षात्कार पनि गर्नेछौ। कल्प कल्प जसरी विनाश भएको थियो
त्यसैगरी हुन्छ। जसमा निश्चय हुन्छ, चक्रको ज्ञान हुन्छ तिनीहरू खुसीमा रहनेछन्।
अच्छा! रुहानी बच्चाहरूलाई गुडनाइट।
धारणाको लागि
मुख्य सारः–
१) डबल अहिँसक बनेर योगबलबाट यस नर्कलाई स्वर्ग बनाउनु छ। तमोप्रधानबाट सतोप्रधान
बन्ने पुरुषार्थ गर्नु छ।
२) एक बाबालाई पूरा
पूरा अनुसरण गर्नु छ। सच्चा सच्चा ब्राह्मण बनेर योग अग्निद्वारा विकर्मलाई दग्ध
गर्नु छ। सबैलाई काम चिताबाट उतारेर ज्ञान चितामा बसाउनु छ।
वरदान:–
नि:स्वार्थ र
निर्विकल्प स्थितिद्वारा सेवा गर्ने सफलतामूर्त भव
सेवाको सफलताको आधार
तिम्रो नि:स्वार्थ र निर्विकल्प स्थिति हो। यस स्थितिमा रहनेहरू सेवा गर्दा स्वयम्
पनि सन्तुष्ट र हर्षित रहन्छन् र उनीहरूबाट अरू पनि सन्तुष्ट रहन्छन्। सेवामा
सङ्गठन हुन्छ र सङ्गठनमा भिन्न भिन्न कुराहरू, भिन्न भिन्न विचारहरू हुन्छन्। तर
अनेकतामा अल्मिनु हुँदैन। यस्तो नसोच कसले भनेको मान्ने कसले भनेको नमान्ने।
नि:स्वार्थ र निर्विकल्प भावद्वारा निर्णय लियौ भने कसैलाई पनि व्यर्थ सङ्कल्प
उठ्दैन र सफलतामूर्त बन्छौ।
स्लोगन:–
अब सकासद्वारा
बुद्धिलाई परिवर्तन गर्ने सेवा प्रारम्भ गर।