23.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबाले जुन शिक्षा दिनुहुन्छ , त्यसलाई व्यवहारमा ल्याऊ। प्रतिज्ञा गरेर आफ्नो वचनबाट हट्नु हुँदैन , आज्ञाको उल्लङ्घन गर्नु छैन।”

प्रश्न:–
तिम्रो पढाइको सार के हो? तिमीले कुनचाहिँ अभ्यास अवश्य गर्नुपर्छ?

उत्तर:–
तिम्रो पढाइ हो वानप्रस्थमा जानको लागि। यस पढाइको सार हो वाणी भन्दा पर जानु। बाबाले नै सबैलाई फर्काएर लैजानुहुन्छ। तिमी बच्चाहरू घर जानु भन्दा पहिला सतोप्रधान बन्नुपर्छ। यसको लागि एकान्तमा बसेर देहीअभिमानी रहने अभ्यास गर। अशरीरी बन्ने अभ्यासले नै आत्मालाई सतोप्रधान बनाउँछ।

ओम् शान्ति ।
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ अनि फेरि यस्तो विश्वको मालिक बन्छौ। कल्प कल्प तिमी यसरी नै तमोप्रधानबाट सतोप्रधान बन्छौ फेरि ८४ जन्ममा तमोप्रधान बन्छौ। फेरि बाबाले शिक्षा दिनुहुन्छ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। भक्तिमार्गमा पनि तिमीले याद गर्थ्यौ, तर त्यस समययमा मोटो बुद्धिको ज्ञान थियो। अब महीन बुद्धिको ज्ञान छ। प्राक्टिकलमा बाबालाई याद गर्नु छ। यो पनि सम्झाउनु छ– आत्मा पनि स्टार जस्तै छ, बाबा पनि तारा जस्तै हुनुहुन्छ। केवल उहाँले पुनर्जन्म लिनुहुन्न, तिमीले लिन्छौ। त्यसैले तिमी तमोप्रधान बन्नुपर्छ। फेरि सतोप्रधान बन्नको लागि मेहनत गर्नुपर्छ। मायाले घरी घरी भुलाइदिन्छ। अब भुल रहित बन्नु छ, भुल गर्नु छैन। यदि भुल गर्दै गयो भने तिमी झन् तमोप्रधान बन्छौ। डाइरेक्सन मिल्छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, ब्याट्रीलाई चार्ज गर्यौ भने तिमी सतोप्रधान विश्वको मालिक बन्छौ। टीचरले त सबैलाई पढाउँछन्। विद्यार्थीहरू नम्बरवार पास हुन्छन्। फेरि कमाइ नम्बरवार गर्छन्। तिमी पनि नम्बरवार पास हुन्छौ फेरि नम्बरवार पद पाउँछौ। कहाँ विश्वको मालिक, कहाँ प्रजा दास दासी। जुन विद्यार्थी राम्रो, सपुत, आज्ञाकारी, बफादार, फरमानबरदार हुन्छन् उनीहरू अवश्य पनि शिक्षकको मतमा चल्नेछन्। जति रजिस्टर राम्रो हुन्छ त्यति नै अङ्क बढी मिल्छ। त्यसैले बाबाले पनि बच्चाहरूलाई बारम्बार सम्झाउनु हुन्छ, गल्ती नगर। यस्तो नसम्झ कल्प पहिला पनि फेल भएको थिएँ। धेरैलाई यस्तो दिलमा लाग्न सक्छ– हामीले सेवा गरेनौँ भने अवश्य फेल हुनेछौँ। बाबाले त सावधान गराइरहनुहुन्छ, तिमी सत्ययुगी सतोप्रधानबाट कलियुगी तमोप्रधान बनेका छौ फेरि विश्वको इतिहास भूगोल दोहोरिनेछ। सतोप्रधान बन्नको लागि बाबाले धेरै सहज मार्ग बताउनु हुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। तिमी चढ्दा चढ्दा सतोप्रधान बन्छौ। चढ्नेछौ बिस्तारै बिस्तारै, त्यसैले नभुल। तर मायाले भुलाइदिन्छ। अवज्ञाकारी बनाइदिन्छ। बाबाले जुन डाइरेक्सन दिनुहुन्छ, त्यो मान्छौ, प्रतिज्ञा गर्छौ फेरि त्यसमा चलेनौ भने बाबाले त्यस्ता बच्चाहरूलाई आज्ञाको उल्लङ्घन गरेर आफ्नो वचनबाट टाढिने भन्नुहुन्छ। बाबासँग प्रतिज्ञा गरेर फेरि व्यवहारमा ल्याउनुपर्छ। बेहदका बाबाले जस्तो शिक्षा दिनुहुन्छ त्यस्तो शिक्षा अरू कसैले दिन सक्दैन। परिवर्तन पनि अवश्य हुनु छ। चित्र कति राम्रो छ। ब्रह्मावंशी बनेर विष्णुवंशी बन्छौ। यो हो नयाँ ईश्वरीय भाषा, यसलाई पनि बुझ्नुपर्छ। यो रुहानी ज्ञान कसैले दिन सक्दैन। कुनै संस्था निस्केको छ जसले रुहानी संस्था नाम राखेको छ। तर रुहानी संस्था तिम्रो बाहेक अरू कसैको हुन सक्दैन। नक्कल धेरैले गर्छन्। यो हो नयाँ कुरा, तिमी एकदम थोरै छौ अरू कसैले यी कुरालाई बुझ्न सक्दैनन्। अहिले सारा वृक्ष खडा छ। अहिले फेद छैन, फेरि खडा हुन्छ। बाँकी हाँगाबिँगा रहने छैनन्, ती सबै खतम हुन्छन्। बेहदका बाबाले नै बेहदको समझ दिनुहुन्छ। अब सारा दुनियाँमा रावण राज्य छ। यो लङ्का हो। त्यो लङ्का त समुद्र पारि छ। बेहदको दुनियाँ पनि समुद्रमा छ। चारैतिर पानी छ। त्यो भयो हदको कुरा, बाबाले बेहदको कुरा सम्झाउनु हुन्छ। एक बाबाले नै सम्झाउनु हुन्छ। यो पढाइ हो। जबसम्म नोकरी मिल्दैन, पढाइको रिजल्ट निस्किँदैन तबसम्म पढाइमा लागिरहन्छन्। त्यसमा नै बुद्धि चल्छ। स्टुडेन्टको काम हो पढाइमा ध्यान दिनु। उठ्दा बस्दा, हिँड्दा डुल्दा याद गर्नु छ। विद्यार्थीको बुद्धिमा यो पढाइ हुन्छ। कहीँ फेल पो भइन्छ कि भनेर परीक्षाका दिनहरूमा धेरै मेहनत गर्छन्। खास गरेर बिहानै बगैँचामा गएर पढ्छन् किनकि घरको हल्लाको वातावरण गन्दा हुन्छ। बाबाले सम्झाउनु भएको छ– देहीअभिमानी हुने अभ्यास गर फेरि भुल्नेछैनौ। एकान्तका ठाउँहरू त धेरै छन्। सुरु सुरु मा क्लास पूरा गरेर तिमीहरू सबै पहाडमा जान्थ्यौ। अब दिनप्रतिदिन ज्ञान गहन हुँदै जान्छ। विद्यार्थीहरूलाई लक्ष्य याद हुन्छ। यो हो वानप्रस्थ अवस्थामा जाने पढाइ। एक बाबा बाहेक अरू कसैले पढाउन सक्दैन। साधुसन्त आदि सबैले भक्ति नै सिकाउँछन्। वाणी भन्दा पर जाने मार्ग एक बाबाले नै बताउनु हुन्छ। एक बाबाले नै सबैलाई फर्काएर लैजानुहुन्छ। अब तिम्रो छ बेहदको वानप्रस्थ अवस्था, जसलाई कसैले पनि जान्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू सबै वानप्रस्थी हौ। सारा दुनियाँको वानप्रस्थ अवस्था छ। कसैले पढोस् वा नपढोस्, सबै फर्केर जानुपर्छ। मूलवतनमा जाने आत्माहरू सबै आ-आफ्नो सेक्सनमा जान्छन्। आत्माहरूको वृक्ष पनि अनौठो बनेको छ। यो सारा ड्रामाको चक्र विल्कुल एक्युरेट छ। अलिकति पनि फरक छैन। लीवर र सिलिन्डर घडी हुन्छ नि। लीवर घडी विल्कुल एक्युरेट हुन्छ। यसमा पनि कसैको बुद्धियोग लीवर जस्तो हुन्छ भने कसैको सिलिन्डर जस्तो। कसैको विल्कुल लाग्दै लाग्दैन। मानौँ घडी चल्दै चल्दैन। तिमी विल्कुल लीवर घडी बन्नु छ अनि रजाइँमा जान्छौ। सिलिन्डर जति प्रजामा जान्छन्। पुरुषार्थ लीवर बन्ने गर्नु छ। रजाइँमा जानेहरूको लागि नै करोडौंमा कोही भनिन्छ। उनीहरू नै विजयमालामा उनिन्छन्। बच्चाहरूले सम्झन्छन्– वास्तवमा मेहनत छ। भन्छन्– बाबा घरी घरी भुलिहाल्छौं। बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! जति पहलमान बन्छौ त्यति माया पनि जोडले लड्नेछ। मल्ल युद्ध हुन्छ नि। त्यसमा धेरै सम्हाल राख्छन्। पहलमानलाई पहलमानले जानेका हुन्छन्। यहाँ पनि त्यस्तै हुन्छ, महावीर बच्चाहरू पनि छन्। तिनीहरूमा पनि नम्बरवार छन्। राम्रो राम्रो महारथीहरूलाई मायाले पनि राम्रोसँग तुफानमा ल्याउँछ। बाबाले सम्झाउनु भएको छ– मायाले जतिसुकै हैरान पारोस्, तुफान ल्याओस्, तिमी सावधान रहनु छ। कुनै कुरामा हार्नु छैन। मनसामा तुफान आउँछ, तर कर्मेन्द्रियबाट हार्नु छैन। तुफान आउँछन् गिराउनको लागि। मायासँग लडाइँ भएन भने पहलमान कसरी भन्ने? मायाको तुफानको परवाह गर्नु छैन। तर चल्दाचल्दै कर्मेन्द्रियको वश भएर छिट्टै गिर्न पुग्छन्। यहाँ बाबाले त दिनहुँ सम्झाउनु हुन्छ– कर्मेन्द्रियबाट विकर्म नगर। बेकाइदाको काम गर्न छोडेनौ भने पाई पैसाको पद पाउँछौ। मनले आफै पनि हामी फेल हुनेछौं भन्ने ठान्छन् । जानु त सबैलाई छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने त्यो याद पनि विनाश हुँदैन। अलिकति पनि याद गर्यौ भने स्वर्गमा आउँछौ। थोरै याद अथवा धेरै याद गर्नाले के के पद मिल्छ, यो पनि तिमीले बुझ्न सक्छौ। कोही पनि छिप्न सक्दैन। को के के बन्छन् स्वयंले पनि बुझ्न सक्छन्। यदि हामी अहिले निराश भयौं भने कस्तो पद पाउँछौं? बाबासँग सोध्न पनि सक्छौ। पछि गएर आफैले पनि बुझ्दै जान्छौ। विनाश सामुन्ने खडा छ, तुफान, बर्षात्, प्राकृतिक प्रकोपहरू सोधेर आउँदैनन्। रावण त बसेकै छ। यो धेरै ठुलो परीक्षा हो। जो पास हुन्छन् उनीहरूले उच्च पद पाउँछन्। राजाहरू अवश्य पनि समझदार हुनुपर्छ जसले प्रजालाई सम्हाल्न सक्छन्। प्रशासन सेवाको परीक्षामा थोरै मात्र पास हुन्छन्। बाबाले तिमीलाई पढाएर सतोप्रधान स्वर्गको मालिक बनाउनु हुन्छ। तिमीले जानेका छौ– सतोप्रधानबाट फेरि तमोप्रधान बन्यौं, अब बाबाको यादले सतोप्रधान बन्नु छ। पतित-पावन बाबालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ मनमनाभव। यो हो उही गीता अध्याय। गीता हो नै डबल शिरताज बनाउने शास्त्र। बनाउन त बाबाले नै बनाउनु हुन्छ नि। तिम्रो बुद्धिमा सारा ज्ञान छ। जो राम्रो बुद्धिमान् हुन्छन् उनीहरूमा धारणा पनि राम्रो हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास– ०५-०१-६९

बच्चाहरू यहाँ कक्षामा बसेका छन्, हाम्रो शिक्षक को हुनुहुन्छ भन्ने कुरा जानेका छन्। विद्यार्थीलाई हाम्रो शिक्षक को हुनुहुन्छ भन्ने कुराको याद सारा समय रहन्छ। यहाँ भुल्छन्। शिक्षकले जान्नुहुन्छ– बच्चाहरूले मलाई घरी घरी भुल्छन्। यस्तो रुहानी बाबा त कहिल्यै मिल्नुभएन। सङ्गममा नै मिल्नुहुन्छ। सत्ययुगमा र कलियुगमा त जिस्मानी पिता मिल्नुहुन्छ। बाबाले यो याद दिलाउनु हुन्छ जसबाट बच्चाहरूलाई पक्का निश्चय हुन्छ- यो सङ्गमयुग हो, जसमा हामी बच्चाहरू यस्ता पुरुषोत्तम बन्ने छौं। त्यसैले बाबालाई याद गर्दा तीनवटैको याद आउनुपर्छ। यो अवश्य याद गर्नुपर्छ। मुख्य कुरा छ पवित्र बन्ने। पवित्रलाई नै सतोप्रधान भनिन्छ। उनीहरू त रहन्छन् नै सत्ययुगमा। अहिले चक्कर लगाएर आएका छौ। यो सङ्गमयुग हो। यही युगमा बाबा पनि कल्प कल्प आउनु हुन्छ, पढाउनु हुन्छ। बाबाको साथमा तिमीहरू रहन्छौ नि। बाबा सच्चा सदगुरु हुनुहुन्छ, यो पनि तिमीहरूले जानेका छौ। बाबाले मुक्ति जीवनमुक्तिको वास्तविक मार्ग बताउनु हुन्छ। ड्रामा प्लान अनुसार, हामीले पुरुषार्थ गरेर बाबालाई अनुसरण गर्छौं। यहाँ शिक्षा पाएर अनुसरण गर्छौं। जसरी यिनले सिक्छन् त्यसरी नै तिमी बच्चाहरूले पनि पुरुषार्थ गर्छौ। देवता बन्नु छ भने शुद्ध कर्म गर्नु छ। कुनै पनि मैला नरहोस्। मुख्य कुरा हो बाबालाई याद गर्नु। सम्झन्छन्– बाबालाई भुल्छौं, शिक्षालाई पनि भुल्छौं अनि यादको यात्रालाई पनि भुल्छौं। बाबालाई भुल्नाले ज्ञानलाई पनि भुल्छौं। म विद्यार्थी हुँ भन्ने कुरा पनि भुल्छौं। याद त तीनवटैको आउनुपर्छ। बाबालाई याद गर्यौ भने शिक्षक, सदगुरु अवश्य याद आउँछ। शिवबाबालाई याद गर्नुको साथसाथै दैवीगुण पनि अवश्य चाहिन्छ। बाबाको यादमा करामत (चमत्कार) छ। बाबाले जति बच्चाहरूलाई करामत सिकाउनु हुन्छ त्यति अरू कसैले सिकाउन सक्दैन। तमोप्रधानबाट हामी यसै जन्ममा सतोप्रधान बन्छौं। तमोप्रधान बन्नमा पूरा कल्प लाग्छ। अहिले यस एक जन्ममा नै सतोप्रधान बन्नु छ, यसमा जसले जति मेहनत गर्नेछन्। सारा दुनियाँले त मेहनत गर्दैन। अरू धर्मकाले मेहनत गर्नेछैनन्। बच्चाहरूले साक्षात्कार गरेका छन्– धर्म स्थापक आउँछन्। पार्ट खेल्छन् फलानो फलानो ड्रेसमा। तमोप्रधान समयमा उनीहरू आउँछन्। विवेकले पनि भन्छ– जसरी हामी सतोप्रधान बन्छौं त्यसैगरी अरू सबै पनि बन्नेछन्। सबैले बाबाबाट पवित्रताको दान लिनेछन्। सबैले बोलाउँछन्– हामीलाई यहाँबाट मुक्त गरेर घर लैजानुहोस्। गाइड बन्नुहोस्। यहाँ त ड्रामा प्लान अनुसार सबैलाई घर जानु नै छ। अनेक पटक घर जान्छन्। कोही त पूरै ५००० वर्ष घरमा रहँदैनन्। कोही फेरि पूरा ५००० वर्ष रहन्छन्। अन्त्यमा आउनेलाई ४९९९ वर्ष शान्तिधाममा रहेका हुन् भन्न सकिन्छ। हामीले भन्न सक्छौं– ४९९९ वर्ष यस सृष्टिमा रहेका हौ। हामीले ८३-८४ जन्म लिएका छौं भन्ने कुरा त बच्चाहरूलाई निश्चय छ। जो धेरै होसियार छन् उनीहरू अवश्य सुरु सुरु मा आएको हुनुपर्छ। अच्छा! मीठे-मीठे रुहानी बच्चाहरूप्रति याद-प्यार एवं गुडनाइट।

धारणाको लागि मुख्य सारः–
१) सतोप्रधान बन्नको लागि यादको यात्राद्वारा आफ्नो ब्याट्री चार्ज गर्नु छ। भुल रहित बन्नु छ। आफ्नो रजिस्टर राम्रो राख्नु छ। कुनै पनि लापर्बाही गर्नु छैन।

२) कुनै पनि बेकाइदाको कर्म गर्नु छैन, मायाको तुफानको पर्बाह नगरेर, कर्मेन्द्रिय जित बन्नु छ। लीवर घडी समान एक्युरेट पुरुषार्थ गर्नु छ।

वरदान:–
सेवाद्वारा खुसी , शक्ति र सबैको आशीर्वाद प्राप्त गर्ने पुण्य आत्मा भव

सेवाको प्रत्यक्षफल– खुसी र शक्ति मिल्छ। सेवा गरेर आत्माहरूलाई बाबाको वर्साको अधिकारी बनाइदिनु– यो पुण्यको काम हो। जसले पुण्य गर्छ उसलाई आशीर्वाद अवश्य मिल्छ। सबै आत्माहरूको दिलमा जुन खुसीको सङ्कल्प पैदा हुन्छ, त्यो शुभ सङ्कल्प आशीर्वाद बन्न पुग्छ र भविष्यको लागि पनि जम्मा हुन्छ। त्यसैले सदा आफूलाई सेवाधारी सम्झेर सेवाको अविनाशी फल खुसी र शक्ति प्राप्त गर।

स्लोगन:–
मनसा, वाचाको शक्तिबाट विघ्नको पर्दा हटाइदियौ भने त्यस भित्र कल्याणको दृश्य देखिन्छ।