25.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यो पुरुषोत्तम युग नै गीता एपिसोड हो , यसमा नै तिमीले पुरुषार्थ गरेर उत्तम पुरुष अर्थात् देवता बन्नु छ।”

प्रश्न:–
कुन एक कुराको सदैव ध्यान रह्यो भने बेडा पार हुन्छ?

उत्तर:–
सदैव ध्यान रहोस्– हामी ईश्वरीय सङ्गतमा रहनु छ तब बेडा पार हुन्छ। यदि सङ्गदोषमा आयौ, संशय आयो भने बेडा विषय सागरमा डुब्छ। बाबाले जे सम्झाउनु हुन्छ त्यसमा बच्चाहरूलाई अलिकति पनि संशय आउनु हुँदैन। बाबा तिमी बच्चाहरूलाई आफू समान पवित्र र ज्ञानवान् बनाउन आउनु भएको छ। बाबाको सङ्गमा नै रहनु छ।

ओम् शान्ति ।
भगवानुवाच– प्यारा बच्चाहरूले जानेका छौ– बाबाले त्यही राजयोग सिकाइरहनु भएको छ जुन ५ हजार वर्ष पहिला सम्झाउनु भएको थियो। बच्चाहरूलाई थाहा छ, दुनियाँलाई त थाहा छैन त्यसैले सोध्नुपर्छ गीताका भगवान कहिले आउनुभयो? भगवानले जुन भन्नु भएको छ राजयोग सिकाएर मैले तिमीलाई राजाहरूको पनि राजा बनाउँछु, त्यो गीता एपिसोड (उपकथा) कहिले भएको थियो? यो सोध्नुपर्छ। यो कुरा कसैले पनि जान्दैनन्। तिमीले अहिले यथार्थमा सुनिरहेका छौ। गीताको एपिसोड हुनु पनि पर्छ कलियुगको अन्त्य र सत्ययुग आदिको बीचमा। आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ भने अवश्य सङ्गममा नै आउनु हुन्छ। पुरुषोत्तम सङ्गमयुग हुन्छ अवश्य। हुन त पुरुषोत्तम वर्ष भनेर गायन गर्छन् तर बिचराहरूलाई थाहा छैन। तिमी मीठा-प्यारा बच्चाहरूलाई थाहा छ, उत्तम पुरुष बनाउनको लागि अर्थात् मनुष्यलाई उत्तम देवता बनाउनको लागि बाबा आएर पढाउनु हुन्छ। मनुष्यहरूमा उत्तम पुरुष यी देवताहरू (लक्ष्मी-नारायण) हुन्। मनुष्यहरूलाई देवता बनाउनुभयो यस सङ्गमयुगमा। देवताहरू अवश्य सत्ययुगमा नै हुन्छन्। बाँकी सबै छन् कलियुगमा। तिमी बच्चाहरूले जानेका छौ– हामी हौं सङ्गमयुगी ब्राह्मण। यो पक्का पक्का याद गर्नु छ। आफ्नो कुल कहिल्यै कसैले भुल्दैन, तर यहाँ मायाले भुलाइदिन्छ। हामी ब्राह्मण कुलका हौं फेरि देवता कुलका बन्छौं। यदि यो याद रह्यो भने पनि धेरै खुसी हुन्छ। तिमीले राजयोग पढ्छौ। सम्झाउँछौ अब फेरि भगवानले गीताको ज्ञान सुनाइरहनु भएको छ र भारतवर्षको प्राचीन योग पनि सिकाइरहनु भएको छ। हामी मनुष्यबाट देवता बनिरहेका छौं। बाबाले भन्नु भएको छ– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नाले तिमी जगतजित बन्छौ। पवित्रताको कुरामा कति विवाद गर्छन्। मनुष्यहरूको लागि विकार त जस्तो कि एक खजाना हो। लौकिक पिताबाट यो वर्सा मिलेको छ। बालक पैदा भएपछि सुरु सुरु मा बुबाको यो वर्सा मिल्छ, शादी बर्बादी गराउँछन्। बेहदका बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, अवश्य कामलाई जित्नाले नै जगतजित बन्छौ। बाबा अवश्य सङ्गममा नै आउनु हुन्छ। महाभारी महाभारत लडाइँ पनि हुन्छ। हामी पनि यहाँ अवश्य छौं। यस्तो पनि होइन, सबैले तुरुन्तै काममाथि विजय पाउँछन्। हरेक कुरामा समय लाग्छ। मुख्य कुरा बच्चाहरूले यही लेख्छन्– बाबा हामी विषय वैतरणी नदीमा गिर्यौं। त्यसैले अवश्य कुनै नियम छ। बाबाको आदेश छ– कामलाई जित्यौ भने तिमी जगतजित बन्छौ। यस्तो होइन, जगतजित बनेर फेरि विकारमा जान्छन्। जगतजित यी लक्ष्मी-नारायण हुन्, यिनीहरूलाई भनिन्छ सम्पूर्ण निर्विकारी। देवताहरूलाई सबैले निर्विकारी भन्छन्, जसलाई तिमीले रामराज्य भन्छौ। त्यो हो निर्विकारी दुनियाँ। यो हो विकारी दुनियाँ, अपवित्र गृहस्थ आश्रम। बाबाले सम्झाउनु भएको छ– तिमी पवित्र गृहस्थ आश्रमका थियौ। अहिले ८४ जन्म लिँदा लिँदा अपवित्र बनेका छौ। ८४ जन्मको नै कहानी छ। नयाँ दुनियाँ अवश्य यस्तो निर्विकारी हुनुपर्छ। भगवान, जो पवित्रताको सागर हुनुहुन्छ, उहाँले नै स्थापना गर्नुहुन्छ फेरि रावण राज्य पनि अवश्य आउनु छ। नाम नै छ रामराज्य र रावण राज्य। रावण राज्य, मतलव आसुरी राज्य। अहिले तिमी आसुरी राज्यमा बसेका छौ। यी लक्ष्मी-नारायण हुन् दैवी राज्यका निसानी। तिमी बच्चाहरूले प्रभातफेरी आदि निकाल्छौ। प्रभात बिहानलाई भनिन्छ, त्यतिबेला मनुष्यहरू सुतिरहन्छन् त्यसैले ढिलो निकाल्छौ। प्रदर्शनी पनि राम्रो तब हुन्छ जब त्यहाँ सेन्टर पनि हुन्छ। जहाँ आएर बुझ्छन्– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नाले जगतजित बनिन्छ। ट्रान्सलाइटको लक्ष्मी-नारायणको चित्र साथमा अवश्य हुनुपर्छ। यी चित्रहरूलाई कहिल्यै बिर्सिनु हुँदैन। एउटा यो चित्र अनि सिँढी। ट्रकमा जसरी देवीहरूलाई निकाल्छन् त्यसैगरी तिमीले दुइतीन ट्रक सजाएर त्यसमा मुख्य चित्र निकाल्यौ भने राम्रो लाग्छ। दिनप्रतिदिन चित्रहरूको वृद्धि पनि हुँदै जान्छ। तिम्रो ज्ञान वृद्धि हुँदै जान्छ। बच्चाहरूको पनि वृद्धि हुँदै जान्छ। त्यसमा गरिब धनवान् सबै आइहाल्छ। शिवबाबाको भण्डारा भरिँदै जान्छ। जसले भण्डारा भर्छन्, उनीहरूलाई त्यहाँ रिटर्नमा कैयौँ गुणा मिल्छ। त्यसैले बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! तिमी हौ पदमापदमपति बन्नेवाला, त्यो पनि २१ जन्मको लागि। बाबा स्वयं भन्नुहुन्छ– तिमी जगतको मालिक बन्छौ, २१ पिँढीसम्म। म स्वयं डाइरेक्ट आएको छु। तिम्रो लागि हत्केलामा स्वर्ग ल्याएको छु। जसरी बच्चा जन्मियो भने पिताको वर्सा उसको हातमा नै हुन्छ। पिताले भन्छन्– यो घरबार आदि सबैथोक तिम्रो हो। बेहदका बाबा पनि भन्नुहुन्छ– तिमी मेरो बन्यौ भने २१ पिँढी स्वर्गको बादसाही तिम्रै लागि हो किनकि तिमीले कालमाथि विजय प्राप्त गर्छौ, त्यसैले बाबालाई महाकाल भनिन्छ। महाकाल कुनै मार्नेवाला होइन। उहाँको त महिमा गरिन्छ। सम्झन्छन्– भगवानले यमदूत पठाएर मगाउनुभयो। यस्तो कुनै कुरा होइन। यी सबै हुन् भक्तिमार्गका कुरा। बाबा भन्नुहुन्छ– म कालहरूको पनि काल हुँ। पहाडियाहरूले महाकाललाई पनि धेरै मान्छन्। महाकालको मन्दिर पनि छ। ती मन्दिरमा यस्ता झण्डाहरू लगाइदिन्छन्। त्यसैले बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। यो राइट कुरा हो, यो पनि बुझ्छौ। बाबालाई याद गर्नाले नै जन्मजन्मान्तरको विकर्म भस्म हुन्छ, त्यसैले त्यसको प्रचार गर्नुपर्छ। कुम्भको मेला आदि धेरै लाग्छ। स्नान गर्नुको पनि धेरै महत्त्व बताइएको छ। अहिले तिमी बच्चाहरूलाई ५ हजार वर्षपछि यो ज्ञान अमृत मिल्छ। वास्तवमा यसको अमृत नाम होइन। यो त पढाइ हो। यो सबै हो भक्तिमार्गको नाम। अमृत नाम सुनेर चित्रहरूमा पानी देखाइएको छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई राजयोग सिकाउँछु। पढाइबाट नै उच्च पद मिल्छ। त्यो पनि मैले पढाउँछु। भगवानको कुनै यस्तो सजिएको रूप त छैन। यहाँ त बाबा यिनमा आएर पढाउनु हुन्छ। पढाएर आत्माहरूलाई आफू समान बनाउनु हुन्छ। स्वयं लक्ष्मी नारायण त यहाँ छैनन् जसले आफू समान बनाउँछन्। आत्माले पढ्छ, उनीहरूलाई आफू समान नलेजफुल बनाउनु हुन्छ। यस्तो होइन, भगवान भगवती बनाउनु हुन्छ। उनीहरूले कृष्णलाई देखाएका छन्। उनले कसरी पढाउन सक्छन्? सत्ययुगमा पतित कहाँ हुन्छन् र। कृष्ण त हुन्छन् नै सत्ययुगमा। फेरि कहिल्यै पनि कृष्णलाई तिमीले देख्नेछैनौ। ड्रामामा हरेकको पुनर्जन्मको चित्र (शरीर) एकदम भिन्न हुन्छ। यो अद्भुत ड्रामा हो, बनीबनाऊ... बाबा पनि भन्नुहुन्छ– तिमी हुबहु यही आकृति यसै कपडामा कल्प कल्प तिमी नै पढ्दै आउँछौ। जस्ताको त्यस्तै दोहोरिन्छ नि। आत्माले एक शरीर छोडेर फेरि अर्को त्यही लिन्छ, जुन कल्प पहिला लिएको थियो। ड्रामामा केही पनि फरक पर्न सक्दैन। त्यो हो हदको कुरा, यो हो बेहदको कुरा। जुन बेहदको बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन। यसमा कुनै संशय हुनु हुँदैन। निश्चयबुद्धि भएर फेरि कुनै न कुनै संशयमा आउँछन्। सङ्गत लाग्न जान्छ। ईश्वरीय सङ्गतमा चलिरहेमा पार हुन्छन्। सत्यको सङ्गत छोडे भने विषय सागरमा डुब्नेछन्। एकातर्फ छ क्षीरसागर, अर्कोतर्फ छ विषय सागर। ज्ञान अमृत पनि भन्छन्। बाबा हुनुहुन्छ ज्ञानसागर। उहाँको महिमा पनि छ। जुन उहाँको महिमा छ त्यो लक्ष्मी-नारायणलाई दिन सकिँदैन। कृष्ण कुनै ज्ञानका सागर होइनन्। बाबा हुनुहुन्छ पवित्रताका सागर। ती देवताहरू सत्ययुग त्रेतामा पवित्र हुन्छन् तर सदैवको लागि त रहँदैनन्। फेरि पनि आधाकल्प पछि गिर्छन्। बाबा भन्नुहुन्छ– म आएर सबैको सद्गति गर्छु। सद्गतिदाता म एक हुँ। तिमी सद्गतिमा जान्छौ, फेरि यी कुरा नै हुँदैनन्। अहिले तिमी बच्चाहरू सम्मुख बसेका छौ। तिमी पनि शिवबाबासँग पढेर शिक्षक बनेका छौ। मुख्य प्राचार्य (प्रिन्सीपल) उहाँ हुनुहुन्छ। तिमी आउँछौ पनि उहाँको पासमा। भन्छन्– हामी शिवबाबाको पासमा आएका छौं। अरे, उहाँ त निराकार हुनुहुन्छ। हो, उहाँ आउनु हुन्छ, यिनको तनमा। त्यसैले भन्छन्– बापदादाको पासमा जान्छौं। यी बाबा हुन् उहाँको रथ, जसमा उहाँको सवारी हुन्छ। यिनलाई रथ, घोडा, अश्व पनि भन्छन्। यसमा पनि एक कथा छ– दक्ष प्रजापिताले यज्ञ रचे। कहानी लेखिदिएका छन्। तर यस्तो त होइन। शिवभगवानुवाच– म तब आउँछु जब भारतवर्षमा अति धर्म ग्लानि हुन्छ। गीतावादीहरूले भन्छन्– यदा यदा हि... तर अर्थ बुझ्दैनन्। तिम्रो यो धेरै सानो वृक्ष हो, यसलाई तुफान पनि लाग्छ। नयाँ वृक्ष हो नि, फेरि यो फाउण्डेसन पनि हो। यति धेरै अनेक धर्महरूको बीचमा आदि सनातन देवीदेवता धर्मको कलमी लगाउनु हुन्छ। कति मेहनत छ। अरूलाई (धर्म गुरुहरूलाई) मेहनत लाग्दैन। उनीहरू माथिबाट आइरहन्छन्। यहाँ त जो सत्ययुग त्रेतामा आउनेवाला हुन्, उनीहरूका आत्मा बसेर पढ्छन्। जो पतित छन्, उनीहरूलाई पावन देवता बनाउनको लागि बाबा बसेर पढाउनु हुन्छ। गीता त यिनले पनि धेरै पढ्थे। जसरी अहिले आत्माहरूलाई याद गरेर दृष्टि दिइन्छ ताकि पाप काटियोस्। भक्तिमार्गमा फेरि गीताको अगाडि जल राखेर पढ्छन्। सम्झन्छन्– पितृहरूको उद्धार हुन्छ, त्यसैले पितृहरूलाई याद गर्छन्। भक्तिमा गीताको धेरै मान राख्थे। अरे, बाबा कुनै कम भक्त थिए र! रामायण आदि सबै पढ्थे। धेरै खुसी हुन्थ्यो। त्यो सबै विगत भयो। अब बाबा भन्नुहुन्छ– बितेकोलाई याद नगर। बुद्धिबाट सबै निकालिदेऊ। बाबाले स्थापना, विनाश र राजधानीको साक्षात्कार गराउनुभयो, त्यसैले त्यो पक्का भयो। यी सबै खतम हुनु छ– यो थाहा थिएन। बाबाले सम्झाउनुभयो– यो सबै हुन्छ। समय कहाँ लाग्छ र। म गएर फलाना राजा बन्छु। थाहा छैन, बाबाले के के सोचिरहन्थे। तिमी बच्चाहरूले जानेका छौ– बाबाको प्रवेश कसरी भयो। यो कुरा मनुष्यहरूले जान्दैनन्। ब्रह्मा, विष्णु, शङ्करको नाम त लिन्छन् तर यी तीनमध्ये कसमा प्रवेश गर्नुहुन्छ, अर्थ जान्दैनन्। उनीहरूले विष्णुको नाम लिन्छन्। अब उनी त हुन् देवता। उनले कसरी पढाउँछन्। बाबा स्वयं बताउनु हुन्छ– म यिनमा प्रवेश गर्छु। त्यसैले देखाइएको छ– ब्रह्माद्वारा स्थापना। उनले पालना र उनले विनाश। यो धेरै बुझ्नुपर्ने कुरा छ। भगवानुवाच– मैले तिमीलाई राजयोग सिकाउँछु। उहाँ भगवान कहिले आउनु भयो, जुन राजयोग सिकाउनुभयो र रजाइँ पद दिलाउनुभयो, यो अहिले तिमीले बुझ्छौ। ८४ जन्मको रहस्य पनि सम्झाउनु भएको छ। पूज्य पुजारीको अर्थ पनि सम्झाउनु भएको छ। विश्वमा शान्तिको राज्य यी लक्ष्मी नारायणको थियो नि, जुन सारा दुनियाँले चाहन्छ। जब लक्ष्मी नारायणको राज्य थियो त्यस समयमा सबैजसो शान्तिधाममा थिए। अब हामीले श्रीमतमा यो कार्य गरिरहेका छौं। अनेकपल्ट गरेका हौं र गर्दै जानेछौं। यो पनि जानेका छौ– करोडौंमा कोही निस्कनेछन्। देवीदेवता धर्मका आत्मालाई नै दिलमा लाग्छ। यहाँको नै कुरा हो। जो यस कुलका हुन्छन् उनीहरू निस्किरहेका छन् र निस्कि रहनेछन्। जसरी तिमी निस्केका हौ, त्यसरी अरू प्रजा पनि बनि रहनेछन्। जसले राम्रो पढ्छन् उनीहरूले राम्रो पद पाउँछन्। मुख्य हो ज्ञान योग। योगको लागि पनि ज्ञान चाहिन्छ। फेरि पावर हाउसको साथ योग चाहिन्छ। योगले विकर्म विनाश हुन्छ अनि स्वस्थ र सम्पत्तिवान् बन्छौ। सम्मान सहित पास पनि हुनेछौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जुन कुरा बित्यो, त्यसको चिन्तन गर्नु छैन। अहिलेसम्म जे जति पढ्यौ त्यसलाई भुल्नु छ, एक बाबासँग सुन्नु छ र आफ्नो ब्राह्मण कुललाई सदा याद राख्नु छ।

२) पूरा निश्चयबुद्धि भएर रहनु छ। कुनै पनि कुरामा संशय उठाउनु छैन। ईश्वरीय सङ्गत र पढाइ कहिल्यै पनि छोड्नु छैन।

वरदान:–
रुहानी प्रियतमको आकर्षणमा आकर्षित भएर मेहनतबाट मुक्त हुने रुहानी प्रियतमा भव

प्रियतम आफ्ना हराएका प्रियतमाहरूलाई देखेर खुसी हुनुहुन्छ। रुहानी आकर्षणद्वारा आकर्षित भएर आफ्नो सच्चा प्रियतमलाई जान्यौ, पायौ, यथार्थ ठेगानामा पुग्यौ। जब यस्ता प्रिय आत्माहरू यस प्रेमको रेखाभित्र पुग्छन् तब अनेक प्रकारका मेहनतबाट छुट्छन् किनकि यहाँ ज्ञान सागरका स्नेहका लहरहरू, शक्तिका लहरहरू, आदिले सदाको लागि ताजा बनाइदिन्छन्। यो मनोरञ्जनको विशेष स्थान, मिल्ने स्थान तिमी प्रियतमाहरूको लागि प्रियतमले बनाउनु भएको हो।

स्लोगन:–
एकान्तवासी बन्नुको साथसाथै एकनामी र इकोनोमीवाला (मितव्ययी) बन।