26.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– शरीर निर्वाहको लागि कर्म गर्दै बेहदको उन्नति गर। जति राम्रोसँग बेहदको पढाइ पढ्छौ , त्यति उन्नति हुन्छ।”

प्रश्न:–
तिमी बच्चाहरू जसले बेहदको पढाइ पढिरहेका छौ, यसमा सबै भन्दा उच्च र कठिन विषय कुनचाहिँ हो?

उत्तर:–
यस पढाइमा सबै भन्दा उच्च विषय हो भाइ भाइको दृष्टि पक्का गर्ने। बाबाले ज्ञानको जुन तेस्रो नेत्र दिनु भएको छ, त्यस नेत्रद्वारा आत्मा भाइ भाइलाई देख। अलिकति पनि आँखाले धोका नदेओस्। कुनै पनि देहधारीको नाम रूपमा बुद्धि नजाओस्। बुद्धिमा अलिकति पनि विकारी छि: छि: सङ्कल्प नचलोस्। यो हो मेहनत। यस विषयमा पास हुनेवाला विश्वको मालिक बन्छ।

ओम् शान्ति ।
बेहदका बाबा बसेर बेहदका बच्चाहरूलाई सम्झाउनु हुन्छ। हरेक कुरा एउटा हदको हुन्छ, अर्को बेहदको पनि हुन्छ। यति समय तिमी हदमा थियौ, अहिले बेहदमा छौ। तिम्रो पढाइ पनि बेहदको हो। बेहदको बादसाहीको लागि पढाइ हो, यो भन्दा ठुलो पढाइ अरू कुनै हुँदैन। कसले पढाउँछ? बेहदका बाबा भगवानले। शरीर निर्वाह अर्थ पनि सबै कुरा गर्नु छ। फेरि आफ्नो उन्नतिको लागि पनि केही गर्नु पर्ने हुन्छ। धेरै मानिस नोकरी गर्दा पनि उन्नतिको लागि पढिरहन्छन्। त्यहाँ हुन्छ हदको उन्नति, यहाँ बेहद बाबाको पासमा छ बेहदको उन्नति। बाबा भन्नुहुन्छ– हदको र बेहदको दुवै उन्नति गर। बुद्धिले सम्झन्छौ– हामीले अहिले बेहदको सच्चा कमाइ गर्नु छ। यहाँ त सबैथोक माटोमा मिल्नु छ। जति जति जोडले तिमीले बेहदको कमाइ गर्दै जान्छौ त्यति हदको कमाइको कुरा बिर्सिँदै जान्छौ। सबैले बुझ्छन् अब विनाश हुनु छ। विनाश नजिक आएपछि भगवानलाई पनि खोज्छन्। विनाश हुन्छ भने अवश्य स्थापना गर्नेवाला पनि हुनुपर्छ। दुनियाँले त केही पनि जान्दैन। तिमी प्रजापिता ब्रह्माकुमार-कुमारीहरूले पनि नम्बरवार पुरुषार्थ अनुसार पढाइ पढिरहेका छौ। होस्टेलमा ती विद्यार्थीहरू रहन्छन् जसले पढ्छन्। तर यो होस्टेल अनौठो छ। यो होस्टेलमा त यत्तिकै रहन्छन्, जो सुरु देखि चल्दै आए उनीहरू रहेका छन्। यत्तिकै आए। विभिन्न प्रकारका (वेराइटी) आए। यस्तो होइन, सबै राम्रो आए। साना साना बच्चाहरू पनि तिमीहरूले लिएर आयौ। तिमीहरूले बच्चाहरूलाई पनि सम्हाल्थ्यौ। फेरि तिनीहरूमध्ये कति गए। बगैँचामा फूल पनि हेर, पन्छी पनि हेर कसरी चिरबिर गर्छन्। यो मनुष्य सृष्टि पनि अहिले यस्तै छ। हामीमा कुनै सभ्यता थिएन। सभ्यता हुनेहरूको महिमा गाउँथ्यौ। भन्थ्यौ– हम निर्गुण हारे में कोई गुण नाहिं...। आउन त कति ठुला मानिस पनि आउँछन्, महसुस गर्छन्– हामीले रचयिता बाबा र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनौँ। फेरि उनीहरू के कामका। तिमीहरू पनि केही कामका थिएनौ। अहिले तिमीहरूले जान्दछौ, बाबाको कमाल छ। बाबाले विश्वको मालिक बनाउनु हुन्छ। जुन रजाइँ हामीबाट कसैले पनि छिन्न सक्दैन। अलिकति पनि कसैले विघ्न पार्न सक्दैन। हामी केबाट के बन्छौं! त्यसैले यस्तो बाबाको श्रीमतमा अवश्य चल्नुपर्छ। हुन त दुनियाँमा कति ग्लानि, हङ्गामा आदि हुन्छन्। यो कुनै नयाँ कुरा होइन। ५ हजार वर्ष पहिला पनि भएको थियो। शास्त्रमा पनि छ। बच्चाहरूलाई बताएको छु, यी जुन भक्तिमार्गका शास्त्र छन्, तिनीहरूले फेरि भक्तिमार्गमा पढ्नेछन्। अहिले तिमी ज्ञानद्वारा सुखधाममा जान्छौ। त्यसको लागि पूरा पुरुषार्थ गर्नुपर्छ। जति अहिले पुरुषार्थ गर्छौ त्यति कल्प कल्प हुन्छ। आफूभित्र जाँच गर्नु छ, मैले कतिसम्म उच्च पद पाउँछु? यो त हरेक विद्यार्थीले बुझ्न सक्छ– मैले जति राम्ररी पढ्छु त्यति उच्च बन्छु। यो म भन्दा होसियार छ, म पनि होसियार बनुँ। व्यापारीहरूमा पनि यस्तो हुन्छ– म यो भन्दा माथि जाऊँ, मतलब होसियार बनुँ। अल्पकाल सुखको लागि मेहनत गर्छन्। बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! म तिम्रो कति ठुलो बाबा हुँ। साकारी बाबा पनि छन् भने निराकारी बाबा पनि हुनुहुन्छ। दुवै कम्बाइन्ड हुनुहुन्छ। दुवै मिलेर भन्नुहन्छ– मीठा प्यारा बच्चाहरू! अहिले तिमीहरूले बेहदको पढाइलाई बुझेका छौ। अरू त कसैले जान्दैनन्। पहिलो कुरा त हामीलाई पढाउनेवाला को हुनुहुन्छ? भगवानले के पढाउनु हुन्छ? राजयोग। तिमी राजऋषि हौ। उनीहरू हुन् हठयोगी। उनीहरू पनि हुन् ऋषि तर हदका। उनीहरूले भन्छन्– हामीले घरबार छोडेका छौं। के यो कुनै राम्रो काम गरे र? तिमीहरूले घरबार तब छोड्छौ जब तिमीलाई विकारको लागि हैरान पार्छन्। उनीहरूलाई के हैरान भयो? तिमीहरूलाई पिटे त्यसैले तिमीहरू दौडेर आएका हौ। एक एकसँग सोध, कुमारीहरूले, स्त्रीले कति पिटाइ खाएका छन्, त्यसैले आयौ। सुरु मा कति धेरै आए। यहाँ ज्ञानामृत मिल्थ्यो त्यसैले चिट्ठी लिएर आए– हामी ज्ञान अमृत पिउन ओम् राधेको पासमा गइरहेका छौं। यो विकारसँग झगडा सुरु देखि नै चल्दै आइरहेको छ। बन्द तब हुन्छ जब आसुरी दुनियाँको विनाश हुन्छ। फेरि आधाकल्पको लागि बन्द हुन्छ। अहिले तिमी बच्चाहरूले बेहदको बाबाबाट प्रारब्ध लिन्छौ। बेहदका बाबाले सबैलाई बेहदको प्रारब्ध दिनुहुन्छ। हदको बाबाले हदको प्रारब्ध दिन्छन्। त्यहाँ केवल छोरालाई मात्र वर्सा मिल्छ। यहाँ बाबा भन्नुहुन्छ– तिमी बच्ची हौ कि बच्चा, दुवै वर्साको हकदार हौ। ती लौकिक बाबाको पासमा विभेद हुन्छ, केवल छोरालाई हकदार बनाउँछन्। स्त्रीलाई अर्धाङ्गिनी भन्छन्। तर उनलाई अंश दिँदैनन्। छोराले नै सम्हाल्छ। पिताको छोरामा मोह हुन्छ। यहाँ बाबाले त काइदा अनुसार सबै बच्चाहरू (आत्माहरू)लाई वर्सा दिनुहुन्छ। यहाँ त छोरा वा छोरीको भेद छैन। तिमीहरूले बेहदको बाबाबाट कति धेरै सुखको वर्सा लिन्छौ। फेरि पनि पूरा पढ्दैनौ। पढाइलाई छोडिदिन्छन्। बच्चीहरूले लेख्छन्– बाबा, फलानोले रगतले लेखेर दिएको छ। अहिले आउँदैन। रगतले पनि लेख्छन्– बाबा, हजुरले प्यार गर्नुहोस् वा नगर्नुहोस्, मैले हजुरलाई कहिल्यै छोड्दिनँ। तर पालना लिएर फेरि पनि जान्छन्। बाबाले सम्झाउनु भएको छ– यो सबै ड्रामा हो। कोही आश्चर्यवत् भागन्ती हुन्छन्। यहाँ बसेका छन् त्यसैले निश्चय छ, यस्तो बेहदको बाबालाई मैले कसरी छोडौं। यो त पढाइ पनि हो। ग्यारेन्टी पनि गर्नुहुन्छ, मैले साथै लिएर जान्छ। सत्ययुग आदिमा यति सबै मनुष्य थिएनन्। अहिले सङ्गममा सबै मनुष्य छन्, सत्ययुगमा धेरै कम हुन्छन्। यति सबै धर्मवाला कोही पनि रहनेछैनन्। त्यसको तयारी भइरहेको छ। यो शरीर छोडेर शान्तिधाम जान्छौं। हिसाबकिताब चुक्ता गरेर जहाँबाट पार्ट खेल्न आएका हौ त्यहाँ जान्छौ। त्यहाँ त दुई घण्टाको नाटक हुन्छ, यो हो बेहदको नाटक। तिमीले जानेका छौ– हामी त्यो घरका निवासी हौं र हौं पनि एक बाबाका बच्चाहरू। निवासस्थान हो निर्वाणधाम, वाणी भन्दा पर। त्यहाँ आवाज हुँदैन। मनुष्यले सम्झन्छन् ब्रह्ममा लीन हुनेछौं। बाबा भन्नुहुन्छ– आत्मा अविनाशी छ, त्यसको कहिल्यै विनाश हुन सक्दैन। कति जीव आत्माहरू छन्। आत्माले अविनाशी जीवद्वारा पार्ट खेल्छ। सबै आत्मा ड्रामाका कलाकारहरू हुन्। निवासस्थान ब्रह्माण्ड, त्यो घर हो। आत्मा अण्डा जस्तै देखिन्छ। त्यहाँ ब्रह्माण्डमा त्यस आत्माको निवासस्थान हुन्छ। हरेक कुरालाई राम्ररी बुझ्नुपर्छ। बुझेनौ भने यदि सुनिरह्यौ भने मात्र पनि पछि गएर आफै बुझ्नेछौ। छोडिदियौ भने केही पनि बुझ्न सक्नेछैनौ। तिमी बच्चाहरूले जानेका छौ, यो पुरानो दुनियाँ खतम भएर नयाँ दुनियाँ स्थापना हुन्छ। बाबा भन्नुहुन्छ– हिजो तिमी विश्वको मालिक थियौ, अहिले तिमी विश्वको मालिक बन्न आएका छौ। गीत पनि छ नि– बाबाले हामीलाई यस्तो मालिक बनाउनु हुन्छ जुन कसैले हामीबाट छिन्न सक्दैन। आकाश, जमिन आदिमा हाम्रो अधिकार हुन्छ। यस दुनियाँमा हेर के के छन्। सबै हुन् मतलबका साथी। त्यहाँ त यस्तो हुनेछैन। जसरी लौकिक पिताले बच्चाहरूलाई भन्छन्– यी धनमाल सबै कुरा तिमीलाई दिएर जान्छु, यिनलाई राम्ररी सम्हाल्नु। बेहदको बाबाले पनि भन्नुहुन्छ, तिमीलाई धनमाल सबै कुरा दिन्छु। तिमीहरूले मलाई पावन दुनियाँमा लिएर जानुहोस् भनेर बोलाएका हौ। त्यसैले अवश्य पावन बनाएर विश्वको मालिक बनाउँछु। बाबाले कति युक्तिसँग सम्झाउनु हुन्छ। यसको नाम नै हो सहज ज्ञान र योग। सेकेन्डको कुरा हो। सेकेन्डमा मुक्ति जीवनमुक्ति। तिमी अहिले कति दूरादेशी( दुरदर्शी) बुद्धि भएका छौ। यही चिन्तन भइरहोस्– हामीले बेहदको बाबाद्वारा पढिरहेका छौ। हामीले आफ्नो लागि राज्य स्थापना गरिरहेका छौं, त्यसैले त्यसमा हामीले उच्च पद किन नलिने त? सानो किन लिने? राजधानी स्थापना हुन्छ। त्यसमा पनि पद हुन्छ नि। दास दासीहरू धेरै हुन्छन्। उनीहरूले पनि धेरै सुख पाउँछन्। महलमा साथै रहन्छन्। बच्चा आदि सम्हाल्छन्। कति खुसी हुन्छ। केवल नाम हुन्छ– दास दासी। राजा रानीले जे खान्छन् त्यही दास दासीले पनि खान्छन्। प्रजालाई त मिल्दैन, दास दासीहरूको पनि धेरै नाम हुन्छ, तर उनीहरूमा पनि नम्बरवार हुन्छन्। तिमी बच्चाहरू सारा विश्वका मालिक बन्छौ। यहाँ पनि राजाहरूका दास दासीहरू त हुन्छन्। राजकुमारहरूको जब सभा लाग्छ, आपसमा मिल्दा पूरा शृङ्गार गरिएका, ताज आदि सहित हुन्छन्। फेरि उनीहरूमा पनि नम्बरवार धेरै शोभायमान सभा लाग्छ। त्यसमा रानीहरू बस्दैनन्। उनीहरू पर्दामा रहन्छन्। बाबाले यी सबै कुरा सम्झाउनु हुन्छ। उनीहरूलाई तिमी प्राणदाता पनि भन्छौ, जीवन दान दिनेवाला। घरी घरी शरीर छोड्नबाट बचाउनेवाला हुनुहुन्छ। त्यहाँ मर्ने चिन्ता हुँदैन। यहाँ कति चिन्ता हुन्छ। थोरै केही भयो भने डाक्टरलाई बोलाउँछन्– कतै मरि नहालोस्। त्यहाँ डरको कुरा हुँदैन। तिमीले कालमाथि विजय पाउँछौ त्यसैले कति नसा रहनुपर्छ। पढाउनेलाई याद गर्यौ भने पनि यादको यात्रा भयो। बाबा-शिक्षक-सदगुरुलाई याद गर्यौ भने पनि ठीक छ, जति श्रीमतमा चल्छौ, मनसा-वाचा-कर्मणा पावन बन्नु छ। बुद्धिमा विकारी सङ्कल्प पनि नआऊन्। त्यो तब हुन्छ जब भाइ भाइ सम्झन्छौ। बहिनी भाइ सम्झिनाले पनि नरामो सङ्कल्प आउन सक्छ। सबै भन्दा धेरै धोका दिने यी आँखा हुन्, त्यसैले बाबाले तेस्रो नेत्र दिनु भएको छ। अब आफूलाई आत्मा सम्झिएर भाइ भाइलाई देख। यसलाई भनिन्छ ज्ञानको तेस्रो नेत्र। भाइ बहिनी पनि फेल हुन्छन् त्यसैले अर्को युक्ति निकालिन्छ, आफूलाई भाइ भाइ सम्झ। धेरै मेहनत छ। विषयहरू हुन्छन् नि। कुनै धेरै अप्ठ्यारो विषय हुन्छ। यो पढाइ हो, यसमा पनि उच्च विषय हो– तिमी कसैको पनि नाम रूपमा फस्न सक्दैनौ। यो धेरै ठुलो परीक्षा हो। विश्वको मालिक बन्नु छ। मुख्य कुरा बाबा भन्नुहुन्छ भाइ भाइ सम्झ। त्यसैले बच्चाहरूले यति पुरुषार्थ गर्नुपर्छ। तर चल्दाचल्दै कति त विश्वासघाती पनि बन्छन्। यहाँ पनि यस्ता हुन्छन्। राम्रो राम्रो बच्चाहरूलाई मायाले आफ्नो बनाइदिन्छ। त्यसैले बाबा भन्नुहुन्छ– मलाई पनि छोडिदिन्छन्, सम्बन्ध विच्छेद (डिभोर्स) पनि गरिदिन्छन्। विछोड बच्चा र पिताको हुन्छ अनि सम्बन्ध विच्छेद पति र पत्नीको हुन्छ। बाबा भन्नुहुन्छ– मलाई दुवै मिल्छ। राम्रो राम्रो बच्चीहरूले पनि सम्बन्ध विच्छेद गरिदिएर रावणका बन्छन्। वन्डरफुल खेल हो नि। मायाले के गर्दैन। बाबा भन्नुहुन्छ– माया धेरै कडा छ। गायन छ– गजलाई ग्राहले खायो। धेरै गल्ती गरेर बस्छन्। बाबासँग अवज्ञा गरे भने मायाले काँचै खाइदिन्छ। माया यस्तो छ जसले कसै कसैलाई एकदम पक्डिन्छ। बच्चाहरूलाई कति सुनाएँ, कति सुनाऊँ। मुख्य कुरा हो अल्फ। मुसलमानले पनि भन्छन्– सबेरै उठेर अल्फलाई याद गर। यो सुत्ने बेला होइन। यस उपायबाट नै विकर्म विनाश हुन्छ, अरू कुनै उपाय छैन। बाबा तिमी बच्चाहरूको साथमा कति बफादार हुनुहुन्छ। कहिल्यै तिमीहरूलाई छोड्नुहुन्न। आउनु भएको छ नै सुधारेर साथ लिएर जान। यादको यात्राद्वारा नै तिमी सतोप्रधान बन्छौ। पछिको लागि त्यो जम्मा हुँदै जान्छ। बाबा भन्नुहुन्छ– आफ्नो रजिस्टर राख– कति याद गर्छु? कति सेवा गर्छु? व्यापारीहरूले घाटा देखे भने सावधान हुन्छन्। घाटा पर्नु हुँदैन। कल्प कल्पान्तरको घाटा पर्नेछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) मनसा-वाचा-कर्मणा पावन बन्नु छ, बुद्धिमा विकारी सङ्कल्प पनि नआओस्– यसको लागि आत्मा भाइ भाइ हौं, यो अभ्यास गर्नु छ। कसैको नाम रूपमा फस्नु छैन।

२) जसरी बाबा बफादार हुनुहुन्छ, बच्चाहरूलाई सुधारेर साथमा लिएर जानुहुन्छ, त्यसैगरी आज्ञाकारी रहनु छ। बाबालाई कहिल्यै छोड्नु छैन।

वरदान:–
सदा हल्का बनेर बाबाको नयनमा समाहित हुने सहज योगी भव

सङ्गमयुगमा जुन खुसीको खजाना मिल्छ त्यो अरू कुनै युगमा मिल्न सक्दैन। यस समयमा बाबा र बच्चाहरूको मिलन हुन्छ, वर्सा मिल्छ, वरदान प्राप्त हुन्छ। वर्सा अथवा वरदान दुवैमा मेहनत हुँदैन त्यसैले तिम्रो टाइटल नै छ सहज योगी। बापदादाले बच्चाहरूको मेहनत देख्न सक्नुहुन्न, भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो सबै बोझ बाबालाई दिएर स्वयम् हल्का बन। यति हल्का बन ताकि बाबाले आफ्नो नयनमा राखेर साथै लिएर जान मिलोस्। बाबासँग स्नेहको निसानी हो– सदा हल्का बनेर बाबाको नयनमा समाहित हुनु।

स्लोगन:–
नकारात्मक सोच्ने बाटो नै बन्द गरिदियौ भने सफलता स्वरूप बन्छौ।