27.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी आएका छौ बाबाबाट स्वास्थ्य , सम्पत्ति र सुखको वर्सा लिन। ईश्वरीय मतमा चल्नाले नै बाबाको वर्सा प्राप्त हुन्छ।”

प्रश्न:–
बाबाले सबै बच्चाहरूलाई विकल्पजित बन्ने कुनचाहिँ युक्ति बताउनु भएको छ?

उत्तर:–
विकल्पजित बन्नको लागि आफूलाई आत्मा सम्झेर भाइ भाइको दृष्टिले हेर। शरीरलाई हेर्नाले विकल्प आउँछ, त्यसैले भृकुटीमा आत्मा भाइलाई हेर। पावन बन्नको लागि यस्तो दृष्टि पक्का बनाऊ। निरन्तर पतित-पावन बाबालाई याद गर। यादबाटै खिया निस्किँदै जान्छ, खुसीको पारा चढ्छ र विकल्प माथि विजय प्राप्त गर्छौ।

ओम् शान्ति ।
शिव भगवानुवाच– आफ्ना शालिग्रामहरूप्रति। शिव भगवानुवाच भएपछि अवश्य शरीर हुनुपर्छ अनि मात्र वचन हुन्छ। बोल्नको लागि मुख अवश्य चाहिन्छ, अनि सुन्नेहरूको लागि पनि कान अवश्य चाहिन्छ। आत्मामा कान, मुख हुनुपर्छ। अहिले तिमी बच्चाहरूलाई ईश्वरीय मत प्राप्त भइरहेको छ, जसलाई राम मत भनिन्छ। फेरि अर्को हुन्छ रावण मत। ईश्वरीय मत र आसुरी (रावण) मत। ईश्वरीय मत आधा कल्प चल्छ। बाबाले ईश्वरीय मत दिएर तिमीलाई देवता बनाउनु हुन्छ अनि सत्ययुग त्रेतामा त्यही मत चल्छ। त्यहाँ जन्म पनि थोरै हुन्छन् किनकि योगी हुन्छन्। अनि द्वापर कलियुगमा हुन्छ रावण मत, यहाँ जन्म पनि धेरै हुन्छन्, किनकि भोगी मनुष्यहरू हुन्छन्, त्यसैले आयु पनि कम हुन्छ। धेरै सम्प्रदाय हुन्छन्, त्यसैले धेरै दु:खी हुन्छन्। राम मत भएकाहरू गएर फेरि रावण मतसँग मिल्छन्। अनि सारा दुनियाँको रावण मत हुन्छ। फेरि बाबा आएर सबैलाई राम मत दिनुहुन्छ। सत्ययुगमा हुन्छ राम मत, ईश्वरीय मत। त्यसलाई भनिन्छ स्वर्ग। ईश्वरीय मत प्राप्त भएपछि स्वर्गको स्थापना हुन्छ– आधाकल्पको लागि। त्यो पूरा भएपछि रावण राज्य हुन्छ, त्यसलाई भनिन्छ आसुरी मत। अब आफैसँग सोध– हामीले आसुरी मतबाट के गर्थ्यौं? ईश्वरीय मतबाट के गरिरहेका छौं? पहिला जसरी नर्कवासी थियौं फेरि स्वर्गवासी बन्छौं– शिवालयमा। सत्ययुग त्रेतालाई शिवालय भनिन्छ। जुन नामबाट स्थापना हुन्छ त्यसको अवश्य पनि नाम राखिन्छ। त्यसैले त्यो शिवालय हो जहाँ देवताहरू रहन्छन्। रचयिता बाबाले नै तिमीहरूलाई यी कुरा सम्झाइरहनु भएको छ। के रचना गर्नुहुन्छ त्यो पनि तिमी बच्चाहरूले बुझ्छौ। सारा रचनाले यस समयमा उहाँलाई बोलाउँछन्– हे पतित पावन वा हे मुक्तिदाता, रावणको राज्य वा दु:खबाट छुटाउनेवाला! अहिले तिमीलाई सुखको ज्ञान भएको छ, त्यसैले यसलाई दु:ख सम्झन्छौ। नत्र कहाँ यसलाई दु:ख सम्झन्छन् र? जसरी बाबा ज्ञानका सागर हुनुहुन्छ, मनुष्य सृष्टिका बीजरूप हुनुहुन्छ त्यसैगरी तिमी पनि ज्ञान स्वरूप बन्छौ। बीजमा वृक्षको ज्ञान हुन्छ हैन? तर त्यो हो जड। यदि चैतन्य भएको भए बताउने थिए। तिमी चैतन्य वृक्षका हौ त्यसैले वृक्षलाई पनि चिनेका छौ। बाबालाई भनिन्छ मनुष्य सृष्टिका बीजरूप, सत्, चित, आनन्द स्वरूप। यो वृक्षको उत्पत्ति र पालना कसरी हुन्छ, यो कसैले जान्दैन। यस्तो होइन, नयाँ वृक्ष उत्पन्न हुन्छ। यो पनि बाबाले बुझाउनु भएको छ। पुरानो वृक्षका मनुष्यले बोलाउँछन्– आएर रावणबाट मुक्ति दिलाउनुहोस् किनकि यस समयमा रावण राज्य छ। मनुष्यले त न रचनालाई न रचयितालाई जानेका छन्। स्वयं बाबाले भनिरहनु भएको छ– मैले एकैपटक स्वर्ग बनाउँछु। स्वर्गपछि फेरि नर्क बन्छ। रावण आएपछि फेरि वाममार्गमा जान्छन्। सत्ययुगमा स्वास्थ्य, सम्पत्ति, सुख सबै हुन्छ। तिमी यहाँ आएका छौ बाबाबाट स्वास्थ्य, सम्पत्ति, सुखको वर्सा लिन किनकि स्वर्गमा कहिल्यै पनि दु:ख हुँदैन। तिम्रो दिलमा छ– हामीले कल्प कल्प पुरुषोत्तम सङ्गमयुगमा पुरुषार्थ गर्छौं। नाम नै कस्तो राम्रो छ। अरू कुनै युगलाई कहाँ पुरुषोत्तम भनिन्छ र! तिनमा त सिँढीबाट उत्रिँदै जान्छन्। बाबालाई बोलाउँछन् पनि, समर्पण पनि गर्छन्। तर यो याद हुँदैन– बाबा कहिले आउनु हुन्छ। पुकार्न त पुकार्छन्– हे परमपिता परमात्मा मुक्त गर्नुहोस्, मार्ग दर्शन गर्नुहोस्! मुक्तिदाता भएकाले अवश्य आउनुपर्छ। अनि गाइड बनेर लैजानुपर्छ। पिताले बच्चाहरूलाई धेरै दिन पछि देखे भने अवश्य पनि खुसी हुन्छन्। ती हुन् हदका पिता। यहाँ हुनुहुन्छ बेहदका पिता। बाबा रचयिता हुनुहुन्छ। रचना गरेर फेरि त्यसको पालना पनि गर्नुहुन्छ। पुनर्जन्म त लिनै पर्छ। कसैका १०, कसैका १२ बच्चा हुन्छन् तर त्यो सबै हो हदको सुख, जुन काग विष्टा समान हुन्छ। तमोप्रधान बन्छन्। तमोप्रधानतामा सुख एकदम थोरै हुन्छ। तिमी सतोप्रधान बन्यौ भने धेरै सुख हुन्छ। सतोप्रधान बन्ने युक्ति बाबा आएर बताउनु हुन्छ। बाबालाई सर्वशक्तिमान् अधिकारी भनिन्छ। मनुष्यहरूले सम्झन्छन्– परमात्मा सर्वशक्तिमान् अधिकारी हुनुहुन्छ त्यसैले जे चाह्यो त्यो गर्न सक्नुहुन्छ। मरेकालाई बचाउन सक्नुहुन्छ। एकपटक कसैले लेख्यो– यदि तपाई भगवान हुनुहुन्छ भने झिङ्गालाई बचाएर देखाउनुहोस्। यस्ता धेरै प्रश्न सोद्धछन्। तिमीलाई बाबाले तागत दिनुहुन्छ जसबाट तिमीले रावणमाथि विजय प्राप्त गर्छौ। बाँदरबाट मन्दिर लायक बन्छौ। उनीहरूले फेरि के के बनाइदिएका छन्। वास्तवमा तिमी सबै सीताहरू भक्त हौ। तिमीहरू सबैलाई रावणबाट छुटाएको छु। रावणद्वारा तिमीलाई कहिल्यै पनि सुख प्राप्त हुन सक्दैन। यो समयमा सबै रावणको जेलमा छन्। रामको जेलमा भनिदैन। राम आउनु हुन्छ नै रावणको जेलबाट छुटाउन। रावणलाई १० शिर भएको बनाउँछन्। उसलाई २० हात भएको देखाउँछन्। बाबाले सम्झाउनु भएको छ ५ विकार पुरुषमा, ५ विकार स्त्रीमा हुन्छन्। त्यसलाई भनिन्छ रावण राज्य वा ५ विकाररुपी मायाको राज्य। यस्तो भनिदैन, यिनीसँग धेरै माया छ। मायाको नसा चढेको छ, होइन। धनलाई माया भनिदैन। धनलाई सम्पत्ति भनिन्छ। तिमी बच्चाहरूलाई सम्पत्ति आदि धेरै प्राप्त हुन्छ। तिमीले केही पनि माग्न आवश्यक छैन किनकि यो त पढाइ हो। पढाइमा कहीँ माग्नुपर्छ र! शिक्षकले जे पढाउनु हुन्छ विद्यार्थीले त्यही पढ्छन्। जसले जति पढ्छ, त्यति पाउँछ। माग्ने कुरा होइन। यसमा पवित्रता पनि चाहिन्छ। हेर, एक शब्दको पनि कति मूल्य हुन्छ। पदमापदम। बाबालाई चिन, याद गर। बाबाले पहिचान दिनु भएको छ– जसरी आत्मा बिन्दु छ, त्यसैगरी म आत्मा पनि बिन्दु हुँ। उहाँ त सदा पवित्र हुनुहुन्छ। शान्ति, ज्ञान, पवित्रताका सागर हुनुहुन्छ। एकको नै महिमा छ। सबैको पोजिसन आ-आफ्नो हुन्छ। नाटक पनि बनाएका छन्– कण कणमा भगवान, जसले नाटक देखेका होलान् उनीहरूले जानेका छन्। जो महावीर बच्चाहरू हुन् उनीहरूलाई त बाबा भन्नुहुन्छ तिमी जहाँसुकै जाऊ, केवल साक्षी भएर हेर्नुपर्छ। अहिले तिमी बच्चाहरूले रामराज्य स्थापना गरेर रावण राज्यलाई समाप्त गरिदिन्छौ। यो हो बेहदको कुरा। उनीहरूले हदका कथाहरू बनाइदिन्छन्। तिमी हौ शिवशक्ति सेना। शिव सर्वशक्तिमान् हुनुहुन्छ नि। शिवको शक्ति लिने शिवका सेना तिमीहरू हौ। उनीहरूले फेरि शिव सेना नाम राखेका छन्। अहिले तिम्रो नाम के राख्ने? तिम्रो त नाम राखिएको छ– प्रजापिता ब्रह्माकुमार-ब्रह्माकुमारी। शिवका त सबै सन्तान हुन्। सारा दुनियाँका आत्माहरू उहाँका सन्तान हुन्। शिवबाट तिमीलाई शक्ति प्राप्त हुन्छ। शिवबाबाले तिमीलाई ज्ञान सिकाउनु हुन्छ, जसबाट तिमीलाई यति धेरै शक्ति प्राप्त हुन्छ जसले गर्दा आधाकल्प तिमीले सारा विश्वमा राज्य गर्छौ। यो हो तिम्रो योगबलको शक्ति अनि उनीहरूको हो बाहुबलको। भारतवर्षको प्राचीन राजयोगको महिमाको गायन गरिएको छ। चाहन्छन् पनि, यहाँको प्राचीन राजयोग सिकौँ, जसबाट स्वर्गको स्थापना भएको थियो। भन्ने पनि गर्छन्– क्राइस्ट भन्दा यति वर्ष पहिला स्वर्ग थियो। त्यो कसरी बन्यो? योगबाट। तिमी हौ प्रवृत्ति मार्गका संन्यासी। उनीहरू घरबार छोडेर जङ्गलमा जान्छन्। ड्रामा अनुसार हरेकलाई पार्ट मिलेको छ। यति सानो बिन्दुमा कति पार्ट भरिएको छ, यसलाई भावी नै भन्छन्। बाबा त सदा शक्तिमान् गोल्डेन एजेड (सतोप्रधान) हुनुहुन्छ, अहिले तिमीले उहाँबाट शक्ति लिन्छौ। यस्तो ड्रामा पनि बनेको छ। यस्तो होइन कि बाबा हजार सूर्यहरू भन्दा पनि तेजोमय हुनुहुन्छ। उनीहरूले त जसको जस्तो भाव मनमा छ त्यस्तै भावनाबाट देख्छन्। आँखा राता राता हुन्छन्। भयो, मैले सहन सक्दिन। बाबा भन्नुहुन्छ– त्यो सबै भक्तिमार्गको संस्कार हो। यो त ज्ञान हो, यसमा पढ्नु छ। बाबा शिक्षक पनि हुनुहुन्छ, पढाइरहनु भएको छ। हामीलाई भन्नुहुन्छ– तिमी तमोप्रधानबाट सतोप्रधान बन्नु छ। बाबाले सम्झाउनु भएको छ– नराम्रो नसुन...। मनुष्यलाई थाहै छैन यो कसले भन्नुभएको हो। पहिला बाँदरको चित्र बनाउँथे। अहिले मनुष्यको बनाउँछन्। बाबाले पनि नलिनी बच्चीको बनाउनु भएको थियो। मनुष्यहरूमा भक्तिको नसा कति धेरै हुन्छ। भक्तिको राज्य हो नि। अब हुन्छ ज्ञानको राज्य। फरक हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ, अवश्य पनि ज्ञानबाट सुख हुन्छ। फेरि भक्तिबाट सिँढी उत्रिँदै आउँछन्। हामी पहिला सत्ययुगमा जान्छौं फेरि जुम्रा जस्तै तल उत्रिन्छौं। १२५० वर्षमा दुई कला कम हुन्छन्। चन्द्रमाको उदाहरण छ। चन्द्रमालाई ग्रहण लाग्छ। कलाहरू कम हुन थाल्छन् अनि बिस्तारै बिस्तारै कलाहरू बढ्दै जान्छन् र १६ कला हुन्छन्। त्यो हो अल्पकालको कुरा। यो त हो बेहदको कुरा। यतिबेला सबैलाई राहुको ग्रहण लागेको छ। सबै भन्दा श्रेष्ठ हो बृहस्पतिको दशा। सबै भन्दा नीच हो राहुको दशा। बिल्कुलै दिवालिया निकालिदिन्छ। बृहस्पतिको दशाबाट हामी चढ्छौं। उनीहरूले बेहदका पितालाई चिन्दैनन्। अहिले अवश्य पनि सबैमाथि राहुको दशा छ। यो तिमीले जानेका छौ, अरू कसैले पनि जान्दैन। राहुको दशाले नै विपन्न बनाउँछ। बृहस्पतिको दशाबाट सम्पन्न बन्छौ। भारतवर्ष कति सम्पन्न थियो। एउटै भारतखण्ड थियो। सत्ययुगमा रामराज्य, पवित्र राज्य हुन्छ, जसको महिमा हुन्छ। अपवित्र राज्य भएकाले गाउँछन् पनि– हामी निर्गुणमा कुनै गुण छैन...। यस्तो संस्था पनि बनाएका छन्– निर्गुण संस्था। हेर, यो सारा दुनियाँ निर्गुण संस्था हो। एकको कुरा कहाँ हो र। बच्चाहरूलाई सदा महात्मा भनिन्छ। फेरि तिमीले भन्छौ– कुनै गुण छैन। यो त सारा दुनियाँ हो, जसमा कुनै गुण नभएका हुनाले राहुको दशा बसेको छ। अब बाबा भन्नुहुन्छ– दे दान तो छुटे ग्रहण। अब जान त सबैलाई पर्छ। देह सहित देहका सबै धर्मलाई छोड। आफूलाई आत्मा निश्चय गर। अब तिमी फर्केर जानु छ। पवित्र नभएकाले फर्केर कोही पनि जान सक्दैन। अहिले बाबाले पवित्र हुने युक्ति बताउनु हुन्छ। बेहदका बाबालाई याद गर। कति बच्चाहरूले भन्छन् बाबा हामीले बिर्सिन्छौं। बाबा भन्नुहुन्छ– मीठे बच्चे! पतित-पावन बाबालाई तिमीले बिर्सियौ भने तिमी पावन कसरी बन्न सक्छौ? विचार गर यो के भन्नु भएको हो? जनावरले पनि कहिल्यै मैले पितालाई बिर्सिन्छु भन्दैन। तिमीले के भन्छौ! म तिम्रो बेहदको पिता हुँ, तिमी आएका छौ बेहदको वर्सा लिन। निराकार बाबा साकारमा आउनु भएको छ तब त पढाउनु हुन्छ नि। अहिले बाबा यिनमा प्रवेश गर्नु भएको छ। यी हुन् बापदादा। दुवैका आत्मा भृकुटीको बीचमा छन्। तिमीले भन्छौ– बाप-दादा, त्यसैले अवश्य पनि दुवै आत्मा हुनुपर्छ। शिवबाबा र ब्रह्माको आत्मा। तिमी सबै प्रजापिता ब्रह्माकुमार-ब्रह्माकुमारी बनेका छौ। तिमीलाई ज्ञान प्राप्त भएपछि हामी भाइ भाइ हौं भन्ने जानेका छौ। फेरि प्रजापिता ब्रह्माद्वारा हामी भाइ-बहिनी बन्छौं। यो याद पक्का हुनुपर्छ। तर बाबाले देख्नुहुन्छ बहिनी-भाइको नाम रूपमा पनि आकर्षण हुन्छ। धेरैमा विकल्प आउँछन्। राम्रो शरीर देखेर विकल्प आउँछ। त्यसैले बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर भाइ भाइको दृष्टिले हेर। आत्माहरू सबै भाइ भाइ हुन्। भाइ भाइ भएपछि बाबा त अवश्य पनि हुनुपर्यो। सबैको बाबा एउटै हुनुहुन्छ। सबैले बाबालाई याद गर्छन्। बाबा भन्नुहुन्छ– सतोप्रधान बन्नको लागि म एकलाई याद गर। जति याद गर्छौ त्यति खिया निस्किँदै जान्छ, खुसीको पारा चढ्नेछ र आकर्षण भइरहन्छ, नम्बरवार पुरुषार्थ अनुसार। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पढाइमा पूरा ध्यान दिएर स्वयंलाई सम्पत्तिवान बनाउनु छ। केही पनि माग्नु छैन। एक बाबाको याद र पवित्रताको धारणाबाट पदमापदमपति बन्नु छ।

२) राहुको ग्रहबाट मुक्त हुनको लागि विकारहरूको दान दिनु छ। नराम्रो नसुन...। जुन कुराले सिँढी उत्रियौ, निर्गुण बन्यौ, त्यसलाई बुद्धिबाट निकालिदिनु छ।

वरदान:–
“पहिला हजुर” को मन्त्रद्वारा सबैबाट स्वमान प्राप्त गर्ने निर्मान सो महान् भव

“निर्मान नै सबै भन्दा महान् हो”– यही महामन्त्र सदा याद रहोस्। “पहिला हजुर” भन्नु सबैबाट स्वमान प्राप्त गर्ने आधार हो। महान् बन्ने यो मन्त्र वरदानका रूपमा सदा साथ राख। वरदानहरूबाट नै पालना लिँदै, उड्दै लक्ष्यसम्म पुग्नुपर्छ। वरदानहरूलाई कार्यमा नलगाएमा मेहनत गर्नुपर्छ। यदि वरदानहरूबाट पालना लिइरह्यौ, वरदानलाई कार्यमा लगाइरह्यौ भने मेहनत समाप्त हुन्छ। सदा सफलता एवम् सन्तुष्टताको अनुभव गरिरहनेछौ।

स्लोगन:–
चेहराद्वारा सेवा गर्नको लागि आफ्नो मुस्कुराएको रमणिक र गम्भीर स्वरूप प्रकट (इमर्ज) गर।