28.04.24 Avyakt Bapdada Nepali Murli 23.10.99 Om Shanti Madhuban
समयको पुकार– दाता बन
आज सर्वश्रेष्ठ भाग्य
विधाता‚ सर्व शक्तिहरूको दाता बापदादा चारैतिरका सर्व बच्चाहरूलाई देखेर हर्षित
भइरहनु भएको छ। चाहे मधुवनमा सम्मुख छन्‚ चाहे देश विदेशमा यादमा सुनिरहेका छन्‚
देखिरहेका छन्‚ जहाँसुकै बसेका भए पनि दिलबाट सम्मुख छन्। ती सबै बच्चाहरूलाई देखेर
बापदादा हर्षित भइरहनु भएको छ। तिमीहरू सबै पनि हर्षित भइरहेका छौ नि! बच्चाहरू पनि
हर्षित र बापदादा पनि हर्षित। यही दिलको सदाको सच्चा हर्षले सारा दुनियाँको दु:खलाई
हटाउने छ। यो दिलको हर्षले आत्माहरूलाई बाबाको अनुभव गराउँछ किनकि बाबा पनि सदा
सर्व आत्माहरूप्रति सेवाधारी हुनुहुन्छ र तिमी सबै बच्चाहरू पनि बाबाको साथमा सेवा
साथी हौ। साथी हौ नि! तिमीहरू बाबाका साथी हौ र विश्वको दु:खलाई परिवर्तन गरेर सदा
खुसी रहने साधन दिने सेवामा सदा उपस्थित रहन्छौ। सदा सेवाधारी हौ। सेवा केवल चार
घण्टा‚ छ घण्ट सेवा गर्नेहरू होइनौ। हर सेकेण्ड सेवाको स्टेजमा पार्ट खेल्ने
परमात्म साथी हौ। याद निरन्तर छ भने सेवा पनि निरन्तर हुन्छ। आफूलाई निरन्तर
सेवाधारी अनुभव गर्छौ? वा ८-१० घण्टाको सेवाधारी हौ? यो ब्राह्मण जन्म हो नै याद र
सेवाको लागि। अरू केही गर्नु छ? यही हो नि! हर श्वास‚ हर सेकेण्ड याद र सेवा साथसाथै
छ वा सेवाको समय अलग छ र यादको समय अलग छ? छैन हैन! अच्छा‚ ब्यालेन्स छ? यदि १००
प्रतिशत सेवा छ भने १०० प्रतिशत नै याद छ? दुवैको ब्यालेन्स छ? अन्तर पर्छ हैन?
कर्मयोगीको अर्थ नै हो कर्म र याद‚ सेवा र याद– दुवैको ब्यालेन्स समान‚ समान
हुनुपर्छ। यस्तो होइन– कुनै समय याद धेरै हुन्छ अनि सेवा कम‚ वा सेवा धेरै, याद कम
छ। जसरी आत्मा र शरीर जबसम्म स्टेजमा हुन्छ, साथसाथै हुन्छ हैन। अलग हुन सक्छ?
त्यसैगरी याद र सेवा साथसाथै रहोस्। याद अर्थात् बाबा समान‚ स्वको स्वमानको पनि याद।
जब बाबाको याद हुन्छ भने स्वतः नै स्वमानको पनि याद हुन्छ। यदि स्वमानमा रहँदैनौ भने
याद पनि शक्तिशाली हुन सक्दैन।
स्वमान अर्थात् बाबा
समान। सम्पूर्ण स्वमान नै हो बाबा समान। यसरी यादमा रहने बच्चाहरू नै सदा दाता
हुन्छन्। लिनेवाला (लेवता) होइन‚ देवता मतलब दिनेवाला। त्यसैले आज बापदादाले सबै
बच्चाहरूको दातापनको स्टेज चेक गरिरहनु भएको थियो– कहाँसम्म दाताका बच्चा दाता बनेका
छन्? जस्तै बाबाले कहिल्यै पनि लिने सङ्कल्प गर्न सक्नु हुन्न‚ दिने सङ्कल्प
गर्नुहुन्छ। यदि पुरानो सबैथोक देऊ भन्नुहुन्छ भने पुरानोको सट्टामा नयाँ दिनुहुन्छ।
लिनु मलतब बाबाको दिनु हो। वर्तमान समयमा बापदादालाई बच्चाहरूको एक टपिक धेरै राम्रो
लाग्यो। कुनचाहिँ टपिक? विदेशको टपिक हो। कुनचाहिँ? समयको पुकार (कल अफ टाइम)।
बापदादाले देखिरहनु
भएको थियो– बच्चाहरूको लागि समयको पुकार के हो! तिमीहरूले देख्छौ विश्वको लागि‚
सेवाको लागि‚ बापदादा सेवाको साथी त हुनुहुन्छ नै। तर बापदादाले देख्नुहुन्छ–
बच्चाहरूको लागि अहिले समयको पुकार के हो? तिमीहरूले पनि जान्दछौ हैन– समयको पुकार
के हो? वर्तमान समयको के पुकार हो? आफ्नो लागि सोच। सेवाको सम्बन्धमा त भाषण गर्यौ,
गरिरहेका छौ हैन? तर आफ्नो लागि आफैसँग सोध मेरो लागि समयको पुकार के हो? वर्तमान
समयको पुकार के हो? बापदादाले देखिरहनु भएको थियो– अहिलेको समय अनुसार हर समय‚ हर
बच्चाले दातापनको स्मृति अझै बढाउनु छ। चाहे स्व-उन्नति प्रति दातापनको भाव‚ चाहे
सर्व प्रति इमर्ज रूपमा स्नेह देखियोस्। कोही जस्तैसुकै होस्‚ जेसुकै होस्‚ मैले
दिनु छ। दाता सदा नै बेहदको वृत्ति भएको हुन्छ‚ हद हुँदैन र सदा दाता सम्पन्न‚
भरपुर हुन्छ। दाता सदैव क्षमाको मास्टर सागर हुन्छ। यसकारण जुन हदको आफ्नो संस्कार
वा अरूको संस्कार हुन्छ त्यो इमर्ज हुँदैन‚ मर्ज हुन्छ। मैले दिनु छ। कसैले दिउन्
वा नदिउन् तर म दाता बन्नु छ। कुनै पनि संस्कारको वश परवश आत्मा होस्‚ त्यस
आत्मालाई मैले सहयोग दिनु छ। त्यसैले कसैको पनि हदको संस्कारले तिमीलाई प्रभावित
गर्दैन। कसैले मान दिउन् वा नदिउन्‚ उनले नदिए पनि मैले दिनु छ। यस्तो दातापन अहिले
इमर्ज हुनुपर्छ। मनमा दातापनको भावना त छ तर... तर भन्ने भाव नआओस्। मैले गर्नु नै
छ। कुनै यस्तो चालचलन वा बोली जुन तिम्रो कामको छैन‚ तिमीलाई राम्रो लाग्दैन‚
त्यसलाई लिँदै नलेऊ। नराम्रो चीज लिइन्छ र? मनमा धारण गर्नु अर्थात् लिनु।
दिमागसम्म पनि आउनु हुँदैन। दिमागमा पनि कुरा आयो भने... त्यो पनि भएन। जब हो नै
नराम्रो चीज‚ राम्रो होइन भने दिमाग र दिलमा नलेऊ अर्थात् धारण नगर। अझ दाता बनेर
लिनुको सट्टा शुभभावना‚ शुभकामना देऊ। नलेऊ‚ किनकि अहिले समय अनुसार यदि दिल र
दिमाग खाली भएन भने निरन्तर सेवाधारी बन्न सक्दैनौ। दिल वा दिमाग कुनै पनि कुरामा
व्यस्त हुन गयो भने के सेवा गर्नेछौ? फेरि जस्तै लौकिकमा कसैले ८ घण्टा‚ कोही १०
घण्टा काम गर्छन्‚ यहाँ पनि त्यस्तै हुन जान्छ। ८ घण्टाको सेवाधारी‚ ६ घण्टाको
सेवाधारी। निरन्तर सेवाधारी बन्न सक्ने छैनौ। चाहे मनसा सेवा गर‚ चाहे वाणीले‚ चाहे
कर्म अर्थात् सम्बन्ध-सम्पर्कले। हर सेकेण्ड दाता अर्थात् सेवाधारी। दिमागलाई खाली
राख्नाले बाबाको सेवाको साथी बन्न सक्नेछौ। दिललाई सदा सफा राख्नाले निरन्तर बाबाको
सेवाको साथी बन्न सक्छौ। तिमी सबैको प्रतिज्ञा के छ? साथ रहनेछौं‚ साथ जानेछौं।
प्रतिज्ञा छ नि? वा हजुर अगाडि जानुस् हामी पछि पछि आउने छौं? होइन नि? साथको
प्रतिज्ञा छ हैन? कि तिमी अगाडि जाऊ र म पछि पछि आउने छु? यस्तो त होइन नि? साथमै
जाने प्रतिज्ञा छ हैन? बाबा सेवा बिना रहनु हुन्छ? याद बिना पनि रहनुहुन्न। जति बाबा
यादमा रहनुहुन्छ, त्यति तिमी मेहनतमा हुन्छौ। रहन्छौ तर मेहनतले‚ अटेन्सनले। बाबाको
लागि छ नै के? परम आत्माको लागि छन् नै आत्माहरू। आत्माहरू त नम्बरवार छन् नै।
बच्चाहरूको याद सिवाए बाबा रहनै सक्नुहुन्न। बाबा बच्चाहरूको याद बिना रहन
सक्नुहुन्छ? तिमी रहन सक्छौ? कहिलेकाहीँ नटखट गर्छौ।
त्यसोभए के सुन्यौ?
समयको पुकार हो– दाता बन। यो अति आवश्यक छ। सारा विश्वका आत्माहरूको पुकार छ– हे
हाम्रा इष्ट... इष्ट त हौ नि! कुनै न कुनै रूपमा सर्व आत्माहरूको लागि इष्ट हौ।
त्यसोभए अहिले सबै आत्माहरूको पुकार छ– हे इष्ट देव‚ देवीहरू परिवर्तन गर्नुहोस्!
यो पुकार सुनिन्छ? पाण्डवहरूले यो पुकार सुन्छौ? सुनेर फेरि के गर्छौ? यो आवाज
सुनिन्छ भने राहत दिन्छौ वा सोच्छौ मात्र? पुकार सुनिन्छ? समयको पुकार सुनाउँछौ तर
आत्माहरूको पुकार केवल सुन्छौ मात्र? हे इष्ट देव-देवीहरू! अब आफ्नो दातापनको रूप
इमर्ज गर। दिनु छ। कुनै पनि आत्मा वञ्चित नरहुन्। नत्र गुनासाहरूको माला लगाउनु
पर्नेछ। गुनासो त गर्छन् नि! गुनासाहरूको माला लगाउने इष्ट हौ वा फूलहरूको माला
लगाउने इष्ट हौ? कुनचाहिँ इष्ट हौ? पूज्य हौ नि! यस्तो नसम्झनु– हामी त पछाडि
आउनेहरू हौं। जो ठुला-ठुला छन् उनै दाता बन्नेछन्‚ हामी कहाँ बन्छौं। तर होइन‚ सबै
दाता बन्नु छ।
जो पहिलो पटक मधुवनमा
आएका छौ, उनीहरूले हात उठाऊ। जो पहिलो पटक आएका छौ, तिमीहरू दाता बन्न सक्छौ वा
दोस्रो तेस्रो वर्षमा दाता बन्नेछौ? एक वर्षका दाता बन्न सक्छौ? (सक्छौं) धेरै
राम्रो होसियार छन्। बापदादा हिम्मत राख्नेहरूसँग सदा खुसी हुनुहुन्छ। चाहे एक
महिनाका हुन्‚ यी त एक वर्ष वा ६ महिना भएका होलान् तर बापदादाले जान्नुहुन्छ– एक
वर्षका हुन् वा एक महिनाका हुन्‚ एक महिनामा पनि आफूलाई ब्रह्माकुमार वा
ब्रह्माकुमारी भन्छौ हैन! ब्रह्माकुमार ब्रह्माकुमारी अर्थात् ब्रह्माबाबाको वर्साको
अधिकारी बने। ब्रह्मालाई पिता मान्यौ तब त कुमार-कुमारी बन्यौ नि? त्यसैले
ब्रह्माकुमार ब्रह्माकुमारी‚ ब्रह्माबाबा र शिवबाबाको वर्साको अधिकारी बन्यौ नि! वा
एक महिना हुनेलाई वर्सा मिल्नेछैन? एक महिना हुनेलाई वर्सा मिल्छ? जब वर्सा
मिलिहाल्यो भने दिनको लागि दाता त हुन्छौ नि! जुन चीज मिल्छ त्यो दिन त सुरु गर्नु
नै पर्छ नि।
यदि बाबा सम्झेर
कनेक्सन जोड्यौ भने एक दिनमा पनि वर्सा लिन सक्छौ। यस्तो होइन– हो, राम्रो छ‚ कुनै
शक्ति छ‚ बुझेको त छु... यो होइन। वर्साको अधिकारी बच्चाहरू हुन्छन्। बुझ्नेवाला‚
देख्नेवाला होइन। यदि एक दिनमा पनि दिलबाट बाबा मान्यौ भने वर्साको अधिकारी बन्न
सक्छौ। तिमीहरू त सबै अधिकारी हौ नि? तिमीहरू त ब्रह्माकुमार कुमारीहरू हौ नि वा
बनिरहेका छौ? बनिसक्यौ वा बन्न आएका हौ? कसैले तिमीलाई परिवर्तन गर्न सक्दैन?
ब्रह्माकुमार कुमारीको सट्टा केवल कुमार-कुमारी बन‚ हुन सक्दैन? ब्रह्माकुमार र
कुमारी बन्नमा कति फाइदा छ? एक जन्मको पनि फाइदा होइन‚ अनेक जन्मको फाइदा।
पुरुषार्थ आधा जन्म‚ चौथाई जन्मको र प्रारब्ध छ अनेक जन्महरूको। फाइदा नै फाइदा छ
नि!
बापदादाले समय अनुसार
वर्तमान समयमा विशेष एक कुरामा अटेन्सन दिलाउनु हुन्छ किनकि बापदादाले बच्चाहरूको
रिजल्ट त हेरिरहनु हुन्छ नि! रिजल्टमा देखियो‚ हिम्मत धेरै राम्रो छ। लक्ष्य पनि
धेरै राम्रो छ। लक्ष्य अनुसार अहिलेसम्म लक्ष्य र लक्षण, यसमा अन्तर छ। लक्ष्य सबैको
नम्बरवन छ‚ कसैसँग पनि बापदादाले सोधेमा तिम्रो लक्ष्य २१ जन्मको राज्य भाग्य लिनु
हो‚ सूर्यवंशी बन्छौ वा चन्द्रवंशी? सबैले कुनमा हात उठाउँछन्? सूर्यवंशीमा उठाउँछन्
नि! कोही छ जो चन्द्रवंशी बन्न चाहन्छ? कोही छैन। (एकले हात उठाए) ठीक छ‚ नत्र त्यो
सीट खाली रहन्छ। लक्ष्य सबैको धेरै राम्रो छ‚ लक्ष्य र लक्षणको समानता– यसमाथि
अटेन्सन दिन जरुरी छ। त्यसको कारण के हो? जुन आज सुनाएँ कहिलेकाहीँ लेवता बन्छन्।
यो होस्‚ यसले गरोस्‚ यसले मदत देओस्‚ यो परिवर्तन भयो भने म परिवर्तन हुन्छु। यो
कुरा ठीक भएमा म ठीक हुन्छु। यो लेवता बन्नु हो। दातापन होइन। कसैले देओस् वा नदेओस्‚
बाबाले त सबैथोक दिनु भएको छ। के बाबाले कसैलाई थोरै दिनु भएको छ, कसैलाई धेरै दिनु
भएको छ र? एउटै कोर्स छ नि! चाहे ६० वर्षको होस्‚ चाहे एक महिनाको होस्‚ कोर्स त
एउटै छ वा ६० वर्ष पुग्नेहरूको कोर्स अलग छ एक महिनाकाको अलग छ? उनीहरूले पनि त्यही
कोर्स गरे र अहिले पनि त्यही कोर्स छ। त्यही ज्ञान हो‚ त्यही प्यार हो‚ तिनै सर्व
शक्तिहरू हुन्। सबै समान छ। पुरानालाई १६ शक्तिहरू‚ नयाँलाई ८ शक्तिहरू होइन।
सबैलाई समान वर्सा छ। बाबाले सबैलाई भरपुर गरिदिनु भयो भने त भरपुर आत्मा दाता बन्छ‚
लेवत होइन। मैले दिनु छ। कसैले दिउन्‚ नदिउन्‚ लिन इच्छुक होइन‚ दिन इच्छुक बन्नु
छ। जति दिन्छौ‚ दाता बन्छौ त्यति खजाना बढ्दै जानेछ। मानौं कसैलाई तिमीले स्वमान
दियौ‚ अरूलाई दिनु अर्थात् आफ्नो स्वमान बढाउनु। दिनु भएन बरू दिनु अर्थात् लिनु
हो। नलेऊ‚ तर दिएमा लिनु स्वत: भइहाल्छ। त्यसैले बुझ्यौ– समयको पुकार के हो? दाता
बन। एक शब्द याद राख्नु। कुनै पनि कुरा भएमा “दाता” शब्द सदा याद राख्नु। इच्छा
मात्रम् अविद्या। न सूक्ष्म लिने इच्छा‚ न स्थूल लिने इच्छा। दाताको अर्थ नै हो
इच्छा मात्रम् अविद्या। सम्पन्न। कुनै अप्राप्ति अनुभव हुनेछैन, जसलाई लिने इच्छा
हुन्छ। सर्व प्राप्ति सम्पन्न। त्यसैले लक्ष्य के हो? सम्पन्न बन्ने हो नि? वा जति
मिल्यो त्यति ठीक? सम्पन्न बन्नु नै सम्पूर्ण बन्नु हो।
आज विदेशीहरूलाई खास
मौका मिलेको छ। राम्रो छ। पहिलो मौका विदेशीहरूले लिएका छन्‚ प्रिय भइसक्यौ नि।
सबैलाई मनाही गरियो र विदेशीहरूलाई निमन्त्रणा दिइएको छ। बापदादालाई पनि याद त सबै
बच्चाहरूको हुन्छ फेरि पनि डबल विदेशीहरूलाई देखेर उनीहरूको हिम्मत देखेर धेरै खुसी
लाग्छ। अहिले वर्तमान समयमा त्यति हलचलमा आउँदैनन्। अहिले फरक आएको छ। सुरु सुरु मा
जुन प्रश्न हुन्थे नि– इन्डियन कल्चर हो‚ फरेन कल्चर हो... तर अहिले समझमा आइसक्यो।
अब ब्राह्मण कल्चरमा आइसके। न इन्डियन कल्चर‚ न फरेन कल्चर‚ ब्राह्मण कल्चरमा आए।
इन्डियन कल्चरले थोरै खटपट पार्छ तर ब्राह्मण कल्चर सहज छ नि! ब्राह्मण कल्चर हो नै
स्वमानमा बस र स्वराज्य अधिकारी बन। यही ब्राह्मण कल्चर हो। यो त मनपर्छ हैन? अब
प्रश्न त छैन नि‚ इन्डियन कल्चरमा कसरी आउने‚ मुस्किल छ? सहज हुन गयो नि? हेर फेरि
त्यहाँ गएर नभन थोरै यो मुस्किल छ! त्यहाँ गएर यस्तो नलेख्नु। सहज भनि त दिएँ तर यो
अलि मुस्किल छ! सहज छ वा अलि अलि मुस्किल छ? अलिकति पनि मुस्किल छैन। धेरै सहज छ।
अब सारा खेल पुरा भइसकेको छ त्यसैले हाँसो लाग्छ। अब पक्का भइसकेका छन्। बचपनको खेल
अब समाप्त भइसक्यो। अब अनुभवी बनिसकेका छन् र बापदादाले देख्नुहुन्छ– जति पुराना
पक्का हुँदै जान्छन् नि, त्यति जो नयाँ नयाँ आउँछन् ती पनि पक्का हुन्छन्। राम्रो
छ‚ एक अर्कालाई राम्रोसँग अगाडि बढाउँछन्। मेहनत राम्रो गर्छन्। अब दादीहरूको पासमा
किस्साहरू लिएर त जादैनौ नि। किस्सा कहानीहरू दादीहरूको पासमा लिएर जान्छौ? कम भएका
छन्! फरक छ नि? (दादी जानकीसँग) त्यसोभए तिमी अब बिरामी नहुनु। किस्सा कहानीहरूमा
बिरामी हुन्छन्‚ त्यो त खतम भइहाल्यो। राम्रो छन्‚ सबैमा राम्रो भन्दा राम्रो विशेष
गुण छ– दिलको सफाइ राम्रो छ। भित्र राख्दैनन् बाहिर निकाल्छन्। जे कुरा हुन्छ सत्य
बोलिदिन्छन्। यस्तो होइन‚ त्यस्तो। यसो त्यसो भन्दैनन्‚ जे कुरा हो त्यो भनिदिन्छन्‚
यो विशेषता राम्रो छ। त्यसैले बाबा भन्नुहुन्छ– सच्चा र सफा दिलमाथि बाबा राजी
हुनुहुन्छ। हुन्छ भने हुन्छ‚ हुँदैन भने हुँदैन। यस्तो होइन– हेर्नेछु...। मजबुरीले
चल्दैनन्। चल्छन् भने पूरा‚ नत्र चल्दैनन्। अच्छा!
जो बच्चाहरूले
यादप्यार पठाएका छन्‚ बापदादा ती सबै बच्चाहरूलाई‚ जसले पत्रद्वारा वा कसैद्वारा पनि
यादप्यार पठाए, बापदादाले स्वीकार गर्नुभयो। बापदादाले रिटर्नमा सबै बच्चाहरूलाई
दातापनको वरदान दिइरहनु भएको छ। अच्छा! एक सेकेण्डमा उड्न सक्छौ? पङ्ख पावरफुल छन्
नि? बस्, बाबा भन्यो कि उड्यो। (ड्रिल)
चारैतिरका
सर्वश्रेष्ठ बाबा समान दातापनको भावना राख्ने श्रेष्ठ आत्माहरूलाई‚ निरन्तर याद र
सेवामा तत्पर रहने‚ परमात्म सेवाका साथी बच्चाहरूलाई सदा लक्ष्य र लक्षणलाई समान
बनाउने‚ सदा बाबाका स्नेही र समान‚ समीप बन्ने बापदादाको नयनका तारा‚ सदा विश्व
कल्याणको भावनामा रहने रहमदिल‚ मास्टर क्षमाका सागर बच्चाहरूलाई‚ टाढा बस्नेहरू‚
मधुवनमा तल बस्नेहरू र बापदादाको सम्मुख बसेका सर्व बच्चाहरूलाई यादप्यार एवं नमस्ते।
रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
दिलमा एक
दिलारामलाई समाहित गरेर एकसँग सर्व सम्बन्धहरूको अनुभूति गर्ने सन्तुष्ट आत्मा भव
ज्ञानलाई समाहित गर्ने
स्थान दिमाग हो तर प्रियतमलाई समाहित गर्ने स्थान दिल हो। कुनै कुनै प्रियतमाहरूले
दिमाग धेरै चलाउँछन् तर बापदादा सच्चा दिल हुनेहरूसँग राजी हुनुहुन्छ। त्यसैले दिलको
अनुभव दिललाई थाहा छ‚ दिलारामलाई थाहा छ। जसले दिलले सेवा गर्छन् वा याद गर्छन्
उनीहरूलाई मेहनत कम र सन्तुष्टता धेरै मिल्छ। दिलवालाले सदा सन्तुष्टताको गीत
गाउँछन्। उनीहरूलाई समय अनुसार एकसँग सर्व सम्बन्धको अनुभूति हुन्छ।
स्लोगन:–
अमृतवेला सरल
बुद्धि भएर बसेमा सेवाका नयाँ विधिहरू टच हुनेछन्।