29.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो माथि चढ्ने सच्चा सच्चा सत्यको सङ्ग हो। तिमी अहिले सत्य बाबाको सङ्गमा आएका छौ त्यसैले झुटो सङ्गमा कहिल्यै नजाऊ।”

प्रश्न:–
तिमी बच्चाहरूको बुद्धि केको आधारमा सदा बेहदमा टिकिरहन्छ?

उत्तर:–
बुद्धिमा स्वदर्शनचक्र घुमिरहोस्, जुन कुरा ड्रामामा चलिरहेको छ, त्यो सबै निश्चित छ। सेकेन्ड पनि फरक पर्न सक्दैन। विश्वको इतिहास भूगोल दोहोरिनु छ। यो कुरा बुद्धिमा राम्रोसँग बस्यो भने बेहदमा टिक्न सक्छौ। बेहदमा टिक्नको लागि ध्यानमा रहोस्– अब विनाश हुनेछ, हामी फर्केर घर जानु छ, पावन बनेर नै हामी घर जान्छौं।

ओम् शान्ति ।
मीठा प्यारा रुहानी बच्चाहरूलाई रुहानी बाबा बसेर सम्झाउनु हुन्छ। जो बेसमझ छन् उनलाई सम्झाउनु हुन्छ। विद्यालयमा टिचरले पढाउँछन् किनकि बच्चाहरू बेसमझ हुन्छन्। बच्चाहरूले पढाइद्वारा बुझ्छन्। तिमी बच्चाहरूले पनि पढाइबाट बुझ्छौ। हामीलाई पढाउनेवाला को हुनुहुन्छ! यो त कहिल्यै नभुल। पढाउनेवाला टिचर हुनुहुन्छ परमपिता। त्यसैले उहाँको मतमा चल्नु छ। श्रेष्ठ बन्नु छ। सर्वश्रेष्ठ हुन् सूर्यवंशी। हुन त चन्द्रवंशी पनि श्रेष्ठ हुन्छन्। तर यी हुन् सबै भन्दा श्रेष्ठ। तिमी यहाँ आएका छौ सर्वश्रेष्ठ बन्न। तिमी बच्चाहरूले जानेका छौ– हामी यस्तो बन्नु छ। यस्तो स्कुल ५ हजार वर्षपछि नै खुल्छ। यहाँ तिमीले बुझेर बसेका छौ, यो वास्तवमा सत्यको सङ्ग हो। सत्य हुनुहुन्छ सर्वोच्च, तिमीलाई उहाँको सङ्ग मिलेको छ। उहाँ बसेर सत्ययुगको सबै भन्दा श्रेष्ठ देवता बनाउनु हुन्छ अर्थात् फूल बनाउनु हुन्छ। तिमी काँडाबाट फूल बन्दै जान्छौ। कोही तुरुन्तै बन्छन्, कसैलाई समय लाग्छ। बच्चाहरूलाई थाहा छ– यो हो सङ्गमयुग। यो पनि केवल तिमी बच्चाहरूले नै जानेका छौ। निश्चय छ, यो पुरुषोत्तम बन्ने युग हो। पुरुषोत्तम पनि कुनचाहिँ? उच्च भन्दा उच्च आदि सनातन देवी देवता धर्मका जो महाराजा-महारानी छन्, त्यस्तै बन्नको लागि तिमी यहाँ आएका छौ। तिमीले सम्झन्छौ– हामी यहाँ आएका हौं बेहदका बाबाबाट बेहदको सत्ययुगी सुख लिन। जति पनि हदका कुरा छन् ती सबै खतम हुन्छन्। हदका पिता, भाइ, काका, मामा हदको पाई पैसाको सम्पत्ति आदि जसमा धेरै मोह हुन्छ यो सबै खतम हुनु छ। बाबा सम्झाउनु हुन्छ– यो सम्पत्ति सबै हदको हो। अब तिमी बेहदमा जानु छ। बेहदको सम्पत्ति प्राप्त गर्नको लागि तिमी यहाँ आएका छौ। अरू त सबै हुन् हदका चीजहरू। शरीर पनि हदको हो। बिरामी हुन्छ, विनाश हुन्छ, अकालमा मृत्यु हुन्छ। आजकाल त हेर के के बनाइरहन्छन्। विज्ञानले पनि कमाल गरेको छ। मायाको पम्प कति छ। वैज्ञानिकहरूले धेरै हिम्मत गरिरहेका छन्। जोसँग धेरै महल, गाडी आदि छन् उनले सम्झन्छन् अहिले हाम्रो लागि सत्ययुग छ। यो जान्दैनन्– सत्ययुगमा एक धर्म हुन्छ। त्यो नयाँ दुनियाँ हो। बाबा भन्नुहुन्छ– बिलकुल बेसमझ छन्। तिमी कति समझदार बन्छौ। माथि चढ्छौ फेरि सिँढी उत्रिन्छौ। सत्ययुगमा तिमी समझदार थियौ फेरि ८४ जन्म लिँदा लिँदा बेसमझ बन्छौ। फेरि बाबा आएर समझदार बनाउनु हुन्छ, जसलाई पारसबुद्धि भनिन्छ। तिमीले जानेका छौ– हामी पारसबुद्धि, धेरै समझदार थियौं। गीत पनि छ नि। बाबा, हजुरले जुन वर्सा दिनुहुन्छ, सारा जमिन, आकाशका हामी मालिक बन्छौं। कसैले पनि हामीबाट छिन्न सक्दैन। कसैको दखल हुन सक्दैन। बाबाले प्रशस्त दिनुहुन्छ। यो भन्दा बढी अरू कसैले झोली भर्न सक्दैन। जब यस्ता बाबा मिल्नु भएको छ, जसलाई आधा कल्प याद गरेका थियौ। दु:खमा सम्झन्छन् नि। सुख मिलेपछि सम्झनुपर्ने आवश्यकता हुँदैन। दु:खमा सबैले सम्झन्छन्– हे राम!... यस्ता अनेक प्रकारका शब्द भन्छन्। सत्ययुगमा यस्तो कुनै पनि शब्द हुँदैन। तिमी बच्चाहरू पढ्नको लागि यहाँ बाबाको सम्मुख आएका छौ। बाबाको डाइरेक्ट महावाक्य सुन्छौ। इनडाइरेक्ट ज्ञान बाबाले दिनुहुन्न। ज्ञान प्रत्यक्ष नै मिल्छ। बाबा आउनुपर्छ। भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरूको पासमा आएको छु। मलाई बोलाउँछौ– ‘हे बापदादा!’ बाबाले पनि जवाफ दिनुहुन्छ– ‘हे प्यारा बच्चाहरू’! अब मलाई राम्ररी याद गर, नभुल। मायाका विघ्न त अनेक प्रकारका आउँछन्। मायाले तिम्रो पढाइ छुटाएर तिमीलाई देह अभिमानमा ल्याउँछ, त्यसैले सावधान रहनु छ। यो माथि चढ्ने सच्चा सच्चा सतसङ्ग हो। अरू सबै सतसङ्ग आदि हुन् उत्रिनको लागि। सत्यको सङ्ग एक पटक मात्र हुन्छ, झुटको सङ्ग जन्मजन्मान्तर, अनेक पटक हुन्छ। बाबा बच्चाहरूलाई भन्नुहुन्छ– यो तिम्रो अन्तिम जन्म हो अब त्यहाँ जानु छ जहाँ कुनै वस्तु अप्राप्त हुँदैन। जसको लागि नै तिमीले पुरुषार्थ गरिरहेका छौ। यो जुन बाबाले भन्नुहुन्छ– यो त तिमीले अहिले सुन्छौ, त्यहाँ यो केही पनि थाहा हुँदैन। अब तिमी कहाँ जाँदै छौ? आफ्नो सुखधाममा। सुखधाम तिम्रै थियो। तिमी सुखधाममा थियौ, अहिले दु:खधाममा छौ। बाबाले धेरै सरल बाटो बताउनु भएको छ, त्यही याद गर। हाम्रो घर हो शान्तिधाम, त्यहाँबाट हामी स्वर्गमा आउनेछौं। तिमीहरू सिवाय अरू कोही स्वर्गमा आउँदैनन्। त्यसैले तिमीले नै जान्दछौ। हामी पहिला सुखमा जान्छौं फेरि दु:खमा। कलियुगमा सुखधाम हुँदैन। त्यहाँ सुख मिल्दै मिल्दैन। त्यसैले संन्यासीहरूले पनि भन्छन्– सुख काग विष्टा समान हो। अहिले बच्चाहरूले जान्दछन्– बाबा आउनु भएको छ हामीलाई घरमा लैजान। हामी पतितहरूलाई पावन बनाएर लैजानुहुन्छ। पावन बन्छौ यादको यात्राबाट। यात्रामा धेरै तल माथि हुन्छन्। कोही त बिरामी पनि हुन्छन् फेरि फर्केर आउँछन्। यो पनि यस्तै हो। यो हो रुहानी यात्रा, अन्त मति सो गति हुन्छ। हामी आफ्नो शान्ति धाममा गइरहेका छौं। छ धेरै सहज। तर मायाले धेरै भुल गराउँछ। तिम्रो युद्ध मायासँग छ। बाबाले धेरै सहज बनाएर बुझाउनु हुन्छ– हामी अब शान्तिधाममा जान्छौं। बाबालाई नै याद गर्छौं। दैवीगुण धारण गर्छौं। पवित्र बन्छौं। ३-४ कुरा मुख्य छन् जुन बुद्धिमा राख्नुपर्छ। विनाश त हुनु नै छ। ५ हजार वर्ष पहिला पनि हामी गएका थियौं। फेरि सुरुमा हामी नै आउने छौं। गायन पनि छ। राम गयो रावण गयो। शान्तिधाममा त सबै जानु छ । तिमीले जे पढ्छौ, त्यस पढाइ अनुसार पद पाउँछौ। तिम्रो लक्ष्य-उद्देश्य सामुन्ने छ। कसैले भन्न सक्छ मलाई साक्षात्कार होस्। यो चित्र (लक्ष्मी-नारायणको) साक्षात्कार नभए के हो त? यो बाहेक अरू कसको साक्षात्कार गर्नु छ? बेहदका बाबाको। अरू त कुनै साक्षात्कार कामको छैन। बाबाको साक्षात्कार चाहन्छन्। बाबा भन्दा मिठो अरू कुनै चीज छैन। बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! पहिला आफ्नो साक्षात्कार गरेका छौ? आत्माले भन्छ– बाबाको साक्षात्कार गरुँ। के आफ्नो साक्षात्कार गरेका छौ र? यो त तिमी बच्चाहरूले जानिसकेका छौ। अब समझ मिलेको छ– हामी आत्मा हौं, हाम्रो घर हो शान्तिधाम। त्यहाँबाट हामी आत्माहरू आउछौं पार्ट खेल्न, ड्रामा प्लान अनुसार। सुरुमा सत्ययुगको आदिमा हामी आउँछौं। आदि र अन्त्यको यो हो पुरुषोत्तम सङ्गमयुग। यसमा केवल ब्राह्मण नै हुन्छन्, अरू कोही हुँदैनन्। कलियुगमा त अनेकानेक धर्म कुल आदि हुन्छन्। सत्ययुगमा एउटै राज्य हुन्छ। यो त सहज छ नि। यस समयमा तिमी सङ्गमयुगी ईश्वरीय परिवारका हौ। तिमी न सत्ययुगी हौ, न कलियुगी। यो पनि जानेका छौ– कल्प कल्प बाबा आएर यस्तो पढाइ पढाउनु हुन्छ। तिमी यहाँ बसेका छौ त्यसैले यही स्मृतिमा आउनुपर्छ। शान्तिधाम, सुखधाम र यो हो दु:खधाम। यस दु:खधामको वैराग्य अथवा संन्यास बुद्धिबाट हुनुपर्छ। उनीहरूले कुनै बुद्धिबाट संन्यास गर्दैनन्। उनीहरूले त घरबाट छोडेर संन्यास गर्छन्। तिमीलाई त बाबाले कहिल्यै घरबार छोड भन्नुहुन्न। विश्वको सेवा वा आफ्नो सेवा चाहिँ अवश्य गर्नु छ। सेवा त घरमा पनि गर्न सक्छौ। पढ्नको लागि अवश्य आउनुपर्छ। फेरि होसियार भएर अरूलाई पनि आफू समान बनाउनु छ। समय त धेरै कम बाँकी छ। गायन पनि छ– धेरै गयो थोरै रह्यो। दुनियाँका मनुष्य त बिलकुल घोर अन्धकारमा छन्, सम्झन्छन्– अझै ४० हजार वर्ष बाँकी छ। तिमीलाई बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! अब बाँकी थोरै समय छ। तिमी बेहदमा टिक्नु छ। सारा दुनियाँमा जे कुरा भइरहेको छ, सबै निश्चित छ। ड्रामा जुम्रा समान चलिरहेको छ। विश्वको इतिहास-भूगोल दोहोरिनु छ। तिनै आएर पढ्नेछन् जो सत्ययुगमा जानेहरू हुन्छन्। कैयौं पटक तिमीले पढेका छौ। तिमीले श्रीमत अनुसार आफ्नो स्वर्ग स्थापना गर्छौ। यो पनि जानेका छौ– उच्च भन्दा उच्च भगवान पनि आउनु हुन्छ भारतखण्डमा। कल्प पहिला पनि आउनु भएको थियो। तिमीले भन्नेछौ– कल्प कल्प यस्ता बाबा आउनु हुन्छ। भन्नुहुन्छ– मैले कल्प कल्प यसरी नै स्थापना गर्नेछु। विनाश पनि तिमीले देख्छौ। तिम्रो बुद्धिमा सबै बस्दै जान्छ। स्थापना, विनाश र पालनाको कर्तव्य कसरी हुन्छ, तिमीले जानेका छौ। फेरि अरूलाई पनि सम्झाउनु पर्छ। पहिला जान्दैनथ्यौ। बाबालाई चिनेपछि बाबाद्वारा तिमीले सबै कुरा जानेका छौ। विश्वको इतिहास भूगोल यथार्थ रूपले तिमीले जानेका छौ। मनुष्य कसरी तमोप्रधानबाट सतोप्रधान बन्छन्– यो कुरा बाबाले तिमीलाई सम्झाइरहनु भएको छ। तिमीले फेरि अरूलाई सम्झाउनु छ। तिमी बच्चाहरू अहिले पारसबुद्धि बनिरहेका छौ। सत्ययुगमा हुन्छन् नै पारसबुद्धि। यो हो पुरुषोत्तम सङ्गमयुग। यसलाई गीता अध्याय (एपीसोड) भनिन्छ, जब तिमी पत्थरबुद्धिबाट पारसबुद्धि बन्छौ। गीता सुनाउनेवाला त स्वयं भगवान हुनुहुन्छ। मनुष्यले सुनाउँदैनन्। तिमी आत्माहरूले सुन्छौ फेरि अरूलाई सुनाउँछौ। यसलाई भनिन्छ रुहानी ज्ञान, जुन रुहानी भाइहरूलाई सुनाउँछौ। वृद्धि हुँदै जान्छ। तिमीले जानेका छौ– बाबा आएर सूर्यवंशी, चन्द्रवंशी राज्य स्थापना गर्नुहुन्छ। कसद्वारा? ब्रह्मा मुख वंशावली ब्राह्मणकुल भूषणहरूद्वारा। बाबाले श्रीमत दिनुहुन्छ। यो बुझ्नुपर्ने कुरा हो। दिलमा नोट गर्नु छ, यो त धेरै सहज छ। यो हो दु:खधाम। अब हामी घर जानु छ। कलियुग पछि हुन्छ सत्ययुग। कुरा त धेरै सानो र सहज छ। ठिकै छ, तिमीले पढेका छैनौ भने पनि कुनै हर्जा छैन। जसले पढ्न जानेका छन् तिनीहरूबाट फेरि सुन्नुपर्छ। शिवबाबा हुनुहुन्छ सबै आत्माहरूको बाबा, अहिले उहाँबाट वर्सा लिनु छ। बाबामा निश्चय गर्यौ भने स्वर्गको वर्सा मिल्छ। मनमा अजपाजाप चलिरहोस्। शिवबाबाबाट बेहदको सुख, स्वर्गको वर्सा मिलिरहेको छ। त्यसैले शिवबाबालाई अवश्य याद गर्नुपर्छ। सबैलाई हक छ बेहदका बाबाबाट वर्सा लिने। जसरी हदको जन्मसिद्ध अधिकार मिल्छ यो फेरि हो बेहदको। शिवबाबाबाट तिमीलाई सारा विश्वको राज्य मिल्छ। साना साना बच्चाहरूलाई पनि यो सम्झाउनुपर्छ। बाबाबाट जन्मसिद्ध अधिकार लिने हरेक आत्माको हक छ। कल्प कल्प लिन्छन् पनि अवश्य। तिमीले वर्सा लिन्छौ, जीवनमुक्तिको जसलाई मुक्तिको वर्सा मिल्छ ऊ पनि जीवनमुक्तिमा अवश्य आउँछ। पहिलो जन्म त सुखको नै हुन्छ। तिम्रो यो हो ८४ औँ जन्म। यो सारा ज्ञान तिम्रो बुद्धिमा रहनुपर्छ। बेहदका बाबाले हामीलाई पढाउनु हुन्छ– यो नभुल। देहधारीले कहिल्यै ज्ञान दिन सक्दैनन्, उनमा रुहानी ज्ञान हुँदैन। तिमीलाई सम्झाइन्छ– आत्मा भाइ भाइ सम्झ। जति पनि मनुष्य छन्, कसैलाई पनि यो शिक्षा मिल्न सक्दैन। सुनाउन त गीता पनि सुनाउँछन्। भगवानुवाच– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नाले तिमी जगतजित बन्छौ। तर बुझ्दैनन्। भगवान त हुनुहुन्छ नै सत्य। देवताहरूले पनि भगवानबाट सत्य सिकेका हुन्। श्रीकृष्ण ले पनि यो पद कहाँबाट पाए? लक्ष्मी-नारायण कहाँबाट बने? के कर्म गरे? कसैले बताउन सक्छ? अहिले तिमीले नै जानेका छौ– निराकार बाबाले ब्रह्मा बाबाद्वारा उनलाई यस्तो कर्म सिकाउनुभयो। यो सृष्टि हो नि। अहिले तिमी हौ प्रजापिता ब्रह्माकुमार ब्रह्माकुमारी। तिमीसँग रुहानी बाबाको ज्ञान छ। तिमीले जान्दछौ– हामीले भगवानलाई चिनिसकेका छौं। सर्वोच्च उहाँ बाबा निराकार हुनुहुन्छ। उहाँको साकार रूप छैन। बाँकी अरू जसलाई देख्छौ ती साकारी छन्। मन्दिरमा पनि लिङ्ग देख्छौ अर्थात् उनको शरीर छैन। यस्तो होइन, उहाँ नाम रूपबाट अलग हुनुहुन्छ। हो अरू सबै देहधारीहरूको नाम राखिन्छ, जन्मपत्री हुन्छ। शिवबाबा त हुनुहुन्छ निराकार। उहाँको जन्मपत्री छैन। श्रीकृष्णको छ नम्बरवन। शिवजयन्ती पनि मनाउँछन्। शिवबाबा हुनुहुन्छ निराकार कल्याणकारी। बाबा आउनु हुन्छ, त्यसैले अवश्य वर्सा दिनुहुन्छ। उहाँको नाम शिव हो। उहाँ बाबा, टिचर, सतगुरु तीनै एउटै हुनुहुन्छ। कति राम्ररी पढाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस दु:खधामलाई बुद्धिबाट संन्यास गरेर शान्तिधाम र सुखधाम स्मृतिमा राख्नु छ। विश्वको र आफ्नो सच्चा सेवा गर्नु छ। सबैलाई रुहानी ज्ञान सुनाउनु छ।

२) आफ्नो सत्ययुगी जन्मसिद्ध अधिकार लिनको लगि एक बाबामा पूरा निश्चय राख्नु छ। मनमा अजपाजाप गरिरहनु छ। दिनहुँ पढाइ अवश्य पढ्नु छ।

वरदान:–
सर्व सम्बन्धको अनुभूति को साथै प्राप्तिहरूको खुसीको अनुभव गर्ने तृप्त आत्मा भव

सच्चा आशिक उही हो, जो हरेक परिस्थितिमा, हरेक कर्ममा सदा प्राप्तिको खुसीमा रहन्छ। कति बच्चाहरूले अनुभव गर्छन्– हो, उहाँ मेरो बाबा हुनुहुन्छ, ईश्वर, साजन हुनुहुन्छ, बच्चा हुनुहुन्छ... तर प्राप्ति जति चाह्यो त्यति हुँदैन। त्यसैले अनुभूतिका साथै सर्व सम्बन्धद्वारा प्राप्तिको महसुसता होस्। यस्तो प्राप्ति एवं अनुभूति गर्नेहरू सदा तृप्त रहन्छन्। उनीहरूलाई कुनै पनि चीजको अप्राप्ति लाग्दैन। जहाँ प्राप्ति छ त्यहाँ तृप्ति अवश्य हुन्छ।

स्लोगन:–
निमित्त बन्यौ भने सेवाको सफलताको हिस्सा (सेयर) प्राप्त हुन्छ।