01.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban
“ मीठे बच्चे– तिमी 
ज्ञानको बर्सात गरेर हरियाली बनाउनेवाला हौ , तिमीले धारणा गरेर अरूलाई धारणा गराउनु 
छ।”
प्रश्न:– 
जुन बादल 
बर्सिदैनन्, तिनलाई कुनचाहिँ नाम दिन सकिन्छ?
उत्तर:–
ती हुन् सुस्त 
बादल। चुस्त ती हुन् जो बर्सिन्छन्। यदि धारणा छ भने बर्षा नगरी रहन सक्दैनन्। जसले 
धारणा गरेर अरूलाई गराउँदैनन्, तिनको पेट पिठ्यूँमा टाँसिन पुग्छ, ती गरिब हुन्। 
प्रजामा जान्छन्।
प्रश्न:– 
यादको यात्रामा 
मुख्य मेहनत कुनचाहिँ छ?
उत्तर:– 
आफूलाई आत्मा सम्झेर बाबालाई बिन्दु रूपमा याद गर्नु। बाबा जो हुनुहुन्छ, जस्तो 
हुनुहुन्छ, त्यसै स्वरूपमा यथार्थ याद गर्न, यसमा नै मेहनत छ।
गीत:– 
जो पिया के 
साथ है....।
ओम् शान्ति ।
जसरी सागरमाथि 
बादल हुन्छन् त्यसैले ती बादलहरूको पिता भयो सागर। जुन बादल सागरको साथमा हुन्छ, 
उसको लागि त बर्सात नै हुन्छ। त्यो बादल पनि पानी भरेर फेरि बर्सिन्छ। तिमी पनि 
सागरको पासमा आउँछौ भर्नको लागि। सागरका बच्चाहरू बादल त हौ नै, जसले मीठो पानी 
तान्छौ। तर बादल पनि धेरै प्रकारका हुन्छन्। कुनै खुब जोडले बर्सिन्छन्, बाढी 
ल्याइदिन्छन्, कुनै कम बर्सिन्छन्। तिमीहरूमा पनि यसरी नै नम्बरवार छौ, जो खुब जोडले 
बर्सिन्छौ, तिनको नाम गायन पनि गरिन्छ। जसरी वर्षा धेरै भयो भने मानिस खुसी हुन्छन्। 
यो पनि त्यस्तै हौ। जो राम्ररी बर्सिन्छन्, उनको महिमा हुन्छ, जो बर्सिँदैनन्, उनको 
दिल मानौं सुस्त हुन्छ, पेट भरिँदैन। पूरा धारणा नहुनाले पेट पिठ्यूँमा टाँसिन्छ। 
अनिकाल पर्यो भने मनुष्यहरूको पेट पिठ्यूँमा टाँसिन पुग्छ। यहाँ पनि धारण गरेर 
अरूलाई गराउँदैनन् भने पेट गएर पिठ्यूँमा टाँसिन्छ। खुब बर्सिने आत्माहरू नै त्यहाँ 
राजा-रानी बन्छन्, बाँकी गरिब बन्छन्। गरिबहरूको पेट पिठ्यूँसँगै हुन्छ। त्यसैले 
बच्चाहरूलाई राम्रोसँग धारणा हुनुपर्छ। यसमा पनि आत्मा र परमात्माको ज्ञान कति सहज 
छ। तिमीले अहिले बुझेका छौ– हामीमा आत्मा र परमात्मा दुवैको ज्ञान थिएन। त्यसैले 
पेट पिठ्यूँमा टाँसियो नि। मुख्य हो नै आत्मा र परमात्माको कुरा। मनुष्यले आत्मालाई 
नै जान्दैन भने परमात्मालाई फेरि कसरी जान्न सक्छ। कति ठुला विद्वान्, पण्डित आदि 
छन्, कसैले पनि आत्मालाई जानेका छैनन्। अब तिमीलाई थाहा भएको छ– आत्मा अविनाशी छ, 
त्यसमा ८४ जन्मको अविनाशी पार्ट भरिएको छ, जुन चलिरहन्छ। आत्मा अविनाशी छ, त्यसैले 
पार्ट पनि अविनाशी छ। आत्माले कसरी अलराउण्ड पार्ट खेल्छ– यो कसैलाई पनि थाहा छैन। 
उनीहरूले त आत्मा नै परमात्मा भनिदिन्छन्। तिमी बच्चाहरूलाई आदिदेखि लिएर 
अन्त्यसम्मको पूरा ज्ञान छ। उनले त ड्रामाको अवधि नै लाखौं वर्ष भनिदिन्छन्। अहिले 
तिमीलाई सारा ज्ञान मिलेको छ। तिमीले जानेका छौ– यस बाबाद्वारा रचिएको ज्ञान यज्ञमा 
यो सारा दुनियाँ स्वाहा हुनु छ, त्यसैले बाबा भन्नुहुन्छ– देह सहित जति पनि छन्, यी 
सबै भुल, आफूलाई आत्मा सम्झ। बाबालाई र शान्तिधाम, स्वीट होमलाई याद गर। यो त हो नै 
दु:खधाम। तिमीहरू मध्ये पनि नम्बरवार पुरुषार्थ अनुसार सम्झाउन सक्छौ। अहिले तिमी 
ज्ञानबाट त भरपुर छौ। बाँकी सारा मेहनत छ यादमा। जन्मजन्मान्तरको देह अभिमान मेटाएर 
देहीअभिमानी बनौं, यसमा धेरै मेहनत छ। भन्न त धेरै सहज छ, तर आफूलाई आत्मा सम्झिन 
अनि बाबालाई पनि बिन्दु रूपमा याद गर्न, यसमा मेहनत छ। बाबा भन्नुहुन्छ– म जो हुँ, 
जस्तो हुँ, यसरी कसैले मुस्किलै याद गर्न सक्छ। जस्तो पिता, त्यस्तै बच्चा पनि 
हुन्छ नि। आफूलाई चिन्यौ भने बाबालाई पनि चिन्छौ। तिमीलाई थाहा छ– पढाउने त एउटै 
बाबा हुनुहुन्छ, पढ्नेहरू धेरै छन्। बाबाले राजधानी कसरी स्थापना गर्नुहुन्छ, त्यो 
तिमी बच्चाहरूले नै जानेका छौ। बाँकी यी शास्त्र आदि सबै हुन् भक्तिमार्गका सामग्री। 
सम्झाउनको लागि मैले भन्नु पर्ने हुन्छ। बाँकी यसमा घृणा आदिको कुनै कुरा छैन। 
शास्त्रहरूमा पनि ब्रह्माको दिन र रात भन्छन्, तर बुझ्दैनन्। रात र दिन आधा आधा 
हुन्छ। सिँढीको चित्रमा कति सहजै सम्झाइन्छ। मनुष्यहरूले सम्झन्छन्– भगवान त धेरै 
समर्थ हुनुहुन्छ, उहाँले जे चाह्यो त्यो गर्न सक्नुहुन्छ। तर बाबा भन्नुहुन्छ– म पनि 
ड्रामाको बन्धनमा बाँधिएको छु। यहाँ त कति आपत् आइरहन्छन्, फेरि म घरी घरी कहाँ 
आउँछु र! मेरो पार्ट नै सीमित छ। जब पूरा दु:ख हुन पुग्छ, तब म आफ्नो समयमा आउँछु। 
एक सेकेण्डको पनि फरक पर्न सक्दैन। ड्रामामा हरेकको पार्ट निश्चित छ। यो हो उच्च 
भन्दा उच्च बाबाको अवतरण। फेरि कम तागत हुनेहरू सबै नम्बरवार आउँछन् । तिमी 
बच्चाहरूलाई अहिले बाबाबाट ज्ञान मिलेको छ, जसबाट तिमी विश्वको मालिक बन्छौ। 
तिमीहरूमा पूरा शक्तिको तागत आउँछ। पुरुषार्थ गरेर तिमी तमोप्रधानबाट सतोप्रधान 
बन्छौ। अरूको त पार्ट नै छैन। मुख्य हो ड्रामा, जसको ज्ञान तिमीलाई अहिले मिल्छ। 
बाँकी त सबै हुन् स्थूल चिज किनकि ती सबै यी आँखाले देखिन्छन्। विश्वका महान् 
आश्चर्य त बाबा हुनुहुन्छ, जसले फेरि रच्नु पनि हुन्छ स्वर्ग, जसलाई हेविन, 
प्याराडाइज भन्छन्। उहाँको कति महिमा छ, बाबा र बाबाका रचनाको धेरै महिमा छ। उच्च 
भन्दा उच्च हुनुहुन्छ भगवान। उच्च भन्दा उच्च स्वर्गको स्थापना बाबाले कसरी 
गर्नुहुन्छ, यो कसैले पनि केही जानेका छैनन्। तिमी मीठा प्यारा बच्चाहरूले पनि 
नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ र त्यस अनुसार नै पद पाउँछौ। जसले पुरुषार्थ 
गर्यो उसले ड्रामा अनुसार नै गर्छ। पुरुषार्थ नगरी त केही मिल्न सक्दैन। कर्म विना 
एक सेकेण्ड पनि रहन सकिँदैन। ती हठयोगीहरूले प्राणायाम गर्छन्, मानौं जड बन्छन्। 
भित्रै बसिरहन्छन्, शरीरमाथि माटो जम्छ। माटोमाथि पानी परेपछि घाँस उम्रिन्छ। तर 
यसबाट केही फाइदा छैन। कति दिन यसरी बसिरहने? कर्म त अवश्य गर्नु नै छ। कर्म 
संन्यासी कोही बन्न सक्दैन। हो, केवल खाना आदि पकाउँदैनन्, त्यसैले तिनलाई 
कर्म-संन्यासी भनिदिन्छन्। यो पनि तिनीहरूको ड्रामामा पार्ट छ। यी निवृत्ति मार्गका 
पनि हुँदैनथे भने के हालत हुन पुग्थ्यो? भारतवर्ष नम्बरवन पवित्र थियो। बाबाले 
सबैभन्दा पहिला पवित्रता स्थापना गर्नुहुन्छ, जुन फेरि आधा कल्प चल्छ। वास्तवमा 
सत्ययुगमा एक धर्म, एक राज्य थियो। फेरि दैवी राज्य अहिले स्थापना भइरहेको छ। यस्ता 
राम्रा राम्रा स्लोगन बनाएर मानिसहरूलाई जागृत गर्नुपर्छ, फेरि दैवी राज्य-भाग्य 
आएर लिनुहोस्। अहिले तिमीले कति राम्रोसँग बुझ्छौ। श्रीकृष्णलाई श्याम-सुन्दर किन 
भनिन्छ– यो पनि तिमीलाई अहिले थाहा छ। आजकाल त धेरैले यस्तो यस्तो नाम राखिदिन्छन्। 
श्रीकृष्णसँग कम्पिटिसन गर्छन्। तिमी बच्चाहरूलाई थाहा छ– पतित राजाहरूले कसरी पावन 
राजाहरूको अगाडि गएर शिर झुकाउँछन्, तर कहाँ जानेका हुन्छन् र। तिमी बच्चाहरूलाई 
थाहा छ, जो पूज्य थिए उनै फेरि पुजारी बन्छन्। अहिले तिम्रो बुद्धिमा सारा चक्र छ। 
यति मात्र याद रहे पनि अवस्था धेरै राम्रो हुन्छ। तर मायाले स्मृतिमा रहन दिँदैन, 
भुलाइदिन्छ। सदैव हर्षितमुख अवस्था रह्यो भने त तिमीलाई देवता भनिन्थ्यो। 
लक्ष्मी-नारायणको चित्र हेरेर कति खुसी हुन्छन्। राधा-कृष्ण अथवा राम आदिलाई हेरेर 
त्यति खुसी हुँदैनन् किनकि श्रीकृष्णको लागि शास्त्रहरूमा लडाइँका कुरा लेखिदिएका 
छन्। यी बाबा बन्छन् पनि श्री नारायण। बाबा त यो लक्ष्मी-नारायणको चित्रलाई देखेर 
खुसी हुन्छन्। बच्चाहरूले पनि यस्तै सम्झनुपर्छ, बाँकी कति समय यस पुरानो शरीरमा 
रहौंला, फेरि गएर राजकुमार बन्छौं। यो लक्ष्य-उद्देश्य हो नि। यो पनि केवल तिमीले 
जानेका छौ। खुसीमा कति गद्गद् हुनुपर्छ। जति पढ्छौ, त्यति उच्च पद पाउने छौ, पढेनौ 
भने त के पद मिल्छ? कहाँ विश्वका महाराजा-महारानी, कहाँ धनवान, प्रजामा नोकरचाकर। 
विषय त एउटै हो। केवल मनमनाभव र मध्याजी भव, अल्फ र बे, याद र ज्ञान। यिनलाई कति 
खुसी भयो– अल्फलाई अल्लाह मिल्यो, बाँकी सबै दिए। कति ठुलो भाग्य मिल्यो। बाँकी के 
चाहियो! त्यसैले किन बच्चाहरूको मनमा खुसी हुँदैन । बाबा भन्नुहुन्छ– यस्तो 
ट्रान्सलाइटका चित्र सबैको लागि बनाउनु छ, जसलाई देखेरर बच्चाहरू खुसी भइरहन्छन्। 
शिवबाबाले ब्रह्माद्वारा हामीलाई यो वर्सा दिइरहनु भएको छ। मनुष्यले त केही पनि 
जानेका छैनन्। बिल्कुलै तुच्छ बुद्धि छन्। अहिले तिमी तुच्छ बुद्धिबाट स्वच्छ बुद्धि 
बनिरहेका छौ। सबैथोक जानिसक्यौ, अरू केही पढ्ने आवश्यकता छैन। यस पढाइबाट तिमीलाई 
विश्वको बादसाही मिल्छ, त्यसैले बाबालाई ज्ञानसागर भन्छन्। मनुष्यले फेरि सम्झन्छन्– 
हरेकको दिलको कुरा जान्नुहुन्छ, तर बाबाले त ज्ञान दिनुहुन्छ। टिचरले बुझ्न सक्छन्– 
फलानाले पढ्छ, बाँकी सारा दिन यिनको बुद्धिमा के चल्छ भनी बसेर कहाँ हेरिरहन्छन् र। 
यो त अद्भुत ज्ञान हो। बाबालाई ज्ञानका सागर, सुख-शान्तिका सागर भनिन्छ। तिमी पनि 
अहिले मास्टर ज्ञानसागर बन्छौ। फेरि यो टाइटल उड्छ। फेरि सर्वगुण सम्पन्न, १६ कला 
सम्पूर्ण बन्छौ। यो हो मनुष्यको उच्च पद। यस समयमा यो हो ईश्वरीय पद। कति सम्झने र 
सम्झाउने कुरा छन्। लक्ष्मी-नारायणको चित्र हेरेर धेरै खुसी हुनुपर्छ। हामी अहिले 
विश्वको मालिक बन्दै छौं। ज्ञानबाट नै सबै गुण आउँछन्। आफ्नो लक्ष्य-उद्देश्य हेर्ने 
बित्तिकै रिफ्रेसमेन्ट हुन्छ, त्यसैले बाबा भन्नुहुन्छ– यो लक्ष्मी-नारायणको चित्र 
त हरेकको साथमा हुनुपर्छ। यो चित्रले दिलमा स्नेह बढाउँछ। दिलमा आउँछ– बस् यो 
मृत्युलोकमा लास्ट जन्म हो। फेरि म अमरलोकमा गएर यो बन्छु, ततत्त्वम्। यस्तो होइन, 
आत्मा नै परमात्मा। होइन, यो ज्ञान सारा बुद्धिमा बसेको हुनुपर्छ। जहिले पनि कसैलाई 
सम्झाउँदा, उनलाई भन– हामीले कहिल्यै पनि कसैसँग भिख माग्दैनौं। प्रजापिता ब्रह्माका 
सन्तान त धेरै छन्। हामीले आफ्नै तन-मन-धनले सेवा गर्छौं। ब्राह्मणहरूले आफ्नो 
कमाइबाट नै यज्ञ चलाइरहेका छन्। शूद्रहरूको पैसा लाग्न सक्दैन। धेरै बच्चाहरू छन्, 
तिनले जानेका छन्– जति हामीले तन-मन-धनले सेवा गर्छौं, समर्पित हुन्छौं, त्यति उच्च 
पद पाउने छौं। जानेका छौ– बाबाले बीज रोप्नु भएको छ, लक्ष्मी-नारायण बन्नुहुन्छ। 
पैसा त यहाँ काममा आउने छैन, किन यस कार्यमा नलगाउने? फेरि के समर्पित हुनेहरू भोकै 
मर्छन् र? धेरै सम्हाल भइरहन्छ। बाबाको कति सम्हाल भइरहन्छ। यो त शिवबाबाको रथ हो 
नि। सारा विश्वलाई स्वर्ग बनाउनेहरू हुन्। यिनी हसीन (सुन्दर) यात्री हुन्।
परमपिता परमात्मा त 
आएर सबैलाई सुन्दर बनाउनु हुन्छ, त्यसैले श्यामबाट गोरो सुन्दर बन्छौ नि। कति 
सुन्दर प्रेमी हुनुहुन्छ, आएर सबैलाई गोरो बनाइदिनुहुन्छ। उहाँमाथि त बली चढ्नुपर्छ। 
याद गरिरहनु पर्छ। जसरी आत्मालाई देख्न सकिँदैन, अनुभव गर्न सकिन्छ, त्यसैगरी 
परमात्मालाई पनि अनुभव गर्न सकिन्छ। देख्दा त आत्मा-परमात्मा दुवै उस्तै बिन्दु हुन्। 
बाँकी त सारा ज्ञान हो। यो धेरै बुझ्नु पर्ने कुरा हो। बच्चाहरूको बुद्धिमा यो नोट 
रहनु पर्छ। बुद्धिमा नम्बरवार पुरुषार्थ अनुसार धारणा हुन्छ। डाक्टरहरूलाई पनि दबाई 
याद रहन्छ नि। यस्तो होइन, त्यस समयमा बसेर किताब हेर्छन्। डाक्टरीका पनि 
प्वाइन्टहरू हुन्छन्, बेरिस्टरीका पनि प्वाइन्टहरू हुन्छन्। तिमीसँग पनि प्वाइन्टहरू 
छन्, टपिकहरू छन्, जसको बारेमा सम्झाउँछौ। कुनै प्वाइन्टले कसलाई फाइदा गर्छ, 
कसैलाई कुन प्वाइन्टले तीर लाग्छ। प्वाइन्ट त धेरै भन्दा धेरै छन्। जसले राम्रोसँग 
धारण गर्छन्, तिनले राम्ररी सेवा गर्न सक्छन्। आधाकल्पदेखिका महारोगी बिरामी छन्। 
आत्मा पतित बनेको छ, तिनको लागि एक अविनाशी सर्जनले दबाई दिनुहुन्छ। उहाँ सदैव 
सर्जन नै रहनुहुन्छ, कहिल्यै बिरामी हुनुहुन्न। अरू त सबै बिरामी हुन्छन्। अविनाशी 
सर्जन एक पटक आएर मनमनाभवको इन्जेक्सन लगाउनु हुन्छ। कति सहज छ, चित्रलाई सदैव 
पकेटमा राख। बाबा नारायणका पुजारी थिए, लक्ष्मीको चित्र हटाएर केवल नारायणको चित्र 
राखिदिए। अब थाहा भएको छ, जसको हामीले पूजा गर्थ्यौं, अहिले त्यही बनिरहेका छौं। 
लक्ष्मीलाई बिदाइ दिए, त्यसैले यो पक्का छ, म लक्ष्मी बन्ने छैन। लक्ष्मीले बसेर 
गोडा मिचेको, यो राम्रो लाग्दैनथ्यो। त्यसलाई देखेर पुरुषहरूले फेरि स्त्रीलाई गोडा 
मिच्न लगाउँछन्। त्यहाँ कहाँ लक्ष्मीले यसरी गोडा मिच्छिन् र। यो रसमरिवाज त्यहाँ 
हुँदैन। यो रसम रावण राज्यको हो। यस चित्रमा सारा ज्ञान छ। माथि त्रिमूर्ति पनि छ, 
यस ज्ञानलाई सारा दिन स्मरण गर्दा धेरै आश्चर्य लाग्छ। विश्व अब स्वर्ग बनिरहेको छ। 
कति राम्रो ज्ञान छ। थाहा छैन, मानिसहरूको बुद्धिमा किन बस्दैन? आगो एकदम जोडले 
लाग्नेछ, संसारलाई आगो लाग्नेछ। रावण राज्य त अवश्य समाप्त हुनुपर्छ। यज्ञमा पनि 
पवित्र ब्राह्मण हुनुपर्छ। सारा विश्वमा पवित्रता ल्याउने यो धेरै ठुलो यज्ञ हो। ती 
ब्राह्मणहरू पनि हुन त ब्रह्माका सन्तान कहलाउँछन्, तर ती कोख वंशावली हुन्। 
ब्रह्माका सन्तान पवित्र मुख वंशावली थिए नि। त्यसैले तिनलाई सम्झाउनु पर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे 
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी 
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि 
मुख्य सारः–
१) स्वच्छ बुद्धि बनेर अद्भुत ज्ञान धारण गरेर बाबा समान मास्टर ज्ञान सागर बन्नु 
छ। ज्ञानबाट सबै गुणहरू स्वयंमा धारण गर्नु छ।
२) जसरी बाबाले 
तन-मन-धन सेवामा लगाए, समर्पित भए, त्यसैगरी बाबा समान आफ्नो सबैथोक ईश्वरीय सेवामा 
सफल गर्नु छ। सदा रिफ्रेस रहनको लागि लक्ष्य-उद्देश्यको चित्र साथमा राख्नु छ।
वरदान:– 
एकरस 
स्थितितद्वारा सदा एक बाबालाई फलो गर्ने प्रसन्नचित्त भव
तिमी बच्चाहरूका लागि 
ब्रह्माबाबाको जीवन एक्युरेट कम्प्युटर हो। जसरी आजकाल कम्प्युटरद्वारा हरेक 
प्रश्नको उत्तर सोध्छन्। त्यसैगरी मनमा जहिले पनि कुनै प्रश्न उठ्यो भने के, किन, 
कसरीको सट्टा ब्रह्माबाबाको जीवन रूपी कम्प्युटरमा हेर। के र कसरीको प्रश्न यसरी 
परिवर्तन हुनेछ। प्रश्नचित्तको सट्टा प्रसन्नचित्त बन्नेछौ। प्रसन्नचित्त अर्थात् 
एकरस स्थितिमा एक बाबालाई फलो गर्नेवाला।
स्लोगन:–
आत्मिक शक्तिको 
आधारमा सदा स्वस्थ रहेको अनुभव गर।