01.02.26 Avyakt Bapdada Nepali Murli 15.12.2008 Om Shanti Madhuban
एक राज्य , एक धर्म ,
कानुन र व्यवस्था स्थापनाको समय मा स्वय ंलाई परिवर्तन गरेर विश्व परिवर्तक बन
आज बापदादा आफ्नो
चारैतिरका राजदुलारे बच्चाहरूलाई हेरिरहनुभएको छ। यो परमात्म दुलार करोडौँमा कसैलाई
प्राप्त हुन्छ। परमात्म दुलारमा बापदादाले हरेक बच्चालाई तीन तख्तको मालिक
बनाउनुभएको छ। पहिलो स्वराज्य अधिकारको भृकुटीको तख्त, दोस्रो बापदादाको दिलतख्त र
तेस्रो हो विश्वको राज्य अधिकारको तख्त, यी तीन तख्त बाबाले आफ्ना स्नेही दुलारे
बच्चाहरूलाई दिनुभएको छ। यी तीनै तख्त सदा स्मृतिमा रहनाले हरेक बच्चालाई रुहानी नसा
रहन्छ। सबै बच्चाहरू बाबाद्वारा प्राप्त वर्सालाई देखेर खुसीमा रहन्छौ नि! दिलमा
स्वतः यो गीत बजिरहन्छ वाह बाबा वाह! वाह मेरो भाग्य वाह! जो सपनामा पनि थिएन त्यो
यथार्थ जीवनमा मिल्यो। तख्तको साथ-साथै बापदादाले यो सङ्गममा डबल ताजद्वारा उड्ती
कलाको अनुभवी पनि बनाउनुभएको छ। त्यसैले बापदादा चारैतिरका बच्चाहरूको यो डबल
ताजधारी स्वरूप हेरिरहनुभएको छ– एक प्युरिटीको रोयल्टीको ताज, दोस्रो सेवाको
जिम्मेवारीको ताज।
बापदादाले आज
चारैतिरका बच्चाहरूको पुरुषार्थको गतिलाई जाँच गर्नुभयो किनकि समयको गतिलाई त तिमी
सबैले पनि देखेका र बुझेका छौ। बापदादाले हेरिरहनुभएको थियो– जो हरेकलाई बाबाद्वारा
राज्य-भाग्यको वर्सा मिलेको छ, आफ्नो राज्यको, भविष्य प्राप्तिको। भविष्यमा जो तिमी
सबैको संस्कार स्वाभाविक स्वभाव हुन्छ त्यो अबदेखि बहुतकालको संस्कार अनुभव
हुनुपर्छ किनकि तिमी सबैको नयाँ संस्कारद्वारा नै यो नयाँ संसार बनिरहेको छ। त्यसैले
जो नयाँ संसारका विशेषताहरू छन्, त्यसलाई पनि अनुभव त गर्छौ नि। हाम्रो राज्यमा के
हुन्छ, नसा छ नि! दिलले भन्छ नि– हाम्रो राज्य, हाम्रो नयाँ संसार आयो कि आयो।
त्यसैले बापदादाले हेरिरहनुभएको थियो– नयाँ संसारका जो विशेषताहरू छन् ती बच्चाहरूको
पुरुषार्थी जीवनमा कहाँसम्म प्रकट छन्! थाहा छ नि– नयाँ संस्कार र नयाँ संसारका
विशेषताहरू के हुन्छन्। सबैको बुद्धिमा नयाँ संसारका विशेषताहरू प्रकट छन् नि! थाहा
छ नि! गाउँछौ पनि, जान्दछौ पनि, पहिलो विशेषता, जाँच गर्नु एक-एक विशेषता ममा
कहाँसम्म प्रकट छ? मुख्य विशेषता हो– एक राज्य, जसरी त्यहाँ एक राज्य स्वतः नै
हुन्छ, अर्को कुनै राज्य हुँदैन, त्यसैगरी आफ्नो सङ्गमको जीवनमा हेर– तिम्रो जीवनमा
पनि एक राज्य छ? कि कहिले-कहिले अर्को राज्य पनि हुन्छ? यदि चल्दा-चल्दै स्वको
राज्यको साथ-साथै मायाको पनि राज्य चल्छ भने के एक राज्यको संस्कार हुन्छ? एक
राज्यसँग अर्को पनि राज्य त चल्दैन? परमात्माको श्रीमतको राज्य हो वा कहिले-कहिले
मायाको पनि दबाब छ? दिलमाथि मायाको राज्य त हुँदैन? त्यसैले यो जाँच गर। यी कुराबाट
आफ्नो चार्टलाई जाँच गर। अहिले सङ्गममा एक परमात्माको राज्य छ वा मायाको पनि दबाब
हुन्छ? जाँच गर्यौ? अहिले भर्खरै जाँच गर, आफ्नो चार्ट त हेरिरहन्छौ नि। त्यसैले यदि
अहिलेसम्म पनि दुई राज्य छन् भने एक राज्यको अधिकारी कसरी बन्छौ? के श्रीमतको साथ
मायाको मत पनि मिक्स हुन्छ कि? त्यसैगरी एक धर्म, एक राज्य पनि हुन्छ भने एक धर्म
पनि हुन्छ। धर्म अर्थात् धारणा। तिम्रो विशेष धारणा कुन हो? पवित्रताको धारणा।
त्यसोभए जाँच गर– सदा मन, वचन, कर्म, सम्बन्ध-सम्पर्कमा सम्पूर्ण र सदा पवित्रताको
स्वभाव स्वाभाविक बनेको छ? जसरी त्यहाँ आफ्नो राज्यमा पवित्रताको स्वधर्म स्वतः नै
हुन्छ, त्यसैगरी यस समय पवित्रताको धारणा स्वाभाविक स्वभाव बनेको छ? किनकि जान्दछौ
तिम्रो अनादि स्वरूप र आदि स्वरूप पवित्रता हो। त्यसैले जाँच गर– एक धर्म अर्थात्
पवित्रता स्वाभाविक छ? जुन स्वभाव हुन्छ त्यसले नचाहँदा पनि काम गरिहाल्छ किनकि कयौँ
बच्चाहरूले जब रुहरिहान गर्छन् त्यतिबेला के भन्छन्? धेरै मीठा-मीठा कुरा गर्छन्,
भन्छन् चाहन्नँ, तर कहिले मनसामा, कहिले वाचामा कुनै न कुनै अपवित्रताको अंश प्रकट
हुन्छ? संस्कार धेरै जन्मको छ नि त्यसैले हुन्छ। त्यसैले एक धर्मको अर्थ हो
पवित्रताको धारणा स्वभाव स्वाभाविक होस्। चाहे वाणीमा पनि आवेश आउँछ, भन्छन् क्रोध
थिएन, थोरै आवेश आयो। त्यसोभए आवेश के हो? क्रोधको नै त बच्चा हो। एक धर्मको
संस्कार कहिले स्वाभाविक बन्छ? त्यसैले चेक गर तर चेकको साथ बाबाद्वारा मिलेको
शक्तिहरूद्वारा चेन्ज गर। अहिले फेरि पनि बापदादाले पहिलेदेखि नै ध्यान
खिँचाइरहनुभएको छ, अहिले फेरि पनि चेक गरेर चेन्ज गर्ने तीव्र पुरुषार्थ गर्यौ भने
गुन्जायस छ तर केही समयपछि अचानक ‘धेरै ढिलो भयो’ भन्ने बोर्ड लाग्नु नै छ। फेरि
नभन्नु बाबाले त बताउनुभएन त्यसैले अहिले पुरुषार्थको समय त गयो तर तीव्र
पुरुषार्थको समय अहिले पनि छ त्यसैले चेक गर तर केवल चेक नगर, साथमा चेन्ज गर।
कयौँले चेक गर्छन् तर चेन्ज गर्ने शक्ति छैन। चेक र चेन्ज दुवै साथ-साथ हुनुपर्छ
किनकि तिमी सबैको स्वमान वा तिमी सबैको महिमा के हो? टाइटल के हो? मास्टर
सर्वशक्तिमान। हो, मास्टर सर्वशक्तिमान हो वा शक्तिमान हो? जो भन्छन् मास्टर
सर्वशक्तिमान हौँ, उनीहरूले हात उठाउनू। (सबैले उठाए) अच्छा। त्यसोभए मास्टर
सर्वशक्तिमान हौ! मुबारक छ, तर मास्टर सर्वशक्तिमान अनि परिवर्तन गर्न सकेनौ भने के
भनिन्छ? आफ्नै संस्कारलाई, स्वभावलाई परिवर्तन गर्न चाहेर पनि गर्न सकेनौ भने के
भन्छौ? आफूसँग सोध मास्टर शक्तिमान हौ वा मास्टर सर्वशक्तिमान? मास्टर
सर्वशक्तिमानले सङ्कल्प गर्यो– गर्नु नै छ र भइसकेको छ। हुन्छ, हेर्छु... यो हुँदैन।
त्यसैले अब समय प्रमाण रिजल्ट यस्तो होस्– जे सोच्यौ, त्यो सङ्कल्प र स्वरूप बन्नु
साथ-साथ होस्।
अहिले नयाँ वर्ष,
अव्यक्त वर्ष आउनेवाला नै छ। ४० वर्ष अव्यक्त पालनाको भइरहेको छ। अव्यक्ति पालना र
व्यक्त रूपको पालनाको ७२ वर्ष भइसकेको छ। के दुवै बाबाको पालनाको रिटर्न बापदादालाई
दिँदैनौ! सोच– पालना के र प्राक्टिकल के हो? बापदादाले देख्नुभयो अहिले पनि
अलबेलापन र रोयल आलस्य छ। रोयल आलस्य हो– भइहाल्छ, बनिहाल्छौँ, पुगिहाल्छौँ र
अलबेलापन हो गरिरहेका छौँ, त्यसैले त... यो त हुनु नै छ, यो त गर्नु नै छ, भन्नु र
गर्नुमा अन्तर हुन्छ। बापदादा एउटा दृश्य देखेर मुस्कुराइरहनुहुन्छ, के भन्छौ? यो
भयो भने, यो गर्यो भने, धेरै राम्रो म अगाडि बढ्न सक्छु। अर्कोलाई बदल्ने वृत्ति
रहन्छ तर स्व परिवर्तनको वृत्ति कहाँ-कहाँ कम हुन्छ। अब अर्कोलाई हेर्नु, यो वृत्ति
परिवर्तन गर। यदि हेर्नु छ भने विशेषता हेर, यो त हुन्छ नै, यो त चल्छ नै, यिनले पनि
त गर्छन्... यो भावना कम गर। आफूलाई हेर, बाबालाई अगाडि राख, बाँकी त जो पनि छ, चाहे
महारथी होस्, चाहे बीचको होस्, पुरुषार्थमा कुनै न कुनै कमीलाई परिवर्तन गरिरहेका
छन्, त्यसैले सी फादर, सी डबल फादर, ब्रह्मा बाबालाई हेर, शिव बाबालाई हेर। बाबाले
तिमीलाई आफ्नो दिलतख्तमा बसाउनुभएको छ र तिमीले पनि आफ्नो दिलतख्तमा बाबालाई बसाएका
छौ, तिम्रो स्लोगन पनि हो सी फादर। सी सिस्टर, सी ब्रदर– यो स्लोगन छँदै छैन। केही
न केही कमी सबैमा अहिले रहेको छ तर यदि अर्कोलाई हेर्नु छ भने विशेषता हेर, जो कमी
उनीहरूले निकालिरहेका छन् आफूबाट, त्यसलाई नहेर। दोस्रो कुरा– आफ्नो राज्यमा, याद छ
नि आफ्नो राज्य! हिजो त थियो र भोलि फेरि हुनेवाला छ। तिम्रो बुद्धिमा, नयनमा आफ्नो
राज्य स्पष्ट आयो नि। कति पटक राज्य गर्यौ? गन्ती गर्यौ? अनेक पटक राज्य गर्यौ।
भन्नासाथ अगाडि आउँछ। आफ्नो राज्य अधिकारी रूप र श्रेष्ठ राज्य, त्यसैले जसरी आफ्नो
राज्यमा कानुन र व्यवस्था स्वतः नै चल्छ। सबै नलेजफुल संस्कार भएका छन्, बुझेका छन्
कानुन के हो, व्यवस्था के हो, त्यसैगरी अहिले आफ्नो जीवनमा हेर, बाबाको अर्डरमा
चल्छौ वा कहिले मायाको पनि अर्डर चल्छ? कहिले परमत, मनमत, श्रीमत सिवाय अरू चल्छ त?
र, कानुन के हो? कानुन हो बेफिकर बादशाह, कुनै चिन्ता छैन किनकि सर्व प्राप्तिहरू
छन्। त्यसैगरी जाँच गर सङ्गमको श्रेष्ठ जन्ममा पनि सर्व प्राप्तिहरू छन्? जो बाबाले
दिनुभएको छ, यो भगवानको मानौँ प्रसाद हो नि, प्रसादको कति महत्त्व राख्छन्। बाबाका
जे पनि प्राप्तिहरू छन्, ती प्रभु प्रसाद प्राप्त छन्, प्रभु प्रसादको महत्त्व छ?
वर्सा पनि हो, अधिकार पनि हो र प्रसाद पनि हो। त्यसैले जाँच गर– कानुन र व्यवस्था,
दुवैमा सम्पन्न छौ?
बापदादाले एउटा कुरा
हेरिरहनुभएको थियो, अधिकांशलाई परिवर्तन गर्ने जुन शक्ति मिलेको छ, त्यो परिवर्तन
शक्ति समयमा कार्यमा लगायौ भने कुनै मेहनत छैन। हेर, सबैलाई अनुभव छ यदि कहिल्यै पनि,
कुनै पनि प्रकारको हार मायाबाट हुन्छ भने, सबैले भाषणमा भन्छौ, क्लास पनि गराउँछौ,
त्यतिबेला यही भन्छौ दुई शब्द गिराउने पनि छन्, चढाउने पनि छन्, ती दुई शब्द सबैले
जान्दछन्, सबैको मनमा आएको छ। ती दुई शब्द हुन्– म र मेरो। भाषणमा भन्छौ नि, क्लास
पनि गराउँछौ नि। बापदादाले क्लास पनि सुन्नुहुन्छ, के भन्छौ? अहिले यी दुई
शब्दहरूलाई परिवर्तन शक्तिद्वारा परिवर्तन गर, जब पनि म शब्द बोल्यौ भने म फलानो वा
ब्राह्मण त हुँ तर म को? जो बापदादाले स्वमान दिनुभएको छ, जब पनि म शब्द बोल्यौ भने
कुनै न कुनै स्वमान साथमा बोल, अर्थात् बुद्धिमा ल्याऊ। म शब्द बोल्नासाथ स्वमान
याद आओस्। मेरो शब्द बोल्यौ भने बाबा याद आओस्। मेरो बाबा, यो स्वाभाविक स्मृति होस्,
यो परिवर्तन गर, बस्। र, दोस्रो कुरा धेरैजसो जब सम्बन्ध-सम्पर्कमा आउँछौ तब दुई
शब्दद्वारा माया आउँछ, एक भाव र दोस्रो भावना। त्यसैले जब पनि भाव शब्द बोल्छौ
सोच्छौ भने आत्मिक भाव, भाव शब्द बोल्नासाथ आत्मिक भाव पहिला याद आओस् र भावनामा,
शुभ भावना याद आओस्। शब्दको अर्थ परिवर्तन गर। तिम्रो टाइटल के हो? विश्व परिवर्तक।
विश्व परिवर्तकले के यी शब्द परिवर्तन गर्न सक्दैनौ? त्यसैले समयमा परिवर्तन
शक्तिलाई प्रयोग गरेर हेर। पछि आउँछ, जब समय बित्छ र मनलाई राम्रो लाग्दैन, स्वयं
आफ्नो मनले सोच्छ तर समय त बितिसक्यो नि, त्यसैले अब तीव्रगतिको आवश्यकता छ,
कहिले-कहिले होइन। यस्तो नसोच धेरै समय त ठीक रहन्छु तर बापदादाले सुनाइदिनुभएको छ–
अन्तिम घडीको कुनै भरोसा छैन। अचानकको खेल हुनु छ। कयौँ बच्चाहरूले बाबालाई पनि धेरै
मीठा-मीठा कुरा सुनाउँछन्, भन्छन् समय अझै अतिमा जान्छ नि, त्यतिबेला वैराग्य त
हुन्छ, वैराग्यको समय आफैँ गति तेज होला। तर बापदादाले भनिदिनुभएको छ– धेरै समयको
पुरुषार्थ चाहिन्छ। यदि थोरै समयको पुरुषार्थ हुन्छ भने प्रालब्ध पनि थोरै समयको
मिल्छ, फुल २१ जन्मको प्रारब्ध बन्दैन। तीन शब्द बापदादाका सदा याद राख– एक अचानक,
दोस्रो एभर रेडी र तेस्रो बहुतकाल। यी तीनै शब्द सदा बुद्धिमा राख। कहिले र कहीँ पनि
कसैको पनि अन्तिम काल हुन सक्छ। अहिले हेर कति ब्राह्मण गइरहेका छन्, उनीहरूलाई थाहा
थियो र, त्यसैले बहुतकालको पुरुषार्थले फुल २१ जन्मको वर्सा प्राप्त गर्नु नै छ, यो
तीव्र पुरुषार्थ स्मृतिमा राख। पहिलो नम्बर, पहिलो जन्म, आफ्नो राज्यको। के सोचेका
छौ? पहिलो जन्ममा आउनु छ नि! मजा केमा हुन्छ? पहिलो जन्ममा वा कुनैमा पनि? जो
सम्झन्छौ– आफ्नो राज्यको पहिलो जन्ममा श्रीकृष्णको साथ-साथै मेरो पनि पार्ट होस्,
उनीहरूले हात उठाउनू। (सबैले उठाए) अच्छा, पार्ट पहिलोमा? हात देखेर त खुसी हुनुभयो।
ताली बजाऊ। पहिलो जन्ममा आऊ, त्यसको बधाई छ, तर... तर भनौँ कि... नभनौँ? आउनु नै छ
पहिलो, फेरि दोस्रो कुरा किन भन्ने। राम्रो छ, जति पनि आएका छौ पहिलो जन्ममा आउनु
नै छ। ताली त बजायौ, पहिलो जन्म र पहिलो स्टेज पनि। त्यसैले पहिलो स्टेज बनाउनु नै
छ, यो जसको दृढ सङ्कल्प छ, छिटो जानु नै छ, चाहे जेसुकै विघ्न होस् तर विघ्न, विघ्न
नरहोस्, विघ्न-विनाशकको अगाडि विजयको रूपमा बदलिओस् किनकि तिमी सबै विघ्न-विनाशक
हौ। टाइटल के हो? विघ्न-विनाशक। त्यसैले विघ्न आओस् पनि, खेल खेल्न आउँछ तर तिमीले
टाढैबाट चिन, रोयल रूपमा आउँछ तर तिमी विघ्न-विनाशकले टाढैबाट चिन्दछौ– यो के खेल
भइरहेको छ, त्यसैले बापदादा पनि यही चाहनुहुन्छ– सबै बच्चाहरू साथमा चलुन्। पछाडि
नरहुन्। बापदादालाई बच्चाहरू बिना मजा आउँदैन। त्यसैले दृढतालाई कहिल्यै पनि कमजोर
नगर। गर्नु नै छ। गर्नेछौँ, हेर्नेछौँ नगर, गर्छौँ हेर्छौँ, भइहाल्छ, हेर्नु..., यी
कुरा नगर। दृढता सफलताको चाबी हो, यो चाबीलाई कहिल्यै पनि नगुमाऊ। माया पनि चतुर छ
नि, उसले चाबीलाई खोज्छ, त्यसैले यो चाबीलाई राम्रोसँग सम्हालेर राख। अच्छा।
चारैतिरका लवली र
लक्की दृढ सङ्कल्प भएका बच्चाहरूलाई सोच्यौ र गर्यौ, गर्छौँ, हेर्छौँ होइन, सोच्यौ
र गर्यौ, सदा आफूलाई नष्टोमोहामा, केवल सम्बन्धको मोह होइन, आफ्नो देहभान र देह
अभिमानको पनि मोह नहोस्। यस्ता नष्टोमोहा एभर रेडी बच्चाहरूलाई सदा श्रीमतमा हातमा
हात दिँदै, साथमा उड्ने र साथमा ब्रह्मा बाबाको साथ आफ्नो राज्यमा आउने यस्ता तीव्र
पुरुषार्थी उड्ती कला भएका बच्चाहरूलाई बापदादाको धेरै-धेरै आशीर्वाद एवं यादप्यार
स्वीकार गर। यस्ता बालक सो मालिक बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ, नमस्ते।)
वरदान:–
परिवर्तन
शक्तिद्वारा सर्वको शुक्रियाको पात्र बन्ने विघ्न जित भव
यदि तिम्रो कसैले
अपकार गर्छ भने तिमी एक सेकेन्डमा अपकारलाई उपकारमा परिवर्तित गर, कोही आफ्नो
संस्कार-स्वभावको रूपमा परीक्षा बनेर अगाडि आउँछ भने तिमी एकको स्मृतिले यस्तो
आत्माप्रति पनि रहमदिलको श्रेष्ठ संस्कार-स्वभाव धारण गर, कोही देहधारी दृष्टिले
अगाडि आउँछ भने उसको दृष्टिलाई आत्मिक दृष्टिमा परिवर्तित गर, यस्तो परिवर्तन गर्ने
युक्ति आयो भने विघ्न जित बन्छौ। फेरि सम्पर्कमा आउने सर्व आत्माहरूले तिम्रो
शुक्रिया मान्छन्।
स्लोगन:–
अनुभवहरूको
स्वरूप बन्यौ भने अनुहारबाट भाग्यको झलक देखिन्छ।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन अनेक देश, अनेक भाषाहरू, अनेक रूप-रङ्ग
हुँदा पनि सबैको दिलमा एकता देखियोस् किनकि एक बाबाका बच्चा हौ। सबै एउटै वृक्षका
हाँगाहरू, एकको श्रीमतमा चल्ने हौ। भिन्नतामा एकता देखाउनु, बिग्रेकोलाई बनाउनु,
अनेकतामा एकता ल्याउनु, यो सबैभन्दा ठुलो सेवा हो। यही कमाल हो र यही सफलताको आधार
हो।
सूचना: – आज मधुवनमा
अव्यक्त बाबा मिलनको शुभ दिन हो।