01.03.26 Avyakt Bapdada Nepali Murli 09.03.2009 Om Shanti Madhuban
“परमात्म सङ्गको रङ्ग
र कम्बाइन्ड स्वरूपको यथार्थ होली मनाऊ।”
आज होलिएस्ट बाबा
आफ्ना होली बच्चाहरूसँग होली मनाउन आउनुभएको छ। सबै बच्चाहरू होली बच्चा (पवित्र
बच्चा) हुन्। तिमीहरू सबै पनि होली मनाउन आएका छौ। विचार गर, तिमी होली आत्माहरूमाथि
कुन रङ्ग लाग्यो जसबाट होली बन्यौ! रङ्ग त अनेक छन् तर तिमीहरूमाथि कुन रङ्ग लागेको
छ? सबैभन्दा श्रेष्ठ रङ्ग कुन हो, जसबाट तिमी होली बनेका छौ? सबैभन्दा ठुलो रङ्ग हो
परमात्म सङ्गको रङ्ग। परमात्म सङ्गको रङ्ग लागेपछि सहजै होली बन्यौ किनकि परमात्म
सङ्ग अविनाशी सङ्गको रङ्ग हो र अरू रङ्ग त केही समयका लागि हुन्छ तर परमात्म सङ्गको
रङ्ग लागेपछि सहजै होली अर्थात् पवित्र बन्यौ। आत्माको रङ्ग अपवित्रताबाट पवित्र
बन्यो किनकि तिमीहरू सबैले परमात्मालाई आफ्नो साथी बनायौ, साथमा राख्यौ त्यसैले
कम्बाइन्ड भयौ। यो कम्बाइन्डस्वरूप प्यारो लाग्छ हैन! यो कम्बाइन्ड स्वरूप कहिल्यै
पनि अलग हुन सक्दैन। अनुभव छ हैन! सदा कम्बाइन्ड रहन्छौ हैन! एक्लै छैनौ। मायाले
एक्लो बनाउने कोसिस गर्छ तर जो सदा कम्बाइन्ड रहन्छन् उनीहरू कहिल्यै पनि छुट्टिन
सक्दैनन् किनकि मायाले छुट्याएर फेरि पुराना संस्कारहरूलाई इमर्ज गर्छ र पुराना
संस्कार इमर्ज हुन्छन् त्यसपछि फेरि शुद्ध संस्कार मर्ज हुन्छन्। पुराना संस्कार
हुन्– अलबेलापन र आलस्य, यी पुराना संस्कार भिन्न भिन्नरूपमा इमर्ज भएपछि
कम्बाइन्डरूप छुट्टिन्छ। त्यसैले हरेकले आफूलाई चेक गर– सदा कम्बाइन्ड रहन्छौ वा
कहिलेकाहीँ एक्लै पनि हुन्छौ? मायाका अनेक स्वरूपहरूलाई त जानेका छौ हैन त! उसले
चतुराइँले आफ्नो रङ्ग लगाइदिन्छ। छुट्टिनु अर्थात् मायाको रङ्गमा रङ्गिनु। यो
अलबेलापन, आलस्य धेरै भिन्न भिन्न रूपले आउँछ र बच्चाहरूले पनि त्यसलाई चिन्न
सक्दैनन् किनकि मायाले आफूतिर आकर्षित गरिदिन्छ। यो अलबेलापन र आलस्य जुन रावणको
खजाना हो, यो बाबाको खजाना होइन, रावणको खजानालाई बच्चाहरूले पनि बडो नसाले भन्छन्–
मैले चाहन्नँ तर यो मेरो संस्कार हो। संस्कार मेरो भन्न लाग्छन्। के यो परमात्म
खजाना हो वा रावणको खजाना हो? त्यसलाई मेरो संस्कार भन्नु ठीक हो? मेरो बनाइदिनु,
यो मायाको चतुराइँ हो। बाबाको खजाना प्यारो छ वा यो रावणको खजाना प्यारो छ? साधारण
रीतिले बच्चाहरूले आफूलाई छुटाउनको लागि भनिदिन्छन् मेरो संस्कार हो, मैले चाहन्नँ।
त्यसोभए विचार गर के यो मेरो हो! बाबा भन्नुहुन्छ– रावणको खजानालाई आफ्नो बनाउनाले
बिस्तारै बिस्तारै जति शुभ संस्कार छन् ती समाप्त हुँदै जान्छन्। परमात्म सङ्गको
रङ्ग फिक्का हुँदै जान्छ र मायाको रङ्ग इमर्ज हुन्छ। त्यसैले चल्दाचल्दै आफूलाई नै
चेक गर्नुछ, कुन रङ्ग चढेको छ? मानिसहरूले पनि होलीमा के गर्छन्? पहिला खराबीलाई
जलाउँछन् अनि रङ्ग लगाउँछन्, मनाउँछन्। तिमीहरूमाथि बापदादाले सङ्गको रङ्ग त
लगाउनुभयो तर साथै ज्ञानको रङ्ग, शक्तिहरूको रङ्ग, गुणहरूको रङ्ग, त्यो
लगाइरहनुहुन्छ।
त्यसोभए सबैमाथि यो
रुहानी रङ्ग चढेको छ हैन! चढेको छ? चढेको छ भने हात उठाऊ। रुहानी रङ्ग चढ्यो,
उत्रिनेवाला त छैन हैन! जसमाथि रुहानी रङ्ग चढ्यो, अविनाशी रङ्ग चढ्यो, उसमाथि अरू
कुनै रङ्ग लाग्न सक्दैन। यो रङ्गले कति होली (पवित्र) बनेका छौ? जुन सारा कल्पमा
तिमीजस्तो होली, पवित्र अरू कोही बन्न सक्दैन। तिम्रो पवित्रता, प्रभुको सङ्गको
रङ्ग, परमात्म कम्बाइन्ड रहने अनुभव सबैभन्दा न्यारा र प्यारो छ। अरू जति पनि होली,
पवित्र बन्छन् उनीहरूको शरीर पवित्र बन्दैन, आत्मा पवित्र बन्छ तर तिमी यस्ता होली,
पवित्र बन्छौ जसबाट तिम्रो शरीर र आत्मा दुवै पवित्र हुन्छन् र पवित्रतालाई सुख,
शान्ति, प्रेम, आनन्दको जननी भनिन्छ। जहाँ पवित्रता छ त्यहाँ सुख, शान्ति साथै भइ
नै हाल्छ किनकि जहाँ जननी हुन्छिन् त्यहाँ बच्चा हुन्छन् किनकि बाबा आएर तिमीलाई
यस्ता होली बनाउनुहुन्छ जसले गर्दा तिम्रा जड चित्रहरू कति विधिपूर्वक पुजिन्छन्।
कलियुगको अन्तिम जन्ममा पनि तिमीले आफ्ना चित्रहरू देख्छौ– कसरी विधिपूर्वक उनीहरूको
पूजा हुन्छ, यो पवित्रताको विशेषता हो र जति पनि महान् आत्माहरू, धर्म आत्माहरू
पवित्र बनेका छन् तर तिनीहरू कसैको पनि मन्दिर बन्दैन। यस्तो विधिपूर्वक पूजा कसैको
पनि हुँदैन र अन्तिम जन्मसम्म तिम्रा चित्रहरूले पनि आशीर्वाद दिइरहन्छन्। केही
समयको सुख शान्ति अनुभव गराउँछन्। तिम्रो होली र दुनियाँको होलीमा कति फरक! हुन त
मनोरञ्जनको लागि तिमीले पनि केही न केही होली मनाउँछौ साथै सच्चा होली, परमात्म
सङ्गको रङ्ग र कम्बाइन्ड स्वरूपको यथार्थ होली पनि तिमीले मनाउँछौ। होलीलाई
मानिसहरूले पनि भिन्न भिन्न रूपले मनाउँछन्, त्यसो त तिमीलाई थाहा छ– होली शब्दको
पनि रहस्य छ, जुन तिमीले मात्रै जान्दछौ, तिमीले मात्रै मनाउँछौ। होलीको अर्थ हो,
हो ली, जे भयो, भयो। त्यसोभए तिमीहरू सबैले पुरानो जीवन, पुराना कुरा, पुराना
संस्कार, पुराना व्यर्थ सङ्कल्पलाई हो ली गरिदियौ हैन त। जे भयो, भयो भन्नु अर्थात्
हो ली। यसै गरेका छौ? कि अहिले पनि कहिलेकाहीँ गल्तीले पुराना संस्कार आइहाल्छन्?
हाम्रो जन्म नै नयाँ हो भने तिमीहरू सबै मरजीवा बनेका छौ हैन! बनेका छौ? मरजीवा
बनेका छौ? बनेका छौ भने हात उठाऊ। अच्छा। नयाँ जन्म भयो भने पुरानो जन्म कसरी याद
आउँछ? पुरानो, पुरानै भयो। बितेका कुरा वा सङ्कल्प, संस्कार इमर्ज हुन्छ भने के
भन्ने? होली मनायौ? हो ली गरेनौ। परमात्म सङ्गको रङ्ग राम्रोसँग लागेन। परमात्म
सङ्गको रङ्ग लाग्नु अर्थात् पुरानो जन्म बिर्सिनु। पुराना कुरा बिर्सिनु किनकि
मरजीवा भयौ हैन। जसरी शरीरले एक जन्म छोडेर अर्को जन्म लियो भने के पुरानो जन्म याद
हुन्छ? तिमीहरू सबै अहिले ब्राह्मण जन्म धारण गर्नेहरू हौ। पहिलाको जन्मका संस्कार
जसलाई गल्तीले भन्छौ मेरा संस्कार हुन्, के तिम्रा हुन्? यी ब्राह्मण जीवनका
संस्कार हुन्? कहिले अलबेलापन, कहिले रोयल आलस्य, आलस्यका धेरै भिन्न भिन्न रूप छन्।
कुनैबेला यस विषयमा क्लास गर्नु। आलस्य कति प्रकारका छन् र कति रोयल रूपले आउँछन्!
ब्राह्मण जीवन अर्थात्
नयाँ जीवन, यसमा पुरानो केही हुन सक्दैन। आज होली मनाउन आएका हौ हैन! त्यसोभए होली
अर्थात् हो ली, आज होली मनाउनु अर्थात् पुराना संस्कारको होली जलाउनु। जलाएपछि नै
मनाइन्छ। अहिले तिम्रो होली मनाउने स्वरूप हो। जलाइदियौ, अब मनाउनुछ। प्रभुको सङ्गको
रङ्गको मजा लिन्छौ। कम्बाइन्ड रहने अनुभव गर्नेहरू हौ, किन? किनकि होलिएस्ट बाबाले
तिमीमाथि होली बन्ने, पवित्र बन्ने रङ्ग लगाउनुभएको छ।
त्यसोभए आज कुन होली
मनाइरहेका छौ? आजदेखि विशेष कुनै पनि पुराना संस्कारलाई आउन नदिनु, यस्तो होली
मनाउनुछ। मनाउन सक्छौ वा कहिलेकाहीँ पुराना संस्कार आउँछन्? यो रोयल शब्द– मैले
गर्न चाहन्नथेँ तर यो मेरो संस्कार हो। यो शब्द आज दृढ सङ्कल्पको विधिद्वारा समाप्त
गरिदेऊ। आज सदाको लागि यस्तो होली मनाउने हिम्मत राख्छौ? कि कहिलेकाहीँ मनाउँछौ?
जसले सम्झन्छौ– आजदेखि पुराना संस्कारको होली, हो ली, जे भयो, भयो, यो नयाँ जन्म
हो, त्यो पुरानो जन्म समाप्त भयो। यस्तो हिम्मत राख्ने तिमी बाबाका मीठा-प्यारा
स्नेही सिकिलधे बच्चाहरू हौ, होइन त! त्यसोभए यो सङ्कल्प होइन, दृढ सङ्कल्प गर्ने
हिम्मत छ? हिम्मत छ भने हात उठाऊ। हेर, सबैले हिम्मत राखेका छन्। ठिकै छ, केही बाँकी
पनि रहेका छन्, तर तिमीहरू सबै त साथी हौ हैन। पक्का साथी हौ, पक्का साथि हौ भने
दुवै हात उठाऊ। यो फोटो निकाल सबैको। अच्छा। डबल विदेशीले पनि उठाइरहेका छन्।
त्यसैले बापदादाले
तिमीलाई पदम पदमगुणा बधाई दिइरहनुभएको छ, होलीको, हो ली मनाएकोमा। अब गल्तीले पनि
आफ्नो मुखबाट यो शब्द ननिकाल्नु। मेरो संस्कार, रावणको संस्कारलाई मेरो भन्छौ, कमाल
छ! रावणलाई दुस्मन भनिन्छ, दुस्मनको खजाना आफ्नो बनाउनु यो त आश्चर्यको कुरा हो!
तिमीलाई पनि आश्चर्य लागिरहेको छ हैन– के भन्छौ! गल्तीले भनिदियौ। भनिदिन्छौ अनि
भित्र मन पनि खान्छ, महसुस पनि गर्छौ, बाबासँग कुरा पनि गर्छौ, माफी पनि माग्छौ।
बाबा भोलिदेखि गर्दिनँ। फेरि पनि गरिदिन्छौ। अब बापदादाले के गर्ने? हेरिरहने? अब
यो शब्दको होली जलाइदेऊ। हेर जलाउनुमा पनि एउटा धेरै राम्रो कुरा बताउँछु, कोकीलाई
धागो बाँधेर पकाउँछन्, कोकी पाक्छ र निकाल्छन् त्यतिबेला कोकी पाक्छ तर धागो जल्दैन।
यो निसानी पनि तिमीले जुन पहिलो पाठ पढेका छौ– आत्मा अविनाशी छ र शरीर विनाशी छ,
त्यसको निसानी बनाइदिएका छन्। अब बापदादाले देख्नुहुन्छ– यी चाडपर्व वा शास्त्र
बनाउने बच्चाहरूको कमाल पनि कम छैन। हुन त उनीहरू पनि बाबाकै बच्चा हुन् तर तिमी हौ
सिकिलधे। मानौँ त्यसमा पिठोमा नुन बराबर नै सही भए पनि यसरी बनाएको बडो रमणीय छ।
तिमीले हेर हरेक चाडपर्वको यादगार बनाएका छन्, तर कैयौँ कुरा जुन सूक्ष्म छन्
तिनलाई स्थूल रूप दिइएको छ। तर यादगार त बनाएका छन् हैन! भक्तिमा पनि कम त गरेनन्,
भक्तिले द्वापर कलियुगमा फेरि पनि केही न केही स्मृतिका कुरा राखे, अति विकारी
बन्नबाट बचाए। त्यसैले बापदादाले यी सामग्री, चाडपर्व वा शास्त्र बनाउनेहरूलाई पनि
त्यसको फल दिनुहुन्छ। फेरि पनि भक्तिमा केही त याद गर्छन्, विकारहरूबाट केही समयको
लागि बच्छन्।
त्यसोभए तिमीले आज
कुन होली मनायौ? कुन होली मनायौ? हो ली, सबैले भन हो ली। यसो गर (हातको इसारा) हो
ली। पक्का भयो हैन त! हो ली मनायौ? मनायौ? अच्छा। फेरि भोलि माया आउँछ, किनकि मायाले
पनि सुनिरहेको छ तर तिमीले यसो नगर। (आफैतिर नबोलाउनु) मजा छ हैन, यसमा मजा छ हैन।
त्यसोभए मजामै रहनु।
बाबालाई याद गर्नाले,
बाबाले हामीलाई कति धेरै रुहानी रङ्ग चढाइरहनुभएको छ, जसले गर्दा हामी होलीहंस बनेका
छौँ। होलीहंस अर्थात् निर्णय शक्ति भएका होली हंस। कुनै पनि काम गर्दा एउटा सिट
फिक्स गर, पहिला त्यो सिटमा सेट होऊ अनि निर्णय गर, त्यो सिट थाहा छ, त्यो सिट हो
त्रिकालदर्शीको सिट। पहिला त्रिकालदर्शीको सिटमा सेट भएर तीनै काललाई हेर, सिर्फ
वर्तमान होइन, आदि ,मध्य, अन्त्य तीनै काललाई हेर, त्यो काम गर्दा तीनै कालमा फाइदा
छ वा नोक्सान? कैयौँ बच्चाहरू बडो चतुर छन्। चतुराइँ सुनाऊँ? के भन्छन्, यो काम
चलाउनु थियो हैन, त्यसैले काम चलाइदिएँ। बाँकी मैले जानेको छु गर्नु हुँदैनथ्यो तर
गरिदिएँ। गरिदियौ भने कर्मको फल त मिल्छ हैन! त्यसोभए चतुराइँ नगर, बाबालाई पनि धेरै
फकाउँछौ। गल्ती गर्छौ अनि बापदादालाई यस्ता यस्ता कुरा सुनाउँछौ– बाबा हजुर त
रहमदिल हुनुहुन्छ हैन! हजुर त क्षमाको सागर हुनुहुन्छ हैन! बाबालाई पनि याद गराउँछौ–
हजुर को हुनुहुन्छ! हजुरले भन्नुभएको छ हैन, मलाई सुनाएर खतम गरिदेऊ। तर यसमा
त्रिकालदर्शीको सिटको महसुस गरेर सुनाऊ र खतम गर। एउटा शब्द पक्का गर्छौ, सुनाइ त
दिन्छौ तर पहिला दृढ सङ्कल्पले स्वलाई परिवर्तन गर अनि सुनाऊ। धेरै फकाउँछौ, हजुरले
भन्नुभएको छ हैन! बाबालाई पनि याद दिलाउँछौ– हजुरले यो भन्नुभएको छ हैन, हजुरले यो
भन्नुभएको छ हैन। बडो चतुराइँ गर्छौ। अब चतुराइँ नगर, हिम्मत राख। गर्नु नै छ, ‘...गर्नेछु...गर्नेछु’
नभन।
बापदादाले दिनभरि
‘गर्नेछु, बन्नेछु’ भन्ने गीत धेरै सुन्नुहुन्छ। गर्छु, देखाउँछु, बन्छु भन्छौ, तर
त्यसको गति कति हुन्छ? ‘...गर्नेछु, ...गर्नेछु’ भन्नेहरू बाबासँग हिँड्छौ? बाबा त
एभररेडी हुनुहुन्छ र ‘...गर्नेछु, ...गर्नेछु’ भन्नेहरू एभररेडी त भएनौ। त्यसोभए
बाबासँगै कसरी जान्छौ? अरू बाबासँग गइरहेका छन्, यो हेरिरहनेछौ। बाबालाई एक एक
बच्चासँग पदमगुणा प्यार छ। बाबा चाहनुहुन्न– मेरा बच्चाहरू भएर साथमा नजाउँन्। घर
फर्कने समय आएको छ भने के घर जाँदैनौ? किनकि घर गएर फेरि राज्यमा आउनुछ। बाबा सँगै
घर जाँदैनौ भने ब्रह्माबाबासँग राज्यमा पनि आउन्नौ, पछि आउँछौ। तिम्रो वाचा के हो?
सँगै जानेछौँ आउनेछौँ... यसमा पनि ‘...जानेछु... आउनेछु’ भन्छौ। पुगिहाल्नेछु,
हेर्नु होला बाबा अवश्य पुगिहाल्छु। त्यसैले यो भाषा अब समाप्त गर। अच्छा।
चारैतिरका सबै
बच्चाहरूलाई पनि बापदादाले देखिरहनुभएको छ– टाढै बसेर पनि साइन्सका साधनद्वारा
अधिकांश स्थानहरूमा, सेवाकेन्द्रहरूमा त्यहाँबाट पनि बच्चाहरूले बापदादालाई
हेरिरहन्छन्, तिमीले यहाँ टोली खान्छौ, उनीहरूले पनि टोली बाँड्छन्। सबैलाई
बापदादाले पनि देखिरहनुभएको छ– कसरी टाढै बसेर पनि नजिकको अनुभव गरिरहेका छन्।
चारैतिरका बच्चाहरू जो सदा बाबासमान सम्पन्न र सम्पूर्ण बन्नुछ, यो सङ्कल्पलाई धारण
गरेका छन् र समयप्रति समय यो सङ्कल्पलाई दृढताको बल दिइरहन्छन्, यस्ता चारैतिरका
शुभ सङ्कल्प धारण गर्ने, साथसाथै बाबाका आशाहरूलाई पूर्ण गर्ने आशाका सितारा,
साथसाथै दादीको बोली, कर्मातीत हुनु नै छ, हुनु नै छ, हुनु नै छ... र मम्माको यो
बोली– सदा जे गर्नुछ सो आज गर, भोलिलाई नछोड र दिदीको यो बोली अब घर जानुछ, यो कानमा
गुञ्जिनुपर्छ। बारम्बार अब घर जानुछ। त्यसोभए धुन लगाइदेऊ– कर्मातीत हुनुछ, अब घर
जानुछ। यी बोली बारम्बार स्मृतिमा ल्याउने समर्थ आत्माहरूलाई बापदादाका होली
बच्चाहरूलाई होलीको बधाई छ, साथै सबैलाई बापदादाले पहिले नै मधुवनको गेवर (एक
प्रकारको मिठाई) खानका लागि मुख खोल र गेवर खाऊ भन्नुभएको छ, खायौ? त्यसोभए सबैलाई
धेरै धेरै पदमगुणा बापदादा र एडभान्स पार्टीका सर्व बच्चाहरूको यादप्यार एवम् बाबाको
नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
वरदान:–
सर्व
आत्माहरूप्रति स्नेह र शुभचिन्त न को भावना राख्ने देही-अभिमानी भव
जसरी महिमा गर्ने
आत्माप्रति स्नेहको भावना हुन्छ, त्यसैगरी कसैले शिक्षाको इसारा दिन्छ भने त्यसमा
पनि त्यो आत्माप्रति त्यस्तै स्नेहको, शुभचिन्तनको भावना होस्– यिनी मेरो लागि
सबैभन्दा ठुला शुभचिन्तक हुन्– यस्तो स्थितिलाई भनिन्छ देही-अभिमानी। यदि
देही-अभिमानी छैनौ भने अवश्य अभिमान छ। अभिमान हुनेले कहिल्यै आफ्नो अपमान सहन गर्न
सक्दैन।
स्लोगन:–
सदा परमात्म
प्यारमा डुबिरह्यौ भने दुःखको दुनियाँ बिर्सिन्छ।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई बलियो बनाए र सदा निर्भय र निश्चिन्त बन।”
कुनै ठुला-बडाको हातमा
आफ्नो हात भयो भने सानाको स्थिति बेफिक्र, निश्चिन्त हुन्छ। तिमीलाई निश्चय छ– हरेक
कर्ममा बापदादा मेरो साथमा पनि हुनुहुन्छ र हाम्रो यो अलौकिक जीवनको हात उहाँको
हातमा छ अर्थात् जीवन उहाँको जिम्मामा छ भने जिम्मेवारी उहाँको हुन्छ। सबै बोझ
बाबालाई सुम्पिएर आफूलाई हल्का बनाऊ त्यसपछि सदा निश्चिन्त रहन्छौ र हरेक कार्य
एक्युरेट हुन्छ।