01.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
ज्ञानका सागर हुनुहुन्छ , उहाँलाई जानीजाननहार भन्नु , यो उल्टो महिमा हो। बाबा
आउनुहुन्छ नै तिमीलाई पतितबाट पावन बनाउन।”
प्रश्न:–
बाबाको साथसाथै
सबैभन्दा धेरै महिमा अरू कसको छ र कसरी?
उत्तर:–
(१) बाबाको
साथसाथै भारतवर्षको महिमा पनि धेरै छ। भारतवर्ष नै अविनाशी खण्ड हो। भारतखण्ड नै
स्वर्ग बन्छ। बाबाले हामीलाई नै धनवान, सुखी र पवित्र बनाउनुभएको हो। (२) गीताको पनि
अपरम्पार महिमा छ, सर्व शास्त्रमयी शिरोमणी गीता हो। (३) तिमी चैतन्य ज्ञान
गङ्गाहरूको पनि धेरै महिमा छ। तिमी डाइरेक्ट ज्ञान सागरबाट निस्किएका हौ।
ओम् शान्ति ।
ओम् शान्तिको
अर्थ त नयाँ वा पुराना बच्चाहरूले बुझेका छौ। तिमी बच्चाहरूलाई थाहा छ– हामी सबै
आत्माहरू परमात्माका सन्तान हौं। परमात्मा सबैभन्दा उच्च र सबैभन्दा प्यारा सबैका
प्रियतम हुनुहुन्छ। बच्चाहरूलाई ज्ञान र भक्तिको रहस्य त बुझाइएको छ, ज्ञान भनेको
दिन– सत्ययुग-त्रेता, भक्ति भनेको रात– द्वापर-कलियुग। यो यहाँको नै कुरा हो।
सबैभन्दा पहिला तिमी बच्चाहरू नै आउँछौ। ८४ को चक्र पनि तिम्रो लागि हो। भारत खण्ड
नै अविनाशी खण्ड हो। भारत खण्ड नै स्वर्ग बन्छ, अरू कुनै खण्ड स्वर्ग बन्दैन।
बच्चाहरूलाई बुझाइएको छ– नयाँ दुनियाँ सत्ययुगमा भारतवर्ष मात्रै हुन्छ। भारतवर्ष
नै स्वर्ग कहलाउँछ। यहाँ रहनेले नै फेरि ८४ जन्म लिन्छन्, नर्कवासी बन्छन्। उनीहरू
नै फेरि स्वर्गवासी बन्छन्। यतिबेला सबै नर्कवासी छन् फेरि पनि सबै खण्ड विनाश भएर
बाँकी भारतखण्ड रहन्छ। भारतखण्डको महिमा अपरम्पार छ। यहाँ नै बाबा आएर तिमीहरूलाई
राजयोग सिकाउनुहुन्छ। यो गीताको पुरुषोत्तम सङ्ग म युग हो। भारतवर्ष नै फेरि
पुरुषोत्तम बन्ने छ। अहिले त्यो आदि सनातन देवी-देवता धर्म पनि छैन, राज्य पनि छैन,
अनि त्यो युग पनि छैन। तिमी बच्चाहरूलाई थाहा छ– वर्ल्ड अलमाइटी अथोरिटि एक
भगवानलाई नै भनिन्छ। यो ठुलो गल्ती गरेर भन्छन्– उहाँ परमात्मा अन्तर्यामी
हुनुहुन्छ। सबैको मन भित्रको कुरा उहाँले जान्नुहुन्छ। बाबा भन्नुहुन्छ– मैले कसैको
पनि मनको कुरा जान्दिनँ। मेरो त काम नै हो पतितहरूलाई पावन बनाउने। धेरैले भन्छन्–
शिवबाबा हजुर त अन्तर्यामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म अन्तर्यामी होइन, मैले
कसैको मनको कुरा जान्दिनँ। म त आएर केवल पतितहरूलाई पावन बनाउँछु। मलाई बोलाउँछन्
नै पतित दुनियाँमा। अनि म एकै पटक मात्र आउँछु जब पुरानो दुनियाँलाई नयाँ
बनाउनुपर्छ। मानिसहरूलाई यो थाहा छैन– यो जुन दुनियाँ छ त्यो नयाँबाट पुरानो,
पुरानोबाट नयाँ कहिले हुन्छ? सबै चीज नयाँबाट पुरानो, सतो, रजो, तमोमा अवश्य पनि
आउँछन्। मानिसहरू पनि यस्तै हुन्छन्। बालक सतोप्रधान हुन्छ फेरि युवा हुन्छ अनि
वृद्ध हुन्छ अर्थात् रजो, तमोमा आउँछ। शरीर बुढो भएपछि त्यो शरीर छोडेर फेरि बच्चा
बन्छ। बच्चाहरूलाई थाहा छ– नयाँ दुनियाँमा भारतवर्ष कति उच्च थियो। भारतवर्षको महिमा
अपरम्पार छ। यति सुखी, धनवान, पवित्र अरू कुनै खण्ड हुँदैन। फेरि सतोप्रधान बनाउन
बाबा आउनुभएको छ। सतोप्रधान दुनियाँको स्थापना भइरहेको छ। त्रिमूर्ति ब्रह्मा,
विष्णु, शङ्करलाई रचना कसले गर्यो? सबैभन्दा उच्च त शिव हुनुहुन्छ। भन्छन्–
त्रिमूर्ति ब्रह्मा, अर्थ त बुझ्दैनन्। वास्तवमा भन्नुपर्छ त्रिमूर्ति शिव, न कि
ब्रह्मा। फेरि गायन गर्छन् देव-देव महादेव। शङ्करलाई उच्च राखिएको भए त त्रिमूर्ति
शङ्कर भन्नुपर्थ्यो नि। फेरि त्रिमूर्ति ब्रह्मा किन भन्छन्? शिव हुनुहुन्छ रचयिता।
गायन पनि गर्छन् परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ ब्राह्मणहरूको।
भक्तिमार्गमा ज्ञानका सागर बाबालाई जानीजाननहार भनिदिन्छन्, तर त्यो महिमा अर्थ
सहित छैन। तिमी बच्चाहरूलाई थाहा छ– बाबाद्वारा हामीलाई वर्सा मिल्छ, उहाँले स्वयं
हामी ब्राह्मणहरूलाई पढाउनुहुन्छ किनकि उहाँ बाबा पनि हुनुहुन्छ, परम शिक्षक पनि
हुनुहुन्छ, विश्वको इतिहास-भूगोलले कसरी चक्कर लगाउँछ, त्यो पनि सम्झाउनुहुन्छ– उहाँ
नै ज्ञानका सागर हुनुहुन्छ। तर यस्तो होइन उहाँ सबै कुरा जान्नेवाला हुनुहुन्छ। यो
भुल हो। मैले त केवल आएर पतितहरूलाई पावन बनाउँछु, २१ जन्मको लागि राज्य भाग्य
दिन्छु। भक्तिमार्गमा हुन्छ अल्पकालको सुख, जसलाई संन्यासी, हठयोगीहरूले जान्दै
जानेकै छैनन्। ब्रह्मलाई याद गर्छन्। तर ब्रह्म त भगवान होइन। भगवान त एक निराकार
शिव हुनुहुन्छ, जो सर्व आत्माहरूका पिता हुनुहुन्छ। हामी आत्माहरूको निवास स्थान
ब्रह्माण्ड परमधाम हो। त्यहाँबाट हामी आत्माहरू यहाँ पार्ट खेल्न आउँछौं। आत्माले
भन्छ– मैले एक शरीर छोडेर दोस्रो तेस्रो लिन्छु। ८४ जन्म पनि तिम्रो नै हुन्छ, जसले
धेरै भक्ति गरेका छन् उसैले फेरि ज्ञान पनि धेरै लिन्छन्।
बाबा भन्नुहुन्छ–
गृहस्थ व्यवहारमा बसेर श्रीमतमा चल। तिमीहरू सबै आत्माहरू प्रियतमा हौ एक परमात्मा
प्रियतमका। भक्तिमार्गदेखि लिएर तिमीले याद गर्दै आएका छौ। आत्माले बाबालाई याद
गर्छ। यो हो नै दु:खधाम। हामी आत्माहरू वास्तवमा शान्तिधामका निवासी हौं। पछि
सुखधाममा आयौं र पछि आएर फेरि हामीले ८४ जन्म लियौं। ‘हम सो, सो हम’ को अर्थ पनि
बुझाइएको छ। उनीहरूले त भनिदिन्छन् आत्मा नै परमात्मा, परमात्मा नै आत्मा। अहिले
बाबाले सम्झाउनुभएको छ– हामी नै देवता, क्षत्रिय, वैश्य अनि शूद्र। अहिले हामी नै
ब्राह्मण बनेका छौं देवता बन्नको लागि। यो हो यथार्थ अर्थ। त्यो हो बिल्कुल गलत।
सत्ययुगमा एक देवी-देवता धर्म, अद्वैत धर्म थियो। पछि अरू धर्म आए अनि द्वैत भएका
हुन्। द्वापरदेखि आसुरी रावण राज्य सुरु हुन्छ। सत्ययुगमा रावण राज्य नै हुँदैन
त्यसैले ५ विकार पनि हुन सक्दैन। त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ।
अहिले तिमी हौ
ईश्वरीय विद्यार्थी। त्यसैले उहाँ पिता पनि हुनुभयो, तिमी विद्यार्थी हौ, त्यसैले
शिक्षक पनि हुनुभयो। फेरि तिमी बच्चाहरूलाई सद्गति दिनुहुन्छ, स्वर्गमा लैजानुहुन्छ
त्यसैले बाबा, टिचर, गुरु तीनै हुनुभयो। उहाँका तिमी बच्चा बनेका छौ त्यसैले कति
खुसी हुनुपर्छ। मानिसहरूले त केही पनि बुझेका छैनन्, रावण राज्य हो नि। प्रत्येक
वर्ष रावणलाई जलाउँदै आएका छन् तर रावण को हो, यो बुझेका छैनन्। तिमी बच्चाहरूलाई
थाहा छ– यो रावण विश्वको सबैभन्दा ठुलो दुस्मन हो। यो ज्ञान तिमी बच्चाहरूलाई नै
ज्ञानका सागर बाबाद्वारा मिल्छ। उहाँ बाबा नै ज्ञानका सागर, आनन्दका सागर हुनुहुन्छ।
ज्ञान सागरबाट तिमीले बादल भरेर फेरि गएर वर्षा बर्साउँछौ। तिमीहरू ज्ञान गङ्गा हौ,
तिम्रो नै महिमा छ। बाबा भन्नुहुन्छ– म तिमीलाई अहिले पावन बनाउन आएको छु, यो एक
जन्म पवित्र बन, मलाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। म नै
पतित-पावन हुँ, जति हुनसक्छ यादलाई नै बढाऊ। मुखबाट शिवबाबा भन्नु पनि पर्दैन। जसरी
सजनीले साजनलाई याद गर्छन्, एक पटक देख्यो, पुग्यो। फेरि बुद्धिमा उसैको याद रहन्छ।
भक्तिमार्गमा जसले जुन देवताको याद गर्छन्, पूजा गर्छन्, उनैको साक्षात्कार हुन्छ।
त्यो हो अल्पकालको लागि। भक्ति गर्दै तल उत्रिँदै आएका छन्। अब त मृत्यु सामुन्ने
खडा छ। हाय हायपछि फेरि जयजयकार हुन्छ। भारतखण्डमा नै रगतको नदी बग्छ। गृह युद्धको
लक्षण पनि देखिइरहेको छ। तमोप्रधान बनेका छन्। अब तिमी सतोप्रधान बनिरहेका छौ। जो
कल्प पहिला देवता बनेका छन्, उनैले आएर बाबासँग वर्सा लिन्छन्। कम भक्ति गरेका भए
ज्ञान पनि कमै लिन्छन्। फेरि प्रजामा पनि नम्बरवार पद पाउँछन्। राम्रा पुरुषार्थीले
श्रीमतमा चलेर श्रेष्ठ पद पाउने छन्। चालचलन पनि राम्रो हुनुपर्छ। दैवीगुण पनि धारण
गर्नुछ, त्यो फेरि २१ जन्मसम्म चल्छ। अहिले छ सबैमा आसुरी गुण। आसुरी दुनियाँ, पतित
दुनियाँ हो नि। तिमी बच्चाहरूलाई विश्वको इतिहास-भूगोल पनि बुझाइएको छ। यतिबेला बाबा
भन्नुहुन्छ– याद गर्ने मेहनत गर्यौ भने तिमी सच्चा सुन बन्छौ। सत्ययुग हो गोल्डेन
एज, पक्का सुन, फेरि त्रेतामा चाँदीको खाद पर्छ। कला कम हुँदै जान्छ। अहिले त कुनै
कला नै छैन, जब यस्तो हालत हुन्छ अनि बाबा आउनुहुन्छ, यो पनि ड्रामामा निश्चित छ।
यस रावण राज्यमा सबै
बेसमझ बनेका छन्, जसले बेहदको ड्रामाको पार्टधारी भएर पनि ड्रामाको
आदि-मध्य-अन्त्यलाई बुझेका छैनन्। तिमी कलाकार हौ नि। तिमीले जानेका छौ– हामी यहाँ
पार्ट खेल्न आएका हौं। तर पार्टधारी भएर पनि बुझेका छैनन्। त्यसैले बेहदका बाबा
भन्नुहुन्छ नि– तिमी कति बेसमझ बनेका छौ। अब मैले तिमीलाई समझदार हीराजस्तो बनाउँछु।
फेरि रावणले कौडीजस्तो बनाइदिन्छ। म नै आएर सबैलाई साथमा लैजान्छु फेरि यो पतित
दुनियाँ पनि विनाश हुन्छ। लामखुट्टे सदृश्य सबैलाई लैजान्छु। तिम्रो
लक्ष्य-उद्देश्य सामुन्ने छ। तिमी पनि त्यस्तै बन्नुछ अनि स्वर्गवासी बन्छौ। तिमी
ब्रह्माकुमार-ब्रह्माकुमारीहरूले यो पुरुषार्थ गरिरहेका छौ। मानिसहरूको बुद्धि
तमोप्रधान छ त्यसैले बुझ्दैनन्। यति बी.के. छन् भने अवश्य पनि प्रजापिता ब्रह्मा पनि
हुनुपर्छ। ब्राह्मण हुन् चोटी, ब्राह्मण फेरि देवता... चित्रमा ब्राह्मणहरूलाई र
शिवलाई गुम गरिदिएका छन्। तिमी ब्राह्मणहरूले अहिले विश्वलाई स्वर्ग बनाइरहेका छौ।
अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) उच्च पदको लागि श्रीमतमा चलेर राम्रो चालचलन धारण गर्नुछ।
२) सच्चा सजनी बनेर
एक साजनलाई नै याद गर्नुछ। जति हुनसक्छ यादको अभ्यास बढाउँदै जानुछ।
वरदान:–
निमित्तपनको
स्मृतिले मायाको गेट बन्द गर्ने डबल लाइट भव
जो सदा स्वयंलाई
निमित्त सम्झेर चल्छन्, उनीहरूलाई डबल लाइट स्थितिको स्वतः अनुभव हुन्छ। गर्नेगराउने
बाबाले गराइरहनुभएको छ, म निमित्त हुँ– यो स्मृतिले सफलता मिल्छ। मैपन आयो अर्थात्
मायाको गेट खुल्यो, निमित्त सम्झियौ अर्थात् मायाको गेट बन्द भयो। त्यसैले, निमित्त
सम्झनाले मायाजित पनि बन्छौ र डबल लाइट पनि बन्छौ। साथसाथै सफलता पनि अवश्य मिल्छ।
यही स्मृति नम्बरवन लिने आधार बन्छ।
स्लोगन:–
त्रिकालदर्शी
बनेर हरेक कर्म गर्यौ भने सफलता सहजै मिल्दै जानेछ।
मातेश्वरीजीक ा
महावाक्य:–
१) “मनुष्य आत्माले
आफ्नो पूरा कमाइ अनुसार भविष्य प्रारब्ध भोग्छ”
हेर, धेरै मनुष्यले
यस्तो सम्झन्छन्– हाम्रो पूर्व जन्मको राम्रो कमाइले गर्दा अहिले यो ज्ञान प्राप्त
भएको हो। तर यस्तो कुरा हुँदै होइन, पूर्व जन्मको राम्रो फल हो– यो त हामीले जान्दछौं।
कल्पको चक्र घुमिरहन्छ सतो, रजो, तमो परिवर्तन भइरहन्छ तर ड्रामा अनुसार
पुरुषार्थद्वारा प्रारब्ध बन्ने मार्जिन रहेको छ, तब त त्यहाँ सत्ययुगमा कुनै
राजा-रानी, कुनै दासी, कुनैले प्रजा पद पाउँछन्। यही पुरुषार्थको सिद्धि हो। त्यहाँ
द्वैत, ईर्ष्या हुँदैन, त्यहाँ प्रजा पनि सुखी हुन्छन्। राजा-रानीले प्रजाको यस्तो
सम्हाल गर्छन्, जसरी आमा बुबाले आफ्ना बच्चाहरूको सम्हाल गर्छन्। त्यहाँ गरिब धनवान
सबै सन्तुष्ट हुन्छन्। यस एक जन्मको पुरुषार्थले २१ पीँढीको लागि सुख भोग्छन्, यो
हो अविनाशी कमाइ। यस अविनाशी कमाइमा अविनाशी ज्ञानद्वारा अविनाशी पद मिल्छ, अहिले
हामी सत्ययुगी दुनियाँमा जाँदै छौं, यो यथार्थ खेल चलिरहेको छ, यहाँ कुनै छु मन्त्र
को कुरा छैन।
२) “गुरु मत ,
शास्त्र मत कुनै परमात्माको मत होइन”
परमात्माले
भन्नुहुन्छ– प्यारा बच्चाहरू, यी गुरु मत, शास्त्र मत कुनै मेरो मत होइनन्। यो त
केवल मेरो नामको मत दिन्छन् तर मेरो मत त मैले नै जान्दछु, मेरो मिलनको ठेगाना म
आएर दिन्छु, त्यसभन्दा पहिला मेरो एड्रेस कसैलाई थाहा हुँदैन। गीतामा छन त
भगवानुवाच छ तर गीता पनि मनुष्यहरूले बनाएका हुन्। भगवान्त स्वयं ज्ञानका सागर
हुनुहुन्छ। भगवान्ले जुन महावाक्य सुनाउनुभएको छ, त्यसको यादगार फेरि गीता बनेको
हो। यी विद्वान, पण्डित, आचार्यहरूले भन्छन्– परमात्माले संस्कृतमा महावाक्य
उच्चारण गर्नुभयो। त्यसलाई नसिकी परमात्मा मिल्नसक्दैन। तिनीहरूले त अझै उल्टो
कर्मकाण्डमा फसाउँछन्, वेद, शास्त्र पढेर यदि सिँढी चढ्ने हो भने त फेरि त्यति नै
झर्नु पनि पर्ने हुन्छ अर्थात् त्यसलाई भुलेर एक परमात्मासँग बुद्धियोग जोड्नुपर्छ
किनकि परमात्माले स्पष्ट भन्नुहुन्छ– यी कर्मकाण्ड, वेद, शास्त्र पढ्नाले मेरो
प्राप्ति हुँदैन। हेर ध्रुव, प्रल्हाद, मीराले के शास्त्र पढे? यहाँ त पढेको पनि सबै
भुल्नुपर्ने हुन्छ। जस्तै अर्जुनले पढेका थिए त्यसैले उनले पनि भुल्नुपर्यो। भगवानको
स्पष्ट महावाक्य छ– श्वास-श्वासमा मलाई याद गर। यसमा केही पनि गर्ने आवश्यकता छैन।
जबसम्म यो ज्ञान हुँदैन, भक्तिमार्ग चल्छ तर ज्ञानको दीपक जागेपछि कर्मकाण्ड छुट्छ
किनकि कर्मकाण्ड गर्दै गर्दै यदि शरीर छुटेमा फाइदा के हुन्छ? प्रारब्ध त बनेन,
कर्मबन्धनको हिसाबकिताबबाट त मुक्ति मिलेन। मानिसहरूले त सम्झन्छन्– झुटो नबोल, चोरी
नगर, कसैलाई दु:ख नदेऊ... यो राम्रो कर्म हो। तर यहाँ त सदाकालको लागि कर्मको
बन्धनबाट छुट्नु छ र विकर्महरूको जडलाई निकाल्नु छ। हामीले त अहिले चाहन्छौं, यस्तो
बीज रोपौं जसबाट राम्रो कर्मको वृक्ष निस्कोस्। त्यसैले मनुष्य जीवनको कार्यलाई
बुझेर श्रेष्ठ कर्म गर्नु छ। अच्छा, ओम् शान्ति।