01.04.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा जो
हुनुहुन्छ , जस्तो हुनुहुन्छ , त्यो तिमी बच्चाहरू ले पनि नम्बरवार पहिचान गरेका छौ
, यदि सबैले पहि चा न गरेका भ ए धेरै भिड मच्चिने थियो ।”
प्रश्न:–
चारैतर्फ
प्रत्यक्षताको आवाज कहिले फैलिनेछ?
उत्तर:–
जुनबेला
मानिसहरूलाई थाहा हुनेछ १- स्वयं भगवान यस पुरानो दुनियाँको विनाश गराएर नयाँ दुनियाँ
स्थापन गर्न आउनुभएको छ २- हामी सबैको सदगति गर्ने बाबा हामीलाई भक्तिको फल दिन
आउनुभएको छ। यो निश्चय भयो भने प्रत्यक्षता हुनेछ। चारैतिर हलचल मच्चिनेछ।
गीत:–
जो पिया के
साथ है...
ओम् शान्ति ।
बच्चाहरूले
गीतका दुई लाइन सुन्यौ। जो पियाको साथमा छ, अब पिया को हुनुहुन्छ! यो कुरा
दुनियाँलाई थाहा छैन। हुन त बच्चाहरू धेरै छन्, तिनीहरूमा पनि धेरै छन् जसलाई थाहा
छैन, कुन प्रकारले बाबालाई याद गर्नुपर्छ। तिनीहरूलाई याद गर्न आउँदैन। घरी घरी
बिर्सिन्छन्। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ, हामी बिन्दु
हौँ। बाबा, ज्ञानको सागर हुनुहुन्छ, उहाँलाई नै याद गर्नुछ। याद गर्ने यस्तो अभ्यास
बसाल्नुछ जसले गर्दा निरन्तर याद टिक्छ। अन्त्यमा यही याद रहोस्– हामी आत्मा हौँ,
शरीर त छ तर यो ज्ञान बुद्धिमा राख्नुछ– हामी आत्मा हौँ। बाबाको निर्देशन मिलेको छ
म जो हुँ, त्यस रूपमा कोही विरलैले याद गर्छन्। धेरै बच्चाहरू देह अभिमानमा आउँछन्।
बाबाले सम्झाउनुभएको छ, कसैलाई पनि बाबाको परिचय नदिएसम्म केही पनि बुझ्न सक्दैनन्।
पहिला त उनीहरूलाई यो थाहा हुनुछ, उहाँ हाम्रो निराकार बाबा, गीताको भगवान
हुनुहुन्छ, उहाँ नै सबैको सदगतिदाता हुनुहुन्छ। उहाँले यस समयमा सदगति दिने पार्ट
खेलिरहनुभएको छ। यस पोइन्टमा निश्चयबुद्धि भए भने फेरि जति पनि यति साधुसन्त आदि छन्
सबै एक सेकेन्डमा आउनेछन्। विश्वमा ठुलो हङ्गामा मच्चिनेछ। अहिले थाहा भयो, यो
दुनियाँ विनाश हुनेवाला छ। यस कुराको निश्चय भयो भने मुम्बईदेखि आबुसम्म क्यु
लाग्नेछ। तर यति चाँडै कसैलाई निश्चय हुन सक्दैन। तिमीलाई थाहा छ विनाश हुनुछ,
यिनीहरू सबै घोर निद्रामा सुतिरहनु नै छ। फेरि अन्त्य समयमा तिम्रो प्रभाव निस्कनेछ।
यो सानीमाको घर होइन जहाँ गीताको भगवान परमपिता परमात्मा शिव हुनुहुन्छ भन्ने कुरामा
निश्चय हुन्छ। यो प्रसिद्ध भयो भने सारा संसारमा आवाज फैलिन्छ। अहिले त तिमीले एक
जनालाई सम्झायौ भने अर्कोले भन्छ तिमीलाई जादु लागेको छ। यो वृक्ष धेरै बिस्तारै
बिस्तारै बढ्नेछ। अझै केही समय बाँकी छ तैपनि पुरुषार्थ गर्नमा नोक्सान छैन। तिमीले
ठुला ठुला मानिसहरूलाई सम्झाउँछौ, तर उनीहरूले कहाँ केही पनि बुझ्छन् र! बच्चाहरूमा
पनि कैयौँले यस ज्ञानलाई बुझ्दैनन्। बाबाको याद छैन भने त्यो अवस्था हुँदैन।
बाबालाई थाहा छ निश्चय केलाई भनिन्छ। अहिले त कोही १-२ पर्सेन्टले पनि मुस्किलले
बाबालाई याद गर्छन्। बस्न त यहाँ बसेका छन्, तैपनि बाबासँग त्यो प्यार हुँदैन। यसमा
प्यार हुनुपर्छ, तकदिर हुनुपर्छ। बाबासँग प्यार भयो भने सम्झन्छन्, हामी पाइला
पाइलामा श्रीमतमा चल्नुछ। हामी विश्वको मालिक बन्छौँ। आधाकल्पको देह अभिमान बसेको छ
त्यसैले अब देहीअभिमानी बन्नमा धेरै मेहनत लाग्छ। आफूलाई आत्मा सम्झेर अति प्यारा
बाबालाई याद गर्नु सानीमाको घर होइन। उनीहरूको अनुहारमा नै रौनक आउँछ। कन्याले
विवाह गर्छिन्, गहना आदि लगाइन् भने अनुहारमा एकदम खुसी आउँछ। तर यहाँ त साजनलाई
याद नै गर्दैनन् त्यसैले त्यो अनुहार ओइलाएको हुन्छ। कुरै नसोध्य। कन्याले विवाह
गरिन् भने अनुहार हँसिलो हुन्छ। कसैको त विवाहपछि पनि अनुहार मुर्दाजस्तो हुन्छ।
किसिम किसिमका हुन्छन्। कोही त पराई घरमा गएर अलमलिन्छन्। त्यसैले यहाँ पनि यस्तै
छ। बाबालाई याद गर्न मेहनत छ। यो गायन अन्त्यको हो– अतीन्द्रिय सुख गोपी वल्लभका
गोपगोपीहरूलाई सोध। आफूलाई गोपगोपी सम्झनेछन् र निरन्तर बाबालाई याद गर्नेछन्, त्यो
अवस्था हुनेछ। बाबाको परिचय सबैलाई दिनुछ। बाबा आउनुभएको छ उहाँले वर्सा दिइरहनुभएको
छ। यसमा सारा ज्ञान आउँछ। लक्ष्मीनारायणले ८४ जन्म पूरा गरेपछि बाबाले अन्त्यमा आएर
उनीहरूलाई राजयोग सिकाएर राज्य भाग्य दिनुभयो। लक्ष्मीनारायणको यो चित्र हो नम्बरवन।
तिमीलाई थाहा छ उनीहरूले अघिल्लो जन्ममा यस्ता कर्म गरेका छन्, त्यो कर्म अब बाबाले
सिकाइरहनुभएको छ। बाबा भन्नुहुन्छ मनमनाभव, पवित्र होऊ। कुनै पनि पाप नगर किनकि तिमी
अब स्वर्गको मालिक, पुण्यात्मा बन्छौ। आधाकल्प माया रावणले पाप गराउँदै आएको छ। अब
आफैँलाई सोध्नुछ– मबाट कुनै पाप त हुँदैन? पुण्यको काम गरिरहेको छु? अन्धाहरूको
लट्ठी बनेका छु? बाबा भन्नुहुन्छ मनमनाभव। यो पनि सोध्नुपर्छ– मनमनाभव कसले भन्नुभयो?
उनीहरूले भन्छन् श्रीकृष्णले भने। तिमीले मान्छौ परमपिता परमात्मा शिवले भन्नुभयो।
रातदिनको फरक छ। शिवजयन्तीको साथै हुन्छ गीता जयन्ती। गीता जयन्तीको साथै श्रीकृष्ण
जयन्ती।
तिमीलाई थाहा छ हामी
भविष्यमा राजकुमार बन्नेछौँ। कङ्गालबाट राजकुमार बन्नुछ। यो लक्ष्य-उद्देश्य नै
राजयोगको हो। तिमीले सिद्ध गरेर बताऊ, गीताको भगवान श्रीकृष्ण थिएनन्, उहाँ त
निराकार शिव हुनुहुन्थ्यो। त्यसपछी सर्वव्यापीको ज्ञान उडेर जान्छ। सबैको सदगतिदाता,
पतितपावन बाबा हुनुहुन्छ। भन्छन् पनि उहाँ मुक्तिदाता हुनुहुन्छ, फेरि सर्वव्यापी
भनिदिन्छन्। जे जति भन्छन्, तर त्यो कुरा बुझ्दैनन्। धर्मको बारेमा जे आउँछ, त्यो
भनिदिन्छन्। मुख्य धर्म छन् तीन। देवीदेवता धर्म त आधाकल्प चल्छ। तिमीलाई थाहा छ
बाबाले ब्राह्मण, देवता, क्षत्रिय धर्म स्थापन गर्नुहुन्छ। यो दुनियाँलाई थाहा छैन।
उनीहरूले त सत्ययुगलाई नै लाखौँ वर्ष भनिदिन्छन्। आदि सनातन देवीदेवता धर्म हो
सबैभन्दा उच्च, तर यिनीहरू आफ्नो धर्मलाई बिर्सेर धर्मभ्रष्ट बन्न पुगेका छन्।
क्रिस्चियनहरूले आफ्नो धर्मलाई छोड्दैनन्। उनीहरूलाई थाहा छ– क्राइस्टले हाम्रो
धर्म स्थापन गरेका थिए। इस्लामी, बौद्ध, फेरि क्रिस्चियन, यी हुन् मुख्य धर्म। बाँकी
त साना साना धेरै छन्। कहाँबाट वृद्धि भए? यो कसैलाई थाहा छैन। मुहम्मदको पालादेखि
अहिले थोरै समय भएको छ, इस्लामी पुराना हुन्। क्रिस्चियन पनि प्रसिद्ध छन्। बाँकी त
कति धेरै छन्। सबैको आआफ्नो धर्म छ। आफ्ना भिन्न भिन्न धर्म, भिन्न भिन्न नाम छन्
त्यसैले अलमलिएका छन्। यो जान्दैनन्, मुख्य धर्मशास्त्र नै ४ वटा छन्। यसमा देवता
धर्म, ब्राह्मण धर्म पनि आउँछन्। ब्राह्मण सो देवता, देवता सो क्षत्रिय, यो कसैलाई
थाहा छैन। गाउँछन् ब्राह्मण देवताय नमः। परमपिताले ब्राह्मण, देवता, क्षत्रिय धर्मको
स्थापना गर्नुभयो, यी शब्द त छन् तर पढ्छन् सुगाले जसरी।
यो हो काँडाहरूको
जङ्गल। भारतवर्ष फूलहरूको बगैँचा थियो, यो पनि मान्छन्। तर त्यो कहिले, कसरी, कसले
बनाउनुभयो, परमात्मा के चीज हुनुहुन्छ, यो कसैलाई थाहा छैन। त्यसैले टुहुरा भए नि
त्यसो भएकाले यी लडाइँझगडा आदि हुन्छन्। केवल भक्तिमा खुसी भइरहन्छन्। अब बाबा
आउनुभएको छ उज्यालो बनाउन, सेकेन्डमा जीवनमुक्त बनाइदिनुहुन्छ। ज्ञान अन्जन सतगुरु
दिया, अज्ञान अन्धेर विनाश। अहिले तिमीलाई थाहा छ हामी उज्यालोमा छौँ। बाबाले तेस्रो
नेत्र दिनुभएको छ। देखाउन त देवताहरूको तेस्रो नेत्र देखाउँछन् तर अर्थ बुझ्दैनन्।
वास्तवमा तेस्रो नेत्र तिम्रो छ। उनीहरूले फेरि देखाइइदिएका छन् देवताहरूलाई। गीतामा
ब्राह्मणहरूको कुनै कुरा छैन। त्यसमा त फेरि कौरव, पाण्डवहरू आदिको लडाइँ, घोडागाडी
आदि लेखिदिएका छन्, केही पनि बुझ्दैनन्। तिमीले सम्झायौ भने भन्नेछन् तिमीले
शास्त्रहरू आदिलाई मान्दैनौ। तिमीले भन्न सक्छौ हामीले शास्त्रहरूलाई मान्दैनौँ
किनकि हामीले जान्दछौँ– यो सबै भक्तिमार्गको सामग्री हो। गायन गरिएको छ ज्ञान र
भक्ति। रावण राज्य भएपछि भक्ति सुरुहुन्छ। यहाँका मानिसहरू वाममार्गमा गएर
धर्मभ्रष्ट र कर्मभ्रष्ट बन्छन् त्यसैले अहिले हिन्दु भनिदिएका छन्। पतित बनेका छन्।
पतित कसले बनायो? रावणले। रावणलाई जलाउँछन् पनि, सम्झन्छन् यो परम्परादेखि चल्दै
आएको हो। तर सत्ययुगमा त रावण राज्य नै थिएन। केही पनि बुझ्दैनन्। मायाले बिल्कुलै
पत्थरबुद्धि बनाइदिन्छ। पत्थरबाट पारस बाबाले नै बनाउनुहुन्छ। कलियुगमा आउनुहुन्छ
तब त आएर सत्ययुग स्थापन गर्नुहुन्छ। बाबा सम्झाउनुहुन्छ तैपनि धेरै मुस्किलले कसैको
बुद्धिमा बस्छ।
तिमी कुमारीहरूको अब
मगनी हुन्छ। तिमीलाई पटरानी बनाउनुहुन्छ। तिमीलाई भगाउनुभयो अर्थात् तिमी
आत्माहरूलाई भन्नुहुन्छ– तिमी मेरा थियौ फेरि तिमीले मलाई बिर्सियौ। देह अभिमानी
बनेर मायाका बनेका छौ। बाँकी भगाउने आदिको त कुरा छैन। म एकलाई याद गर। याद गर्नमा
नै मेहनत छ। धेरैले देह अभिमानमा आएर विकर्म गर्छन्। बाबालाई थाहा छ यस आत्माले
मलाई याद नै गर्दैन। देह अभिमानमा आएर धेरै पाप गर्छन् त्यसैले पापको घडा सयगुणा
भरिन्छ। अरूलाई बाटो बताउनुको सट्टा आफैँले बिर्सिन्छन्। झन् बढी दुर्गति पाउँछन्।
धेरै उच्च लक्ष्य छ। चढे त चाखे वैकुण्ठ रस, गिरे त चकनाचूर। यहाँ राजधानी स्थापन
भइरहेको छ। हेर यसमा फरक कति पर्छ। कोही त पढेर आकाशमा चढ्छन्, कोही भुइँमा
पछारिन्छन्। बुद्धि मन्द भयो भने पढ्न सक्दैनन्। कुनै कुनैले भन्छन् बाबा हामीले
कसैलाई सम्झाउन सक्दैनौँ। भन्नुहुन्छ अच्छा केवल आफूलाई आत्मा सम्झ, म बाबालाई याद
गर त्यसपछि मैले तिमीलाई सुख दिन्छु। तर याद नै गर्दैनन्। याद गरे पो अरूलाई याद
दिलाइरहन्छन्। बाबालाई याद गरे भने पाप नष्ट हुन्छ। उहाँको यादबिना तिमी सुखधाममा
जान सक्दैनौ। २१ जन्मको वर्सा निराकार बाबाबाट मिल्न सक्छ। बाँकी सबै त अल्पकालको
सुख दिनेवाला हुन्। कसैलाई ऋद्धिसिद्धिबाट बच्चा मिल्यो वा आशीर्वादबाट चिट्ठा
मिल्यो भने बस विश्वास हुन्छ। कसैलाई २-४ करोड फाइदा भयो भने बस धेरै महिमा गर्छन्।
तर त्यो त हो अल्पकालको लागि। २१ जन्मको लागि सुखशान्ति र सम्पत्ति त मिल्न सक्दैन
नि। तर मानिसहरूले जान्दैनन्। दोष पनि दिन सकिँदैन। अल्पकालको सुखमा नै खुसी हुन्छन्।
बाबाले तिमी
बच्चाहरूलाई राजयोग सिकाएर स्वर्गको बादसाही दिनुहुन्छ। कति सहज छ। कसैले त बिल्कुलै
सम्झाउन सक्दैनन्। कसैले बुझ्छन् पनि तर योग पूरा नभएको कारण कसैलाई तीर लाग्दैन।
देह अभिमानमा आएपछि केही न केही पाप भइरहन्छन्। योग नै मुख्य हो। तिमी योगबलले
विश्वको मालिक बन्छौ। प्राचीन योग भगवानले सिकाउनुभएको थियो, न कि श्रीकृष्णले।
यादको यात्रा धेरै राम्रो छ। तिमी नाटक हेरेर आयौ भने बुद्धिमा सारा सामुन्ने आउनेछ।
कसैलाई बताउन टाइम लाग्छ। यो पनि यस्तै हो। बीज र वृक्ष। यो चक्र धेरै स्पष्ट छ।
शान्तिधाम, सुखधाम, दुःखधाम... सेकेन्डको काम हो नि। तर याद रह्यो भने त हो नि।
मुख्य कुरा हो बाबाको परिचय। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमीले सबै थोक
जान्नेछौ। अच्छा।
शिवबाबाले तिमी
बच्चाहरूलाई याद गर्नुहुन्छ, ब्रह्माबाबाले याद गर्दैनन्। शिवबाबालाई थाहा छ हाम्रा
सपुत बच्चाहरू को को हुन्। सेवाधारी सपुत बच्चाहरूलाई त याद गर्नुहुन्छ। यिनले कहाँ
कसैलाई याद गर्छन् र! यिनको आत्मालाई त निर्देशन छ म एकलाई याद गर। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) भाग्यवान बन्नको लागि एक बाबासँग सच्चा सच्चा प्यार गर्नुछ। प्यार गर्नु अर्थात्
पाइला पाइलामा एकको श्रीमतमा नै चलिरहनु।
२) दिनहुँ पुण्यको
काम अवश्य गर्नुछ। सबैभन्दा ठुलो पुण्य हो सबैलाई बाबाको परिचय दिनु। बाबालाई याद
गर्नु र सबैलाई बाबाको याद दिलाउनु।
वरदान:–
आफ्नो दृष्टि
र वृत्तिको परिवर्तनद्वारा सृष्टिलाई परिवर्तन गर्ने साक्षात्कारमूर्त भव
आफ्नो वृत्तिको
परिवर्तनले दृष्टिलाई दिव्य बनायौ भने दृष्टिद्वारा अनेक आत्माहरूले आफ्नो यथार्थ
रूप, यथार्थ घर तथा यथार्थ राजधानी देख्नेछौ। यस्तो यथार्थ साक्षात्कार गराउनको लागि
वृत्तिमा अलिकति पनि देह अभिमानको चञ्चलता नहोस्। त्यसैले वृत्तिको सुधारले
दृष्टिलाई दिव्य बनाऊ अनि यो सृष्टि परिवर्तन हुनेछ। देख्नेहरूले अनुभव गर्नेछन्,
यी नयन होइनन् तर यी एक जादुका डिब्बा हुन्। यी नयन साक्षात्कारका साधन बन्नेछन्।
स्लोगन:–
सेवाको
उमङ्ग-उत्साहको साथै, बेहदको वैराग्यवृत्ति नै सफलताको आधार हो।
अव्यक्त इसारा:– महान्
बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
मधुरताको गुणलाई धारण
गर्नेवाला यहाँ पनि महान् बन्छ र त्यहाँ पनि पद पाउँछ। मधुरतावालाहरूलाई सबैले महान्
रूपले हेर्छन्। त्यसैले यो मधुरताको विशेष गुण हरेक बच्चामा हुनुपर्छ। मधुरताको मधु
जसको साथमा छ उनीहरूका हरेक कार्यमा सफलता नै सफलता हुन्छ। उनीहरूको जीवनबाट असफलता
मेटिनेछ।