01.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
बेहदका बाबाबाट बेहदको वर्सा लिन आएका छौ , यहाँ हदको कुनै कुरा छैन । तिमीले बडो
उमङ्गले बाबालाई याद गर्यौ भने पुरानो दुनियाँ भुल्नेछौ।”
प्रश्न:–
कुन एउटा कुरा
तिमीले बारम्बार आफूले घोटी घोटी पक्का बनाउनुपर्छ?
उत्तर:–
हामी आत्मा
हौं, हामीले परमात्मा बाबाबाट वर्सा लिइरहेका छौं। आत्माहरू हौँ बच्चा, परमात्मा
हुनुहुन्छ बाबा। अहिले बच्चा र बाबाको मिलन भएको छ। यो कुरा बारम्बार घोटी घोटी
पक्का बनाऊ। जति आत्म अभिमानी बन्दै जान्छौ, त्यति देह अभिमान मेटिँदै जान्छ।
गीत:–
जो पिया के
साथ है….
ओम् शान्ति ।
बच्चाहरूलाई
थाहा छ– हामी बाबाको साथमा बसेका छौँ– उहाँ सबैभन्दा बडा बाबा, सबैका बाबा
हुनुहुन्छ। बाबा आउनुभएको छ। बाबाबाट के मिल्छ, यो त प्रश्न नै उठ्दैन। पिताबाट
मिल्छ नै वर्सा। उहाँ सबैका बेहदका बाबा हुनुहुन्छ, जसबाट बेहदको सुख, बेहदको
सम्पत्ति मिल्छ। त्यो हो हदको जायदाद। कसैसँग हजार, कसैसँग ५ हजार होला। कसैसँग
१०-२०-५० करोड, अरब होला। तर ती त सबै हुन् लौकिक पिता र हदका बच्चा। यहाँ तिमी
बच्चाहरूले जान्दछौ– हामी बेहदका बाबाकहाँ आएका छौँ बेहदको सम्पत्ति लिन। दिलमा आश
त हुन्छ नि। स्कुल बाहेक अरू सत्सङ्ग आदिमा कुनै आश हुँदैन। भन्छन्– शान्ति मिलोस्,
त्यो त मिल्न सक्दैन। यहाँ तिमी बच्चाहरूले सम्झन्छौ– हामी आएका छौँ विश्व नयाँ
दुनियाँको मालिक बन्न। नत्र यहाँ किन आउँथ्यौँ। बच्चाहरू कति वृद्धि भइरहन्छन्!
भन्छन्– बाबा हामी त विश्वको मालिक बन्न आएका छौँ, हदको कुनै कुरा नै छैन। बाबा,
हजुरबाट हामी बेहद स्वर्गको वर्सा लिन आएका छौँ। कल्प कल्प हामीले बाबाबाट वर्सा
लिन्छौँ फेरि माया बिरालोले खोसेर लिन्छ। त्यसैले यसलाई हारजीतको खेल भनिन्छ। बाबा
बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। बच्चाहरूले पनि नम्बरवार बुझ्छन्, उहाँ कुनै
साधुसन्त हुनुहुन्न। जस्तो तिम्रो कपडा छ त्यस्तै उहाँको छ। उहाँ त बाबा हुनुहुन्छ
नि। कसैले सोध्लान्– कसको समक्ष जान्छौ? भन्नेछौँ– हामी बापदादाकहाँ जान्छौँ। यो त
फ्यामिली भयो। किन जान्छौ, के लिन जान्छौ? यो त अरू कसैले बुझ्न सक्दैनन्। भन्न
सक्दैनन्– हामी बापदादाकहाँ जान्छौँ, वर्सा उहाँबाट मिल्छ। हजुरबुवाको सम्पत्तिका
सबै हकदार हुन्छन्। शिवबाबाका अविनाशी बच्चा (आत्माहरू) त हौ नै फेरि प्रजापिता
ब्रह्माका सन्तान उहाँ शिवबाबाका नातिनातिना हौ। अहिले तिमीलाई थाहा छ– हामी आत्मा
हौँ। यो त धेरै पक्का अभ्यास गर्नुपर्छ। हामी आत्माहरूले परमात्मा बाबाबाट वर्सा
लिन्छौँ। हामी आत्माहरू आएर बाबासँग मिलेका छौँ। पहिला त शरीरको भान थियो। फलाना
फलाना नामकाले नै सम्पत्ति लिन्छन्। अहिले त हौँ आत्माहरू, परमात्माबाट वर्सा लिन्छौँ।
आत्माहरू हौँ बच्चा, परमात्मा हुनुहुन्छ बाबा। बच्चा र बाबाको धेरै समयपछि मिलन
हुन्छ। एकैपटक मात्र। भक्तिमार्गमा फेरि अनेक आर्टिफिसियल मेला लागिरहन्छन्। यो हो
सबैभन्दा वन्डरफुल मेला। आत्मा, परमात्मा अलग रहे बहुकाल...... को? तिमी आत्माहरू।
यो पनि तिमीले बुझेका छौ– हामी आत्माहरू आफ्नो स्वीट साइलेन्स होमका निवासी हौँ।
अहिले यहाँ पार्ट खेल्दा खेल्दै थाकेका छौं। त्यसैले संन्यासी गुरु आदि समक्ष गएर
शान्ति माग्छन्। सम्झन्छन्– उनीहरू घरबार छोडेर जङ्गलमा जान्छन्, उनीहरूबाट शान्ति
मिल्नेछ। तर यस्तो होइन। अहिले त सबै सहरमा आएका छन्। जङ्गलमा गुफाहरू खाली भएका छन्।
गुरु बनेर बसेका छन्। नत्र उनीहरूलाई निवृत्तिमार्गको ज्ञान दिएर पवित्रता सिकाउनुछ।
आजकाल त हेर, विवाह गराइरहन्छन्।
तिमी बच्चाहरूले त
आफ्नो योगबलद्वारा आफ्ना कर्मेन्द्रियहरूलाई वशमा पार्छौ। कर्मेन्द्रियहरू
योगबलद्वारा शीतल हुन्छन्। कर्मेन्द्रियहरूमा चञ्चलता हुन्छ नि। अब
कर्मेन्द्रियहरूमाथि विजय पाउनुछ, जसबाट कुनै चञ्चलता नहोस्। योगबलद्वारा सिवाए
कर्मेन्द्रियहरू वशमा हुनु असम्भव छ। बाबा भन्नुहुन्छ– कर्मेन्द्रियहरूको चञ्चलता
योगबलद्वारा नै टुट्नेछ। योगबलको तागत त हुन्छ नि। यसमा धेरै मेहनत लाग्छ। पछि गएर
कर्मेन्द्रियहरूको चञ्चलता रहनेछैन। सत्ययुगमा त कुनै अशुद्ध बिमारी हुँदैन। यहाँ
तिमीले कर्मेन्द्रियहरूलाई वश पार्यौ भने कुनै पनि अशुद्ध कुरा त्यहाँ हुँदैन। नाम
नै छ स्वर्ग। त्यसलाई भुल्नाले लाखौँ वर्ष अवधि भनिदिन्छन्। अहिलेसम्म पनि मन्दिर
बनाइरहन्छन्। यदि लाखौँ वर्ष अवधि भएको भए त फेरि कुरा नै याद नहुनुपर्ने। यी
मन्दिर आदि किन बनाउँछन्? त्यहाँ कर्मेन्द्रियहरू शीतल हुन्छन्। कुनै चञ्चलता
हुँदैन। शिवबाबाका त कर्मेन्द्रियहरू छैनन्। बाँकी आत्मामा त सारा ज्ञान छ नि। उहाँ
नै शान्तिको सागर, सुखको सागर हुनुहुन्छ। उनीहरूले भन्छन्– कर्मेन्द्रियहरू वशमा
हुन सक्दैनन्। बाबा भन्नुहुन्छ– योगबलद्वारा तिमीले कर्मेन्द्रियहरूलाई वश पार।
बाबाको यादमा बस। कर्मेन्द्रियहरूबाट कुनै पनि बेकाइदाको काम गर्नुछैन। यस्ता प्यारा
बाबालाई याद गर्दागर्दै प्रेममा आँसु आउनुपर्छ। आत्मा परमात्मामा लीन त हुँदैन। बाबा
एकै पटक मात्र मिल्नुहुन्छ, बाबाले शरीरको लोन लिनुहुन्छ अनि यस्ता बाबाको साथमा कति
प्यारले चल्नुपर्छ। बाबालाई उमङ्ग उत्साह आयो नि। ओहो! बाबाले विश्वको मालिक
बनाउनुहुन्छ फेरि यो धन माल के गर्नेछौँ, छोड सबै। जस्तै पागल हुन्छन् नि। सबैले
भन्न थाले– यिनलाई बसीबसी के भयो। धन्दा आदि सबै छोडेर आए। खुसीको पारो चढ्यो।
साक्षात्कार हुन थाले। राज्यभाग्य मिल्ने छ तर कसरी मिल्नेछ, के हुनेछ? यो केही पनि
थाहा छैन। बस् मिल्नेछ, त्यसै खुसीमा सबै छोडिदिए। फेरि बिस्तारै-बिस्तारै ज्ञान
मिलिरहन्छ। तिमी बच्चाहरू यहाँ स्कुलमा आएका छौ, लक्ष्य उद्देश्य त छ नि। यो हो
राजयोग। बेहदका बाबाबाट राज्यभाग्य लिन आएका छौँ। बच्चाहरूलाई थाहा छ– हामी उहाँबाट
पढ्छौँ, जसलाई याद गर्थ्यौँ– बाबा आएर हाम्रो दु:ख हरेर सुख दिनुहोस्। बच्चीहरूले
भन्छन्– हामीलाई श्रीकृष्णजस्तो बच्चा मिलोस्। अरे त्यो त वैकुण्ठमा मिल्नेछ नि।
श्रीकृष्ण वैकुण्ठका हुन्, उनलाई तिमीले झुलाउँछौ त्यसैले उनीजस्तो बच्चा त
वैकुण्ठमा नै मिल्नेछ नि। अहिले तिमी वैकुण्ठको बादसाही लिन आएका छौ। त्यहाँ अवश्य
प्रिन्स-प्रिन्सेस नै मिल्नेछन्। पवित्र बच्चा मिलोस् भन्ने आश पनि पूरा हुन्छ। हुन
त प्रिन्स-प्रिन्सेस यहाँ पनि धेरै छन् तर नर्कवासी छन्। तिमीले चाहन्छौ
स्वर्गवासीलाई। पढाइ त धेरै सहज छ। बाबा भन्नुहुन्छ– तिमीले धेरै भक्ति गरेका छौ,
धक्का खाएका छौ। तिमी कति खुसीले तीर्थ आदिमा जान्छौ। अमरनाथमा जान्छन्, सम्झन्छन्–
शङ्करले पार्वतीलाई अमरकथा सुनाए। अमरनाथको सच्चा कथा तिमीले अहिले सुन्छौ। यो त
बाबा बसेर तिमीलाई सुनाउनुहुन्छ। तिमी आएका छौ– बाबाकहाँ। तिमीलाई थाहा छ– यो
भाग्यशाली रथ हो, उहाँले यो लोनमा लिनुभएको छ। हामी शिवबाबाको पासमा जान्छौँ, उहाँकै
श्रीमतमा चल्छौँ। जे पनि सोध्नु छ भने बाबासँग सोध्नसक्छौ। भन्छौ– बाबा हामी बोल्न
सक्दैनौँ। यहाँ त तिमीले पुरुषार्थ गर, यसमा बाबाले के गर्न सक्नुहुन्छ।
बाबाले तिमी
बच्चाहरूलाई श्रेष्ठ बन्ने सहज मार्ग बताउनुहुन्छ– एक त कर्मेन्द्रियहरूलाई वशमा
पार, अर्को दैवीगुण धारण गर। कोही रिसाउँछ वा त्यस्तै व्यवहार आदि गर्छ भने नसुन।
एक कानले सुनेर अर्कोबाट निकालिदेऊ। जुन इभिल कुरा मन पर्दैन, त्यसलाई सुन्दै नसुन।
हेर पतिले क्रोध गर्छन्, पिटेछन् भने के गर्नुपर्छ? जब देख्छौ पति रिसाउँछन् तब
उनमाथि फूल बर्साऊ। हाँसिराख। युक्तिहरू त धेरै छन्। कामेशु, क्रोधेशु हुन्छन् नि।
अबलाहरूले पुकार्छन्। एक द्रौपदी होइनन्, सबै हुन्। अब बाबा आउनुभएको छ विकारी
हुनबाट बचाउन। बाबा भन्नुहुन्छ– यस मृत्युलोकमा यो तिम्रो अन्तिम जन्म हो। म तिमी
बच्चाहरूलाई शान्तिधाम लैजान आएको छु। त्यहाँ पतित आत्मा त जान सक्दैन, त्यसैले म
आएर सबैलाई पावन बनाउँछु। जसलाई जुन पार्ट मिलेको छ त्यो पूरा गरेर अब सबै फर्केर
जानुछ। सारा वृक्षको रहस्य बुद्धिमा छ। बाँकी वृक्षका पातहरू कसैले गन्ती गर्न
सक्दैनन्। त्यसैले बाबाले पनि मूल कुरा सम्झाउनुहुन्छ– बीज र वृक्ष। बाँकी मनुष्य त
धेरै छन्। एक-एकको मन भित्रको कुरा कसरी बसेर जान्ने। मनुष्यले सम्झन्छन्– भगवान त
अन्तर्यामी हुनुहुन्छ, हरेकको मनभित्रको कुरा जान्नुहुन्छ। यो सबै हो अन्धश्रद्धा।
बाबा भन्नुहुन्छ–
तिमीले मलाई बोलाउँछौ आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्, राजयोग सिकाउनुहोस्
भनेर। अहिले तिमीले राजयोग सिकिरहेका छौ। बाबा भन्नुहुन्छ– मलाई याद गर। बाबाले यो
मत दिनुहुन्छ नि। बाबाको श्रीमत र गति सबैभन्दा न्यारा छ। मत अर्थात् राय, जसबाट
हाम्रो सद्गति हुन्छ। उहाँ एक बाबा मात्रै हाम्रो सद्गतिदाता हुनुहुन्छ, अरू कोही
छैन। यस समयमा नै बोलाउँछन्। सत्ययुगमा त बोलाउँदैनन्। अहिले नै भन्छन्– सर्वको
सद्गतिदाता एक राम। माला जप्छन्, जप्दाजप्दै फूल आएपछि त्यसलाई राम भनेर आँखामा
लगाउँछन्। जप्नु छ एक फूललाई। बाँकी हुन् उहाँका पवित्र रचना। मालालाई तिमीले
राम्रोसँग जानेका छौ। जसले बाबाको साथमा सर्भिस गर्छन् यो उनीहरूको माला हो।
शिवबाबालाई रचयिता भनिदैन, शिवबाबालाई रचयिता भन्यो भने प्रश्न उठ्नेछ– कहिले रचना
गर्नुभयो? प्रजापिता ब्रह्माले अहिले सङ्गममा नै ब्राह्मणहरूलाई रच्नुहुन्छ नि।
शिवबाबाको रचना त अनादि छँदै छ। केवल पतितबाट पावन बनाउनको लागि बाबा आउनुहुन्छ।
अहिले त हो पुरानो सृष्टि। नयाँमा हुन्छन् देवताहरू। तर शूद्रहरूलाई देवता कसले
बनाउँछ। अहिले तिमीले फेरि बन्छौ। थाहा छ– बाबाले हामीलाई शूद्रबाट ब्राह्मण,
ब्राह्मणबाट देवता बनाउनुहुन्छ। अहिले तिमी ब्राह्मण बनेका छौ, देवता बन्नको लागि।
मनुष्य सृष्टि रच्नेवाला भए ब्रह्मा, जो मनुष्य सृष्टिका हेड हुनुहुन्छ। बाँकी
आत्माहरूका अविनाशी बाबा शिव त हुनुहुन्छ नै। यी सबै नयाँ कुरा तिमीले सुन्छौ। जो
बुद्धिमान् छन् उनीहरूले राम्रोसँग धारण गर्छन्। बिस्तारै बिस्तारै तिम्रो पनि
वृद्धि हुँदै जानेछ। अहिले तिमी बच्चाहरूलाई स्मृति आएको छ, हामी वास्तवमा देवता
थियौँ फेरि ८४ जन्म कसरी लिन्छौँ। सबै रहस्य तिमीलाई थाहा छ। धेरै कुराहरूमा जाने
आवश्यक नै छैन।
बाबाबाट पूरा वर्सा
लिनको लागि मुख्य कुरा बाबा भन्नुहुन्छ– एक त मलाई याद गर, अनि पवित्र बन। स्वदर्शन
चक्रधारी बन र आफूसमान बनाऊ। कति सहज छ। केवल याद रहँदैन। ज्ञान त धेरै सहज छ। अब
पुरानो दुनियाँ खतम हुनेछ। फेरि सत्ययुग नयाँ दुनियाँमा देवीदेवताहरूले राज्य
गर्नेछन्। यस दुनियाँमा पुरानाभन्दा पुराना यी देवताहरूका चित्र छन् वा यिनीहरूका
महल आदि छन्। तिमीले भन्नेछौ– पुरानाभन्दा पुराना हामी विश्वका महाराजा-महारानी थियौँ।
शरीर त खतम भइहाल्छन्। बाँकी चित्र बनाइरहन्छन्। अहिले यो कसैलाई थाहा छैन, यी
लक्ष्मी-नारायण जसले राज्य गर्थे उनीहरू कहाँ गए? राज्यभाग्य कसरी लिए? बिडलाले यति
मन्दिर बनाउँछन्, तर चिन्दैनन्। पैसा मिल्दै जान्छ, बनाइरहन्छन्। सम्झन्छन्– यो
देवताहरूको कृपा हो। एक शिवको पूजा हो अव्यभिचारी भक्ति। ज्ञान दिनेवाला त ज्ञान
सागर एउटै हुनुहुन्छ, बाँकी हो भक्तिमार्ग। ज्ञानद्वारा आधाकल्प सद्गति हुन्छ फेरि
भक्तिको आवश्यक हुँदैन। ज्ञान, भक्ति, वैराग्य। अब भक्तिबाट, पुरानो दुनियाँबाट
वैराग्य। पुरानो अब खतम हुनेछ, यसमा के आसक्ति राखौँ। अब त नाटक पूरा हुन्छ, हामी
जान्छौँ घर। त्यसमा खुसी हुन्छ। कतिले सम्झन्छन्– मोक्ष पाउनु त राम्रो हो फेरि
आउनुपर्दैन। आत्मा बुँद हो जुन सागरमा मिल्छ। यी सबै गफ हुन्। कलाकारले त अवश्य
अभिनय गर्नेछ। जो घर बसिरहन्छ त्यो कुनै कलाकार भयो र! मोक्ष हुँदैन। यो ड्रामा
अनादि बनेको छ। यहाँ तिमीलाई कति ज्ञान मिल्छ। मनुष्यहरूको बुद्धिमा त केही पनि छैन।
तिम्रो पार्ट नै छ– बाबाबाट ज्ञान लिने, वर्सा पाउने। तिमी ड्रामामा बाँधिएका छौ।
पुरुषार्थ अवश्य गर्नेछौ। यस्तो होइन, ड्रामामा रहेछ भने मिल्नेछ। त्यसो हो भने त
बस। तर कर्मबिना कोही रहन सक्दैन। कर्म संन्यास हुनैसक्दैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) योगबलको तागतद्वारा आफ्ना कर्मेन्द्रियहरूलाई शीतल बनाउनुछ। वशमा राख्नुछ। इभिल
कुराहरू न त सुन्नुछ, न सुनाउनुछ। जुन कुरा मन पर्दैन, त्यसलाई एक कानले सुनेर
अर्कोबाट निकालिदिनुछ।
२) बाबाबाट पूरा वर्सा
लिनको लागि स्वदर्शन चक्रधारी बन्नुछ, पवित्र बनेर आफूसमान बनाउने सेवा गर्नुछ।
वरदान:–
मुरलीको
साजद्वारा मायालाई सरेन्डर गराउने मुरलीधर भव
मुरलीहरू त धेरै
सुनेका छौ अब यस्तो मुरलीधर बन, जसले गर्दा माया मुरलीको अगाडि सरेन्डर होस्।
मुरलीको रहस्यको साज (बाजा) सदैव बजाइरह्यौ भने माया सदाको लागि सरेन्डर हुन्छ।
मायाको मुख्य स्वरूप कारणको रूपमा आउँछ। जब मुरलीद्वारा कारणको निवारण मिल्छ तब माया
सदाको लागि समाप्त हुन्छ। कारण खतम अर्थात् माया खतम।
स्लोगन:–
अनुभवी स्वरूप
बन्यौ भने चेहराबाट सौभाग्यको झलक देखिनेछ।