01.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाको श्रीमत छ– यस पुरानो दुनियाँबाट आफ्नो मुख मोड ेर जीवनमुक्तिको लागि तिमीले दैवी आचरण धारण गर ्नुछ ।”

प्रश्न:–
कुन आचरण बाबाबाहेक अरू कसैले पनि सिकाउन सक्दैन?

उत्तर:–
पवित्र बन्नु र बनाउनु– यो सबैभन्दा ठुलो दैवी आचरण हो। तिमी घर गृहस्थमा रहेर पवित्र बन, यो शिक्षा एक बाबाले नै दिनुहुन्छ, अरू कसैले दिन सक्दैन। तिमी बच्चाहरूको बेहदको संन्यास हो। तिमीले यस पुरानो दुनियाँलाई नै बुद्धिद्वारा बिर्सन्छौ। तिमीलाई थाहा छ– पवित्रताको धारणाबाट बाँकी सबै आचरण स्वतः आउँछन्।

गीत:–
आज अन्धेरे में हैं हम इंसान...

ओम् शान्ति ।
बच्चाहरूले गीतको एक लाइन सुन्यौ। एकातिर छ सारा दुनियाँ– भक्तिमार्गका मानिसहरू र अर्कातिर छौ तिमी ज्ञानमार्गका बच्चाहरू। उनीहरू भक्तिको सिँढी चढिरहन्छन् र तिमी बच्चाहरू फेरि ज्ञानको सिँढी चढ्छौ। भक्तिको सिँढी ओर्लन्छौ। तिमी बच्चाहरूलाई थाहा छ– आधाकल्पदेखि भक्तिको सिँढी चढ्नुपर्ने हुन्छ। भक्ति पनि पहिला अव्यभिचारी हुन्छ, पछि व्यभिचारी बन्छ। मानिसहरू बिल्कुलै अन्धश्रद्धामा आउँछन्। केही पनि बुझ्दैनन्। गाउँछन् पनि– हामी अन्धकारमा छौँ। सद्गुरुबिना घोर अन्धकार। गुरु त यहाँ धेरै छन्। अब सच्चा गुरु को हुनुहुन्छ? साधुसन्त, महात्मा, भक्त आदि सबैले साधना गर्छन् अथवा याद गर्छन्। शास्त्र, वेद, उपनिषद् आदि पढ्छन् तैपनि भन्छन्– भगवान् आएपछि मात्रै हाम्रो सद्गति गर्नुहुन्छ। सद्गतिदातालाई नै पतितपावन भनिन्छ। अहिले तिमी बच्चाहरू घोर अन्धकारमा छैनौ। तिमी ज्ञानको उज्यालोमा आएका छौ। पतितपावन बाबालाई चिनेका छौ र उहाँलाई याद गर्छौ। जति जसले याद गर्छ र ज्ञानको धारणा गर्छ त्यति उसको अज्ञान अन्धकार विनाश हुन्छ। अब उज्यालोमा लैजाने एउटै बाबा हुनुहुन्छ। ज्ञान अंजन सतगुरू दिया... कुनै गाजल (सुरमा) होइन। यो ज्ञानको कुरा हो। ज्ञानको साथै योग पनि हुन्छ। अवश्य जसले भक्ति सिकाउँछन्, उनीहरूसँग पनि योग हुन्छ। अब तिमी बच्चाहरूको बुद्धियोग लागेको छ, निराकार परमपिता परमात्मासँग। तिमीहरूमा पनि नम्बरवार छौ। तिमी बच्चाहरू सिवाय अरू कुनै मनुष्य मात्रको सर्वशक्तिमान परमपिता परमात्मासँग योग छँदैछैन। तिमीले बाबासँग र मुक्ति, जीवनमुक्तिधामसँग योग लगाउनुपर्छ। जीवनमुक्तिको लागि धेरै राम्रो दैवी आचरण पनि हुनुपर्छ। यस समयमा त सबै आसुरी आचरणका छन्। परमपिता परमात्माको पनि गुण गायन गरिन्छ नि। मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ, सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, आनन्दको सागर, ज्ञानको सागर हुनुहुन्छ। सदा पवित्रताको सागर हुनुहुन्छ। उहाँको यो पद अविनाशी छ, अरू कुनै मानिसको यो अविनाशी पद हुन सक्दैन। चाहे अहिले तिमी ज्ञानको सागर, पवित्रताको सागर बन्छौ, तर सीमित हदमा बन्छौ। बाबा भन्नुहुन्छ– म बेहद छु। तिमीलाई असीमित बनाउन सक्दिनँ। नत्र फेरि सृष्टिको खेल कसरी चल्छ? ८४ जन्म कसरी भोग्छौ? तिमी सदाको लागि बेहद बन्न सक्दैनौ। तिमीलाई सीमित समयको लागि बनाउँछु, २१ जन्मको लागि तिमी हद बन्छौ। २१ पिँढी पनि लेखिएको छ। तिमी सदाको लागि बन्ने नियम यो ड्रामामा छैन। म त हुँ नै सदा पवित्र। म रहन्छु नै परमधाममा। मसँग ज्ञान, पवित्रता आदि सदा भइ नै रहन्छ। तिमीले भुल्छौ त्यसैले यस समयमा बाबा आएर तिमी बच्चाहरूलाई घोर अन्धकारबाट निकालेर ज्ञान र योगले पवित्र बनाउनुहुन्छ, अरू कसैले यस्तो भन्न सक्दैनन्– म परमधामबाट आएको हुँ, अब मलाई याद गर। कसैले यी मेरा महावाक्यहरूको नक्कल गर्न सक्दैनन्। म आउँछु नै तिमी बच्चाहरूलाई २१ जन्मको लागि राजाहरूको राजा बनाउन। त्यसैले बन्नुपर्छ नि। बन्छन् पनि उनीहरू जो कल्प पहिला बनेका छन्।

तिमीलाई थाहा छ– कति बच्चाहरू पवित्र बन्छन्, कति अजामिल जस्ता पापी बन्छन्। कति अशुद्ध मैला बन्छन्। बाबा आएर मैला कपडाहरू सफा गर्नुपर्छ। आत्मा नै मैलो बन्छ। बाबाले आत्मालाई सम्झाउनुहुन्छ– तिमीलाई मायाले कति मैलो बनाएको छ, केवल एक यस जन्मको कुरा होइन। यो त जन्मजन्मान्तरको कुरा हो, जहाँ आत्मालाई सफा गर्नको लागि लक्स साबुन दिन्छु। मलाई याद गरेमा तिम्रो आत्मा जुन निभ्नै लागेको छ, जति जति बाबालाई याद गर्छौ त्यति त्यो आत्मा यस योगले जाग्छ। बाबाले स्मृति दिलाउनुहुन्छ– तिमीलाई मैले स्वर्गमा पठाएको थिएँ फेरि मायाले मैलो बनाइदिएको छ। अब फेरि म तिमीलाई स्वर्गको मालिक बनाउन आएको छु। मैले यस ब्रह्माको तनबाट शिक्षा दिइरहेको छु। बाबाले आत्मासँग कुरा गर्नुहुन्छ, हे प्यारा बच्चाहरू! लौकिक पितालाई भुल। देहसहित देहका सबै सम्बन्धीहरूलाई भुलेर म बाबालाई याद गर्छौ भने तिम्रो आत्मा सफा हुँदै जान्छ। फेरि भविष्यमा तिमीलाई नयाँ शरीर पनि मिल्नेछ। त्यसपछि तत्त्व आदि सबै नयाँ सतोप्रधान हुनेछन्। बाबा भन्नुहुन्छ– अब यस पुरानो दुनियाँलाई भुल्दै जाऊ। मलाई याद गरेमा तिमी मकहाँ आएर फेरि स्वर्गमा जानेछौ। यो पुरानो दुनियाँ हो। यस दुनियाँमा कुनै चीज बनाए भने त्यसमा नयाँ नाम राखिदिन्छन्। जस्तै नयाँ दिल्ली, पुरानो दिल्ली भन्छन्। तर दुनियाँ त पुरानो छ नि। अब तिमी बच्चाहरूको बुद्धियोग यस पुरानो दुनियाँबाट बिल्कुलै हट्नुपर्छ। हामी आत्माहरूको स्विट होम वा निर्वाणधाम छ, हामी त्यहाँ जानु छ। आफूलाई आत्मा निश्चय गर्नुपर्छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा अन्त्य मति सो गति हुन्छ। मानिसहरूले अनेकौँलाई याद गर्छन्। कसैले कुनै गुरुलाई, कसैले श्रीकृष्णलाई। श्रीकृष्ण आदि कहाँ गए? यो कसैलाई थाहा छैन। यो बुझ्दैनन्– पुनर्जन्ममा सबै आउनुपर्छ। यो रसमरिवाज सृष्टिको आदिदेखि चलिआएको छ। सत्ययुग आदिमा देवीदेवताहरू हुन्छन्, अवश्य पुनर्जन्म त्यहाँबाट नै सुरु भएको होला। पहिला सुरुमा हुन्छन् श्रीकृष्ण पहिलो पवित्र मनुष्य, उनको महिमा धेरै छ। लक्ष्मी-नारायणको त्यति छैन किनकि बच्चाहरू पवित्र सतोप्रधान हुन्छन् त्यसैले महिमा बच्चाहरूको गायन गरिन्छ। श्रीकृष्णको धेरै महिमा छ। तर यो जान्दैनन्– कृष्णपुरी कहाँ छ। सत्ययुगलाई वैकुण्ठ पनि भन्छन्, फेरि थाहा छैन श्रीकृष्णलाई किन द्वापरमा हुन्छन् भनिदिएका छन्। त्यही चीज अर्को कुनै नाम, रूप, देशमा आउन सक्दैन। त्यही नाम रूप अर्को जन्ममा हुन सक्दैन। श्रीकृष्ण त सत्ययुगमा थिए। तिमीलाई थाहा छ– यिनी जगदम्बा, जगत्पिता गएर लक्ष्मीनारायण बन्छन्। सत्ययुगलाई कृष्णपुरी भनिन्छ। अहिले हो कंसपुरी। यी सबै आसुरी नाम हुन्। त्यहाँ थिए दैवी सम्प्रदाय, यहाँ छन् आसुरी सम्प्रदाय। सङ्गममा बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– उहाँ बाबा हुनुहुन्छ रचयिता। उहाँलाई भनिन्छ– मनुष्य सृष्टिको बीजरूप। त्यसैले अवश्य नयाँ मनुष्य सृष्टि रच्नुहुन्छ। तिमीले गाउँछौ पनि– बाबा हजुर पतितपावन हुनुहुन्छ। आएर यस पतित सृष्टिलाई पावन बनाउनुहोस्! पावन सृष्टि रचेर पतित सृष्टिको विनाश गराउनुहोस्! अवश्य ब्रह्माद्वारा पावन सृष्टि रचेर शङ्करद्वारा पतित सृष्टिको विनाश गराउनुहुन्छ। यी कुरा अरू कसैलाई थाहा छैन। अहिले तिमी बच्चाहरूले बाबासँग योग लगाउँछौ। तिमीले देख्छौ बाबाले मैला कपडा (आत्मा) हरूलाई पछार्नुहुन्छ। कोही त फाट्छन्, कोही च्यातिन्छन्। कोही त धेरै मैला, अजामिलजस्ता पापी छन्, जसमा बिल्कुलै धारणा हुँदैन। बाबाले कति राम्रा कुरा सम्झाउनुहुन्छ। अति प्यारा बच्चाहरू! परमप्रिय बाबालाई याद गर। परमप्रिय सुखधामलाई याद गर। यो पनि तिमीलाई अहिले थाहा भएको छ। दुनियाँमा कसैलाई थाहा छैन। यहाँ त अहिले अति दुःखधाम छ। मानिसहरूले त्राहि त्राहि गरिरहन्छन्, आपसमा काटमार गरिरहन्छन्। फेरि भन्छन् भगवान् रक्षा गर्नुहोस्! यो अवश्य मुखबाट निस्कन्छ। बाबा त मुक्तिदाता हुनुहुन्छ।

तिमीलाई थाहा छ– बाबा आउनुभएको छ विशेषगरी हामी बच्चाहरूलाई र सामान्यतया सबैलाई सुखधाममा लैजानको लागि। तिमी बच्चाहरूमा पनि नम्बरवार छौ जसलाई यो नसा छ। यो पढाइ कुनै कम होइन, पढाउनुहुन्छ पनि हेर कसलाई। अजामिलजस्ता पाप आत्माहरूलाई पढाएर स्वर्गको मालिक बनाइदिनुहुन्छ। तमोप्रधान त सबै छन्, उनीहरूलाई सतोप्रधान दुनियाँमा लैजानुपर्छ। बच्चाहरूलाई बारम्बार सम्झाउनुहुन्छ– यहाँ दैवीगुण धारण गर्नु छ। यहाँ तिम्रो लक्ष्य बुद्धिमा छ। यो पवित्रताको आचरण अरू कसैले सिकाउँदैनन्। संन्यासीले त घरबार छुटाउँछन्। यहाँ बाबा भन्नुहुन्छ– तिमीले घरबार छोड्नुपर्दैन। तिमीले त यस पुरानो दुनियाँलाई छोड्नु छ। त्यो हो हदको संन्यास, यो हो बेहदको संन्यास। ती संन्यासीहरूलाई पनि कति मान मिल्छ। साधु समाजले सरकारलाई पनि मत (राय) दिन्छन्। पछि गएर यी संन्यासी आदि पनि तिमी माताहरूको चरणमा पर्नेछन्। माताहरू बिना उनीहरूको उद्धार हुन सक्दैन किनकि तिमीले ज्ञान दिन्छौ। बाँकी चरणमा पर्ने कुरा होइन। हो कसैले नमस्ते वा राम राम भन्छन् भने जवाफ त दिनुपर्छ। बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू नमस्ते! मैले तिमी बच्चाहरूलाई आफूभन्दा पनि उच्च बनाउँछु। तिमीलाई ब्रह्माण्ड र सृष्टि दुवैको मालिक बनाउँछु र म वानप्रस्थमा जान्छु। तर तिमी पनि श्रीमतमा चल्नुपर्छ। यस पुरानो दुनियाँबाट मुख मोड्नुपर्छ। राम, रावण र सीताको खेलौना छ नि। सीता रावणतिरबाट विमुख हुन्छिन्, रामतिर फर्कन्छिन्। श्रीकृष्णको पनि चित्र छ– नर्कलाई लात मारिरहेका छन् र स्वर्गको गोला हातमा छ। बाबाले धेरै राम्रोसँग सम्झाउनुहुन्छ तर विरलै व्यापारीले यो व्यापार गर्छन्। बाबालाई आफ्नो पुरानो तन-मन-धन दिएर नयाँ लिन्छन्। यो ठुलो पहिलो दर्जाको बिमा हो। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो आत्मा पवित्र बनायौ भने फेरि शरीर पनि पवित्र मिल्नेछ। फेरि तिमीले स्वर्गमा राज्य गर्नेछौ त्यसैले उहाँलाई सौदागर, जादुगर भनिन्छ। पतितलाई पावन बनाउनु– यो ईश्वरीय जादुगरी भनिन्छ नि। बाबा भन्नुहुन्छ– नर्कवासीहरूलाई स्वर्गवासी बनाउनु यो कस्तो पहिलो दर्जाको जादु हो। यसमा प्राप्ति धेरै छ। बाबा भन्नुहुन्छ– राजाहरूको राजा बन, फलो गर। बाबा बस्नुभएको छ नि। यिनी अधरकुमार हुन्, मम्मा कुमारी कन्या हुन्। त्यसैले फलो गर्नुपर्छ। वर्सा बाबाबाट मिल्छ। तिमीले भन्छौ हामी भाइबहिनीले बाबाबाट वर्सा लिन्छौँ। त्यसो त लौकिक रीतिमा बहिनीलाई वर्सा मिल्दैन, भाइलाई वर्सा मिल्छ। यहाँ त तिमीहरू सबैलाई मिल्छ किनकि तिमी सबै आत्माहरू हौ नि। बाबा भन्नुहुन्छ– तिमी सबै मकहाँ आउनु छ। त्यसपछि त यो भाइ-बहिनीको नाता पनि टुट्छ। त्यहाँ हुन्छ बाबा र बच्चाहरूको नाता, त्यसैले निर्वाणधाममा भन्छन् हामी सबै भाइ भाइ हौँ। यदि ईश्वरलाई सर्वव्यापी भन्ने हो भने फेरि पितृत्व हुन्छ। यस सर्वव्यापीको ज्ञानले कति नोक्सान पारेको छ।

अहिले तिमी बच्चाहरूसँग बाबाको याद छ। बाबालाई याद गर्नमा नै बढी मेहनत हुन्छ। यस्तो पनि होइन, तिमीलाई कसैले नेष्ठामा बसाउँछ। तिमीलाई त लक्ष्य मिलेको छ। यहाँ त तिमी बसेर केवल मुरली सुनाउँछौ। योग त तिम्रो सदैव हुन्छ। मुरली सुन्यो फेरि हिँड्दाडुल्दा यादमा रहनु छ। हामी यात्रामा गइरहेका छौँ। जति सकिन्छ यादमा रहनु छ। ८ घण्टा सेवा गर, त्यो पनि छुट छ। बाँकी टाइम दिनु छ। मूल कुरा नै पवित्रताको हो। तिमीलाई थाहा छ यो काँडाहरूको जङ्गल हो। एकअर्कालाई काँडाले घोचिरहन्छन्। अब बाबा भन्नुहुन्छ– श्रीमतमा चल। शिवबाबाले पनि कुरा गर्नुहुन्छ। ब्रह्माले पनि कुरा गर्छन् तर तिमीलाई थाहा छ शिवबाबाले हामीलाई पढाउनुहुन्छ, तिमी विद्यार्थीहरू हौ। तिमीले भन्छौ– उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर र सद्गुरु पनि हुनुहुन्छ। ग्यारेन्टी गर्नुहुन्छ– तिमीलाई फर्काएर लैजान्छु। यस्तो कसैले ग्यारेन्टी गर्न सक्दैन। यो कुरा बाबाले नै भन्नुहुन्छ– उहाँ परमपिता परमात्माले नै सुखदायी धर्म स्थापन गर्नुहुन्छ। उहाँ बाबालाई कसैले चिन्दैनन्। बाबालाई चिने भने बाबाको सम्पत्तिलाई पनि चिन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) लक्ष्यलाई सदा सामुन्ने राखेर दैवीगुण धारण गर्नुछ। सतोप्रधान दुनियाँमा जानको लागि पवित्रताको आचरण अपनाउनु छ। बुद्धिबाट बेहदको संन्यास गर्नु छ।

२) परमप्रिय बाबालाई र आफ्नो सुखधामलाई याद गर्नु छ। यस दुःखधामबाट बुद्धिको योग निकालिदिनु छ।

वरदान:–
सबैको गुण देख्ने वा सन्तुष्ट पा र्ने चाहनाद्वारा सदा एकरस उत्साहमा रहने गुणमूर्त भव

सदा एकरस उमङ्ग-उत्साहमा रहनको लागि जति पनि सम्बन्धमा आउँछन् उनीहरूलाई सन्तुष्ट पार्ने चाहना राख। जसलाई पनि देख्छौ उनीहरूबाट हर समय गुण लिइराख। सबैको गुणको बल मिलेमा सदाकालको लागि उत्साह हुन्छ। अरूका भिन्न भिन्न स्वरूप, भिन्न भिन्न कुरा देखेपछि वा सुनेपछि उत्साह कम हुन्छ। तर गुण देख्ने उत्कण्ठा भयो भने एकरस उत्साह हुन्छ र सबैको गुण देख्नाले स्वयं पनि गुणमूर्त बन्छौ।

स्लोगन:–
बेहदको वैराग्यवृत्तिको जग मजबुत भयो भने सेकेन्डमा अशरीरी बन्न सहज हुन्छ।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

आफ्नो यस अनुहारलाई सदैव हर्षित बनाउनु– यो सङ्गमयुगको सबैभन्दा ठुलो उपहार हो। अनुहारमा कहिल्यै पनि कुनै चिन्ताका रेखा नहुन्। जसरी सम्पूर्ण चन्द्रमा कति सुन्दर देखिन्छ, त्यसरी नै तिम्रो अनुहार पनि सदैव हर्षित रहोस्। अनुहार यस्तो चम्किलो होस् जसले गर्दा अरूले पनि तिम्रो अनुहारमा आफ्नो रूप देख्न सक्छन्, यसको लागि आफ्नो स्वभावलाई सरल बनाऊ, सहनशील बन।