01.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
शान्तिधाम पावन आत्माहरूको घर हो , त्यस घरमा जा नको लागि सम्पूर्ण पावन बन।”
प्रश्न:–
बाबाले सबै
बच्चाहरूलाई कुनचाहिँ ग्यारेन्टी दिनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! तिमीले मलाई याद गर्यौ भने म ग्यारेन्टी गर्छु– सजाय नखाइ तिमी मेरो घरमा
जान्छौ। तिमीले एक बाबासँग दिल लगाऊ, यस पुरानो दुनियाँलाई देखेर पनि नहेर, यस
दुनियाँमा रहेर पवित्र बनेर देखायौ भने बाबाले अवश्य तिमीलाई विश्वको बादसाही दिनु
हुन्छ।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूसँग रुहानी बाबाले सोधिरहनु भएको छ, यो त बच्चाहरूले जानेका छौ बाबा आउनु
भएको छ, हामी बच्चाहरूलाई आफ्नो घर लैजानको लागि, अब तिमीहरूलाई घर जान मन लाग्छ?
त्यो हो सबै आत्माहरूको घर। यहाँ सबै जीव आत्माहरूको एउटै घर छैन। यो त जानेका छौ–
बाबा आउनु भएको छ। हामीलाई घर अर्थात् शान्तिधाम लैजानुहोस्। यसरी बाबालाई
निमन्त्रण गरेर बोलाएका थियौ। अब बाबा भन्नुहुन्छ– आफ्नै मनसँग सोध– हे आत्माहरू!
तिमी पतितहरू कसरी जान सक्छौ? पावन त अवश्य बन्नु छ। अब घर जानु छ अरू त केही कुरा
भन्नुहुन्न। भक्ति मार्गमा तिमीले यति धेरै समय पुरुषार्थ गरेका छौ, के को लागि।
मुक्तिको लागि। त्यसैले अब बाबा सोध्नुहुन्छ– घर जाने विचार छ? बच्चाहरूले भन्छन्–
बाबा, यसको लागि नै त यति भक्ति गरेका हौं। यो पनि जानेका छौ– जति पनि जीव आत्माहरू
छन्, सबैलाई लैजानु छ। तर पवित्र बनेर घर जानु छ फेरि पवित्र आत्माहरू नै सबै भन्दा
पहिला आउँछन्। अपवित्र आत्माहरू त घरमा रहन सक्दैनन्। अहिले जति पनि करोडौँ आत्माहरू
छन्, सबै घर अवश्य जानु छ। त्यस घरलाई शान्तिधाम वा वानप्रस्थ भनिन्छ। हामी आत्माहरू
पावन बनेर पावन शान्तिधाम जानु छ। कति सहज कुरा छ। त्यो हो आत्माहरूको पावन
शान्तिधाम। अनि त्यो हो जीव आत्माहरूको पावन सुखधाम। यो हो पतित दु:खधाम जीव
आत्माहरूको। यसमा अल्मलिनु पर्ने त कुरै छैन। शान्तिधाम जहाँ सबै पवित्र आत्माहरू
निवास गर्छन्। त्यो हो आत्माहरूको पवित्र दुनियाँ– निर्विकारी, निराकारी दुनियाँ।
यो पुरानो दुनियाँ हो सबै जीव आत्माहरूको। यहाँ सबै पतित छन्। अब बाबा आउनु भएको छ
आत्माहरूलाई पावन बनाएर पावन दुनियाँ शान्तिधाममा लैजान। फेरि जसले राजयोग सिक्छन्
उनीहरू नै पावन सुखधाममा आउने छन्। यो त धेरै सहज छ, यसमा कुनै पनि कुराको विचार
गर्नु छैन। बुद्धिले बुझ्नु छ। हामी आत्माहरूको बाबा आउनु भएको छ, हामीलाई पावन
शान्तिधाम लैजान। त्यहाँ जाने मार्ग जुन हामीले भुलिसकेका थियौँ, त्यो अहिले बाबाले
बताउनु भएको छ। कल्प कल्प म यसरी नै आएर भन्छु– हे बच्चाहरू! म शिवबाबालाई याद गर।
सर्वको सद्गतिदाता एक सद्गुरु हुनुहुन्छ। उहाँ नै आएर बच्चाहरूलाई सन्देश अथवा
श्रीमत दिनु हुन्छ– प्यारा बच्चाहरू! अब तिमीले के गर्नु छ? आधाकल्प तिमीले धेरै
भक्ति गरेका छौ, दु:ख पाएका छौ। खर्च गर्दा गर्दा कङ्गाल बनेका छौ। आत्मा पनि
सतोप्रधानबाट तमोप्रधान बनेको छ। बस्, यति थोरै कुरा नै बुझ्नु पर्ने हुन्छ। अब घर
जानु छ वा छैन? हो बाबा, अवश्य जानु छ। त्यो हाम्रो स्वीट साइलेन्स होम हो। यो पनि
जानेका छौ– अहिले हामी पतित छौँ त्यसैले जान सक्दैनौँ। अब बाबा भन्नुहुन्छ– मलाई
याद गर्यौ भने तिम्रो पाप काटिन्छ। कल्प कल्प यही सन्देश दिन्छु। आफूलाई आत्मा सम्झ,
यो देह त खलास हुनु छ। बाँकी आत्माहरू फर्केर जानु छ। त्यसलाई भनिन्छ निराकारी
दुनियाँ। सबै निराकारी आत्माहरू त्यहाँ रहन्छन्। त्यो घर हो आत्माहरूको। निराकार
बाबा पनि त्यहाँ रहनु हुन्छ। बाबा आउनु हुन्छ सबै भन्दा पछि किनकि फेरि सबैलाई
फर्काएर लैजानु छ। एउटा पनि पतित आत्मा रहँदैन, यसमा कुनै अलमलमा पर्ने वा तकलिफको
कुरा छैन। गायन पनि गर्छन्– हे पतित-पावन! आएर हामीलाई पावन बनाएर साथमा लैजानुहोस्।
सबैको पिता हुनुहुन्छ नि। फेरि जब हामी नयाँ दुनियाँमा पार्ट खेल्न आउछौँ, त्यहाँ
धेरै कम रहन्छन्। बाँकी यति धेरै करोडौँ आत्माहरू कहाँ गएर बस्छन्? यो पनि जानेका
छौ– सत्ययुगमा थोरै जीव आत्माहरू थिए, सानो वृक्ष थियो फेरि वृद्धि हुँदै गयो।
वृक्षमा अनेक धर्महरूको भेराइटी छ। यसलाई नै कल्पवृक्ष भनिन्छ। केही पनि यदि बुझेनौ
भने सोध्न सक्छौ। कति जनाले भन्छन्– बाबा! हामीले कल्पको अवधि ५ हजार वर्ष कसरी मानौं?
हेर, बाबाले त सत्य नै सुनाउनु हुन्छ। चक्रको हिसाब पनि बताउनु भएको छ।
यस कल्पको सङ्गममा नै
बाबा आएर दैवी राजधानी स्थापना गर्नुहुन्छ, जुन अहिले छैन। सत्ययुगमा फेरि एक दैवी
राजधानी हुन्छ। यस समयमा तिमीलाई रचयिता र रचनाको ज्ञान सुनाउनु हुन्छ। बाबा
भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु। नयाँ दुनियाँको स्थापना गर्छु।
पुरानो दुनियाँ खतम हुनु छ। ड्रामा योजना अनुसार, नयाँबाट पुरानो, पुरानोबाट नयाँ
बन्छ। यसका पूरा ४ भाग पनि छन् जसलाई स्वस्तिक पनि भन्छन् तर केही पनि बुझेका छैनन्।
भक्तिमार्गमा त गुडियाको खेल खेलिरहन्छन्। तिनका अथाह चित्र छन्। तिहारमा विशेष पसल
खोल्छन्, जसका अनेकानेक चित्र छन्। अहिले तिमीले बुझेका छौ– एक शिवबाबा अनि हामी
बच्चाहरू छौं। फेरि यहाँ आएपछि लक्ष्मी-नारायणको राज्य, अनि फेरि राम-सीताको राज्य,
फेरि त्यसपछि अरू अरू धर्म आउँछन्, जससँग तिमी बच्चाहरूको सम्बन्ध नै छैन। उनीहरू
आ-आफ्नो समयमा आउँछन् फेरि सबै फर्केर जानु छ। तिमी बच्चाहरू पनि अब घर जानु छ। यो
सारा दुनियाँ विनाश हुनु छ। अब यसमा के रहने छ र। यस दुनियाँसँग दिल नै लाग्दैन।
दिल लगाउनु छ एक प्रियतमसँग, उहाँले भन्नुहुन्छ– म एकसँग दिल लगायौ भने तिमी पावन
बन्छौ। अब धेरै गयो थोरै रहेको छ, समय बित्दै गइरहेको छ। योगमा रहेका छैनन् भने फेरि
अन्त्यमा उनीहरूले धेरै पश्चात्ताप गर्नेछन्, सजाय खान्छन्, पद पनि भ्रष्ट हुन्छ।
यो पनि तिमीलाई अहिले थाहा भएको छ– हामीले आफ्नो घर छोडेको कति समय भयो। घर जानको
लागि नै त मेहनत गर्छन् नि। बाबा पनि घरमा नै मिल्नुहुन्छ। सत्ययुगमा त मिल्नुहुन्न।
मुक्तिधाममा जानको लागि मनुष्यहरूले कति मेहनत गर्छन्। त्यसलाई भनिन्छ भक्तिमार्ग।
अब भक्तिमार्ग समाप्त हुनु छ, ड्रामा अनुसार। अब म तिमीलाई घर लैजानको लागि आएको
छु। अवश्य लैजान्छु। जति जो पावन बन्छन् त्यति उच्च पद पाउने छन्। यसमा अलमलिने कुरै
छैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले मलाई याद गर, मैले ग्यारेन्टी गर्छु–
तिमीहरूले सजाय नखाइ घर जान्छौ। यादले तिम्रा विकर्म विनाश हुन्छन्। यदि याद गरेनौ
भने सजाय खानु पर्नेछ, पद पनि भ्रष्ट हुन्छ। हरेक ५ हजार वर्षपछि म यहाँ नै आएर
सम्झाउँछु। म अनेकानेक पटक आएको छु तिमीलाई फर्काएर लैजान। तिमी बच्चाहरूले नै
हारजितको पार्ट खेल्छौ, फेरि म आउँछु लैजान। यो हो पतित दुनियाँ, त्यसैले गायन पनि
छ पतित-पावन आउनुहोस्, हामी विकारी पतित छौं, आएर निर्विकारी पावन बनाउनुहोस्। यो
हो विकारी दुनियाँ। अहिले तिमी बच्चाहरू सम्पूर्ण निर्विकारी बन्नु छ। जो पछाडि
आउँछन् उनीहरू सजाय खाएर जान्छन्, त्यसैले फेरि आउँछन् पनि यस्तो दुनियाँमा जहाँ
दुई कला कम हुन्छ। उनीहरूलाई सम्पूर्ण पवित्र भनिदैन त्यसैले अब पुरुषार्थ पनि पूरा
गर्नुपर्छ। यस्तो नहोस्– पद सानो हुन जाओस्। ठिक छ, रावण राज्य त हुँदैन तर पद त
नम्बरवार हुन्छ नि। आत्मामा खाद (मिसावट) परेपछि फेरि उसलाई शरीर पनि त्यस्तै मिल्छ।
आत्मा गोल्डन एजेडबाट सिल्वर एजेड बन्छ। आत्मामा चाँदीको खादपर्छ फेरि दिनप्रतिदिन
धेरै छि: छि: खाद पर्छ अपवित्रता मिसावटको। बाबाले धेरै राम्रोसँग सम्झाउनु हुन्छ।
कसैले बुझेनौ भने हात उठाऊ। जसले ८४ जन्मको चक्कर लगाएका छन्, उनीहरूलाई नै
सम्झाउँछु। बाबा भन्नुहुन्छ– यिनको ८४ जन्मको अन्त्यमा म आएर प्रवेश गर्छु। यिनलाई
नै फेरि पहिलो नम्बरमा आउनु छ। जो प्रथम थिए, उनै अन्तिममा छन्। उनलाई नै पहिलो
नम्बरमा जानु छ, जो धेरै जन्मको अन्त्यमा पतित बनेका छन्, म पतित-पावन उनैको शरीरमा
आउँछु, उनलाई पावन बनाउँछु। कति स्पष्ट पारेर सम्झाउँछु।
बाबा भन्नुहुन्छ–
मलाई याद गर्यौ भने तिम्रो पाप भस्म हुन्छ। गीताको ज्ञान त तिमीले धेरै सुन्यौ र
सुनायौ तर त्यसबाट तिमीले सद्गति पाएनौ। धेरै संन्यासीहरूले तिमीलाई मीठो आवाजले
शास्त्र सुनाए, जुन आवाजलाई सुनेर ठुला ठुला मानिसहरू गएर जम्मा हुन्छन्। कनरस हो
नि। भक्तिमार्ग हो नै कनरस। यसमा त आत्माले बाबालाई याद गर्नु छ। भक्तिमार्ग अब पूरा
हुन्छ। बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूलाई ज्ञान दिन आएको छु, जुन कसैले बुझ्दैनन्।
म नै ज्ञानको सागर हुँ। ज्ञान भनिन्छ नलेजलाई। तिमीलाई सबैथोक पढाउँछु। ८४ को चक्र
पनि सम्झाउँछु, तिमीमा सारा ज्ञान छ। स्थूलवतन देखि सूक्ष्मवतन पार गरेर फेरि
मूलवतनमा जान्छौ। पहिला सुरु मा हुन्छ लक्ष्मी-नारायणको राज्य। त्यहाँ विकारी
बच्चाहरू हुँदैनन्, रावण राज्य नै हुँदैन। योगबलले सबैथोक हुन्छ, तिमीलाई
साक्षात्कार हुन्छ– अब बच्चा बनेर गर्भ महलमा जानु छ। खुसीले जान्छन्। यहाँ त
मनुष्यहरू कति रुनेकराउने गर्छन्। यहाँ त गर्भ जेलमा जान्छन् नि। त्यहाँ रुनेकराउने
कुरै छैन। शरीर त अवश्य परिवर्तन गर्नु छ। जसरी सर्पको उदाहरण छ, यसमा अलमलिनु पर्ने
कुरै छैन। धेरै सोध्नु पनि पर्दैन। एकदम पावन बन्ने पुरुषार्थमा लाग्नुपर्छ।
बाबालाई याद गर्न कठिन हुन्छ र! बाबाको सामुन्ने बसेका छौ नि। म तिम्रो पिताले
तिमीलाई सुखको वर्सा दिन्छु। तिमी यो एक अन्तिम जन्म यादमा रहन सक्दैनौ! यहाँ
राम्रोसँग बुझ्छन् पनि, फेरि घरमा गएर स्त्री आदिको अनुहार देखेपछि मायाले खाइदिन्छ।
बाबा भन्नुहुन्छ– कसैमा पनि ममत्व नराख। त्यो त सबैथोक खतम हुनु नै छ। याद त एक
बाबालाई नै गर्नु छ। हिँड्दा डुल्दा बाबा र आफ्नो राजधानीलाई याद गर। दैवीगुण पनि
धारण गर्नु छ। सत्ययुगमा यी मासु आदि फोहोरी चीजहरू हुँदैन। बाबा भन्नुहुन्छ–
विकारहरूलाई पनि छोडिदेऊ। मैले तिमीलाई विश्वको बादसाही दिन्छु, कति धेरै आम्दानी
हुन्छ त्यसो हो भने किन पवित्र रहँदैनौ? केवल एक जन्म पवित्र रहनाले कति धेरै
आम्दानी हुन जान्छ। ठीकै छ, सँगै बस, ज्ञान तरबार बीचमा होस्। पवित्र रहेर देखायौ
भने उच्च भन्दा उच्च पद पाउने छौ किनकि बाल ब्रह्मचारी ठहरियौ। फेरि नलेज पनि
चाहिन्छ। अरूलाई आफू समान बनाउनु छ। संन्यासीहरूलाई देखाउनु छ– कसरी हामी सँगै रहेर
पनि पवित्र रहन्छौं। त्यसपछि बुझ्छन् यिनीहरूमा त धेरै तागत छ। बाबा भन्नुहुन्छ– यस
एक जन्म पवित्र रहनाले २१ जन्म तिमी विश्वको मालिक बन्छौ। कति ठुलो पुरस्कार मिल्छ,
त्यसैले किन पवित्र रहेर नदेखाउने? समय बाँकी थोरै छ। आवाज पनि फैलिँदै जान्छ,
अखबारमा पनि आउने छ। रिहर्सल त देखेका छौ नि। एउटा एटम बमले के हालत भयो। अहिले
सम्म हस्पिटलमा छन्। अहिले यस्तो बम आदि बनाएका छन्, जसले कुनै कष्ट हुँदैन,
तुरुन्तै समाप्त। यो रिहर्सल भएर फेरि फाइनल हुन्छ। हेर्छन्– तुरुन्तै मर्छन् वा
मर्दैनन्? फेरि अरू युक्ति रच्छन्। हस्पिटल आदि हुने छैन। को बसेर सेवा गर्ने? कोही
खुवाउने ब्राह्मण आदि रहने छैन। बम छोड्यो, खलास। भूकम्पमा सबै दबिन्छ। समय लाग्दैन।
यहाँ धेरै मनुष्य छन्। सत्ययुगमा धेरै कम हुन्छन्, त्यसैले यति सबै कसरी विनाश
हुन्छन्! पछि गएर देखिने छ, त्यहाँ त सुरु मा ९ लाख हुन्छन्।
तिमीहरू फकिर पनि हौ,
साहेब पनि तिमीलाई प्यारो हुनुहुन्छ। अहिले सबैलाई छोडेर आफूलाई आत्मा सम्झिएका छौ,
यस्ता फकिरहरूलाई बाबा प्यारो लाग्नुहुन्छ। सत्ययुगमा धेरै सानो वृक्ष हुन्छ। कुरा
त धेरै सम्झाउनु हुन्छ। जति पनि कलाकारहरू छन्, सबै आत्माहरू अविनाशी छन्, आ-आफ्नो
पार्ट खेल्न आउँछन्। कल्प कल्प तिमीहरू नै आएर बाबाका विद्यार्थी बनेर पढ्छौ। जानेका
छौ– बाबाले हामीलाई पवित्र बनाएर साथमा लैजानु हुन्छ। बाबा पनि ड्रामा अनुसार
बन्धनमा बाँधिनु भएको छ, सबैलाई अवश्य फर्काएर लैजानु हुन्छ। त्यसैले नाम नै छ
पाण्डव सेना। तिमी पाण्डवहरूले के गरिरहेका छौ? तिमीले बाबासँग राज्य भाग्य लिइरहेका
छौ, हुबहु कल्प पहिला जस्तै, नम्बरवार पुरुषार्थ अनुसार। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाको प्रिय बन्नको लागि सम्पूर्ण फकिर बन्नु छ। देहलाई पनि भुलेर स्वयंलाई
आत्मा सम्झिनु नै फकिर बन्नु हो। बाबासँग ठुलो पुरस्कार लिनको लागि सम्पूर्ण पावन
बनेर देखाउनु छ।
२) फर्केर घर जानु छ,
त्यसैले पुरानो दुनियाँसँग दिल लगाउनु छैन। एक प्रियतमसँग नै दिल लगाउनु छ। बाबा र
राजधानीलाई याद गर्नु छ।
वरदान:–
ब्राह्मण
जीवनमा सदा चियरफुल र केयरफुल मुडमा रहने क म्बा इन्ड रूपधारी भव
यदि कुनै पनि
परिस्थितिमा प्रसन्नताको मुड परिवर्तन हुन्छ भने त्यसलाई सदाकालको प्रसन्नता
भनिँदैन। ब्राह्मण जीवनमा सदा चियरफुल र केयरफुल मुड होस्। मुड परिवर्तन हुनु
हुँदैन। मुड परिवर्तन भयो भने भन्छन् मलाई त एकान्त चाहिन्छ। आज मेरो मुड यस्तो छ।
मुड तब परिवर्तन हुन्छ जब एक्लै हुन्छौ, सदा कम्बाइन्ड रूपमा रह्यौ भने मुड
परिवर्तन हुँदैन।
स्लोगन:–
कुनै पनि
उत्सव मनाउनु अर्थात् याद र सेवाको उत्साहमा रहनु।