01.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– परचिन्तन छोडेर आफ्नो कल्याण गर , तिमी सुनजस्तो बनेर अरूलाई बाटो देखाऊ।”

प्रश्न:–
जसले सदा अशरीरी बन्ने अभ्यास गरिरहन्छन्, उनीहरूका मुख्य निसानी सुनाऊ?

उत्तर:–
उनीहरूले हठले आफ्ना कर्मेन्द्रियहरूलाई वश गर्दैनन्। तर उनीहरूका कर्मेन्द्रियहरू स्वतः शीतल हुन्छन्। हामी आत्मा भाइ भाइ हौँ, यो स्मृति स्वतः रहन्छ। देह अभिमान छुट्दैजान्छ। नाम-रूपको नसा खतम हुँदैजान्छ। अरूको याद आउँदैन।

गीत:–
तू प्यार का सागर है...

ओम् शान्ति ।
उहाँ केवल प्यारको सागर मात्र होइन, ज्ञानको सागर पनि हुनुहुन्छ। ज्ञान र अज्ञान भनिन्छ नि! ज्ञानलाई दिन, अज्ञानलाई रात भनिन्छ। ज्ञान शब्द नै श्रेष्ठ हो। अज्ञान शब्द कनिष्ठ हो। आधाकल्प हुन्छ ज्ञानको प्रारब्ध। आधाकल्प हुन्छ अज्ञानको प्रारब्ध, अज्ञानको प्रारब्ध दुःख हो। ज्ञानको प्रारब्ध सुख हो। यो त धेरै सहजै बुझ्ने कुरा हो, दिन ज्ञान हो, रात अज्ञान हो, यो कुरा पनि कसलाई थाहा छैन। ज्ञान केलाई भनिन्छ, अज्ञान केलाई भनिन्छ, यी बेहदका कुरा हुन्। तिमीले सबैलाई सम्झाउँछौ ज्ञान के हो, भक्ति के हो। ज्ञानले तिमी पूज्य बनिरहेका छौ। पूज्य बनेपछि पूजाको सामग्रीको विषयमा जान्दछौ। तिमीलाई यो पनि थाहा छ, यी जुन मन्दिर आदि छन्, यी सबै यादगार हुन्। तिनीहरूको जीवनी कहानीलाई पनि तिमीले जान्दछौ। जसले पूजा गर्न जान्छन् उनीहरू स्वयंलाई पनि थाहा छैन। पूजालाई भक्ति भनिन्छ, भगवान भक्तहरूसँग मिल्नुहुन्छ– भक्तिको फल दिनको लागि। त्यसैले भगवान नै आएर पुजारीबाट पूज्य बनाउनुहुन्छ। पूज्य सत्ययुगमा, पुजारी कलियुगमा हुन्छन्। तिमी बच्चाहरूलाई थाहा छ आज के छ, भोलि के हुनेछ। विनाश त अवश्य हुनु नै छ, कुनै पनि समय विनाश हुन सक्छ। तयारी भइरहेको छ। भनिएको पनि छ अनेक प्राकृतिक प्रकोपहरू हुन्छन्। यो त लेखिदिनुपर्छ– गृहयुद्ध र प्राकृतिक प्रकोपहरू, तिनलाई कसैले ईश्वरीय विपत्ति भन्दैनन्। यो त ड्रामाको पहिल्यै निश्चित नियम हो, जसमा प्राकृतिक प्रकोपहरू (नेचुरल क्यालेमिटीज) सबै आउनेछन्। विनाशमा पनि मदत गर्नेछन्। मुसलधारे वर्षा हुनेछ। भोकभोकै मर्नेछन्, भूकम्प आदि सबै आउनेवाला छन्। यिनीहरूद्वारा नै विनाश हुनेछ। तिमी बच्चाहरूलाई थाहा छ, यो त अवश्य हुनु नै छ। नत्र सत्ययुगमा यति थोरै मानिस कसरी हुन्छन्, अवश्य एकैचोटी विनाश हुन्छ। तिमी बच्चाहरूले राम्रोसँग बुझेका छौ, यी सबै कपडाहरू धोइन्छन्। यो बेहदको ठुलो मेसिनरी हो। गायन गरिन्छ मूत पलीती कपड धोए... यी कपडाहरूको कुरा होइन। यो हो शरीरको कुरा। आत्माहरूलाई योगबलले धुनु छ। यस समयमा ५ तत्त्व तमोप्रधान छन् त्यसैले शरीर पनि त्यस्तै बन्छन्। पतितपावन बाबा आएर पावन बनाउनुहुन्छ र सबै खलास हुन्छन्। तिमीलाई थाहा छ पावन कसरी बन्छन्। बाबाले बाटो धेरै सहज बताउनुहुन्छ। मानिसहरूले त केही पनि बुझ्दैनन्। जहाँ जहाँ भक्ति यज्ञ आदि हुन्छन्, त्यहाँ गएर सम्झाउनुपर्छ, जसको तिमीले भक्ति गर्छौ उनीहरूको जीवनी बुझेपछि नै तिमी देवता बन्न सक्छौ। उनीहरूले जीवनमुक्ति कसरी पाए त्यो त बुझ, अनि तिमीले पनि जीवनमुक्ति पाउन सक्छौ। मन्दिरहरूमा बसेर तिनीहरूको जीवनी सुनायौ भने राम्रोसँग बुझ्नेछन्।

तिमीले पनि बाबाबाट अहिले जीवनी सुन्छौ, तिमी बच्चाहरूलाई कति समझ मिल्छ। परमपिता परमात्माको जीवनी कसैलाई पनि थाहा छैन। सर्वव्यापी भनिदिएपछि जीवनी कहाँ हुन्छ र! तिमी बच्चाहरूले अहिले परमपिता परमात्माको जीवनी जान्दछौ, अर्थात् आदि-मध्य-अन्त्यलाई जान्दछौ। यसै समयलाई आदि भनिन्छ। यही समयमा बाबा आएर पतितहरूलाई पावन बनाउनुहुन्छ फेरि मध्यमा भक्तिको पार्ट चल्छ। बाबा भन्नुहुन्छ– यस समयमा आएर मैले स्थापना गर्छु, गराउँछु। म करनकरावनहार हुँ। प्रेरणालाई गर्नु भनिँदैन। बाबाले आएर यिनका कर्मेन्द्रियहरूद्वारा कार्य गर्नुहुन्छ, यसमा प्रेरणाको कुरा छैन। करनकरावनहार त अवश्य सम्मुख उपस्थित भएर गराउनुहुन्छ। प्रेरणाले केही पनि हुन सक्दैन। आत्माले शरीरविना केही पनि गर्न सक्दैन। धेरैले भन्छन् ईश्वरले नै प्रेरणाले सबैथोक गर्नुहुन्छ। बाबा हजुरले प्रेरणा दिनुहोस्, मेरो पतिको बुद्धि ठिक पारिदिनुहोस्! बाबा भन्नुहुन्छ– प्रेरणाको त यसमा कुरै छैन। फेरि शिवजयन्ती किन मनाइन्छ। प्रेरणाले काम हुने भए फेरि शिवबाबालाई आउनु नै किन पर्थ्यो? एक त ईश्वर के चिज हुनुहुन्छ, यो थाहा छैन। केवल भनिदिन्छन् ईश्वरको प्रेरणाले सबैथोक हुन्छ। निराकारले प्रेरणाले कसरी गर्नुहुन्छ, उहाँ त करनकरावनहार हुनुहुन्छ। आएर बाटो बताउनुहुन्छ। कर्मेन्द्रियहरूद्वारा मुरली चलाउनुहुन्छ। कर्मेन्द्रियहरूको आधार नलिँदासम्म मुरली कसरी चलाउनुहुन्छ। बाबा त ज्ञानको सागर हुनुहुन्छ त्यसैले सुनाउनको लागि मुख चाहिन्छ नि!

अब तिमी बच्चाहरूलाई सारा दुनियाँको आदि-मध्य-अन्त्यको विषयमा थाहा भएको छ। पूरै ज्ञान मिलेको छ। तिमीले बुझेका छौ ज्ञानविना गति हुँदैन। ज्ञान कसले दिनुहुन्छ। अज्ञान मार्ग र ज्ञानमार्गको फरक त हेर न! विज्ञान पनि भन्छन्। अज्ञान हो अँध्यारो, बाँकी ज्ञान र विज्ञानलाई हामीले मुक्ति-जीवनमुक्ति पनि भन्न सक्छौँ। तिमीलाई अब पावन बन्ने ज्ञान मिल्छ। तिमी स्वदर्शन चक्रधारी बन्छौ। कसैले सुने भने आश्चर्य मान्नेछन्। भन्छन् आत्माले नै ज्ञान लिन्छ त्यसैले आत्माले अवश्य संस्कार पनि लैजान्छ नि! मानिसबाट देवता बन्छौ भने त्यसको ज्ञान हुनुपर्छ। तर बाबा सम्झाउनुहुन्छ– यो पुरुषार्थ हो प्रारब्धको लागि। प्रारब्ध मिलेपछि फेरि ज्ञानको के आवश्यकता हुन्छ। सत्ययुग हो नै तिमी बच्चाहरूको लागि प्रारब्ध। मानिसहरूले यी कुरा सुन्नासाथ आश्चर्य मान्नेछन्। यो ज्ञान परम्पराबाट किन चल्दैन, बाबा भन्नुहुन्छ– यो प्रायः लोप हुन्छ। दिन भएपछि फेरि अज्ञान त हुँदैन, जसले गर्दा ज्ञानको आवश्यकता हुन्छ। यो पनि बुझ्ने बुझाउने कुरा हो। तुरुन्तै कसैले बुझ्न सक्दैनन्। शिवबाबा भारतभूमिमा नै आउनुहुन्छ, बाबाले बच्चाहरूको लागि सौगात लिएर आउनुहुन्छ, भक्तिको फल दिनको लागि। भक्तिपछि हुन्छ सद्गति। यो विनाश पनि अवश्य हुन्छ। सङ्केतहरू देखिएका छन्। तिमीले सुनिरहनेछौ– एउटा झिल्को लाग्यो भने एक-दुई घण्टामा सारा भवन जलेर भस्म हुन्छ। यो कुनै नयाँ कुरा होइन, विनाश त अवश्य हुनु छ। सत्ययुगमा हुन्छन् नै थोरै श्रेष्ठाचारी मानिसहरू। त्यसैले श्रेष्ठाचारी बन्नमा कति मेहनत लाग्छ। मायाले एकदमै नाकबाट समात्छ। यसरी गिर्नेहरूलाई चोट धेरै लाग्छ। टाइम लाग्छ। सबैभन्दा ठुलो चोट हो काम विकारको त्यसैले भनिन्छ– काम महाशत्रु हो। यसैले पतित बनाउँछ। झगडा हुन्छ नै विकारमाथि। विकारलाई छोडेनन् भने अवश्य भन्छन्– यसले त बरू भाँडा माझे पनि त्यो राम्रो हुन्छ। झाडुपोचा लगाउनेहरू छन् तर तिनीहरू पवित्र रहन्छन्, यसमा धेरै हिम्मत चाहिन्छ। कोही बाबाको शरणमा आएपछि फेरि मायाले पनि लड्न सुरु गर्छ। ५ विकारहरूको रोगले अझै धेरै उल्टोपाल्टो बनाउँछ। पहिला त पक्का निश्चयबुद्धि हुनुपर्छ। जीवनछँदै मरेका छौँ। यहाँबाट लङ्गर उठाएका छौँ। कलियुगी, विकारी किनारा तिमीले छोडेका छौ। अब हामी यात्रामा जाँदै छौँ– हामी अशरीरी भएर आफ्नो घर जान्छौँ। आत्मामा यो ज्ञान छ, हामी एउटा शरीर छोडेर अर्कोमा जान्छौँ। हामी गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र बनेर यात्रामा रहन्छौँ। बुद्धिमा याद रहोस्, यो त मासानघाट हो, फेरि हामी सुखधाममा जान्छौँ। हामीलाई बाबाले वर्सा दिने युक्ति बताइरहनुभएको छ। पावन बन्नको लागि हामी योगमा रहन्छौँ। यादले नै विकर्म विनाश हुन्छ अनि आत्माले शरीर छोड्छ। यो यात्रा कति अद्भुत छ। केवल बाबालाई याद गर्नुछ, आफ्नो राजधानीलाई याद गर्नुछ। यति सहज कुरा पनि याद आउँदैन। अल्फलाई याद गर, पुग्यो। तर मायाले त्यो याद गर्न पनि दिँदैन, मेहनत लाग्छ। आत्मालाई ज्ञान मिलेको छ, हाम्रो बाबा आउनुभएको छ। आत्माले पढ्छ नि! आत्माले शरीरद्वारा जन्म लिन्छ। आत्मा भाइ भाइ हुन्। देह अभिमानमा आएपछि फेरि अनेक सम्बन्ध हुन्छन्। यहाँ तिमी भाइबहिनी भयौ। आपसमा भाइ भाइ पनि हौ, दिदीभाइ पनि हौ। प्रवृत्तिमार्ग हो नि! दुवैलाई वर्सा चाहिन्छ। आत्माले नै पुरुषार्थ गर्छ। आफूलाई आत्मा सम्झनु– यही मेहनत हो। देह अभिमान नरहोस्। शरीर नै छैन भने विकार कोसँग गर्छन्। म आत्मा हुँ, बाबाको समीप जानु छ। शरीरको भान नै नरहोस्। जति योगी बन्दै जान्छौ, त्यति कर्मेन्द्रियहरू शान्त हुँदै जान्छन्। देह अभिमानमा आएपछि कर्मेन्द्रियहरू चञ्चल हुन्छन्। आत्मालाई थाहा हुन्छ हामीलाई प्राप्ति भइरहेको छ। शरीरबाट अलग हुँदै गयौ भने, कर्मेन्द्रियहरू शान्त हुँदै जान्छन्। संन्यासीहरूले औषधि खाएर कर्मेन्द्रियहरूलाई शान्त पार्छन्। त्यो त हठयोग भयो नि! तिमीले त योगबाट काम लिनु छ। के योगबलले तिमीले कर्मेन्द्रियहरूलाई वश पार्न सक्दैनौ? जति आत्म अभिमानी हुँदैजान्छौ त्यति सबै कर्मेन्द्रियहरू शान्त हुँदै जान्छन्। धेरै मेहनत गर्नुपर्छ, प्राप्ति त धेरै उच्च छ नि! बाबा भन्नुहुन्छ– योगबलले तिमी विश्वको मालिक बन्छौ। कर्मेन्द्रियहरूमाथि विजय प्राप्त गर्छौ त्यसैले भारतवर्षको योग नामी, प्रसिद्ध छ। तिमी मानिसबाट देवता, पतितबाट पावन बन्छौ। प्रजा पनि स्वर्गवासी त बन्छन् नि! योगबलले तिमी स्वर्गवासी बन्छौ। बाहुबलले बन्न सक्दैनौ। मेहनत कुनै धेरै छैन। कुमारीहरूको लागि त मानौँ मेहनत नै छैन। कुमरीहरू स्वतन्त्र हुन्छन्। विकारमा गए भने ठुलो पञ्चायत हुन्छ। कुमारी रहनु नै राम्रो हो। नत्र फेरि अधरकुमारी नाम हुन्छ। युगल पनि किन बन्ने! यसमा पनि नाम-रूपको नसा चढ्छ। यो पनि मूर्खता हो। युगल बनेपछि पवित्र रहनको लागि धेरै कठिन हिम्मत चाहिन्छ। ज्ञानको पूरै पराकाष्ठा चाहिन्छ। धेरै छन् जसले हिम्मत गर्छन् तर आगोको राप आउँछ अनि खेल खलास, त्यसैले बाबा भन्नुहुन्छ– कुमारी फेरि पनि राम्रो हो। अधरकुमारी बन्ने ख्याल पनि किन गर्नुपर्छ। कुमारीहरूको नाम प्रसिद्ध छ। कुमारीहरू बाल ब्रह्मचारी हुन्। बाल ब्रह्मचारी रहनु राम्रो हो, यसैमा तागत हुन्छ। अरू कसैको याद आउँदैन। बाँकी हिम्मत छ भने गरेर देखाऊ, तर मेहनत छ। दुई जना हुन्छन् नि! कुमारी छ भने एक्लै हुन्छिन्। दुईबाट द्वैत आउँछ। जहाँसम्म हुन्छ कुमारी नै रहनु राम्रो हो। कुमारी सेवामा निस्कन सक्छन्। बन्धनमा परेपछी फेरि बन्धन वृद्धि हुन्छ। यस्तो जाल ओछ्याउनु नै किन पर्छ जहाँ बुद्धि फस्छ। यस्तो जालमा फस्नु ठिक होइन। कुमारीहरूको लागि त धेरै राम्रो छ। कुमारीहरूले नाम पनि निकालेका छन्। कन्हैया नाम गायन गरिन्छ नि! कुमारी नै रहनु धेरै राम्रो हो। यिनीहरूको लागि धेरै सहज छ। विद्यार्थी जीवन पवित्र जीवन पनि हो। बुद्धि पनि फ्रेस हुन्छ। कुमारहरू पनि भीष्म पितामहजस्तो बन्नु छ। कल्प पहिला पनि बनेका थियौ त्यसैले त देलवाडा मन्दिरमा यादगार बनेको छ।

अब बाबा बच्चाहरूलाई आदेश दिनुहुन्छ, मलाई याद गर। अरू सबै कुराहरूलाई छोडेर तिमीले आफ्नो कल्याण गर। बाबालाई याद गर्नुमा नै कल्याण छ। भुलचुक हुन्छ, बच्चाहरू गिर्छन्, तिमीले परचिन्तन छोडेर आफ्नो कल्याण गर। अरूको चिन्तनमा जाँदै नजाऊ। तिमी सुनजस्तो बन अनि अरूलाई पनि बाटो देखाऊ। सतोप्रधान बन्ने एउटै उपाय छ। पावन नबनीकन मुक्तिधाममा जान सक्दैनौ। उपाय एउटै छ अनि अन्त मती सो गति हुनेछ। परचिन्तन छोडिदेऊ। नत्र आफ्नै नोक्सान पार्नेछौ। बाबाले कुनै श्राप दिनुहुन्न। श्रीमतमा चल्दैनौ भने आफैले आफूलाई श्रापित गर्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) निश्चयबुद्धि बनेर जीवनछँदै यस पुरानो दुनियाँबाट आफ्नो लङ्गर उठाउनु छ। बाबाको हर आदेशलाई पालना गरेर आफ्नो कल्याण गर्नु छ।

२) अरूको चिन्तन छोडेर आफ्नो बुद्धिलाई सुनजस्तो स्वच्छ बनाउनु छ। परचिन्तनमा आफ्नो समय नष्ट गर्नु छैन। योगबलले आफ्ना कर्मेन्द्रियहरूलाई शान्त, शीतल बनाउनु छ।

वरदान:–
आफ्नो विजय वा सफलतालाई निश्चित सम्झेर सदा निश्चिन्त रहने निश्चयबुद्धि भव

जुन बच्चाहरू सदा बाबामा, स्वयंको पार्टमा र ड्रामाको हरेक सेकेन्डको अभिनयमा १०० प्रतिशत निश्चयबुद्धि छन्, उनीहरूको विजय वा सफलता निश्चित छ। निश्चित विजय हुने भएकोले उनीहरू सदा निश्चिन्त रहन्छन्। उनीहरूको अनुहारमा चिन्ताको कुनै पनि रेखा देखिँदैन। उनीहरूलाई सदा निश्चय हुन्छ, यो कार्य वा यो सङ्कल्प सिद्ध भइ नै सकेको छ। उनीहरूलाई कहिल्यै कुनै कुरामा प्रश्न उठ्न सक्दैन।

स्लोगन:–
सुन्ने-सुनाउने कुरामा भावना र भावलाई परिवर्तन गरिदिनु नै वायुमण्डल बिगारीदिनु हो।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

सम्पूर्ण पवित्रताको हिसाबले व्यर्थ सङ्कल्प पनि अपवित्रताको बीज हो। व्यर्थ सङ्कल्प चल्नु, अधिकांश बच्चाहरूमा अहिले यो संस्कार रहेको छ। व्यर्थ सङ्कल्पको आधार मन हो, जसले मनमनाभव हुन दिँदैन त्यसैले श्रीमत रूपी लगाम कडा बनाएर व्यर्थ सङ्कल्पहरूको अपवित्रतालाई समाप्त गर।