01.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
मायादेखि नडराऊ , मायाले जतिसुकै बिर्साउने कोसिस गरे पनि नथाक , अमृतवेला उठेर
यादमा रहने पूरा पूरा पुरुषार्थ गर।”
प्रश्न:–
पुरुषार्थमा
कुन बच्चाहरूले पहिलो नम्बर लिन्छन्?
उत्तर:–
जो बाबामाथि
पूरा पूरा बलि चढ्छन् अर्थात् समर्पित हुन्छन्, सबैभन्दा अगाडि उनीहरू नै जान्छन्।
बाबामाथि बच्चाहरू समर्पित हुन्छन् र बच्चाहरूमाथि बाबा समर्पित हुनुहुन्छ। तिमीले
आफ्ना अवगुण, पुरानो तन-मन-धन बाबालाई दिन्छौ र बाबाले तिमीलाई विश्वको बादसाही
दिनुहुन्छ, त्यसैले उहाँलाई गरिब निवाज भनिन्छ। गरिब भारतभूमिमा नै दान दिन बाबा
आउनुभएको छ।
गीत:–
नयनहीन को राह
दिखाओ...
ओम् शान्ति ।
मीठा प्यारा,
अति मीठा, यस्तै भनिन्छ नि! बाबा बेहदका हुनुहुन्छ र उहाँसँग बेहदको प्रेम छ।
भनिन्छ– तिमी मीठा सिकिलधे बच्चाहरूले गीत सुन्यौ। मार्ग एक बाबाले मात्र
देखाउनुहुन्छ। भक्तिमार्गमा मार्ग देखाउने अरू कोही छैन। त्यहीँ नै ठक्कर खाइरहन्छन्।
अहिले तिमीलाई मिल्न त मार्ग मिलेको छ, तैपनि मायाले बाबासँग बुद्धियोग जोड्न
दिँदैन। जान्दछौ पनि– एक बाबालाई याद गरेमा हाम्रा सबै दुःख हट्नेछन्, चिन्ताको कुनै
कुरै हुनेछैन, तैपनि बिर्सिन्छौ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म पतितपावन
बाबालाई याद गर। बाबा ज्ञानको सागर हुनुहुन्छ नि! उहाँ नै गीता ज्ञानदाता हुनुहुन्छ।
स्वर्गको बादसाही अथवा सद्गति दिनुहुन्छ। श्रीकृष्णलाई ज्ञानको सागर भन्न सकिँदैन।
सागर एउटै मात्र हुन्छ। यस धरतीको चारैतिर सागर नै सागर छ। पूरा सागर एउटै हुन्छ।
फेरि त्यसलाई बाँडिएको छ। तिमीहरू विश्वका मालिक बन्छौ त्यसैले तिमी पूरा सागर,
धरतीका मालिक बन्छौ। यस्तो कसैले भन्न सक्दैन– यो हाम्रो खण्ड हो, हाम्रो
सिमानाभित्र नआऊ। यहाँ त सागरका पनि टुक्रा टुक्रा पारिदिएका छन्। तिमीले बुझेका
छौ– पूरै विश्व नै भारतवर्ष थियो, जसका तिमी मालिक थियौ। गीत पनि छ– बाबा, हजुरबाट
हामीले विश्वको बादसाही लिन्छौँ, जुन कसैले खोस्न सक्दैन। यहाँ हेर, पानीमाथि पनि
लडाइँ हुन्छ। पानी खुवाउनका एकअर्कालाई लागि लाखौँ रुपैयाँ तिर्नुपर्छ। कल्प
पहिलाजस्तै तिमी बच्चाहरूलाई पूरै विश्वको राज्य मिलिरहेको छ। बाबाले ज्ञानको तेस्रो
नेत्र दिनुभएको छ। ज्ञानदाता हुनुहुन्छ नै परमपिता परमात्मा। यतिबेला नै उहाँ बाबा
आएर ज्ञान दिनुहुन्छ। सत्ययुगमा लक्ष्मीनारायणलाई यो ज्ञान हुँदैन। हो, यसो भनिन्छ–
अघिल्लो जन्ममा ज्ञान लिएर यिनीहरू यस्ता बनेका हुन्। त्यो तिमी नै थियौ। तिमीले
भन्छौ– बाबा, हजुर उही हुनुहुन्छ। हजुरले हामीलाई विश्वको मालिक बनाउनुभएको थियो।
बाबा भन्नुहुन्छ– मेरो मत कुनै लम्बाचौडा छैन। त्यो पढाइ कति लम्बाचौडा हुन्छ! यो त
धेरै सहज छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई बुझेर तिमीले अरूलाई बताउँदै जान्छौ।
कसरी ८४ को चक्कर लगायौ! अब तिमीहरू बाबाको पासमा फर्केर जानु छ । यो पनि बाबाले
बताउनुभएको छ– मायाका तुफानहरू धेरै आउनेछन्, ती तुफानहरू नडराऊ। सबेरै उठेर बस्दा
बुद्धि अरू अरू विचारहरूमा जानेछ। दुई मिनेट पनि बाबाको याद हुँदैन। बाबा
भन्नुहुन्छ– यसमा थाक्नुहुँदैन। अच्छा, एक मिनेट याद रह्यो, फेरि भोलि यादमा बस,
पर्सि यादमा बस। हामीले याद गर्नु छ, मनमा यो दृढ निश्चय अवश्य गर। कोही विकारमा गयो
भने त फेरि धेरै तुफान आउनेछन्। पवित्रता नै मुख्य हो। आज यो दुनियाँ पतित वेश्यालय
छ। भोलि पावन शिवालय हुनेछ। तिमीहरूले जान्दछौ– यो पुरानो शरीर हो। बाबालाई याद
गरिरह्यौ भने कुनै पनि बेला शरीर छुट्यो भने पनि स्वर्गमा जान योग्य बन्छौ। बाबाबाट
केही न केही ज्ञान त सुनेका छौ नि! यस्ता पनि छन् जो यहाँबाट भागेर गएका हुन् र फेरि
पनि आएर आफ्नो वर्सा लिइरहेका छन्। यो पनि सम्झाइएको छ– अन्त मति सो गति हुनेछ। मानौँ
कसैले शरीर छोडे, ज्ञानका संस्कार लिएर गए भने सानैछँदा यस ज्ञानतिर उनीहरूको
आकर्षण हुनेछ। चाहे अङ्गहरू साना छन्, बोल्न सक्दैनन्, तर यस ज्ञानमा आकर्षित
हुनेछन्। सानैदेखि राम्रा संस्कार हुनेछन्। सुखदायी बन्नेछन्। आत्मालाई नै बाबाले
सिकाउनुहुन्छ नि! जसरी बाबाले मिलिट्रीवालाहरूको उदाहरण दिएर सम्झाउनुहुन्छ।
संस्कार लिएर जान्छन् त्यसैले लडाइँमा फेरि भर्ना हुन्छन्। जसरी शास्त्र पढ्नेहरूले
संस्कार लिएर गएका रहेछन् भने सानैमा शास्त्र कण्ठ हुन्छन्। तिनीहरूको पनि महिमा
भएको देखिन्छ। त्यसैले यहाँबाट जो जान्छन्, उनीहरूको सानैमा महिमा हुन्छ। आत्माले
नै ज्ञान धारण गर्छ नि! बाँकी रहेको हिसाबकिताब चुक्ता गर्नुपर्छ। स्वर्गमा त आउँछन्
नि! बाबाको समीप आएर सलाम गर्नेछन्। प्रजा त थुप्रै बन्नेछन्। बाबाबाट त वर्सा
लिनेछन्। अन्त्यमा भनिएको छ नि– अहो प्रभु हजुरको लीला...
अहिले तिमीले बुझेका
छौ– अहो बाबा, हजुरको लीला ड्रामा प्लान अनुसार यस्तो छ! बाबा, हजुरको अभिनय सबै
मनुष्य मात्रकोभन्दा अलौकिक (न्यारा) छ। जसले बाबाको राम्रो सेवा गर्छन्, उनीहरूले
फेरि पुरस्कार पनि धेरै राम्रो पाउँछन्। विजयमालामा उनिन्छन्। यो हो रुहानी ज्ञान,
जुन रूह बाबाले रुहहरूलाई दिनुहुन्छ। सबै मानिसहरूले त शरीरहरूलाई नै याद गर्छन्,
भन्छन्– शिवानन्द, गङ्गेश्वरानन्द... आदिले यो ज्ञान दिन्छन्। यहाँ त भनिन्छ–
निराकार शिवबाबाले ज्ञान दिनुहुन्छ। म उच्चभन्दा उच्च छु। म आत्माको नाम हो शिव।
शिव परमात्माय नमः भन्छन्। फेरि ब्रह्मा, विष्णु, शङ्करलाई भन्छन्– देवताय नमः,
यिनीहरू पनि रचना हुन्, यिनीहरूबाट कुनै वर्सा मिल्न सक्दैन। तिमी आपसमा भाइ भाइ
हौ। भाइलाई याद गरेर वर्सा मिल्दैन। यी (ब्रह्मा दादा) पनि तिम्रा भाइ हुन्,
विद्यार्थी हुन् नि! पढिरहेका छन्, यिनबाट वर्सा मिल्दैन। यिनले स्वयं नै वर्सा
पाइरहेका छन् शिवबाबाबाट। पहिला यिनले सुन्छन्। यिनले बाबालाई भन्छन्– बाबा, म त
हजुरको सबैभन्दा पहिलो बच्चा हुँ। हजुरबाट मैले कल्प कल्प वर्सा लिन्छु। कल्प कल्प
हजुरको रथ बन्छु। शिवको रथ ब्रह्मा। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना। तिमी
ब्राह्मण पनि मदतगार हौ, फेरि तिमी मालिक बन्छौ। अहिले तिमीले जान्दछौ– हामीले ५
हजार वर्ष पहिलाजस्तै बाबाद्वारा राज्य भाग्य लिन्छौँ, जसले कल्प पहिला राज्य भाग्य
लिएका हुन्, उनीहरू नै आउनेछन्। प्रत्येकको पुरुषार्थबाट थाहा हुन्छ– को
महाराजा-महारानी बन्छन्, को प्रजा बन्छन्। अन्त्यमा तिमीलाई सबै साक्षात्कार हुनेछ।
सबै कुरा पुरुषार्थमाथि निर्भर हुन्छ। समर्पित पनि हुनुपर्ने हुन्छ। बाबा
भन्नुहुन्छ– म गरिब निवाज हुँ। तिमी गरिबहरू नै ममाथि समर्पित हुन्छौ। दान सदैव
गरिबहरूलाई नै दिइन्छ। मानौँ कसैले कलेज बनाउँछन्, त्यो कुनै गरिबहरूलाई दान हुँदैन।
त्यो दान कुनै ईश्वरका लागि हुँदैन, तर दान त गर्छन् नि! कलेज खोले भने त्यसको फल
मिल्छ। अर्को जन्ममा राम्रो पढ्नेछन्। यो आशीर्वाद मिल्छ। भारतभूमिमा नै सबैभन्दा
बढी दानपुण्य हुन्छ। यतिबेला त धेरै दान हुन्छ। तिमीले बाबालाई दान गर्छौ। बाबाले
तिमीलाई दान गर्नुहुन्छ। तिमीबाट अवगुण (कखपन) लिएर बाबाले तिमीलाई विश्वको बादसाही
दिनुहुन्छ। यतिबेला तिमीले तन-मन-धन सबै बाबालाई दानमा दिन्छौ। ती मानिसहरूले त
मर्नेबेलामा इच्छापत्र दिएर जान्छन्– फलाना आश्रमलाई दिनु वा यो आर्यसमाजले लेओस्।
वास्तवमा दान गरिबहरूलाई दिनुपर्ने हुन्छ, जो भोका हुन्छन्। अहिले यो भारतवर्ष गरिब
छ नि! स्वर्गमा भारतवर्ष कति धनवान् हुन्छ! तिमीले जान्दछौ– त्यहाँ तिमीसँग जति
अन्न, धन आदि हुन्छ, त्यति अरू कसैसँग हुन सक्दैन। त्यहाँ त केहीको पनि पैसा
लाग्दैन। मुठीभर चामल दान गरे भने त्यसको सट्टा २१ जन्मका लागि महलहरू मिल्छन्।
पुरस्कार स्वरूप जमिन, सम्पत्ति पनि मिल्छ। अहिले तत्त्वहरू पनि तमोप्रधान भएका
हुनाले ती तत्वहरूले दुःख दिन्छन्, त्यहाँ तत्त्वहरू सतोप्रधान हुन्छन्। तिमीले
जान्दछौ– सत्ययुगमा को को आउनेछन्। फेरि द्वापरमा फलाना फलाना आउनेछन्। कलियुगको
अन्त्यमा साना साना सम्प्रदाय, मठपन्थ आदि निस्किरहन्छन् नि! अहिले तिम्रो बुद्धिमा
वृक्ष, ड्रामा आदिको ज्ञान छ। तिमीहरूले बाबाको पार्टलाई पनि जान्दछौ। महाभारत
लडाइँमा देखाउँछन्– ५ पाण्डव बाँचे। अच्छा, फेरि के भयो? अवश्य जसले राजयोग सिके,
उनीहरू नै गएर राज्य गर्नेछन् नि! पहिला तिमीले पनि केही जानेका थियौ र! यी बाबाले
पनि गीता आदि पढ्थे। नारायणको भक्ति गर्थे। गीतासँग पनि धेरै प्रेम थियो। ट्रेनमा
जाँदा पनि गीता पढ्थे। अहिले हेर्दा– केही पनि बुझेका रहेनछन्, बट्टा खोलियो माटो
मात्र रहेछ। भक्तिमार्गमा जेसुकै गर्दै आए पनि उद्धार त भएन। दुनियाँमा त कति झगडा
छ! यहाँ पनि त सबै पवित्र बन्न सक्दैनन्, त्यसैले झगडा पर्छ। बाबाको शरण लिन्छन्,
फेरि पनि भन्छन्– रोग बल्झिन्छ नै। छोराछोरी आदिको याद आउँछ, यसमा नष्टोमोहा
हुनुपर्छ। सम्झनु छ– हामी मरिसक्यौँ। बाबाका बन्यौँ अर्थात् यस दुनियाँबाट मरिसक्यौँ।
त्यसपछि शरीरको भान हुँदैन। बाबा भन्नुहुन्छ– देहसहित जति पनि सम्बन्ध छन्, तिनलाई
भुल्नु छ। यस दुनियाँमा जे देख्छौ, त्यो मानौँ केही पनि छैन। यो पुरानो शरीर पनि
छोड्नु छ। हामी जानु छ घर। घर गएर फेरि आएर नयाँ सुन्दर शरीर लिनेछौँ। अहिले श्याम
छौँ, फेरि सुन्दर बन्छौँ। भारतवर्ष अहिले श्याम छ, फेरि सुन्दर बन्नेछ। अहिले यो
संसार काँडाहरूको जङ्गल हो। सबैले एकअर्कालाई घोचिरहन्छन्। कुनै कुरामा रिसाए भने
गाली गर्छन्, झगडा गर्छन्। तिमी बच्चाहरू घरमा पनि धेरै मीठो बन्नुपर्छ। नत्र
मानिसहरूले भन्नेछन्– यसले त ५ विकार दान दिएको हो, फेरि किन रिसाउँछ? सायद क्रोध
दान दिएको रहेनछ! बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! झोलीमा राखेर ५ विकार दान देऊ,
जसले गर्दा तिम्रो ग्रहण छुट्नेछ। चन्द्रमालाई ग्रहण लाग्छ नि! तिमी पनि अब
सम्पूर्ण बन्छौ त्यसैले बाबा भन्नुहुन्छ– यी विकारहरू दानमा देऊ। तिमीलाई स्वर्गको
बादसाही मिल्छ। आत्मालाई बाबाबाट वर्सा मिल्छ। आत्माले भन्छ– यस पुरानो दुनियाँको
थोरै समय बाँकी छ। काम विकार छोडिदिनु छ। अरू कुनै पनि विचारहरू छोडिदिनुपर्छ।
बाबालाई थाहा छ– अनेक प्रकारका विचारहरू आउनेछन्। कामधन्दाका विचारहरू आउनेछन्।
भक्तिमार्गमा भक्ति गर्दा ग्राहक, कामधन्दा याद आयो भने फेरि आफैलाई चिमोट्छन्– म
नारायणको यादमा बसेको छु, फेरि यी कुराहरू किन याद आए! यहाँ पनि यस्तै हुन्छ। यस
रुहानी सेवामा राम्रोसँग लागेपछि फेरि सम्झाइन्छ– अच्छा, छोडिदेऊ कामधन्दालाई,
बाबाको सेवामा लाग। भन्छन्– छोड्यो भने छुट्छ। देह अभिमान छोड्दै जाऊ। केवल बाबालाई
याद गरेमा बाँदरबाट मन्दिरलायक बन्छौ। कुमालकोटीको, कछुवाको सबै उदाहरण पनि बाबाले
दिनुहुन्छ, जुन फेरि भक्तिमार्गमा ती मानिसहरूले दृष्टान्त दिन्छन्। अहिले तिमीले
जान्दछौ– को कीरा हुन्? तिमी हौ ब्राह्मणीहरू। तिमीहरूले भुँ भुँ गर्छौ। यो
दृष्टान्त अहिलेको हो। उनीहरूले बताउन सक्दैनन्। चाडपर्व आदि सबै यतिबेलाका हुन्।
सत्ययुग, त्रेतामा कुनै चाडपर्व हुँदैन। यी सबै हुन् भक्तिमार्गका।
अब हेर, श्रीकृष्ण
जयन्तीको कुरा थियो। श्रीकृष्णको माटाको मूर्ति बनाए, त्यसको पूजा गरेर फेरि गएर
तालमा डुबाइदिए। अहिले तिमीले बुझेका छौ– यिनीहरूले के गरेका हुन्! यो हो
अन्धविश्वास। तिमीले कसैलाई सम्झायौ भने उनीहरूले बुझ्दैनन्। कोही बिरामी आदि भयो
भने भन्छन्– हेर, तिमीले श्रीकृष्णको पूजा छोडिदियौ, त्यसैले यो दशा भएको हो। यस्ता
धेरै आश्चर्यवत् सुन्ने, सुनाउने, भाग्नेहरू हुन्छन्, त्यसैले ब्राह्मणहरूको माला
बन्न सक्दैन। उच्चभन्दा उच्च यी ब्राह्मण कुलभूषण हुन् तर तिनीहरूको माला बन्न
सक्दैन। तिम्रो बुद्धिमा छ– यो शिवबाबाको माला हो, फेरि हामी गएर सत्ययुगमा
नम्बरवार विष्णुको मालाका दाना बन्छौँ। तिम्रो एक एक शब्द यस्तो छ, जुन कसैले बुझ्न
सक्दैन। बाबाले पढाइरहनुहुन्छ, बृद्धि भइरहन्छ। प्रदर्शनीमा कति आउँछन्! भन्छन् पनि–
हामी आएर बुझ्छौँ, फेरि घर गए अनि समाप्त! जहाँको त्यहीँ रहन्छन्। भन्छन्– प्रभुलाई
भेट्नका लागि बाटो धेरै राम्रो बताउँछन्। तर हामी त्यसमा हिँडौँ, वर्सा लिऊँ, यो
बुद्धिमा आउँदैन। भन्छन् धेरै राम्रो सेवा गरिरहेका छन् ब्रह्माकुमारीहरूले। बस्,
अरे तिमीले पनि बुझ्नु नि! जिस्मानी सेवा गरिरहन्छौ, अब यो रुहानी सेवा पनि गर।
समाजको सेवा त सबै मानिसहरूले गरिरहन्छन्। सित्तैमा त कसैले सेवा गर्दैनन्, नत्र
खान्छन् कहाँबाट! अहिले तिमी बच्चाहरूले धेरै राम्रो सेवा गर्छौ। तिमीलाई भारतभूमिको
लागि धेरै दया लाग्छ। हाम्रो भारतवर्ष के थियो, फेरि रावणले कस्तो दुर्गतिमा ल्याएको
छ! अब हामी बाबाको श्रीमतमा चलेर अवश्य वर्सा लिन्छौँ।
अहिले तिमीहरूले
जान्दछौ– हामी सङ्गमयुगी हौँ, बाँकी सबै कलियुगी हुन्। हामी उता पारिपट्टी जाँदै
छौँ। जो राम्रोसँग बाबाको यादमा रहन्छन्, उनीहरूले यसरी बस्दाबस्दै, याद गर्दागर्दै
शरीर छोडिदिनेछन्। बस्, फेरि आत्मा फर्केर आउँदैन। बाबाको यादमा बस्दाबस्दै गयो। यहाँ
हठयोग आदिको कुनै कुरै छैन। जसरी देख्छौ– ध्यानमा बसी बसी जान्छन्, त्यसरी नै तिमीले
यादमा बस्दाबस्दै यो शरीर छोडिदिनेछौ। सूक्ष्मवतनमा गएर फेरि बाबाको समीप जानेछौ।
जसले यादको यात्राको धेरै मेहनत गर्छन्, उनीहरूले यसरी शरीर छोडिदिन्छन्।
साक्षात्कार हुन्छ। जसरी सुरुमा तिमीलाई धेरै साक्षात्कार भए, त्यसरी नै अन्त्यमा
पनि तिमीले धेरै साक्षात्कार गर्नेछौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) मन्दिरलायक बन्नका लागि देह अभिमान छोडिदिनु छ। रुहानी सेवामा लाग्नु छ।
२) अब घर जाने समय
भएको छ, त्यसैले जति पनि हिसाबकिताब छ, कामधन्दाका विचारहरू छन्, तिनलाई मनबाट
हटाइदिनु छ। यादको यात्राको लागि मेहनत गर्नु छ।
वरदान:–
सत्सङ्गद्वारा
रुहानी रङ्ग लगाउने सदा हर्षित र डबल लाइट भव
जुन बच्चाहरूले
बाबालाई दिलको सच्चा साथी बनाउँछन्, उनीहरूलाई सदा सङ्गतको रुहानी रङ्ग लागिरहन्छ।
बुद्धिद्वारा सत्य बाबा, सत्य शिक्षक र सद्गुरुको सङ्गत गर्नु– यही सत्सङ्ग हो। जो
यस सत्सङ्गमा रहन्छन्, उनीहरू सदा हर्षित र डबल लाइट रहन्छन्। उनीहरूलाई कुनै पनि
प्रकारको बोझ अनुभव हुँदैन। उनीहरूले यस्तो अनुभव गर्छन् मानौँ उनीहरू भरपुर छन्,
उनीहरूसँग खुसीको खानी छ, जति पनि बाबाको छ त्यो सबै उनीहरूको आफ्नो भयो।
स्लोगन:–
आफ्ना मीठा
वचन र उमङ्ग-उत्साहको सहयोगद्वारा निराश आत्माहरूलाई शक्तिमान् बनाऊ।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
परोपकारको भावनाले
सम्पन्न बन्नका लागि हरेक आत्माका गुणहरूलाई मात्र देख। कसैको कमजोरी वा अवगुणलाई
देख्दादेख्दै पनि आफ्ना शुभभावनाले, सहयोगको कामनाले त्यो आत्मालाई पनि गुणवान्
बनाउने शक्तिको दान देऊ। आफ्नो समयलाई, सुखलाई, नाम, सान, मानसहित सर्व प्राप्तिको
इच्छालाई समर्पित गरेर, लिने इच्छालाई छोडिदिने महादानी बन, तब भनिन्छ परोपकारको
भावनाले सम्पन्न आत्मा।