01.12.24    Avyakt Bapdada     Nepali Murli    18.01.2003     Om Shanti     Madhuban


ब्राह्मण जन्मको स्मृतिहरूद्वारा समर्थ बनेर सर्वलाई समर्थ बनाऊ


आज चारैतिरका सर्व स्नेही बच्चाहरूको स्नेहका मीठा मीठा यादका भिन्न भिन्न बोली, स्नेहका मोतीका मालाहरू बापदादाको पासमा अमृतबेलाभन्दा पनि पहिले पुगिसकेका छन् । बच्चाहरूको स्नेहले बापदादालाई पनि स्नेहको सागरमा समाहित गराउँछ। बापदादाले देख्नुभयो, हरेक बच्चामा अटुट स्नेहको शक्ति छ। यो स्नेहको शक्तिले हरेक बच्चालाई सहयोगी बनाइरहेको छ। स्नेहको आधारमा सर्व आकर्षणहरूबाट उपराम भएर अगाडि भन्दा अगाडि बढिरहेका छन्। यस्तो एक बच्चा पनि देखिएन जसलाई बापदादाद्वारा वा विशेष आत्माहरूद्वारा न्यारा र प्यारा स्नेहको अनुभव भएको छैन। हरेक ब्राह्मण आत्माको ब्राह्मण जीवनको आदिकाल स्नेहको शक्तिद्वारा नै भएको हो। ब्राह्मण जन्मको यो स्नेहको शक्तिले वरदान बनेर अगाडि बढाइरहेको छ। आजको दिन विशेष बाबा र बच्चाहरूको स्नेहको दिन हो। हरेकले आफ्नो दिलमा स्नेहका मोतीका धेरै भन्दा धेरै मालाहरू बापदादालाई पहिर्याए। अरू शक्तिहरू आजको दिनमा मर्ज छन् तर स्नेहको शक्ति इमर्ज छ। बापदादा पनि बच्चाहरूको स्नेहको सागरमा लवलीन हुनुहुन्छ।

आजको दिनलाई स्मृति दिवस भनिन्छ। स्मृति दिवस केवल ब्रह्माबाबाको स्मृतिको दिवस होइन तर बापदादा भन्नुहुन्छ आज र सदा यो याद रहोस्– बापदादाले ब्राह्मण जन्म लिँदा बित्तिकै आदिदेखि अहिलेसम्म के के स्मृतिहरू दिलाउनुभएको छ। त्यो स्मृतिहरूको माला याद गर, धेरै ठुलो माला बन्नेछ। सबैभन्दा पहिलो स्मृति सबैलाई के मिल्यो? पहिलो पाठ याद छ नि! म को हुँ! यस स्मृतिले नै नयाँ जन्म दियो, वृत्ति, दृष्टि, स्मृति परिवर्तन गरिदियो। यस्ता स्मृतिहरू याद आउँदा बित्तिकै रूहानी खुसीको झलक नयनहरूमा, मुखमा आइहाल्छ। तिमीहरूले (स्मृति) याद गर्छौ र भक्तहरूले माला जप्छन्। अमृतबेलादेखि कर्मयोगी बन्ने एक मात्र स्मृति समयमा बारम्बार याद रह्यो भने स्मृतिले समर्थ स्वरूप बनाइदिन्छ किनकि जस्तो स्मृति त्यस्तै सामर्थ्य स्वत: आउँछ त्यसैले आजको दिनलाई स्मृति दिवस, साथसाथै समर्थ दिवस भनिन्छ। ब्रह्माबाबा सामुन्ने आउँदैमा, बाबाको दृष्टि पर्दैमा आत्माहरूमा सामर्थ्य आइहाल्छ। सबै अनुभवी छन्। सबै अनुभवी छौ नि! चाहे साकार रूपमा देख्यौ, चाहे अव्यक्त रूपको पालनाबाट पालिँदै अव्यक्त स्थिति अनुभव गर्छौ, सेकेन्डमा दिलबाट बापदादा भन्यौ, सामर्थ्य स्वत: आयो। त्यसैले हे समर्थ आत्माहरू! अब अन्य आत्माहरूलाई आफ्नो सामर्थ्यले समर्थ बनाऊ। उमङ्ग छ नि! छ उमङ्ग? असमर्थलाई समर्थ बनाउनु छ नि! बापदादाले देख्नुभयो– चारैतिर कमजोर आत्माहरूलाई समर्थ बनाउने उमङ्ग राम्रो छ।

शिवरात्रिको प्रोग्राम धुमधामले बनाइरहेका छन्। सबैलाई उमङ्ग छ नि! जसलाई उमङ्ग छ, बस् यस शिवरात्रिमा कमाल गर्नेछौँ, उनीहरूले हात उठाऊ। यस्तो कमाल जसबाट धमाल (हङ्गामा) खतम हुन्छ। जयजयकार हुन्छ। वाह! वाह समर्थ आत्माहरू वाह! सबै जोनले प्रोग्राम बनाएका छौ नि! पञ्जाबले पनि बनाएको छ नि! राम्रो छ। भट्किरहेका आत्माहरू, प्यासी आत्माहरू, अशान्त आत्माहरू, यस्ता आत्माहरूलाई अञ्जुली त देऊ। फेरि पनि तिमीहरूका भाइबहिनी हुन्। आफ्ना भाइहरूमाथि, आफ्ना बहिनीहरूमाथि दया आउँछ नि! हेर, आजकाल परमात्मालाई आपदको समयमा याद गर्छन् तर शक्तिहरूलाई, देवताहरूमा पनि गणेश छन्, हनुमान छन्, अरू पनि देवताहरूलाई धेरै याद गर्छन्, त्यसोभए ती को हुन् त? तिमीहरू नै हो नि! तिमीहरूलाई दिनहुँ याद गर्छन्। पुकारिरहेका छन्– हे कृपालु, दयालु कृपा गर्नुहोस् दया गर्नुहोस्,! सुख शान्तिको एक थोपा भए पनि दिनुहोस्। तिमीहरूद्वारा एक थोपाका प्यासी छन्। त्यसैले दु:खीहरूको, प्यासी आत्माहरूको आवाज हे शक्तिहरू, हे देव पुगिरहेको छैन! पुगिरहेको छ नि? जब बापदादाले पुकार सुन्नुहुन्छ, त्यतिबेला शक्तिहरूलाई र देवहरूलाई याद गर्नुहुन्छ। दादीले राम्रो प्रोग्राम बनाएकी छन्, बाबालाई मन परेको छ। स्मृति दिवस त सदा नै हो तर आजको विशेष दिनमा स्मृतिद्वारा सर्व सामर्थ्यहरू प्राप्त गर्यौ, अब भोलिदेखि शिवरात्रिसम्म बापदादा चारैतिरका बच्चाहरूलाई भन्नुहुन्छ– यो विशेष दिन यही लक्ष्य राख, धेरैभन्दा धेरै आत्माहरूलाई मनसाद्वारा, वाणीद्वारा वा सम्बन्ध-सम्पर्कद्वारा कुनै पनि विधिले सन्देशरूपी अञ्जुली अवश्य दिनु छ। आफ्नो उल्हना निकालिदेऊ। बच्चाहरूले सोच्छन् अहिले विनाशको डेट त देखिएको छैन, कुनै समयमा उल्हना पूरा गर्नेछौं तर होइन। यदि अहिलेदेखि उल्हना पूरा गरेनौ भने यो उल्हना पनि मिल्नेछ– तपाईँहरूले पहिले किन बताउनु भएन? हामीले पनि केही त बनाउँथ्यौं, त्यसपछी त केवल अहो प्रभु भन्नेछन् त्यसैले उनीहरूलाई पनि केही न केही त वर्साको अञ्जुली लिन देऊ। उनीहरूलाई पनि केही समय देऊ। एक थोपाले भए पनि प्यास त मेट, प्यासीका लागि एक थोपा पनि धेरै महत्त्वको हुन्छ। यही प्रोग्राम छ नि भोलिदेखि लिएर, बापदादाले पनि हरियो झण्डा देखाउने होइन, नगरा बजाइरहनु भएको छ– हे तृप्त आत्माहरू! आत्माहरूलाई सन्देश देऊ, सन्देश देऊ! कमसेकम शिवरात्रिमा बाबाको बर्थडेको मुख त मीठो बनाऊ, हो हामीलाई सन्देश मिल्यो। यो खुसियालीको (दिलखुश) मिठाई सबैलाई सुनाऊ, खुवाऊ। साधारण शिवरात्रि मनाउनु छैन, केही कमाल गरेर देखाउनु छ। उमङ्ग छ? पहिलो लाइनलाई छ? धेरै धुम मच्चाऊ। कमसेकम यो त बुझून्– शिवरात्रिको यति ठुलो महत्त्व छ। हाम्रो बाबाको जन्मदिन हो, यो सुनेर खुसी त मनाऊन्।

बापदादाले देख्नुभयो– अमृतबेलामा धेरैजसोको याद र ईश्वरीय प्राप्तिहरूको नसा धेरै राम्रो हुन्छ। तर कर्मयोगीको स्टेजमा जुन अमृतबेलाको नसा छ त्यसमा अन्तर पर्छ। कारण के हो? कर्म गर्दा सोल कन्सियसनेस र कर्म कन्सियसनेस दुवै हुन्छ। यसको विधि हो कर्म गर्दा म आत्मा, कुन आत्मा, त्यो त जान्दछौ नै, जुन आत्माका भिन्न भिन्न स्वमान मिलेका छन्, यस्तो आत्मा करावनहार भएर यी कर्मेन्द्रियहरूद्वारा कर्म गराउनेवाला हुँ, यी कर्मेन्द्रियहरू कर्मचारी हुन् तर कर्मचारीहरूबाट कर्म गराउने म करावनहार हुँ, न्यारा हुँ। के लौकिकमा पनि डाइरेक्टरले आफ्ना साथीहरूबाट, निमित्त सेवा गर्नेहरूबाट सेवा गराउँदै, डाइरेक्सन दिँदै, ड्युटी गर्दा म डाइरेक्टर हुँ भनेर बिर्सन्छन्? आफूलाई करावनहार शक्तिशाली आत्मा हुँ, यो सम्झेर कार्य गराऊ। यो आत्मा र शरीर, यो कर्ता हो, त्यो करावनहार हो, यो स्मृति मर्ज हुन्छ। तिमीहरू सबैलाई, पुराना बच्चाहरूलाई थाहा छ– ब्रह्माबाबाले सुरु सुरुमा के अभ्यास गर्नुभयो? एक डायरी देखेका थियौ नि। सारा डायरीमा एउटै शब्द– म पनि आत्मा, जसोदा पनि आत्मा, यी बच्चाहरू पनि आत्मा हुन्, आत्मा हो, आत्मा हो.... यो फाउन्डेसनसदा अभ्यास गर्नुभयो। यो पहिलो पाठ म को हुँ? यसको बारम्बार अभ्यास चाहिन्छ। चेकिङ चाहिन्छ, यस्तो होइन म त हुँ नै आत्मा। अनुभव गर– म आत्मा करावनहार बनेर कर्म गराइरहेको छु। कर्ता अलग छ, करावनहार अलग छ। ब्रह्माबाबाको अर्को अनुभव पनि सुनेका छौ– यी कर्मेन्द्रियहरू कर्मचारी हुन्। दिनहुँ राति कचहरी सुनेका छौ नि! त्यसैले मालिक बनेर यी कर्मेन्द्रियहरू रूपी कर्मचारीहरूसँग हालचाल सोधेका छौ नि! जसरी ब्रह्माबाबाले यो अभ्यासको फाउन्डेसन धेरै पक्का बनाउनुभयो, त्यसैगरी जुन बच्चाहरू लास्टमा पनि साथ रहे उनीहरूले के अनुभव गरे? बाबालाई कार्य गर्दागर्दै पनि शरीरमा भएर पनि अशरीरी स्थितिमा चल्दाफिर्दाको अनुभव भइरह्यो। चाहे कर्मको हिसाब पनि चुक्ता गर्नुपर्यो तर साक्षी भएर, न स्वयं कर्मको हिसाबको वश रहनुभयो, न अरूलाई कर्मको हिसाबकिताब चुक्ता भएको अनुभव गराउनुभयो। तिमीहरूलाई थाहा भयो– ब्रह्माबाबा अव्यक्त भइरहनुभएको छ? थाहा भएन नि! धेरैकालको यति न्यारा, साक्षी, अशरीरी अर्थात् कर्मातीत स्टेज अभ्यास गर्नुभयो, तब अन्त्यमा पनि त्यही स्वरूप अनुभव भयो। यो धेरैकालको अभ्यास काम लाग्छ। यस्तो नसोच– अन्त्यमा देहभान छोड्नेछौं, होइन। धेरैकालको अशरीरीपनको, देहबाट न्यारा करावनहार स्थितिको अनुभव हुनुपर्छ। अन्त्यकाल चाहे जवान होस्, चाहे वृद्ध होस्, चाहे तन्दुरुस्त होस्, चाहे बिरामी होस्, कसैको पनि, जहिले पनि आउन सक्छ त्यसैले धेरैकाल साक्षीपनको अभ्यासमा ध्यान देऊ। चाहे जति पनि प्राकृतिक विपदहरू आउनेछन् तर यो अशरीरीपनको स्टेजले तिमीहरूलाई सहज न्यारा र बाबाको प्यारा बनाइदिन्छ त्यसैले धेरैकाल शब्दलाई बापदादाले अन्डरलाइन गराइरहनुभएको छ। जेसुकै होस्, सारा दिनमा साक्षीपनको स्टेजको, करावनहारको स्टेजको, अशरीरीपनको स्टेजको अनुभव बारम्बार गर, तब अन्त्यमा फरिस्ता सो देवता अवस्था निश्चित छ। बाबा समान बन्नु छ भने बाबा निराकार हुनुहुन्छ, ब्रह्माबाबा समान बन्नु अर्थात् फरिस्ता स्टेजमा रहनु। जसरी फरिस्ता रूप साकार रूपमा देख्यौ, कुरा सुन्दै, कुरा गर्दै, कारोबार गर्दागर्दै पनि अनुभव गर्यौ, मानौँ बाबा शरीरमा भएर पनि न्यारा हुनुहुन्छ। कार्य छोडेर अशरीरी बन्नु, यो त थोरै समय हुन सक्छ तर कार्य गर्दै, समय निकालेर अशरीरी, पावरफुल स्टेजको अनुभव गर्दै जाऊ। तिमीहरू सबै फरिस्ता हौ, बाबाद्वारा यस ब्राह्मण जीवनको आधार लिएर सन्देश दिनका लागि साकारमा कार्य गरिरहेका छौ। फरिस्ता अर्थात् देहमा रहँदै देहबाट न्यारा र यो उदाहरण ब्रह्माबाबालाई देखेका छौ, असम्भव छैन। देख्यौ, अनुभव गर्यौ। जो पनि निमित्त छन्, चाहे अहिले विस्तार धेरै छ तर जति ब्रह्माबाबाको नयाँ नलेज, नयाँ जीवन, नयाँ दुनियाँ बनाउने जिम्मेवारी थियो, त्यति अहिले कसैको पनि छैन। त्यसैले सबैको लक्ष्य हो ब्रह्माबाबा समान बन्नु अर्थात् फरिस्ता बन्नु। शिवबाबा समान बन्नु अर्थात् निराकार स्थितिमा स्थित हुनु। मुस्किल छ र? बाबा र दादासँग प्यार छ नि! जोसँग प्यार छ उहाँजस्तो बन्नु, जब सङ्कल्प पनि छ– बाबा समान बन्नु नै छ, कुनै मुस्किल छैन। केवल बारम्बार ध्यान राख। साधारण जीवन होइन। साधारण जीवन जिउने धेरै छन्। ठुला-ठुला कार्य गर्ने धेरै छन्। तर तिमीहरूको जस्तो कार्य, तिमीहरू ब्राह्मण आत्माहरू बाहेक अरू कसैले गर्न सक्दैन।

आज स्मृति दिवसमा बापदादाले समानतामा समीप आऊ, समीप आऊ, समीप आऊको वरदान दिइरहनुभएको छ। सबै हदका किनारा, चाहे सङ्कल्प, चाहे बोली, चाहे कर्म, सम्बन्ध-सम्पर्क कुनै पनि हदको किनारा, आफ्नो मनको नाउलाई यी हदका किनाराहरूबाट मुक्त गरिदेऊ। अहिलेदेखि जीवनमा रहँदै मुक्त, यस्तो जीवनमुक्तिको अलौकिक अनुभव धेरैकालदेखि गर। अच्छा!

चारैतिरका बच्चाहरूका पत्र धेरै मिलेका छन् र मधुबनवालाहरूको क्रोधमुक्तको रिपोर्ट, समाचार पनि बापदादाको पास पुगेको छ। बापदादा हिम्मतमा खुसी हुनुहुन्छ, र अगाडिका लागि सदा मुक्त रहनका लागि सहनशक्तिको कवच पहिरिरहनु, कसैले जतिसुकै गिराउने प्रयत्न गरोस् तर तिमीहरू सदा सेफ रहनेछौ।

यस्ता सर्व दृढ सङ्कल्पधारी, सदा स्मृति स्वरूप आत्माहरूलाई, सदा सर्व समर्थ आत्माहरूलाई समयमा कार्यमा ल्याउने विशेष आत्माहरूलाई, सदा सर्व आत्माहरूका रहमदिल आत्माहरूलाई, सदा बापदादा समान बन्ने सङ्कल्पलाई साकार रूपमा ल्याउने यस्ता धेरै-धेरै-धेरै प्यारा र न्यारा बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

डबल फरेन रहरूसँग :– डबल फरेनरहरूलाई डबल नसा छ। किन डबल नसा छ? किनकि सम्झन्छन् हामी पनि जसरी बाबा दूरदेशका हुनुहुन्छ नि, त्यसैगरी हामी पनि दूरदेशबाट आएका हौं। बापदादाले डबल विदेसी बच्चाहरूको एउटा विशेषता देख्नुभएको छ– दीपबाट दीप बाल्दै धेरै देशहरूमा बापदादाका बलेका दियोहरूको दिपावली मनाइदिएका छन्। डबल विदेसीहरूको सन्देश दिने सोख राम्रो छ। हरेक ग्रुपमा बापदादाले देख्नुभयो ३५-४० देशका हुन्छन्। बधाई छ। सदा स्वयं पनि उडिराख र फरिस्ता बनेर उड्दै उड्दै सन्देश दिइराख। राम्रो छ, तिमीहरू ३५ देशवालाहरूलाई बापदादा देखिरहनुभएको छैन, अरू पनि देशवालाहरूलाई तिमीहरूसँगै देखिरहनुभएको छ। नम्बर वन बाबा समान बन्नेवाला हौ नि! नम्बर वन कि नम्बरवार बन्नेवाला हौ? नम्बर वन? नम्बरवार होइन? नम्बर वन बन्नु अर्थात् हर पल विन गर्नेवाला

(विजय प्राप्त गर्नेवाला)। जसले विन गर्छन् ती वन हुन्छन्। यस्ता हौ नि? धेरै राम्रो। विजयी छौ र सदा विजयी रहनेवाला हौ। अच्छा। सबै, जहाँ-जहाँ जान्छौ त्यहाँ यो स्मृति दिलाउनु छ– सबै डबल फरेनरहरू वन नम्बर बन्नु छ। अच्छा, बापदादाले सबै माताहरूलाई गोपालका प्यारा माताहरूलाई दिलदेखि यादप्यार दिइरहनुभएको छ र पाण्डव चाहे युथ हुन्, चाहे प्रवृत्तिका हुन्, पाण्डव सदा पाण्डवपतिको साथी रहेका छन्, यस्ता साथी पाण्डवहरूलाई पनि बापदादा धेरै धेरै यादप्यार दिइरहनुभएको छ।

दादीजीसँग:– आजको दिन के याद आउँछ? विल पावहरू मिले नि! विल पावरहरूको वरदान छ। धेरै राम्रो पार्ट खेलेकी छौ, यसको बधाई छ। तिमीलाई सबैको धेरै आशीर्वाद छ। तिमीलाई देखेर नै सबै खुसी हुन्छन्, बोल वा नबोल। तिमीलाई केही हुँदा सबैले यस्तो सम्झन्छन् हामीलाई भइरहेको छ। यति प्यार छ। सबैको छ। (हाम्रो पनि सबैसँग धेरै प्यार छ) प्यार त धेरै छ सबैसँग। यो प्यारले नै सबैलाई चलाइरहेको छ। धारणा कम होस् धेरै होस्, तर प्यारले चलाइरहेको छ। धेरै राम्रो।

ईशु दादीसँग:– यिनले पनि हिसाब चुक्ता गरिसकिन्। केही छैन। यिनको सहज पुरुषार्थ, सहज हिसाब चुक्ता। सहज नै भयो, सुति सुति। आराम मिल्यो विष्णु जसरी। राम्रो। फेरि पनि साकारदेखि अहिलेसम्म यज्ञ रक्षक बनेकि छन्। यज्ञ रक्षक बनेको आशीर्वाद धेरै हुन्छ। सबै दादीहरू बापदादाका एकदम समीप छन्। समीप रत्न छन् र सबैलाई दादीहरूको महत्वछ। सङ्गठन पनि राम्रो छ। तिमी दादीहरूको सङ्गठनले यति वर्ष यज्ञको रक्षा गरेको छ र गरिरहनेछ। यो एकता सबै सफलताको आधार हो। (बाबा बीचमा हुनुहुन्छ) बाबालाई बीचमा राखेका छौ, यसमा धेरै राम्रो ध्यान दिएका छौ। अच्छा, सबै ठीक छ।

वरदान:–
सर्व सम्बन्धहरूबाट एक बाबालाई आफ्नो साथी बनाउने सहज पुरुषार्थी भव

बाबा स्वयंले सर्व सम्बन्धहरूबाट साथ निभाउने अफर गर्नुहुन्छ। जस्तो समय त्यस्तै सम्बन्धबाट बाबाको साथ बस र साथी बनाऊ। जहाँ सदा साथ पनि छ र साथी पनि हुनुहुन्छ त्यहाँ कुनै मुस्किल हुन सक्दैन। जब कहिल्यै आफूलाई एक्लो अनुभव गर्छौ, त्यो समयमा बाबाको बिन्दु रूपलाई याद नगर, प्राप्तिहरूको लिस्ट सामुन्ने ल्याऊ, भिन्नभिन्न समयका रमणीक अनुभवका कहानीहरू स्मृतिमा ल्याऊ, सर्व सम्बन्धहरूको रसको अनुभव गर्यौ भने मेहनत समाप्त हुन्छ र सहज पुरुषार्थी बन्नेछौ।

स्लोगन:–
बहुरूपी बनेर मायाका बहुरूपहरूको परख गर्यौ भने मास्टर मायापति बन्नेछौ।