02.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाको
पार्ट एक्युरेट छ , उहाँ आफ्नो समयमा आउनु हुन्छ , अलिकति पनि फरक पर्न सक्दैन , उहाँ
आउनु भएको यादगार शिवरात्रि खुब धुमधामसँग मनाऊ।”
प्रश्न:–
कुन बच्चाहरूको
विकर्म पूरा पूरा विनाश हुन पाउँदैन?
उत्तर:–
जसको योग ठीक
छैन, बाबाको याद रहँदैन भने तिनको विकर्म विनाश हुन पाउँदैन। योगयुक्त नहुनाले पूरा
सद्गति हुँदैन, पाप बाँकी रहन्छ। फेरि पद पनि सानो हुन जान्छ। योग छैन भने नाम-रूपमा
अल्झिरहन्छन्। उनीहरूको नै कुरा याद आइरहन्छ। ती देही-अभिमानी रहन सक्दैनन्।
गीत:–
यह कौन आज आया
सवेरे सवेरे......।
ओम् शान्ति ।
सबेरै (अमृतबेला)
कति बजे हुन्छ? बाबा सबेरै कति बजे आउनु हुन्छ? (कसैले भने ३ बजे, कसैले भने ४ बजे,
कसैले भने सङ्गममा, कसैले भने १२ बजे) बाबा एक्युरेट सोध्नुहुन्छ। १२ बजेलाई तिमीले
सबेरै भन्न सक्दैनौ। १२ बजेर एक सेकेण्ड भयो, एक मिनेट भयो तब ए.एम. अर्थात् बिहान
सुरु भयो। यो बिल्कुल सबेरै हो। ड्रामामा यिनको पार्ट बिलकुल एक्युरेट छ। सेकेण्ड
पनि कम हुन सक्दैन। यो ड्रामा अनादि बनेको छ। १२ बजेर एक सेकेण्ड नभएसम्म ए.एम.
भनिँदैन, यो बेहदको कुरा हो। बाबा भन्नुहुन्छ– म आउँछु सबेरै सबेरै। बेलायतीहरूको
ए.एम., पी.एम. एक्युरेट चल्छ। उनीहरूको बुद्धि फेरि पनि राम्रो छ। उनीहरू त्यति
सतोप्रधान पनि बन्दैनन् भने तमोप्रधान पनि बन्दैनन्। भारतवर्ष निवासी नै १००
प्रतिशत सतोप्रधान, फेरि १०० प्रतिशत तमोप्रधान बन्छन्। बाबा धेरै एक्युरेट
हुनुहुन्छ। सबेरै अर्थात् १२ बजेर एक मिनेट, सेकेण्डको हिसाब राख्नुहुन्न। सेकेण्ड
पास हुँदा जानकारी पनि हुँदैन। अहिले यी कुरा तिमी बच्चाहरूले नै जान्दछौ। दुनियाँ
त बिल्कुल घोर अन्धकारमा छन्। बाबालाई सबै भक्तले दु:खमा याद गर्छन्– पतित-पावन
आउनुहोस्। तर उहाँ को हुनुहुन्छ? कहिले आउनु हुन्छ? यो केही पनि जानेका छैनन्।
मनुष्य भएर पनि एक्युरेट केही जानेका छैनन् किनकि पतित तमोप्रधान छन्। काम विकार पनि
कति तमोप्रधान छ। अहिले बेहदका बाबाले आदेश गर्नुहुन्छ– प्यारा बच्चाहरू! कामजित
जगतजित बन। यदि अहिले पवित्र बन्दैनौ भने सृष्टि विनाश भइसक्छ। तिमी पवित्र बन्यौ
भने अविनाशी पद पाउने छौ। तिमीले राजयोग सिकिरहेका छौ नि। स्लोगनमा पनि लेख्छन् “बी
होली, बी योगी।” वास्तवमा लेख्नुपर्छ “बी राजयोगी”। योगी त कमन शब्द हो। ब्रह्मसँग
योग लगाउँछन्। उनीहरू पनि योगी कहलाउँछन्। बच्चाले पितासँग, स्त्रीले पुरुषसँग योग
लगाउँछन् तर यो तिम्रो हो राजयोग। बाबाले राजयोग सिकाउनु हुन्छ, त्यसैले राजयोग
लेख्नु ठीक हो। बी होली एण्ड राजयोगी। दिन प्रतिदिन सुधार त भइरहन्छ। बाबा पनि
भन्नुहुन्छ– आज तिमीलाई गहन भन्दा गहन कुरा सुनाउँछु। अब शिवजयन्ती पनि आउँदै छ।
शिवजयन्ती त तिमीले राम्रोसँग मनाउनु छ। शिवजयन्तीमा त धेरै राम्रोसँग सेवा गर्नु
छ। जहाँ प्रदर्शनी हुन्छ, सबैले आ-आफ्नो सेन्टरमा अथवा घरमा शिवजयन्ती राम्रोसँग
मनाऊ र लेख– आएर शिवबाबा गीता ज्ञानदाता बाबाबाट बेहदको वर्सा लिने मार्ग सिक्नुहोस्।
ठीक छ, बत्ती आदि पनि बाल। घर घरमा शिवजयन्ती मनाउनु पर्छ। तिमी ज्ञान-गङ्गाहरू हौ
नि। त्यसैले हरेकको नजिक गीता पाठशाला हुनुपर्छ। घर घरमा गीता त पढ्छन् नि। पुरुषहरू
भन्दा पनि माताहरू भक्तिमा तिक्ष्ण हुन्छन्। यस्ता परिवार पनि हुन्छन् जहाँ गीता
पढ्छन्। त्यसैले घरमा पनि चित्र राख्नुपर्छ। लेख– बेहदका बाबासँग आएर फेरि वर्सा
लिनुहोस्।
यो शिवजयन्तीको पर्व
वास्तवमा तिम्रो सच्चा दीपावली हो। शिवबाबा आइसकेपछि मात्रै घर घरमा उज्यालो हुन्छ।
यस पर्वमा खुब बत्ती आदि बालेर उज्यालो बनाएर मनाऊ। तिमीले सच्चा दीपावली मनाउँछौ।
फाइनल त हुने छ सत्ययुगमा। त्यहाँ घर घरमा प्रकाश नै प्रकाश हुन्छ अर्थात् हरेक
आत्माको ज्योति बलिरहन्छ। यहाँ त अन्धकार छ। आत्माहरू आसुरी बुद्धिका बनेका छन्।
त्यहाँ आत्माहरू पवित्र हुनाले दैवी बुद्धि हुन्छ। आत्मा नै पतित, आत्मा नै पावन
बन्छ। अहिले तिमी कौडी तुल्यबाट हीरा तुल्य बनिरहेका छौ। आत्मा पवित्र भएपछि शरीर
पनि पवित्र मिल्छ। यहाँ आत्मा अपवित्र छ त्यसैले शरीर र दुनियाँ पनि अपवित्र छन्।
यी कुरा तिमीहरूमा पनि थोरैले मात्र यथार्थ रीतिले जान्दछौ। उनको मनमा खुसी हुन्छ।
नम्बरवार पुरुषार्थ त गरिरहन्छन्। ग्रहचारी पनि बस्छ। कहिले राहुको ग्रहचारी बस्छ
त्यसैले आश्चर्यवत् भागन्ती हुन्छन्। बृहस्पतिको दशा फेरिएर ठीक राहुको दशा लाग्छ।
काम विकारमा गयो कि राहुको दशा लाग्यो। मल्लयुद्ध हुन्छ नि। तिमी माताहरूले देखेका
छैनौ होला किनकि माताहरू हुन्छन् गृहिणी। तिमीलाई थाहा छ– कुमालकोटीलाई गृहिणी
अर्थात् घर बनाउने भनिन्छ। घर बनाउने राम्रा कारीगार हुन्, त्यसैले गृहिणी नाम छ।
कति मेहनत गर्छ। ती पनि पक्का मिस्त्री हुन्। दुई तीन कोठा बनाउँछन्। ३-४ कीरा लिएर
आउँछन्। तिमी ब्राह्मणीहरू पनि त्यस्तै हौ। चाहे १-२ आत्मालाई बनाऊ, चाहे १०-१२
आत्मालाई, चाहे १०० आत्मालाई, चाहे ५०० आत्मालाई बनाऊ। मण्डप आदि बनाउँछौ, यो पनि
घर बनाउनु जस्तो भयो नि। त्यसमा बसेर सबैलाई भुँ भुँ गर्छौ। फेरि कुनै त बुझेर
कीराबाट ब्राह्मण बन्छन्। कुनै सडेका निस्कन्छन् अर्थात् यस धर्मका होइनन्। यस
धर्मकालाई नै पूरा मात्रामा टचिङ्ग हुन्छ। तिमी त फेरि पनि मनुष्य हौ नि। तिम्रो
तागत कुमालकोटीको भन्दा त धेरै छ। तिमीले २ हजारको माझमा पनि भाषण गर्न सक्छौ। पछि
गएर तिमी ४-५ हजारको सभामा पनि जान्छौ। कुमालकोटीसँग तिम्रो तुलना हुन्छ। आजकाल
संन्यासीहरू पनि बाहिर विदेशमा गएर भन्छन्– हामीले भारतवर्षको प्राचीन राजयोग
सिकाउँछौ। आजकाल माताहरू पनि गेरु वस्त्र लगाएर जान्छन्। विदेशीलाई ठगेर आउँछन्।
उनीहरूलाई भन्छन्– भारतवर्षको प्राचीन राजयोग भारतवर्षमा आएर सिक। तिमीले कहाँ यस्तो
भन्छौ र भारतवर्षमा गएर सिक। तिमी त विदेशमा गए पनि त्यहाँ नै बसेर सम्झाउँछौ– यो
राजयोग सिक्नुभयो भने स्वर्गमा तपाईको जन्म हुन्छ। यसमा कपडा आदि फेर्नु पर्ने कुरा
छैन। यहाँ नै देहका सबै सम्बन्ध भुलेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबा नै
लिबरेटर‚ गाइड हुनुहुन्छ। सबैलाई दु:खबाट छुटाउनु हुन्छ।
अब तिमी सतोप्रधान
बन्नु छ। तिमी पहिला सत्ययुगमा थियौ। अहिले कलियुगमा छौ। सारा विश्व, सबै धर्मका
कलियुगमा छन्। कुनै पनि धर्मका सम्पर्कमा आए भने उनीहरूलाई भन्नु छ– बाबा
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर्यौ भने तिमी पावन बन्छौ, त्यसपछि फेरि
मैले साथ लिएर जान्छु। केवल यति मात्रै भन, धेरै होइन। यो त धेरै सहज छ। तिम्रो
शास्त्रमा पनि छ– घर घरमा सन्देश दिए। कुनै एक रह्यो भने पनि उसले उल्हना दिनेछ,
मलाई कसैले भनेन। बाबा आउनु भएको छ त्यसैले पूरा झ्याली पिट्नुपर्छ। एक दिन अवश्य
सबैलाई थाहा हुन्छ, बाबा आउनु भएको छ– शान्तिधाम, सुखधामको वर्सा दिन। वास्तवमा जब
देवी-देवता धर्म थियो तब अरू कुनै धर्म थिएन। सबै शान्तिधाममा थिए। यस्तो-यस्तो
ख्याल चल्नुपर्छ, स्लोगन बनाउनु पर्छ। बाबा भन्नुहुन्छ– देह सहित सबै सम्बन्धलाई
छोड। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर अनि आत्मा पवित्र बन्छ। अहिले आत्माहरू
अपवित्र छन्। अब सबैलाई पवित्र बनाएर, बाबा गाइड बनेर फर्काएर लैजानुहुन्छ। सबै
आआफ्नो सेक्सनमा बस्न जान्छन्। फेरि देवी-देवता धर्मका नम्बरवार आउँछन्। कति सहज छ।
यो त बुद्धिमा धारणा हुनुपर्छ। जसले सेवा गर्छ ऊ छिपेर रहन सक्दैन। डिससर्भिस गर्ने
पनि छिप्न सक्दैन। सेवाधारीलाई त बोलाइन्छ। जसले अलिकति पनि ज्ञान सुनाउन सक्दैन
उसलाई कहाँ बोलाइन्छ र। उसले त उल्टै नाम बदनाम गराउँछ। भन्छन् बी.के. यस्ता पनि
हुन्छन् र? पूरा रेसपन्ड पनि हुँदैनन्। नाम बदनाम भयो नि। शिवबाबाको नाम बदनाम
गर्नेले उच्च पद पाउन सक्दैन। जसरी यहाँ पनि कोही त करोडपति छन्, पदमपति छन्, कोही
हेर भोकै मरिरहेका छन्। यस्ता भिखारी पनि आएर राजकुमार बन्न सक्छन्। अहिले तिमी
बच्चाहरूलाई थाहा छ, उनै श्रीकृष्ण जुन स्वर्गका राजकुमार थिए उनै फेरि बेगर बन्छन्।
फेरि बेगरबाट प्रिन्स बन्छन्। यिनी बेगर थिए नि, अलिअलि कमाए त्यो पनि तिमी
बच्चाहरूको लागि। नत्र तिम्रो सम्हाल कसरी हुने? यी सबै कुरा शास्त्रमा कहाँ छन् र!
शिवबाबाले नै आएर बताउनु हुन्छ। वास्तवमा यिनी गाउँलेका छोरा थिए। नाम कुनै
श्रीकृष्ण थिएन। यो आत्माको कुरा हो, त्यसैले मनुष्य अलमलिएका छन्। बाबाले सम्झाउनु
भएको छ– शिवजयन्तीमा हरेक घर घरमा चित्रहरूद्वारा सेवा होस्। लेख– बेहदका बाबाबाट
२१ जन्मको लागि स्वर्गको बादसाही सेकेण्डमा कसरी मिल्छ, त्यो आएर बुझ्नुहोस्। जसरी
दीपावलीमा मनुष्यले धेरै पसल खोलेर बस्छन्। तिमीले फेरि अविनाशी ज्ञान रत्नहरूको
पसल खोलेर बस्नु छ। तिम्रा पसल कति राम्रो सजाइएका हुन्छन्। मनुष्यले दीपावलीमा
गर्छन्, तिमीले फेरि शिवजयन्तीमा दिपावली गर र सजाऊ। जुन शिवबाबाले सबैका दीपक
जगाउनु हुन्छ, तिमीलाई उहाँले विश्वको मालिक बनाउनु हुन्छ। उनीहरूले त लक्ष्मीसँग
विनाशी धन माग्छन्। यहाँ जगत् अम्बाबाट तिमीलाई विश्वको बादसाही मिल्छ। यो रहस्य
बाबाले सम्झाउनु हुन्छ। बाबाले कुनै शास्त्र कहाँ पढ्नुहुन्छ र! बाबा भन्नुहुन्छ– म
ज्ञानसागर हुँ नि। हो यो जान्नुहुन्छ, फलाना फलाना बच्चाहरूले धेरै राम्रो सेवा
गर्छन्, त्यसैले याद आउँछ। बाँकी यस्तो होइन, एक एकको मन भित्रको कुरा जान्दछु। हो,
कुनै समयमा थाहा हुन्छ– यो पतित छ, शङ्का हुन्छ। उसको अनुहार नै मलिनो हुन जान्छ,
माथिबाट बाबाले पनि सन्देश पठाउनु हुन्छ, यिनीसँग सोध। यो पनि ड्रामामा निश्चित छ।
जुन कसै कसैको लागि बताउनु हुन्छ, बाँकी यस्तो होइन सबैको लागि बताउनु हुन्छ। यस्ता
त धेरै छन्। जसले कालो मुख पार्छन्। जसले गर्छ उसले आफ्नै नोक्सान पार्छ। सच्चा
बताउनाले केही फाइदा हुन्छ, नबताउनेले अझ नोक्सान पार्छन्। सम्झनुपर्छ– बाबा
हामीलाई गोरो बनाउन आउनु भएको छ, अनि हामीले फेरि कालो मुख पार्छौं! यो हो नै
काँडाको दुनियाँ। यहाँ मानव काँडा छन्। सत्ययुगलाई भनिन्छ गार्डेन अफ अल्लाह र यो
हो फरेस्ट। त्यसैले बाबा भन्नुहुन्छ– जब जब धर्मको ग्लानि हुन्छ, तब म आउँछु। पहिलो
नम्बरका श्रीकृष्णलाई हेर‚ फेरि ८४ जन्महरू पछि कस्ता बन्छन्। अहिले सबै छन्
तमोप्रधान। आपसमा लडिरहन्छन्। यो सबै ड्रामामा निश्चित छ। फेरि स्वर्गमा यो केही
हुँदैन। प्वाइन्टहरू त धेरै भन्दा धेरै छन्, नोट गर्नुपर्छ। जसरी वकिलहरूले पनि
प्वाइन्टहरूको नोट बुक राख्छन् नि। डाक्टरहरूले पनि किताब राख्छन्, त्यो हेरेर औषधी
दिन्छन्। बच्चाहरूले कति राम्रोसँग पढ्नुपर्छ, सेवा गर्नुपर्छ। बाबाले नम्बरवन
मन्त्र दिनुभएको छ– मनमनाभव। बाबा र वर्सालाई याद गर्यौ भने स्वर्गको मालिक बन्छौ।
शिवजयन्ती मनाउँछन्। तर शिवबाबाले के गर्नुभयो? अवश्य स्वर्गको वर्सा दिनु भयो। त्यो
५ हजार वर्ष भयो। स्वर्गबाट नर्क, नर्कबाट स्वर्ग बन्छ।
बाबा सम्झाउनु हुन्छ–
प्यारा बच्चाहरू! योगयुक्त बन्यौ भने तिमीलाई सबै कुरा राम्रोसँग समझमा आउँछ। तर
योग ठीक छैन, बाबाको याद रहँदैन भने केही बुझ्न सक्दैनौ। विकर्म पनि विनाश हुन
पाउँदैन। योगयुक्त नहुनाले त्यति सद्गति पनि हुँदैन, पाप रहन जान्छ। फेरि पद पनि
सानो हुन जान्छ। धेरै छन्, योग केही पनि छैन, नाम रूपमा फसिरहन्छन्, उनैको याद
आइरहन्छ। अनि विकर्म विनाश कसरी हुन सक्छ? बाबा भन्नुहुन्छ– देहीअभिमानी बन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) शिवजयन्तीमा अविनाशी ज्ञान रत्नहरूको पसल खोलेर सेवा गर्नु छ। घर घरमा सन्देश
पुर्याएर सबैलाई बाबाको परिचय दिनु छ।
२) सच्चा बाबासँग
सच्चा भएर रहनु छ, कुनै पनि विकर्म गरेर छिपाउनु छैन। यस्तो योगयुक्त बन्नु छ, जसले
गर्दा कुनै पनि पाप नरहोस्। कसैको पनि नाम रूपमा फस्नु छैन।
वरदान:–
“मेरो” पनको
भानलाई मेटाउने ब्रह्माबाबा समान श्रेष्ठ त्यागी भव
सम्बन्धको त्याग,
वैभवहरूको त्याग कुनै ठुलो कुरा होइन तर हरेक कार्यमा, सङ्कल्पमा पनि अरूलाई अगाडि
बढाउने भावना राख्नु अर्थात् आफ्नोपनलाई मेटाइदिनु, पहिले तपाईँ भन्नु... यो हो
श्रेष्ठ त्याग। यसैलाई भनिन्छ स्वयंको भानलाई मेटाइदिनु। जसरी ब्रह्माबाबाले सदा
बच्चाहरूलाई अगाडि राख्नुभयो। “म अगाडि बढुँ” यसमा पनि सदा त्यागी रहनुभयो, यही
त्यागको कारण सबैभन्दा अगाडि अर्थात् नम्बरवनमा जाने फल मिलेको हो। त्यसैले फलो
फादर।
स्लोगन:–
तुरुन्तै कसैको
कमजोरी देखाउनु, यो पनि दुःख दिनु हो।