02.03.25    Avyakt Bapdada     Nepali Murli    15.10.2004     Om Shanti     Madhuban


“ एकलाई प्रत्यक्ष गर्नको लागि एकरस स्थिति बनाऊ , स्वमानमा बस , सबैलाई सम्मान देऊ”


आज बापदादाले हरेक बच्चाको मस्तकमा तीन भाग्यका सितारा चम्किरहेको देखिरहनुभएको छ। परमात्म-पालनाको भाग्य, परमात्म-पढाइको भाग्य, परमात्म-वरदानहरूको भाग्य– यस्ता तीन सितारा सबैको मस्तकमा देखिरहनुभएको छ। तिमीले पनि आफ्नो भाग्यको चम्किरहेका सिताराहरूलाई देखिरहेका छौ? देखिन्छन्? यस्ता श्रेष्ठ भाग्यका सितारा सारा विश्वमा अरू कसैको पनि मस्तकमा चम्किरहेको देखिँदैन। यी भाग्यका सितारा त सबैको मस्तकमा चम्किरहेका छन् तर चमकमा कहीँ कहीँ अन्तर देखिइरहेको छ। कसैको चमक धेरै शक्तिशाली छ, कसैको चमक मध्यम छ। भाग्यविधाताले सबै बच्चाहरूलाई समान भाग्य दिनुभएको छ। कसैलाई स्पेसल दिनुभएको छैन। सबैलाई पालना पनि एकै किसिमको, पढाइ पनि सँगसँगै, वरदान पनि एकै किसिमको सबैलाई मिलेको छ। सारा विश्वको कुना कुनामा पढाइ सदा एउटै हुन्छ। यो कमाल हो, जो एउटै मुरली, एउटै डेट र अमृतवेलाको समय पनि आआफ्नो देशको हिसाबले भए तापनि एउटै छ, वरदान पनि एउटै छ। स्लोगन पनि एउटै छ। फरक हुन्छ? अमेरिका र लण्डनमा फरक हुन्छ? हुँदैन। त्यसैले अन्तर किन?

बापदादाले चारैतिर अमृतवेलाको पालना एउटै गर्नुहुन्छ। निरन्तर यादको विधि पनि सबैलाई एउटै मिल्छ, फेरि नम्बरवार किन? विधि एक तर सिद्धिको प्राप्तिमा अन्तर किन? बापदादाको चारैतिरका बच्चाहरूसँग प्यार पनि एकै किसिमको छ। बापदादाको प्यारमा चाहे पुरुषार्थ अनुसार नम्बरमा लास्ट नम्बरमा भए पनि बापदादाको प्यार लास्ट नम्बरमा पनि उही छ। अझ प्यारको साथै लास्ट नम्बरमा दया पनि छ– यो लास्ट पनि फास्ट, फस्ट होस्। तिमीहरू सबै जो टाढा टाढाबाट आएका छौ, कसरी आयौ? परमात्म-प्यारले तानेर ल्याएको हो नि! प्यारको डोरीले तानेर आयौ। त्यसैले बापदादाको सबैसँग प्यार छ। यस्तै सम्झन्छौ कि प्रश्न उठ्छ– मसँग प्यार छ कि कम छ? बापदादाको प्यार हरेक बच्चासँग एक अर्ककाकोभन्दा धेरै छ। र, यो परमात्म-प्यार नै सबै बच्चाहरूको विशेष पालनाको आधार हो। हरेकले के सम्झन्छन्– मेरो प्यार बाबासँग धेरै छ कि अरूको प्यार धेरै छ, मेरो कम छ? यस्तो सम्झन्छौ? मेरो प्यार छ, यस्तो सम्झन्छौ नि– मेरो प्यार छ? मेरो प्यार छ, छ नि यस्तो प्यार? पाण्डवहरू यस्तै छौ? हरेकले भन्नेछौ “मेरो बाबा”, यो भन्नेछैनौ सेन्टर इन्चार्जको बाबा, दादीको बाबा, जानकी दादीको बाबा, भन्नेछौ? भन्नेछैनौ। मेरो बाबा भन्नेछौ। जब मेरो भन्यौ र बाबाले पनि मेरो भन्नुभयो, बस् एक मेरो शब्दमा नै बच्चाहरू बाबाका बन्यौ र बाबा बच्चाहरूको बन्नुभयो। मेहनत लाग्यो र? मेहनत लाग्यो? अलिअलि? लागेन? कहिलेकाहीँ त लाग्छ? लाग्दैन? लाग्छ। फेरि मेहनत लाग्छ भने के गर्छौ? थाक्छौ? दिलले, मोहब्बतले भन “मेरो बाबा”, त्यसपछि मेहनत मोहब्बतमा परिवर्तन हुनेछ। मेरो बाबा भन्ने बित्तिकै बाबासम्म आवाज पुगिहाल्छ र बाबाले एक्स्ट्रा मद्दत दिनुहुन्छ। तर यो दिलको सौदा हो, बोलीको सौदा होइन। दिलको सौदा हो। दिलको सौदा गर्नमा होसियार छौ, होइन? आउँछ नि? पछाडि बस्नेहरूलाई आउँछ? त्यसैले त आएका छौ। तर सबैभन्दा दूरदेशी को हौ? अमेरिकाका? अमेरिकाकाहरू दूरदेशी हुन् कि बाबा दूरदेशी हुनुहुन्छ? अमेरिका त यस दुनियाँमा छ। बाबा त अर्को दुनियाँबाट आउनुहुन्छ। त्यसैले सबैभन्दा दूरदेशी को हुनुभयो? अमेरिका होइन। सबैभन्दा दूरदेशी बापदादा हुनुहुन्छ। एक आकारी वतनबाट आउनुहुन्छ, अर्को परमधामबाट आउनुहुन्छ, त्यसैले अमेरिका उहाँको अगाडि के हो? केही पनि होइन।

आज दूरदेशी बाबा यस साकार दुनियाँका दूरदेशी बच्चाहरूसँग मिलिरहनुभएको छ। नसा छ नि? आज हाम्रो लागि बापदादा आउनुभएको छ! भारतवासी त बाबाका हुन् नै तर डबल विदेशीहरूलाई देखेर बापदादा विशेष खुसी हुनुहुन्छ। किन खुसी हुनुहुन्छ? बापदादाले देख्नुभएको छ, भारतमा त बाबा आउनुभएको छ, त्यसैले भारतवासीहरूलाई यो नसा एक्स्ट्रा छ तर डबल फरेनरहरूसँग प्यार यसकारणले छ– भिन्न भिन्न कल्चर भए तापनि ब्राह्मण कल्चरमा परिवर्तन भएका छन्। भएका छौ, होइन? अहिले त सङ्कल्प आउँदैन– यो भारतको कल्चर हो, हाम्रो कल्चर त अर्कै हो। आउँदैन। अहिले बापदादाले रिजल्टमा देख्नुहुन्छ, सबै एउटै कल्चरका भएका छौ। जहाँसुकैका भए पनि, साकार शरीरको लागि देश भिन्न भिन्न छन् तर आत्मा ब्राह्मण कल्चरको हो र बापदादालाई डबल फरेनरहरूको एउटा कुरा धेरै राम्रो लाग्छ, थाहा छ कुनचाहिँ? (चाँडै सेवा गर्न थालेका छन्) अरू भन? (नोकरी पनि गर्छन्, सेवा पनि गर्छन्) यस्तो त इण्डियामा पनि गर्छन्। इण्डियामा पनि नोकरी गर्छन्। (केही भयो भने इमान्दारीसाथ आफ्नो कमजोरीलाई बताउँछन्, स्पष्टवादी छन्) अच्छा, इण्डिया स्पष्टवादी छैन?

बापदादाले यो देख्नुभएको छ– टाढा बसेका भएपनि बाबाको प्यारको कारण प्यारमा मेजोरिटी पास छन्। भारतको त भाग्य नै छ तर टाढा बसेका पनि प्यारमा सबै पास छन्। यदि बापदादाले सोध्नुभयो भने प्यारमा प्रतिशत छ? बाबासँग प्यारको सब्जेक्टमा प्रतिशत छ? जसले सम्झन्छन् प्यारमा १०० प्रतिशत पास छौं, तिनीहरूले हात उठाऊ। (सबैले हात उठाए) अच्छा, १०० प्रतिशत? भारतवासीहरूले उठाइरहेका छैनन्? हेर, भारतलाई त सबैभन्दा ठुलो भाग्य मिलेको छ– बाबा भारतखण्डमा नै आउनुभएको छ। यसमा बाबालाई अमेरिका मन परेन तर भारतखण्ड मन पर्यो। यी (अमेरिकाकी गायत्री बहिनी) सामुन्ने बसेकी छिन्, त्यसैले अमेरिका भनिरहेको छु। तर टाढा भए तापनि प्यार राम्रो छ। प्रब्लम आए पनि फेरि बाबा बाबा भनेर मेटाइहाल्छौ।

प्यारमा त बापदादाले पनि पास गरिदिनुभयो र अब केमा पास हुनु छ? पास हुनु पनि छ नि! छौ पनि र हुनु पनि छ। त्यसैले वर्तमान समय अनुसार बापदादा यही चाहनुहुन्छ– हरेक बच्चामा स्व-परिवर्तनको शक्तिको प्रतिशत, जस्तै प्यारको शक्तिमा सबैले हात उठायौ, सबैले हात उठायौ, होइन! स्व-परिवर्तनको तीव्र गति त्यति नै छ? यसमा आधा हात उठ्छ कि पूरा? कति उठ्छ? परिवर्तन गर्छौ पनि तर समय लाग्छ। समयको समीपता अनुसार स्व-परिवर्तनको शक्ति यस्तो तीव्र हुनुपर्छ, जस्तै कागजमाथि बिन्दी लगायौ भने कतिमा लाग्छ? कति समय लाग्छ? बिन्दी लगाउनमा कति समय लाग्छ? सेकेन्ड पनि लाग्दैन। ठीक छ नि! त्यसोभए यस्तो तीव्रगति छ? यसमा हात उठाउन लगाऊँ? यसमा आधा हात उठ्छ। समयको रफ्तार तीव्र छ, स्व-परिवर्तनको शक्ति यस्तो तीव्र हुनु छ र परिवर्तन भन्छौ भने परिवर्तनको अगाडि पहिले स्व शब्द सदा याद राख। परिवर्तन होइन, स्व-परिवर्तन। बापदादालाई याद छ– बच्चाहरूले बाबासँग एक वर्षको लागि वाचा गरेका थिए, संस्कार परिवर्तनबाट संसार परिवर्तन गर्नेछौँ। याद छ? वर्ष मनाएका थियौ– संस्कार परिवर्तनबाट संसार परिवर्तन। संसारको गति त अतिमा गइरहेको छ। तर संस्कार परिवर्तन, यसको गति त्यति फास्ट छ? वास्तवमा विदेशको विशेषता हो, कमनरूपले, विदेशका फास्ट चल्छन्, फास्ट गर्छन्। त्यसैले बाबा सोध्नुहुन्छ– संस्कार परिवर्तनमा फास्ट छौ? बापदादा अहिले स्व-परिवर्तनको रफ्तार तीव्र देख्न चाहनुहुन्छ। सबैले सोध्छौ, होइन! बापदादा के चाहनुहुन्छ? आपसमा रुहरिहान गर्छौ, होइन, त्यतिबेला एक अर्कासँग सोध्छौ बापदादा के चाहनुहुन्छ? बापदादा यो चाहनुहुन्छ, सेकेन्डमा बिन्दी लागोस्। जस्तै कागजमा बिन्दी लाग्छ, होइन, त्यसभन्दा पनि फास्ट, परिवर्तनमा जुन अयथार्थ छ, त्यसमा बिन्दी लागोस्। बिन्दी लगाउन आउँछ? आउँछ नि! तर कहिलेकाहीँ प्रश्नचिन्ह हुन्छ। लगाउँछौ बिन्दी तर बन्छ प्रश्नचिन्ह। यो किन, यो के? यो किन र के... यसले बिन्दीलाई प्रश्नचिन्हमा परिवर्तन गरिदिन्छ। बापदादाले पहिले पनि भन्नुभएको थियो– ह्वाई ह्वाई नभन, के भन? फ्लाई वा वाह! वाह! भन। फ्लाई गर। ह्वाई ह्वाई नभन। ह्वाई ह्वाई भन्न चाँडै आउँछ नि! आइहाल्छ? जब ह्वाई आउँछ तब त्यसलाई वाह! वाह! गरिदेऊ। कसैले केही गर्छ, भन्छ, वाह! ड्रामा वाह! यसले किन भन्छ, यो किन भन्छ, यस्तो होइन। यसले गरोस् अनि मैले गर्छु, यस्तो होइन।

आजकाल बापदादाले देख्नुभएको छ, सुनाइदिऊँ। परिवर्तन गर्नु छ नि! त्यसैले आजकाल रिजल्टमा चाहे विदेशमा, चाहे इण्डियामा, दुवैतिर एउटा कुराको लहर छ, त्यो के हो? यो हुनुपर्छ, यो मिल्नुपर्छ, यो यसले गर्नुपर्छ... जे मैले सोच्छु, भन्छु, त्यो हुनुपर्छ...। यो पर्छ, पर्छ, जुन सङ्कल्प मात्रमा पनि हुन्छ, यसले वेस्ट थट्हरूलाई, बेस्ट बन्न दिँदैन। बापदादाले सबैको थोरै समयको वेस्टको चार्ट नोट गर्नुभएको छ। चेक गर्नुभएको छ। बापदादाको पासमा त पावरफुल मेसिनरी छ नि। तिमीहरूको जस्तो कम्प्युटर छैन, तिमीहरूको कम्प्युटरले त गाली पनि गर्छ। तर बापदादाको पासमा चेकिङ मेसिनरी धेरै फास्ट छ। त्यसैले बापदादाले देख्नुभयो सारा दिनमा मेजोरिटीको वेस्ट सङ्कल्प बेला बेलामा चल्छ। के हुन्छ, यो वेस्ट सङ्कल्पको तौल भारी हुन्छ र बेस्ट थट्हरूको तौल कम हुन्छ। त्यसैले यी जो बेलाबेलामा वेस्ट थट्हरू चल्छन्, त्यसले दिमागलाई भारी बनाइदिन्छ। पुरुषार्थलाई भारी बनाइदिन्छ, बोझ हो नि, त्यसैले त्यसले आफूतिर तानिहाल्छ, त्यसैले शुभसङ्कल्प, जुन स्व-उन्नतिको लिफ्ट हो, भर्याङ पनि होइन लिफ्ट हो, त्यो कम भएको कारणले, मेहनतको भर्याङ चढ्नुपर्छ। बस् दुई शब्द याद गर– वेस्टलाई समाप्त गर्नको लागि अमृतवेलादेखि लिएर रातीसम्म दुई शब्द सङ्कल्पमा, बोलीमा र कर्ममा, कार्यमा लगाऊ। प्राक्टिकलमा ल्याऊ। ती दुई शब्द हुन्– स्वमान र सम्मान। स्वमानमा बस्नु छ र सम्मान दिनु छ। कोही जस्तोसुकै भए पनि, हामीले सम्मान दिनु छ। सम्मान दिनु, स्वमानमा स्थित हुनु छ। दुवैको ब्यालेन्स चाहिन्छ। कहिले स्वमानमा धेरै बस्छौ, कहिले सम्मान दिनमा कमी हुनजान्छ। यस्तो होइन– कसैले सम्मान दियो भने मैले पनि सम्मान दिन्छु, यस्तो होइन। म दाता बन्नु छ। शिवशक्ति पाण्डव सेना दाताका बच्चाहरू दाता हौ। उसले दियो भने मैले दिन्छु, त्यो त बिजनेस भयो, दातापन भएन। तिमी बिजनेसम्यान हौ कि दाता हौ? दाता कहिल्यै लिनेवाला हुँदैन। आफ्नो वृत्ति र दृष्टिमा यही लक्ष्य राख मैले, अरूले होइन, मैले सदा हरेकप्रति अर्थात् सर्वप्रति चाहे अज्ञानी होस्, चाहे ज्ञानी होस्, अज्ञानीहरूप्रति फेरि पनि शुभभावना राख्छौ तर ज्ञानी आत्माहरूप्रति आपसमा हर समय शुभभावना, शुभकामना रहोस्। वृत्ति यस्तो बनोस्, दृष्टि यस्तो बनोस्। बस् दृष्टिमा जसरी स्थुल बिन्दी छ, कहिल्यै बिन्दी गायब हुन्छ? आँखाबाट बिन्दी (नानी) गायब भयो भने के बन्छौ? देख्नसक्छौ? जस्तै आँखामा बिन्दी छ, त्यस्तै आत्मा वा बाबा बिन्दी नयनमा समाहित गर। जस्तै हेर्ने बिन्दी कहिल्यै गायब हुँदैन, त्यस्तै आत्मा वा बाबाको स्मृतिको बिन्दी वृत्तिबाट, दृष्टिबाट गायब हुनुछैन। फलो फादर गर्नु छ, नि! जसरी बाबाको दृष्टि वा वृत्तिमा हरेक बच्चाको लागि स्वमान छ, सम्मान छ, त्यसैगरी आफ्नो दृष्टि, वृत्तिमा स्वमान, सम्मान रहोस्। सम्मान दिएपछि जुन मनमा आउँछ– यो परिवर्तन होस्, यस्तो नगरोस्, यो यस्तो होस्, त्यो शिक्षाले हुँदैन तर सम्मान दियौ भने मनमा जुन सङ्कल्प हुन्छ, यो होस्, यो परिवर्तन होस्, यसले यस्तो गरोस्, त्यसै गर्न थाल्नेछन्। वृत्तिले परिवर्तन हुन्छन्, भनेर परिवर्तन हुँदैनन्। त्यसैले के गर्नेछौ? स्वमान र सम्मान, दुवै याद रहन्छ नि? कि केवल स्वमान याद रहनेछ? सम्मान दिनु अर्थात् सम्मान लिनु। कसैलाई पनि मान दिनु भनेको सम्झ माननीय बन्नु हो। आत्मिक प्यारको निसानी हो– अरूको कमीलाई आफ्नो शुभभावना, शुभकामनाले परिवर्तन गर्नु। बापदादाले अहिले लास्ट सन्देश पनि पठाउनुभएको थियो– वर्तमान समयमा आफ्नो स्वरूप मर्सिफुल बनाऊ, रहमदिल बनाऊ। लास्ट जन्ममा पनि तिमीहरूका जड चित्रहरूले मर्सिफुल बनेर भक्तहरूमाथि रहम गरिरहेका छन्। जब चित्र यति मर्सिफुल छन् भने चैतन्यमा के होला? चैतन्य त रहमको खानी हो। रहमको खानी बन। जोसुकै आए पनि रहम, यही प्यारको निसानी हो। गर्नु छ नि? कि केवल सुन्नु छ? गर्नु नै छ, बन्नु नै छ। त्यसैले बापदादा के चाहनुहुन्छ, यसको उत्तर दिइरहनुभएको छ। प्रश्न गर्छौ, होइन, त्यसैले बापदादाले उत्तर दिइरहनुभएको छ।

वर्तमान समयमा सेवामा राम्रो वृद्धि भइरहेको छ, चाहे भारतमा, चाहे विदेशमा तर बापदादा चाहनुहुन्छ यस्तो कुनै निमित्त आत्मा बनाऊ, जसले कुनै विशेष कार्य गरेर देखाउनेछ। यस्तो कुनै सहयोगी बनोस्, जे अहिलेसम्म गर्न चाहन्छन्, त्यो गरेर देखाउनेछ। प्रोग्रामहरू त धेरै गरेका छौ, जहाँ पनि प्रोग्रामहरू गरेका छौ, ती सबै प्रोग्रामहरूको लागि सबैतिरकालाई बापदादा बधाई दिनुहुन्छ। अब कुनै अर्को नवीनता देखाऊ। जसले तिमीहरूको तर्फबाट तिमीहरू समान बाबालाई प्रत्यक्ष गर्छ। परमात्माको पढाइ हो, यो मुखबाट निस्कियोस्। बाबा बाबा शब्द दिलबाट निस्कियोस्। मदतगार बन्छन् तर अब एउटा जुन कुरा रहेको छ– यही एक हो, यही एक हो, यही एक हो... यो आवाज फैलिओस्। ब्रह्माकुमारीहरूले काम राम्रो गरिरहेका छन्, गर्नसक्छन्, यहाँसम्म त आएका छन् तर यही एक हो र यो परमात्म-ज्ञान हो। बाबालाई प्रत्यक्ष गर्नेवालाले निर्धक्क भनुन्। तिमीहरूले भन्छौ परमात्माले कार्य गराइरहनुभएको छ, परमात्माको कार्य हो तर उनीहरूले भनून्– जुन परमात्मा बाबालाई सबैले पुकारिरहेका छन्, त्यो यही ज्ञान हो। अब यो अनुभव गराऊ। जस्तै तिमीहरूको दिलमा हर समय के छ? बाबा, बाबा, बाबा... त्यस्तै कुनै ग्रुप निस्कोस्। राम्रो छ, गर्नसक्छन्, यहाँसम्म त ठीक छ। परिवर्तन भएको छ। तर लास्ट परिवर्तन हो– एक हुनुहुन्छ, एक हुनुहुन्छ, एक हुनुहुन्छ। त्यो तब हुनेछ जब ब्राह्मण परिवार एकरस स्थितिमाला हुनेछ। अहिले स्थिति परिवर्तन भइरहन्छ। एकरस स्थितिले एकलाई प्रत्यक्ष गर्नेछ। ठीक हो, होइन! त्यसैले डबल फरेनरहरू इक्जाम्पल बन। सम्मान दिनमा, स्वमानमा बस्नमा इक्जाम्पल बन, नम्बर लेऊ। चारैतिर जस्तै मोहजित परिवारको दृष्टान्त बताउँछन्, नि, जसबाट चपरासी पनि, नोकर पनि सबै मोहजित। त्यस्तै जहाँ गए पनि अमेरिका जाऊ, अस्ट्रेलिया जाऊ, हरेक देशमा एकरस, एकमत, स्वमानमा बस्नेवाला, सम्मान दिनेवाला, यसमा नम्बर लेऊ। लिन सक्छौ, नि?

चारैतिरका बाबाको नयनमा समाहित, नयनका नुर बच्चाहरूलाई, सदा एकरस स्थितिमा स्थित रहने बच्चाहरूलाई, सदा भाग्यको सितारा चम्कने भाग्यवान् बच्चाहरूलाई, सदा स्वमान र सम्मान साथसाथै राख्ने बच्चाहरूलाई, सदा पुरुषार्थको गति तीव्र बनाउने बच्चाहरूलाई बापदादाको यादप्यार, आशीर्वाद एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
सच्चा साथीको साथ लिने सर्वबाट न्यारा , प्यारा निर्मोही भव

दिनहुँ अमृतवेला सर्व सम्बन्धहरूको सुख बापदादाबाट लिएर अरूलाई दान गर। सर्व सुखहरूको अधिकारी बन, अरूलाई पनि बनाऊ। कुनै पनि काम छ भने त्यसमा साकार साथी याद नआओस्, पहिला बाबाको याद आओस् किनकि सच्चा मित्र बाबा हुनुहुन्छ। सच्चा साथीको साथ लियौ भने सहजै सर्वबाट न्यारा र प्यारा बन्नेछौ। जसले सर्व सम्बन्धहरूबाट हर कार्यमा एक बाबालाई याद गर्छन्, तिनीहरू सहजै निर्मोही बन्छन्। उनीहरूको कसैतर्फ पनि लगाव अर्थात् झुकाव हुँदैन, त्यसैले मायाबाट पनि हार हुनसक्दैन।

स्लोगन:–
मायालाई हेर्न वा जान्नको लागि त्रिकालदर्शी र त्रिनेत्री बन अनि विजयी बन्नेछौ।