02.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबाको यो अनौठो पसल हो , जसमा सबै विभिन्न प्रकारका सामान मिल्छ न् , तिमी य स पसलको मालिक हौ।”

प्रश्न:–
यस अनौठो पसलेको कपी कसैले पनि गर्न सक्दैनन्– किन?

उत्तर:–
किनकि यहाँ स्वयं नै सर्व खजानाहरूको भण्डार हुनुहुन्छ। ज्ञानको, सुखको, शान्तिको, पवित्रताको, सर्व चीजहरूको सागर हुनुहुन्छ, जसलाई जे चाहिन्छ त्यो मिल्न सक्छ। निवृत्ति मार्गवालाहरूको पासमा यो सामान मिल्न सक्दैन। कसैले पनि आफूलाई बाबा समान सागर भन्न सक्दैनन्।

गीत:–
तुम्हें पाके हमने...

ओम् शान्ति ।
अहिले बच्चाहरू बसेका छौ बेहदको बाबाको सामुन्ने। उहाँलाई बेहदको बाबा पनि भनिन्छ भने बेहदको दादा पनि भनिन्छ र फेरि बेहदका बच्चाहरू बसेका छौ र बाबाले बेहदको ज्ञान दिइरहनुभएको छ। हदका कुराहरू अब छुटे। अब बाबाबाट बेहदको वर्सा लिनुछ। यो एउटै पसल हो। मानिसहरूलाई थाहा छैन, हामीले के चाहन्छौँ। बेहदको बाबाको पसल त धेरै ठुलो छ। उहाँलाई भनिन्छ सुखको सागर, पवित्रताको सागर, आनन्दको सागर, ज्ञानको सागर... कोही पसले रहेछ भने उसँग धेरै विभिन्न प्रकारका सामान हुन्छन्। त्यसैले यहाँ हुनुहुन्छ बेहदको बाबा। उहाँसँग पनि विभिन्न प्रकारका सामान छन्। के के छन्? बाबा ज्ञानको सागर हुनुहुन्छ, सुखको, शान्तिको सागर हुनुहुन्छ। उहाँसँग यी अनौठो, अलौकिक सामान छन्। फेरि गायन गरिन्छ पनि– सुखकर्ता। यो एउटै पसल हो अरू कसैको त यस्तो पसल छैन। ब्रह्मा-विष्णु-शङ्करसँग के सामान छ? केही पनि छैन। सबैभन्दा श्रेष्ठ सामान छ बाबासँग, त्यसैले उहाँको महिमा गायन गरिन्छ। त्वमेव माता च पिता... यस्तो महिमा कहिल्यै कसैको गायन गरिँदैन। मानिसहरू शान्तिको लागि भट्किहन्छन्। कसैलाई औषधि चाहिन्छ, कसैलाई केही चाहिन्छ। ती सबै हदका पसल हुन्। सारा दुनियाँमा सबैसँग हदका चीजहरू छन्। यहाँ एउटै बाबा हुनुहुन्छ जोसँग बेहदका चीजहरू छन् त्यसैले उहाँको महिमा पनि गाउँछन्– पतितपावन हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ, ज्ञानको सागर, आनन्दको सागर हुनुहुन्छ। यी सबै विभिन्न प्रकारका सामान हुन्। लिस्ट लेख्यौ भने धेरै लामो हुन्छ। जुन बाबासँग यी चीजहरू छन् त्यसैले बच्चाहरूको पनि त्यसमा हक हुन्छ। तर यो कसैको बुद्धिमा आउँदैन, हामी यस्ता बाबाका बच्चाहरू हौँ भने बाबाका चीजहरूको हामी मालिक हुनुपर्छ। बाबा आउनु पनि हुन्छ यहाँ नै। बाबासँग जुन सबै चीजहरू छन्– ती पक्कै पनि लिएर आउनुहुन्छ। उहाँसँग लिनको लागि त जान सक्दैनन्। बाबा भन्नुहुन्छ– म आउनुपर्छ। कल्प कल्प, कल्पको सङ्गममा म आएर तिमीलाई सबै चीजहरू दिएर जान्छु। मैले तिमीलाई जुन सामान (बक्खर) दिन्छु, त्यो फेरि कहिल्यै मिल्न सक्दैन। आधाकल्पको लागि तिम्रा भण्डारहरू भरिन्छन्। यस्तो कुनै अप्राप्त वस्तु हुँदैन जसको लागि पुकार्नु पर्छ। ड्रामा प्लान अनुसार सबै वर्सा लिएर तिमी फेरि बिस्तारै बिस्तारै सिँढी ओर्लन्छौ। पुनर्जन्म पनि पक्कै लिनुपर्छ। ८४ जन्म पनि लिनुछ। ८४ को चक्र भन्छन् तर अर्थ बुझ्दैनन्। ८४ को सट्टा ८४ लाख जन्म भनिदिन्छन्। मायाले भुल गराइदिन्छ। यो कुरा अहिले तिमीले बुझेका छौ यसपछि त यो कुरा सबैले बिर्सिन्छौ। यस समयमा सामान लिन्छौ, सत्ययुगमा राज्य गर्छौ। तर उनीहरूलाई यो थाहा हुँदैन, यो राज्य भाग्य हामीलाई कसले दिनुभएको हो? लक्ष्मीनारायणको राज्य कहिले थियो? स्वर्गको सुखको गायन पनि गरिन्छ। सबै किसिमका सुख दिनुहुन्छ। योभन्दा बढी कुनै सुख हुँदैन। फेरि त्यो सुख पनि प्राय: लोप हुन्छ। आधाकल्पपछि रावण आएर सबै सुख खोस्छ। कसैको रिस गरे भने भन्छन्, तेरो कला काया (शरीर र त्यसका विशेषता) नै खतम भयो। तिमी पनि जो सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थियौ। ती कलाहरू सबै खतम भए। एक बाबा बाहेक अरू कसैको यति महिमा छैन। भन्छन् नि– पैसा छ भने विदेश घुमेर आऊ।

तिमीले विचार गर, स्वर्गमा कति अथाह धनमाल थियो। अहिले त्यो कहाँ छ र! सबै गुम हुन्छ। धर्मभ्रष्ट, कर्मभ्रष्ट बन्छन्। त्यसैले धनमाल पनि गुम हुन्छ फेरि तल गिर्न थाल्छन्। बाबा सम्झाउनुहुन्छ– तिमीलाई त्यति धन दिएँ, तिमीलाई हिराजस्तो बनाएँ। फेरि तिमीले धनमाल कहाँ गुमायौ? अब फेरि बाबा भन्नुहुन्छ– आफ्नो वर्सा, पुरुषार्थ गरेर लेऊ। तिमीलाई थाहा छ, बाबाले हामीलाई फेरि स्वर्गको बादसाही दिइरहनुभएको छ र भन्नुहुन्छ, हे बच्चाहरू! मलाई याद गरेमा तिमीमाथि जुन खिया लागेको छ, त्यो निस्किनेछ। बच्चाहरूले भन्छन्, बाबा हामीले बिर्सन्छौँ। यो के? कन्याले विवाह गरिन् भने पतिलाई कहिल्यै बिर्सन्छि र! बच्चाहरूले कहिल्यै बाबालाई बिर्सन्छन् र! बाबा त दाता हुनुहुन्छ। बच्चाहरूले वर्सा लिनुछ भने पक्कै पनि याद गर्नुपर्छ।

बाबा सम्झाउनुहुन्छ– मीठा-प्यारा सिकिलधे बच्चाहरू! यादको यात्रामा रह्यौ भने विकर्म विनाश हुनेछन् विकर्म विनाश गर्ने अरू कुनै उपाय छैन। भक्तिमार्गमा तीर्थ यात्रा, गङ्गास्नान आदि जे गर्दै आएका छौ त्यसबाट सिँढी तल ओर्लंदै आएका छौ। माथि त चढ्नै सक्दैनौ। नियमले भन्दैन। यो सबैको गिर्तीकला नै हो। यो जुन भन्छन्, फलानो मुक्तिमा गयो, यो सबै झुटो बोल्छन्। फिर्ता कोही जान सक्दैनन्। बाबा आउनुभएको छ तिमीलाई १६ कला सम्पूर्ण बनाउन। तिमीले नै गाउँथ्यौ मुझ निर्गुण हारे में... अहिले तिमीलाई थाहा भएको छ बाबाले गुणवान बनाउनुहुन्छ। हामी नै गुणवान, पूज्य थियौँ। हामीले वर्सा लिएका थियौँ। ५ हजार वर्ष भयो। बाबाले पनि भन्नुहुन्छ– तिमीलाई वर्सा दिएर गएको थिएँ। शिवजयन्ती, रक्षाबन्धन, विजया दशमी आदि पनि मनाउँछन् तैपनि केही बुझ्दैनन्। सबै थोक बिर्सन्छन्। फेरि बाबा आएर याद दिलाउनुहुन्छ। तिमी नै थियौ फेरि तिमीले राज्य भाग्य गुमायौ। बाबा सम्झाउनुहुन्छ– अहिले यो सारा दुनियाँ पुरानो जर्जर छ। दुनियाँ त यही हो। यही भारतवर्ष नयाँ थियो, अब पुरानो भएको छ। स्वर्गमा सदा सुख हुन्छ। फेरि द्वापरदेखि दुःख सुरु भएपछि यी वेद, शास्त्र आदि बन्छन्। भक्ति गर्दागर्दा तिमीले भक्ति पूरा गरेपछि भगवान आउनुहुन्छ नि। ब्रह्माको दिन, ब्रह्माको रात। आधा आधा हुन्छ नि। ज्ञान दिन, भक्ति रात। उनीहरूले त कल्पको अवधि उल्टोसुल्टो बनाइदिएका छन्।

त्यसैले पहिला सुरुमा तिमी बसेर सबैलाई बाबाको महिमा सुनाऊ। बाबा ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ। श्रीकृष्णलाई कहाँ भनिन्छ र– निराकार पतितपावन, सुखको सागर... भनिँदैन, उहाँको महिमा नै भिन्नै छ। रातदिनको फरक छ। शिवलाई भनिन्छ नै बाबा। श्रीकृष्ण बाबा यो शब्द नै सुहाउँदैन। कति ठुलो भुल भएको छ। फेरि साना साना भुलहरू गर्छन् १०० प्रतिशत बिर्सेका छन्। बाबा भन्नुहुन्छ– संन्यासीहरूबाट कहिल्यै यो सौदा मिल्न सक्दैन। उनीहरू हुन् नै निवृत्तिमार्गका। तिमी हौ प्रवृत्ति मार्गका। तिमी सम्पूर्ण निर्विकारी थियौ, दुनियाँ निर्विकारी थियो। यो हो विकारी दुनियाँ। फेरि भन्छन्– के सत्ययुगमा बच्चाहरू पैदा हुँदैनन्? त्यहाँ पनि त विकार थियो। अरे, त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। सम्पूर्ण निर्विकारी फेरि विकारी कसरी हुन सक्छन्? फेरि सत्ययुगमा यति सबै मानिसहरू हुने, यो कसरी हुन सक्छ। त्यहाँ यति मानिसहरू कहाँ हुन्छन् र। भारतवर्षबाहेक अरू कुनै खण्ड हुँदैन। उनीहरूले भन्छन् पनि हामीले मान्न सक्दैनौँ। दुनियाँ त सदैव भरिएको हुन्छ, केही पनि बुझ्दैनन्। बाबा सम्झाउनुहुन्छ, भारतवर्षमा सत्ययुग थियो। अहिले त कलियुगमा पत्थरबुद्धि छन्। अब तिमी बच्चाहरूले ड्रामालाई बुझेका छौ। गान्धी आदि सबैले रामराज्य चाहन्थे। तर देखाउँछन्, महाभारत लडाइँ भयो। बस, फेरि खेल खतम। फेरि के भयो? केही पनि देखाएका छैनन्। बाबा बसेर यो कुरा सम्झाउनुहुन्छ। यो त बिल्कुल सहज छ। शिवजयन्ती मनाउँछन् भने पक्कै पनि शिवबाबा आउनुहुन्छ। उहाँ हुनुहुन्छ पारलौकिक परमपिता परमात्मा त्यसैले पक्कै पनि स्वर्गको गेट खोल्न आउनुहुन्छ। आउनु हुन्छ पनि नर्क भएपछि मात्र। स्वर्गको द्वार खोलेर नर्कको द्वार बन्द गरिदिनुहुन्छ। स्वर्गको द्वार खुल्यो भने पक्कै पनि सबै स्वर्गमा नै आउनेछन्। यी कुराहरू कुनै मुस्किल छैनन्। महिमा केवल एक बाबाको छ। शिवबाबाको एउटै पसल छ। उहाँ हुनुहुन्छ बेहदको बाबा। बेहदको बाबाद्वारा विश्वलाई स्वर्गको सुख मिल्छ। बेहदको बाबाले स्वर्ग स्थापन गर्नुहुन्छ। अवश्य बेहदको सुख थियो। फेरि हामी नर्कमा किन आइपुगेका छौँ? यो कसैलाई पनि थाहा छैन। बाबा सम्झाउनुहुन्छ, तिमी नै देवता थियौ फेरि तिमी नै गिरेका हौ। देवताहरूले नै ८४ जन्म लिनुपर्छ। अहिले आएर तिनै देवताहरू पतित बनेका छन्। तिनीहरू नै फेरि पावन बन्नुछ। बाबाको पनि जन्म हुन्छ भने रावणको पनि जन्म हुन्छ। यो कसैलाई पनि थाहा छैन। कसैलाई पनि सोध, रावणलाई कहिलेदेखि जलाउँछौ? भन्छन् त्यो त अनादि चल्दै आएको छ। यो सबै राज बाबाले सम्झाउनुहुन्छ। उहाँ बाबाको एउटै पसलको महिमा छ। सुख-शान्ति-पवित्रता मानिसबाट मानिसलाई मिल्न सक्दैन। केवल एक जनालाई कहाँ शान्ति मिलेको थियो र! यो कुरा झुटो भन्छन्, फलानोबाट शान्ति मिल्यो। अरे शान्ति त मिल्नेछ– शान्तिधाममा। यहाँ त एक जनालाई शान्ति हुन्छ फेरि अर्कोले अशान्त पार्छ त्यसैले शान्तिमा रहन सक्दैनन्। सुख-शान्ति-पवित्रता सबै चीजहरूको व्यापारी एउटै शिवबाबा हुनुहुन्छ। कोही आएर उहाँसँग व्यापार गरुन्। उहाँलाई भनिन्छ नै सौदागर, पवित्रता, सुख-शान्ति-सम्पत्ति सबै थोक उहाँसँग छ। अप्राप्त कुनै वस्तु छैन। तिमीले स्वर्गको राज्य पाउँछौ। बाबा त दिन आउनुभएको छ, लिनेहरू लिँदालिँदै थाक्छन्। म आउँछु नै दिनको लागि र तिमी लिँदा सेलाउँछौ। बच्चाहरूले भन्छन्, बाबा मायाका तुफान आउँछन्। हो, पद पनि धेरै उच्च पाउनुछ। स्वर्गको मालिक बन्छौ, यो कम कुरा हो र! त्यसैले मेहनत गर्नुछ। श्रीमतमा चलिराख। जुन सामान मिल्छ त्यो फेरि अरूलाई पनि दिनुपर्छ। दान गर्नुपर्छ। पवित्र बन्नुछ भने ५ विकारहरूको दान अवश्य दिनुछ। मेहनत गर्नुछ। बाबालाई याद गर्नुछ, त्यसपछि मात्रै खिया उत्रिनेछ। मुख्य हो याद। गर्न त प्रतिज्ञा गर– बाबा हामी विकारमा कहिल्यै जाँदैनौँ, कसैमाथि क्रोध गर्दैनौँ। तर यादमा अवश्य रहनुछ। नत्र यति धेरै पाप कसरी विनाश हुन्छन्। बाँकी ज्ञान त धेरै सहज छ। ८४ जन्मको चक्कर कसरी लगाएका हौ, यो कुरा तिमीले कसैलाई पनि सम्झाउन सक्छौ। बाँकी यादको यात्रामा मेहनत छ। भारतवर्षको प्राचीन योग प्रसिद्ध छ। बाबाले के ज्ञान दिनुहुन्छ? मनमनाभव अर्थात् म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। तिमीले गाउँथ्यौ पनि, हजुर आउनुभयो भने अरूको सङ्ग तोडेर एक हजुरको सङ्ग जोड्नेछौँ। हजुरमाथि बलिहार जानेछौँ। हजुरबाहेक अरू कसैलाई याद गर्दैनौँ। प्रतिज्ञा गरेका छौ फेरि बिर्सन्छौ किन? भन्छन् पनि हथ कार डे दिल यार डे... तिमी त कर्मयोगी हौ। धन्दा आदि गर्दा बुद्धियोग बाबासँग लगाउनुछ। मासुक बाबा आफैँ भन्नुहुन्छ, तिमी आसिकहरूले आधाकल्प याद गरेका छौ। अब म आएको छु, मलाई याद गर। यो याद नै घरी घरी बिर्सन्छन्, यसमा नै मेहनत छ। कर्मातीत अवस्था भयो भने फेरि यो शरीर नै छोड्नुपर्छ। राजधानी स्थापन भएपछि तिमीले कर्मातीत अवस्था पाउँछौ। अहिले त सबै पुरुषार्थी हुन्। सबैभन्दा बढी मम्मा-बाबाले याद गर्छन्। सूक्ष्मवतनमा पनि उनीहरू देखिन्छन्।

बाबा सम्झाउनुहुन्छ– म जसमा प्रवेश गर्छु, उनको यो धेरै जन्मको अन्त्यको जन्म हो। उनले पनि पुरुषार्थ गरिरहेका छन्। अहिल्यै कोही कर्मातीत अवस्थामा पुग्न सक्दैनन्। कर्मातीत अवस्था भयो भने फेरि यो शरीर रहन सक्दैन। बाबाले त धेरै राम्रोसँग सम्झाउनुहुन्छ। तर बुझ्नेहरूको बुद्धिमा आधारित छ। पारलौकिक परमपिता परमात्मा एउटै हुनुहुन्छ। उहाँसँग नै ज्ञानको सारा सामान छ। उहाँ नै जादुगर हुनुहुन्छ। अरू कसैबाट सुख-शान्ति-पवित्रताको वर्सा मिल्न सक्दैन। बाबाले धेरै राम्रोसँग सम्झाउनुहुन्छ। बच्चाहरूले धारण गरेर धारण गराउनुछ। जति धारणा गर्छन्, त्यति वर्सा लिन्छन्। दिनप्रतिदिन धेरै ताजा माल मिल्छ। लक्ष्मीनारायण हेर कति मीठा छन्। उनीहरूजस्तै मीठो बन्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

अरू कुनै पनि सतसङ्गमा यस्तो भन्छन् र? यो हाम्रो बिल्कुल नै नयाँ भाषा हो, जसलाई आध्यात्मिक ज्ञान भनिन्छ। अच्छा।

धारणाको लागि मुख्य सारः–
१) बाबाद्वारा जुन सुख-शान्ति-पवित्रताको सामान मिलेको छ, त्यो सबैलाई दिनुछ। पहिला विकारहरूको दान दिएर पवित्र बन्नुछ फेरि अविनाशी ज्ञान धनको दान गर्नुछ।

२) देवताहरू जस्तो मीठो बन्नुछ। जुन बापदादाबाट प्रतिज्ञा गरेका छौ, त्यसलाई सदा याद राख्नु छ र बाबाको यादमा रहेर विकर्म पनि विनाश गर्नुछ।

वरदान:–
निमित्तपनको स्मृतिद्वारा आफ्न ा हरेक सङ्कल्प मा अटेन्सन राख्ने निवारण स्वरूप भव

निमित्त बनेका आत्माहरूमाथि सबैको नजर हुन्छ त्यसैले निमित्त बन्नेहरूले विशेष आफ्ना हरेक सङ्कल्पमा अटेन्सन राख्नुपर्छ। निमित्त बनेका बच्चाहरूले पनि कुनै कारण सुनाउँछन् भने उनीहरूलाई फलो गर्नेहरूले पनि अनेक कारण सुनाइदिन्छन्। निमित्त बन्नेहरूमा कुनै कमी छ भने त्यो लुक्न सक्दैन त्यसैले विशेष आफ्नो सङ्कल्प, वाणी र कर्ममा अटेन्सन दिएर निवारण स्वरूप बन।

स्लोगन:–
ज्ञानी आत्मा त्यो हो जसमा आफ्नो गुण वा विशेषताहरूको पनि अभिमान नहोस्।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

मधुरताको गुण जीवनमा तब आउँछ जब आफ्नो वा अरूको बितेको कुरालाई नहेरेर भित्रका संस्कारहरूलाई सरल र नम्रचित बनाएपछि मात्र आउँछन्। सरलचित आत्माको गुण हो नै मधुरता। उनीहरूको नयनबाट मधुरता, मुखबाट मधुरता र चालचलनबाट मधुरता प्रत्यक्ष रूपमा देखिन्छ। मधुरता र नम्रता, यी दुई विशेष धारणाहरूले सदा विश्वकल्याणकारी, महादानी, वरदानी बन्नेछौ र सहज नै स्नेहको प्रमाण दिन सक्नेछौ।