02.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
एकान्तमा बसेर आफैँसँग कुरा गर , हामी अविनाशी आत्मा हौँ , बाबाबाट सुन्छौँ , यो
प्राक्टिस गर।”
प्रश्न:–
जुन बच्चाहरू
यादमा लापरबाह छन्, उनीहरूको मुखबाट कुन बोली निस्कन्छ?
उत्तर:–
उनीहरूले
भन्छन्– हामी शिवबाबाका बच्चा त हौँ नै। यादमा नै छौँ। तर बाबा भन्नुहुन्छ– ती सबै
गफ हुन्, लापरबाही हो। यसमा त पुरुषार्थ गर्नुछ, बिहान उठेर आफूलाई आत्मा सम्झेर
बस्नुछ। रुहरिहान गर्नुछ। आत्माले नै बातचित गर्छ, अहिले तिमी देहीअभिमानी बन्छौ।
देहीअभिमानी बच्चाले नै यादको चार्ट राख्छन्, केवल ज्ञानको गफ लगाउँदैनन्।
गीत:–
मुखडा देख ले
प्राणी...
ओम् शान्ति ।
रूहानी
बच्चाहरूलाई सम्झाइएको छ– प्राण आत्मालाई भनिन्छ। अब बाबाले आत्माहरूलाई
सम्झाउनुहुन्छ, यी गीत त भक्तिमार्गका हुन्। यसको त केवल सार सम्झाइन्छ। तिमी यहाँ
बस्दा आफूलाई आत्मा सम्झ। देहको भान छोडिदिनुछ। हामी आत्मा धेरै साना बिन्दु हौँ।
मैले नै यो शरीरद्वारा पार्ट खेल्छु। यो आत्माको ज्ञान कसैलाई छैन, बाबा
सम्झाउनुहुन्छ, आफूलाई आत्मा सम्झ– म सानो आत्मा हुँ। आत्माले नै यो शरीरबाट सारा
पार्ट खेल्छ, तब देह अभिमान निस्कन्छ। यसमा छ मेहनत। हामी आत्मा यो सारा नाटकका
कलाकारहरू हौँ। सबैभन्दा उच्च कलाकार हुनुहुन्छ परमपिता परमात्मा। बुद्धिमा रहन्छ–
उहाँ पनि यति सानो बिन्दु हुनुहुन्छ, उहाँको महिमा कति ठुलो छ। ज्ञानको सागर, सुखको
सागर हुनुहुन्छ। तर हुनुहुन्छ सानो बिन्दु। हामी आत्मा पनि साना बिन्दु हौँ।
आत्मालाई दिव्य दृष्टिले सिवाय अरूले देख्न सकिँदैन। यी नयाँ नयाँ कुरा अहिले तिमीले
सुनिरहेका छौ। दुनियालाई के थाहा। तिमीहरूमध्ये पनि थोरै छन् जसले यथार्थ रीतिले
बुझ्छन् र बुद्धिमा रहन्छ– हामी आत्मा सानो बिन्दु हौँ। हाम्रो बाबा यो ड्रामामा
मुख्य कलाकार हुनुहुन्छ। सबैभन्दा उच्च कलाकार बाबा हुनुहुन्छ, फेरि फलाना फलाना
आउँछन्। तिमीलाई थाहा छ बाबा ज्ञानको सागर हुनुहुन्छ तर शरीरबिना त ज्ञान सुनाउन
सक्नुहुन्न। शरीरद्वारा नै बोल्न सक्नुहुन्छ। अशरीरी हुँदा इन्द्रियहरू अलग हुन्छन्।
भक्तिमार्गमा त देहधारीहरूको नै स्मरण गर्छन्। परमपिता परमात्माको नाम, रूप, देश,
काललाई नै जान्दैनन्। केवल भनिदिन्छन्– परमात्मा नाम-रूपबाट न्यारा हुनुहुन्छ। बाबा
सम्झाउनुहुन्छ– ड्रामा अनुसार तिमी जो नम्बरवन सतोप्रधान थियौ, तिमी नै फेरि
सतोप्रधान बन्नुछ। तमोप्रधानबाट सतोप्रधान बन्नको लागि तिमीले फेरि यो अवस्था मजबुत
राख्नुछ– हामी आत्मा हौँ, आत्माले यो शरीरद्वारा कुरा गर्छ। त्यस आत्मामा ज्ञान छ।
यो ज्ञान अरू कसैको बुद्धिमा छैन– हाम्रो आत्मामा ८४ जन्मको पार्ट अविनाशी रूपमा
लेखिएको छ। यी धेरै नयाँ नयाँ प्वाइन्ट्हरू हुन्। एकान्तमा बसेर आफूसँग यस्ता यस्ता
कुरा गर्नुछ– म आत्मा हुँ, बाबाबाट सुनिरहेको छु। धारणा म आत्मामा हुन्छ। म आत्मामा
नै पार्ट भरिएको छ। म आत्मा अविनाशी हुँ। यसको आफैँ भित्र अभ्यास गर्नु (घोट्नु)
पर्छ। हामी तमोप्रधानबाट सतोप्रधान बन्नुछ। देह अभिमानी मनुष्यहरूलाई आत्माको पनि
ज्ञान छैन, कति ठुला ठुला किताबहरू आफूसँग राख्छन्। अहङ्कार कति छ। यो हो नै
तमोप्रधान दुनिया। सबैभन्दा उच्च आत्मा त कोही पनि छैन। तिमीलाई थाहा छ– अब हामीले
तमोप्रधानबाट सतोप्रधान बन्ने पुरुषार्थ गर्नुछ। यो कुरालाई आफैँ भित्र अभ्यास गर्नु
छ। ज्ञान सुनाउने त धेरै छन्। तर याद छैन। भित्र त्यो अन्तर्मुखता रहनुपर्छ। हामी
बाबाको यादद्वारा पतितबाट पावन बन्नुछ, केवल पण्डित बन्नुछैन। यसमा एक पण्डितको
उदाहरण पनि छ– माताहरूलाई भन्छन् राम राम भन्दा पार भइन्छ..... त्यसैले यस्तो गफाडी
बन्नुछैन। यस्ता धेरै छन्।
सम्झाउँछन् धेरै
राम्रो, तर योग छैन। सारा दिन देह अभिमानमा रहन्छन्। नत्र बाबालाई चार्ट पठाउनुपर्छ–
म यतिबेला उठ्छु, यति याद गर्छु। केही समाचार दिँदैनन्। ज्ञानको धेरै गफ हाँक्छन्।
योग छैन। हुन त ठुला ठुलालाई ज्ञान दिन्छन्, तर योगमा कच्चा हुन्छन्। बिहान उठेर
बाबालाई याद गर्नुछ। बाबा, हजुर कति परम प्रिय (मोस्ट बिलवेड) हुनुहुन्छ। यो ड्रामा
कस्तो विचित्र बनेको छ। कसैलाई पनि यो रहस्य थाहा छैन। न आत्मालाई, न परमात्मालाई
चिन्दछन्। यस समयमा मनुष्य जनावरभन्दा पनि खराब छन्। हामी पनि यस्तै थियौँ। मायाको
राज्यमा कति दुर्दशा हुन्छ। यो ज्ञान तिमीले जसलाई पनि दिनसक्छौ। भन, तिमी आत्मा
अहिले तमोप्रधान छौ, तिमी सतोप्रधान बन्नुछ। पहिला त आफूलाई आत्मा सम्झ। गरिबहरूको
लागि त झन् सहज छ। धनवानहरूको त झमेला धेरै हुन्छ।
बाबा भन्नुहुन्छ– म
आउँछु नै साधारण तनमा। न धेरै गरिब, न धेरै धनवान। अहिले तिमीलाई थाहा छ– कल्प कल्प
बाबा आएर हामीलाई पावन कसरी बन्ने यही शिक्षा दिनुहुन्छ। बाँकी तिम्रो धन्दा आदिमा
झगडा छ, त्यसको लागि बाबा आउनुभएको होइन। तिमीले त बोलाउँछौ नै– हे पतित-पावन
आउनुहोस्! त्यसैले त बाबा पावन बन्ने युक्ति बताउनुहुन्छ। यी ब्रह्मा स्वयंले पनि
केही जान्दैनथे। कलाकार भएर ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दैनन् भने तिनलाई के
भन्ने। हामी आत्मा यो सृष्टि चक्रमा कलाकार हौँ, यो पनि कसैले जान्दैनन्। भन्न त
भनिदिन्छन् आत्मा मूलवतनमा निवास गर्छ तर अनुभवले भन्दैनन्। तिमीले त अहिले
प्राक्टिकलमा जान्दछौ– हामी आत्मा मूलवतनका निवासी हौँ। हामी आत्मा अविनाशी छौं। यो
त बुद्धिमा याद रहनुपर्छ। धेरैको योग बिल्कुलै छैन। देह अभिमानको कारण फेरि
मिस्टेकहरू पनि धेरै हुन्छन्। मूल कुरा हो नै देहीअभिमानी बन्नु। यो चासो रहनुपर्छ–
हामी सतोप्रधान बन्नुछ। जुन बच्चाहरूलाई सतोप्रधान बन्ने लगन छ, उनीहरूको मुखबाट
कहिल्यै पत्थर निस्कँदैन। कुनै भुल भयो भने तुरुन्त बाबालाई रिपोर्ट गर्छन्। बाबा,
मबाट यो भुल भयो। क्षमा गर्नुहोला। लुकाउँदैनन्। लुकाउनाले त्यो झन् वृद्धि हुन्छ।
बाबालाई समाचार दिइराख। बाबाले लेखिदिनुहुन्छ– तिम्रो योग ठीक छैन। पावन बन्नु नै
मुख्य कुरा हो। तिमी बच्चाहरूको बुद्धिमा ८४ जन्मको कहानी छ। जति हुनसक्छ केवल यही
चिन्ता लागिरहोस्– सतोप्रधान बन्नुछ। देह अभिमानलाई छोडिदिनुछ। तिमी हौ राजऋषि।
हठयोगीले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। राजयोग बाबाले नै सिकाउनुहुन्छ। ज्ञान पनि
बाबाले नै दिनुहुन्छ। बाँकी यस समयमा छ तमोप्रधान भक्ति। ज्ञान केवल बाबाले सङ्गममा
नै आएर सुनाउनुहुन्छ। बाबा आउनुभएको छ त्यसैले भक्ति खतम हुनेछ, यो दुनिया पनि खतम
हुनेछ। ज्ञान र योगद्वारा सत्ययुगको स्थापना हुन्छ। भक्तिको कुरा नै अलग हो।
मनुष्यले फेरि भनिदिन्छन्– दुःख-सुख यहीँ छ। अहिले तिमी बच्चाहरूमाथि ठुलो
जिम्मेवारी छ। आफ्नो कल्याण गर्ने युक्ति रचिराख। यो पनि सम्झाइएको छ– पावन दुनिया
हो शान्तिधाम र सुखधाम। यो हो अशान्तिधाम, दुःखधाम। पहिलो मुख्य कुरा हो योगको। योग
छैन भने ज्ञानको गफ हो केवल पण्डितजस्तो। आजकाल त रिद्धि-सिद्धि पनि धेरै निस्किएका
छन्, यिनीहरूसँग ज्ञानको कनेक्सन छैन। मनुष्य कति झुटो कुरामा फसेका छन्। पतित छन्।
बाबा स्वयं भन्नुहुन्छ– म पतित दुनिया, पतित शरीरमा आउँछु। पावन त कोही यहाँ
छँदैछैन। यिनले त आफूलाई भगवान् भन्दैनन्। यिनले त भन्छन्– म पनि पतित हुँ, पावन भएँ
भने फरिस्ता बन्नेछु। तिमी पनि पवित्र फरिस्ता बन्नेछौ। त्यसैले हामी पावन कसरी बनौँ,
मूल कुरा यही हो। याद धेरै जरुरी छ। जो बच्चा यादमा लापरवाहछन् उनीहरूले भन्छन्–
हामी शिवबाबाका बच्चा त हौँ नै। यादमा नै छौँ। तर बाबा भन्नुहुन्छ– ती सबै गफ हुन्।
लापरबाही हो। यसमा त पुरुषार्थ गर्नुछ, बिहान उठेर आफूलाई आत्मा सम्झेर बस्नुछ।
रुहरिहान गर्नुछ। आत्माले नै बातचित गर्छनि। अहिले तिमी देहीअभिमानी बन्छौ। जसले
कसैको कल्याण गर्छ उसको महिमा पनि गरिन्छ नि। त्यो हुन्छ देहको महिमा। यो त हो
निराकार परमपिता परमात्माको महिमा। यसलाई पनि तिमीले जान्दछौ। यो सिँढी अरू कसैको
बुद्धिमा कहाँ होला र। हामीले ८४ जन्म कसरी लिन्छौँ, तल ओर्लँदै आउँछौँ। अब त पापको
घडा भरिएको छ, त्यो सफा कसरी हुन्छ? त्यसैले बाबालाई बोलाउँछन्। तिमी हौ पाण्डव
सम्प्रदाय। धार्मिक पनि, राजनैतिक पनि हौ। बाबाले सबै धर्मको कुरा सम्झाउनुहुन्छ।
अरू कसैले सम्झाउन सक्दैन। तर ती धर्म स्थापन गर्नेहरूले के गर्छन्, उनीहरूको पछाडि
त अरूलाई पनि तल आउनुपर्छ। बाँकी उनीहरूले कुनै मोक्ष कहाँ दिन्छन् र। बाबाले नै
पछाडि आएर सबैलाई पवित्र बनाएर फर्काएर लानुहुन्छ, त्यसैले उहाँ एक सिवाय अरू कसैको
महिमा छैन। ब्रह्माको वा तिम्रो कुनै महिमा छैन। बाबा नआउनुभएको भए तिमीले पनि के
गर्थ्यौ। अब बाबाले तिमीलाई चढ्तीकलामा लैजानुहुन्छ। गाउँछन् पनि– तेरे भाने सर्व
का भला। तर अर्थ कहाँ बुझेका छन् र। महिमा त धेरै गर्छन्।
अहिले बाबाले
सम्झाउनुभएको छ– अकाल त आत्मा हो, उसको यो तख्त हो। आत्मा अविनाशी छ। कालले कहिल्यै
खाँदैन। आत्माले एक शरीर छोडेर अर्को पार्ट खेल्नुछ। बाँकी लिनको लागि कुनै काल कहाँ
आउँछ र। तिमीहरू कसैले शरीर छोड्दा दुःख हुँदैन। शरीर छोडेर अर्को पार्ट खेल्न गयो,
रुनुपर्ने के आवश्यकता छ। हामी आत्मा भाइ भाइ हौँ। यो पनि तिमीले अहिले जान्दछौ।
गाउँछन्– आत्मा परमात्मा अलग रहे बहुकाल.... बाबा कहाँ आएर मिल्नुहुन्छ। यो पनि
जान्दैनन्। अहिले तिमीलाई हरेक कुराको व्याख्या थाहा भएको छ। कहिलेदेखि सुन्दै आएका
छौ। कुनै किताब आदि कहाँ लिनुहुन्छन् र। केवल सम्झाउनको लागि रेफर गर्नुहुन्छ। बाबा
सच्चा हुनुहुन्छ त्यसैले सच्चा रचना रच्नुहुन्छ। सत्य बताउनुहुन्छ। सत्यबाट जीत,
झुटोबाट हार। सच्चा बाबाले सचखण्डको स्थापना गर्नुहुन्छ। रावणसँग तिमीले धेरै हार
खाएका छौ। यो सबै खेल बनेको छ। अहिले तिमीलाई थाहा छ– हाम्रो राज्य स्थापना भइरहेको
छ, फेरि यी सबै हुनेछैनन्। यी त सबै पछि आएका हुन्। यो सृष्टि चक्र बुद्धिमा राख्न
कति सहज छ। जो पुरुषार्थी बच्चा छन्, उनीहरू यसमा खुसी हुँदैनन्– हामीले ज्ञान त
धेरै राम्रो सुनाउँछौँ। साथमा योग र शिष्टता पनि धारण गर्छन्। तिमी धेरै धेरै मीठो
बन्नुछ। कसैलाई दुःख दिनुछैन। प्यारले सम्झाउनुपर्छ। पवित्रतामा पनि कति हङ्गामा
हुन्छ। त्यो पनि ड्रामा अनुसार हुन्छ। यो बनिबनाउ ड्रामा हो नि। यस्तो होइन–
ड्रामामा होला तब मिल्छ। होइन, मेहनत गर्नुछ। देवताहरू समान दैवीगुण धारण गर्नुछ।
झगडालु बन्नु हुँदैन। हेर्नुपर्छ– कतै मैले उल्टो चाल चलेर बाबाको इज्जत त
गुमाइरहेको छैन? सदगुरुका निन्दक ठौर न पाये। उहाँ त सत् बाबा हुनुहुन्छ, सत् टिचर
हुनुहुन्छ। आत्मालाई अब स्मृति हुन्छ। बाबा ज्ञानको सागर, सुखको सागर हुनुहुन्छ।
अवश्य ज्ञान दिएर गएको हुँ, तब त गायन हुन्छ। यिनको आत्मामा कुनै ज्ञान थियो र?
आत्मा के हो, ड्रामा के हो– कसैले पनि जान्दैनन्। जान्नु त मनुष्यले नै छ नि। रुद्र
यज्ञ रच्छन् अनि आत्माहरूको पूजा गर्छन्, उनीहरूको पूजा राम्रो वा दैवी शरीरहरूको
पूजा राम्रो? यो शरीर त ५ तत्त्वको हो, त्यसैले एक शिवबाबाको पूजा नै अव्यभिचारी
पूजा हो। अहिले उहाँ एकबाट नै सुन्नुछ, त्यसैले भनिन्छ हियर नो इभिल..... ग्लानिको
कुनै कुरा नसुन। म एकबाट नै सुन। यो हो अव्यभिचारी ज्ञान। मुख्य कुरा हो– जब देह
अभिमान टुट्छ अनि मात्रै तिमी शीतल बन्छौ। बाबाको यादमा रह्यौ भने मुखबाट पनि
उल्टोसुल्टो बोली बोल्दैनौ, कुदृष्टि जाँदैन। देख्दादेख्दै पनि नदेखेजस्तो। हाम्रो
ज्ञानको तेस्रो नेत्र खुलेको छ। बाबाले आएर त्रिनेत्री, त्रिकालदर्शी बनाउनुभएको छ।
अहिले तिमीलाई तीनै काल, तीनै लोकको ज्ञान छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ज्ञान सुनाउनुको साथसाथै योगमा पनि रहनुछ। राम्रो शिष्टता धारण गर्नुछ। धेरै मीठो
बन्नुछ। मुखबाट कहिल्यै पत्थर निकाल्नुछैन।
२) अन्तर्मुखी बनेर
एकान्तमा बसेर आफूले आफैँसँग रुहरिहान गर्नुछ। पावन बन्ने युक्तिहरू निकाल्नुछ।
बिहान सवेरै उठेर बाबालाई धेरै प्यारले याद गर्नुछ।
वरदान:–
वायरलेस
सेटद्वारा विनाशकालमा अन्तिम डाइरेक्सनहरूलाई क्याच गर्ने वाइसलेस भव
विनाशको समयमा अन्तिम
डाइरेक्सनहरूलाई क्याच गर्नको लागि वाइसलेस बुद्धि चाहिन्छ। जसरी उनीहरूले वायरलेस
सेटद्वारा एक-अर्कासम्म आवाज पुऱ्याउँछन्। यहाँ छ वाइसलेसको वायरलेस। यो
वायरलेसद्वारा तिमीलाई आवाज आउँछ– यो सेफ स्थानमा पुग। जुन बाबाको यादमा रहने
वाइसलेस बच्चाहरू छन्, जसलाई अशरीरी बन्ने अभ्यास छ, उनीहरू विनाशमा विनाश हुँदैनन्
तर स्वेच्छाले शरीर छोड्छन्।
स्लोगन:–
योगलाई एकातिर
राखेर कर्ममा बिजी हुनु, यो लापरबाही हो।