02.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यादमा
रह्यौ भने टाढा हुँदा पनि साथमा हुन् छौ , यादद्वारा साथको पनि अनुभव हुन्छ र
विकर्म पनि विनाश हुन्छन्।”
प्रश्न:–
दूरदेशी बाबाले
बच्चाहरूलाई दूरदर्शी बनाउनका लागि कुन ज्ञान दिनुहुन्छ?
उत्तर:–
आत्मा कसरी
चक्रमा भिन्न भिन्न वर्णहरूमा आउँछ, यसको ज्ञान दूरदर्शी बाबाले नै दिनुहुन्छ।
तिमीलाई थाहा छ– अहिले हामी ब्राह्मण वर्णका हौँ, यसभन्दा पहिला ज्ञान नहुँदा शूद्र
वर्णका थियौँ, त्यसभन्दा पहिला वैश्य... वर्णका थियौँ। दूरदेशमा रहने बाबा आएर यो
दूरदर्शी बन्ने सारा ज्ञान बच्चाहरूलाई दिनुहुन्छ।
गीत:–
जो पिया के
साथ है....
ओम् शान्ति ।
जो ज्ञानसागरको
साथमा छन्, उनीहरूका लागि यो ज्ञान वर्षा हो। तिमी बाबाको साथमा छौ नि। हुन त
बेलायतमा छौ वा जहाँसुकै छौ, तर साथमा छौ। याद त गर्छौ नि। जति पनि बच्चाहरू यादमा
रहन्छन्, उनीहरू सदैव साथमा हुन्छन्। यादमा रहँदा साथमा रहिन्छ र विकर्म विनाश
हुन्छन्, फेरि सुरु हुन्छ विकर्माजित संवत्। फेरि जब रावण राज्य हुन्छ तब भनिन्छ
राजा विक्रमको संवत्। त्यो विकर्माजित, त्यो विक्रमी। अहिले तिमी विकर्माजित
बनिरहेका छौ। फेरि तिमी विक्रमी बन्छौ। यस समयमा सबै अति विकर्मी छन्। कसैलाई पनि
आफ्नो धर्मको विषयमा थाहा छैन। आज बाबाले एउटा सानो प्रश्न सोध्नुहुन्छ– सत्ययुगमा
देवताहरूलाई यो थाहा हुन्छ– हामी आदि सनातन देवी-देवता धर्मका हौँ? जसरी तिमीले
जान्दछौ– हामी हिन्दु धर्मका हौँ, कसैले भन्छन्– हामी क्रिस्चियन धर्मका हौँ।
त्यसैगरी त्यहाँ देवताहरूले आफूलाई देवी-देवता धर्मका सम्झन्छन्? विचारको कुरा हो
नि। त्यहाँ अर्को कुनै धर्म त हुँदैन, जसले गर्दा सम्झियुन् कि हामी फलानो धर्मका
हौँ। यहाँ धेरै धर्म छन्, त्यसैले पहिचान दिनका लागि अलग अलग नाम राखिएका छन्। त्यहाँ
त हुन्छ नै एउटा धर्म, त्यसैले हामी यस धर्मका हौँ भन्ने आवश्यकता हुदैन। उनीहरूलाई
पत्तो पनि हुँदैन अरू कुनै धर्म हुन्छन्, उनीहरूकै राज्य हुन्छ। अहिले तिमीलाई थाहा
छ– हामी आदि सनातन देवी-देवता धर्मका हौँ। देवी-देवता अरू कसैलाई भन्न सकिँदैन।
पतित भएका कारण आफूलाई देवता भन्न सक्दैनन्। पवित्रलाई नै देवता भनिन्छ। त्यहाँ
यस्तो कुनै कुरा हुँदैन। कसैसँग तुलना गर्न सकिँदैन। अहिले तिमी सङ्गमयुगमा छौ,
तिमीलाई थाहा छ– आदि सनातन देवी-देवता धर्म फेरि स्थापना भइरहेको छ। त्यहाँ त धर्मको
कुरा नै हुँदैन। हुन्छ नै एक धर्म। यो पनि बच्चाहरूलाई सम्झाइएको छ, यो जुन भनिन्छ–
महाप्रलय हुन्छ अर्थात् केही पनि रहँदैन, यो पनि गलत हो। सही के हो, बाबा बसेर
सम्झाउनुहुन्छ? शास्त्रहरूमा त जलमय देखाइदिएका छन्। बाबा सम्झाउनुहुन्छ–
भारतखण्डबाहेक बाँकी जलमय हुन्छ। यति ठुलो सृष्टि के गर्छन्। एउटै भारतमा नै हेर कति
गाउँ छन्। पहिला जङ्गल हुन्छ फेरि त्यसबाट वृद्धि हुँदै जान्छ। त्यहाँ त केवल तिमी
आदि सनातन देवी-देवता धर्मका मात्र रहन्छौ। यो तिमी ब्राह्मणहरूको बुद्धिमा बाबाले
धारणा गराइरहनुभएको छ। अहिले तिमीलाई थाहा छ– उच्च भन्दा उच्च शिवबाबा को हुनुहुन्छ?
उहाँको पूजा किन गरिन्छ? आँक आदिको फूल किन चढाइन्छ? उहाँ त निराकार हुनुहुन्छ नि।
भनिन्छ– नाम रूपभन्दा न्यारा हुनुहुन्छ, तर नाम रूपभन्दा न्यारा त कुनै चीज हुँदैन।
त्यसोभए के हुनुहुन्छ त जसलाई फूल आदि चढाउँछन्? सबैभन्दा पहिला पूजा उहाँकै हुन्छ।
मन्दिर पनि उहाँकै बन्छन् किनकि भारतवर्षका र सारा दुनियाँका बच्चाहरूको सर्भिस
गर्नुहुन्छ। मानिसहरूकै सर्भिस गरिन्छ नि। यस समयमा तिमीले आफूलाई देवी-देवता धर्मको
कहलाउन सक्दैनौ। तिमीलाई थाहा पनि थिएन– हामी देवी-देवता थियौँ, फेरि अहिले बनिरहेका
छौँ। अहिले बाबाले सम्झाइरहनुभएको छ, त्यसैले सम्झाउनुपर्छ– यो नलेज (ज्ञान)
बाबाबाहेक अरू कसैले दिन सक्दैन। उहाँलाई नै भनिन्छ ज्ञानको सागर, नलेजफुल। गायन पनि
छ– रचयिता र रचनालाई ऋषिमुनि आदि कसैले पनि जान्दैनन्। नेती नेती भन्दै आएका छन्।
जस्तै सानो बच्चालाई नलेज हुन्छ र? जति ठुलो हुँदै जान्छ, त्यति बुद्धि खुल्दै
जान्छ। बुद्धिमा आउँदै जान्छ, बेलायत कहाँ छ, यो कहाँ छ। तिमी बच्चाहरूले पनि पहिला
यो बेहदको नलेजलाई केही पनि जान्दैनथ्यौ। यो पनि भनिन्छ– हुन त हामीले शास्त्र आदि
पढ्थ्यौँ तर केही पनि बुझ्दैनथ्यौँ। मानिसहरू नै यस ड्रामामा कलाकार हुन् नि।
सारा खेल दुई कुरामा
बनेको छ। भारतवर्षको हार र भारतवर्षको जित। भारतवर्षमा सत्ययुग आदिको समयमा पवित्र
धर्म थियो, यस समयमा अपवित्र धर्म छ। अपवित्रताका कारण आफूलाई देवता भन्न सक्दैनन्,
फेरि पनि श्री श्री नाम राखिदिन्छन्। तर श्री अर्थात् श्रेष्ठ। श्रेष्ठ भनिन्छ नै
पवित्र देवताहरूलाई। श्रीमत भगवानुवाच भनिन्छ नि। अब श्री को ठहरिए? जसले बाबाको
सम्मुख ज्ञान सुनेर श्री बन्छन् वा जसले आफूलाई श्री श्री कहलाएका छन्? बाबाको
कर्तव्यमा जुन नाम राखिएका छन्, ती नाम पनि आफ्नै नाम राखिदिएका छन्। यी सबै खुद्रा
कुरा हुन्। फेरि पनि बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! एक बाबालाई याद गरिराख। यही
वशीकरण मन्त्र हो। तिमीले रावणमाथि विजय प्राप्त गरेर जगतजित बन्छौ। घरी घरी आफूलाई
आत्मा सम्झ। यो शरीर त यहाँ ५ तत्त्वले बनेको छ। बन्छ, छुट्छ, फेरि बन्छ। तर आत्मा
त अविनाशी छ। अविनाशी आत्माहरूलाई अहिले सङ्गमयुगमा अविनाशी बाबाले पढाइरहनुभएको छ।
जतिसुकै विघ्न आदि परे पनि, मायाका तुफान आए पनि तिमी बाबाको यादमा रहने गर। तिमीले
बुझेका छौ– हामी नै सतोप्रधान थियौँ फेरि तमोप्रधान बनेका छौँ। तिमीहरूमध्ये पनि
नम्बरवारले जान्दछौ। तिमी बच्चाहरूको बुद्धिमा छ– हामीले नै सबैभन्दा पहिला भक्ति
गरेका हौँ। अवश्य जसले सबैभन्दा पहिला भक्ति गरेका छन्, उनैले शिवको मन्दिर बनाएका
छन् किनकि धनवान पनि उनीहरू नै हुन्छन् नि। ठुला राजालाई देखेर अरू राजा र प्रजाले
पनि त्यसै गर्छन्। यी सबै डिटेल (विस्तृत) का कुरा हुन्। एक सेकेन्डमा जीवनमुक्ति
भनिन्छ। फेरि सम्झाउनमा कति वर्ष लाग्छ। ज्ञान त सहज छ, त्यसमा त्यति समय लाग्दैन,
जति यादको यात्रामा लाग्छ। पुकार्छन् पनि– बाबा आउनुहोस्, आएर हामीलाई पतितबाट पावन
बनाउनुहोस्, यस्तो भन्दैनन् कि बाबा हामीलाई विश्वको मालिक बनाउनुहोस्। सबैले भन्छन्–
पतितबाट पावन बनाउनुहोस्। पावन दुनियाँ भनिन्छ सत्ययुगलाई, यसलाई पतित दुनियाँ
भनिन्छ, पतित दुनियाँ भन्दाभन्दै पनि आफूलाई चिन्दैनन्। आफैप्रति घृणा राख्दैनन्।
तिमीले कसैको हातले बनाएको खाँदैनौ, तब भन्छन्– हामी अछुत हौँ र? अरे, तपाई आफैले
भन्नुहुन्छ नि। पतित त सबै छन् नि। तिमीले भन्छौ पनि– हामी पतित हौँ, यी देवताहरू
पावन छन्। त्यसैले पतितलाई के भनिन्छ। गायन छ नि– अमृत छोडी विष किन खान्छौ। विष त
खराब हो नि। बाबा भन्नुहुन्छ– यो विषले तिमीलाई आदि-मध्य-अन्त्य दु:ख दिन्छ तर
यसलाई कहाँ प्वाइजन (विष) सम्झन्छन् र। जस्तै अम्मली अम्मलविना रहन सक्दैन, मदिराको
बानी परेको मानिस मदिराविना रहन सक्दैन। लडाइँको समयमा उनीहरूलाई मदिरा पिलाएर नशा
चढाएर लडाइँमा पठाइदिन्छन्। नशा मिल्यो बस्, सम्झन्छन्– हामीले यस्तो गर्नुछ। ती
मानिसहरूलाई मर्ने डर हुँदैन। जहाँसुकै बम लगेर बमसहित गिर्छन्। गायन पनि छ–
मुसलहरूको लडाइँ लाग्यो, सही कुरा अहिले तिमीले यथार्थमा देखिरहेका छौ। पहिला त
केवल पढ्थे, पेटबाट मुसल निकाले फेरि यो गरे। अहिले तिमीले बुझेका छौ– पाण्डव को
हुन्, कौरव को हुन्? स्वर्गवासी बन्नका लागि पाण्डवहरूले जीवन छँदै देह अभिमानबाट
गल्ने पुरुषार्थ गरे। तिमीले अहिले यो पुरानो जुत्ता छोड्ने पुरुषार्थ गर्छौ। भन्छौ
नि– पुरानो जुत्ता छोडेर नयाँ लिनुछ। बाबाले बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। बाबा
भन्नुहुन्छ– म कल्प कल्प आउँछु। मेरो नाम शिव हो। शिवजयन्ती पनि मनाउँछन्।
भक्तिमार्गका लागि कति मन्दिर आदि बनाउँछन्। नाम पनि धेरै राखिदिएका छन्। देवीहरूका
पनि यस्ता नाम राखिदिन्छन्। यस समयमा तिम्रो पूजा भइरहेको छ। यो पनि तिमी बच्चाहरूले
नै जान्दछौ– जसको हामी पूजा गर्थ्यौँ उहाँले हामीलाई पढाइरहनुभएको छ। जुन
लक्ष्मी-नारायणका हामी पुजारी थियौँ, त्यो अहिले हामी आफै बनिरहेका छौँ। यो ज्ञान
बुद्धिमा छ। सिमरण (याद) गरिराख फेरि अरूलाई पनि सुनाऊ। धेरै छन् जसले धारणा गर्न
सक्दैनन्। बाबा भन्नुहुन्छ– धेरै धारणा गर्न सक्दैनौ भने हर्जा छैन। यादको त धारणा
छ नि। बाबालाई नै याद गरिराख। जसको मुरली चल्दैन, उनीहरू यहाँ बसेर सिमरण गरून्। यहाँ
कुनै बन्धन झन्झट आदि छैन। घरमा बालबच्चा आदिको वातावरण देखेर त्यो नशा हराउँछ। यहाँ
चित्र पनि राखिएका छन्। कसैलाई पनि सम्झाउन धेरै सहज छ। ती मानिसहरूले त गीता आदि
पुरै कण्ठ गर्छन्। सिखहरूलाई पनि ग्रन्थ कण्ठै हुन्छ। तिमीले के कण्ठ गर्नुछ?
बाबालाई। तिमीले भन्छौ पनि– बाबा! यो बिल्कुलै नयाँ चीज हो। यो एउटै समय हो जब
तिमीले आफूलाई आत्मा सम्झेर एक बाबालाई याद गर्नुछ। ५ हजार वर्ष पहिला पनि सिकाएको
थिएँ, अरू कसैको तागत छैन जसले यसरी सम्झाउन सकोस्। ज्ञान सागर हुनुहुन्छ नै एक बाबा,
अर्को कोही हुन सक्दैन। ज्ञान सागर बाबाले नै तिमीलाई सम्झाउनुहुन्छ, आजकाल यस्ता
पनि धेरै निस्किएका छन् जसले भन्छन्– हामीले अवतार लिएका छौँ, त्यसैले सत्यको
स्थापनामा कति विघ्न पर्छन् तर गायन छ– सत्यको डुङ्गा हल्लिन्छ, डगमगाउँछ तर
डुब्दैन।
अहिले तिमी बच्चाहरू
बाबाको पासमा आउँदा तिम्रो दिलमा कति खुसी हुनुपर्छ। पहिला यात्रामा जान्थ्यौ,
त्यतिबेला दिलमा के आउँथ्यो? अहिले घरबार छोडेर यहाँ आउँदा के विचार आउँछन्? हामी
बापदादाको पासमा जाँदैछौँ। बाबाले यो पनि सम्झाउनुभएको छ– मलाई केवल शिवबाबा भनिन्छ,
जसमा प्रवेश गरेको छु, यिनी हुन् ब्रह्मा। वंश हुन्छन् नि। सबैभन्दा पहिलो वंश
ब्राह्मणहरूको हो, फेरि देवताहरूको वंश हुन्छ। अहिले दूरदेशी बाबाले बच्चाहरूलाई
दूरदर्शी बनाउनुहुन्छ। तिमीलाई थाहा छ– आत्मा कसरी सारा चक्रमा भिन्न भिन्न
वर्णहरूमा आयो, यसको ज्ञान दूरदर्शी बाबाले नै दिनुहुन्छ। तिमीले विचार गर्छौ– अहिले
हामी ब्राह्मण वर्णका हौँ, यसभन्दा पहिला ज्ञान नहुँदा शूद्र वर्णका थियौँ। हाम्रो
हुनुहुन्छ ग्रेट ग्रेट ग्रेन्ड फादर। ग्रेट शूद्र, ग्रेट वैश्य, ग्रेट क्षत्रिय...
त्यसभन्दा पहिला ग्रेट ब्राह्मण थिए। अब यी कुरा बाबाबाहेक अरू कसैले सम्झाउन
सक्दैन। यसलाई भनिन्छ दूरदेशको ज्ञान। दूरदेशमा रहने बाबा आएर बच्चाहरूलाई दूरदेशको
सारा ज्ञान दिनुहुन्छ। तिमीलाई थाहा छ– हाम्रो बाबा दूरदेशबाट यिनमा आउनुहुन्छ। यो
पराइ देश, पराइ राज्य हो। शिवबाबाको आफ्नो शरीर छैन र उहाँ ज्ञानको सागर हुनुहुन्छ,
स्वर्गको राज्य पनि उहाँले दिनुछ। श्रीकृष्णले कहाँ दिन्छन् र। शिवबाबाले नै
दिनुहुन्छ। श्रीकृष्णलाई बाबा भनिँदैन। बाबाले राज्य दिनुहुन्छ, बाबाबाट नै वर्सा
मिल्छ। अहिले हदका वर्सा सबै पूरा हुन्छन्। सत्ययुगमा तिमीलाई यो थाहा हुँदैन–
हामीले यो सङ्गममा २१ जन्मको वर्सा लिएका हौँ। यो अहिले तिमीलाई थाहा छ– हामीले २१
जन्मको वर्सा आधाकल्पका लागि लिइरहेका छौँ। २१ पिँढी अर्थात् पूरा आयु। शरीर वृद्ध
भएपछि समयमा शरीर छोड्छन्। जस्तै सर्पले पुरानो काँचुली छोडेर नयाँ लिन्छ। हामीले
पनि पार्ट खेल्दा खेल्दै यो चोला पुरानो भएको छ।
तिमी सच्चा सच्चा
ब्राह्मण हौ। तिमीलाई नै कुमालकोटी भनिन्छ। तिमीले कीराहरूलाई आफूसमान ब्राह्मण
बनाउँछौ। तिमीलाई भनिन्छ– कीरालाई ल्याएर बसेर भुँ भुँ गर। भ्रमरीले पनि भुँभुँ
गर्छ, फेरि कसैका त पखेटा आउँछन्, कोही मर्छन्। उदाहरण सबै अहिलेका हुन्। तिमी
प्रिय बच्चाहरू हौ, बच्चाहरूलाई नूरे रत्न भनिन्छ। बाबा भन्नुहुन्छ– नूरे रत्न।
तिमीलाई आफ्नो बनाएको छु भने तिमी पनि मेरो भयौ नि। यस्ता बाबालाई जति याद गर्छौ
पाप काटिन्छन्। अरू कसैलाई पनि याद गर्नाले पाप काटिँदैनन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जीवन छँदै देह अभिमानबाट गल्ने पुरुषार्थ गर्नुछ। यो पुरानो जुत्तामा अलिकति पनि
ममत्व रहनु छैन।
२) सच्चा ब्राह्मण
बनेर कीराहरूमाथि ज्ञानको भुँ भुँ गरेर उनीहरूलाई आफूसमान ब्राह्मण बनाउनुछ।
वरदान:–
अमृतवेलाको
महत्त्व जानेर खुला भण्डारबाट आफ्नो झोली भरपुर गर्ने तकदिरवान भव
अमृतवेला वरदाता,
भाग्य विधाताबाट जुन तकदिरको रेखा खिचाउन चाहन्छौ खिचाऊ किनकि त्यस समयमा बाबा भोला
भगवानको रूपमा लभफुल हुनुहुन्छ, त्यसैले मालिक बन र अधिकार लेऊ। खजानामा कुनै पनि
ताल्चा-चाबी छैन। त्यस समयमा केवल मायाको बहानाबाजीलाई छोडेर एक सङ्कल्प गर– जो
हुँ, जस्तो हुँ, हजुरको हुँ। मन बुद्धि बाबालाई सुम्पेर तख्तनसिन बन्यौ भने बाबाका
सर्व खजाना आफ्ना खजाना अनुभव हुन्छन्।
स्लोगन:–
सेवामा यदि
स्वार्थ मिक्स छ भने सफलता पनि मिक्स हुन्छ, त्यसैले नि:स्वार्थ सेवाधारी बन।