02.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई यस्तो श्रेष्ठ कर्म सिकाउन , जसबाट तिमीले २१ जन्मको बादसाहीको वर्सा लिन सक्छौ , अटल अखण्ड राज्यको मालिक बन्न सक्छौ।”

प्रश्न:–
गृहस्थीहरू र संन्यासीहरूको कुनचाहिँ एउटा सिद्धान्तमा धेरै ठुलो अन्तर छ?

उत्तर:–
गृहस्थीहरूको सिद्धान्त हो– भगवान अवश्य कुनै न कुनै रूपमा आउनुहुनेछ र संन्यासीहरूको सिद्धान्त छ– ब्रह्मलाई याद गर्दागर्दै ब्रह्ममा लीन हुनेछौँ। अब बाबा सम्झाउनुहुन्छ– ब्रह्ममा कोही लीन हुँदैन। आत्मा अमर छ, त्यो लीन कसरी हुन्छ? भगवान आउनुहुन्छ भने अवश्य टिचर बनेर शिक्षा दिनुहुनेछ। प्रेरणाबाट त ज्ञान दिनुहुन्न नि!

गीत:–
तुम्हें पाके हमने...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। तिमी रुहानी बच्चाहरूले नै बाबा भन्छौ। बच्चाहरूलाई थाहा छ, उहाँ बेहदका बाबा बेहदको सुखदाता हुनुहुन्छ अर्थात् उहाँ सबैका पिता हुनुहुन्छ, उहाँलाई सबै बेहदका बच्चा आत्माहरूले याद गर्छन्। कुनै न कुनै प्रकारले याद गर्छन् तर उनीहरूलाई थाहा छैन– हामीले उहाँ परमपिता परमात्माबाट कुनै बादसाही लिनु छ। तिमीलाई थाहा छ, हामीलाई जुन बाबाले सत्ययुगी विश्वको बादसाही दिनुहुन्छ, त्यो अटल, अखण्ड, अडोल छ। त्यो हाम्रो बादसाही २१ जन्म कायम रहन्छ। सारा विश्वमा हाम्रो राज्य हुन्छ, जसलाई कसैले खोस्न सक्दैन, लुट्न सक्दैन। हाम्रो राज्य भाग्य अडोल हुन्छ किनकि त्यहाँ एउटै धर्म हुन्छ, द्वैत हुँदैन। त्यो राज्य अद्वैत हुन्छ। बच्चाहरूले गीत सुन्दा आफ्नो बुद्धिमा राज्य भाग्यको नसा आउनुपर्छ। यस प्रकारका गीत घरमा हुनुपर्छ, जसबाट बाबा र वर्साको याद आउँछ। बाबाको यादका मस्तीका गीतहरू हुनुपर्छ। तिम्रो सबैथोक गुप्त छ। ठुला मानिसहरूको त धेरै ठाँटबाँट हुन्छ, तिम्रो कुनै ठाँटबाँट छैन। तिमीले देख्छौ, जसमा बाबाले प्रवेश गर्नुभएको छ, यिनमा पनि कुनै ठाँटबाँटको कुरा छैन। कपडा आदि सबै उनै छन्। तिमीले बुद्धिले बुझेका छौ– बाबा यिनमा प्रवेश गर्नुभएको छ, हामीलाई यो राज्य-भाग्य दिन। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, यतिबेला सारा सृष्टिमा जति पनि मनुष्य मात्र छन्, ती सबै देह अभिमानमा आएर अनुचित (अनराइटियस) काम गर्छन्, त्यसैले तिनीहरूलाई बेसमझ भनिन्छ। सबैको बुद्धिमा ताल्चा लागेको छ। तिमी कति समझदार, विश्वको मालिक थियौ। अहिले मायाले एकदम बेसमझ बनाइदिएको छ, जो कुनै कामका रहेका छैनौ। बाबाको समीप जानको लागि यज्ञ-तप धेरै गर्छन् तर मिल्न केही पनि मिल्दैन। त्यत्तिकै ठक्कर खाइरहन्छन्। परमात्मालाई कसैले पनि चिन्दैनन्, सर्वव्यापी भनिदिन्छन्, यो कुरा पनि कति गलत कुरा हो। पिता शब्द बुद्धिमा आउँदैन। कसैले भन्छन् भने पनि, त्यो पनि भन्ने मात्रै हो। परमपिता हुनुहुन्छ भन्ने सम्झिए भने बुद्धि एकदम चम्किन्छ। बाबाले स्वर्गको वर्सा दिनुहुन्छ, उहाँ स्वर्ग स्थापक परमपिता (हेभन्ली गड फादर) हुनुहुन्छ भने फेरि हामी कलियुगी नर्कमा किन पुगेका छौँ! अब हामीले मुक्ति-जीवनमुक्ति कसरी पाउन सक्छौँ, यो कसैको बुद्धिमा आउँदैन। अहिले तिमीलाई समझ मिलेको छ। बाबाले हामीलाई यो स्मृति दिलाउनुभएको छ, नयाँ दुनियाँ, नयाँ भारतवर्ष हुँदा हाम्रो राज्य थियो। एउटै मत, एउटै भाषा, उनै महाराजा-महारानी थिए। सत्ययुगमा महाराजा-महारानी, त्रेतामा राजा-रानी भनिन्छ। फेरि द्वापरमा वाममार्ग सुरु हुन्छ, फेरि हरेकको कर्ममा आधारित हुन्छ। आत्माले कर्म अनुसार एक शरीर छोडेर अर्को लिन्छ। अहिले बाबा भन्नुहुन्छ– मैले तिमीलाई यस्तो कर्म सिकाउँछु, जसबाट तिमीले २१ जन्म बादसाही नै पाइरहनेछौ। मिल्न त त्यहाँ पनि हदका पिता मिल्छन् तर त्यहाँ यो ज्ञान हुँदैन– यो राज्य भाग्यको वर्सा बेहदका बाबाले दिनुभएको हो। फेरि द्वापरदेखि रावण राज्य सुरु हुन्छ, अनि विकारी सम्बन्ध हुन्छ। फेरि जस्तो जस्तो कर्म, त्यस्तै फल मिल्छ, देवताहरू वाममार्गमा जान्छन्। फेरि सत्ययुगको सबै सुख समाप्त हुन्छ। फेरि कर्म अनुसार जन्म लिन्छन्। भारतवर्षमा पूज्य राजाहरू थिए भने पुजारी राजाहरू पनि थिए। सत्ययुगमा राजा-रानी र प्रजा सबै पूज्य हुन्छन्। फेरि जब द्वापरमा भक्ति सुरु हुन्छ अनि यथा राजा-रानी तथा प्रजा पुजारी बन्छन्। ठुला राजा जो सूर्यवंशी थिए, उनीहरू नै पुजारी बन्छन्, फेरि वैश्य वंशी बन्छन्। अहिले तिमी निर्विकारी बन्छौ। त्यसको प्रारब्ध फेरि २१ जन्म चल्छ, फेरि भक्तिमार्ग सुरु हुन्छ। जो जो पूज्य देवीदेवता थिए र यहाँ पहिला थिए र गएका हुन्, उनीहरूका मन्दिर बनाएर उनीहरूको पूजा गर्छन्। यस्तो पूजा केवल भारतवर्षमा नै हुन्छ। यो ८४ जन्मको कहानी जुन बाबाले सुनाउनुहुन्छ, यो पनि तिमीहरूको लागि हो। अरू धर्मका आत्माहरू आउँछन् नै पछि, त्यसपछि त वृद्धि हुँदा हुँदा अत्यन्तै धेरै हुन्छन्। देवीदेवताहरूका विभिन्न प्रकारका रीतिरिवाज थिए, यहाँका गुरुहरूका हुँदैनन्। आधाकल्प पछि रावणराज्य सुरु भएपछि सारा रीतिरिवाज नै परिवर्तन हुन्छन्, फेरि पूज्यबाट पुजारी बन्छन्। पूजा पनि पहिला एक शिवको अव्यभिचारी पूजा गर्छन्। उहाँका मन्दिर बनाउँछन्, फेरि लक्ष्मीनारायणका मन्दिर बनाउँछन्। एक जनाले लक्ष्मीनारायणका मन्दिर बनायो भने अरूले पनि बनाउनेछन्। फेरि रामसीताका मन्दिर बनाउन थाल्नेछन्, त्यसपछि फेरि हेर कलियुगमा गणेश, हनुमान, चण्डिका देवी आदि आदिका अनेक देवीहरूका चित्र बनाइरहन्छन्। भक्तिमार्गको लागि सामग्री पनि चाहिन्छ नि! जसरी बीज कति सानो हुन्छ, वृक्ष कति ठुलो हुन्छ, त्यसरी नै भक्तिको विस्तार हुन्छ। धेरैभन्दा धेरै शास्त्रहरू बनाइन्छन्। अब बाबा बच्चाहरूलाई भन्नुहुन्छ– यो भक्तिमार्गको सामग्री सबै खतम हुनु छ। अब म बाबालाई याद गर। भक्तिको प्रभाव पनि धेरै छ नि! कति सुन्दर छ। नाचगान, तमासा, गायन-कीर्तन आदिमा कति खर्च गर्छन्।

अहिले बाबा भन्नुहुन्छ– म बाबा र वर्सालाई याद गर। आदि सनातन धर्मलाई याद गर। तिमीले जन्मजन्मान्तर अनेक प्रकारको भक्ति गर्दै आएका छौ। गृहस्थ धर्मका आत्माहरूले नै भक्ति सुरु गर्छन्। संन्यासीहरूले त भक्ति गर्नुपर्दैन, यज्ञ, तप, दानपुण्य, तीर्थ आदि यो सबै गृहस्थीहरूको काम हो, न कि संन्यासीहरूको। उनीहरू हुन् नै निवृत्तिमार्गका। उनीहरूको लागि नियम छ– घरबार छोडेर गएर जङ्गलमा बस्नु र ब्रह्म तत्त्वलाई याद गर्नु। उनीहरू हुन् नै तत्त्व ज्ञानी, ब्रह्म ज्ञानी। तत्त्व अथवा ब्रह्मलाई नै ईश्वर भनिदिन्छन्। जसरी यहाँका मानिसहरू वास्तवमा हुन् आदि सनातन देवीदेवता धर्मका। तर हिन्दुस्तानमा बस्छन्, त्यसैले आफ्नो धर्म हिन्दु हो भन्ने सम्झेका छन्। त्यसरी नै संन्यासीहरूले पनि आत्माहरूको निवासस्थान तत्त्वलाई परमात्मा सम्झन्छन्। ब्रह्म वा तत्त्वलाई नै याद गर्छन्। वास्तवमा संन्यासी सतोप्रधान भएपछि जङ्गलमा गएर शान्तिमा बस्छन्। यस्तो होइन, उनीहरू ब्रह्ममा गएर लीन हुनु छ। बाबा भन्नुहुन्छ– यो उनीहरूको मिथ्या ज्ञान हो। लीन कोही हुन सक्दैनन्। आत्मा त अविनाशी छ नि, त्यो कसरी लीन हुन सक्छ। भक्तिमार्गमा कति टाउको दुखाइरहन्छन्। फेरि भन्छन्– भगवान कुनै न कुनै रूपमा कहिल्यै आएर मिल्नुहुनेछ। अब को सही हो? उनीहरूले भन्छन्– ब्रह्मसँग योग लगाएर ब्रह्ममा लीन हुनेछौँ। गृहस्थीहरूले भन्छन्– भगवान कुनै न कुनै रूपमा आउनुहुनेछ। पतितहरूलाई पावन बनाउनुहुनेछ। यस्तो होइन, माथिबाट प्रेरणाद्वारा नै सिकाउनुहुनेछ। टिचरले घरमै बसेर प्रेरणा गर्नुहुन्छ र! यहाँ प्रेरणा शब्द नै हुँदैन। प्रेरणाबाट कुनै काम हुँदैन। भन्न त शङ्करको प्रेरणाबाट विनाश हुन्छ भनिन्छ तर यो ड्रामामा पहिल्यै निश्चित हुन्छ। उनीहरूले यी मुसल (मिसाइल) आदि बनाउनु नै छ। प्रेरणाको कुरै छैन। मानिसहरूले त भनिदिन्छन्– भगवानको प्रेरणाबाट सबै हुन्छ वा भन्छन्– शङ्करको आँखा खुलेपछि प्रलय भयो। यी सबै कहानीहरू हुन्, अर्थ केही पनि बुझ्दैनन्। जुनसुकै मन्दिरमा गए भने पनि भन्छन् अच्युतम् केशवम्... अर्थ केही बुझ्दैनन्। कसैले पनि आफ्ना ठुलाबडाहरूको महिमा गर्न जान्दैनन्। धर्म स्थापकलाई गुरु भनिदिन्छन्। वास्तवमा तिनीहरूलाई गुरु भन्नु गलत हो। क्राइस्ट कुनै गुरु कहाँ हुन् ! तिनीहरूले त केवल धर्म स्थापन गर्छन्। गुरु उनीहरूलाई भनिन्छ जसले सद्गति गर्छन्। उनीहरू त धर्म स्थापन गर्न आउँछन्। उनीहरूको पछाडि उनीहरूको वंशावली आउँछ। उनीहरूले त कसैको सद्गति गर्दैनन्। त्यसोभए उनीहरूलाई गुरु कसरी भन्ने। गुरु त एक मात्र हुनुहुन्छ, जसलाई सर्वको सद्गतिदाता भनिन्छ। भगवान बाबा नै आएर सबैको सद्गति गर्नुहुन्छ। मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। उहाँको याद कहिल्यै कसैबाट छुट्न सक्दैन। मानिसहरूले हे भगवान! हे ईश्वर! भनेर एक बाबालाई नै याद गर्छन् किनकि उहाँ सबैको सद्गतिदाता हुनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– यो सारा रचना हो। रचयिता बाबा म नै हुँ– सबैलाई सुख दिने, वर्सा दिने एक मात्र बाबा हुनुभयो। भाइले भाइलाई वर्सा दिन सक्दैन। वर्सा सदैव बाबाबाट मिल्छ। मैले सबै बेहदका बच्चाहरूलाई बेहदको वर्सा दिन्छु, त्यसैले नै मलाई हे परमात्मा क्षमा गर्नुहोस्! भनेर याद गर्छन् । तर केही पनि बुझ्दैनन्।

बाबा भन्नुहुन्छ– म कुनै यिनीहरूले पुकार्दैमा आउन्नँ। यो त ड्रामामा बनेको छ। ड्रामामा मेरो आउने पार्ट पनि पहिल्यै निश्चित छ। बाबाले अनेक धर्म विनाश र एक धर्मको स्थापना वा कलियुगको विनाश, सत्ययुगको स्थापना गर्नुपर्ने हुन्छ। म आफ्नो समयमा आफै आउँछु। यो भक्तिमार्गको पार्ट पनि ड्रामामा पहिल्यै निश्चित छ। अहिले भक्तिमार्गको पार्ट पूरा हुन्छ, अनि म आएको छु। कल्प पहिला पनि बाबा हजुर ब्रह्माको तनमा आउनुभएको थियो। यो ज्ञान अहिले तिमीलाई मिल्छ। फेरि कहिल्यै मिल्दैन। यो ज्ञान हो, त्यो भक्ति हो। ज्ञानको प्रारब्ध हो चढ्तीकला। भनिन्छ सेकेन्डमा जीवनमुक्ति। जनकलाई सेकेन्डमा जीवनमुक्ति मिलेको थियो नि! तर के एक जनकले मात्र जीवनमुक्ति पाए? जीवनमुक्ति त सबैले पाउँछन् नि! सारा विश्वले पाउँछ। सद्गति वा जीवनमुक्ति शब्द भन्नु एउटै कुरा हो। जीवनमुक्ति अर्थात् बाबाले जीवनलाई मुक्त गर्नुहुन्छ– यो रावण राज्यबाट। बाबालाई थाहा छ, बच्चाहरूको कति दुर्गति भएको छ, एकदम दुःखी भएका छन्। उनीहरूको फेरि सद्गति हुनु छ। पहिला मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउनेछन्। शान्तिधामबाट फेरि सुखधाममा आउनेछन्। यो चक्रको रहस्य बाबाले सम्झाउनुभएको छ। बाबा भन्नुहुन्छ– यतिबेला सारा सृष्टिको वृक्ष जीर्ण, तमोप्रधान भएको छ, त्यसैले कसैले पनि आफूलाई आदि सनातन देवीदेवता धर्मको सम्झँदैनन्। देवताहरू आदि सनातन देवीदेवता धर्मका थिए किनकि देवताहरू पवित्र थिए। हामी अपवित्र पतितले आफूलाई देवता कसरी कहलाउने, त्यसैले भनिन्छ– यी विकारहरूलाई छोड्दै जाऊ। आधाकल्पदेखि यी विकार आदि रहेका छन्। अब एक जन्ममा यिनलाई छोड्न, यसमा मेहनत लाग्छ। मेहनतबिना कहाँ विश्वको मालिक बन्छौ र! बाबालाई याद गरेमा मात्र तिमीले आफूलाई राज्य भाग्यको तिलक दिनेछौ अर्थात् राज्य भाग्यको अधिकारी बन्नेछौ। जति राम्रोसँग याद गर्छौ, श्रीमतमा चल्छौ त्यति तिमी राजाहरूको राजा बन्नेछौ। पढाउने टिचर त पढाउन आउनुभएको छ। यो पाठशाला हो नै मनुष्यबाट देवता बन्ने। बाबा आएर नरबाट नारायण बनाउने कथा सुनाउनुहुन्छ। यो कथा कति प्रसिद्ध छ। यसलाई अमरकथा, सत्य नारायणको कथा, तीजरीको कथा पनि भन्छन्।

हेर, गीत कति राम्रो छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ, जुन मालिकपन कसैले लुट्न सक्दैन। कुनै भूकम्प (अर्थक्वेक) आदि हुँदैन। त्यहाँ विघ्नको कुनै कुरै हुँदैन। यस्तो अटल, अखण्ड, पवित्रता, सुखशान्तिको राज्य तिमीले अहिले पाइरहेका छौ। कल्प पहिला जस्तै हर ५ हजार वर्ष पछि भारतवर्ष स्वर्ग बन्छ। तिमीलाई थाहा छ, हामी सो देवता थियौँ, फेरि ८४ जन्म लिँदा लिँदा आएर यस्ता बन्छौँ। फेरि हामी सो देवता बन्नेछौँ। यसलाई भनिन्छ स्वदर्शन चक्रधारी। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफूलाई राज्य भाग्यको तिलक दिनको लागि याद गर्ने मेहनत गर्नु छ। सबै विकारहरूलाई छोडिदिनु छ।

२) ब्रह्माबाबासमान साधारण र गुप्त रहनु छ। बाहिर ठाँटबाँट आदि देखाउनु छैन। आफ्नो भविष्यको राज्य भाग्यको नसामा रहनु छ।

वरदान:–
आफ्नो चञ्चल वृत्तिलाई परिवर्तन गरेर सतोप्रधान वायुमण्डल बनाउने जिम्मेवार श्रेष्ठ आत्मा भव

जुन बच्चाहरूले आफ्ना चञ्चल वृत्तिहरूलाई परिवर्तन गर्छन्, उनीहरूले नै सतोप्रधान वायुमण्डल बनाउन सक्छन् किनकि वृत्तिबाट वायुमण्डल बन्छ। वृत्ति चञ्चल त्यतिबेला हुन्छ, जुनबेला वृत्तिमा यति ठुलो कार्यको स्मृति रहँदैन। कुनै अति चञ्चल बच्चाले व्यस्त हुँदा पनि चञ्चलता छोड्दैन भने उसलाई बाँधिदिन्छन्। त्यस्तै ज्ञान-योगमा व्यस्त हुँदा पनि वृत्ति चञ्चल भयो भने एक बाबासँग सर्व सम्बन्धहरूको बन्धनमा उसको वृत्तिलाई बाँधिदेऊ, अनि चञ्चलता सहजै समाप्त हुनेछ।

स्लोगन:–
लापर्बाहीको लहरलाई समाप्त गर्ने उपाय हो– बेहदको वैराग्य।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

दातापनको संस्कार इमर्ज गरेर मनसाद्वारा पुण्यको खाता जम्मा गर, वाणीद्वारा कमजोर आत्माहरूलाई खुसीले हैरान भएका आत्माहरूलाई सानको स्मृतिमा र निराश आत्माहरूलाई उमङ्ग-उत्साहमा ल्याऊ, सम्बन्ध-सम्पर्कबाट आत्मालाई आफ्नो श्रेष्ठ सङ्गतको रङ्गको अनुभव गराऊ, अनि पुण्यको खाता जम्मा हुँदै जानेछ।