02.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– रावणको मतमा कुनै पनि विकर्म नगर , पतितहरूलाई पावन बन्ने मार्ग बताऊ।”

प्रश्न:–
समझदार बच्चाहरूले कुन चाहिँ पुरुषार्थ गर्दा अवश्य एक श्रीमतको ध्यान राख्छन्?

उत्तर:–
समझदार बच्चाहरूले उच्च पद पाउनका लागि निरन्तर यादमा रहने पुरुषार्थ गर्दा सदैव यस श्रीमतको ध्यान राख्छन्– हामी निमित्त बनेर अनेक आत्माहरूको कल्याण गर्नु छ। जसले धेरैको कल्याण गर्छन्, उनीहरूको कल्याण स्वतः नै हुन्छ।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
तिमी बच्चाहरूको बुद्धिमा अहिले नयाँ दुनियाँ र पुरानो दुनियाँ दुवै छन्, किनकि तिमी बच्चाहरूलाई थाहा छ– पुरानो दुनियाँको अब विनाश हुनेछ र बाबाले नै नयाँ दुनियाँ रच्नुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– शिवजयन्ती पनि मनाउँछन्, शिवरात्रि पनि मनाउँछन्। दुवै शब्दको अर्थ दुनियाँमा कसैले पनि जान्दैनन्। शिवजयन्ती अर्थात् शिवको जन्म। अब यहाँ त मानिसको जन्म मनाउँछन्, शिवको जन्म त हुँदैहुँदैन। दुनियाँका मानिसहरूले उहाँले कसरी जन्म लिनुहुन्छ भन्ने बुझ्दैनन्। श्रीकृष्णको त उनको जन्म भएको थियो भनिएको छ। शिवजयन्तीको कुनै वर्णन नै छैन। भनिएको पनि छ– परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। के माथि सूक्ष्मवतनमा बसेर कसैलाई प्रेरणा दिनुहुन्छ? यो त हुनै सक्दैन। याद त गर्छन् नै पतितपावन बाबालाई। बाबा स्वयं आएर सम्झाएपछि मात्र मानिसहरूको बुद्धिमा बस्छ। यो ड्रामामा भएको हुनाले सङ्गममा बाबा आउनु नै पर्छ। तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ, तर अहिलेसम्म यस्तो कसैले मुस्किलले नै जान्दछन्, यो कुरा मन्तव्य (ओपिनियन) मा कसैले लेख्दैनन् अवश्य परमात्माले ब्रह्माद्वारा विश्वलाई फेरि श्रेष्ठाचारी, सत्ययुगी दुनियाँ बनाइरहनुभएको छ। बाबा आउनुभएको छ, स्वर्गको राज्य भाग्यको वर्सा दिइरहनुभएको छ, राजयोग सिकाइरहनुभएको छ भन्ने कुरा यथार्थ रूपमा कसैले बुझ्दैनन्। हजारौँ आउँछन्, फेरि कोही मात्र टिक्छन्, ती आउनेहरूबाट पनि फेरि घट्दै जान्छन्। कति तमोप्रधान बुद्धि बनेका छन्, जसले यति सहज कुरा पनि बुझ्न सक्दैनन्! बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। यो योग अग्नि हो, जसबाट तिमी सतोप्रधान बन्छौ। कुनै पनि विकर्म नगर। विकर्म गराउने रावण हो, उसको मतमा नहिँड। कसैलाई दुःख नदेऊ। बाबा आउनुभएको छ पतितहरूलाई पावन बनाउन। बाबा भन्नुहुन्छ– तिम्रो पनि यही धन्दा हो। रातदिन यही चिन्तन गर– हामीले पतितहरूलाई पावन बन्ने मार्ग कसरी बताउने! मार्ग धेरै सहज छ। योगबलद्वारा नै हामी सतोप्रधान बन्छौँ। यो हो अविनाशी सर्जनको औषधी। यो कुनै मन्त्र आदि होइन। यहाँ त केवल बाबालाई याद गर्नु छ। बाबाले कति स्पष्ट रूपमा सम्झाउनुहुन्छ! कल्प कल्प यो सम्झाइएको थियो। गाउँछन् पनि– ज्ञान, भक्ति, वैराग्य। वैराग्य केको? यो पुरानो फोहोरी दुनियाँको। पुरानो दुनियाँमा आत्माहरू पूरै पाप आत्मा बनेका छन्। भन्छन् पनि– हे पतितपावन, मुक्तिदाता आउनुहोस्! केबाट मुक्त गर्नु छ? दुःखबाट, रावण राज्यबाट। रावणलाई अङ्ग्रेजीमा इभिल (सैतान) भन्छन्। त्यसैले भन्छन्– सैतानको राज्यबाट मुक्त गरेर घर लैजानुहोस्। हाम्रो मार्गदर्शक बनेर साथमा लैजानुहोस्। जसरी कसैलाई जेलबाट छुटाएर धेरै प्यारसँग घरमा लैजान्छन्। बेहदका बाबाले सबै बच्चाहरूलाई भरोसा दिनुहुन्छ– म तिमीहरूलाई जेलबाट छुटाउन आएको हुँ। मेला, प्रदर्शनीमा पनि यो नमुनाको रूपमा देखाइएको छ। कसरी सबै जेलमा परेका छन्, तैपनि मानिसहरूले कहाँ केही बुझ्छन् र! बाबाले कति सहज रूपमा सम्झाएर विश्वको मालिक बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा पाप काटिन्छन्। तिमी सत्ययुगका मालिक बन्छौ। कति सहज छ! कुनै पनि धर्मका आत्माहरूले बुझ्न सक्छन्। बताउनुपर्छ– फलानो धर्म कहिले स्थापना हुन्छ! अन्त्यमा सबै आत्माहरू आआफ्नो सेक्सनमा जान्छन्। फेरि सुरु हुनेछ देवीदेवता धर्म। ब्रह्माद्वारा स्थापना, यो लेखिएको छ। त्रिमूर्तिको चित्र हो नम्बर एक चित्र। त्रिमूर्ति र चक्र, यी चित्रहरूमा एकदमै स्पष्ट सम्झाउन सकिन्छ। यो पनि सम्झाइएको छ– एउटा छ शान्तिधाम, अर्को हुन्छ सुखधाम र यो हो दुःखधाम। यस दुःखधामबाट वैराग्य हुनुपर्छ। अब भक्तिको रात पूरा भयो, सत्ययुग र त्रेताको दिन सुरु हुन्छ।

बाबा भन्नुहुन्छ– अब पुरानो दुनियाँ समाप्त हुनु छ, त्यसैले यसबाट वैराग्य हुनुपर्छ। त्यो हो हदको वैराग्य, यो हो बेहदको वैराग्य। ती संन्यासी आदिले कुनै नयाँ दुनियाँ रच्दैनन्, रचयिता त बाबा हुनुहुन्छ नि! उहाँलाई स्वर्ग स्थापना गर्नेवाला स्वर्गका रचयिता परमपिता भनिन्छ। अरू त कोही स्वर्ग स्थापक छैन। पढाइ हो सत्ययुगी राजधानी प्राप्त गर्नका लागि। ज्ञान सागर आएर ज्ञान दिनुहुन्छ। ज्ञान सागर, पतितपावन उहाँलाई नै भनिन्छ। केको ज्ञान? के वकिल, सर्जन बन्ने ज्ञान हो? परमात्मालाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। त्यसमा सबै ज्ञान आउँछ– वकालत, इन्जिनियरिङ आदि सबैको मूल नौनी हो ईश्वरीय ज्ञान। त्यो जिस्मानी ज्ञान पढ्नु, इन्जिनियर आदि बन्नु कुनै ठुलो कुरा होइन। यो त तिमीहरूले जान्दछौ– सत्ययुगी नयाँ दुनियाँको जुन रसमरिवाज हुनेछ, त्यही त्यहाँ चल्नेछ। हामीले जसरी कल्प पहिला महल आदि बनाएका थियौँ, त्यही रिपिट गर्नेछौँ, त्यसलाई भनिन्छ नै सत्ययुग। त्यहाँको रसमरिवाज मानिसहरूले जान्दैनन्। त्यहाँ कसरी हीरा जुहारतका महलहरू बन्छन्! उनीहरूको गायन गरिन्छ नै १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी। त्यहाँ जुन रसमरिवाज हुनेछ, त्यसै अनुसार राज्य चल्नेछ। त्यो कुरा ड्रामामा पहिल्यै निश्चित छ, आत्माहरूले पनि त्यसैगरी आफ्नो पार्ट खेल्छन्। घर कसरी बनाउँछन्, कसरी बस्छन्, त्यो सबै पहिल्यै निश्चित छ। जसरी यो पुरानो दुनियाँको रसमरिवाज चल्छ, त्यसरी नै त्यो दुनियाँको रसमरिवाज चल्नेछ। यहाँ असुर छन्, त्यहाँ देवता हुन्छन्। शास्त्रहरूमा यी केही कुराहरू छैनन्। ज्ञान र भक्ति, भनिरहन्छन् पनि– ब्रह्माको दिन, ब्रह्माको रात। ब्रह्माकै नाम लिन्छन्, विष्णुको लिँदैनन्। ब्रह्मा नै विष्णु बन्छन्। ब्रह्मा-सरस्वती विष्णुका दुई रूप लक्ष्मीनारायण हुन्, त्यसैले बाबाले सम्झाउनुभएको छ– लक्ष्मीनारायण नै ८४ जन्मपछि यी ब्रह्मा-सरस्वती बन्छन्। राजयोगको तपस्या गर्छन् नै यहाँ, सूक्ष्मवतनमा होइन। यज्ञ आदि पनि यहीँ रचिन्छ। बाबा सम्झाउनुहुन्छ– यो अन्तिम यज्ञ हो, फेरि सत्ययुग, त्रेतामा कुनै यज्ञ हुँदैन। थरिथरिका यज्ञ रच्छन्, वर्षा भएन भने यज्ञ रच्छन्। कुनै पनि दुःख भयो भने यज्ञ रच्छन्, सम्झन्छन्– यज्ञबाट दुःख टल्नेछ। यो त सबैभन्दा ठुलो यज्ञ हो, जुन ज्ञान यज्ञबाट सारा सृष्टिको दुःख टल्छ। यो हो राजस्व अश्वमेध अविनाशी ज्ञान यज्ञ। सबै यसमा स्वाहा हुनेछन्। कति राम्रोसँग सम्झाइन्छ!

दिल्लीमा मण्डप बनाएर मेला गरेका छन्, यो पनि राम्रो कुरा हो। मण्डप बनाउन कुनै धेरै समय लाग्दैन नि! यो जुन हलको लागि यति हैरान हुनुपर्छ, योभन्दा त आफ्नै मण्डप बनाउनुछ। साना साना गाउँका लागि पनि त सानो मण्डप बनाउनुछ। गाउँ आदिमा बत्ती आदि नभए दिउँसो पनि प्रदर्शनी हुन सक्छ। आफ्नै सामान होस्, भाडामा किन लिने! बाबाले निर्देशन दिइरहनुभएको छ– प्रदर्शनी समितिलाई। पानी नचुहिने (वाटरप्रुफ) मण्डप बनाउनुपर्छ। वर्षा भए पनि फरक पर्दैन। बाबा दिल्ली जानुभएको बेलामा जाडोमा पनि मण्डपमा गएर भाषण गर्नुहुन्थ्यो। जाडोका लागि त सबैसँग बाक्ला कपडा हुन्छन्। प्रदर्शनीका लागि त जति पनि मण्डप बनाउन सक्छौ। कसैले विघ्न नपारोस् भनेर राम्रो बिमा गरिदेऊ। सेवा त गर्नुपर्छ नि! सम्झाउनु पनि छ, बाबाको पूरा परिचय दिनु छ। अहिले त हामी बाबासँगै छौँ। ज्ञान सागर बाबाबाट हामीलाई ज्ञान मिलिरहेको छ। सत्ययुगमा ज्ञानको आवश्यकता हुँदैन। बाबा भन्नुहुन्छ– म सद्गतिका लागि आएको हुँ, फेरि रावणबाट दुर्गति हुन्छ। सद्गतिदाता त एक बाबा मात्र हुनुहुन्छ। कति स्पष्ट सम्झाइन्छ! तर स्वयं बुझ्दैनन्, केवल भनिदिन्छन्– यो ज्ञान मानिसहरूका लागि धेरै राम्रो छ। बाँकी आफैले बुझ्नका लागि फुर्सद हुँदैन। गएर ठुलाबडा मानिसहरूलाई पनि कति सम्झाउँछन्। केवल यो बुझ्नुहोस् बाबाले कसरी श्रेष्ठाचारी दुनियाँ बनाउनुहुन्छ। श्रेष्ठाचारी बनाउनु बाबाको काम हो, त्यसैले त बाबालाई पुकार्छन्। भनिरहन्छन्– दुःख हर्नुहोस्, सुख दिनुहोस्! यो पनि जान्दछन्– बाबा आउनुभयो भने हामी समर्पित हुनेछौँ। श्रीमतमा सही तरिकाले चल्नेछौँ। तैपनि बाबाको श्रीमतमा चल्दैनन्। मानिसहरूलाई त थाहा छैन भगवान् को हुनुहुन्छ! सर्वव्यापी भनिदिन्छन्। अरे, पतितपावन भगवान् त एक हुनुहुन्छ नि! उहाँ सर्वव्यापी कसरी हुनुहुन्छ? त्यसो भए त सबैलाई भगवान् भन्नुपर्छ! भगवान् कुनै सानोठुलो हुनुहुन्न नि! प्रदर्शनीमा यो पनि देखाइएको छ– कसैले मांसाहार गर्छन्, कोही लड्छन्... के यो सबै भगवानले गर्नुहुन्छ? त्यतिबेला मानिसहरू खुसी भएर जान्छन्, बाहिर गएपछि फेरि जहाँको त्यहीँ रहन्छन्। केवल प्रजा बन्छन्। राजा बन्नका लागि कति मेहनत गर्छन्! हात सबैले उठाउँछन्– राजा बन्नका लागि, फेरि ५-७ दिनपछि हेर्ने हो भने भेटिँदैभेटिँदैनन्। माया कति बलवान् छ, तुरुन्तै फसाइदिन्छ। राजधानी स्थापना गर्न कति कठिन छ! धर्म स्थापना गर्न कठिन छैन। त्यहाँ कुनै असुरहरूको विघ्न पर्दैन नि! यहाँ बच्चाहरूले भन्छन्– विवाह गर्दैनौँ, तर पिताले भन्छन्– विवाह त अवश्य गर्नुपर्छ, विवाहबिना दुनियाँ कसरी चल्छ! अरे, विवाह नगर्नु त राम्रो हो नि! विवाह गरेनन् भने बच्चाहरू पनि हुँदैनन्, परिवार नियोजन (बर्थ कन्ट्रोल) हुन्छ। बाबा सम्झाउनुहुन्छ– अब जसले गर्छ उसैले पाउँछ। पछि गएर धेरै चाँडो चाँडो बाबाको बन्नेछन्।

तिमी बच्चाहरूलाई थाहा छ– जसरी कल्प पहिला स्थापना भएको थियो, त्यसरी नै हुनेछ। जुन दिन बित्यो त्यो कल्प पहिलाजस्तै, राति सुत्छौ, विचार चल्छ– आज दिनभर जे बित्यो त्यो ड्रामा अनुसार, फेरि भोलि जे हुनु छ त्यो ड्रामा अनुसार हुनेछ। तिमी बाहेक अरू कसैलाई पनि थाहा छैन यो ड्रामा हो। यसको आदि-मध्य-अन्त्य के हो, केही थाहा छैन। तिमीलाई थाहा छ– तिमीले पुरुषार्थ गर्छौ, अरू सबै त घोर अन्धकारमा छन्। जे- जति अभिनय चल्छ त्यो ड्रामा अनुसार। आज यहाँ बसेका छौ र भोलि बिरामी भयौ भने त्यो पनि भनिन्छ ड्रामा अनुसार कर्मभोग भोग्नु छ। कल्प कल्प यस्तै हुनेछ। ड्रामाको ज्ञान बुद्धिमा हुन्छ, त्यसैले कुनै चिन्ता हुँदैन। विघ्न पर्छ, काममा ढिलाइ हुन्छ– अनि जान्दछौ कल्प कल्प ढिलो भएको थियो होला। लक्षण यस्तै देखिन्छ। उच्च पद पाउनका लागि धेरै पुरुषार्थ गर्नु छ। हेर्नु छ– हामी माथि चढिरहेका छौँ? बाबाको सेवा गर्छौँ कि एकै ठाउँमा अडिएका छौँ? हामीले कसैको कल्याण गरेकाछौँ? धेरैको कल्याण गरेका रहेछौँ भने हाम्रो पनि कल्याण हुनेछ। परीक्षा पूरा भइसकेपछि फेरि सबै थाहा हुन्छ हामीले यो पद पाउनेछौँ। यो कल्पकल्पान्तरको खेल हो। फेरि अन्त्यमा धेरै पछुताउनेछौ– हामीले यति समयसम्म किन पुरुषार्थ गरेनौँ? बाबाको श्रीमतमा किन चलेनौँ? बाबा केवल भन्नुहुन्छ– मनमनाभव, बस्। कति प्यारसँग भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर। अरूलाई पनि मार्ग देखाउने सेवा गर। किन पुरुषार्थ गरेर उच्च पद नपाउने! तिनीहरूलाई भनिन्छ समझदार बच्चाहरू। पढाउने बाबाले पनि बुझ्नुहुन्छ– यिनीहरू श्रीमतमा चल्दैनन्, कसैको कल्याण गर्दैनन् भने अवश्य पद पनि सानो मिल्नेछ। जति धेरैलाई बाटो बताउँछन्, त्यति उच्च पद पाउँछन्। आफ्नो लागि सेवा गर्नु छ, जसले गर्छ उसैले पाउँछ। त्यसैले पुरुषार्थ गर्नुपर्छ– हामीले किन यस्तो सेवा नगरौँ! कतै प्रदर्शनी हुन्छ भने त्यहाँ आधा तलब लिएर पनि गएर सेवा गर्छन्। कसैले त पूरा बेतलबी बिदा लिएर पनि सेवा गर्छन्। बाबा भन्नुहुन्छ– छोराछोरीका लागि केही चाहिन्छ भने पठाइदेऊ। जीवन निर्वाह त चाहे हजारले गर, चाहे १० रुपैयाँले गर। पैसा कसैसँग धेरै छ भने लाखौँ रुपैयाँ पनि खर्च हुन्छ। बाबा त भन्नुहुन्छ– चाहे तिमीले घाँसै काट तर केवल बाबालाई याद गर्छौ भने २१ जन्मका लागि स्वर्गको मालिक बन्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सबै चिन्ताहरूबाट मुक्त हुनका लागि बुद्धिमा यथार्थ रूपमा ड्रामाको ज्ञान राख्नु छ। जे बित्यो कल्प पहिलाजस्तै।

२) रातदिन यही चिन्तन गर्नु छ– हामीले पतितहरूलाई पावन बन्ने बाटो कसरी बताउने! श्रीमतमा आफ्नो र अरूको कल्याण गर्नु छ।

वरदान:–
विश्व परिवर्तनको श्रेष्ठ कार्यको जिम्मेवारी निर्वाह गर्दा डबल लाइट रहने आधारमूर्त भव

जो आधारमूर्त हुन्छन् उनीहरूमाथि नै सम्पूर्ण जिम्मेवारी हुन्छ। अहिले तिमीले जुन रूपले, जहाँ पनि पाइला चाल्छौ, त्यसैगरी अनेक आत्माहरूले तिमीलाई फलो गर्नेछन्, यो तिम्रो जिम्मेवारी हो। तर यो जिम्मेवारीले तिम्रो स्थिति बनाउन धेरै मद्दत गर्छ, किनकि यसबाट अनेक आत्माहरूको आशीर्वाद मिल्छ, जस कारण तिम्रो जिम्मेवारी हल्का हुन्छ। यो जिम्मेवारी थकाइ मेटाउने खालको हुन्छ।

स्लोगन:–
दिल र दिमाग दुवैको सन्तुलन राखेर सेवा गरेमा सफलता मिल्छ।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

आफ्ना सर्व खजानाहरू अन्य आत्माहरूलाई दान दिनु– यही हो परोपकार गर्नु। यस्ता परोपकारीले आफूलाई सर्व खजानाले सम्पन्न बेगमपुरको बादसाह अनुभव गर्छन्। उनीहरूको सङ्कल्पमा पनि शोकका संस्कारहरू प्रकट हुन सक्दैनन्। जहाँ सेवा छ, त्यहाँ कसैका कमजोर संस्कारहरूलाई नहेरी, उनीहरूप्रति रहमदिलको दृष्टि राखेर, अपकारीहरूमाथि पनि उपकार गर।