02.11.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
सङ्गमयुग सौभाग्यशाली बन्ने युग हो , यसमा तिमीले जति चाहन्छौ त्यति आफ्नो भाग्यको
सितारा चम्काउन सक्छौ।”
प्रश्न:–
आफ्नो
पुरुषार्थलाई तीव्र बनाउने सहज साधन के हो?
उत्तर:–
बाबाको अनुसरण
गर्दै गयौ भने पुरुषार्थ तीव्र हुन्छ। बाबालाई नै हेर, माता त गुप्त हुनुहुन्छ।
बाबाको अनुसरण गर्नाले बाबा समान उच्च बन्छौ। त्यसैले एक्युरेट अनुसरण गरिराख।
प्रश्न:–
बाबाले कुन
बच्चालाई बुद्धु सम्झनुहुन्छ?
उत्तर:–
जसलाई बाबा मिलेर पनि खुसी छैन– ऊ बुद्धु भयो नि। यस्ता बाबा जसले विश्वको मालिक
बनाउनु हुन्छ, उहाँको बच्चा बनेपछि पनि खुसी हुँदैन भने बुद्धु नै भनिन्छ नि।
ओम् शान्ति ।
मीठा प्यारा
बच्चाहरू! तिमी हौ लक्की सितारा। तिमीलाई थाहा छ– हामीले शान्तिधामलाई पनि याद गर्छौं,
बाबालाई पनि याद गर्छौं। बाबालाई याद गर्नाले हामी पवित्र बनेर घर जान्छौं। यहाँ
बसेर यो ख्याल गर्छौ नि। बाबाले अरू केही मेहनत गराउनुहुन्न। जीवनमुक्तिलाई त कसैले
जानेकै छैनन्। उनीहरू सबैले पुरुषार्थ गर्छन् मुक्तिको लागि तर मुक्तिको अर्थ जानेका
छैनन्। कसैले भन्छन् हामी ब्रह्ममा लीन हुन पाऔं, फेरि यहाँ आउन नपरोस्। तिनीहरूलाई
यो थाहा नै छैन– हामीलाई यस चक्रमा अवश्य आउनु नै छ। अब तिमी बच्चाहरूले यस कुरालाई
बुझ्यौ। तिमी बच्चाहरूलाई थाहा छ– हामी स्वदर्शन चक्रधारी लक्की सितारा हौं। लक्की
भनिन्छ सौभाग्यशालीलाई। अब तिमी बच्चाहरूलाई बाबाले नै सौभाग्यशाली बनाउनु हुन्छ।
जस्तो पिता उस्तै बच्चा हुन्छन्। कसैका पिता धनवान हुन्छन्, कसैका पिता गरिब पनि
हुन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई त बेहदको बाबा मिल्नुभएको छ, जो जति
लक्की बन्न चाहन्छ त्यति बन्न सक्छ, जो जति धनवान बन्न चाहन्छ त्यति बन्न सक्छ। बाबा
भन्नुहुन्छ– जे चाहन्छौ त्यो पुरुषार्थबाट लेऊ। सारा कुरा पुरुषार्थमा आधारित छ।
पुरुषार्थ गरेर जति उच्च पद लिन चाहन्छौ त्यति लिन सक्छौ। सबैभन्दा उच्च पद हो यी
लक्ष्मी-नारायणको। यादको चार्ट पनि अवश्य राख्नु छ किनकि तमोप्रधानबाट सतोप्रधान
अवश्य बन्नु नै छ। बुद्धु बनेर त्यत्तिकै बस्नु छैन। बाबाले सम्झाउनु भएको छ– पुरानो
दुनियाँ अब नयाँ हुन्छ। बाबा आउनु हुन्छ नै नयाँ सतोप्रधान दुनियाँमा लैजान। उहाँ
हुनुहुन्छ बेहदका बाबा, बेहद सुख दिनेवाला। सम्झाउनु हुन्छ– सतोप्रधान बन्नाले नै
तिमीले बेहदको सुख पाउन सक्छौ। सतो बन्यौ भने कम सुख। रजो बन्यौ भने त्योभन्दा कम
सुख। बाबाले सबै हिसाब बताइदिनुहुन्छ। तिमीलाई अथाह धन मिल्छ, अथाह सुख मिल्छ।
बेहदका बाबाबाट वर्सा पाउने अरू कुनै उपाय छैन, सिवाय बाबाको याद। जति बाबालाई याद
गर्छौ, त्यति यादबाट स्वत: दैवी गुण पनि आउँछ। सतोप्रधान बन्नु छ भने दैवी गुण पनि
अवश्य चाहिन्छ। आफ्नो जाँच आफै गर्नु छ। आफ्नो पुरुषार्थबाट जति उच्च पद लिन चाहन्छौ
त्यति लिन सक्छौ। पढाउने टिचर बस्नुभएको छ। बाबा भन्नुहुन्छ– कल्प कल्प तिमीलाई यसरी
नै सम्झाउँछु। शब्द नै दुई छन् मनमनाभव, मध्याजी भव। बेहदका बाबालाई चिनेका छौ। उहाँ
बेहदका बाबा नै बेहदको ज्ञानदाता हुनुहुन्छ। पतितबाट पावन बनाउने मार्ग पनि उहाँ
बेहदका बाबाले नै सम्झाउनु हुन्छ। बाबाले जे सम्झाउनु हुन्छ त्यो कुनै नयाँ कुरा
होइन। गीतामा पनि लेखिएको छ आँटामा नुन जस्तै हो। आफूलाई आत्मा सम्झ। देहका सबै
धर्म भुल। तिमी सुरुमा अशरीरी थियौ, अहिले अनेक मित्र-सम्बन्धीहरूको बन्धनमा आयौ।
सबै छन् तमोप्रधान फेरि सतोप्रधान बन्नु छ। तिमीलाई थाहा छ– तमोप्रधानबाट फेरि हामी
सतोप्रधान बन्छौं फेरि मित्र-सम्बन्धी आदि सबै पनि पवित्र बन्छन्। जति जो कल्प पहिला
सतोप्रधान बनेका थिए, त्यति नै फेरि बन्छन्। उनीहरूको पुरुषार्थ नै यस्तो हुन्छ। अब
अनुसरण कसको गर्नुपर्छ? गायन छ फलो फादर। जसरी यी बाबाले याद गर्छन्, पुरुषार्थ
गर्छन्, यिनलाई फलो गर। पुरुषार्थ गराउनेवाला त बाबा हुनुहुन्छ। उहाँले त पुरुषार्थ
गर्नुहुन्न, उहाँले पुरुषार्थ गराउनु हुन्छ। फेरि भन्नुहुन्छ– प्यारा बच्चाहरू! फलो
फादर। गुप्त माता पिता हुनुहुन्छ नि। माता गुप्त हुनुहुन्छ, पिता त देखिननु हुन्छ।
यो राम्रोसँग बुझ्नु छ। यस्तो उच्च पद पाउनु छ भने बाबालाई राम्रोसँग याद गर, जसरी
यी बाबाले याद गर्छन्। यी बाबाले नै सबैभन्दा उच्च पद पाउँछन्। यी धेरै उच्च थिए
फेरि यिनको नै धेरै जन्मको अन्त्यको पनि अन्त्यमा मैले प्रवेश गरेको छु। यो राम्ररी
याद राख, नबिर्स। मायाले धेरैलाई भुलाइदिन्छ। तिमीले भन्ने गर्छौ– हामी नरबाट
नारायण बन्छौं। त्यसलाई पनि बाबाले युक्ति बताउनु हुन्छ, तिमी कसरी बन्न सक्छौ। यो
पनि जानेका छौ– सबैले त एक्युरेट अनुसरण गर्दैनन्। लक्ष्य-उद्देश्य बाबाले बताउनु
हुन्छ– फलो फादर। अहिलेको नै गायन हो। बाबाले पनि अहिले तिमी बच्चाहरूलाई ज्ञान
दिनुहुन्छ। संन्यासीहरूको शिष्य कहलाउँछन् तर त्यो त गलत हो नि, अनुसरण नै गर्दैनन्।
ती सबै हुन् ब्रह्म ज्ञानी, तत्त्व ज्ञानी। उनीहरूलाई ईश्वरले ज्ञान दिनुहुन्न।
तत्त्व अथवा ब्रह्म ज्ञानी कहलाउँछन्। तर तत्त्व अथवा ब्रह्मले उनलाई ज्ञान दिँदैन,
त्यो सबै हो शास्त्रहरूको ज्ञान। यहाँ तिमीलाई बाबाले ज्ञान दिनुहुन्छ, जसलाई
ज्ञानको सागर भनिन्छ। यो राम्रोसँग नोट गर। तिमीले भुल्छौ यो दिलमा राम्रोसँग धारण
गर्ने कुरा हो। बाबाले दिनदिनै भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर म
बाबालाई याद गर, अब फर्केर जानु छ। पतित त जान सक्दैनन्। पवित्र कि त योगबलबाट हुनु
छ कि फेरि सजाय खाएर जान्छन्। सबैको हिसाबकिताब चुक्ता अवश्य हुनु छ। बाबाले
सम्झाउनु भएको छ– तिमी आत्माहरू वास्तवमा परमधाम निवासी हौ, फेरि यहाँ सुख र दु:खको
पार्ट खेलेका छौ। सुखको पार्ट हुन्छ रामराज्यमा र दु:खको पार्ट हुन्छ रावण राज्यमा।
रामराज्य स्वर्गलाई भनिन्छ, त्यहाँ सम्पूर्ण सुख हुन्छ। गायन पनि गर्छन्– स्वर्गवासी
र नर्कवासी। यो कुरा राम्रोसँग धारण गर्नु छ। जति जति तमोप्रधानबाट सतोप्रधान बन्दै
जान्छौ त्यति नै तिमीलाई भित्र खुसी पनि हुन्छ। जब रजोमा द्वापरमा थियौ तापनि
तिमीलाई खुसी थियो। तिमी यति दु:खी, विकारी थिएनौ। यहाँ त अहिले कति विकारी दु:खी
छन्। तिमीले आफ्ना ठुलाबडालाई हेर कति विकारी मदिराको अम्मली छन्। मदिरा धेरै
नराम्रो चीज हो। सत्ययुगमा त हुन्छन् नै शुद्ध आत्माहरू फेरि तल झर्दा झर्दा एकदम
पतित हुन पुग्छन्। त्यसैले यसलाई रौरव नर्क भनिन्छ। मदिरा यस्तो चीज हो जसले झगडा,
कुटपिट, नोक्सान पार्न बेर लाग्दैन। यस समयमा मानिसको बुद्धि भ्रष्ट भए जस्तै छ।
माया ठुलो दुस्मन हो। बाबा सर्वशक्तिमान हुनुहुन्छ, सुख दिनेवाला। त्यस्तै फेरि माया
धेरै दु:ख दिनेवाला हो। कलियुगमा मानिसको के हालत हुन जान्छ, एकदम जीर्ण। केही पनि
बुझ्दैनन्, मानौं पत्थरबुद्धि। यो पनि ड्रामा हो नि। कसैको तकदिरमा छैन भने फेरि
यस्तो बुद्धि बन्न जान्छ। बाबाले ज्ञान त धेरै सहज दिनुहुन्छ। बच्चे-बच्चे भनेर
सम्झाइरहनु हुन्छ। माताहरूले पनि भन्छन्– हाम्रा ५ लौकिक बच्चाहरू छन् अर्का एक छन्
पारलौकिक बच्चा, जसले हामीलाई सुखधाममा लैजान आउनु भएको छ। बाबाले पनि बुझ्नुहुन्छ
भने बच्चाहरूले पनि बुझ्छन्। जादुगर ठहरिए नि। बाबा पनि जादुगर, अनि बच्चाहरू पनि
जादुगर बन्छन्। भन्ने गर्छन्– बाबा हाम्रो बच्चा पनि हुनुहुन्छ। त्यसो भए बाबालाई
अनुसरण गरेर यस्तो बन्नुपर्छ। स्वर्गमा यिनको राज्य थियो नि। शास्त्रहरूमा यी कुरा
छैनन्। यी भक्तिमार्गका शास्त्रहरू पनि ड्रामामा निश्चित छन्। फेरि पनि हुन्छन्। यो
पनि बाबा सम्झाउनु हुन्छ– पढाउने टिचर त चाहियो नि। किताब कहाँ टिचर बन्न सक्छ र!
त्यसो भए त फेरि टिचरको आवश्यकता नै हुँदैन। यी किताब आदि सत्ययुगमा हुँदैनन्।
बाबा सम्झाउनु हुन्छ– तिमीले आत्मालाई त जान्दछौ नि। आत्माहरूका पिता पनि अवश्य
हुनुहुन्छ। जब कोही आए भने सबैले भन्छन्– हिन्दु-मुस्लिम भाइ भाइ, अर्थ केही पनि
बुझ्दैनन्। भाइ भाइको अर्थ बुझ्नुपर्यो नि। अवश्य उनीहरूको पिता पनि हुनुपर्छ। यति
सानो कुराको समझ पनि रहेन। भगवानुवाच– यो धेरै जन्महरूको अन्त्यको जन्म हो। अर्थ कति
स्पष्ट छ। कुनै ग्लानि गर्नुहुन्न। बाबाले त मार्ग बताउनु हुन्छ। नम्बरवन सो लास्ट।
गोरा सो काला बन्छन्। तिमीले पनि सम्झन्छौ– हामी गोरा थियौं फेरि त्यस्तै बन्छौं।
बाबालाई याद गर्नाले नै त्यस्तो बनिन्छ। यो हो रावण राज्य। रामराज्यलाई भनिन्छ
शिवालय। सीताको राम, उनले त त्रेतामा राज्य गरेका थिए, यसमा पनि समझको कुरा छ। दुई
कला कम भनिन्छ। सत्ययुग हो उच्च, त्यसलाई याद गर्छन्, त्रेता र द्वापरलाई त्यति याद
गर्दैनन्। सत्ययुग हो नयाँ दुनियाँ र कलियुग हो पुरानो दुनियाँ। १०० प्रतिशत सुख र
१०० प्रतिशत दु:ख। त्यो त्रेता र द्वापर हो सेमी सुख। त्यसैले मुख्य सत्ययुग र
कलियुगको गायन छ। बाबाले सत्ययुग स्थापना गरिरहनु भएको छ। अब तिम्रो काम हो
पुरुषार्थ गर्नु। सत्ययुग निवासी बन्छौ कि त्रेता निवासी बन्छौ? द्वापरमा फेरि तल
झर्छौ। फेरि पनि हौ त देवी-देवता धर्म कै। तर पतित हुनाको कारण आफूलाई देवी-देवता
कहलाउन सक्दैनौ। बाबा प्यारा बच्चाहरूलाई दिनहुँ सम्झाउनु हुन्छ। मुख्य कुरा हो नै
मनमनाभवको। तिमी नै नम्बरवन बन्छौ। ८४ को चक्कर लगाएर लास्टमा आउँछौ फेरि नम्बरवनमा
जान्छौ। अब बेहदका बाबालाई याद गर्नु छ। उहाँ हुनुहुन्छ बेहदका बाबा। पुरुषोत्तम
सङ्गमयुगमा नै बेहदका बाबा आएर तिमीलाई २१ पिँढी स्वर्गको सुख दिनुहुन्छ। पिँढी जब
पूरा हुन्छ तब तिमी आफै शरीर छोड्छौ। योगबल हुन्छ नि। काइदा नै त्यस्तो रचिएको छ,
त्यसलाई भनिन्छ योगबल। त्यहाँ ज्ञानको कुरा हुँदैन। स्वत: तिमी वृद्ध हुन्छौ। त्यहाँ
कुनै बिमारी आदि हुँदैन। लङ्गडो वा अपाङ्ग हुँदैनन्। एवरहेल्दी हुन्छन्। त्यहाँ
दु:खको नामनिसान हुँदैन। फेरि थोरै थोरै कला कम हुन्छ। अब बच्चाहरूले पुरुषार्थ
गर्नु छ। बेहदका बाबाबाट उच्च वर्सा पाउन। सम्मान साथ पास हुनुपर्यो नि। सबैले त
उच्च पद पाउन सक्दैनन्। जसले सेवा नै गर्दैनन् उसले के पद पाउँछ। म्युजियममा
बच्चाहरूले कति सेवा गर्छन्, बोलाउँदै नबोलाई मानिसहरू आउँछन्। यसलाई विहङ्गग
मार्गको सेवा भनिन्छ। थाहा छैन, यस भन्दा पनि अरू कुनै विहङ्ग मार्गको सेवा
निस्किन्छ। दुई-चार मुख्य चित्र अवश्य साथमा हुनुपर्छ। ठुला-ठुला त्रिमूर्ति,
कल्पवृक्ष, सृष्टि चक्र, सिँढी– यी त हरेक ठाउँमा ठुला-ठुला हुनुपर्छ। जब बच्चाहरू
समझदार हुन्छन् तब त सेवा हुन्छ नि। सेवा त हुनु नै छ। गाउँमा पनि सेवा गर्नु छ।
हुन त माताहरू पढेलेखेका छैनन् तर बाबाको परिचय दिन त धेरै सहज छ। पहिला महिलाहरूले
पढ्दैनथे। मुसलमानको राज्यमा एउटा आँखा खोलेर बाहिर निस्किन्थे। यी बाबा धेरै अनुभवी
छन्। बाबा भन्नुहुन्छ– मैले यो सबै जान्दिनँ। म त माथि रहन्छु। यी सब कुरा यी
ब्रह्माले तिमीलाई सुनाउँछन्। यिनी अनुभवी छन्, मैले त मनमनाभवको कुरा नै सुनाउँछु
र सृष्टि चक्रको रहस्य सम्झाउँछु, जुन यिनले जानेका छैनन्। यिनले आफ्नो अनुभव अलग्गै
सम्झाउँछन्, म यी कुरामा जान्नँ। मेरो पार्ट हो केवल तिमीलाई मार्ग बताउनु। म पिता,
टिचर, गुरु हुँ। टिचर बनेर तिमीलाई पढाउँछु, बाँकी यसमा कृपा आदिको कुनै कुरा छैन।
पढाउँछु फेरि साथमा लिएर जान्छु। यस पढाइबाट नै सद्गति हुन्छ। म आएको हुँ नै
तिमीलाई लैजान। शिवको बरियाँत गायन गरिको छ। शङ्करको बरियाँत हुँदैन। शिवको बरियाँत
हो, सबै आत्माहरू बेहुलाको पछाडि जान्छन् नि। यी सबै हुन् भक्तहरू, म हुँ भगवान।
तिमीले मलाई बोलाएका हौ नै पावन बनाएर साथमा लैजान। त्यसैले म तिमी बच्चाहरूलाई
साथमा लिएरै जान्छु। हिसाबकिताब चुक्ता गराएर लैजानु नै छ।
बाबा घरी घरी भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गर्यौ भने वर्सा पनि अवश्य याद
हुन्छ। विश्वको बादसाही मिल्छ नि। त्यसको लागि पुरुषार्थ पनि यस्तो गर्नु छ। तिमी
बच्चाहरूलाई कुनै मेहनत गराउन्नँ। जान्दछु– तिमीले धेरै दु:ख देखेका छौ। अब तिमीलाई
कुनै मेहनत गराउन्नँ। भक्ति मार्गमा आयु पनि छोटो हुन्छ। अकालमै मृत्यु हुन्छ, कति
बिलौना गर्छन्। कति दु:खी हुन्छन्। दिमाग नै खराब हुन्छ। अब बाबा भन्नुहुन्छ– केवल
मलाई याद गरिराख। स्वर्गको मालिक बन्नको लागि दैवी गुण पनि धारण गर्नुपर्छ।
पुरुषार्थ सदैव उच्च बन्नलाई गरिन्छ– हामी लक्ष्मी-नारायण बनौं। बाबा भन्नुहुन्छ–
मैले सूर्यवंशी-चन्द्रवंशी दुवै धर्म स्थापना गर्छु। तिनीहरू पास हुँदैनन् त्यसैले
क्षत्रिय भनिन्छ। युद्धको मैदान हो नि। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सुखधामको वर्साको पूरा अधिकार लिनको लागि सङ्गममा रूहानी जादुगर बनेर बाबालाई पनि
आफ्नो बच्चा बनाउनु छ। पूरा पूरा समर्पण हुनु छ।
२) स्वदर्शन चक्रधारी
बनेर स्वयंलाई लक्की सितारा बनाउनु छ। विहङ्ग मार्गको सेवाको निमित्त बनेर उच्च पद
लिनु छ। गाउँ गाउँमा सेवा गर्नु छ। साथसाथै यादको चार्ट पनि अवश्य राख्नु छ।
वरदान:–
दृढ सङ्कल्पको
बारुदद्वारा आत्मिक बमको पटका पट्काउने सदा विजयी भव
आजकल पटकामा बम
बनाउँछन् तर तिमीले दृढ सङ्कल्पको बारुदद्वारा आत्मिक बमको पटका पड्काऊ जसबाट पुराना
सबै कुरा समाप्त भएर जान्छन्। उनीहरूले त पटकामा पैसा गुमाउँछन्, तिमीले कमाउँछौ।
त्यो आतसबाजी हो र तिम्रो उड्ती कलाको बाजी हो। यसमा तिमी विजयी बन्छौ। त्यसैले डबल
फाइदा लेऊ, पड्काऊ पनि, कमाऊ पनि– यो विधि अपनाऊ।
स्लोगन:–
कुनै विशेष
कार्यमा सहयोगी बन्नु नै आशीर्वादको लिफ्ट प्राप्त गर्नु हो।