02.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले आफ्नो दीपकको सम्हाल स्वयं नै गर्नुपर्छ , तुफानबाट बच्नको लागि ज्ञान-योगको घृत अवश्य चाहिन्छ।”

प्रश्न:–
कुनचाहिँ पुरुषार्थले गुप्त बाबाबाट गुप्त वर्सा दिलाउँछ?

उत्तर:–
अन्तर्मुखता अर्थात् चुप रहेर बाबालाई याद गर्यौ भने गुप्त वर्सा मिल्छ। यादमा रहँदै शरीर छुट्यो भने धेरै राम्रो, यसमा कुनै मेहनत छैन। यादको साथसाथै ज्ञान-योगको सेवा पनि गर्नुपर्छ, यदि गर्न सक्दैनौ भने कर्मणा सेवा गर। धेरैलाई सुख दियौ भने आशीर्वाद मिल्छ। चालचलन र बोलीचाली पनि धेरै सात्विक चाहिन्छ।

गीत:–
निर्बल से लडाई बलवान की...।

ओम् शान्ति ।
बाबाले सम्झाउनु भएको छ यस्तो गीत सुनदा हरेकले आफैमाथि विचार सागर मन्थन गर्नुपर्छ। यो त बच्चाहरूले जानेका छौ– मनुष्य मरे भने १२ दिनसम्म दीपक जगाउँछन्। तिमीले त मर्नको लागि तयारी गरिरहेका छौ र आफ्नो ज्योति पुरुषार्थ गरेर आफै बालिरहेका छौ। पुरुषार्थ पनि मालामा आउनेले नै गर्छन्। प्रजा यस मालामा आउँदैनन्। विजय मालामा पहिलो नम्बरमा आउने पुरुषार्थ गर्नुपर्छ। कतै माया बिरालोले तुफान ल्याएर विकर्म नगराओस् जसकारण दीपक निभोस्। अब यसमा ज्ञान र योग दुवै बल चाहिन्छ। योगको साथै ज्ञान पनि आवश्यक छ। हरेकले आफ्नो दीपकको सम्हाल गर्नु छ। अन्त्यसम्म पुरुषार्थ चल्नु नै छ। रेस चलिरहन्छ, त्यसैले धेरै सम्हाल गर्नु छ– कहीँ ज्योति नघटोस्, ननिभोस्। त्यसैले योग र ज्ञानको घिऊ दिनहुँ थप्नुपर्छ। योगबलको तागत भएन भने दौडन सक्दैनन्। पछि पर्छन्। स्कुलमा पढाइका विषय हुन्छन्, देख्छन्– हामी यस विषयमा जान्ने छैनौं त्यसैले हिसाबमा जोड लगाउँछन्। यहाँ पनि यस्तै हो। स्थूल सेवाको विषय पनि धेरै राम्रो छ। धेरै जनाको आशीर्वाद मिल्छ। कति बच्चाहरूले ज्ञानको सेवा गर्छन्। दिनप्रतिदिन सेवाको वृद्धि हुँदै जान्छ। एक धनवानका ६-८ दोकान पनि हुन्छन्। सबै एकनास चल्दैनन्। कुनैमा कम ग्राहक, कुनैमा धेरै हुन्छन्। तिम्रो पनि एक दिन त्यो समय आउने छ जुन बेला रातमा पनि फुर्सद मिल्ने छैन। सबैलाई थाहा हुन्छ– ज्ञानसागर बाबा आउनु भएको छ, अविनाशी ज्ञान रत्नबाट झोली भर्नुहुन्छ। त्यसपछि धेरै बच्चाहरू आउने छन्। कुरै नसोध। एक-अर्कालाई सुनाउँछन् नि। यहाँ यो वस्तु धेरै राम्रो र सस्तो पाइन्छ। तिमी बच्चाहरूले पनि जानेका छौ– यो राजयोगको शिक्षा धेरै सहज छ। सबैलाई यस ज्ञान रत्नको बारेमा थाहा भयो भने आउँदै जान्छन्। तिमीले यो ज्ञान र योगको सेवा गर्छौ। जसले यो ज्ञान-योगको सेवा गर्न सक्दैनन् उनीहरूको लागि कर्मणा सेवाको मार्क (नम्बर) पनि हुन्छ। सबैको आशीर्वाद मिल्छ। एक-अर्कालाई सुख दिनुपर्छ। यो त धेरै सस्तो खानी हो। यो अविनाशी हीरा-जुहारतको खानी हो। ८ रत्नको माला बनाउँछन् नि। पूज्छन् पनि, तर कसैलाई थाहा छैन– यो माला के को बनेको हो।

तिमी बच्चाहरूलाई थाहा छ– कसरी हामी नै पूज्यबाट पुजारी बन्छौं। यो धेरै आश्चर्यजनक ज्ञान हो जुन दुनियाँमा कसैले जानेका छैनन्। अहिले तिमी लक्की स्टार बच्चाहरूलाई नै निश्चय छ– हामी स्वर्गका मालिक थियौं, अहिले नर्कका मालिक बनेका छौं। स्वर्गको मालिक भएपछि पुनर्जन्म पनि त्यहीँ लिन्छौं। अहिले फेरि हामी स्वर्गका मालिक बनिरहेका छौं। तिमी ब्राह्मणहरूलाई नै यस सङ्गमयुगको बारेमा थाहा छ। अर्कोतर्फ सारा दुनियाँ छ कलियुगमा। युग त बेग्लाबेग्लै छन् नि। सत्ययुगमा हुँदा पुनर्जन्म पनि सत्ययुगमा लिन्छन्। अहिले तिमी सङ्गमयुगमा छौ। तिमीहरू मध्ये कसैले शरीर छोड्यो भने संस्कार अनुसार फेरि यहाँ नै आएर जन्म लिन्छन्। तिमी ब्राह्मण हौ, सङ्गमयुगका। ती शूद्र हुन् कलियुगका। यो ज्ञान पनि तिमीलाई यस सङ्गमयुगमा नै मिल्छ। तिमी बी.के. ज्ञान गङ्गाहरू प्राक्टिकलमा अहिले सङ्गमयुगमा छौ। अब तिमीहरूले रेस गर्नु छ। दोकान सम्हाल्नु पनि छ। ज्ञान-योगको धारणा भएन भने दोकान सम्हाल्न सक्दैनौ। सेवाको प्रतिफल त बाबाले दिनुहुन्छ। यज्ञ रचेपछि भिन्न भिन्न किसिमका ब्राह्मणहरू त आउँछन् नै। फेरि दक्षिणा कसैलाई धेरै कसैलाई कम मिल्छ। अहिले उहाँ परमपिताले रुद्र ज्ञान यज्ञ रच्नुभएको छ। हामी हौं ब्राह्मण। हाम्रो धन्दा नै हो मनुष्यलाई देवता बनाउनु। यस्तो यज्ञ अरू कुनै हुँदैन, जसमा कसैले भन्छन् हामीले यस यज्ञद्वारा मनुष्यबाट देवता बनिरहेका छौं। अब यसलाई रुद्र ज्ञान-यज्ञ अथवा पाठशाला पनि भनिन्छ। ज्ञान र योगबाट हरेक बच्चाले देवी-देवता पद पाउन सक्छन्। बाबाले राय पनि दिनुहुन्छ– तिमी परमधामबाट बाबाको साथबाट आएका हौ। तिमीहरूले भन्छौ– हामी परमधाम निवासी हौं। यस समयमा बाबाको मतबाट हामीले स्वर्गको स्थापना गरिरहेका छौं। जसले स्थापना गर्छन् तिनै अवश्य मालिक बन्छन्। तिमीलाई थाहा छ– यस दुनियाँमा हामी अति भाग्यशाली, ज्ञान सूर्य, ज्ञान चन्द्रमा र ज्ञान सितारा हौं। बनाउनेवाला हुनुहुन्छ ज्ञानसागर। ती सूर्य, चन्द्रमा, ताराहरू त स्थूलमा छन् नि। तिनीहरूसँग हाम्रो तुलना गरिएको हो। त्यसैले हामी पनि ज्ञान सूर्य, ज्ञान चन्द्रमा, ज्ञान सितारा हुन्छौं। हामीलाई यस्ता बनाउने हुनुहुन्छ ज्ञानका सागर। नाम त हुन्छ नि। ज्ञान सूर्य अथवा ज्ञान सागरका हामी बच्चाहरू हौं। उहाँ त यहाँका निवासी हुनुहुन्न। बाबा भन्नुहुन्छ– म आउँछु अनि तिमीलाई आफू समान बनाउँछु। ज्ञान सूर्य, ज्ञान सितारा तिमी यहाँ बन्नु छ। तिमीले जानेका छौ– अवश्य हामी भविष्यमा यहाँ नै स्वर्गका मालिक बन्छौं। सबैको आधार पुरुषार्थमा छ। हामी मायामाथि विजय प्राप्त गर्ने योद्धा हौं। तिनीहरूले आफ्नो मनलाई वश पार्नको लागि कति हठ आदि गर्छन्। तिमीले त हठयोग आदि गर्न सक्दैनौ। बाबा भन्नुहुन्छ– तिमीले कुनै मेहनत आदि गर्नु पर्दैन, केवल भन्छु– तिमी मेरो पासमा आउनु छ भने मलाई याद गर। म तिमी बच्चाहरूलाई लिन आएको छु। यस्तो अरू कुनै मनुष्यले भन्न सक्दैनन्। भन्न त आफूलाई ईश्वर भन्छन् तर आफूलाई गाइड भन्न सक्दैनन्। बाबा भन्नुहुन्छ– म मुख्य पण्डा कालहरूको काल हुँ। एक सत्यवान् सावित्रीको कहानी छ नि! उनी जिस्मानी प्रेम हुनाले दु:खी हुन्थिन्। तिमी त खुसी हुन्छौ। मैले तिम्रो आत्मालाई लिएर जान्छु, तिमी कहिल्यै दु:खी हुँदैनौ। जानेका छौ– हाम्रा बाबा आउनु भएको छ स्वीट होममा लिएर जानको लागि। जसलाई मुक्तिधाम, निर्वाणधाम भनिन्छ। भन्नुहुन्छ– म सबै कालहरूको काल हुँ। उसले त एउटा आत्मालाई लिएर जान्छ, म त कति ठुलो काल हुँ। ५ हजार वर्ष पहिला पनि मैले गाइड बनेर सबैलाई लिएर गएको थिएँ। प्रियतमले प्रियतमाहरूलाई फर्काएर लैजानुहुन्छ, त्यसैले उहाँलाई याद गर्नुपर्छ।

तिमीलाई थाहा छ– अहिले हामीले पढिरहेका छौं फेरि यहाँ आउने छौं। पहिला स्वीट होममा जान्छौं फेरि तल आउने छौं। तिमी बच्चाहरू स्वर्गका सितारा हौ। पहिला नर्कका थियौ। सितारा बच्चाहरूलाई भनिन्छ। लक्की सितारा नम्बरवार पुरुषार्थ अनुसार छन्। तिमीलाई हजुरबुबाको सम्पत्ति मिल्छ। खानी धेरै बेजोडको हुन्छ। यो खानी एक पटक मात्र निस्किन्छ। ती अन्य खानी त धेरै छन् नि। निस्किरहन्छन्। कसैले बसेर खोजे भने धेरै मिल्छ। यो त एकैपटक एउटै खानी मिल्छ– अविनाशी ज्ञान रत्नहरूको। ती किताव त धेरै छन्। तर तिनलाई रत्न भनिदैन। बाबालाई ज्ञानसागर भनिन्छ। बाबा अविनाशी ज्ञान रत्नहरूका निराकारी खानी हुनुहुन्छ। यी रत्नहरूबाट हामीले झोली भरिरहन्छौं। तिमी बच्चाहरूलाई खुसी हुनुपर्छ। हरेकलाई नसा पनि हुनुपर्छ। दोकानमा धन्दा धेरै भयो भने प्रसिद्धि पनि हुन्छ। यहाँ प्रजा पनि बनाइरहनु भएको छ भने वारिस पनि बनाइरहनु भएको छ। यहाँबाट रत्नहरूको झोली भरेर फेरि गएर दान दिनुपर्छ। परमपिता परमात्मा नै ज्ञानसागर हुनुहुन्छ जसले ज्ञान रत्नहरूबाट झोली भर्नु हुन्छ। तर त्यो समुद्र होइन जसलाई देखाइन्छ– रत्नहरूको थाली भरेर देवताहरूलाई दिन्छन्। त्यस सागरबाट रत्न मिल्दैन। यो ज्ञान रत्नको कुरा हो। ड्रामा अनुसार फेरि तिमीहरूलाई रत्नहरूको खानी पनि मिल्छ। त्यहाँ धेरै हीरा-जुहारत हुन्छन्। जसबाट फेरि भक्तिमार्गमा मन्दिर आदि बनाउँछन्। भूकम्प आदि आउनाले सबै भित्रतिर जान्छ, त्यहाँ महल आदि त धेरै बन्छन्, एउटा मात्र होइन। यहाँ पनि राजाहरूको धेरै कम्पिटीसन हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हुबहु कल्प पहिला जसरी भवन बनाइएको थियो त्यसैगरी फेरि बनाउँछन्। त्यहाँ त धेरै सजिलै घर आदि बन्नेछन्। विज्ञानले धेरै काम दिन्छ। तर त्यहाँ विज्ञान शब्द हुँदैन। साइन्सलाई नेपालीमा हिन्दीमा विज्ञान भनिन्छ। आजकाल त विज्ञान भवन पनि नाम राखिदिएका छन्। विज्ञान शब्द ज्ञानको साथमा पनि आउँछ। ज्ञान र योगलाई विज्ञान भनिन्छ। ज्ञानबाट रत्न मिल्छ, योगबाट हामी सदा स्वस्थ बन्छौं। यो ज्ञान र योगको ज्ञान हो जसबाट फेरि वैकुण्ठका ठुला-ठुला भवन बन्छन्। हामीले अहिले यो सारा ज्ञानलाई जानेका छौं। तिमीले जानेका छौ– हामीले विश्वलाई स्वर्ग बनाइरहेका छौं। तिम्रो यस देहमा कुनै ममत्व छैन। हामी आत्माले यो शरीरलाई छोडेर स्वर्गमा गएर नयाँ शरीर लिने छौं। त्यहाँ पनि सम्झन्छन्– एक पुरानो शरीर छोडेर नयाँ शरीर लिन्छु। त्यहाँ कुनै दु:ख वा शोक हुँदैन। नयाँ शरीर लियो भने त राम्रै हो। हामीलाई बाबाले यस्तो बनाइरहनु भएको छ। जस्तो कल्प पहिला बनेका थियौं। हामी मनुष्यबाट देवता बनिरहेका छौं। अवश्य कल्प पहिला पनि अनेक धर्म थिए। गीतामा यो कुनै कुरा छैन। गायन पनि छ– ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना। अनेक धर्मको विनाश कसरी हुन्छ, त्यो तिमीले बुझाउन सक्छौ। अब स्थापना भइरहेको छ। बाबा आउनु भएको नै तब थियो जब देवी-देवता धर्म लोप भएको थियो। फेरि परम्परा कसरी चल्यो होला! यो धेरै सहज कुरा हो। विनाश के को भयो? अनेक अधर्महरूको। त्यसैले अहिले अनेकौं धर्म छन् नि। यो अन्त्य समय हो, सारा ज्ञान बुद्धिमा रहनु पर्छ। यस्तो त होइन, शिवबाबाले नै सम्झाउनु हुन्छ। के यी बाबाले केही पनि बताउँदैनन् र? यिनको पनि पार्ट छ, ब्रह्माको श्रीमतको पनि गायन छ। श्रीकृष्णको लागि त श्रीमत भनिदैन। त्यहाँ त सबै श्री हुन्छन्, उनीहरूलाई मतको आवश्यकता हुँदैन। यहाँ ब्रह्माको पनि मत मिल्छ। त्यहाँ त यथा राजा-रानी तथा प्रजा सबैको मत श्रेष्ठ हुन्छ। अवश्य कसैले दिएको हुनुपर्छ। देवताहरू हुन् श्रीमतवाला। श्रीमतबाट नै स्वर्ग बन्छ, आसुरी मतबाट नर्क बनेको हो। श्रीमत हो शिवबाबाको। यी सबै कुरा सहजै बुझ्नुपर्ने हो। शिवबाबाका यी सबै दोकान हुन्। हामी बच्चाहरू दोकान चलाउनेहरूले हौं। जसले राम्रोसँग दोकान चलाउँछन् उनको नाम हुन्छ। हुबहु जसरी दोकानदारीमा हुन्छ। तर यो व्यापार कोही कोहीले मात्र गर्छन्। व्यापार त सबैले गर्नुपर्छ। साना बच्चाहरूले पनि ज्ञान र योगको व्यापार गर्न सक्छन्। शान्तिधाम अनि सुखधाम। बुद्धिद्वारा उनलाई याद गर्नु छ। उनीहरूले त राम राम भन्छन्। यहाँ त चुप भएर याद गर्नु छ। केही पनि बोल्नु छैन। शिवपुरी, विष्णुपुरी धेरै सहज कुरा छ। स्वीट होम, स्वीट राजधानी याद छ। उनीहरूले दिन्छन् स्थूल मन्त्र, यो हो सूक्ष्म मन्त्र। याद अति सूक्ष्म छ। केवल यो याद गर्नाले हामी स्वर्गको मालिक बन्छौं। केही पनि जप गर्नु पर्दैन, केवल याद गर्नु छ। कुनै पनि आवाज निकाल्नु पर्दैन। हामी चुप रहेमा, अन्तर्मुखी रहेमा गुप्त बाबाबाट गुप्त वर्सा पाउँछौं। यसै यादमा रहेर शरीर छुट्यो भने धेरै उत्तम हुन्छ। कुनै मेहनत छैन, जसलाई याद रहँदैन उनीहरूले आफै अभ्यास गर्नुछ। सबैलाई भन, बाबाले भन्नुभएको छ– मलाई याद गर्यौ भने अन्त मती सो गति। यादबाट विकर्म विनाश हुन्छ र मैले स्वर्गमा पठाउने छु। बुद्धियोग शिवबाबासँग लगाउनु धेरै सहज छ। सारा परहेज पनि यहीँ गर्नु छ। सतोप्रधान बन्नु छ भने सबै सात्विक हुनुपर्छ। चालचलन सात्विक, बोली सात्विक। यो हो आफैसँग कुरा गर्नु। साथीसँग प्यारले बोल्नु छ। गीतमा पनि छ नि– पियु-पियु बोल सदा अनमोल....।

तिमी हौ रूप-बसन्त। आत्मा रूप बन्छ। बाबा ज्ञानका सागर हुनुहुन्छ भने अवश्य आएर ज्ञान नै सुनाउनु हुन्छ। भन्नुहुन्छ– म एकैपटक आएर शरीर धारण गर्छु। यो कम जादुगरी होइन। बाबा पनि रूप-बसन्त हुनुहुन्छ। तर निराकार त बोल्न सक्नु हुन्न त्यसैले शरीर लिनुभएको छ। तर उहाँ पुनर्जन्ममा आउनु हुन्न। आत्माहरू त पुनर्जन्ममा आउँछन्।

तिमी बच्चाहरू बाबामाथि बली चढ्छौ। त्यसैले बाबा भन्नुहुन्छ– ममत्व नराख। केही पनि आफ्नो सम्झिनु हुँदैन। ममत्व मेटाउनको लागि नै बाबा युक्ति रच्नुहुन्छ। कदम कदममा बाबासँग सोध्नुपर्छ। माया यस्तो छ जसले थप्पड लगाउँछ। पूरा बक्सिङ्ग हान्छ, धेरै त चोट खाएर पनि उठ्छन्। लेख्छन् पनि– बाबा, मायाले थप्पड लगाइदियो, कालो मुख पारिदियो, यो त ४ तलाबाट खसे जस्तै हो, क्रोध गर्यो भने तेस्रो तलाबाट खस्यो। यी धेरै बुझ्नु पर्ने कुरा हुन्। अब हेर, बच्चाहरूले टेपको लागि पनि माग गरिरहन्छन्। बाबा टेप पठाइ दिनुहोस्। हामीले एक्युरेट मुरली सुनौं। यो पनि प्रबन्ध भइरहेको छ। सुने भने धेरैको कपाट खुल्छ। धेरैको कल्याण हुन्छ। मनुष्यले कलेज खोले भने उनलाई अर्को जन्ममा धेरै विद्या मिल्छ। बाबा पनि भन्नुहुन्छ– टेप मेसिन खरिद गर्यौ भने धेरैको कल्याण हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सतोप्रधान बन्नको लागि धेरै परहेजसँग चल्नु छ। आफ्नो खानपिन, बोलीचाली सबै सात्विक बनाउनु छ। बाबा समान रूप-बसन्त बन्नु छ।

२) अविनाशी ज्ञान रत्नको निराकारी खानीबाट आफ्नो झोली भरेर अपार खुसीमा रहनु छ र अरूलाई पनि यी रत्नहरूको दान दिनु छ।

वरदान:–
नष्टोमोहा बनेर दु:ख अशान्तिको नामनि सा नलाई समाप्त गर्ने स्मृति स्वरूप भव

जो सदा एकको स्मृतिमा रहन्छन्, उनीहरूको स्थिति एकरस हुन्छ। एकरस स्थितिको अर्थ हो एकद्वारा सर्व सम्बन्ध, सर्व प्राप्तिको रसको अनुभव गर्नु। जो बाबालाई सर्व सम्बन्धले आफ्नो बनाएर स्मृति स्वरूप रहन्छन्, उनीहरू सहजै नष्टोमोहा बन्छन्। जो नष्टोमोहा हुन्छन् उनीहरूलाई कहिल्यै कमाउनमा, धन सम्हाल गर्नमा, कसैको बिमारीमा.... दुःखको लहर आउन सक्दैन। नष्टोमोहा अर्थात् दु:ख अशान्तिको नामनिसान नभएका। सदा बेफिक्र।

स्लोगन:–
जसले रहमदिल बनेर सबैलाई आशीर्वाद दिइरहन्छ, ऊ नै क्षमाशील हो।