03.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– निराकार बाबाले तिमीलाई आफ्नो मत दिएर आस्तिक बनाउनु हुन्छ , आस्तिक बनेपछि मात्रै तिमीले बाबाको वर्सा लिन सक्छौ।”

प्रश्न:–
बेहदको रजाइँ प्राप्त गर्नको लागि कुन दुई कुरामा पूरा पूरा ध्यान दिनुपर्छ?

उत्तर:–
१) पढाइ र २) सेवा। सेवाको लागि लक्षण पनि धेरै राम्रो चाहिन्छ। यो पढाइ धेरै अद्भुत छ‚ यसबाट तिमीले रजाइँ प्राप्त गर्छौ। द्वापरदेखि धन दान गर्ने भएकाले रजाइँ मिल्छ तर अब तिमी पढाइद्वारा राजकुमार-राजकुमारी बन्छौ।

गीत:–
हमारे तीर्थ न्यारे हैं......।

ओम् शान्ति ।
मीठा प्यारा रुहानी बच्चाहरूले गीतको एउटा लाइन सुने। तिम्रो तीर्थ हो– घरमा बसेर चुपचाप मुक्तिधाम पुग्नु। दुनियाँका तीर्थ त सामान्य हुन्, तिम्रा तीर्थ फरक छन्। मनुष्यको बुद्धियोग त साधुसन्त आदितर्फ धेरै भट्किइरहन्छ। तिमी बच्चाहरूलाई त केवल बाबालाई नै याद गर्ने डाइरेक्सन मिल्छ। उहाँ हुनुहुन्छ निराकार बाबा। यस्तो होइन– निराकारलाई मान्नेहरू पनि निराकारी मतका ठहरिन्छन्। दुनियाँमा मतमतान्तर त धेरै छन् नि। यो एउटा निराकारी मत निराकार बाबाले दिनुहुन्छ, जसद्वारा मनुष्यले उच्च भन्दा उच्च पद जीवनमुक्ति वा मुक्ति पाउँछन्। यी कुरा कसैले जानेका छैनन्। केवल यत्तिकै भनिदिन्छन्– निराकारलाई मान्नेहरू हौं। अनेकानेक मत छन्। सत्ययुगमा त हुन्छ एक मत। कलियुगमा छन् अनेक मतहरू। अनेक धर्म छन्, लाखौं-करोडौं मत होलान्। घर घरमा हर एकको आआफ्नो मत छ। यहाँ तिमी बच्चाहरूलाई एक बाबाले नै उच्च भन्दा उच्च बनाउने उच्च भन्दा उच्च मत दिनुहुन्छ। तिम्रो चित्र देखेर धेरै मानिसले भन्छन्– यो के बनाएको हो? मुख्य कुरा के हो? भन, यो रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान हो, जुन ज्ञानद्वारा हामी आस्तिक बन्छौं। आस्तिक बनेपछि बाबाबाट वर्सा मिल्छ। नास्तिक बनेपछि वर्सा गुमाएका हौ। अहिले तिमी बच्चाहरूको धन्दा नै यो हो– नास्तिकलाई आस्तिक बनाउनु। यो परिचय तिमीलाई बाबाबाट मिलेको हो। त्रिमूर्तिको चित्र त धेरै क्लियर छ। ब्रह्माद्वारा ब्राह्मण त अवश्य हुनुपर्छ नि। ब्राह्मणहरूद्वारा नै यज्ञ चल्छ। यो धेरै महान् यज्ञ हो। सबैभन्दा पहिला त यो बुझ्नुपर्छ– उच्च भन्दा उच्च बाबा हुनुहुन्छ। सबै आत्माहरू भाइ भाइ ठहरिए। सबैले एक बाबालाई याद गर्छन्। उहाँलाई बाबा भन्छन्, वर्सा पनि रचयिता बाबाबाट नै मिल्छ। रचनाबाट त मिल्न सक्दैन, त्यसैले ईश्वरलाई सबैले याद गर्छन्। बाबा हुनुहुन्छ नै स्वर्गका रचयिता र बाबा भारतखण्डमा नै आउनु हुन्छ, आएर यो कार्य गर्नुहुन्छ। त्रिमूर्तिको चित्र त धेरै राम्रो चीज हो। उहाँ बाबा, यी दादा। ब्रह्माद्वारा बाबाले सूर्यवंशी घरानाको स्थापना गरिरहनु भएको छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। लक्ष्य-उद्देश्य पूरा राम्रो छ त्यसैले बाबाले ब्याजहरू पनि बनाउन लगाउनु हुन्छ। भन, थोरै भन्दा थोरै दुई शब्दमा तपाईलाई सम्झाउँछु। बाबाबाट सेकेन्डमा वर्सा मिल्नुपर्छ नि। बाबा हुनुहुन्छ नै स्वर्गका रचयिता। यो ब्याज त धेरै राम्रो चीज हो। तर धेरै देह अभिमानी बच्चाहरूले बुझ्दैनन्। यसमा सारा ज्ञान छ– एक सेकेन्डको। बाबाले यहाँ नै आएर स्वर्ग बनाउनु हुन्छ। नयाँ दुनियाँ बाबाले नै स्थापना गर्नुहुन्छ। यो पुरुषोत्तम सङ्गमयुगको पनि गायन गरिएको छ। यो सारा ज्ञान बुद्धिमा फुर्नुपर्छ। कसैको योग छ तर ज्ञान हुँदैन, धारणा हुँदैन। सेवा गर्ने बच्चाहरूलाई ज्ञानको धारणा राम्रो हुन सक्छ। बाबा आएर मनुष्यलाई देवता बनाउने सेवा गर्ने अनि बच्चाले कुनै सेवा नगर्ने भए उनीहरू के कामका? उनीहरू दिलमा चढ्न सक्दैनन्। बाबा भन्नुहुन्छ– ड्रामामा मेरो पार्ट छ नै रावण राज्यबाट सबैलाई छुटाउने। भारतवर्षमा नै रामराज्य र रावण राज्यको गायन गरिएको छ। तर राम को हुनुहुन्छ? यो पनि जानेका छैनन्। गाउँछन् पनि– पतित-पावन, भक्तहरूका भगवान एक। त्यसैले कोही भित्र पस्यो भने पहिला सुरुमा बाबाको परिचय देऊ। उसलाई हेरेर सम्झाउनु पर्छ। बेहदका बाबा आउनु हुन्छ नै बेहदको सुखको वर्सा दिन। उहाँको त आफ्नो शरीर छैन त्यसैले वर्सा कसरी दिने? स्वयं भन्नुहुन्छ– मैले यस ब्रह्मा तनबाट पढाएर, राजयोग सिकाएर यो पद प्राप्त गराउँछु। यो ब्याजमा सेकेन्डको ज्ञान छ। कति सानो ब्याज छ तर सम्झाउनेवाला धेरै देहीअभिमानी चाहिन्छ। उनीहरू धेरै कम छन्। यो मेहनत कसैबाट पुग्दैन, त्यसैले बाबा भन्नुहुन्छ– चार्ट राखेर हेर– सारा दिनमा म कति समय यादमा रहन्छु? सारा दिन अफिसमा काम गर्दा यादमा रहनु छ। कर्म त गर्नु नै छ। यहाँ योगमा बसाएर भन्नुहुन्छ– बाबालाई याद गर। त्यस समयमा कर्म त गर्दैनौ। तिमीले त कर्म गर्दै याद गर्नु छ। नत्र बस्ने बानी पर्छ। कर्म गर्दै यादमा रह्यौ भने कर्मयोगी सिद्ध हुन्छौ। पार्ट त अवश्य खेल्नु छ, यसमा नै मायाले विघ्न पार्छ। कसैले पनि सच्चाइसँग चार्ट लेख्दैनन्। कसैकसैले लेख्छन्, उनीहरू आधा घण्टा, पौने घण्टा यादमा रहे। त्यो पनि बिहानै यादमा बसे भने मात्र। भक्तिमार्गमा पनि बिहान उठेर रामको माला जप्छन्। यस्तो पनि होइन, त्यस समयमा एउटै धुनमा रहन्छन्। होइन, अरू पनि धेरै सङ्कल्प आइरहन्छन्। तीक्ष्ण भक्तहरूको बुद्धि अलि ठहरिन्छ। यो त हो अजपाजाप। नयाँ कुरा छ नि। गीतामा पनि मनमनाभव शब्द छ। तर कृष्णको नाम राख्नाले कृष्णलाई याद गर्छन्, केही पनि बुझ्दैनन्। साथमा ब्याज अवश्य हुनुपर्छ। भन, बाबाले ब्रह्मा तनमा बसेर सम्झाउनु हुन्छ, हामीले उहाँ बाबासँग प्रीत राख्छौं। मनुष्यलाई त न आत्माको, न परमात्माको ज्ञान छ। बाबा सिवाय यो ज्ञान अरू कसैले दिन सक्दैन। उहाँ त्रिमूर्ति शिव सबैभन्दा मुख्य हुनुहुन्छ। बाबा र वर्सा। यस चक्रलाई बुझ्न त धेरै सजिलो छ। प्रदर्शनीबाट पनि प्रजा त लाखौं बनिरहन्छन् नि। राजाहरू त थोरै हुन्छन्, उनीहरूका प्रजा त करोडौंको अन्दाजमा हुन्छन्। प्रजा धेरै बन्छन्, तर राजा बनाउनको लागि पुरुषार्थ गर्नु छ। जसले धेरै सेवा गर्छ उसले अवश्य उच्च पद पाउने छ। कुनै बच्चालाई सेवाको धेरै सोख हुन्छ। भन्छन् पनि, नोकरी छोडिदिऔं, खानको लागि छँदै छ। बाबाको बनेपछि त शिवबाबाको नै पालना लिन्छु। तर बाबा भन्नुहुन्छ– मैले वानप्रस्थमा प्रवेश गरेको छु नि। माताहरू पनि जवान छन् भने घरमा रहेर दुवैले सेवा गर्नु छ। बाबाले हर एकको परिस्थितिलाई हेरेर राय दिनुहुन्छ। विवाह आदिको लागि यदि अनुमति मिलेन भने हलचल हुन्छन्, त्यसैले हर एकको हिसाबकिताब हेरेर राय दिनुहुन्छ। कुमार रहेछन् भने भन्नुहुन्छ– तिमीले सेवा गर्न सक्छौ। सेवा गरेर बेहदका बाबाबाट वर्सा लेऊ। लौकिक पिताबाट तिमीलाई के मिल्छ? धुलोमैलो। त्यो त सबै माटोमा मिल्नु छ। दिनप्रति दिन समय कम हुँदै जान्छ। कसैले सम्झन्छन् हाम्रा बच्चा सम्पत्तिका हकदार बन्छन्। तर बाबा भन्नुहन्छ– केही पनि मिल्ने छैन। सारा सम्पत्ति खरानीमा मिल्छ। उनले सम्झन्छन्– पछि आउनेहरूले खान्छन्। धनीहरूको धन खतम हुनमा केही समय लाग्दैन। मृत्यु त सामुन्ने खडा छ। कुनै पनि वर्सा लिन सक्दैनन्। धेरै कम छन् जसले पूरै सम्झाउन सक्छन्। धेरै सेवा गर्नेले नै उच्च पद पाउने छ। त्यसैले उनीहरूको सम्मान पनि गर्नुपर्छ, यिनीबाट सिक्नु छ। २१ जन्मको लागि सम्मान गर्नुपर्छ। स्वत: नै उनीहरूले उच्च पद पाउने छन्, त्यसैले उनीहरूको सम्मान त जहाँतहाँ हुनु नै छ। स्वयंले पनि बुझ्न सक्छन्, जे मिल्यो त्यही ठीक छ। यसमा नै खुसी हुन्छन्।

बेहदको रजाइँको लागि पढाइ र सेवामा पूरा अटेन्सन चाहिन्छ। यो हो बेहदको पढाइ। यो राजधानी स्थापना भइरहेको छ नि। यो पढाइ पढेर तिमी राजकुमार बन्छौ। कुनै पनि मनुष्यले धन दान गरे भने उनीहरूले राजाकहाँ वा धनवानकहाँ जन्म लिन्छन्। तर त्यो हो अल्पकालको सुख। त्यसैले यस पढाइमा धेरै अटेन्सन दिनुपर्छ। सेवाको रूची हुनुपर्छ। म आफ्नो गाउँमा गएर सेवा गरौं। धेरैको कल्याण हुन्छ। बाबालाई थाहा छ– यस्तो सेवाको सोख अहिलेसम्म कसैमा छैन। लक्षण पनि त राम्रो चाहिन्छ नि। यस्तो होइन– डिससर्भिस गरेर अझ यज्ञको नाम पनि बदनाम गर्छन् र आफ्नै नोक्सान गर्छन्। बाबाले त हर कुराको लागि राम्रोसँग सम्झाउनु हुन्छ। ब्याज आदिको लागि कति चिन्ता हुन्छ। फेरि सम्झिइन्छ– ड्रामा अनुसार ढिलो भएको हो। यो लक्ष्मी-नारायणको ट्रान्सलाइट चित्र पनि फस्टक्लास छ। तर बच्चाहरूमा आज बृहस्पतिको दशा हुन्छ भने भोलि फेरि राहुको दशा लाग्छ। ड्रामामा साक्षी भएर पार्ट हेर्नुपर्छ। उच्च पद पाउनेहरू धेरै कम हुन्छन्। हुनसक्छ ग्रहचारी उत्रिएर जान्छ। ग्रहचारी उत्रियो भने फेरि छलाङ्ग मार्छन्। पुरुषार्थ गरेर आफ्नो जीवन बनाउनु पर्छ, नत्र कल्पकल्पान्तरको लागि सत्यानाश भएर जान्छ। बुझ्छन् कल्प पहिला जस्तै ग्रहचारी आएको छ। श्रीमतमा चलेनन् भने पद पनि मिल्दैन। उच्च भन्दा उच्च हो भगवानको श्रीमत। लक्ष्मी-नारायणको यो चित्रलाई तिमीहरू सिवाय अरू कसैले बुझ्न सक्दैन। भन्छन्, चित्र त धेरै राम्रो बनाउनु भएको छ, तिमीलाई यो चित्र देख्दा मूलवतन, सूक्ष्मवतन, स्थूलवतन सारा सृष्टिको चक्र बुद्धिमा आउँछ। तिमी ज्ञानी बन्छौ– नम्बरवार पुरुषार्थ अनुसार। बाबालाई त यो चित्र देखेर धेरै खुसी हुन्छ। विद्यार्थीलाई त खुसी हुनुपर्यो नि– म पढेर यस्तो बन्छु। पढाइद्वारा नै उच्च पद मिल्छ। यस्तो होइन– जे भाग्यमा होला। पुरुषार्थद्वारा नै प्रारब्ध मिल्छ। पुरुषार्थ गराउने बाबा मिल्नुभएको छ, उहाँको श्रीमतमा चलेनन् भने नराम्रो गति हुन्छ। पहिला सुरुमा त जसलाई पनि यस ब्याजद्वारा नै सम्झाऊ फेरि जो लायक छन् उनीहरूले झट्ट भन्छन्– मलाई यो मिल्न सक्छ? हो, किन मिल्दैन। यस धर्मका जो हुन्छन् उनीहरूलाई तीर लाग्छ। उसको कल्याण हुनसक्छ। बाबाले त सेकेन्डमा हातमा स्वर्ग दिनुहुन्छ, यसमा त धेरै खुसी हुनुपर्छ। तिमीले शिवका भक्तहरूलाई यो ज्ञान देऊ। भन, शिवबाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने राजाहरूको राजा बन्छौ। सारा दिन यही सेवा गर। खासगरी बनारसमा त शिवका मन्दिर धेरै छन्, त्यहाँ राम्रो सेवा हुन सक्छ। कोही न कोही निस्कन्छ। सेवा धेरै सहज छ। कसैले सेवा गरेर हेरेभने खाना त मिल्छ नै, सेवा गरेर हेर। सेन्टर त त्यहाँ छन् नै। बिहान मन्दिरमा जाऊ, राती फर्किएर आऊ। सेन्टर बनाइदेऊ। तिमीले सबैभन्दा धेरै शिवका मन्दिरमा सेवा गर्न सक्छौ। उच्च भन्दा उच्च हो नै शिवको मन्दिर। मुम्बइमा बबुलनाथको मन्दिर छ। सारा दिन त्यहाँ गएर सेवा गरेर धेरैको कल्याण गर्न सक्छौ। यो ब्याज नै पर्याप्त छ। प्रयास गरेर हेर। बाबा भन्नुहुन्छ– यो ब्याज लाख त के दश लाख बनाऊ। वृद्ध मानिसले धेरै राम्रो सेवा गर्न सक्छन्। धेरै प्रजा बन्छन्। बाबा केवल भन्नुहुन्छ– मलाई याद गर, मनमनाभव शब्द भुलेका छौ। भगवानुवाच हो नि। श्रीकृष्ण कहाँ भगवान हुन् र, उनले त पूरा ८४ जन्म लिन्छन्। शिवबाबाले यी श्रीकृष्णलाई पनि यो पद प्राप्त गराउनु हुन्छ। फेरि धक्का खाने के आवश्यकता छ। बाबा त भन्नुहुन्छ– केवल मलाई याद गर। तिमीहरूले शिवको मन्दिरमा सबैभन्दा राम्रो सेवा गर्नसक्छौ। सेवाको सफलताको लागि देहीअभिमानी अवस्थामा स्थित भएर सेवा गर। दिल सफा भए अनुहार हँसिलो हुन्छ। बनारसको लागि बाबाले त खास राय दिनुहुन्छ, त्यहाँ वानप्रस्थीहरूका आश्रम पनि छन्। भन, हामी ब्रह्माका सन्तान ब्राह्मण हौं। बाबाले ब्रह्माद्वारा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, अरू कुनै उपाय छैन। बिहानदेखि रातीसम्म शिवको मन्दिरमा बसेर सेवा गर। ट्राइ गरेर हेर। शिवबाबा स्वयं भन्नुहुन्छ– मेरा मन्दिर त धेरै छन्। तिमीलाई कसैले केही भन्दैन, अझै खुसी हुन्छन्– यसले त शिवबाबाको धेरै महिमा गर्छ। भन, उहाँ ब्रह्मा हुनुहुन्छ, यी ब्राह्मण हुन्, उहाँ कुनै देवता हुनुहुन्न। उहाँले पनि शिवबाबालाई याद गरेर यो पद लिनुहुन्छ। उहाँद्वारा शिवबाबा भन्नुहुन्छ– म एकलाई याद गर। कति सजिलो छ। बुज्रुगको कसैले इन्सल्ट गर्दैन। बनारसमा अहिलेसम्म यति कुनै सेवा भएको छैन। मेडल वा चित्रमा सम्झाउन धेरै सजिलो छ। कोही गरिब छ भने भन– तपाईलाई नि:शुल्क दिन्छौं, धनवान छ भने भन, तपाईले दिनुहुन्छ भने धेरैको कल्याणको लागि अझै छपाउने छौं तब तपाईको पनि कल्याण हुन्छ। यो तिम्रो धन्दा सबैभन्दा राम्रो हुन्छ। कसैले ट्राइ गरेर हेर। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) ज्ञानलाई जीवनमा धारणा गरेर फेरि सेवा गर्नु छ। जसले धेरै सेवा गर्छ, राम्रो लक्षण छ, उसको सम्मान पनि अवश्य गर्नु छ।

२) कर्म गर्दा यादमा रहने बानी पार्नु छ। सेवाको सफलताको लागि आफ्नो अवस्था देहीअभिमानी बनाउनु छ। दिल सफा राख्नु छ।

वरदान:–
सर्व समस्याहरूको बिदाइ समारोह मनाउने समाधान स्वरूप भव

समाधान स्वरूप आत्माहरूको माला तिमीहरू आफ्नो सम्पूर्ण स्थितिमा स्थित भइसकेपछि मात्र तयार हुनेछ। सम्पूर्ण स्थितिमा समस्याहरू बचपनको खेल अनुभव हुन्छन् अर्थात् समाप्त हुन्छन्। जसरी ब्रह्माबाबाको सामु यदि कुनै बच्चा समस्या लिएर आउँथ्यो भने समस्याको कुरा भन्ने हिम्मत पनि हुँदैनथ्यो, ती कुराहरू नै बिर्सिन्थे। त्यसैगरी तिमी बच्चाहरू पनि समाधान स्वरूप बन्यौ भने आधाकल्पका लागि समस्याहरूको बिदाइ समारोह हुन्छ। विश्वका समस्याहरूको समाधान नै परिवर्तन हो।

स्लोगन:–
जो सदा ज्ञानको स्मृतिमा रहन्छन्, उनीहरू मायाको आकर्षणबाट बच्छन्।