03.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
यादमा रहने पुरुषार्थ अवश्य ग र्नुछ , किनकि यादको बलबाट नै तिमी विकर्माजित ब न ्
न ेछौ ।”
प्रश्न:–
कुन ख्याल आयो
भने पुरुषार्थमा गिर्छौ? ईश्वरीय सेवाधारी बच्चाहरूले कुन सेवा गरिरहन्छन्?
उत्तर:–
कैयौँ
बच्चाहरूले सम्झन्छन्– अझै टाइम बाँकी छ, पछि पुरुषार्थ गरौँला, तर मृत्युको नियम
कहाँ त्यस्तो छ र। भोलि भोलि भन्दाभन्दै मरिहाल्छन्, त्यसैले यस्तो नसोच– धेरै वर्ष
बाँकी छ, अन्त्यमा छलाङ् लगाउँला। यो ख्यालले झन् गिराउँछ। जति हुन सक्छ यादमा रहने
पुरुषार्थ गरेर श्रीमतमा आफ्नो कल्याण गर्दै जाऊ। रुहानी ईश्वरीय सेवाधारी
बच्चाहरूले आत्माहरूलाई मुक्त गर्ने, पतितहरूलाई पावन बनाउने सेवा गरिरहन्छन्।
गीत:–
ओम् नम: शिवाय...
ओम् शान्ति ।
यो त
बच्चाहरूलाई सम्झाइएको छ– निराकार बाबाले साकार बिना कुनै पनि कर्म गर्न सक्नुहुन्न।
पार्ट खेल्न सक्नुहुन्न। रुहानी बाबा आएर ब्रह्माद्वारा रुहानी बच्चाहरूलाई
सम्झाउनुहुन्छ। योगबलबाट नै बच्चाहरू सतोप्रधान बन्नुछ, फेरि सतोप्रधान विश्वको
मालिक बन्नुछ। यो कुरा बच्चाहरूको बुद्धिमा छ। कल्प कल्प बाबा आएर राजयोग
सिकाउनुहुन्छ। बाबा आएर ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना
गर्नुहुन्छ अर्थात् मनुष्यलाई देवता बनाउनुहुन्छ। मनुष्य जो देवीदेवता थिए, उनीहरू
अब परिवर्तन भएर शूद्र पतित बनेका छन्। भारतवर्ष पारसपुरी भएको बेलामा यहाँ
पवित्रता-सुख-शान्ति सबै थियो। यो ५ हजार वर्षको कुरा हो। बाबा बसेर सही हिसाबकिताब
सम्झाउनुहुन्छ। उहाँभन्दा उच्च त कोही छैन। सृष्टि वा वृक्ष, जसलाई कल्प वृक्ष
भनिन्छ, त्यसको आदि-मध्य-अन्त्यको रहस्य बाबाले मात्रै बताउन सक्नुहुन्छ। यहाँ जुन
देवीदेवता धर्म थियो, त्यो अब प्रायः लोप भएको छ। देवीदेवता धर्म त अहिले छैन।
देवताहरूका चित्र अवश्य छन्। यो त तिमीहरूलाई थाहा छ। सत्ययुगमा लक्ष्मीनारायणको
राज्य थियो। हुन त शास्त्रहरूमा यो भूल गरिदिएका छन् जसबाट श्रीकृष्णलाई द्वापरमा
लगेका छन्। बाबाले नै आएर भुलेकालाई पूरा मार्ग बताउनुहुन्छ। मार्ग बताउन बाबा
आउनुहुन्छ र सबै आत्माहरू मुक्तिधाममा जान्छन्, त्यसैले उहाँलाई भनिन्छ सबैका
सदगतिदाता। रचयिता एउटै हुनुहुन्छ। सृष्टि एउटै छ। विश्वको इतिहास भूगोल एउटै छ,
त्यो दोहोरिइरहन्छ। सत्ययुग, त्रेता, द्वापर, कलियुग फेरि हुन्छ सङ्गमयुग। कलियुगमा
छन् पतित, सत्ययुगमा हुन्छन् पावन। सत्ययुग आउँछ र अवश्य कलियुग विनाश हुनेछ।
विनाशभन्दा पहिला स्थापना हुनेछ। सत्ययुगमा त स्थापना हुँदैन। भगवान आउनुहुन्छ नै
जुनबेला अहिले दुनियाँ पतित छ। सत्ययुग त हो नै पावन दुनियाँ। पतित दुनियाँलाई पावन
दुनियाँ बनाउन भगवान आउनुपर्छ। अब बाबाले सहजभन्दा सहज युक्ति बताउनुहुन्छ। देहका
सबै सम्बन्ध छोडेर देहीअभिमानी बनेर बाबालाई याद गर। कोही एक त पतितपावन हुनुहुन्छ
नि। भक्तहरूलाई फल दिने एउटै भगवान हुनुहुन्छ। भक्तहरूलाई ज्ञान दिनुहुन्छ। पतित
दुनियाँमा ज्ञान सागर नै आउनुहुन्छ पावन बनाउनको लागि। पावन बन्छौ योगबाट। बाबा
बाहेक अरू कसैले पनि पावन बनाउन सक्दैन। यी सबै कुराहरू बुद्धिमा राख्नुछ अरूलाई
सम्झाउनको लागि। घरघरमा सन्देश दिनुछ। सिधै यस्तो भन्नुहुँदैन– भगवान आउनुभएको छ।
ठुलो युक्तिले सम्झाउनुपर्छ। भन– उहाँ बाबा हुनुहुन्छ नि। एक हुनुहुन्छ लौकिक बाबा,
अर्का पारलौकिक बाबा। दुःखको समयमा पारलौकिक बाबालाई नै याद गर्छन्। सुखधाममा कसैले
पनि याद गर्दैनन्। सत्ययुगमा लक्ष्मीनारायणको राज्यमा सुखैसुख थियो। पवित्रता,
शान्ति, समृद्धि थियो। बाबाको वर्सा मिल्यो फेरि किन पुकार्छन् र! आत्मालाई थाहा
हुन्छ– यहाँ मलाई सुख छ। यो त जो कोहीले पनि भन्छन्– त्यहाँ सुखैसुख छ। बाबाले
दुःखको लागि त सृष्टि रच्नुभएको होइन। यो बनिबनाउ खेल हो। जसको पार्ट अन्त्यमा छ,
जसले २-४ जन्म लिन्छन्, उनीहरू अवश्य बाँकी समय शान्तिमा रहन्छन्। बाँकी ड्रामाको
खेलबाटै निस्कने, यो हुन सक्दैन। खेलमा त सबैलाई आउनुपर्छ। एकदुई जन्म पनि मिल्छन्।
त्यसपछि बाँकी समय मानौँ मोक्षमा हुन्छन्। आत्मा पार्टधारी हो नि। कुनै आत्मालाई
उच्च पार्ट मिलेको छ, कुनैलाई साधारण। यो पनि अहिले तिमीलाई थाहा छ, भनिन्छ– ईश्वरको
कसैले अन्त्य पाउन सक्दैन। बाबाले नै आएर रचयिता र रचनाको आदि-मध्य-अन्त्यको रहस्य
बताइदिनुहुन्छ। रचयिता स्वयं नआएसम्म रचयिता र रचनालाई कसैले जान्न सक्दैनन्। बाबाले
नै आएर बताउनुहुन्छ। म साधारण तनमा प्रवेश गर्छु। म जसमा प्रवेश गर्छु, उनले आफ्ना
जन्महरूलाई जान्दैनन्। उनलाई राखेर ८४ जन्मको कहानी सुनाउँछु। कसैको पार्टमा
परिवर्तन हुन सक्दैन। यो बनिबनाउ खेल हो। यो पनि कसैको बुद्धिमा बस्दैन। पवित्र भएर
बुझेपछि मात्र बुद्धिमा बस्छ। राम्रो रीतिले बुझ्नको लागि नै ७ दिनको भट्टी राखिएको
हो। भागवत आदि पनि ७ दिन लगाउँछन्। यहाँ पनि बुझिन्छ– कम्तिमा ७ दिन नबसी कसैले
बुझ्न सक्दैनन्। कोही कोहीले त राम्ररी बुझिहाल्छन्। कोही कोहीले त ७ दिनसम्म बुझाए
पनि केही बुझ्दैनन्। बुद्धिमा बस्दैन। भनिदिन्छन्– हामी त ७ दिन आयौँ। हाम्रो
बुद्धिमा केही बस्दैन। उच्च पद पाउनुछैन भने बुद्धिमै बस्दैन। ठीक छ, फेरि पनि उसको
कल्याण त भयो नि। प्रजा त यसरी नै बन्छन्। बाँकी राज्य भाग्य लिनु, त्यसमा त गुप्त
मेहनत छ। बाबालाई याद गरेमा नै विकर्म विनाश हुन्छन्। अब गर वा नगर तर बाबाको
डाइरेक्सन यही हो। प्यारो वस्तुलाई त याद गरिन्छ नि। भक्तिमार्गमा पनि गाउँछन्– हे
पतितपावन आउनुहोस्! अब उहाँ मिल्नुभएको छ, भन्नुहुन्छ– मलाई याद गरेमा खिया
निस्कन्छ। बादसाही सहजै कहाँ मिल्न सक्छ र! केही मेहनत त हुन्छ नि। यादमा नै मेहनत
छ। मुख्य हो नै यादको यात्रा। धेरै याद गर्नेले कर्मातीत अवस्था प्राप्त गर्छन्।
पूरा याद नगरेमा विकर्म विनाश हुँदैनन्। योगबलबाट नै विकर्माजित बन्नुछ। पहिला पनि
योगबलबाट नै विकर्महरूलाई जितेका हौ। लक्ष्मीनारायण यति पवित्र कसरी बने जबकि
कलियुग अन्त्यमा कोही पनि पवित्र छैनन्। यसमा त स्पष्ट छ, यो गीता ज्ञानको अध्याय
दोहोरिइरहेको छ। “शिव भगवानुवाच” भुल त भइरहन्छन् नि। बाबाले नै आएर सच्याउनुहुन्छ।
भारतवर्षका जति पनि शास्त्र छन्, ती सबै भक्तिमार्गका हुन्। बाबा भन्नुहुन्छ– मैले
जे भनेको थिएँ, त्यो कसैलाई पनि थाहा छैन। जसलाई भनेको थिएँ, उनीहरूले पद पाए। २१
जन्मको प्रारब्ध पाए, फेरि ज्ञान प्रायः लोप हुन्छ। तिमीले नै चक्कर लगाएर आएका छौ।
कल्प पहिला जसले सुनेका छन्, उनीहरू नै आउनेछन्। अहिले तिमीलाई थाहा छ– हामीले कलमी
लगाइरहेका छौँ, मनुष्यलाई देवता बनाउने। यो हो दैवी वृक्षको कलमी। उनीहरूले फेरि ती
वृक्षहरूको धेरै कलमी लगाइरहन्छन्। बाबा आएर फरक बताउनुहुन्छ। बाबाले दैवी फूलहरूको
कलमी लगाउनुहुन्छ। उनीहरूले त जङ्गलको कलमी लगाइरहन्छन्। तिमीले देखाउँछौ पनि–
कौरवले के गरे, पाण्डवले के गरे। उनीहरूको के योजना छ र तिम्रो योजना के छ। उनीहरूले
आफ्नो योजना बनाउँछन्– जनसङ्ख्या नबढोस् भनेर। परिवार नियोजन गरौँ, जसले गर्दा
मनुष्य धेरै बढ्दैन, त्यसको लागि मेहनत गरिरहन्छन्। बाबाले त धेरै राम्रो कुरा
बताउनुहुन्छ, अनेक धर्म विनाश हुन्छन् र एउटै देवीदेवता धर्मको परिवार स्थापना
गर्नुहुन्छ। सत्ययुगमा एउटै आदि सनातन देवीदेवता धर्मको परिवार थियो र यति परिवार
थिएनन्। भारतमा कति परिवार छन्। गुजराती परिवार, महाराष्ट्रका परिवार... वास्तवमा
भारतवासीको एउटै परिवार हुनुपर्छ। धेरै परिवार भए भने अवश्य आपसमा झगडा नै हुन्छ।
फेरि गृहयुद्ध हुन्छ। परिवारमा पनि गृहयुद्ध हुन्छ। जस्तै क्रिस्चियनको आफ्नो
परिवार छ। उनीहरूको पनि आपसमा गृहयुद्ध हुन्छ। आपसमा दुई भाइ मिल्दैनन्, पानी पनि
बाँडिन्छ। सिख धर्मकाले सम्झन्छन्– हामीले आफ्नो सिख धर्मकालाई धेरै सुख दिऊँ, मोहको
अंश रह्यो भने मेहनत गरिरहन्छन्। अन्त्य समय भएपछि फेरि गृहयुद्ध आदि सबै हुन्छन्।
आपसमा लड्न थाल्छन्। विनाश त हुनु नै छ। बमहरू धेरै बनाइरहन्छन्। ठुलो लडाइँ (विश्वयुद्ध)
भएको बेलामा दुई बमहरू खसालेका थिए, अहिले त धेरै बनाएका छन्। बुझ्ने कुरा हो नि।
तिमीले सम्झाउनुछ– यो त्यही महाभारत लडाइँ हो। जति पनि ठुला ठुला मानिसहरू छन्,
उनीहरूले भन्छन्– यो लडाइँलाई बन्द गरिएन भने सारा दुनियाँमा आगो लाग्नेछ। आगो त
लाग्नु नै छ, यो तिमीलाई थाहा छ। बाबाले आदि सनातन देवीदेवता धर्मको स्थापना
गरिरहनुभएको छ। राजयोग हो नै सत्ययुगको। त्यो देवीदेवता धर्म अब प्रायः लोप भएको छ।
चित्र पनि बनेका छन्। बाबा भन्नुहुन्छ– कल्प पहिला अनुसार जे विघ्न पर्नुछ, त्यो
पर्नेछ। पहिला कहाँ थाहा हुन्छ र! फेरि बुझिन्छ– कल्प पहिला यस्तै भएको होला। यो
बनिबनाउ ड्रामा हो। ड्रामामा हामी बाँधिएका छौँ। यादको यात्रालाई भुल्नुहुँदैन,
यसलाई परीक्षा भनिन्छ। यादको यात्रामा टिक्न सक्दैनन्, थाक्छन्। गीत छ नि– रात के
राही... यसको अर्थ कसैले बुझ्न सक्दैनन्। यो हो यादको यात्रा, जसबाट रात पूरा भएर
दिन आउँछ। आधाकल्प पूरा भएर फेरि सुख सुरुहुनेछ। बाबाले नै मनमनाभवको अर्थ पनि
सम्झाउनुभएको छ। केवल गीतामा श्रीकृष्णको नाम राखिदिनाले त्यो तागत रहेको छैन। तर
कल्याण त सबैको हुनुछ। मानौँ हामीले सबै मनुष्य मात्रको कल्याण गरिरहेका छौँ। सारा
दुनियाँको। हामीले श्रीमतमा सबैको कल्याण गरिरहेका छौँ। जो कल्याणकारी बन्छन्,
उनीहरूलाई वर्सा पनि मिल्छ। यादको यात्रा बिना कल्याण हुन सक्दैन।
अहिले तिमीलाई
सम्झाइन्छ, उहाँ त बेहदका बाबा हुनुहुन्छ। बाबाबाट वर्सा मिलेको थियो। तिमीहरूले नै
८४ जन्म लिएका छौ। पुनर्जन्मको पनि हिसाब छ। कसैले बुझ्दैनन्– ८४ जन्म कसले लिन्छन्।
आफैले श्लोक आदि बनाएर सुनाइरहन्छन्। गीता त्यही हो, टीकाहरू अनेक लेखिदिन्छन्।
गीताभन्दा त भागवत ठुलो बनाइदिएका छन्। गीतामा छ ज्ञान। भागवतमा छ जीवन कहानी।
वास्तवमा ठुलो गीता हुनुपर्छ। ज्ञानको सागर बाबा हुनुहुन्छ, उहाँको ज्ञान त चलि नै
रहन्छ। त्यो गीता त आधा घण्टामा पढिसक्छन्। अहिले तिमीले त यो ज्ञान सुन्दै आएका
छौ। दिनप्रतिदिन तिमीकहाँ अनेक मानिसहरू आइरहन्छन्। बिस्तारै बिस्तारै आउनेछन्।
अहिले नै यदि ठुला ठुला राजाहरू आइहाले भने फेरि बेर लाग्दैन। तुरुन्तै आवाज
निस्कन्छ, त्यसैले युक्तिले बिस्तारै बिस्तारै चलिरहन्छ। यो हो नै गुप्त ज्ञान।
कसैलाई थाहा छैन– यिनीहरूले के गरिरहेका छन्! रावणसँग तिम्रो युद्ध कसरी छ। यो त
तिमीले नै जान्दछौ र अरू कसैले जान्न सक्दैन। भगवानुवाच– तिमी सतोप्रधान बन्नको लागि
मलाई याद गर जसबाट पाप नाश हुन्छन्। पवित्र बन, त्यसपछि मात्रै साथ लैजान्छु।
जीवनमुक्ति सबैलाई मिल्नुछ। रावण राज्यबाट मुक्ति हुन्छ। तिमी लेख्छौ पनि– हामी
शिवशक्ति ब्रह्माकुमार-कुमारीहरूले श्रेष्ठाचारी दुनियाँ स्थापना गर्नेछौँ, परमपिता
परमात्माको श्रीमतमा, ५ हजार वर्ष पहिला अनुसार। ५ हजार वर्ष पहिला श्रेष्ठाचारी
दुनियाँ थियो। यो बुद्धिमा राख्नुपर्छ। मुख्य मुख्य प्वाइन्टहरू बुद्धिमा धारण भए
भने यादको यात्रामा हुन्छौ। पत्थरबुद्धि छन् नि। कसैले सम्झन्छन्– अहिले टाइम बाँकी
छ, पछि पुरुषार्थ गरौँला। तर मृत्युको यो नियम कहाँ छ र! भोलि मरिहालियो भने भोलि
भोलि भन्दाभन्दै मरिहाल्छन्। पुरुषार्थ त गरेनन्, त्यसैले यस्तो नसोच– धेरै वर्ष
बाँकी छ, अन्त्यमा छलाङ् लगाउँला। यो ख्यालले झन् गिराउँछ। जति हुन सक्छ पुरुषार्थ
गरिराख। हरेकले श्रीमतमा आफ्नो कल्याण गर्नुछ, आफ्नो जाँच गर्नुछ मैले बाबालाई कति
याद गर्छु र बाबाको सेवा कति गर्छु! रुहानी ईश्वरीय सेवाधारी तिमी हौ नि। तिमीले
रुहहरूलाई मुक्त गर्छौ। रुह पतितबाट पावन कसरी बन्न सक्छ, त्यसका युक्तिहरू बताउँछौ।
दुनियाँमा राम्रा र नराम्रा मनुष्य त हुन्छन् नै, हरेकको पार्ट आआफ्नो छ। यो हो
बेहदको कुरा। मुख्य हाँगा-बिँगाहरू नै गनिन्छन्। बाँकी पातहरू त अनेक छन्। बाबा
सम्झाइरहनुहुन्छ– प्यारा बच्चाहरू! मेहनत गर। सबैलाई बाबाको परिचय देऊ अनि बाबासँग
बुद्धियोग जुट्छ। बाबाले सबै बच्चाहरूलाई भन्नुहुन्छ, पवित्र बन, अनि मुक्तिधाममा
जान्छौ। दुनियाँलाई कहाँ थाहा छ र महाभारत लडाइँबाट के हुनेछ। यो ज्ञान यज्ञ रचिएको
छ किनकि दुनियाँ नयाँ हुनुपर्छ। हाम्रो यज्ञ पूरा भएपछि सबै यस यज्ञमा स्वाहा
हुनेछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यो बनिबनाउ ड्रामा हो, त्यसैले विघ्नहरूबाट आत्तिनुछैन। विघ्नहरूमा यादको
यात्रालाई भुल्नुछैन। ध्यान रहोस्– यादको यात्रा कहिल्यै रोकिनुछैन।
२) पारलौकिक बाबाको
परिचय सबैलाई दिँदै पावन बन्ने युक्ति बताउनुछ। दैवी वृक्षको कलमी लगाउनुछ।
वरदान:–
“मैपन” को
त्याग गरेर सेवामा सदा लागि रहने त्यागमूर्त , सेवाधारी भव
सेवाधारीले सेवामा
सफलताको अनुभूति “मैपन” को त्याग भएपछि मात्र गर्न सक्छन्। मैले सेवा गरिरहेको छु,
मैले सेवा गरेँ– यो सेवा भावको त्याग। मैले गरिनँ तर म गर्नेवाला हुँ, गराउनेवाला
बाबा हुनुहुन्छ। “मैपन” बाबाको लभमा लीन होस्– यस्तालाई भनिन्छ सेवामा सदा डुबिरहने
त्यागमूर्त सच्चा सेवाधारी। गराउनेवालाले गराइरहनुभएको छ, हामी निमित्त हौँ। सेवामा
“मैपन” मिसिनु अर्थात् मोहताज बन्नु। सच्चा सेवाधारीमा यो संस्कार हुन सक्दैन।
स्लोगन:–
व्यर्थलाई
समाप्त गरिदेऊ अनि सेवाको प्रस्ताव सामुन्ने आउँछ।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन
एकताको लागि स्वयंमा
समाहित गर्ने शक्ति हुनुपर्छ, यसबाट अर्काको संस्कार पनि अवश्य शीतल हुन्छ। सदा
एकअर्कामा स्नेहको, श्रेष्ठताको भावनाले सम्पर्कमा आऊ, गुणग्राही बन, अनि एकता कायम
रहन सक्छ। तिम्रो सङ्गठनको शुभभावना अनेक आत्माहरूलाई भावनाको फल दिलाउने निमित्त
बन्छ। उनीहरूले नयाँ बाटो पाउँछन्।