03.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
रूप बसन्त हौ , तिम्रो मुखबाट सदैव ज्ञान रत्न नै निस्क ि नुपर्छ , क ोही नयाँ आ यो
भने उसलाई बाबाको पहिचान देऊ।”
प्रश्न:–
आफ्नो
अवस्थालाई एकरस बनाउने साधन कुन हो?
उत्तर:–
सङ्गको सम्हाल
गरेमा अवस्था एकरस बन्दै जानेछ। सदैव राम्रो सेवाधारी विद्यार्थीको सङ्गत गर्नुपर्छ।
यदि कसैले ज्ञान र योगबाहेक उल्टो कुरा गर्छन्, मुखबाट रत्नको सट्टा पत्थर निकाल्छन्
भने उनीहरूको सङ्गतबाट सदैव सावधान रहनुपर्छ।
गीत:–
रात के राही...
ओम् शान्ति ।
ज्ञान र
विज्ञान। यसलाई भनिन्छ अल्फ र बे। बाबाले अल्फ र बेको ज्ञान दिनुहुन्छ। दिल्लीमा
विज्ञान भवन छ तर उनीहरूले त्यसको कुनै अर्थ जान्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ–
ज्ञान र योग। योगद्वारा हामी पवित्र बन्छौँ, ज्ञानद्वारा हाम्रो चोली (देह)
रङ्गिन्छ। हामीले सारा चक्रलाई जान्दछौँ। योगको यात्राको लागि पनि यो ज्ञान मिल्छ।
उनीहरूले कुनै योगको लागि ज्ञान दिँदैनन्। उनीहरूले त स्थूल ड्रिल आदि सिकाउँछन्।
यो हो सूक्ष्म र मूल कुरा। गीतले पनि उनीहरूसँग सम्बन्ध राख्छन्। बाबा भन्नुहुन्छ–
हे प्यारा बच्चाहरू, हे मूलवतनका यात्रीहरू! पतितपावन बाबा नै सबैका सदगतिदाता
हुनुहुन्छ। उहाँले नै सबैलाई घर जाने बाटो बताउनुहुन्छ। तिमीकहाँ मानिसहरू आउँछन्
बुझ्नको लागि। कसकहाँ आउँछन्? प्रजापिता ब्रह्माकुमार कुमारीहरूकहाँ आउँछन् त्यसैले
तिमीले उनीहरूलाई सोध्नुपर्छ– तपाईँ कसकहाँ आउनुभएको हो? मानिसहरू साधुसन्त
महात्माकहाँ जान्छन्। उनीहरूको नाम पनि हुन्छ– फलानो महात्मा। यहाँ त नाम नै छ
प्रजापिता ब्रह्माकुमार कुमारी। बी.के. त धेरै छन्। तिमीले सोध्नुछ– कसकहाँ आउनु
भएको हो? प्रजापिता ब्रह्मासँग तपाईंको के नाता पर्छ? उनी त सबैका पिता भए नि। कसैले
भन्छन्– तपाईंको महात्माजी, गुरुजीको दर्शन गरौँ। भन– तपाईंले गुरु कसरी भन्नुहुन्छ!
नाम नै राखिएको छ प्रजापिता ब्रह्माकुमारी, उनी त पिता भए नि, गुरु होइनन्।
प्रजापिता ब्रह्माकुमार कुमारी अर्थात् यिनका कोही पिता छन्। उनी त तिम्रो पनि पिता
ठहरिए। भन– हामी बी.के.का पितासँग भेट्न चाहन्छौँ। प्रजापिताको नाम कहिल्यै
सुन्नुभएको छ? यति धेरै बच्चाहरू र बच्चीहरू छन्। पिताको बारेमा थाहा भयो भने
बुझ्नेछन्– बेहदका पिता हुनुहुन्छ। प्रजापिता ब्रह्माका पनि अवश्य कोही पिता
हुनुहुन्छ। त्यसैले जोसुकै आए भने पनि उनीहरूलाई सोध्नुछ– कसकहाँ आउनुभएको हो?
बोर्डमा के लेखिएको छ? जबकि यति धेरै सेन्टरहरू छन्। ब्रह्माकुमार कुमारी यति धेरै
छन् भने अवश्य पिता हुनुहुन्छ। गुरु हुन सक्दैनन्। पहिला त यो बुद्धिबाट निस्कियोस्,
बुझ्नुछ– यो घर हो, म कुनै परिवारमा आएको छु। हामी प्रजापिता ब्रह्माका सन्तान हौँ
भने अवश्य तपाईं पनि हुनुहुन्छ। अच्छा, ती ब्रह्मा फेरि कसका बच्चा हुन्? ब्रह्मा,
विष्णु, शङ्करका रचयिता त परमपिता परमात्मा शिव हुनुहुन्छ। उहाँ त बिन्दु हुनुहुन्छ।
उहाँको नाम हो शिव। उहाँ हाम्रो दादा हुनुहुन्छ। तिम्रो आत्मा पनि उहाँकै सन्तान
हो। ब्रह्माका तिमी पनि सन्तान हौ। त्यसैले तिमीले यसो भन– हामी बापदादालाई भेट्न
चाहन्छौँ। उनीहरूलाई यसरी सम्झाउनुपर्छ, जसले गर्दा उनीहरूको बुद्धि बाबातिर जान्छ।
उनीहरूले पनि बुझुन्– म कसकहाँ आएको छु। प्रजापिता ब्रह्मा हाम्रा पिता हुन्। उहाँ
शिवबाबा सबै आत्माहरूका पिता हुनुहुन्छ। त्यसैले पहिला यो बुझ्नुहोस्– हामी कसकहाँ
आएका छौँ। यस्तो युक्तिले सम्झाउनुछ, जसले गर्दा उनीहरूलाई थाहा हुन्छ– यिनीहरू
शिवबाबाका सन्तान हुन्। यो एउटा परिवार हो। उनीहरूलाई बाबा र दादाको परिचय होस्।
तिमीले सम्झाउन सक्छौ– सबैका सदगतिदाता निराकार बाबा हुनुहुन्छ। उहाँले प्रजापिता
ब्रह्माद्वारा सबैको सदगति गर्नुहुन्छ। उहाँलाई सबैले पुकार्छन्। देख्छौ नि– कति
बच्चाहरू छन् जो आएर बाबाबाट वर्सा लिन्छन्। पहिला उनीहरूलाई बाबाको परिचय मिलोस्
तब बुझ्छन्– हामी बापदादालाई भेट्न आएका छौँ। भन– हामी उहाँलाई बापदादा भन्छौँ।
ज्ञानका सागर, पतितपावन त शिवबाबा हुनुहुन्छ नि। फेरि सम्झाउनुपर्छ– भगवान सबैका
सदगतिदाता निराकार हुनुहुन्छ, उहाँ ज्ञानको सागर हुनुहुन्छ। ब्रह्माद्वारा बेहदको
वर्सा लिइरहेका छौँ। त्यसपछि उनीहरूले बुझ्छन्– यिनी ब्रह्माकुमार कुमारीहरू
शिवबाबाका सन्तान हुन्, उहाँ नै सबैका पिता हुनुहुन्छ। भगवान एक हुनुहुन्छ। उहाँले
नै आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ। उहाँ स्वर्गका रचयिता, सबैका
पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। सृष्टिको
आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ अर्थात् त्रिकालदर्शी बनाउनुहुन्छ। कसैलाई
पनि देख्यौ र योग्य छन् भने तिनीहरूलाई यो सम्झाउनुपर्छ। पहिला त सोध– तपाईंका पिता
कति छन्? लौकिक र पारलौकिक। बाबा त सर्वव्यापी हुन सक्नुहुन्न। लौकिक पिताबाट यो
वर्सा मिल्छ, पारलौकिकबाट यो वर्सा मिल्छ। फेरि उहाँलाई सर्वव्यापी कसरी भन्न सक्छन्!
यो शब्द टिपेर धारण गर। यो सम्झाउन अवश्य पर्छ। सम्झाउने तिमी भयौ। यो हाम्रो घर
हो, कोही हाम्रो गुरु छैन। देखेका छौ, यिनीहरू सबै ब्रह्माकुमार कुमारीहरू हुन्।
वर्सा हामीलाई निराकार शिवबाबाले नै दिनुहुन्छ जो सबैका सदगतिदाता हुनुहुन्छ।
ब्रह्मालाई सबैका सदगतिदाता, पतितपावन, मुक्तिदाता भन्न सकिँदैन। यो शिवबाबाकै महिमा
हो। जोसुकै आए पनि उनीहरूलाई यही सम्झाऊ– उहाँ सबैका बापदादा हुनुहुन्छ। उहाँ बाबा
नै स्वर्गका रचयिता हुनुहुन्छ। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना गर्नुहुन्छ। यसरी
तिमीले कसैलाई पनि सम्झायौ भने फेरि बाबाकहाँ आउने आवश्यकता हुँदैन। उनीहरूको त बानी
परेको हुन्छ र भन्छन्– गुरुजीको दर्शन गरौँ...। भक्तिमार्गमा गुरुको धेरै महिमा
गर्छन्। वेद, शास्त्र, तीर्थयात्रा आदि सबै गुरुले नै सिकाउँछन्। तिमीले सम्झाउनुछ–
मानिस गुरु हुन सक्दैनन्। हामीले ब्रह्मालाई पनि गुरु भन्दैनौँ। सदगुरु एक
हुनुहुन्छ। कुनै मानिस ज्ञानको सागर हुन सक्दैन। तिनीहरू सबै भक्तिमार्गका शास्त्र
पढ्नेहरू हुन्। त्यसलाई शास्त्रको ज्ञान भनिन्छ, जसलाई फिलोसोफी (तत्त्वज्ञान)
भनिन्छ। यहाँ हामीलाई ज्ञान सागर बाबाले पढाउनुहुन्छ। यो रुहानी ज्ञान हो। ज्ञान
सागर ब्रह्मा, विष्णु, शङ्करलाई भन्न सकिँदैन भने मानिसलाई कसरी भन्न सकिन्छ!
ज्ञानको अधिकारी मानिस हुन सक्दैन। शास्त्रको अधिकारी पनि परमपिता परमात्मालाई
भनिन्छ। देखाउँछन्, परमपिता परमात्माले ब्रह्माद्वारा सबै वेद-शास्त्रहरूको सार
यिनीद्वारा सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई नै कसैले चिन्दैनन् भने वर्सा
कहाँबाट मिल्छ! बेहदको वर्सा बेहदका बाबाबाट नै मिल्छ। अब यहाँ बाबाले के
गरिरहनुभएको छ? यो होली र धुरिया हुन्छ नि। ज्ञान र विज्ञान शब्द केवल दुईटा छन्।
मनमनाभवको पनि ज्ञान दिनुहुन्छ। मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्।
त्यसैले यो ज्ञान विज्ञान हो– होली र धुरिया। मानिसहरूमा ज्ञान नभएकाले उनीहरूले त
एकअर्काको मुखमा धुलो हाल्छन्। छन् पनि त्यस्तै। गति सदगति कसैको पनि हुँदैन। धुलो
नै मुखमा हाल्छन्। ज्ञानको तेस्रो नेत्र कसैको पनि छैन। दन्त्यकथाहरू सुन्दै आएका
छन्। त्यसलाई भनिन्छ अन्ध-विश्वास।
अब तिमी आत्माहरूलाई
ज्ञानको तेस्रो नेत्र मिलेको छ। तिमी बच्चाहरूले बाबाबाट वर्साको प्राप्ति गर्नको
लागि युक्ति बताउनुछ, अनि उनीहरूलाई थाहा हुन्छ। यो वर्सा लिइरहेका छन्
ब्रह्माद्वारा, अरू कसैद्वारा मिल्न सक्दैन। सबै सेन्टरहरूमा यो नाम लेखिएको छ–
प्रजापिता ब्रह्माकुमार कुमारीहरू। गीता पाठशाला लेखे भने साधारण कुरा हुन्छ। अब
तिमीले पनि बी.के. लेख त्यसपछि मात्र बाबाको परिचय दिन सक्छौ। मानिस बी.के. नाम
सुनेर डराउँछन् त्यसैले गीता पाठशाला नाम लेख्छन्। तर यसमा डराउने कुनै कुरा छैन।
भन– यो घर हो। तिमीलाई थाहा छ, कसको घर आउनुभएको हो? यिनीहरू सबैका पिता हुन्
प्रजापिता ब्रह्मा। यहाँका मानिसहरूले प्रजापिता ब्रह्मालाई मान्छन्।
क्रिस्चियनहरूले पनि बुझेका छन्– आदिदेव आएर गएका हुन्, जसका यिनीहरू मनुष्य वंशावली
हुन्। बाँकी उनीहरूले मान्न त आफ्नै क्राइस्टलाई नै मान्छन्, क्राइस्टलाई, बुद्धलाई
पिता सम्झन्छन्। वंश वृक्ष हो नि। वास्तवमा बाबाले ब्रह्माद्वारा आदि सनातन
देवीदेवता धर्मको स्थापना गर्नुभएको छ। उहाँ हुनुभयो ग्रेट-ग्रेट ग्रेन्ड फादर (आदि
पिता)। पहिला बाबाको परिचय दिनुछ। उनले भनुन्– हामी तपाईंको बाबालाई भेट्न चाहन्छौँ।
भन– वर्सा शिवबाबाबाट मिल्छ, ब्रह्मा बाबाबाट होइन। तिम्रा बाबा को हुनुहुन्छ?
गीताका भगवान को हुनुहुन्छ? आदि सनातन देवीदेवता धर्मको स्थापना कसले गर्नुभयो? बाबा
नाम भनेपछि बुझ्छन्– यी सबै ब्रह्माकुमार कुमारीहरू शिवबाबाका सन्तान हुन्। शिवबाट
ब्रह्माद्वारा गति वा सदगतिको वर्सा मिल्छ। उहाँले यस समयमा हामीलाई जीवनमुक्ति
दिइरहनुभएको छ। बाँकी सबै मुक्तिमा जान्छन्। यो ज्ञान तिमी बच्चाहरूको बुद्धिमा
हुनुपर्छ। कोही पनि आए भने उसलाई सम्झाऊ– कसलाई भेट्न चाहनुहुन्छ? उहाँ त हाम्रो पनि
र तपाईंको पनि पिता हुनुहुन्छ। गुरु गोसाईं त हुनुहुन्न। यो त तिमीले बुझेका छौ।
जसरी होली धुरिया बनाउँछौ। नत्र होली धुरियाको कुनै अर्थ निस्कँदैन। ज्ञानले चोली
रङ्ग्याउँछौ। आत्मा यो चोलाभित्र छ। त्यो पवित्र बनेपछि शरीर पनि पवित्र मिल्छ। यो
शरीर त पवित्र छैन। यो खतम हुनुछ। गङ्गा स्नान शरीरलाई गराउँछन् तर पतितपावन
बाबाबाहेक कोही छैन। पतित आत्मा बन्छ, आत्मा पानीको स्नानले पावन हुन सक्दैन। यो
कसैलाई थाहा छैन। उनीहरूले त आत्मा सो परमात्मा भनिदिन्छन्। आत्मा निर्लेप छ भन्छन्।
अहिले जो समझदार बनेका छन्, उनीहरूले नै धारण गरेर अरूलाई धारणा गराउन सक्छन्। जुन
बच्चाहरूको मुखबाट सदैव रत्न नै निस्कन्छ, उनीहरूलाई रूप बसन्त भनिन्छ। ज्ञान
विज्ञानबाहेक बाँकी आपसमा केही पनि कुराकानी गरे भने मानौँ पत्थर नै हान्छन्।
सर्भिसको सट्टा डिससर्भिस गर्छन्। ६३ जन्म एकअर्कालाई पत्थर हान्दै आएका हुन्। अब
बाबा भन्नुहुन्छ– तिमीले ज्ञान विज्ञानको कुरा गरेर दिल खुसी पार्नुछ। परचिन्तनको
कुरा सुन्नुहुँदैन। यो ज्ञान हो नि। पत्थर त सारा दुनियाँले एकअर्कालाई हान्छ।
तिमी बच्चाहरू त रूप
बसन्त हौ। तिमीले ज्ञान विज्ञानबाहेक न केही सुन्नुछ, न सुनाउनुछ। जसले उल्टो कुरा
गर्छन्, उनीहरूको सङ्गत नै नराम्रो हुन्छ। जो धेरै सेवा गर्नेहरू छन्, उनीहरूको
सङ्गतले तार्छ... कुनै ब्राह्मण रूप बसन्त छन्, कसैले ब्राह्मण बनेर फेरि
उल्टोसुल्टो कुरा गर्छन्। यस्ताको सङ्गत गर्नुहुँदैन, झन् नोक्सान पारिदिन्छन्।
बाबाले बारम्बार सावधानी दिनुहुन्छ। कहिल्यै एक-अर्काले उल्टोसुल्टो कुरा नगर। नत्र
आफ्नो पनि सत्यानाश, अर्काको पनि सत्यानाश गरिदिन्छौ, त्यसपछि फेरि पद भ्रष्ट हुन्छ।
बाबाले कति सहजै सुनाउनुहुन्छ। सोख हुनुपर्छ– बाबा हामी गएर धेरैलाई यो ज्ञान दिन्छौँ।
उनीहरू नै बाबाका सच्चा बच्चाहरू हुन्। बाबाले पनि सेवाधारी बच्चाहरूको महिमा
गर्नुहुन्छ। उनीहरूको सङ्गत गर्नुपर्छ। राम्रो विद्यार्थीको सङ्गत कसले गर्छ भनेर
बाबालाई सोध्यौ भने उहाँले बताउन सक्नुहुन्छ, कसको सङ्गत गर्नुपर्छ। को बाबाको दिलमा
चढेका छन्, उहाँले झट्ट बताउनुहुनेछ। सेवा गर्नेहरूको बाबाले पनि कदर गर्नुहुन्छ।
कसै कसैले त सेवा पनि गर्न सक्दैनन्। यस्ता धेरैलाई नराम्रो सङ्गत मिल्नाले अवस्था
तलमाथि हुन्छ। हो, कोही स्थूल सेवामा राम्रा हुन्छन्, उनीहरूले पनि राम्रो वर्सा
पाउँछन्। अल्फ र बे बुझ्न त धेरै सहज छ। जसलाई पनि केवल भन– बाबालाई र वर्सालाई याद
गर्नुहोस्। बस, शब्द नै दुई छन्– अल्फ र बे। यो त बिल्कुल सहज छ। जोसुकै आए भने पनि
उनलाई केवल भन– बाबाको आदेश छ, म एकलाई याद गर, बस। सबैभन्दा ठुलो सत्कार यही हो।
बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमीलाई स्वर्गको वर्सा मिल्नेछ। हरेक सेन्टरमा
यस्ता नम्बरवार छन्। कसैले त विस्तारमा सम्झाउन सक्छन्। सम्झाउन सक्दैनौ भने केवल
यो बताऊ। कल्प पहिला पनि बाबाले भन्नुभएको थियो– म एकलाई याद गर र अरू कुनै पनि
देहधारी देवता आदिलाई पनि याद नगर। बाँकी परचिन्तन नगर, फलानाले यसो भन्छ, यो गर्छ...
केही पनि नभन। यहाँ बाबाले तिमीलाई होली र धुरिया खेलाउनुभयो। बाँकी रङ्ग आदि लगाउनु
त आसुरी मानिसहरूको काम हो। कसैले कसैको ग्लानि गरेछ भने त्यो सुन्नुहुँदैन। बाबाले
कति राम्रा कुरा सुनाउनुहुन्छ– मनमनाभव, मध्याजी भव। जो सुकै आए भने पनि उनलाई
सम्झाऊ– शिवबाबा सबैका पिता हुनुहुन्छ, उहाँले त भन्नुहुन्छ– मलाई याद गरेमा
स्वर्गको वर्सा मिल्छ। गीताका भगवान पनि उहाँ नै हुनुहुन्छ। मृत्यु सामुन्ने उभिएको
छ। त्यसैले तिमी बच्चाहरूको काम हो सेवा गर्नु। बाबाको याद दिलाउनु। यो हो
महामन्त्र, जसबाट राजधानीको तिलक मिल्नेछ। कति सहज कुरा छ, बाबालाई याद गर्छौ र
गराउँछौ भने डुङ्गा पार हुनेछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) समझदार बनेर सबैलाई बाबाको परिचय दिनुछ। मुखबाट कहिल्यै पत्थर निकालेर डिससर्भिस
गर्नुछैन। ज्ञान योगबाहेक अर्को कुनै चर्चा गर्नुछैन।
२) जो रूप बसन्त छन्,
सेवाधारी छन्, उनीहरूको नै सङ्गत गर्नुछ। जसले उल्टोसुल्टो कुरा सुनाउँछन्, उनीहरूको
सङ्गत गर्नुछैन।
वरदान:–
ज्ञानद्वारा
रावणका बहुरूपहरूलाई चि नेर उसको आकर्षणबाट मुक्त रहने हिम्मतवान भव
जुन बच्चाहरूले
ज्ञानद्वारा रावणका बहुरूपहरूलाई राम्रोसँग चिनेका छन्, उनीहरूको सामुन्ने ऊ नजिकै
आउन पनि सक्दैन। चाहे सुनको, चाहे हीराको रूप धारण गरोस् तर उसको आकर्षणमा आउँदैनन्।
यस्ता सच्चा सीता बनेर लक्ष्मण रेखाभित्र रहने लक्ष्य राखेर हिम्मतवान बन। फेरि यो
रावणको बहु सेनाले आक्रमण गर्नुको सट्टा तिम्रो सहयोगी बन्छ। प्रकृतिका ५ तत्त्व र
५ विकार रूपान्तरण भएर तिम्रो सेवाको लागि आउँछन्।
स्लोगन:–
सेवाहरूमा
सफलता प्राप्त गर्नुछ भने निर्माणचित्तको विशेषतालाई धारण गर।
अव्यक्त इसारा:–
“निश्चयको जगलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त ह ोऊ ।”
विजयी बन्ने आधार हो
“निश्चय”, जग पक्का छ भने भवन हल्लिन सक्दैन, त्यसबाट सबै निश्चिन्त रहन्छन्। जग
कच्चा छ भने अलिकति पनि तुफान आयो, अलिकति पनि धरती हल्लियो भने भय हुन्छ– यो हाम्रो
भवन खस्ने त होइन वा चर्कने त होइन! तर निश्चयको आधार पक्का छ भने निर्भय र
निश्चिन्त रहनेछौ।