03.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबा समान दया ल ु बनेर अने कौँ लाई बाटो बताऊ , जुन बच्चाहरू दिन - रात सेवामा लागिरहन्छन् उनीहरू नै बहादुर हुन्।”

प्रश्न:–
उच्च तकदिरको मुख्य आधार कुन कुरामा छ?

उत्तर:–
यादको यात्रामा। जति जसले याद गर्छ त्यति उच्च तकदिर बनाउँछ। शरीर निर्वाह अर्थ कर्म गर्दा बाबा र वर्सालाई याद गरिरह्यौ भने तकदिर उच्च बन्दै जान्छ।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
बच्चाहरू जन्मदा आफूसँगै आफ्नो कर्म अनुसारको तकदिर लिएर आउँछन्। कसैले धनवानसँग, कसैले गरिबसँग जन्म लिन्छन्। पिताले पनि सम्झन्छन्, वारिस आएको छ। जसरी जसरी दानपुण्य गरेका छन्, त्यसै अनुसार जन्म मिल्छ। अब तिमी मीठे-मीठे सिकिलधे बच्चाहरूलाई कल्पपछि फेरि बाबाले आएर सम्झाउनुभएको छ। बच्चाहरूलाई पनि थाहा छ, हामी आफ्नो तकदिर लिएर आएका छौँ। स्वर्गको बादसाहीको तकदिर लिएर आएका छौँ, जसले राम्रोसँग जानेका छन् र उनीहरूले बाबालाई याद गरिरहेका छन्। यादको साथमा तकदिरको कनेक्सन छ। जन्म लिएका छौ भने बाबाको याद पनि हुनुपर्छ। जति याद गर्छौ त्यति तकदिर उच्च हुन्छ। कति सहज कुरा छ। सेकेन्डमा जीवनमुक्ति मिल्छ। तिमी आएका हौ सुखधामको तकदिर प्राप्त गर्न। अहिले हरेकले पुरुषार्थ गरिरहेका छौ। हरेकले आफूलाई हेरिरहेका छौ, हामीले कसरी पुरुषार्थ गरिरहेका छौँ। जसरी मम्मा-बाबा र सेवाधारी बच्चाहरूले पुरुषार्थ गर्छन् त्यसरी नै उनीहरूलाई फलो गर्नुपर्छ। सबैलाई बाबाको परिचय दिनुपर्छ। बाबाको परिचय दियौ भने रचनाको आदि-मध्य-अन्त्यको ज्ञान पनि आउँछ। ऋषिमुनि आदि कसैले पनि रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिन सक्दैनन्। अहिले तिम्रो बुद्धिमा सारा चक्र स्मृतिमा रहन्छ। दुनियाँमा कसैले पनि बाबा र वर्सालाई जान्दैनन्। अब तिमी बच्चाहरूले बाबालाई र आफ्नो तकदिरलाई जानेका छौ। अब बाबालाई याद गर्नुछ। शरीर निर्वाह अर्थ कर्म पनि गर्नुछ। घरबार पनि सम्हाल्नुछ। कोही निर्बन्धन छन् भने उनीहरूले राम्रो सेवा गर्न सक्छन्। बालबच्चा कोही छैनन् भने उनीहरूलाई सेवा गर्ने राम्रो चान्स हुन्छ। स्त्रीलाई पति वा बच्चाहरूको बन्धन हुन्छ। बच्चाहरू छैनन् भने बन्धनमुक्त भए नि! उनीहरू वानप्रस्थीजस्तै भए। फेरि मुक्तिधाममा जानको लागि सङ्ग चाहिन्छ। भक्तिमार्गमा त सङ्ग मिल्छ– साधुहरू आदिको, निवृत्तिमार्गका मानिसहरूको। ती निवृत्तिमार्गका मानिसहरूले प्रवृत्तिमार्गको वर्सा दिलाउन सक्दैनन्। तिमी बच्चाहरूले नै दिलाउन सक्छौ। तिमीलाई बाबाले बाटो बताउनुभएको छ। बसेर भारतवर्षको ८४ जन्मको इतिहास-भूगोल सम्झाऊ। यहाँकाले नै ८४ जन्म लिन्छन्। एक जनाको कुरा होइन। सूर्यवंशी सो फेरि चन्द्रवंशी, फेरि वैश्यवंशी... घरानाहरूमा आउँछन्, नम्बरवार त हुन्छन् नि। भारतवर्षको पहिलो नम्बर राजकुमार हुन् श्रीकृष्ण, जसलाई झुलामा झुलाउँछन्। दोस्रो नम्बरलाई झुलाउँदै झुलाउँदैनन् किनकि कला कम भए। जो पहिलो नम्बर हुन्, पूजा उनैको हुन्छ। मानिसहरूले बुझ्दैनन्, श्रीकृष्ण एक हुन् वा दुई-तीन छन्। श्रीकृष्णको वंश चल्छ, यो कसैलाई पनि थाहा छैन। पूजा केवल नम्बरवनको हुन्छ। मार्क्स त नम्बरवार नै मिल्छन्। त्यसैले पुरुषार्थ गर्नुपर्छ, किन हामी पहिलो नम्बरमा नआऊँ। मम्मा-बाबालाई फलो गरौँ, उनीहरूको राजधानी लिऊँ। जसले राम्रो सेवा गर्छन् उनीहरूले राम्रा महाराजाको घरमा जन्म लिन्छन्। त्यहाँ त हुन्छन् नै महाराजा-महारानी। त्यस समयमा कुनै राजारानीको पदवी हुँदैन। त्यो पछि सुरुहुन्छ। द्वापरदेखि पतित बनिसकेपछि उनीहरूमा धेरै सम्पत्ति हुनेहरूलाई महाराजा भनिन्छ फेरि राजाको पदवी कम हुन्छ। फेरि भक्तिमार्ग सुरु भएपछि गरिब, धनवानमा फरक त हुन्छ नि। अब तिमी बच्चाहरूले नै शिवबाबालाई याद गर्छौ र उहाँबाट वर्सा लिइरहेका छौ। अरू सतसङ्गहरूमा मानिसहरू बसेर कथा सुनाउँछन्, मानिसले, मानिसलाई भक्ति सिकाउँछन्। उनीहरूले ज्ञान दिएर सदगति गर्न सक्दैनन्। वेद, शास्त्र आदि सबै हुन् भक्तिमार्गका। सदगति त ज्ञानबाट हुन्छ। पुनर्जन्मलाई पनि मान्छन्। बीचमा त कोही पनि फिर्ता जान सक्दैनन्। अन्त्यमा नै बाबा आएर सबैलाई लैजानुहुन्छ। यति सबै आत्माहरू कहाँ गएर बस्छन्? सबै धर्मवालाहरूका सेक्सन त अलग अलग छन् नि। त्यसैले यो पनि सम्झाउनुछ। यो कसैलाई थाहा छैन, आत्माहरूको पनि वृक्ष छ। तिमी बच्चाहरूको बुद्धिमा सारा वृक्षको ज्ञान हुन्छ। आत्माहरूको वृक्ष पनि हुन्छ, जीव आत्माहरूको वृक्ष पनि हुन्छ। बच्चाहरूलाई थाहा छ, हामी यो पुरानो शरीर छोडेर घर गइरहेका छौँ। “म आत्मा” यस शरीरबाट अलग छु– यो सम्झनु अर्थात् जीवन छँदै मर्नु। आप मुये मर गई दुनिया। मित्र, सम्बन्धी आदि सबैलाई छोडिदियौ। पहिला पूरा शिक्षा लिएर, पदको अधिकारी बनेर फेरि जानुछ। बाबालाई याद गर्न त धेरै सहज छ। कोही बिरामी भए पनि उनीहरूलाई पनि भनिरहनुपर्छ– शिवबाबालाई याद गरेमा विकर्म विनाश हुनेछन्। जो पक्का योगी छन् उनीहरूका लागि चाँडै मर्नु (शरीर छोड्नु) पनि राम्रो होइन किनकि उनीहरूले योगमा रहेर रुहानी सेवा गर्छन्। मरे भने सेवा गर्न सक्दैनन्। सेवा गरेमा आफ्नो उच्च पद बनाइरहन्छन् र दिदीभाइहरूको सेवा पनि हुन्छ। उनीहरूले पनि बाबाबाट वर्सा पाउँछन्। हामी आपसमा भाइ भाइ हौँ, एक बाबाका बच्चाहरू हौँ।

बाबा भन्नुहुन्छ– मलाई याद गरेमा विकर्म विनाश हुनेछन्। पहिला पनि यस्तै भन्नुभएको थियो। कसैलाई पनि सम्झाउन सक्छौ, दिदीजी अथवा भाइजी, तपाईंको आत्मा तमोप्रधान बनेको छ। जुन सतोप्रधान थियो अब फेरि तमोप्रधानबाट सतोप्रधान बनेर सतोप्रधान दुनियाँमा जानुछ आत्मालाई सतोप्रधान बनाउनुछ यादको यात्राबाट। यादको पूरा चार्ट राख्नुपर्छ। ज्ञानको चार्ट राख्न सक्दैनौ। बाबा त ज्ञान दिइरहनुहुन्छ। जाँच गर्नुछ– हामीमाथि जुन विकर्महरूको बोझ छ, त्यो कसरी उत्रिन्छ त्यसैले यादको चार्ट राखिन्छ। हामीले कति घण्टा याद गर्छौँ? मूलवतनलाई पनि याद गर्छौ फेरि नयाँ दुनियाँलाई पनि याद गर्छौ। उथलपुथल हुनुछ। त्यसको पनि तयारी भइरहेको छ। बमहरू आदि पनि बन्दै जान्छन्। एकातिर भन्छन्, हामीले मृत्युको लागि यस्ता यस्ता सामान बनाइरहेका छौँ। अर्कातिर भन्छन् मृत्युको सामान नबनाऊ। समुद्रमुनी पनि मार्ने सामान राखेका छन्, माथि आएर बमहरू छोडेर फेरि समुद्रमा जान्छन्। यस्ता यस्ता चीजहरू बनाइरहन्छन्। यो सबै आफ्नै विनाशको लागि गरिरहेका छन्। मृत्यु सामुन्ने उभिएको छ। यति ठुला ठुला महल बनाइरहेका छन्। तिमीलाई थाहा छ यी सबै माटोमा मिल्नेछन्। किनकी दबी रही धूल में... लडाइँ अवश्य हुन्छ। कोसिस गरेर सबैका खल्ती खाली गर्छन्। चोर पनि कति पस्छन्। लडाइँमा कति खर्च गर्छन्। यो सबै माटोमा मिल्नुछ। भवन आदि सबै ढल्नेछन्। बमहरू आदि खस्नाले सृष्टिको ३ भाग खतम हुनेछ। बाँकी एक भाग बच्नेछ। भारतवर्ष एक हिस्सामा छ नि। बाँकी त सबै पछि आएका हुन्। अहिले भारतखण्डको भाग नै बच्नेछ। मृत्यु त सबैको हुनु नै छ भने किन हामी बाबाबाट पूरा वर्सा नलिऊँ त्यसैले बाबा भन्नुहुन्छ– लौकिक सम्बन्धीहरूसँग पनि कर्तव्य निर्वाह गर्नुछ। बाँकी बन्धन छैन भने बाबाले राय दिनुहुन्छ– किन सेवामा लाग्दैनौ। स्वतन्त्र छौ भने धेरैको भलो गर्न सक्छौ। अच्छा, कहीँ बाहिर जाँदैनौ भने आफ्ना मित्र-सम्बन्धीहरूमाथि नै दया गर्नुपर्छ। पहिला भन्थ्यौ नि– बाबा दया गर्नुहोस्! अहिले त तिमीलाई बाटो मिलेको छ भने अरूमाथि पनि दया गर्नुपर्छ, जसरी बाबाले दया गर्नुहुन्छ। बाबा भन्नुहुन्छ मलाई याद गरेमा विकर्म विनाश हुन्छन्। संन्यासीहरूले त हठयोग आदिको लागि कति मेहनत गर्छन्। यहाँ त यो केही पनि छैन। केवल याद गरेमा पाप भस्म हुन्छन्, यसमा कुनै तकलिफ छैन। केवल यादको यात्राको कुरा हो। उठ, बस, कर्मेन्द्रियहरूद्वारा कर्म पनि गर, केवल बुद्धिको योग बाबासँग लगाऊ। सच्चा सच्चा आसिक बन्नुछ उहाँ मासुकको। आफैँ भन्नुहुन्छ– हे आसिकहरू, हे बच्चाहरू! भक्तिमार्गमा त धेरै याद गरेका छौ। तर अब म मासुकलाई याद गरेमा तिम्रा पाप भस्म हुनेछन्। मैले ग्यारेन्टी गर्छु। कुनै कुनै कुरा शास्त्रहरूमा आएका छन्। भगवानद्वारा गीता सुनेमा तिमीले जीवनमुक्ति पाउँछौ। मानिसद्वारा गीता सुनेमा जीवनबन्धनमा आएका छौ, सिँढी ओर्लंदै आएका छौ। हरेक कुरामा विचार सागर मन्थन गर्नुछ। आफ्नो बुद्धि चलाउनुछ। यो बुद्धिको यात्रा हो, जसबाट विकर्म विनाश हुन्छन्। वेद, शास्त्र, यज्ञ, तप आदि गरेर पाप नाश हुँदैनन्। तल नै गिर्दै आयौ। अहिले तिमी माथि जानुछ। केवल सिँढीबाट कसैले बुझ्न सक्दैनन्, जबसम्म त्यसमा कसैले सम्झाउँदैन। जसरी साना बच्चालाई चित्र देखाएर सिकाउनुपर्छ– यो हात्ती हो। हात्ती देखेपछि चित्र पनि याद आउँछ। जसरी तिम्रो बुद्धिमा आएको छ। चित्रमा सदा सानो चीज देखाइन्छ। तिमीलाई थाहा छ वैकुण्ठ त ठुलो हुन्छ नि। ठुलो राजधानी हुन्छ। त्यहाँ हिराजुहारतका महल हुन्छन्, ती फेरि प्राय: लोप हुन्छन्। सबै चीजहरू गायब हुन्छन्। नत्र यो भारतवर्ष गरिब कसरी बन्यो? धनवानबाट गरिब, गरिबबाट धनवान बन्नुछ। यो ड्रामा बनिबनाउ छ त्यसैले सिँढीमा सम्झाइन्छ, नयाँ नयाँ आउँछन् उनीहरूलाई सम्झाएमा अभ्यास हुन्छ, मुख खुल्छ। बच्चाहरूलाई सेवा लायक बनाइन्छ। कैयौँ सेन्टरहरूमा त धेरै बच्चाहरूले अशान्ति फैलाइरहन्छन्। बुद्धियोग बाहिर भट्कियो भने नोक्सान पारिदिन्छन्। वायुमण्डल बिगारिदिन्छन्। नम्बरवार त छन् नि। फेरि बाबाले भन्नुहुन्छ तिमीले पढेका छैनौ, त्यसैले आफ्नो यो हाल हेर। दिनप्रतिदिन बढी साक्षात्कार भइरहनेछन्। पाप गर्नेहरूलाई सजाय पनि मिलिरहनेछ। फेरि भन्छन्– अनाहकमा हामीले पाप गरेछौँ। बाबालाई सुनाएर प्रायश्चित गरेमा केही कम हुन सक्छ। नत्र वृद्धि भइरहन्छ। यस्तो भइरहन्छ। आफैँले पनि महसुस गर्छन् तर फेरि के गरौँ भन्छन्– हाम्रो यो बानी मेटिँदैन, योभन्दा त घर गएर बसौँ। कसैले त राम्रो सेवा गर्छन्। कसैले डिससर्भिस पनि गर्छन्। हाम्रो सेनामा को को बहादुर छन्, बाबा बसेर ती नाम बताउनुहुन्छ। बाँकी लडाइँ आदिको यहाँ कुरा छैन। यी हुन् बेहदका कुरा। राम्रा बच्चाहरू रहेछन् भए बाबाले अवश्य महिमा पनि गर्नुहुन्छ। बच्चाहरू धेरै दयालु, कल्याणकारी बन्नुछ। अन्धाहरूको लट्ठी बन्नुछ। सबैलाई बाटो बताउनुछ– बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्। पाप आत्मा र पुण्यात्मा भन्छन् नि। यस्तो कहाँ हो र भित्र परमात्मा हुनुहुन्छ वा आत्मा कुनै परमात्मा बन्छ। यो सबै गलत हो। परमात्मामाथि कहाँ पाप लाग्छ र! उहाँको त ड्रामामा सेवा गर्ने पार्ट छ। मानिस नै पापात्मा, पुण्यात्मा बन्छन्। जो सतोप्रधान थिए उनीहरू नै तमोप्रधान बनेका छन्। उनको (ब्रह्माको) तनमा बाबा बसेर सतोप्रधान बनाउनुहुन्छ भने उनको मतमा त चल्नुपर्छ नि।

अहिले बाबाले तिमी बच्चाहरूलाई विशालबुद्धि बनाउनुभएको छ। अहिले तिमीलाई थाहा छ, राजधानी कसरी स्थापन भइरहेको छ। बाबाले नै ब्रह्माको तनमा आएर ब्रह्मामुख वंशावली बच्चाहरूलाई राजयोग सिकाएर देवीदेवता बनाउनुहुन्छ। फेरि पुनर्जन्म लिएर सिँढी ओर्लन्छन्। अब फेरि सबै रिपिट गर्नुछ। बाबाले फेरि ब्रह्माद्वारा स्थापना गराइरहनुभएको छ। योगबलद्वारा तिमीले ५ विकारहरूमाथि विजय पाएर जगतजित बन्छौ। बाँकी लडाइँ आदिको कुनै कुरा छैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बन्धनमुक्त बनेर बाबाको सेवामा लाग्नुछ, त्यसपछि मात्रै उच्च तकदिर बन्छ। दयालु बनेर अनेकौँलाई बाटो बताउनुछ। अन्धाहरूको लट्ठी बन्नुछ।

२) यस शरीरबाट ममत्व निकालेर जीवन छँदै मर्नुछ किनकि अब फर्केर घर जानुछ। बिरामीमा पनि एक बाबाको याद रहोस् तब विकर्म विनाश हुन्छन्।

वरदान:–
कल्याणको भावनाद्वारा हरेक आत्माको संस्कारहरूलाई परिवर्तन गर्ने निश्चयबुद्धि भव

जसरी बाबामा १०० प्रतिशत निश्चयबुद्धि छौ, कसैले जतिसुकै डगमग गराउने कोसिस गरे पनि डगमगाउन सक्दैनौ, त्यसैगरी दैवी परिवार वा संसारी आत्माहरूद्वारा कसैले जस्तोसुकै पेपर लिउन्, क्रोधी बनेर सामना गरून् वा कसैले इन्सल्ट गरिदिउन्, गाली गरुन्– त्यसमा पनि डगमगाउन सक्दैनौ, यसमा केवल हरेक आत्माप्रति कल्याणको भावना होस्, यो भावनाले उनीहरूका संस्कारहरूलाई परिवर्तन गरिदिनेछ। यसमा केवल धैर्यता गुमाउनु हुँदैन, समय अनुसार फल अवश्य निस्कन्छ– यो कुरा ड्रामामा पहिल्यै निश्चित छ।

स्लोगन:–
पवित्रताको शक्तिले आफ्ना सङ्कल्पहरूलाई शुद्ध, ज्ञानस्वरूप बनाएर कमजोरीहरूलाई समाप्त गर।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

वाचामा सदा सत्यता र मधुरता भयो भने वाणीको नम्बर जम्मा भइरहन्छ। मधुरताको गुण जीवनमा छ भने हरेक बोली मोतीसमान हुन्छन्। यस्तो लाग्छ जस्तै बोलिरहेका छैनन्, मोतीहरूको वर्षा भइरहेको छ। उनीहरूले यस्तो बोली बोल्छन् जसबाट सुन्नेहरूले सोच्छन्, यस्तो बोली हामीले पनि बोलौँ। सबैलाई सुनेर सिक्ने, फलो गर्ने प्रेरणा मिल्छ। यस्तो मधुर बोलीको भाइब्रेसनले सबैलाई स्वतः नै तान्छ।