03.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफूलाई राजतिलक दिने लायक बनाऊ , जति पढाइ पढ्छौ , श्रीमतमा चल्छौ त्यति राजतिलक मिल्छ।”

प्रश्न:–
कुन स्मृतिमा रह्यौ भने रावणपनको स्मृति विस्मृत हुन्छ?

उत्तर:–
सदा स्मृति रहोस्– हामी स्त्री-पुरुष होइनौँ, हामी आत्मा हौँ, हामीले बडा बाबा (शिवबाबा) बाट साना बाबा (ब्रह्मा) द्वारा वर्सा लिइरहेका छौँ। यो स्मृतिले रावणपनको स्मृतिलाई भुलाउँछ। जब स्मृति आउँछ– हामी एक बाबाका बच्चा हौँ, तब रावणपनको स्मृति समाप्त हुन्छ। यो पनि पवित्र रहने धेरै राम्रो युक्ति हो। तर यसमा मेहनत चाहिन्छ।

गीत:–
तुम्हें पाके हमने...

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। हेर, सबैले तिलक यहाँ (भृकुटीमा) लगाउँछन्। यो ठाउँमा एक त आत्माको निवास छ, अर्को फेरि राजतिलक पनि यहाँ लगाइन्छ। यो आत्माको निसानी त हो नै। अब आत्मालाई बाबाको वर्सा चाहिन्छ स्वर्गको। विश्वको राज्य तिलक चाहिन्छ। सूर्यवंशी-चन्द्रवंशी महाराजा-महारानी बन्नको लागि पढ्छन्। यो पढ्नु भनेको मानौँ आफ्नो लागि आफैले राजतिलक दिनु हो। तिमी यहाँ आएकै हौ पढ्नको लागि। आत्मा जुन यहाँ निवास गर्छ, उसले भन्छ– बाबा, हामी हजुरबाट विश्वको स्वराज्य अवश्य प्राप्त गर्छौँ। आफ्नो लागि हरेकले आफ्नो पुरुषार्थ गर्नुछ। भन्छन्– बाबा, हामी यस्ता सपुत बनेर देखाउँछौँ। हजुरले हाम्रो चालचलनलाई हेर्दै जानुहोला, कसरी चल्छौँ। तिमीले पनि जान्नसक्छौ– म आफूलाई राजतिलक दिने लायक बनेको छु वा छैन? तिमी बच्चाहरू बाबाको सपुत बनेर देखाउनुछ। बाबा, हामीले हजुरको नाम अवश्य उच्च बनाउँर्छौँ। हामी हजुरको मददगार अर्थात् आफ्नो मददगार बनेर विश्वमा आफ्नो राज्य गर्छौँ। सबैले भन्छन् नि– हाम्रो राज्य छ। तर ती बिचराहरूलाई थाहा छैन– अहिले हामी विषय वैतरणी नदीमा परेका छौँ। हामी आत्माको त राज्य छैन। अहिले त आत्मा उल्टो झुन्डिएको छ। खाना पनि मिल्दैन। जब यस्तो हालत हुन्छ तब बाबा भन्नुहुन्छ– अब त मेरा बच्चाहरूलाई खाना पनि मिल्दैन, अब म गएर यिनीहरूलाई राजयोग सिकाउँछु। त्यसैले बाबा आउनुहुन्छ राजयोग सिकाउन। बेहदका बाबालाई याद गर्छन्। उहाँ हुनुहुन्छ नै नयाँ दुनियाँका रचयिता। बाबा पतित-पावन पनि हुनुहुन्छ, ज्ञान सागर पनि हुनुहुन्छ। यो कुरा तिमीबाहेक अरू कसैको बुद्धिमा छैन। यो केवल तिमी बच्चाहरूले जान्दछौ– हाम्रो बाबा ज्ञानको सागर, सुखको सागर हुनुहुन्छ। यो महिमा पक्का याद गर, नभुल। बाबाको महिमा हो नि। उहाँ बाबा पुनर्जन्मरहित हुनुहुन्छ। श्रीकृष्णको महिमा बिल्कुल फरक छ। प्रधानमन्त्री, राष्ट्रपतिको महिमा त फरक फरक हुन्छ नि। बाबा भन्नुहुन्छ– मलाई पनि यो ड्रामामा सबैभन्दा उच्च पार्ट मिलेको छ। ड्रामामा कलाकारहरूलाई थाहा हुनुपर्छ नि– यो बेहदको ड्रामा हो, यसको अवधि कति छ। यदि जान्दैनन् भने उनीहरूलाई बेसमझ भनिन्छ। तर यो कसैले कहाँ बुझ्छन् र? बाबा आएर फरक बताउनुहुन्छ– मनुष्य के बाट के हुन्छन्। अहिले तिमीले बुझ्न सक्छौ, मनुष्यहरूलाई बिल्कुलै थाहा छैन– ८४ जन्म कसरी लिइन्छ। भारतवर्ष कति उच्च थियो, चित्र छन् नि। सोमनाथको मन्दिरबाट कति धन लुटेर लगे। कति धन थियो। अहिले तिमी बच्चाहरू यहाँ बेहदका बाबासँग मिल्न आएका छौ। तिमी बच्चाहरूले जान्दछौ– बाबाबाट श्रीमतमा राजतिलक लिन आएका छौँ। बाबा भन्नुहुन्छ– पवित्र अवश्य बन्नुपर्छ। जन्मजन्मान्तर विषय वैतरणी नदीमा गोता खाएर थाकेनौ! भन्छन् पनि– हामी पापी छौँ, मुझ निर्गुण हारे में कोई गुण नाही, तब अवश्य कुनै समयमा गुण थिए जुन अहिले छैनन्।

अहिले तिमीले बुझ्यौ– हामी विश्वका मालिक, सर्वगुण सम्पन्न थियौँ। अहिले कुनै गुण रहेको छैन। यो पनि बाबाले सम्झाउनुहुन्छ। बच्चाहरूको रचयिता हुनुहुन्छ नै बाबा। त्यसैले बाबालाई नै सबै बच्चाहरूमाथि दया लाग्छ। बाबा भन्नुहुन्छ– मेरो पनि ड्रामामा यो पार्ट छ। कति तमोप्रधान बनेका छन्। झुटो, पाप, झगडा के के चलिरहेको छ। सबै भारतवर्षका बच्चाहरूले भुलेका छन्– हामी कुनै समयमा विश्वका मालिक डबल सिरताज थियौँ। बाबा उनीहरूलाई स्मृति दिलाउनुहुन्छ– तिमी विश्वका मालिक थियौ, फेरि तिमी ८४ जन्म लिँदै आएका छौ। तिमीले आफ्नो ८४ जन्मलाई भुलेका छौ। वन्डर (आश्चर्य) छ, ८४ को सट्टा ८४ लाख जन्म भनिदिएका छन्, फेरि कल्पको अवधि पनि लाखौँ वर्ष भनिदिन्छन्। घोर अन्धकारमा छन् नि। कति झुटो छ। भारत नै सचखण्ड थियो, भारत नै झुटखण्ड छ। झुटखण्ड कसले बनायो, सचखण्ड कसले बनाउनुभयो– यो कसैलाई थाहा छैन। रावणलाई बिल्कुलै जान्दैनन्। भक्तहरूले रावणलाई जलाउँछन्। कुनै धार्मिक मानिस रहेछन् भने, उनलाई तिमीले बताऊ– मनुष्यले यो के-के गर्छन्। सत्ययुग जसलाई हेविन प्याराडाइज भनिन्छ, त्यहाँ सैतान रावण कहाँबाट आयो? हेल नर्कका मनुष्य त्यहाँ कसरी हुनसक्छन्? तब बुझ्छन्– यो त निश्चय नै भुल हो। तिमीले रामराज्यको चित्रमा सम्झाउन सक्छौ– यसमा रावण कहाँबाट आयो? तिमीले सम्झाउँछौ पनि तर बुझ्दैनन्। कोही विरलै निस्कन्छ। तिमी कति थोरै छौ, त्यो पनि अगाडि गएर हेर्नुछ, कति टिक्छन्।

त्यसैले बाबाले सम्झाउनुभयो– आत्माको सानो निसानी पनि यहीँ देखाउँछन्। ठुलो निसानी हो राजतिलक। अहिले बाबा आउनुभएको छ। आफूलाई ठुलो तिलक कसरी दिनुछ, तिमीले स्वराज्य कसरी प्राप्त गर्नसक्छौ? त्यो बाटो बताउनुहुन्छ। त्यसको नाम राखिदिनुभएको छ राजयोग। सिकाउनेवाला हुनुहुन्छ बाबा। बाबा श्रीकृष्ण हुन सक्नुहुन्छ र? उनी त बच्चा हुन्, फेरि राधेसँग स्वयंवर हुन्छ अनि एक बच्चा हुन्छ। बाँकी श्रीकृष्णका यति धेरै रानीहरू आदि देखाइदिएका छन्, यो त झुटो हो नि। तर यो पनि ड्रामामा निश्चित छ, यस्ता कुरा फेरि पनि सुन्नेछौ। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– कसरी हामी आत्माहरू माथिबाट पार्ट खेल्न आउँछौँ। आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ। यो त धेरै सहज छ नि। बच्चा जन्मियो, उसलाई सिकाउँछन्– यो भन। सिकाएपछि सिक्छ। तिमीलाई बाबाले के सिकाउनुहुन्छ? केवल भन्नुहुन्छ– बाबा र वर्सालाई याद गर। तिमीले गाउँछौ पनि– तिमी माता-पिता...... आत्माले गाउँछ नि, अवश्य धेरै सुख मिल्छ। तिमी बच्चाहरूले जान्दछौ– शिवबाबाले हामीलाई पढाइरहनुभएको छ। यहाँ तिमी शिवबाबा समक्ष आएका छौ। भागीरथ त मनुष्यको रथ हो नि। यसमा परमपिता परमात्मा विराजमान हुनुहुन्छ, तर रथको नाम के हो? अहिले तिमीले थाहा पायौ– नाम हो ब्रह्मा किनकि ब्रह्माद्वारा ब्राह्मण रच्नुहुन्छ नि। पहिला हुन्छन् नै ब्राह्मण चोटी टुप्पी फेरि देवता। पहिले त ब्राह्मण चाहिन्छ त्यसैले विराट रूप पनि देखाइएको छ। तिमी ब्राह्मण नै फेरि देवता बन्छौ। बाबाले धेरै राम्रोसँग सम्झाउनुहुन्छ, फेरि पनि भुल्छन्। बाबा भन्नुहुन्छ– बच्चे, सदा स्मृति राख– हामी स्त्री-पुरुष होइनौँ, हामी आत्मा हौँ। हामीले बडा बाबा (शिवबाबा) बाट साना बाबा (ब्रह्मा) द्वारा वर्सा लिइरहेका छौँ त्यसैले रावणपनको स्मृति विस्मृत हुन्छ। यो पवित्र रहने धेरै राम्रो युक्ति हो। बाबा समक्ष धेरै जोडी आउँछन्, दुवैले भन्छन्– बाबा। – हामी एक बाबाका बच्चा हौँ भन्ने स्मृति आएको छ भने फेरि रावणपनको स्मृति विस्मृत हुनुपर्छ, यसमा मेहनत छ। मेहनत बिना त केही चल्नसक्दैन। हामी बाबाका बनेका छौँ, उहाँलाई नै याद गर्छौँ। बाबा पनि भन्नुहुन्छ– मलाई याद गर त्यसबाट विकर्म विनाश हुन्छन्। ८४ जन्मको कहानी पनि बिल्कुल सहज छ। तर मेहनत छ बाबालाई याद गर्नमा। बाबा भन्नुहुन्छ– कमसेकम पुरुषार्थ गरेर ८ घण्टा त याद गर। एक घडी आधी घडी.....। क्लासमा आयौ भने स्मृति आउँछ– बाबाले हामीलाई यो पढाउनुहुन्छ। अहिले तिमी बाबाको सम्मुख छौ नि। बाबाले बच्चे बच्चे भनेर सम्झाउनुहुन्छ। तिमी बच्चाहरूले सुन्छौ। बाबा भन्नुहुन्छ– हियर नो इभिल..... यो पनि अहिलेकै कुरा हो।

अहिले तिमी बच्चाहरूले जान्दछौ– हामी ज्ञान सागर बाबा समक्ष सम्मुख आएका छौँ। ज्ञान सागर बाबाले तिमीलाई सारा सृष्टिको ज्ञान सुनाइरहनुभएको छ। फेरि कसैले उठाओस् वा नउठाओस्, त्यो त उनीहरूमाथि छ। बाबा आएर अहिले हामीलाई ज्ञान दिइरहनुभएको छ। हामीले अहिले राजयोग सिक्छौँ। फेरि कुनै पनि शास्त्र आदि भक्तिको अंश रहँदैन। भक्तिमार्गमा ज्ञान अलिकति पनि छैन, ज्ञान मार्गमा फेरि भक्ति अलिकति पनि छैन। ज्ञान सागर आउनुभएपछि मात्र उहाँले ज्ञान सुनाउनुहुन्छ। उहाँको ज्ञान हो नै सद्गतिको लागि। सद्गतिदाता हुनुहुन्छ नै एक, जसलाई नै भगवान भनिन्छ। सबैले एउटै पतित-पावनलाई बोलाउँछन्, फेरि अर्को कोही कसरी हुनसक्छ? अहिले बाबाद्वारा तिमी बच्चाहरूले सत्य कुरा सुनिरहेका छौ। बाबाले सुनाउनुभयो– बच्चे! मैले तिमीलाई कति धनवान बनाएर गएको थिएँ। ५ हजार वर्षको कुरा हो। तिमी डबल शिरताज थियौ, पवित्रताको पनि ताज थियो, फेरि रावण राज्य भएपछि तिमी पुजारी बन्छौ। अब बाबा पढाउन आउनुभएको छ भने उहाँको श्रीमतमा चल्नुछ, अरूलाई पनि सम्झाउनुछ। बाबा भन्नुहुन्छ– मैले यो शरीर लोन लिनुपर्छ। महिमा सबै उहाँ एकको नै छ, म त उहाँको रथ हुँ। बयल होइन। बलिहारी सबै उहाँको हो, बाबाले तिमीलाई सुनाउनुहुन्छ, मैले बीचमा सुन्छु। म एक्लैलाई कसरी सुनाउनुहुन्छ? तिमीलाई सुनाउनुहुन्छ, मैले पनि सुन्छु। यिनी पनि पुरुषार्थी स्टुडेन्ट हुन्। तिमी पनि स्टुडेन्ट हौ। यिनले पनि पढ्छन्। बाबाको यादमा रहन्छन्, कति खुसीमा रहन्छन्। लक्ष्मी-नारायणलाई देखेर खुसी हुन्छ– हामी यो बन्नेवाला छौँ। तिमी यहाँ आएकै हौ स्वर्गका प्रिन्स-प्रिन्सेस बन्न। राजयोग हो नि। लक्ष्य उद्देश्य पनि छ। पढाउनेवाला पनि बस्नुभएको छ, फेरि यति खुसी किन हुँदैन? भित्र धेरै खुसी हुनुपर्छ। बाबाबाट हामीले कल्प कल्प वर्सा लिन्छौँ। यहाँ ज्ञान सागर समक्ष आउँछौँ, पानीको त कुरै छैन। यो त बाबाले सम्मुख सम्झाइरहनुभएको छ। तिमी पनि यस्ता (देवता) बन्नको लागि पढिरहेका छौ। बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ– अब हामी जान्छौँ आफ्नो घर। अब जसले जति पढ्छ, त्यति उच्च पद पाउँछ। हरेकले आफ्नो पुरुषार्थ गर्नुछ। निराश नबन। यो धेरै ठुलो लटरी हो। बुझ्दाबुझ्दै पनि फेरि आश्चर्यवत् भाग्छन्, पढाइलाई छोडिदिन्छन्। माया कति प्रबल छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफूलाई राजतिलक दिने लायक बनाउनुछ। सपुत बच्चा बनेर सबुत दिनुछ। चालचलन धेरै रोयल बनाउनुछ। बाबाको पूरा-पूरा मददगार बन्नुछ।

२) हामी स्टुडेन्ट हौँ, भगवानले हामीलाई पढाइरहनुभएको छ, यो खुसीले पढाइ पढ्नुछ। कहिल्यै पनि पुरुषार्थमा निराश बन्नुछैन।

वरदान:–
आफ्नो अधिकारको शक्तिद्वारा त्रिमूर्ति रचनालाई सहयोगी बनाउने मास्टर रचयिता भव

त्रिमूर्ति शक्तिहरू (मन, बुद्धि र संस्कार) यी तिमी मास्टर रचयिताका रचना हुन्। यिनीहरूलाई आफ्नो अधिकारको शक्तिले सहयोगी बनाऊ। जसरी राजाले स्वयं कार्य गर्दैनन्, गराउँछन्, गर्ने राज्य कारोबारी छुट्टै हुन्छन्। त्यसरी नै आत्मा पनि गराउनेवाला हो, गर्नेवाला यी विशेष त्रिमूर्ति शक्तिहरू हुन्। त्यसैले मास्टर रचयिताको वरदानलाई स्मृतिमा राखेर त्रिमूर्ति शक्तिहरूलाई र साकार कर्मेन्द्रियहरूलाई सही बाटोमा चलाऊ।

स्लोगन:–
अव्यक्त पालनाको वरदानको अधिकार लिनको लागि स्पष्टवादी बन।