03.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे कलङ्गीधर बन्नको लागि आफ्नो अवस्था अचल अडोल बनाऊ , जति तिमी माथि कलङ्क लाग्छ , त्यति तिमी कलङ्गीधर बन्छौ।

प्रश्न:
बाबाको आज्ञा के छ? कुन मुख्य आज्ञामा चल्ने बच्चा दिल तख्तनसिन बन्छन्?

उत्तर:
बाबाको आज्ञा छ प्यारा बच्चाहरू! तिमीले कसैसँग झगडा गर्नु हुँदैन। शान्तिसँग रहनु छ। यदि कसैलाई तिम्रो कुरा राम्रो लाग्दैन भने तिमी चुप लाग। एक-आपसमा दु:ख नदेऊ। बापदादाको दिल तख्तनसिन तब बन्न सक्छौ जब भित्र कुनै भूत हुँदैन, मुखबाट कहिल्यै कुनै कटु वचन ननिस्कियोस्, मीठो बोल्ने जीवनको धारणा बनोस्।

ओम् शान्ति ।
भगवानुवाच, आत्म अभिमानी भव पहिला सुरु मा अवश्य भन्नु पर्ने हुन्छ। यो हो बच्चाहरूको लागि सावधानी। बाबा भन्नुहुन्छ मैले बच्चे बच्चे भन्दा आत्मालाई नै हेर्छु, शरीर त पुरानो जुत्ता हो। यो सतोप्रधान बन्न सक्दैन। सतोप्रधान शरीर त सत्ययुगमा नै मिल्छ। अहिले तिमी आत्मा सतोप्रधान बनिरहेका छौ। शरीर त उही पुरानो हो। अहिले तिमी आत्मा सुध्रिनु छ। पवित्र बन्नु छ। सत्ययुगमा शरीर पनि पवित्र मिल्छ। आत्मा शुद्ध बन्नको लागि एक बाबालाई नै याद गर्नुपर्छ। बाबाले पनि आत्मालाई नै देख्नुहुन्छ। केवल हेरेर मात्र आत्मा शुद्ध हुँदैन। त्यो त जति बाबालाई याद गरिन्छ त्यति शुद्ध हुँदै जान्छ। यो त तिम्रो काम हो। बाबालाई याद गर्दा गर्दै सतोप्रधान बन्नु छ। बाबा त आउनु भएकै मार्ग बताउनको लागि हो। यो शरीर त अन्त्यसम्म पुरानै रहने छ। यी कर्मेन्द्रियहरूसँग मात्र आत्माको सम्बन्ध छ। आत्मा फूल जस्तो बन्छ र कर्तव्य पनि राम्रो गर्छ। त्यहाँ स्वर्गमा पन्छी जनावर पनि राम्रो राम्रो हुन्छन्। यहाँ चराहरूले मानिसलाई देखे भने भाग्छन्, त्यहाँ त यस्ता राम्रो राम्रो पन्छीहरू तिम्रो अगाडि पछाडि घुमिरहन्छन्, त्यो पनि काइदा अनुसार। यस्तो होइन घर भित्र आउँछन्, फोहर पारेर जान्छन्। होइन, त्यो धेरै मर्यादाको दुनियाँ हुन्छ। पछि गएर तिमीलाई सबै साक्षात्कार भइरहन्छ। अझै समय त धेरै बाँकी छ। स्वर्गको महिमा त अपरम्पार छ। बाबाको महिमा पनि अपरम्पार छ, अनि बाबाको सम्पत्तिको महिमा पनि अपरम्पार छ। बच्चाहरूलाई कति नसा चढ्नुपर्छ। बाबा भन्नुहुन्छ मैले ती आत्माहरूलाई याद गर्छु जसले सेवा गर्छन्। तिनीहरूको याद स्वत: आउँछ। आत्मामा मन-बुद्धि हुन्छ नि। सम्झन्छन् मैले पहिलो नम्बरको सेवा गर्छु वा दोस्रो नम्बरको गर्छु? यो सबैले नम्बरवार सम्झन्छन्। कसैले म्युजियम बनाउँछन्, राष्ट्रपति, गभर्नर आदिको पासमा जान्छन्। अवश्य पनि राम्रोसँग सम्झाउँछन् होला। सबैमा आ-आफ्नो गुण हुन्छ। कसैमा राम्रो गुणहरू रहेछन् भने यो कति गुणवान छ भनिन्छ। जो सेवाधारी छन् उसले सदैव मीठो बोल्छन्। रुखो कहिल्यै बोल्न सक्दैनन्। जसले रुखो बोल्छन् उनमा भूत हुन्छन्। देह अभिमान हो पहिलो नम्बर, अनि त्यस पछि अरू भूत प्रवेश गर्छन्।

मनुष्यहरू धेरै दुराचारी पनि हुन्छन्। बाबा भन्नुहुन्छ यी विचराहरूको दोष छैन। तिमीले कल्प पहिला गरे जस्तै मेहनत गर्नु छ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर अनि क्रमश: सारा विश्वको बागडोर तिम्रो हातमा आउने छ। ड्रामाको चक्र हो, समयले पनि ठीक बताउँछ। कम समय बचेको छ। उनीहरूले स्वतन्त्रता दिएर देशलाई टुक्र्याउँछन्, आपसमा लडिरहन्छन्। नत्र उनीहरूको बारुद आदि कसले लिन्छ। यो पनि उनीहरूको व्यापार हो नि। ड्रामा अनुसार यो पनि उनीहरूको चलाखी हो। यहाँ पनि टुक्रा टुक्रा पारिदिएका छन्। उनीहरूले भन्छन् यो टुक्रा मलाई मिल्नु पर्छ, पुरै भागबण्डा गरिएको छैन, यतातिर पानी धेरै जान्छ, खेती धेरै हुन्छ, उतातिर पानी कम छ। आपसमा लडाइँ गर्छन्, अनि गृहयुद्ध हुन्छ। झगडा त धेरै हुन्छ। तिमी जब बाबाको बच्चा बन्छौ तब तिमीले पनि गाली खान्छौ। बाबाले सम्झाउनु भएको थियो अहिले तिमी कलङ्गीधर बन्छौ। जसरी बाबाले गाली खानु हुन्छ त्यसैगरी तिमीले पनि गाली खान्छौ। यो त जानेका छौ ती विचराहरूलाई थाहा छैन, यी विश्वको मालिक बन्छन्। ८४ जन्मको कुरा त धेरै सहज छ। आफै पूज्य, आफै पुजारी पनि तिमी नै बन्छौ। कसैको बुद्धिमा धारणा हुँदैन, यो पनि ड्रामामा उनीहरूको यस्तै पार्ट छ। के गर्न सकिन्छ र। जतिसुकै मेहनत गरे पनि उन्नति गर्न सक्दैनन्। पुरुषार्थ त गराइन्छ तर उनको तकदिरमा हुँदैन। राजधानी स्थापना भइरहेको छ, त्यसमा सबै चाहिन्छ। यस्तो सम्झेर शान्तिमा रहनु पर्छ। कसैसँग पनि विवाद गर्नु छैन। प्यारसँग सम्झाउनु पर्छ यस्तो नगरौं। यो आत्माले सुन्छ, यसबाट अझै पद सानो हुन्छ। कसै कसैलाई राम्रै कुरा सम्झाउँदा पनि अशान्त भए भने छोडिदिनुपर्छ। आफू नै यस्तो छ भने एक अर्कालाई दु:ख दिइरहन्छ। यस्तो पछिसम्म भइरहन्छ। माया पनि दिनप्रतिदिन कडा हुँदै जान्छ। महारथीहरूसँग माया पनि महारथी नै भएर लड्छ। मायाका तुफान आउँछन्, फेरि बाबाको याद गर्ने अभ्यास हुन्छ, एकदम मानौं अचल-अडोल रहन्छन्। मायाले हैरान पार्छ भन्ने सम्झन्छन्। डराउनु हुँदैन। कलङ्गीधर बन्नेहरूमाथि कलङ्क लाग्छ, यसमा दु:खी हुनु हुँदैन। पत्रकारहरूले विरूद्धमा कुनै पनि कुरा लेख्न सक्छन् किनकि पवित्रताको कुरा छ। अबलाहरूमाथि अत्याचार हुन्छ। अकासुर-बकासुर नाम पनि छन्। स्त्रीहरूको नाम पनि पूतना, सूपनखा छ।

बच्चाहरूले पहिला सुरु मा महिमा पनि बाबाको सुनाउँछन्। बेहदका बाबा भन्नुहुन्छ तिमी आत्मा हौ। यो ज्ञान एक बाबा सिवाय अरू कसैले दिन सक्दैन। रचयिता र रचनाको ज्ञान यो हो पढाइ, जसबाट तिमी स्वदर्शन चक्रधारी बनेर चक्रवर्ती राजा बन्छौ। अलङ्कार पनि तिम्रा हुन् तर तिमी ब्राह्मण पुरुषार्थी हौ, त्यसैले यी अलङ्कार विष्णुलाई दिइएको छ। आत्मा के हो, परमात्मा को हुनुहुन्छ, यी सबै कुरा कसैले पनि बताउन सक्दैन। आत्मा कहाँबाट आयो, कसरी निस्किन्छ? कहिले भन्छन् आँखाबाट निस्कियो, कहिले भन्छन् भृकुटीबाट निस्कियो, कहिले भन्छन् शिरबाट निस्कियो। यो त कसैले पनि जान्न सक्दैन। अहिले तिमीलाई थाहा छ आत्माले शरीर यसरी छोड्छ, बसी बसी बाबाको यादमा देह त्याग गरिदिन्छौ। बाबाको पासमा त खुसीसँग जानु छ। पुरानो शरीर खुसीसँग छोड्नुपर्छ। जसरी सर्पको उदाहरण दिइन्छ। जनावरमा जति पनि अक्कल मानिसमा छैन। ती संन्यासी आदिहरूले त केवल दृष्टान्त दिन्छन्। बाबा भन्नुहुन्छ तिमी त यस्तो बन्नु छ जसरी कुमालकोटीले किरालाई परिवर्तन गरिदिन्छ, तिमीले पनि मनुष्य रूपी किराहरूलाई परिवर्तन गर्नु छ। केवल दृष्टान्त दिने होइन, व्यवहारमा उतार्नु छ। अब तिमी बच्चाहरू फर्केर घर जानु छ। तिमीले बाबाबाट वर्सा पाइरहेका छौ, त्यसैले भित्रैदेखि खुसी हुनुपर्छ। उनीहरूले त वर्सा भनेको के हो जानेका छैनन्। शान्ति त सबैलाई मिल्छ, सबै शान्तिधाममा जान्छन्। बाबा सिवाय अरू कसैले पनि सबैको सद्गति गर्दैन। यो पनि सम्झाउनु पर्छ, तपाईँको हो निवृत्तिमार्ग, तपाईँले त ब्रह्ममा लीन हुने पुरुषार्थ गर्नुहुन्छ। बाबाले त प्रवृत्तिमार्ग बनाउनु हुन्छ। यो अत्यन्तै गुह्य कुरा हो। पहिला त कसैलाई पनि बाबा र वर्साको बारेमा नै सिकाउनु पर्छ। भन, तपाईँका दुइ पिता छन् हद र बेहदका। हदको पितासँग जन्म लिनु हुन्छ विकारबाट। कति धेरै दु:ख मिल्छ। सत्ययुगमा त अपार सुख हुन्छ। त्यहाँ त जन्म नै मक्खन जस्तै हुन्छ। कुनै दु:खको कुरा हुँदैन। नामै हो स्वर्ग। बेहदका बाबासँग बेहदको बादसाहीको वर्सा मिल्छ। पहिला हुन्छ सुख, पछि हुन्छ दु:ख। पहिला दु:ख पछि सुख भन्नु गलत हो। पहिला नयाँ दुनियाँ स्थापना हुन्छ, पुरानो कहाँ स्थापना हुन्छ र। पुरानो घर कहाँ कसैले बनाउँछ र। नयाँ दुनियाँमा त रावण हुन सक्दैन। यी युक्ति तिम्रो बुद्धिमा हुनुपर्छ, यो कुरा पनि बाबाले सम्झाउनु हुन्छ। बेहदका बाबाले बेहदको सुख दिनु हुन्छ। कसरी दिनु हुन्छ, यो कुरा कोही आए भने सम्झाइन्छ। भन्ने पनि युक्ति चाहिन्छ। दु:खधामको दु:खको पनि तिमीले साक्षात्कार गराऊ। कति अथाह दु:ख छ, अपरम्पार छ। नामै छ दु:खधाम। यसलाई सुखधाम कसैले भन्न सक्दैन। सुखधाममा श्रीकृष्ण रहन्छन्। कृष्णको मन्दिरलाई पनि सुखधाम भन्छन्। उनी सुखधामको मालिक थिए, जसको मन्दिरमा अहिले पूजा हुन्छ। अहिले यी बाबा लक्ष्मी-नारायणका मन्दिरमा गए भने भन्छन् ओहो! यो त म बन्छु। यिनको पूजा कहाँ गर्छन् र! पहिलो नम्बरका बन्छन् भने दोस्रो तेस्रोको पूजा किन गर्ने? हामी त सूर्यवंशी बन्छौं। मनुष्यलाई कहाँ थाहा छ र! उनीहरूले त सबैलाई भगवान भनिरहन्छन्। कति अन्धकार छ। तिमीले कति राम्रोसँग सम्झाउँछौ। समय लाग्छ। जति कल्प पहिला लागेको थियो। चाँडो केही पनि गर्न सकिँदैन। तिम्रो अहिलेको यो जन्म हीरा जस्तो छ। देवताहरूको पनि हीरा जस्तो जन्म भनिदैन। उनीहरू कहाँ ईश्वरीय परिवारमा हुन्छन् र! यो हो तिम्रो ईश्वरीय परिवार। त्यो हो दैवी परिवार। कति नयाँ नयाँ कुरा छन्। गीतामा त आँटामा नुन जति सत्य छ। कति गल्ती गरिदिएका छन् श्रीकृष्णको नाम राखेर। भन, तपाईँहरूले देवताहरूलाई त देवता भन्नुहुन्छ फेरि कृष्णलाई किन भगवान भन्नुहुन्छ? विष्णु को हुन्? यो पनि तिमीले बुझेका छौ। मानिसहरूले त ज्ञान विना यत्तिकै पूजा गरिरहन्छन्। प्राचीन पनि देवी देवताहरू हुन् जो स्वर्गमा आएर गएका हुन्। सतो, रजो, तमोमा सबै आउनै पर्छ। यतिबेला सबै तमोप्रधान छन्। बच्चाहरूलाई प्वइन्ट त धेरै सम्झाइन्छ। ब्याजमा पनि तिमीले राम्ररी सम्झाउन सक्छौ। बाबा अनि पढाउने टिचरलाई याद गर्नुपर्छ। तर मायाको पनि कति खिचातानी चल्छ। धेरै राम्रो राम्रो प्वइन्टहरू निस्किरहन्छन्। यदि सुनेनौ भने सुनाउन कसरी सक्छौ? खास गरेर महारथीहरू बाहिर यताउता जाँदा मुरली सुन्न छुटाउँछन्, फेरि पढ्दैनन्। पेट भरिएको छ। बाबा भन्नुहुन्छ कति गुह्य गुह्य कुरा तिमीलाई सुनाउँछु, जो सुनेर धारणा गर्नु छ। धारणा भएन भने कच्चै रहन्छौ। कति बच्चाहरूले पनि विचार सागर मन्थन गरेर राम्रो राम्रो प्वइन्टहरू सुनाउँछन्। बाबाले देख्नुहुन्छ, सुन्नुहुन्छ जस्तो जस्तो अवस्था त्यस्तै त्यस्तै प्वइन्टहरू निकाल्न सक्छन्। जुन कहिल्यै यी ब्रह्माले सुनाएनन् त्यो सेवाधारी बच्चाहरूले निकाल्छन्। सेवामा नै लागिरहन्छन्। पत्रपत्रिकामा पनि राम्रो कुरा प्रकाशन गर्छन्।

तिमी बच्चाहरू विश्वको मालिक बन्छौ। बाबाले कति उच्च बनाउनु हुन्छ, गीतमा पनि छ नि सारा विश्वको बागडोर तिम्रो हातमा हुन्छ। कसैले छिन्न सक्दैन। यी लक्ष्मी-नारायण विश्वको मालिक थिए नि। तिनीहरूलाई पढाउने अवश्य पनि बाबा नै हुनुहुन्छ। यो पनि तिमीले सम्झाउन सक्छौ। उनीहरूले राज्यपद पाए कसरी? मन्दिरका पुजारीलाई थाहा हुँदैन। तिमीलाई त अथाह खुसी हुनुपर्छ। ईश्वर सर्वव्यापी हुनुहुन्न यो पनि तिमीले सम्झाउन सक्छौ। यतिबेला त ५ भूत सर्वव्यापी छ। एक एकमा यो विकार छ। मायाका ५ भूत छन्। माया सर्वव्यापी छ। तिमीले फेरि ईश्वर सर्वव्यापी भनिदिन्छौ। यो त भुल हो नि। ईश्वर सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? उहाँले त बेहदको वर्सा दिनुहुन्छ। काँडालाई फूल बनाउनु हुन्छ। बच्चाहरूले यसरी सम्झाउने अभ्यास पनि गर्नु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कसैले अशान्ति फैलायो वा दु:ख दियो भने पनि तिमी शान्त रहनु छ। यदि ज्ञान पाएर पनि कसैले आफ्नो सुधार गर्न सक्दैन भने भनिन्छ उसको भाग्य किनकि राजधानी स्थापना हुनु छ।

२) विचार सागर मन्थन गरेर ज्ञानका नयाँ नयाँ प्वइन्टहरू निकालेर सेवा गर्नु छ। बाबाले मुरलीमा दिनहुँ जुन गुह्य कुरा सुनाउनु हुन्छ, त्यसलाई कहिल्यै छुटाउनु छैन।

वरदान:
पवित्रतालाई आदि अनादि विशेष गुणको रूपमा सहज अपनाउने पूज्य आत्मा भव

पूजनीय बन्ने विशेष आधार पवित्रता हो। जति सबै प्रकारका पवित्रतालाई अपनाउँछौ त्यति सबै प्रकारले पूजनीय बन्छौ। जसले विधिपूर्वक आदि अनादि विशेष गुणको रूपमा पवित्रतालाई अपनाउँछन् उनीहरू नै विधिपूर्वक पुजिन्छन्। जो ज्ञानी र अज्ञानी आत्माहरूको सम्पर्कमा आउँदा पवित्र वृत्ति, दृष्टि, प्रकम्पनले यथार्थ सम्पर्क सम्बन्ध निर्वाह गर्छन्, स्वप्नमा पनि जसको पवित्रता खण्डित हुँदैन उनीहरू नै विधिपूर्वक पूज्य बन्छन्।

स्लोगन:
व्यक्तमा रहँदा पनि अव्यक्त फरिस्ता बनेर सेवा गर्यौ भने विश्व कल्याणको कार्य तीव्र गतिले सम्पन्न हुन्छ।